June 2015

 असार १५।  मानो रोपेर मुरी उब्जाउने समय,  असारे हिलोमा रोपाई गर्दा गर्दा थाकेको अवस्थामा चट्ट खेतको आलिमा बसेर दहि चिउरा खाने दिन आज असार १५ । असार १५ लाई देश भरीनै रोपाई सगै आफन्त भेटघाट गरी दहि चिउरा खादै मनाइदै छ ।

असार १४।  सरकारले उपलब्ध गराउने  निःशुल्क औषधि वितरण सेवा अस्पताल आफैंले सुरु नगरेसम्म अस्पताल परिसरमा खोलिएका निजी औषधि पसल सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गरेको छ ।  

आसर १४।  इन्ट्रनसीप विद्यार्थीको आन्दोलनले अस्पतालमा तोडफोड र अशान्त मच्चिएको भन्दै  अस्पताल प्रसासन ले विराटनगर स्थित नोबेल मेडिकल कलेज र अस्पताल अनिश्चितकालका लागि बन्द  गरेको छ ।

धनकुटा १३ असार ÷ धनकुटाको खुवाफोकमा आज बिहान एक बिद्यालयका प्रद्यानाध्यापकको हत्या भएको छ । खुवाफोक ९ स्थित श्रीपञ्चमी प्राथमिक बिद्यालयका प्रद्यानाध्यापक नरेश लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।
बिहान करिव ७ बजे खुकुरी, भाला लगायत धारिलो हतियार प्रहार गरेर ६÷७ जनाको समुहले लिम्बुको हत्या गरेको धनकुटाका प्रहरी प्रवत्ता डम्बर बहादुर खड्काले जानकारी दिनुभयो । घटना पछि धनकुटा सदरमुकामबाट प्रहरी प्रमुख बिभुतिराज पाण्डे नेतृत्वको टोली घटनास्थल गएको छ ।
हत्यामा संलग्न भएको आसंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । संलग्न थप ब्याक्तीको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ । प्रद्यानाध्यापक लिम्बुको के कारणले हत्या भएको भन्ने खुल्न सकेको छैन । घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


असार १३।  नेपाल उद्योग बाणिज्य महासंघको आगामी असार १८ गते हुने अध्यक्ष पदको निर्वाचनमा उम्मेद्वार पशुपति मुरारका,भाष्करराज राजकर्णिकार र भवानी राणाबीच प्रतिस्पर्धा हुने भएको छ । 

असार १३।  कोपा अमेरिकी फुटबल अन्र्तगत आज विहान सम्पन्न क्वाटरफाइनलमा ब्राजिल बाहिरियो, पाराग्वेद्वारा पेनाल्टि सुटआउटमा ४–३ ले पराजित, २३ तारिखमा हुने सेमिफाइनलमा अर्जेन्टिना र पाराग्वे भिड्ने ।

बैदेशिक रोजगारमा जाने कामदारबाट बढि रकम असुल्ने रोजगारदाता र एजेन्टमाथि दण्ड र जरिवाना सहितको कडा कारबाहि गरिने साउदि अरेबियाको चेतावनी , उजुरी सुन्न विभिन्न स्थानमा कल सेन्टर राखिएको जानकारी । 

सञ्चार उद्यमी जमिम साहको हत्या योजनामा संलग्न रही ६ वर्षदेखी फरार  नेपाल प्रहरीका पूर्व डिएसपी जगदिश चन्द मिनभवन स्थित आफ्नै निवासबाट पक्राउ परेका छन्। 

असार १०। छिमेकी मुलुक भारतले नेपालको पुर्ननिर्माणमा सहयोग गर्न १ खर्ब रुपैयाँ दिने घोषणा, दाता सम्मेलनमा बोल्दै भारतिय विदेश मन्त्रि सुस्म स्वराजद्धारा नेपाललाई उठाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता । सम्मेलनमा नेपालको पुनर्निर्माणका लागि झण्डै ४ सय अर्ब रुपैयाँ सहयोगको बचन, सहयोग घोषणा गर्नेमा चीनको ७६ अर्ब, एडिबिको ६० अर्ब, विश्व बैँकको ५० अर्ब, जापानको २६ अर्ब, अमेरिकाको १३ अर्व, युरोपियन युनियन ( इयु) को ११ अर्ब र नर्बेको ३ अर्ब ।  भूकम्पपछिको पुननिर्माणँका लागि विश्व बैंकले ५० अर्ब रुपैया सम्म सहयोग गर्ने, विश्व  बैंकका अध्यक्षद्वारा बिहीबार राजधानीमा आयोजित सम्मेलनमा भिडियो सन्देश मार्फत सहयोगको घोषणा । 

असार ९ । नेपाल क्रिकेट सङ्घ (CAN)ले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि छ महिनाका लागि थप गरेको छ । क्यानका अध्यक्ष दीपक कोइराला र प्रशिक्षक दासानायकेले त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । दासानायकेको करार अवधि आगामी पुस २६ गतेसम्म हुनेछ । दासानायकेको करार अवधि यही असार ३० गतेसम्म थियो । प्रशिक्षक दासानायकेले एसोसियट राष्ट्रमा नेपाललाई पहिलो वरियातामा पु¥याउने लक्ष्य भएको बताउँदै आगामी जुलाई ६ देखि २६ तारिखसम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी विश्व ट्वन्टी–ट्वन्टी छनोट क्रिकेट प्रतियोगितामा नेपाललाई छनोट गराउने विश्वास व्यक्त गरे । क्यानका अध्यक्ष कोइरालाले नेपाली टोलीका लागि प्रशिक्षक दासानायेको आवश्यकता रहेको सो अवसरमा बताए ।

जब लोक गायक द्वय बिरही कार्की र राजु ढकाल मञ्चमा उत्रेर दोहोरी गाउन थाले । त्यसपछि स्थानीय व्यक्तिहरु असारको घाम र गर्मीलाई वेवास्ता गर्दैै छमछमी नाच्न थाले । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शुक्रबार दोलखाको चरिकोट टुँडिखेलमा आयोजना गरेको भूकम्प सम्बन्धि साँस्कृतिक जनचेतना अभियान अन्तर्गतको मनोपरामर्स कार्यक्रममा स्थानीयहरु नाचेका हुन् । गत बैशाखको बिनासकारी भूकम्पबाट त्रसित स्थानीयलाई सामान्य जीवन तर्फ फर्काउन मनोरञ्जन कार्यक्रम अन्तर्गत प्रतिष्ठानले त्यहाँ साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले भूकम्पलाई बिषय बनाएर गरेको प्रहसनमा दर्शकहरु खित्का छाडेर हाँसेका थिए । सोही कार्यक्रममा केदार घिमिरे ‘माग्ने बुढो’ले सुरु हसाउँदा दर्शकहरुले जुन आनन्द लिए । सोही आनन्द अर्का हास्य कलकार जीतु नेपालले पनि प्रहसनबाट दर्शकलाई कार्यक्रममा गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले विभिन्न राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गरेका थिए । दर्शकको माग बमेजिम यी कलाकारले आफ्ना केही चर्चित गीत पनि सुनाए । आयोजकका तर्फबाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले भूकम्बारे आफ्ना अनुभव सुनाउँदै सचेत रहन परामर्श दिए ।


सौर्य उर्जाबाट चल्ने विमान अहिले विश्व भ्रमणमा रहेको छ । चीनले भने यहीँ मौकामा विद्युतबाट चल्ने जहाज निर्माण गरेको छ ।
बि एक्स वान इ नामको उक्त इलेक्ट्रिक जहाजको पखेटा साढे १४ मिटर लामो तथा यसको अधिकतम वजन २ सय ३० किलोग्राम रहेको बताइएको छ ।
यो जहाजको मूल्य झण्डै १० लाख युआन अर्थात् १ करोड ६० लाख रुपैयाँ छ । चिनिया सरकारी संचार माध्यम सिन्ह्वाका अनुसार यो जहाज ३ हजार मिटरको उचाइसम्म उड्न सक्छ । यो जहाजलाई दुइ घण्टाभित्रमा चार्ज गर्न सकिने र यसको अधिकतम गति प्रतिघण्टा १ सय ६० किलोमिटर रहेको बताइएको छ । यसलाई यस पटकमा ४५ मिनेट देखि १ घण्टासम्म मात्र उडाउन सकिन्छ ।
शेनयांग एरोस्पेस विश्वविद्यालय तथा लियोनिंग जनरल एभियसन एकेडेमीका वैज्ञानिकहरुले यो जहाजको डिजाइन गरेका हुन् । पहिलोपटक निर्माण गरिएका दुइवटा जहाज लियोनिंग रुयजियाङ एभियसन कम्पनीलाई दिइएको छ । यी विमानको प्रयोग पाइलट प्रशिक्षण, पर्यटन, मौसम विज्ञान तथा विपद उद्धार र बचावट कार्यमा गर्न सकिने बताइएको छ ।
अहिलेसम्म २८ वटा यस्तो जहाज निर्माणको लागि अर्डर प्राप्त भैसकेको कम्पनीले जनाएको छ ।



असर ७।  आँप एक, स्वाद अनेक नाराका साथ आगामी शुक्रबारदेखी सप्तरीमा आँप महोत्सव हुने, जिल्लामा बढि उत्पादन हुने आँप तथा कृषिजन्य बस्तुको बजार प्रबद्र्धन गर्न महोत्सव सञ्चालन गरिने सप्तरी उद्योग बाडिज्य संघको जानकारी ।

स्याउको राजधानी मानिने हिमाली जिल्ला मुस्ताङमा स्याउको फुल लाग्ने सिजनमा भारि हिमपात हुदा स्याउ उत्पादनमा २० प्रतिसतले कमि हुने कृषि विज्ञहरुको अनुमान ।

अफगानिस्तानमा महत्वपूर्ण मानिएको कुन्दूज प्रान्तको चारदारा जिल्ला आतंकबादी संगठन तालिबानद्वारा कब्जा, उक्त जिल्ला फिर्ता गर्न सेना परिचालन गरिएको  अपलगानिस्तान सरकारको जानकारी । रसियामा दुईवटा यात्रु जहाज अपहरण, एउटा जहाज अवतरणका क्रममा दुर्घटना, अपहरणकारीको खोजी कार्य जारी ।  नेपाल क्रिकेट संघ (क्यान) का सदस्य द्वय दीपक साउद र रञ्जित तामाङलाई पदमुक्त गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको निर्णय कार्यान्वयन नगर्न पुनरावेदन अदालत पाटनद्वारा अन्तरिम आदेश जारी । 



















असार ५। धनकुटामा जारी  सहिद भिमनारयण गोल्डकप फुटबल प्रतियोगिताको सुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्यान्स क्लव भुटानलाइ ४–३ गोल अन्तरले हराउदै ब्वाइज युनियन क्लव काठमांडौ फाइनलमा प्रवेश गरेको छ ।

असार ५। एसएलसी परीक्षाको नतिजा प्रकाशित, नियमिततर्फ ४७.४३ प्रतिशत अर्थात १ लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण, छात्रतर्फ एक लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उतीर्ण । विशिष्ट श्रेणिमा २१ हजार ४ सय ४७ जना, प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना, दोस्रो श्रेणीमा ७६ हजार ४ सय ८२ जना, तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उतिर्ण ।  २ विषयमा अनुतीर्ण भएकाहरुको पूरक परीक्षा साउन २० गते बिहान ८ बजेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयको जानकारी। 

 असार  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले विसं २०७१ को एस एल सी  परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । नियमित तर्फ़ ४७ .४३ प्रतिसत उतिर्ण। 

बिसिस्ट श्रेणी मा 21.२४७ प्रतिसत 
प्रथम श्रेणीमा ७६. ४८२ प्रतिसत उतिर्ण।
दोश्रो श्रेणीमा ७६. ४८२ प्रतिसत उतिर्ण
तेश्रो श्रेणीमा ४. ३६२ प्रतिसत बिद्यार्थी उतिर्ण भएका छन्। 
SLC उतिर्ण हुने कुल संख्या २ लाख ११ हजार ४५ रहेको छ। 
२ वटा बिसय अनुतिर्ण बिध्यार्थिको हकमा भने साउन  २० बाट मौका परिक्षा हुने परिक्षा नियन्त्रण कार्यालयको जानकारी। 


नतिजा हेर्ने तरिका 
एसएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।
यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np,www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ ।
परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले  अन्तिम रुजु गरेर परीक्षाफल सार्वजनिक गरिने बताए ।
प्राविधिक विषयको नतिजा एक हप्ता ढिलो हुने
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने द्वारेले बताए ।
यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५,  पुनः परीक्षातर्फ एक लाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

 केही समय पहिले जापानद्वारा निर्मित मानिसको संवेदना पहिचान गर्ने तथा सोही अनुरुप प्रतिक्रिया जनाउन सक्ने रोबर्टको बिक्रि वितरण सुरु भएको छ । सफ्टब्यांक नामक कम्पनीले बनाएको पिपर नामको उक्त रोबोट अन्ततः बजारमा आइपुगेको छ । कम्पनीले यहीँ हप्तादेखि रोबोटको बिक्रि सुरु गरेको हो ।
सफ्टब्यांकले हरेक महिना १ हजार पिपर रोबोट बजारमा पठाउने लक्ष्य लिएको छ । यो रोबोटको मूल्य १ लाख ९८ हजार येन अर्थात झण्डै १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । यो रोबोट भाडामा समेत पाइनेछ र त्यसका लागि घण्टाको १५ सय जापानी येन अर्थात् १२ सय ५० रुपैयाँ तिनुपर्नेछ ।
रोबोट विज्ञ प्राध्यापक नोएल शार्केले भने पिपर रोबोटको व्यवसायिक उत्पादन गर्ने सफ्टब्यांक कम्पनीको रणनीति जोखिमपूर्ण रहेको टिप्पणी गरेका छन् । यो अत्याधुनिक रोबोटको बिक्रि मुल्य अत्यन्तै कम हो । १ लाख ९८ हजार येनमा यो रोबोट बेच्दा त्यसको लागत पनि उठ्दैन ।
सोही कारणले कम्पनीले यसका उपभोक्तामाथि थप व्ययभार पनि लगाएको छ । यो रोबोट खरीद गर्नेलेसेवा शुल्कको रुपमा २४ हजार येन मासिक थप भुक्तान गर्नुपर्नेछ भने ३ वर्षे करार पनि गर्नुपर्नेछ ।
शेफिल्ड विश्वविद्यालयका प्राध्यापक शार्के का अनुसार सफ्टब्यांकले यो रोबोटका एपहरुबाट पैसा कमाउने आशा गरेको भएपनि यसका लागि कसैले एप निर्माण गर्लान् नगर्लास् त्यो भने निश्चित छैन । सुरुवातमा कम्पनीले यो रोबोटका लागि १ सय एप उपलब्ध छन् ।
अब यो रोबोटको व्यवसायिक उत्पादन फक्सकोन कम्पनीले गर्नेछ भने चिनिया अनलाइन बिक्रेता कम्पनी अलिबाबाले पनि यसमा सहकार्य गर्नेछ । यी दुबै कम्पनीले सफ्टब्यांकको रोबोटिक विभागमा संयुक्त रुपमा ११ करोड ८० लाख डलर लगानी ग्रेका छन् र कम्पनीको २० प्रतिशत शेयर उनीहरुको नाममा हुनेछ ।
अहिलेका लागि यो रोबोट जापानमा मात्र बिक्रि सुरु भएको हो र अरु देशको बजारमा कहिले उपलब्ध हुनेछ भन्ने कुरा भने खुलाइएको छैन । कम्पनीका प्रमुख कार्यकारी मासायोसी सनका अनुसार सम्भवतः अर्को वर्षदेखि जापान बाहिर रोबोटको बिक्रि हुनेछ ।
पिपरले मानिसको अनुहार सम्झिन सक्ने र मानिसको इमोसन समेत पहिचान गर्न सक्छ ।
रोबोट विज्ञ शार्केले भने यो रोबोटको बारेमा यथार्थभन्दा बढि प्रचार गरिएको र यो रोबोटसँग मानिसको कुराकानी एकतर्फी जस्तो मात्रै हुने र यसले धेरै प्रश्नमात्र सोध्ने बताउँछन् ।
२० वटा भन्दा बढि मोटर तथा धेरै जोर्नीयुक्त लचकदार पाखुराले युक्त यो रोबोट खासगरी घरायासी कामकाज तथा वृद्धवृद्धाको स्याहार तथा सहयोगमा लोकपि्रय हुने विश्वास गरिएको छ ।

असार ४। मिरपुर इन्डियामा जारी वान डे क्रिकेटमा सम्पन्न भातरविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेश ७९ रनले विजयी भएको छ । यससँगै बंगलादेशले तीन म्याचको श्रृखलामा १-० को अग्रता लिएको छ ।
मिरपुरमा टस जितेर पहिले ब्याटिङ थालेको बंगलादेशले अन्तिम दुई बल खेल्नुअघि सबै विकेट गुमाएर ३ सय ७ रन बनायो ।
उसको सुरुवात राम्रो रहृयो । तमिम इकवाल र सौम्य सरकारले पहिलो विकेटका लागि १ सय ५ रनको साझेदारी गरे । सौम्य सरकार ५४ रनमा आउट भए । थप २१ रन जोड्दा तमिमले व्यक्तिगत ६० रनमा पभेलियन फर्किए । लिटोन दास ८ र मुस्फिकर रहित १४ रनमा आउट भए ।
तर, सकिब अल हसन र सविर रहमानले बंगलादेशको पारी सम्हाले । सकिब र सबिरले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । सविर ४१ रनमा आउट भए ।
सकिबले नासिर हुसेनसँग ३८ रनको साझेदारी गरे ।
सकिब ५२ रनमा आउट भए । नासिरले ३४ रन जोडे भने मोर्टाजाले २१ रन जोडे । रुवेल हुसेन ४ र तास्किन अहमद २ रनमा आउट भए । भारतका आ अश्विनले ३ विकेट लिए भने उमेश यादब र भुवनेश्वर कुमारले समान २-२ विकेट हात पारे ।
जवाफमा मैदान उत्रिएको भारत भने ४६ ओभरमा २ सय २८ रन जोड्दा अलआउट भयो ।
भारतको पनि सुरुवात राम्रो थियो । रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे । तर, अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
शर्माले भारतका लागि सर्वाधिक ६३ रन बनाए । सुरेश रैनाले ४०, शिखर धवनले ३०, रविन्द्र जडेजाले ३२ र विनय कुमारले २५ रन बनाए ।
विराट कोहली १ रनमै आउट भए । कप्तान महेन्द्र सिंह धोनीले ५ तथा अजिन्क्या रहाणेले ९ रन बनाए भने आर अश्विनले खाता नै खोल्न सकेनन् ।
भुवजेश्वर कुमार र मोहित शर्माले अन्तिम अवस्थामा भारतले बताउन प्रयास गरे ।
तर, मोहित शर्मा ११ रनमा आउट भए । अन्तिम विकेटका रुपमा आउट भएका उमेश यादवले २ रन मात्र बनाउन सके । भुवनेश्वर कुमार २५ रनमा अविजित रहे ।
भारतलाई सस्तैमा समेट्ने क्रममा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका मुस्तफिजुर रहमनले ५० रन दिएर ५ विकेट लिए । यस्तै सकिब अल हसन र तस्किल अहमदले समान २-२ विकेट लिए ।

पारिवारिक सम्बन्धलाई समधुर बनाउन कतिपय अवस्थामा यौन जीवनले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । प्रगाढ सम्बन्ध भए मात्रै यौन जीवन भव्य र उत्साहजनक हुन्छ । कतिपय अवस्थामा सम्बन्ध सुमधुर हुँदा पनि यौन जीवन राम्रो भइरहेको हुँदैन । यसका धेरै कारण छन्, तीमध्ये कतिपय औषधिको नियमित सेवन पनि यौन शक्तिको क्षयका लागि कारक हुन्छन् ।
कनि हुन्छ यस्तो ?
यौनका लागि आवश्यक हर्मोन (शरीरको आवश्यकताको सन्देश दिमागसम्म पु¥याउने तत्व डोपामाइन, सरोटोनिन) र यौनांगबिच ठिक तालमेल हुन आवश्यक हुन्छ । डोपामाइन सेक्स प्रक्रियालाई बढाउँछ र सेराटोनिन त्यसलाई कम गर्छ । औषधिले यी हर्मोनमा गडबडी ल्याइदिन्छ जसले गर्दा यौन इच्छा घट्छ  ।
उच्च रक्तचापका औषधि: उच्च रक्तचापका औषधिले यौन जीवनलाई प्रभावित पार्न सक्छ । ब्लड प्रेसरका लागि प्रयोग गरिने जस्तो क्लोनिडिन, अल्फा मिथाइल डोपर, ग्वानेथिडिन आदि यौन यच्छालाई कमी ल्याइदिन सक्छन्  । बिटास्पेन, अल्फाबोटा, डोपाजिट जस्ता औषधिले यौनांग उत्तेजित हुने प्रक्रियामा अवरोध सिर्जना गर्न सक्छन् । यी आौषधिले शरीरमा प्रोलकिटन नामक हर्मोन बढाएर पुरुषमा नपुंसता हुने खतरा बढ्छ ।
हर्मोन सम्बन्धि औषधि: हर्मोन सम्बन्धि औषधिले यौनजीवन प्रभावित पार्न सक्छन् ।
एन्टी एन्ड्रोजन: औषधि जस्तो साइप्रोटेरन र किटोकोनजाल शरीरमा टेस्टोस्टेरन हर्मोनको स्तर कम गर्न सक्छन् । जसका कारण पुरुष नपुंसकताको शिकार हुन सक्छन् । अनावश्यक थाइरक्सिन औषधिको सेवनले पनि यौनेच्छा घट्छ । एस्ट्रोजनको अत्याधिक प्रयोगले कामेच्छा र वीर्यको मात्रामा कमी ल्याउने समस्या देखिन सक्छ ।

दुखाइक कम गर्ने औषधि
एन्टिबाइटिक अर्थात् दुखाइ कम गर्ने औषधिले यौनेच्छामा कमी ल्याउने संभावना हुन्छ । यौनेच्छा बढाउने औषधि पेनकिलर्ससँगै लिँदा त धेरै प्रकारका साइड इफेक्ट देखिन सक्छन् । मार्फिन र कोडिन जस्ता दुखाइ कम गर्ने औषधिले यौन इच्छा समेत कम गर्छन् ।
दमको औषधि : दमका औषधिले पनि यौन जीवनमा प्रभाव पार्न सक्छ । यस्ता औषधिमा एफीड्रिन, इरब्युटालिन आदिका सिम्पेथोमिमेटिक परिणाम पुरुषको लिंगको उत्तेजनामा ह्रास आउन सक्छ ।
अल्सरको औषधि: अल्सरको उपचारका लागि प्रयोग हुने औषधि जस्तो सिमेटिडिन, अल्टेक आदिको नियमित सेवनले यौन जीवन प्रभवित हुने संभावना हुन्छ । त्यसैगरी यौनांग उत्तेजित कम हुने संभावना पनि रहन्छ ।
एन्टीड्रिप्रेसन औषधि : लगतार एन्टिडिप्रेसनको औषधि प्रयोग गर्नुले पनि यौनेच्छामा कमी ल्याउन सक्छ । निद्राका लागि लिइने औषधि जस्तो, डायजापाम, कम्पोज आदिले पनि कामेच्छा कमजोर बनाउँछन् ।

 १ असार। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार सेमीफाइनलका खेलहरु हुँदैछन् । सेमीफाइनल खेलहरु पोखरा रङ्गशालामा हुनेछन् । लिग चरणका खेलहरु भने पोखरा र चितवनमा भएका थिए ।
प्रतियोगिता अन्तर्गत आज पहिलो सेमी फाइनल खेलमा सशस्त्र प्रहरी वलको एपीएफ र क्षेत्र नम्बर ९ धनगढी आमने सामने हुनेछन् । एपीएफ समूह ‘ए’ को बिजेता हो भने धनगढी समूह ‘बि’ को उपबिजेता हो ।
त्यस्तै, आजै दिउँसो हुने दोश्रो सेमीफाइनल खेलमा क्षेत्र नम्बर ७ जनकपुर र क्षेत्र नम्बर १ विराटनगर प्रतिष्पर्धामा उत्रिदैछन् । जनकपुर समूह ‘बि’ को बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको हो भने विराटनगर समूह ‘ए’ को उपबिजेता बन्दै सेमीफाइनलमा आइपुगेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । जारी प्रतियोगिताबाटै महिला राष्ट्रिय टिमका लागि खेलाडी छनौट गरिने आयोजकले जनाएको छ ।

आसर १। दक्षिण एसियाकै चर्चित भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्टसमा आजभोली नेपाली क्रिकेटरहरुले विकेटको खुसियालीमा छलाङ लगाएको भिडियो क्लिप्स देख्न थाल्नु भएको छ ? छैन भने अवश्य हेर्नुहोला ।
यो त केवल प्रोमोमात्रै हो, अब तपाईंले आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा आफ्ना स्टारहरुले खेलेको खेल घरमै बसीबसी हेर्न सक्नुहुनेछ ।
स्टार स्पोर्टस् ४ ले ट्वान्टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगिता लाईभ देखाउने भएको छ । सोही प्रतियोगिताको प्रोमो स्टार स्पोर्टस् नेटवर्कमा धमाधम बजिरहेको छ । स्टार स्पोर्टस्ले केही दिनअघि ट्विटरमार्फत यसको जानकारी दिइसकेको थियो । अहिले प्रोमोसमेत बज्न थालिसकेको छ ।
यसअघि अघिल्लो विश्वकपमा नेपालले खेलका खेलहरु पनि स्टार स्पोर्टस्ले लाईभ देखाएको थियो । जुन प्रतियोगितामा नेपाल बंगलादेशसँग नेट रनरेटमा पछि परेर अघिल्लो चरणमा जान सकेको थिएन ।
हेनुस् प्रोमो :
कहिले कुन टिमसँग खेल्छ नेपालले ?
समूहको पहिलो खेलमा नेपालले १० जुलाईमा अमेरिका, ११ जुलाईमा नामिविया, १३ जुलाईमा आयरल्याण्ड, १५ जुलाईमा हङकङ, १७ जुलाईमा पपुवा न्यूगिनी र १८ जुलाईमा जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अघि ६ जुलाईमा ओमान र ७ जुलाईमा युएईसँग वार्मअप म्याच हुनेछ ।

नया नया आविस्कार तथा खोज संगै मोबयलको दुनियामा ब्याट्री नटिक्ने समस्या त्यतिकै रहेको समयमा अब केहि राहत दिने भएको छ तपैकै पुरानो मोबाइलको ब्याट्री ले प्रायः मोबाइलका अन्य पाटपुर्जा बिगि्रनुअघि नै ब्याट्री नाजुक बन्न थाल्छ र चार्ज नै टिक्न छाडेपछि उपभोक्ता हैरान बन्दछन् । त्यसैले पूरानो ब्याट्रीलाई फ्याँकेर नयाँ ब्याट्री फेर्न पनि बाध्य होइन्छ । पूराना बिगि्रएका ब्याट्री के मा काम लाग्नु ? त्यसैले फ्याँकिन्छ । तर अब भने मोबाइलको पूरानो ब्याट्रीकेा पनि उपयोग हुने भएको छ ।
BetterRe (बेटररी) नामको कम्पनीका अनुसार दुइ वर्षसम्मको लगातार प्रयोगपछि पनि स्मार्टफोनको ब्याट्रीको आयु ८० प्रतिशत बँचेको हुन्छ ।
पोर्टेबल चार्जिङ प्याक बनाउने कम्पनी बेटर रीले यस्तै पूराना तथा काम नलाग्ने भने फ्याँकिएका ब्याट्रीहरु उपयोग गर्ने व्यवसाय सुरु गरेको छ ।
आफ्नो पोर्टेबल चार्जिङ प्याकले ५४ मिनेटमा आइफोन सिक्स तथा ७७ मिनेटमा सामसुङ ग्यालेक्सी एस सिक्स चार्ज गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।
यो चार्जिङ प्याकमा त्यस्तै पूराना स्मार्टफोनका ब्याट्रीलाई उपयोग गरिएकेा छ । यसमा जुनसुकै स्मार्टफोनको ब्याट्रीलाई प्रयोग गर्न सकिन्छ । बढि चार्ज आवश्यक परेमा चार्जिङ प्याकमा पूराना ब्याट्रीको संख्या थप गर्न सकिने बताइएको छ ।

तपाइँले कहिलेइ यस्तो गाउँको बारेमा सुन्नुभएको छ ? जहाँ लोग्ने मानिसहरुलाई अभागी मानिन्छ ? कदापी छैन होला । महिलाहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य बनाउने परम्परागत समाजमा छोराहरुको स्थान सधै उच्च रहने गरेको देखे भोगेकाहरुका लागि यो पत्याउनै नसकिने कुरा हो । तर हाम्रै छिमेकी देश भारतको एउटा गाउँ यस्तो छ जहाँ छोराहरुलाई अभागी मानिन्छ ।
भारतको मेघालयस्थित मावलीनग गाउँ यस्तो अनौठो सभ्यतायुक्त गाउँ हो । आदिम खासी जनजातीको बसोबास रहेको यो गाउँको जनसंख्या ५ सय जति छ ।
यो गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुले राज गर्दछन् यहाँ । पुरुषहरुको प्रभुत्व नामेट छ । छोराछोरीहरुको थर बुवाको होइन आमाको राखिन्छ ।
यो गाउँ एसियाको सबैभन्दा सफा गाउँ पनि हो र यसलाई भारतको गौरव तथा इश्वरको बगैँचा पनि भनिन्छ । यहाँका बालिका, किशोरी तथा महिलाहरु तलाउ तथा झरनाहरुमा खेलिरहेका भेटिन्छन्, परी जस्तै ।
यहाँ पुरुषहरुको हैकम शुन्य छ, त्यसैले यहाँका पुरुषलाई अभागी मानिन्छ ।  महिलाहरुलाई कुनैपनि कुरामा रोकतोक छैन र परम्पराको बन्देज पनि छैन । यो गाउँका हरेक महिलाहरु कामकाजी छन् र परिवारको आयमा आफ्नो योगदान पूराइरहेका हुन्छन् ।
यो गाउँमा परिवारकी कान्छी छोरी सबैभन्दा पुज्य, महत्वपूर्ण तथा पि्रय हुन्छिन् र कान्छी छोरीलाई नै धन तथा सम्पत्तिको हकदार मानिन्छ । बाबुबाट छोरामा सम्पत्तिको हकमा सर्नुको साटो आमाबाट छोरीमा पैत्रिक सम्पत्तिको हक हस्तान्तरण हुन्छ । अधिकांस भूमिमा महिलाकै हक रहेको छ ।
यो समुदायका युवतीहरुलाई आफुलाई मन परेको केटा रोजेर बिहे गर्ने पूर्ण छुट छ । हिलाहरुलाई आफुखुसी सम्बन्ध विच्छेद गर्ने तथा एक्लै बस्न पाउने हक पनि छ ।
यो गाउँको साक्षरता दर शत प्रतिशत रहेको छ । तर यो गाउँका पुरुषहरु भने बेखुस छन् । परिवार तथा समाजमा आफ्नो भूमिकाको अवमूल्यन भएको, महिलाहरुले हेप्ने गरेको भन्दै यहाँका युवा तथा प्रौढ पुरुषहरु जाँडरक्सी खाने तथा कुलततर्फ पनि लाग्ने गरेको पाइएको छ । यो गाउँमा पुरुषहरुको मृत्युदर पनि महिलाको भन्दा उच्च छ ।
यहाँ पुरुषको अधिकार खोज्दै विभिन्न पुरुष समूहहरु पनि गठन भएका छन् । मेघालयको राजधानी सिलोंगमा मुख्यालय रहेको पुरुष अधिकारवादी संस्था सिंगखोङ रिम्पेइ थेमाइको अभियानप्रति यो गाउाका धेरै युवाहरुले एक्येबद्धता जनाउन थालेका छन् ।

आकाशमा हिड्दा कस्तो आङ्ग सिरिङ्ग होला ?निर्माण जगतमा एकपछि अर्को चमत्कार प्रस्तुत गर्दै आएको चीनले अब आकाशमा हिड्ने बाटो समेत बनाएको छ । पूर्वी चीनको शिनीयुझाई नेसनल जिओपार्कमा पारदर्शी संगीतमय आकाशे बाटो निर्माण गरिएको हो ।
उच्च पहाडको किनारासँग जोडिएको यो बाटो काँचको भएकाले पारदर्शी छ । पारदर्शी हुनाकै कारणले यो बाटोमा हिँडिरहँदा आकाशमा हिँडेको जस्तो अनुभुति हुन्छ ।


५ सय ९० फिट लामो यो बाटोमा ७० प्रकारका विभिन्न खाले संगीतका धुनहरु बजाएर सुन्न सकिन्छ ।
उच्च पहाडको घेरोमा बनेको यो आकाशे बाटोमा हिँड्दा रोमान्चक भएपनि  डर पनि त्यति नै लाग्छ । त्यसैले मानिसहरुले यो बाटोका रेलिङमा समाएर डराइ डराइ विस्तारै पाइला चलिरहेका हुन्छन् ।

यो वाक वे बनाउने कालिगढ कस्ता होलान् ? साँच्चीकै वीर नै हुन् । समाचार अनुसार २१ जना कामदारले दिनरात काम गरेर यो आकाशे पदमार्ग निर्मण गरेका हुन् र उनीहरुले दैनिक ४ सय युआन ज्याला पाएका थिए ।

जेठ २३ ।  धरान जेसिज द्वारा आयोजित मिस एस एल सी २०१५ को ताज एलिसा लिम्बु ले पहिरिएकी छिन्।शुक्रबार  धरानमा सम्पन्न प्रतियोगितामा १७ जना प्रतिस्पर्दी लाई पछि पार्दै लिम्बुले उपादी जितेकी हुन्। १७ बर्षिया  लिम्बुले उपाधी  संगै ३० हजार रुपैयाको चेक संगै डिपोर्ट उच्च मा बि मा पूर्ण छात्रवृति प्राप्त गरेकी छिन्। लिम्बु लाई  मिस एस एल सी २०१४ कि बिजेता रिया बजाजले ताज पहिर्याई दिएकी थिइन। यसै गरि फस्ट रनर अफ को उपदी नेहा प्रधान ले प्राप्त गरिन, प्रधान लाई गत बर्षकि उप बिजेता रोसिमा  राई ले पहिराई दिएकी थिइन्। सेकेन्ड रनर अफ को उपादी भने सुदिक्षा श्रेष्ठ ले प्राप्त गरिन, श्रेष्ठ लाई गत बर्षकी सेकेन्ड रनर संगीता राई ले ताज पहिराहिदियेकी थिइन्   । दिउसो ३ बजे बाट सुरु हुने भनेको कार्यक्रम साज ६ बजे सुरु भएर अबेर ११ बजे सम्पन्न भएको थियो। 























ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.