
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा कांग्रेसको तर्फबाट सचेतकमा पुष्पा भुषाललाई मनोनीत गरेका छन्। कांग्रेस संसदीय दलको विधानअनुसार भुषाललाई सचेतकमा आज मनोनयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। समानुपातिकबाट प्रतिनिधिमा निर्वाचित अर्घाखाँचीकी भुषाल उपसभामुखमा पराजित भएकी थिइन्। https://ift.tt/2J8QYfg
Post a Comment
Thanks.