February 2017

फागुन १४, धरान,
पाँचौं नेवा च्यारिटी ८ किमि धरान रन प्रतियोगिताको उपाधि भारतीय सेनामा कार्यरत् बाग्लुङका तीर्थ पुनले जितेका छन् । सुनसरीको धरानमा शनिबार सम्पन्न प्रतियोगितामा पुनले निर्धा्रित् दुरी २६ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । 
उपाधिसँगै उनले ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने सेनाकै टिकाराज कटुवाल तेस्रो भए । महिला खुलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले निर्धा्रित् दुरी ३४ मिनेट ३ मिनेटमा पार गर्दै पहिलो भइन् भने बाग्लुङकी सन्तोषी श्रेष्ठ दोस्रो र जुम्लाकी सीता न्यौपाने तेस्रो भइन् । पुरुष, महिला दुबैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ४० वर्षमाथिको पुरुष भेट्रानमा भने निर्मल राई प्रथम भए । 
हेर्नुस प्रतियोगिताको केहि रमाईलो दृश्यहरु :
Monetize your website traffic with yX Media




via IFTTT

फागुन १३, काठमाण्डौ,
एलिशा राईले युवापुस्तामा विशेष गरी टिनएजरमा योर स्टाइल युट्युब च्यानलमा अपलोड भएका सर्ट फिल्मबाट पहिल्यै आफ्नो पहिचान बनाइसकेकी थिइन् । भर्खरै १९ पार गरेर २० मा टेकेकी एलिशालाई अहिले चलचित्र ‘लुट–टु’को ठमेल बजार गीतकी डान्सरका रूपमा चिनिन्छ । सर्टफिल्मबाट म्युजिक भिडियो र त्यसपछि ‘लुट–टु’, एलिशाले सानै उमेरमा सफलताको लामो यात्रा तय गरिसकेकी छिन् । ‘लुट–टु’को गीत ‘ठमेल बजार’ले युट्युबमा १ करोड भ्युज पाउँदा–नपाउँदै एलिशा राई पछिल्लो पुस्ताको ‘फेभरेट’ भैसकेकी छिन् । 
७० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी एलिशा अहिले म्युजिक भिडियो निर्देशकहरूको पहिलो रोजाईमा परिरहेकी छिन् । जन्मथलो खोटाङ भए पनि उनी काठमाडौंको कपनमा हुर्किइन् । पढाइमा अब्बल एलिशाले प्लस टुसम्म बाइलोजी पढे पनि आफ्नो रुचि कलामा भएकाले उनी अहिले ग्राफिक डिजाइनिङमा स्नातक तह अध्ययनरत छिन् । ‘लुट–टु’मा दर्शकले रुचाए मात्र चलचित्र करियरलाई अघि बढाउने सोच बनाएकी एलिशाले प्रेमसम्बन्धका बारेमा भनिन्– ‘केटी भएर जन्मिएकी छु, प्रेमप्रस्तावहरू आउनु स्वभाविक हो । अझ चर्चामा आएपछि यसै पनि धेरैको नजरमा परिने रहेछ, तर मलाई तत्काल त्यस्तो चक्करमा परेर समय बिताउनु छैन ।’
Monetize your website traffic with yX Media
तस्बिर : महेश प्रधान
हेयर एन्ड मेकअप : अम्बु रुचाल, मिरर ब्युटी स्टुडियो, मैतीदेवी 
पहिरन : पिजेज कलेक्सन, मायालु सेन्टर, दरबारमार्ग
एसेसरिज : दीपेन्द्र श्रेष्ठ, शंकर रुद्राक्ष भण्डार, पशुपति, देवपाटन
लोकेसन : श्लेषमान्तक वन, पशुपति
                                                                                                                        कान्तिपुर साप्ताहिक बाट !
Monetize your website traffic with yX Media
Monetize your website traffic with yX Media



via IFTTT

फागुन १३,(सुवास संकल्प), इटहरी,
छोटो समयमा नेपालि माझ निकै नै लोकप्रिय बनेको गीत "साईली" लाई युटुबमा हेर्नेको घुईचो अझै दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ l युटुबबाट अफिसियल भिडियो सार्बजनिक हुनु भन्दा पहिले नै लिरिकल भिडियो ले नै साईली लाई लोकप्रियताको बाटो तिर लम्काई सकेको थियो भने भिडियो सार्बजनिक भए पछि सबैको आफ्नै कथा बन्न सफल भयो l 
यो समाचार तयार पर्दा सम्म साईलिलाई हेर्ने को संख्या ५२ लाख ८१ हजार २ सय ५७ जना भई सकेको छ भने १ लाख ११ हजार ३ सय ७२ जनाले लाईक पाएको छ l त्यस्तै २ हजार ५ सय ३३ ले डिस्लाईक गरेका छन् भने १० हजार ३ सय ६६ जनाले कमेन्ट गरेका छन् l अधिकांश कमेन्ट मा गायक, लेखक देखि लिएर पुरा साईली टीमको तारिफ गरिएको छ भने डिस्काईक गर्नेहरु प्रति खरो प्रहार गरेका छन् l 
Monetize your website traffic with yX Media
हेमन्त रानाको आवाज रहेको "साईली" गीतमा कलि प्रसाद बास्कोटाको संगीत रहेको छ भने हिमाल साउदलाई कलि प्रसाद बास्कोटाले सब्द लेखनमा साथ् दिएका छन् l त्यस्तै रिकेश गुरुङको एरेन्ज रहेको गीतको भिडियोलाई गायक राना आफैले निर्देशन गरेका छन् भने गौरभ पहारी र मेनुका प्रधानको जिवन्त अभिनय सो भिडियोमा देख्न सकिन्छ l काठमाडौँ र दुबईमा छायांकन गरिएको उक्त गीतलाई उज्वल जोशीले खिचेका छन् भने उनैले भिडियोलाई सम्पादन पनि गरेका छन् l साईलिको अफिसियल भिडियो संगै हेर्नुस तलको भिडियोमा साईलीलाई हेरिसकेपछि कसले कस्ता कमेन्टहरु गरेका छन् :
Monetize your website traffic with yX Media



via IFTTT

फागुन १२,(सुवास संकल्प), इटहरी,
नेपालि रंगिन दुनियामा पछिल्लो समय अभिनयमा व्यस्त रहेका मोडेल संकल्प श्रेष्ठको एक पछि गर्दै अर्को भिडियो बजारमा आउने क्रम संगै मोडलिङ्ग यात्राको अर्को एक आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ l मोडलिङ्ग यात्राको छोटो समयमै व्यस्त बन्दै गएका संकल्पको पछिल्लो समय "संगै जिउने कसम" बोलको म्युजिक भिडियो सार्बजनिक भएको हो । 
बहु प्रतिभाको धनीको रुपमा आफुलाई स्थापित गराउन लागि परेका उनले पछिल्लो समय आफ्नै आवाजमा गीत समेत रेकर्ड गराएर आफुलाई गायकको परिचय पनि बनाउन खोजिरहेका छन् । सार्बजनिक भिडियोमा गायक यमन माझीको स्वर तथा संगीत रहेको छ भने अर्जुन खड्काले निर्देशन गरेका हुन l त्यस्तै गायक माझी आफैले नै यस भिडियोलाई छायांकन गरेका छन । यस बि  क्रियटिभ मोडल एजेन्सीको प्रस्तुती रहेको भिडियो प्रेम कथामा हुने मिलन बिछोडलाई देखाउन खोजिएको छ भने भिडियो राम्रो बनेको र सकारात्मक प्रतिक्रियाहरु आईरहेकोले आफु खुशी रहेको र आगामी दिनहरुमा अझै राम्रो काम गर्दै जाने संकल्प बताउछन ।
हेर्नुस भिडियो :
Monetize your website traffic with yX Media




via IFTTT

फागुन १२, बिराटनगर,
बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर सकिएको ब्यूटि कन्टेन्टस् मिस कोशी नेपालको पहिलो ताज लगाउनका लागी प्रतियोगी ले १० लाख रुपैया आयोजकलाई बुझाएको रहस्य खुलेको हो ।
बिराटनगरमा एक महिना अघि देखि जय मिडिया इन्टरटेनमेन्टले  मिस कोशीको प्रतिष्पर्धा गराई , बिजेता हुन पहिलो ताजका लागी लागी प्रत्येक प्रतिष्पर्धी हरुलाई फोन बाट र फेसबुक बाट ४ लाख देखि १० लाख सम्म मागेको कल रेकर्ड बाहिरीएपछि आयोजक बिवादमा तानिएको छ l  समाचार : सप्तकोशी अनलाईन !
 हेर्नुस विस्तृतमा यो भिडियो :
Monetize your website traffic with yX Media




via IFTTT

फागुन ११, काठमाडौँ,
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा अभिनेत्री रेखा थापा भारी मतले विजयी भएका छन् ।
उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ६ सय ३ मत ल्याउँदै केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन् । हेर्नुस यस्ती छिन रेखा थापा :
Monetize your website traffic with yX Media



via IFTTT

फागुन–७,(सुवास संकल्प), इटहरी,
पुर्वाञ्चलमा पहिलो पटक आयोजित ‘‘रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३” शुक्रबार इटहरी स्थित ओसियन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । 
विशिष्ट व्यक्तित्व र अतिथिको उपस्थितिमा एरिना टेलिजिनद्वारा आयोजित अवार्ड कार्यक्रममा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट एल पी. जोशीलाई सम्मान गरिएको थियो । एरिना टेलिभिजनका प्रबन्ध निर्देशक तथा कार्यक्रमका अध्यक्ष समिर कार्कीको संयोजकत्वमा आयोजना गरिएको सो अवार्ड कार्यक्रममा उत्कृष्ट छायाकारको अवार्ड "नभेटी नभेटी" गीतबाट हरि हुमागाईलाई प्रदान गरिएको थियो । त्यसैगरि उत्कृष्ट पुरुष गायन आधुनिक विधातर्फको पाच जना प्रतिस्पर्धिलाई पछि पार्दै गायक रामकृष्ण ढकालले "धारिलो रहेछ माया" गीतबाट अवार्ड जितेका छन् । उता उत्कृष्ट पप गायक महिला तर्फ भने प्राश्ना शाक्यले हासिल गरिन भने उत्कृष्ट निर्देशक अवार्ड बिभोर पोख्रेलले जितेका छन् । त्यसैगरि बसन्त सापकोटाले उत्कृष्ट संगीतकार आधुनिक विधाबाट अवार्ड हासिल गरिरहदा नव गायकको अवार्ड रबि मल्लले हासिल गरेका छन् ।
Monetize your website traffic with yX Media
यसैगरि  टेकेन्द्र शाहले उत्कृष्ट सम्पादक र अन्जु गौतमले पुर्वेली लोक गीतबाट अवार्ड हासिल गरेकि छन् । उत्कृष्ट पुरुष मोडलको अवार्ड भने पल शाहले आफनो पोल्टामा पार्न सफल भए भने महिला मोडल तर्फ सुप्रिय कटुवालले अवार्ड उचालेकि छन् । आधुनिक पप महिला गायन तर्फको अवार्ड मिलन अमात्यले, पप गायकतर्फ विजय लामाले "रिन काटी रुमाल" गीतबाट अवार्ड जितेका छन् । यसैगरि उत्कृष्ट म्युजिक भिडियो तर्फको विधामा नितिन थापाले र उत्कृष्ट गीतकारको अवार्ड भरत बाबु के.सीले हासिल गरेका छन् । कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष रहेका समिर कार्किले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको घोषण गरेका छन् । पुर्वाञ्चलमै पहिलो पटक  रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३ गर्न सफल भएको भन्दै उनले अगामि दिनमा यस्ता कार्यक्रमहरु आयोजन गर्दै जाने पनि बताएका छन् । 
हेर्नुस भिडियो :
















कार्यक्रमा विभिन्न आकर्षक नृत्यहरु समेत राखिएको थियो । हेर्नुस कार्यक्रम का तस्बिरहरु :
Monetize your website traffic with yX Media



via IFTTT

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.