१९ वर्षमा बितेको भनिएको छोरो एक्कासी देखेपछि आमा यसरी झस्किन !

आँफुले जन्माएर हुर्काएको सन्तानको निधनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो । तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निधन हुनु र निधन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला रु प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घटनाको ।

बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् । अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् ।

दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरुद्ध भयो । दुलाहा बनेका केलीले बेकीलाई उनको मरिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए । बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए ।

४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् । उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएको डेलिमेलले लखेको छ ।

The post १९ वर्षमा बितेको भनिएको छोरो एक्कासी देखेपछि आमा यसरी झस्किन ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.