December 2016

पौष १६, (सुवास संकल्प), इटहरी 
गित संगीतको दुनियामा फेरी पनि साथीसंग मनको कुरा व्हाट्सएप ग्रुपले पहिलो  एल्बम पर्खी बस्छु स्वर्गमा र दोस्रो एल्बम हिमालैमाको अपार सफलता पछी फेरी पनि तेस्रो एल्बम संसार छोड्दै छु लिएर आएको छ l 
उक्त गितमा सब्द/लय सर्जक कुमार थिङ् तामाङ को रहेको छ भने स्वर दिनु भएको छ लोक गायक राज बास्तोला र पूर्णकला बि सीले l  गित मा चर्चित डान्सर तथा मोडल रंजित गुरुङ का साथमा प्रकाश शाक्य (टोड्केली), अर्जुन श्रेष्ठ को जोरदार अभिनय  रहेको छ l सो गित को म्युजिक भिडियो को सम्पूर्ण छायंकन सक्किएको भने अब केहि समय पछी नै यस गीतको  पुरा म्युजिक भिडीयो युटुब च्यानल टि टाइम म्युजिक बाट सार्बजनिक गरिने छ l 
गीतको निर्माण समुहमा निमा शेर्पा, माया वाईबा तामाङ्, दावा लामा, लक्ष्मी तामाङ्, दिपा माया तामाङ्, सम्झना तामाङ्, मिरा पौडेल, सिम्रन तामाङ्, रीना तामाङ्,धिरेन्द्र रावल, मेग श्रेष्ठ, बम बहादुर तामाङ्, कुमार गुरुङ, पेमा लामा, चन्द्र तामाङ् तथा अन्य साथीसंग मनको कुरा परिवार रहेका छन् l
भिडियो :




via IFTTT

रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता भिडियो सहित :




via IFTTT

पौष १४, काठमाण्डो,
बलिउड नगरी हुँदै हलिउडसम्म आफूलाई स्थापित गराएकी नायिका प्रियंका चोपडाले नेपाली फिल्म बनाउने भएकी छिन् ।
प्रियंकाले आफ्नै होम प्रोडक्शनबाट नेपाली भाषा को बाहुल्यता रहेको सिक्किम बेस्ड फिल्म निर्माण गर्ने भएकी हुन् । उसो त उनले होम प्रोडक्शन हाउस पर्पल पेबलबाट भोजपुरी, मराठी फिल्म समेत निर्माण गरिसकेकी छिन् ।
प्रियंकाकी आमा मधु चोपडाले जानकारी दिए अनुसार नेपाली फिल्म ’पौवा’मा नेपाल र सिक्किमका कलाकार तथा क्रु मेम्बरहरु रहने छन् ।’पाहुना’ अर्थ लाग्ने फिल्म ’पौव’ले आमाबुबा देखि टाढिएका बालबालिकाको कथा रहनेछ ।



via IFTTT

पौष १४, काठमाण्डो,
कबिता धितालको शब्द , राज कुमारको संगीत अनि प्रमोद खरेलको स्वरमा नरोउ भन्नेले नै रुवाइ गयो र त बोलको गीत सार्वजनिक भएको छ । 
हाललाई कभर भिडियोको रुपमा सार्वजनिक गरिएको गीतको अधिकारिक म्युजिक भिडियो पनि छायाँकन भईसकेको र  सो भिडियो पनि चाडै सार्वजनिक हुने बताइएको छ । बाराही म्युजिकले बजार ब्यबस्थापन गरेको प्रस्तुत गीत दर्शक स्रोताले मन पराउने आशा  ब्यक्त गरिएको छ ।
भिडियो :
 




via IFTTT

पौष १४,(सुवास संकल्प), इटहरी,
सबैसामु परिचित हुने सपना सबै संग हुन्छ, नाम, दाम र इज्जत संगै सफल भबिष्य सोचेर कला जीवन जिउन चाहनेहरु पछिल्लो समय निकै नै देख्न सकिन्छ l 
यहि सपना साकार हुने बिस्वासका साथ् कला दुनिया अर्थात मोडलिङ्ग मा प्रवेश गरेका छन् सागर राई l आफु संग कला भएको र गर्न थाले अगाडी बढ्न सकिन्छ भन्ने आत्माबिस्वासका साथ् यो क्षेत्रमा प्रवेश गरेका सागर काठमाण्डो बाट संघर्ष गरिरहेका छन् l भर्खरै उनले एक मार्मिक गीत मा जिवन्त अभिनय गरेका छन् l
गायिका मलिना थापाको अवाजमा रहेको “बर्षौ देखि” बोलको उक्त गीतमा किरण गौचनको शब्द, राजिव शाहको संगीत रहेको रहेको छ l त्यस्तै अनुप श्रेष्ठको छायांकन, जीवन शाही र झलक विवशको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा सागर संग सोनु राई,  र सबिना लामाले स्क्रिन रोमान्स् गरेका छन् भने दि म्युजिक ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।
हेर्नुस भिडियो :
 




via IFTTT

पौष १३, इटहरी,
पुर्वको पर्यटकिय स्थलको रुपमा पछिल्लो समय परिचित नाम हो गोकुलम रिसोर्ट । कुनै पनि कुरा स्थापित हुन निकै समय अर्थात बर्ष लाग्ने गर्दछ तर गोकुलम रिसोर्ट स्थापना भै स्थापित हुन निकै समय कुर्नु परेन ।
गोकुलम स्थापित भै घुम्न लाई सबैको गन्तव्य स्थल भएको एक बर्ष अलि बढी भएको छ । स्थापित हुँदै गर्दा बिकाश हुन पनि खासै समय लागेको छैन गोकुलम लाई । यसको एक मात्र उदाहरण हो "म्युजिक भिडियो" ।
 आजकै दिन अर्थात २०१५ डिसेम्बर २८ को दिन गोकुलम मा पहिलो पटक एक म्युजिक भिडियो को छायांकन भएको थियो, जुन हो "बुझ्नै गार्‍हो भो" । भिडियो मा हेर्दा अहिलेको गोकुलम र एक बर्ष अघिको गोकुलममा आकाश जमिन को फरक देख्न सकिन्छ । 
गायक सन्दिप मोते को गीतमा डि थ्री प्रोडक्सन नेपाल ले पहिलो पटक भिडियो लाई गोकुलम मा छायांकन गरेको थियो । भिडियोमा माधब केसि लगायत कलाकारको अभिनय तथा सुवास संकल्पको निर्देशन रहेको छ भने निक बिष्ट ले छायांकन गरेका छन । 
हेर्नुस गोकुलम मा एक बर्ष अघि छायांकन भएको पहिलो भिडियो :




via IFTTT

पौष १२, (सुवास संकल्प), इटहरी,
संगीत मोह सबैमा हुन्छ । संगीतले जात-भात, सानो-ठूलो केहि भन्दैन । यो साङगितिक दुनियामा हालै सानी नानी अर्थात बाल गायिका ले मर्मस्पर्शी गीत लिएर आएकी छिन ।
बाल गायिका जिग्मे छोकि घिसिङ को आवाज रहेको उक्त गीत निकै नै मर्मस्पर्शी छ । उनको एल्बम "टुहुरी" मा समाबेश "न आमाको माया पाए" बोलको उक्त भर्खरै युटुब मार्फत सार्बजनिक भएको हो । 
सो गीतमा कर्मा सेर्पाको शब्द रहेको छ भने बिनोद खम्बुले संगीत भरेका छन । त्यस्तै आर एन्ड एस म्युजिकको प्रस्तुती रहेको उक्त गीतमा चन्दु गोर्खालिको एरेन्ज रहेको छ ।
भिडियो :





via IFTTT

पौष ११, इटहरी,
सन्देशमुलक सामाजिक चलचित्र “कर्माण्य”को गीत अनायासै सार्वजनिक भएको छ l गएको शुक्रबार युट्युब मार्फत रिलिज गरिएको राजु तामाङको शब्द संगीत र स्वर भएको उक्त गीत र भिडियो एकै दिनमा चर्चामा पुग्न सफल भएको छ l
विभिन्न च्यारिटी शोहरु गरिरहेको यस चलचित्र आगामी हप्ता देखि पूर्वको यात्रामा निस्कने भएको छ l पूर्वको झापा, बिराटनगर, धरान, इटहरी लगाएत विभिन्न ठाउँमा च्यारिटी गर्न लागिएको यस चलचित्रका निर्माण टीमले बताएका छन् l
अर्पण बस्नेत द्वारा निर्देशित यस चलचित्रलाई नबिन बाबु गुरुङले खिचेका हुन् l मिस्टर नेपाल सन्दीप पोख्रेल, योबना कार्की, आदित्य शर्मा मिना खड्का शंकर पराजुली लगाएतको अभिनय रहेको यस चलचित्रलाई उज्वल ढकालले सम्पादन गरेका हुन् l
काठमाडौँका विभिन्न ठाउँमा च्यारिटी गरेर चर्चा बटुलेको यस चलचित्रलाइ अब देश बिदेशमा समेत देखाइने यसका निर्माण टीमले बताएको छ l
                                                                                                                                समाचार :screennepal
भिडियो :




via IFTTT

पौष१०, इटहरी,
नाईं मलाई थाहा छैन’ झट्ट सुन्दा केहि सोधिएको तर थाहै नभएको जस्तो बुझिने यो शिर्षक गायकद्वय संजीब पराजुली र टीका प्रसाईंको नयाँ गीत हो। यस गीतलाई लिरिकल भिडियो सहित गायक पराजुलीको आफ्नै यू-ट्यूब च्यानलबाट हालै सार्वजनिक गरिएको छ। 
गीतमा एक नारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा अल्मोड़ा उप्रेती रानाको संगीत संयोजन रहेको छ। गायकद्वय संजीब र टीकाको एल्बम ‘सँग सँगै’ मा समावेश यो गीत भन्दा पहिले ‘तिमी मलाई मन पर्छ’ गीतले अत्यधिक चर्चा पाईसकेको छ। सुगम संगीतका उदीयमान गायकद्वयका अन्य गीतहरु पनि आउने तरखरमा छन।
‘नाईं मलाई थाहा छैन’ गीतमा अन्तराष्ट्रीय नृत्य प्रतियोगिता एक जनवरी २०१७ बाट शुरू हुन लागेको कुरा आयोजक पक्ष्यका बजार ब्यवस्थापक रविन्द्र कुमार शर्माले हामीलाई बताउनु भयो। बाबा एजुकेशन सिडनी, अष्ट्रेलीया र काठमांडू, नेपालको प्रायोजनमा हुन लागेको यस प्रतियोगिताले नृत्य गर्नेहरुकालागि आफ्नो प्रतिभा देश-बिदेशमा देखाउने एउटा राम्रो अवसर दिनुकासाथै विजयी प्रतियोगीले नगद पुरस्कार पनि पाउने छन। 
प्रतियोगितामा बिश्वभरि छरिएर रहेका नेपाली, नेपालीभाषी र नेपालीमुलका मध्ये जो कोहिले पनि भाग लिन पाउने ब्यवस्था रहेको छ। प्रतियोगितामा भाग लिन पालन गर्नु पर्ने नियम, पुरस्कार राशि आदि प्रश्नहरुको उत्तर गायकद्वयको फेसबुक पेज मार्फ़त सार्वजनिक हुनेछ। हेर्दै गर्नुहोला http://ift.tt/2heOr4t र http://ift.tt/2isupsu । 
गीतको लिरिकल भिडियो हेर्नुहोस :



via IFTTT

पौष१०, काठमाडौं,
ड्रिम्स चलचित्रबाट अभिनयमा भित्रिएकी हुन् साम्रज्ञी राज्य लक्ष्मी शाह । डेब्यु चलचित्र ‘ड्रिम्स’मै युवा स्टार अनमोल केसीसँग रोमान्स अवसर पाएकी उनले अभिनयबाट पनि सफलता हात परिन् ।
‘ड्रिम’ हेर्ने दर्शकले पनि अनमोलको भन्दा बढी उनको अभिनयको तारिफ गरे । सायद त्यसैले पनि होला यसबर्ष आयोजना भएका अधिकांश अवार्डमा नव अभिनेत्रीको बिधा उनको पोल्टामा पर्यो । शुक्रबार साँझ दुवईमा आयोजित ९ औ नेफ्टा अवार्डमा समेत उनले ‘ड्रिम्स’बाटै नव अभिनेत्रीको अवार्ड उचालिन् ।
 
अधिकांश अवार्ड समारोहमा नव अभिनेत्रीको अवार्ड थाप्न सफल साम्रज्ञीको अहिले फेरी चर्चा चुलिएको छ । चर्चाको बिषय उनको अभिनय हुनपर्ने हो । सो नभएर नेफ्टामा उनले लगायको पहिरन बन्न पुगेको छ । 
घुडामाथीसम्म चिरिएको रातो गाउँनमा अवार्ड समारोहमा सहभागी साम्रज्ञीले पहिरन मार्फत सबैको ध्यान खिच्न मात्र सफल भइनन् अवार्ड समारोहमा रहेका क्यामराका फोकस पनि उनी तिरै परे । सबैको क्यामरमा उनको गाउँनबाट चिहाएको वक्षस्थल कदै भए ।
सभा समारोहमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरु पहिरनमा बिषेश ध्यान दिने गर्दछन् । त्यसमा पनि गोप्य अंग झल्कने पहिरन उनको रोजाइमा पर्ने गरेको छ । यस्ता पहिरनलाई उनीहरु पारदर्शी पहिरन भन्न पछि पर्दैनन् । राम्रज्ञीले लगायतको यो पहिरन पनि त्यस्तो पहिरनको एक उदारहण होला । अहिले यो पहिरन गर्दा उनको चर्चा त चुलिएको छ । सँगसँगै नकारात्मक टिप्पणी पनि हुन थालेका छन् ।
                                                                                                                       तस्बिर/समाचार: रातोपाटि 



via IFTTT

पुस १० । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ ।

मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि मोहन सुनुवार र १०० किलोमुनि रबिन श्रेष्ठले तथा महिला स्पर्धामा ६० किलोमुनि सुनिता मगरले स्वर्ण पदक जिते ।
यसैगरी नेपाली सेनाका लागि पुरुषतर्फको ४५ किलोमुनि सुबोध मण्डल तथा महिलातर्फ ५७ किलोमुनिमा मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक हात पारे ।
यस्तै महिला स्पर्धामा नेपाल प्रहरीका ४८ किलोमुनिको तौलमा सरिता चौधरीले स्वर्ण पदक जिते भने ७८ किलोमाथिको तौलमा सुदूरपश्चिमाञ्चलकी सुनिता बोहराले स्वर्ण पदक हासिल गरे ।
जुडोको पुरुषतर्फको ४५ किलोमुनिको तौलमा पूर्वाञ्चलका अमितकुमार रामले रजत तथा मध्यमाञ्चलका निशान लिम्बू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कास्य पदक जिते ।
पुरुष ५५ किलोमुनि नेपाली सेनाका कर्मा तामाङले रजत तथा सशस्त्र प्रहरीको एपिएफ क्लबका दीपेन्द्र तामाङ र नेपाल प्रहरीका रोहन थापामगरले कास्य पदक पाए ।
यसैगरी पुरुष ६६ किलोमुनिमा नेपाल प्रहरीका टीकाराम चौधरीलाई रजत तथा पश्चिमाञ्चलका सुमन्त क्षत्री र एपिएफका विजय तामाङले कास्य पदक प्राप्त गरे ।
पुरुष ८१ किलोमुनि तौलमा नेपाल प्रहरीका सन्तोष सुनारले रजत तथा सेनाका दिलबहादुर मगर र पश्चिमाञ्चलका मङ्गलु मेचेले कास्य पदक हात पारे ।
पुरुष १०० किलोमुनि तौलमा नेपाली सेनाका शिवराम बरामले रजत तथा नेपाल प्रहरीका रियाज श्रेष्ठ र सुदूरपश्चिमाञ्चलका राजन ओझाले कास्य पदक जिते ।
यसैगरी महिला ४८ किलोमुनिको तौलमा मध्यपश्चिमाञ्चलका शारदा खत्रीले रजत तथा नेपाली सेनाका सुष्मिता लावत र पश्चिमाञ्चलका माया लुहारले कास्य पदक जित्न सफल भए ।
महिला ५७ किलोमुनितर्फ मध्यमाञ्चलका शर्मिला तामाङले रजत पाउँदा मध्यपश्चिमकै निर्मला कुँवर र नेपाल प्रहरीका विष्णु थापाले कास्य पदकमा चित्त बुझाए ।
यस्तै महिला ६० किलोमुनिको तौलमा मध्यपश्चिमका सम्झना चौधरीले रजत पदक पाउँदा नेपाली सेनाका गङ्गा चौधरी र नेपाल प्रहरीका रेणुका थापाले कास्य जितिन्।
महिलाको ७८ किलोमाथिको तौलमा नेपाली सेनाका आकृति जोशीले रजत तथा पश्चिमाञ्चलका सीमा ठकुरीले कास्य पदक जितिन ।

पुस १० । आज(आइतबार) इसाई धर्मावलम्वीहरुको चाड मेरी क्रिसमस । नेपालमा पनि इसाई धर्मावलम्वीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाउँदैछन् ।


देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरिंदैछन् । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो ।
कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
पछिल्ला दिनमा नेपालमा पनि यो धर्म अँगाल्नेहरु बढेका छन् । अहिले नेपालमा आठ हजार पाँच सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको दावी गरिन्छ ।
यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएको छ । आजपनि सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।
यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना सन्देश दिँदै ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा गरेका छन् ।

यौनको विषय विश्वमा सबैभन्दा धेरै चासो दिइने विषय हो । यद्यपि यसबारेमा सार्वजनिक चर्चा कम किन नहोस् । सेक्सका विषयमा दुनियाँमा विभिन्न खाले अध्ययन/अनुसन्धान भएका छन्, जसबाट अनेकथरी रोचक तथ्य बाहिर आएका छन् । जसमध्ये १० रोचक तथ्य यस्ता छन्:
१. ५६ प्रतिशत मानिसले कार्यस्थलमै सहवास गर्ने गरेका छन् ।
२. एक चर्चित पुरुष म्यागेजिनले गरेको अध्ययन अनुसार सहवासका बेला पुरुषले भन्दा महिलाले धेरै अश्लील कुरा गर्दछन् ।
३. न्ााक बन्द भएर हैरान हुनुभएको छ ? सेक्स गर्नुस् । सेक्स प्राकृतिक एन्टीहिस्स्टामाइन हो, जसले बन्द नाक खुलाइदिन्छ ।
४. औसतमा पुरुषहरु अढाइ मिनेटमा चरमोत्कर्षमा पुग्छन् भने महिलाका लागि १२ मिनेट लाग्छ ।
५. केवल १७ प्रतिशत महिलाले मात्र यौन सम्पर्कमा चरम आनन्द प्राप्त गर्दछन् ।
६. सक्रिय यौनजीवन भएका पुरुषहरुको आयु बढी हुन्छ र ८० वर्षभन्दा माथि बाँच्दछन् ।
७. म्हिलाले चरम आनन्द प्राप्त गर्दा इन्डोफिर्न नामक हर्मोन उत्सर्जन हुन्छ, जसले टाउको दुखाई निको हुन्छ ।
८. दुनियाँमा हरेक दिन १ करोडपटक सेक्स गरिन्छ । यो संख्या एक दिनमा हुने टि्वटको संख्या बराबर हो ।
९. पुरुषको चरमोत्कर्ष केही सेकेण्ड मात्र रहन्छ, जबकि सुँगुरमा ३० मिनेटसम्म चरमोत्कर्ष कायम रहन्छ ।
१०. ८० वर्षभन्दा माथिका ३० प्रतिशत महिलाले आफ्नो लोग्ने वा केटा साथीसँग सक्रिय यौनसम्पर्क कायम गरेका हुन्छन् ।

के तपाईं रोबोटसँग सेक्स गर्नुहुन्छ ? कुनै रोबोटसँग बिहे गर्नुहुन्छ ? के कुनै रोबोटसँग तपाईंले राख्न खोज्ने यस्ता सम्बन्ध नकार्ने हक होला ? केही यस्तै प्रकारका प्रश्नहरु बेलायतको लण्डनस्थित गोल्डस्मिथ विश्वविद्यालयमा भएको एक सम्मेलनको क्रममा उठेका छन् ।
उक्त विश्वविद्यालयमा भएको लभ एण्ड सेक्स विथ रोबोट विषयक दोश्रो सम्मेलन साँच्चिकै गरमागरम भयो । मलेसिया सरकारले सम्मेलनमा रोक लगाएपछि उक्त सम्मेलन लण्डनमा भएको हो ।
सम्मेलनमा केही विवादीत विषय उठेका छन् । सम्मेलनमा यौनउद्योगको विषयमा कसैले गुनासो र आलोचना पनि गरेनन् भने कुनै सेक्स रोबोट प्रदर्शनीमा पनि राखिएन । जसका कारण कतिपय मानिसलाई सम्मेलनको औचित्यमाथि नै प्रश्न उठाउने मौका मिल्यो ।
रियल डल्स क्यालिफोर्नियाको सेक्स टोय बनाउने एउटा प्रमुख कम्पनी हो । आउँदो वर्ष कृत्रिम विवेकयुक्त सेक्स डल बनाउने उसले जनाएको छ । यदि यसो भयो भने यो डाक्टर डेभिड लेभी जस्ता मानिसहरुको दाबीलाई सहित सावित गर्नेछ । जसले लामो समयदेखि मानिस जस्तै देखिने बुद्धिमान रोबोटको युगको पैरवी गरिरहेका छन् ।
सम्मेलनको अन्त्यमा भाषण गर्दै उनले मानिस र एन्ड्रोइडबीचको अन्तरंग सम्बन्धको कुरा गरे । उनले भने: आउँदो दश वर्षमा यस्तो सफ्टवेयर तयार गरिनेछ जसको सहयोगले एउटा यस्तो रोबोट तयार हुनेछ जसमा एक पार्टनरका सबै गुण रहनेछन् ।
जस्तै प्रेम, विश्वास, सम्मान तथा सहनशीलता । यदि कोही मानिस सम्बन्धमा टकराव मन पराउँछन् र कोही आक्रामक स्वभावको रोबोटसँग बिहे गर्न चाहन्छन् भने पनि उनीहरुले खोजेजस्तै रोबोट पाउनेछन् । यद्यपि यस्तो प्रकारको रोबोट पार्टनरको विषयमा नैतिक प्रश्न पनि उठिरहेका छन् । तर कानूनले यस्ता रोबोटलाई मानिसको दर्जा दिनु आवश्यक रहेको लेभी बताउँछन् ।
यद्यपि यो कुनै टाढाको विषय लाग्नसक्छ । तर यो वर्ष कैयन् कम्पनीहरु, बौद्धिक जगत र सरकारी प्रतिनिधिहरुबीच यो विषयमा माथापच्ची भयो ।
जहाँसम्म रोबोटको अधिकारको कुरा छ , यस विषयमा डाक्टर डेभिडको धारणा निकै फरक छ ।
उनकाअनुसार यदि रोबोटको व्यवहारबाट उसले विवाह गर्न चाहेको भाव बुझियो भने हामीले उसको निर्णयलाई मान्नु पर्दछ ।
अहिलेसम्म जो रोबोट मानवीय व्यवहारअनुसार डिजाइन गरिएका हुन्छन्, तिनीहरु म्ानिस जस्तो नभइ मित्रवत व्यवहार गर्ने खिलौना जस्ता देखिन्छन् ।
विश्वविद्यालयका वरिष्ठ प्राध्यापक केट लेवनीका अनुसार लभ एण्ड सेक्स विद रोबोट नामक सम्मेलनमा सेक्स रोबोटको उद्योग कुन दिशामा अघि बढाउन सकिन्छ र यस विषयमा कानूनी र नैतिक मुद्दाहरु कसरी हल गर्ने भन्ने विषयमा बृहत छलफल भयो ।

पौष ९, इटहरी,
लगातार म्युजिक भिडियो निर्माणमा सक्रिय इटहरीको ग्रुप डि थ्री प्रोडक्सन नेपालले भर्खरै अर्को म्युजिक भिडियोको पनि छायांकन सम्पन्न गरेको छ ।
धनकुटावासी नव-गायक दुर्गा राईको सुमधुर स्वरमा रहेको मर्मस्पर्शी लोक-आधुनिक गीतको छायांकन यहि बिहीवार गरिएको छ । "म त जादैछु.." बोलको उक्त गीतलाई इटहरी र धरानमा सुटिङ गरिएको हो । 
एक ब्यक्ती आफ्नो मायालु लाई छोडेर टाढा जान लागिरहदा दुई बिचको रमाईला बितेका पलहरुलाई भिडियोमा आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । भिडियोलाई सुवास संकल्प ले निर्देशन गरेका छन भने उनी यो भिडियो बाट निकै आशाबादी छन, भन्छन-"मेरो अघिल्लो भिडियो भन्दा यो भिडियो मा निकै मेहनत परेको छ, पहिलेको भन्दा ईक्युपमेन्टहरु पनि बढी युज गरेको छु, त्यसैले यस भिडियो बाट मैले निकै आश गरेको छु ।" 
सो गितमा हिरा राईको शब्द संगीत रहेको छ भने मोडलिङमा चर्चा बटुल्दै गरेको ईशा परियार र आशिष लिम्बूको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई निक बिष्टले छायांकन गरेका हुन भने सोम मग्रातिले मेकअप गरेका छन ।
डि थ्री प्रोडक्सन नेपालबाट बजारमा आउने उक्त भिडियोको छायांकन पस्चात अब पोस्ट प्रोडक्सनको काम सुरु भएको निर्देशक संकल्पले बताए ।




via IFTTT

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.