February 2015

पत्रकार भएपनि पनि कस्ता हुस्सु ? एकजना टेलिभिजन पत्रकारले आफ्नो अण्डकोष नै चोरी हुँदा समेत सुइँको पाएनन् । भट्टीमा एक सुन्दर युवतीसँग मस्तले रक्सी पिएर सुतेका ती पत्रकारले बिउँझिँदा मात्र आफ्नो अण्डकोष कसैले काटेर लगेको पत्तो पाए ।
घटना रुसको हो । पेशाले टेलिभिजन कलाकार तथा पत्रकार रहेका ३० वर्षीय दिमित्री निकोलेभको अण्डकोष चोरी भएको छ ।
मस्कोको एक रंगमञ्चमा आफ्नो कला प्रस्तुत गरेपछि मदिरा पान गर्न एकजना सुन्दरी केटीको साथमा उनी बारमा छिरेका थिए । ती केटीसँग जिस्किँदा जिस्किँदै उनीहरु पानीको तातो बाफले निर्वस्त्र भै नुहाउने साउनाको मज्जा लिन गए । त्यसपछि दुबैजना एक अर्काको चुम्बनमा केही बेर रमाए र मज्जाले बियर पिए ।
बियर पिएपछि ती पत्रकार लठि्ठए । उनलाई त्यसपछि के भयो भन्ने कुरा थाहा नभएको प्रहरीको भनाइ छ ।
उनी अर्को दिन ब्युझिँदा बस स्टपमा थिए । उनलाई आफ्नो गुप्तांग क्षेत्रमा निकै दुखाइ महसुस भयो भने आफ्नो ट्राउजर पनि रगतले भिजेको देखे ।
उनी तत्कालै अस्पताल कुँदे । त्यसपछि उनी छाँगाबाट खसेझैँ भए जब अस्पतालका डाक्टरहरुले उनका अण्डकोष चोरी भएको बताए । कुनै विशेषज्ञ डाक्टरले नै राम्रोसँग सर्जरी गरेर उनको अण्डकोष निकालेको पाइएको प्रहरीले जनाएको छ । बियरमा बेहोस पार्ने कुनै औषधि घोलेर ती युवतीले नै उनलाई खुबाएको र त्यसपछि युवतीसँग रहेका मानव अंग तस्करहरुले उनलाई त्यहाँबाट कुनै अवैध अस्पतालमा लगी उनको अण्डकोष निकालेको अनुमान प्रहरीले गरेको छ ।
ती टेलिभिजन कलाकार तथा पत्रकारले आफुमाथि भएको त्यस्तो बज्रपात तथा गम्भीरु अपराधको विषयमा सुरुमा आफ्नी श्रीमतीलाई समेत खुलेर भन्न सकेनन् । अन्ततः त्यो कुरा श्रीमतीले थाहा नपाउने विषय नै रहेन । प्रहरीले युवकलाई बारमा लगेर बियर खुवाउने युवती, तथा उनको अण्डकोष निकाल्ने डाक्टर लगायतको गिरोहको खोजी गरिरहेको जनाएको छ ।

खेलकुदको क्षेत्रबाट राष्ट्रिय पहिचान बनाईसकेको मोरङको बेलबारीमा खेलकुद महोत्सव हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुख्य नाराका आगामी फागुन १७ गतेदेखि महोत्सव हुन लागेको हो ।
महोत्सवबाट आम्दानी रकमले प्रस्तावित बेलबारी रंगशालाको प्यारा फिट निर्माणको शुरुवात गर्ने क्लवका अध्यक्ष रसिन लामाले बताए ।
बेलबारी फुटबल क्लवद्वारा आयोजित महोत्सवले खेलकुद क्षेत्रको विकास गरी खेलाडीहरुको मनोवल उच्च राख्न सरकारको ध्यानाकर्षण गराउने मङ्गलबारको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बेलबारीमा पहिलोपटक आयोजना गर्न लागिएको खेलकुद महोत्सवमा विभिन्न खेलहरुको प्रतियोगिता गरी खेलाडीहरुलाई प्रोत्साहित गर्ने र खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरिने छ ।
महोत्सवमा खेलकुद सामाग्री, दैनिक उपभोग्य वस्तु, हस्तकला,जडीबुटी, कृषि उत्पादनका सामाग्रीहरु, जातिय पहिचानका सामाग्रीहरुको स्टलहरु राखिने महोत्सवका संयोजक उपेन्द्र सुवेदीले बताए ।

सोसल नेटवर्किङ साइट टि्वटरले तपाइँलाई जागिर खोज्नमा पनि सहयोग गर्नेछ । प्रयोगकर्ताहरुलाई जागिर खोज्न सहयोग गर्ने फिचर ल्याउने तयारी टि्वटरले गरेको छ ।
टि्वटरको एक सर्भेक्षण अनुसार बेलायतका करीब ७७ प्रतिशत प्रयोगकर्ताहरुले टि्वटरको नयाँ फिचरले आफुलाई जागिर खोज्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । प्रयोगकर्तालाई जागिर खोज्न सघाउने फिचर ल्याउने टि्वटरको योजनाले लिंक्ड इन जस्ता सामाजिक संजालहरुमाथि चुनौति बढ्ने आँकलन विश्लेषकहरुले गरेका छन् ।
फोब्र्समा प्रकाशित एक रिपोर्ट अनुसार टि्वटरले निकट भविष्यमै बेलायतमा ‘रोजगारी मेला’ अर्थात् जब फेयरको आयोजना गर्न गइरहेको छ । यसका लागि टि्वटरले ग्लेक्सोस्मिथक्लाइन, डेलाइट तथा नेस्ले जस्ता कम्पनीहरुसँग मिलेर काम गरिरहेको छ । यति मात्र होइन टि्वटरले यसका लागि नयाँ ह्यासट्याग ३थ्यगचव्यद समेत सुरु गरेको छ ।
टि्वटरले आफ्ना प्रयोगकर्ताहरुले गरिरहेको जागिरको खोजीलाई गोप्य राख्नेछ । अर्थात् तपाइँले टि्वटर मार्फत नयाँ जागिर खोजिरहेको कुरा अरुले थाहा पाउनेछैनन् । धेरै मानिसहरु आफुले नयाँ जागिर खोजिरहेको कुरा आफ्नो हाकिम वा साथीसँगीले थाहा नपाओस् भन्ने चाहन्छन् । त्यसैले टि्वटरले जागिरको खोजी गर्ने प्रयोगकर्तालाई गुप्त राख्नेछ ।

हजारौं रुपैयाँ खर्च गरेर किनेको स्मार्टफोनले भनेको बेला काम गरोस् भन्ने सवैको चाहना हुन्छ । तर, आजकल फोन निकै स्लो हुने, बेलाबेला ह्याङ हुने र रिस्टार्ट गरेपछि चल्ने समस्या देखिन थालेको छ ।
स्मार्टफोन स्लो हुनुमा धेरैवटा पक्षले काम गरेको हुन्छ । सस्तो मूल्यका स्मार्टफोनमा प्रयोग हुने प्रोसेसर, स्टोरेज क्षमता, एप्सहरुको बढ्दो साइज र भाइरसका कारण पनि फोन स्लो हुने समस्या देखिन्छ ।
यदि तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने तुलनात्मकरुपमा अन्य फोनभन्दा धेरै स्लो हुने समस्या भोग्नुभएको होला । स्मार्टफोनलाई फास्ट बनाउने केही सरल तरिका यस्ता छन्-
१. फोन रिस्टार्ट गर्नुहोस्
लामो समय चलिरहँदा तपाईको फोनको प्रोसेसरले धान्न नसकिरहेको हुनसक्छ । जसले गर्दा कम्प्युटरलाई जस्तै मोबाइल फोनलाई पनि रिस्टार्ट गर्नुपर्ने हुनसक्छ । त्यसैले फोन स्लो भयो भने अरु धेरैतिर सोच्नुभन्दा सवैभन्दा पहिले स्वीच अफ गरि पुनः स्टार्ट गर्नुहोस् ।
२. अपरेटिङ सिस्टम अपडेट भएको निश्चित गर्नुहोस्
फोन स्लो हुनुमा महत्वपूर्ण पक्ष हो अपरेटिङ सिस्टम । यदि तपाईले एन्ड्रोइडको पछिल्लो भर्सन अपडेट गर्नुभएको छैन भने पनि फोन स्लो हुन्छ । त्यसैले पछिल्लो भर्सन अपडेट भए/नभएको यकिन गर्नुहोस् । त्यसका लागि सेटिङभित्र गएर अवाउट डिभाइस अप्सनमा क्लिक गरी सफ्टवेयर अपडेट सेक्सनमा चेक गर्नुहोस् ।
३. नचाहिने तस्वीर, भिडियो र एप डिलिट गर्नुहोस्
तपाईंले खिचेका सवैजसो तस्वीर, भिडियो र अन्य स्टोर भएका फाइलका कारण पनि फोन स्लो हुन्छ । त्यसैले बेलाबेलामा त्यस्ता फाइल चेक गरी नचाहिने फाइलहरु हटाउनुपर्छ । जति कम एप र फाइलहरु फोनमा हुन्छन, त्यति नै फास्ट चल्ने सम्भावना हुन्छ ।
४. एप क्यास क्लियर गर्नुहोस्
तपाईंले प्रयोग गरिरहने एपका केही निश्चित डाटाहरु फोनमा स्टोर भएका हुन्छन जसका कारण तपाईले हरेकपटक एप खोल्दा त्यस्ता फाइलहरु डाउनलोड गरिरहनुपर्दैन् । मोबाइल डाटा बचतका लागि धेरैजसो एपहरुले निश्चीत फाइल आफैैं स्टोर हुने बनाएका हुन्छन जसलाई क्यास भनिन्छ । यस्तो क्यासकै कारण तपाईको फोन स्लो भएको हुनसक्छ । त्यसका लागि तपाई सेटिङमा स्टोरेज अप्सनभित्र गई क्याच्ड डाटा अप्सनमा गई हटाउन सक्नुहुन्छ ।
स्मार्टफोन स्लो भयो ? यी उपाय अपनाउनुहोस्
तपाईले मोबाइलमा डाउनलोड गरेकामध्ये सवै एपको क्षमता एउटै हुँदैन् । कुनैकुनै एपले निकै धेरै रिसोर्स प्रयोग गरिरहेका हुन्छन जसले गर्दा फोन स्लो भइरहेको हुनसक्छ । कुन एपले धेरै क्षमता उपयोग गरिरहेको छ भन्ने थाहा पाउनका लागि प्लेस्टोरमा एउटा एप पाइन्छ जसको नाम हो- वाचडग टास्क म्यानेजर । यो एपले तपाईको मोबाइलमा इन्स्टल भएकामध्ये कुन एपले धेरै रिसोर्स खाएको छ भन्ने देखाउँछ । त्यही आधारमा तपाईले त्यस्तो एप हटाउने निर्णय लिनसक्नुहुन्छ ।

आफूलाई ‘बिहे गर्ने शर्तमा बलात्कार’ गरेको भन्दै भारतको जवाहरलाल नेहरु विश्वविद्यालयकी एक सहप्राध्यापकले दिएको उजुरीका आधारमा नेपाली विद्यार्थी प्रमोद जयसवाल जेल चलान भएका छन् ।
जेएनयुमा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पीएचडी गर्दै रहेका जयसवाल यौन दुव्र्यवहारको अभियोगमा भारतको तिहाड जेल चलान भएका हुन् ।
महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालतको आदेशमा उनलाई जेल चलान गरिएको उनका सहपाठीले बताएका छन् ।
यसअघि जयसवालले पनि आफूसँग बिहे गर्न ती महिला प्राध्यापकले अनावश्यक प्रपञ्च रचेको भन्दै विश्वविद्यालय प्रशासन समक्षउजुरी दिइसकेका थिए ।
उनीहरुबीच सहमतिमै यौन सम्बन्ध हुने गरेको र जयसवालको कोठामै ती सहप्राध्यापक यौन सम्बन्धका लागि जाने गरेको सहपाठीले बताएका छन् ।
तर, पछिल्लो समयमा जैसवालमाथि ती सहप्राध्यापकले बिहे गर्न दबाव दिएपछि आफू नेपाल फर्किन चाहेको भन्दै बिहे गर्न अस्वीकार गरेपछि बलात्कारको अभियोग लगाएको आरोप छ ।

एकजना युवकसँग राखेको प्रेम सम्बन्धका कारण एक युवतीले ६ वर्षसम्म खोरमा थुनिनु परेको छ, त्यो पनि आफ्नै बाउ आमाबाट ।
सुन्दैमा झसँग लाग्ने यो घटना चीनको हो । छोरीले प्रेम सम्बन्ध राखेको केटा आफुहरुलाई मन नपरेको भन्दै उक्त केटासँगको सम्बन्ध छुटाउन बाध्य पार्नका लागि एक निर्दयी दम्पतिले आफ्नै छोरीलाई ६ वर्षसम्म खोरमा थुनेर राखेको रहस्योद्घाटन भएको छ ।
मध्य चीनको हुबेइ प्रान्तस्थित जिनगांग गाउँकी २४ वर्षीया युवती झांग क्विलाई उनका बुवाआमाले खोरमा थुनेर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।
आफुले प्रेम सम्बन्ध राखेको केटालाई बाउआमाले अस्विकार गरेपछि धेरैपटक झांग उक्त केटासँग बिहे गर्नका लागि घरबाट भाग्ने प्रयास गरिन् । छोरी भागेर केटासँग जाने आशंका उत्पन्न भएपछि उनका बाउआमाले कोहीपनि मानिस नबस्ने थोत्रो घरको एउटा कोठामा उनलाई थुनेर राखे ।
उनी थुनिएको खण्डहर घरको साथै उनी बस्दै आएको कोठाको दर्दनाक तस्वीरहरु सार्वजनिक भएपछि त्यसले ठूलै तहल्का मच्चायो ।
ती युवतीका बुवाआमाहरु गाउँका निकै शक्तिशाली मानिसहरु भएका कारण छोरी लामो समयसम्म थुनेको अभियोगमा उनीहरु विरुद्ध उजुरी गर्ने हिम्मत गाउँलेहरुले गरेनन् । एक गाउँलेहरुका अनुसार यस विषयमा कसैलाई पनि नभन्न तथा आन्तरिक मामिलामा हस्तक्षेप नर्गका लागि ती युवतीका बुवाआमाले सबै गाउँलेहरुलाई धम्की दिएका थिए ।
तर स्थानीय ५० वर्षका चो जेन भने धम्कीको परवाह नगरीकन बेलाबेलामा युवती थुनिएको घरमा गएर भेटघाट गर्थे ।
उनैले ती युवती पशुजस्तै खोरमा थुनिएको तस्वीर सार्वजनिक गरिदिएपछि त्यसले सुरक्षा निकायको समेत ध्यान आकषिर्त गर्यो र प्रहरीले उक्त खोरबाट ती युवतीलाई उद्धार गर्यो ।

हत्याका अभियुक्तसँग नाम मिल्दा इलामका एक ब्यक्तिले अनाहकमा ५० दिन जेलसजायँ काट्नु परेको छ । जिल्ला अदालत, इलामले हत्या अभियोगमा १० वर्ष जेल सजायँ फैसला सुनाएका श्रीअन्तु-८ तीनब्लकका मणिकुमार राई पुनरावेदन अदालत, इलामबाट बुधबार निर्दोष रहेको फैसलापछि जेलमुक्त भएको नागरिक दैनिकमा खबर छ ।
२०३७ चैत्रमा चियाबगानमा काम गर्ने साथी हर्कप्रसा गुरुङको हत्या गरेर फरार अभियोगमा सचेन राईलाई खोज्ने क्रममा प्रहरीले पुस २१ गते मणिकुमारलाई पक्राउ गरेको थियो । स्थानीयका अनुसार मणिकुमार गाउँमा सचेन नामले पनि बोलाइन्थे ।
‘मान्छे मारेर भाग्ने ब्यक्ति तपाई नै हो भन्दै प्रहरी आएर घरबाटै समातेका थिए,’ खेतीकिसानीबाट जीविकोपार्जन गर्ने राईले छुटेपछि भने, ‘त्यसपछि राम्रोसँग कुरा गर्नै नपाई सदरमुकाम ल्याएर थुने ।’
२०३८ चेत्रको उक्त फैसलाबमोजिम १० वर्ष कैद तोकिएका वास्तविक अपराधी सचेन भने अझै फरार छन् । तत्कालनी अदालती फैसलाको मिसिलमा श्रीअन्तु-८ नै ठेगाना भए पनि सचेनबारे गाउँले अन्जान रहेको स्थानीय बताउँछन् । यद्यपि, मणिकुमार पनि पत्नी अनुकाको अत्या अभियोगमा कैद सजायँ भुक्तान गरिसकेका ब्यक्ति हुन् । २०५७ साउन २० गते पत्नीको हत्या गरेका उनी त्यही वर्ष मंसिर १३ मा पक्राउ परी २०६३ असोज ७ गते जेलबाट छुटेका थिए ।
पुनरावेदन अदालतका न्यायाधीसद्वय रमेशकुमार पोखरेल र माधव पोखरेलको संयुक्त इजलासले बुधबार मणिकुमारलाई जेलमुक्त गर्न आदेश दिएको हो । जिल्ला अदालतले कारागारलाई थमाएको कैदी पुर्जामा मणिकुमारलाई २०८१ पुस २१ सम्म जेलमा राख्ने आदेश थियो ।

मानिसको जस्तै विवेक भएका रोबोटजन्य प्रविधिको विकाशले भविष्यमा मानिसकै अस्तित्व संकटमा पर्ने र मानवीय सभ्यता नै जोखिममा पर्ने भनि कतिपयले वैज्ञानिकहरुले चेतावनी दिइरहेका छन् । तर जापानले रोबोट निर्माणमा गरिरहेको प्रगति भने निकै लोभलाग्दो मात्र छैन रोचक पनि छ । समाचारवाचिका रोबोट बनाएर केही समयअघि तहल्का मच्चाएको जापानले फेरि नर्स रोबोट निर्माण गरेर अर्को किर्तिमान बनाएको छ ।
पोलार भालुको जिउजस्तै आकारको यो रोबोट देख्नमा सुन्दर मात्रै छैन यसले धेरै वजन भएका विरामीलाई समेत उठबस गराउन सक्छ ।
रोबियर नाम दिइएको उक्त रोबोटको अनुहार छाउराको जस्तै छ । तर यो निकै बलशाली पाखुराले युक्त छ । यसले ८० किलोसम्मका बिरामीलाई हि्वलचेयर वा भुइँबाट उठाएर सम्बन्धित ठाउँमा राख्न सक्छ ।

झण्डै डेढ क्विन्टल तौल भएको यो रोबोटलाई नागोया जापानमा रहेको रिकेन एसआरके कोलाबोरेसन सेन्टर फर ह्युमन इन्टेर्याक्टिभ रोबोट रिसर्च नाम संस्थाले बनाएको हो ।
यो रोबोटमा टर्क सेन्सर तथा स्मार्ट रबर ट्याक्टाइल सेन्सर राखिएको छ जसले विरामीको तौलको जाँच गरी त्यसलाई उठाउन कति बल लगाउनुपर्ने भन्ने कुरा निधो गरेर सोही बमोजिमको बल लगाई बिरामी उठाउने मात्र होइन रोबोट आफैलाई समेत विस्तारै चाल चल्नको लागि सहयोग गर्छ ।
बुढापाकाहरुको संख्या बढ्दै गएको जापानमा कामकाजी तन्नेरी मानिसहरुको कमी हुँदै गएपछि दैनिक घरायासी कामका साथै अस्पताल वा घरमै समेत वृद्धवृद्धा र विरामीहरुको स्याहार गर्ने मेसिनहरुको निर्माण तिब्र बन्दै गएको छ ।

इन्टरनेट बादशाह गुगलले आफ्नो ब्लग प्लेटर्फम ‘ब्लगर डटकम’ (जसलाई ब्लगस्पट डटकमका नामले समेत चिनिन्छ)मा पोर्न सामाग्री पोष्ट गर्न प्रतिबन्ध लगाएको छ ।
बिभिन्न देशले पोर्न साइटमाथि प्रतिबन्ध लगाउन थालेपछि पछिल्लोपटक पोर्न सामाग्री उत्पादकहरुले गुगलको फि्र ब्लग साइट ब्लगस्पटको सहारा लिँदै आएका थिए । तर, अब गुगलले पोर्न कन्टेन्टयुक्त यस्ता ब्लगलाई सार्वजनिकरुपमा नखुल्ने बनाउने छ भने नयाँ कन्टेन्ट पोष्ट गर्न पनि प्रतिबन्ध लगाउने छ ।
गुगलले मंगलबार एक सूचना जारी गर्दै मार्च २३ तारिखभित्र त्यस्ता सामाग्री नहटाए ती ब्लगहरुलाई प्राइभेटमा रुपान्तर गरिदिने बताएको छ । प्राइभेट ब्लग एडमिनले मात्र हेर्न पाउँछ जसलाई सार्वजनिकरुपमा खोल्न सकिदैन् । तर, ब्लग संचालकले सेयर गरेका लिंक भने खोल्न सकिन्छ ।
गुगलले नाङ्गा तस्वीर, भिडियो वा ग्राफिकयुक्त सामाग्री सार्वजनिक ब्लगमा राख्न नपाइने बताएको छ । तर, न्यूड आर्ट वा शैक्षिक तथा चेतनामुलक प्रयोजनका लागि राखिएका समाग्रीलाई भने कुनै फरक पर्नेछैन् ।
पछिल्लो नीतिले ब्लगस्पटमा सेक्स ब्लग, पोर्न भिडियो र तस्वीरको साइट चलाइरहेका हजारौं प्रयोगकर्ता र त्यसका करोडौं दर्शक प्रभावित हुनेछन् । गुगलले पहिले आफ्नो नीतिमा स्पस्टरुपमै पोर्न कन्टेन्टलाई कुनै प्रतिबन्ध नलगाउने उल्लेख गरेको थियो । तर, अहिले आएर आफ्नो आधारभूत नीतिमै परितर्वतन गरेपछि पोर्न ब्लग संचालकहरु असन्तुष्ट बनेका छन् ।
सन् २००४ देखि ‘गर्ल वीथ वन ट्रयाक माइन्ड’ नामक ब्लग चलाइरहेकी संचालिक जियो मार्गोलिसले भनिन्- गुगलको पछिल्लो कदमले उ अभिब्यक्ति स्वतन्त्रताको बिपक्षमा छ भन्ने देखिन्छ, नयाँ नीति लागू गर्नु भनेको पुस्तकालयमा लेखक उपस्थीत भएको खण्डमा मात्र पाठकले पुस्तक पढ्न पाउँछन् भनेजस्तै हो ।’
३० दिने सूचनाका भरमा गुगलले पोर्न कन्टेन्ट हटाउन भनेपछि अधिकारकर्मीहरुले पनि यसको बिरोध गरेको छ ।


ट्रिपरको ठक्करले बालकको निधन भएपछि अहिले मोरङको विराटचौक बजार तनावग्रस्त बनेको छ ।
बुधबार बिहान करिब साढे ८ बजेतिर ट्युसन पढेर साइकलमा घर र्फकंदै गरेका बिराटचौक निवासी ११ वर्षीय बालक निशान चापागााईंलाई ट्रिपरले ठक्कर दिएको हो ।
बिराटचौकदेखि दक्षिण बेलेपुर जानेबाटोमा पर्ने शान्तिटोलमा ट्रिपरले ठक्कर दिएको स्थानीय वासिन्दाले बताएका छन् ।
को १ ख २६७३ नम्वरको ट्रिपरले ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालक स्थानीय सुविजीमुर इङलिस स्कुलका कक्षा ५ का छात्र हुन् ।
घटना पश्चात स्थानीय बासिन्दाहरुले ट्रिपरको ज्यादतीको विरुद्धमा प्रर्दशन गर्दै सडकमा धर्ना दिएका छन् । स्थानीयको आक्रोशका कारण यातायात अवरुद्ध भएको छ ।

घटनालगत्तै विराटचौक बजार स्वतः बन्द भएको छ । विद्यार्थीहरु दोषीलाई कारवाहीको माग गर्दै स्कुल पोशाकमै धर्नामा बसेका छन् ।
ठक्कर दिने ट्रिपर इटहरीका क्रसर व्यवसायी भीम पौडेलको रहेको बुझिएको छ । यसअघि पनि उनैको ट्रिपरले ठक्कर दिँदा हरैंचामोड निवासी सुवास मास्केको खुट्टा गुमेको छ । मास्केको काठमाण्डौमा उपचार भइरहेको छ ।
बिराटचौक आसपासका बासिन्दा बारम्बार यसरी दुर्घटनाको शिकार बन्ने गरेका छ्न ।

इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरको बेकरी रुममा बुधवार बिहान आगलागी भएको छ । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीको कारण खुल्न नसकेपछि विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीका कारण गोरखा बेकरी भित्र रहेका २५ लाख आइसी बराबरको अत्याधुनिक मेसिन कामै नलाग्ने गरी क्षति पूगेको गोरखा डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुले बताएका छन ।
गोेरखा बेकरी कक्षमा लागेको आगो इटहरी उपमहानगरको बारुण यन्त्र र डिपार्टमेन्टकै कर्मचारीहरुले आधा घण्टा पछि नियन्त्रणमा लिएका थिए ।
आगो निभाउने क्रममा गोरखा डिपार्टमेन्ट स्टोरका केही कर्मचारीहरु घाइते भएका छन् ।

युक्रेनको खार्किभमा भएको र्‍यालीमा बम विस्फोट गरिँदा दुईजना मारिएका छन् भने अरु १० जना घाइते भएका छन् ।

युक्रेनको दोस्रो ठूलो सहर भएको विस्फोटमा मारिनेमा एकजना प्रहरी अधिकृत पनि रहेको बीबीसीले जनाएको छ ।

रुस समर्थित नेता भिक्टर यानुकोभिचको सत्तापलटको एक वर्ष पूरा भएको अवसरमा गरिएको र्‍यालीमा उक्तविस्फोट गराइएको थियो । घटनामा संलग्न रहेको आशंकामा सुरक्षाकर्मीहरुले चारजनालाई नियन्त्रणमा लिएको बताइएको छ । उता, पूर्वी यूक्रेनमा गरिएको युद्धविराम पालना गर्नेक्रममा सरकार र विद्रोही दुबैपक्षले ठूला हतियार द्धन्द्धग्रस्त क्षेत्रबाट निकाल्न थालेका छन् भने आ–आफ्ना सेना पनि फिर्ता बोलाइएको छ । यसक्रममा बन्दीहरुसमेत साटासाट गरिएको छ ।

भारतमा फैलिएको ‘स्वाइन फ्लु’ रोग नेपालमा भित्रिन नदिन बाँकेका सीमावर्ती क्षेत्रमा सतर्कता अपनाइएको छ ।

भारतका मध्य प्रदेश, राजस्थान, लखनऊ र नयाँ दिल्लीमा स्वाइन फ्लु देखा परेपछि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।

खुला सीमाना र आवत–जावतमा कुनै रोकतोक नभएका कारण भारतबाट नेपालमासजिलै स्वाइन फ्लु भित्रिन सक्ने भन्दै बाँकेको जमुनाहा नाकामा जाँच, सचेतना र उपचारका लागि ‘हेल्थ डेस्क’ स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

हेल्थ डेस्कमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी ४ महिला सुरक्षाकर्मी र जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी पनि खटिएका छन् ।

स्वाइनफ्लुबाट जोगिन सकभर एकअर्कासँग हात नमिलाउने, अंकमाल नगर्ने, समूहमा कम बस्ने, अरुले प्रयोग गरेको रुमाल प्रयोग नगर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाब छ ।

स्मार्टफोनको प्रयोग जति बढ्दो छ, यसको सुरक्षाको चिन्ता पनि उत्तिकै छ । आजकल फोन यस्तो साधन भएको छ जसका माध्यमबाट प्रयोगकर्ताका गोप्य सूचनाहरु लिक भइरहेका हुन्छन् । तपाईका महत्वपूर्ण सूचनाहरु ह्याकरले चोरी गरिरहेका हुन सक्छन् ।
सामान्यतयाः फोन अन भएका बेला मात्र ह्याकरले तपाईको डाटासम्म पुहँच पुर्‍याउन सक्छ भन्ने मान्यता छ । तर, पछिल्ला केही घटनामा ह्याकरले अफ गरिएको फोनबाटसमेत डाटा चोरी गरेको पाइएको छ ।
आखिर कसरी हुन्छ यस्तो ?
सेक्युरिटी रिसर्च र्फम एभीजीका अनुसार एन्ड्रोइड मालवेयरका माध्यमबाट फोन अफ भएका बेला पनि कल गर्ने र फोटो लिने गरेको पाइएको छ ।
यसका लागि ह्याकरले फोन अफ गर्ने प्रकृयालाई आफ्नो नियन्त्रणमा लिन्छन् । तपाईंले हेर्दा फोन अफ हुँदै गरेको एनिमेसन संकेत देख्नुहुन्छ, फोनको स्त्रिmन पनि कालो हुन्छ । तर, वास्तवमा फोन अन नै हुन्छ ।
यस्तो अबस्थामा मालवेयर भाइरसले तपाईको फोन नियन्त्रणमा लिन्छ । तपाईको फोनबाट अरुलाई कल गर्न सक्छ, स्टोर गरिएका फोटो र भिडियो चोर्न सक्छ, तेस्रो ब्यक्तिलाई तपाईंकै फोनबाट म्यासेजसमेत पठाउन सक्छ ।
अहिलेसम्म कम्तीमा दश हजार मोबाइल फोन यस्तो भाइरसबाट ग्रस्त भइसकेको सेक्युरिटी र्फम एभीजीले जनाएको छ ।
एभीजीले यो प्रकृयालाई निस्तेज गर्न फोनको ब्याट्री नै झिक्नुको बिकल्प नभएको जनाएको छ । एभीजी एन्टीभाइरसले यस्तो भाइरसको आक्रामणबाट बचाउन सक्छ ।
एन्ड्रोइड ५ भन्दा तलका अपरेटिङ सिस्टममा यस्तो भाइरसको संक्रमण बढि हुने बताइएको छ

भगवान बुद्धको मूर्तिभित्र मानव अस्थिपंजर भेटिएको छ । करिव एक हजार वर्ष पुरानो मुर्तिले बुद्ध दर्शन र संस्कृतिको खोज गर्दै आएकाहरुलाई आश्चर्यमा पारेको छ ।
११/१२ औं सताव्दीमा निर्माण भएको अनुमान गरिएको उक्त बुद्ध मुर्तिलाई हालै नेदरल्याण्डको मिन्डर मेडिकल सेन्टरमा सिटी स्क्यान गरिएको थियो । त्यस क्रममा मूर्ति मानव शरीरबाट बनेको खुलेको नेदरल्याण्ड टाइम्सले जनाएका छन् ।
अध्यननका क्रममा मूर्तिको तल्लो भागमा सानो प्लाव पारेर क्यामरा छिराएर हेरिएको थियो । मूर्तिभित्र भेटिएको सडेको बस्तु प्रचिन चिनियाँ कागजले बेरिएको पाइएको छ ।
मूर्तिमा भेटिएको अस्थिपञ्जर चाइनिज मेडिटेसन स्कुलका बौद्ध गुरु लिउक्वानको भएको बौद्ध धर्म एवं संस्कृतिका विशेषज्ञ एरिक ब्रुजनले दाबी गरेका छन् ।
यो बुद्ध मूर्ति हंगेरीस्थित राष्ट्रिय प्राकृतिक इतिहास संग्राहलयमा राखिएको छ । आगामी मे महिनामा यसलाई प्रदर्शन गरिनेछ ।

हिमानी ट्रष्टमार्फत् सामाजिक सेवामा सक्रिय पूर्व युवराज्ञी हिमानी शाह सोमबार सुनसरीको मधेसा आइ  पुगेकी छन् ।
उनले त्यहाँको ग्रामिण क्षेत्रको स्वास्थ्य चौकीलाई निःशुल्क एम्बुलेन्स वितरण गर्ने कार्यक्रम छ ।
उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगै ११ बजेको बुद्ध एयर मार्फत विराटनगर विमानस्थल ओर्लिएकी उनी त्यहाँबाट गाडी चढेर मधेसा पुगेकी थिइन् ।
सिंहलाई विमानस्थलको भीआईपी गेटको पश्चिम तर्फ मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की सहितको सरकारी टोलीले स्वागत गरेको थियो । हिमानीलाई भने पूर्वपट्टीको ढोकाबाट उनका समर्थकहरुले स्वागत गरेका थिए ।
पुष्प गुच्छासहित विमानस्थल पुगेका समर्थकहरुले उनको जयजयकार समेत गरे ।
विराटनगर विमानस्थलबाट हिमानी सरासर सुनसरीको मधेसास्थित कार्यक्रम स्थल तर्फ लागिन् भने सिंह भीआईपी कक्षमा केहीबेर आराम गरेर सप्तरीको कार्यक्रममा गएका थिए ।

धनकुटाको पाख्रीबास ९ घोर्लिखर्कमा आज बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु , आक्रोसित स्थानीय मृतकको सवलाई नारदमुनी थुलुङ लोकमार्गमै राखी आन्दोलित हुदा सवारी अवरुद्ध ।

आधुनिक चिकित्सा प्रबिधिलाई नै चुनौती दिनेगरी हालै एउटा घटना भएको छ जहाँ नवजात शिशुको पेटमा जुम्ल्याहा बच्चा भेटिएको छ ।
हङकङको क्वीन एलिजाबेथ अस्पतालमा यस्तो एक बच्चाको जन्म भएको छ, जसको गर्भमा दुई जम्ल्याहा बच्चाको भ्रुण भेटिएको छ । मेडिकल जाँचका क्रममा उक्त भ्रुणमा हात, ढाडसहितका अंगहरु समेत विकसित भइसकेको पाइएको छ । डाक्टरहरुकाअनुसार एउटा बच्चाको तौल १४.२ ग्राम र अर्कोको ९.३ ग्राम पाइएको छ ।
जब बच्चा जन्मियो, उसको गर्भमा रहेको भ्रिण निकाल्न सर्जरी गर्ने निर्णय गरियो । सर्जरीपछि बालिकालाई आठ दिन अस्पताल राखेर डिस्चार्ज गरिएको छ ।
चिकित्सकहरुका अनुसार गर्भमा रहेको बच्चाको गर्भमा अर्को गर्भ विकसित भएमा डाक्टरहरुले पनि सहज पत्ता लगाउन सक्दैनन् । यस्तो घटना पाँच लाखमा एक जनामा हुने चिकित्सकहरु बताउँछन्  ।

आजकल स्मार्टफोन कुनै ‘स्टाटस आइकन’ रहेन् । कारण, स्मार्टफोनको मूल्य यसरी ओरालो लागिरहेको छ कि, पाँच हजार रुपैयाँमै राम्रो स्मार्टफोन नेपाली बजारमा किन्न सकिन्छ ।
खासगरी चिनियाँ र भारतीय एन्ड्रोइड फोन सस्तो मूल्यमा नेपाली बजारमा आइरहेका छन् । औसत १० हजार रुपैयाँमा तपाईले उत्कृष्ट स्मार्टफोन बोक्न सक्नुहुन्छ ।
तर, पाँचदेखि १० हजार रुपैयाँ पनि सानो पैसा हैन । त्यसैले यो सेगमेन्टका स्मार्टफोन किन्दा आफ्नो पैसाको पुरापुर उपयोग भएको निश्चित गर्नु जरुरी छ ।
सस्ता स्मार्टफोन किन्दा केही बिषयमा ध्यान पुर्‍याउनुभयो भने तपाई पछुताउनु पर्दैन् । तीमध्ये पाँचवटा मुख्य बिषय यहाँ उल्लेख गरिएको छ ।
१. महंगा स्मार्टफोनसँग तुलना नगर्नुहोस्
बजारमा ३० देखि ४० हजार रुपैयाँसम्म पर्ने स्मार्टफोनका फिचरसँग तपाईले ५ देखि १० हजार मूल्यका स्मार्टफोन तुलना गर्नु हुँदैन् । तपाईले तिरेको मूल्यअनुसार नै तपाईले फिचरहरु पाउनुहुनेछ । त्यसैले महंगा स्मार्टफोनसँग सस्ता स्मार्टफोनको फिचर तुलना गरियो भने तपाई असन्तुष्ट बन्नुहुने छ ।
यी फोनलाई किन बजेट स्मार्टफोन भनियो भने केही महत्वपूर्ण फिचरमा तपाईले सम्झौता गर्नुपर्ने हुन्छ । जस्तै, स्त्रिmन साइज, प्रोसेसर स्पिड, क्यामेराको क्षमता र ब्याट्री लाइफ पनि तपाईले महंगा फोनभन्दा स्वभाविकरुपमा कम पाउनुहुनेछ ।
२. फिचरबारे डवल चेक गर्नुहोस्
बजेट फोन उत्पादकहरुले सस्तो लागतमा उत्पादन गर्न केही महत्वपूर्ण फिचरमा सम्झौता गरिरहेका हुन्छन, कहिलेकाहीँ त लेखिएको भन्दा निकै कम फिचर हुन्छन् । त्यसैले त्यस्ता फोनमा लेखिएअनुसार छ वा छैन, आफुलाई चाहिएको कुन क्षमताको हो भन्ने यकिन गर्नुपर्छ ।
जस्तै, ४ जीवी आन्तरिक स्टोरेज भनिएको फोनमा दुई जीवीमात्र हुनसक्छ । ४.७ इन्चको स्त्रिmनमा ८००हृ ४०० पिक्सेलको डिस्प्ले हुनसक्छ । १० मेगापिक्सेलको क्यामेरा भनिएपनि तस्वीरको गुणस्तर ५ मेगापिक्सेलको मात्र हुनसक्छ । त्यस्तै वाईफाई, ब्लुटुथ लगायतका कनेक्टिभीटी ले पनि काम गरे नगरेको भुक्तानी गर्नुअघि नै निक्र्यौल गर्नुपर्छ ।
३. हार्डवेयरमा ध्यान दिनुस्
बजेट स्मार्टफोनमा सवैभन्दा ध्यान दिनुपर्ने पक्ष हो हार्डवेयर । किनभने इन्ट्री लेभल स्मार्टफोन भन्दै गएगुज्रेकै हार्डवयेर प्रयोग गर्नुपर्छ भन्ने छैन् । यो सेगमेन्टको फोनमा अक्टाकोर प्रोसेसर समान्य चीज हो, जसलाई तपाईले न्यूनतम सर्त बनाउन सक्नुहुन्छ । त्यस्तै र्‍यामको क्षमता, स्टोरेज क्षमता पनि ख्याल राख्नुस् । मेमोरी थप्ने मिल्ने फिचरसहितको फोन खोज्नु उपयुक्त हुन्छ ।
अन्य फिचरहरु जस्तै, डिस्प्ले साइज, रिजोलुसन, कनेक्टीभिटी अप्सन र ब्याट्री क्षमताबारे ध्यान दिनुपर्छ ।
४. अपरेटिङ सिस्टम ख्याल गर्नुहोस्
बजेट स्मार्टफोन भन्दैमा पुरानो अपरेटिङ सिस्टमयुक्त फोन हुन्छ भन्ने हैन् । सस्ता फोनमा पनि पछिल्ला भर्सनका अपरेटिङ सिस्टम अपग्रेड गर्नसक्ने सुबिधा हुनु जरुरी हुन्छ । सिस्टम अपग्रेड गर्नका लागि हार्डवयेर पर्याप्त छ कि छैन भन्ने पनि यकिन गर्नुस् ।
यस्तै थर्ड पार्टी एप्स कति पहिले नै इन्स्टल भएका छन र तिनलाई हटाउन सकिन्छ कि सकिन्न भन्ने पनि यकिन गर्नुस् ।
५. बिक्रिपछिको सुबिधाबारे यकिन गर्नुहोस्
अधिकांश स्मार्टफोनमा एक बर्षको वारेन्टी सुबिधा हुन्छ । तर, तपाईको वरिपरि उक्त स्मार्टफोनको सर्भिस सेन्टर छैन भने वारेन्टीको कुनै अर्थ हुँदैन् ।
त्यसैले कम्पनीको वेबसाइटमा गएर सर्भिस सेन्टर आफ्नो लोकेसनमा छ कि छैन भनेर यकिन गर्नुहोस्, यसबारेमा बिक्रेतासँग बुझ्नुहोस् र बिभिन्न फोरममा गएर बिक्रिपछिको सुबिधाका सन्र्दभमा उक्त ब्राण्डको प्रतिष्ठा कस्तो छ भन्नेबारे सर्च गर्नुहोस् ।
धेरैजसो ब्राण्डले अहिले पर्याप्त स्पेयर पार्टस् नदिने समस्या देखिएको छ । त्यसैले बिक्रिपछिको सेवाबारे यकिन भएपछि मात्रै स्मार्टफोन किन्ने निर्णय लिनुहोस् ।

 यदि तपाई एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नाम म्यासेजिङ एप चलाइरहनुभएको छ भने अब सित्तैमा फोन गर्ने सुबिधा उपलब्ध भएको छ ।
यसअघि केवल साथीहरुवीच म्यासेज आदान प्रदान गर्न सकिन्थ्यो । अबदेखि भाइवरजस्तै ह्वाटसएपमा पनि साथीहरुसँग भ्वाइस कल गर्न सकिन्छ ।
यसका लागि तपाईंले ह्वाट्सएपको सवैभन्दा पछिल्लो भर्सन अपडेट गर्नुपर्छ । त्यसपछि तपाईले यो फिचर एक्टिभेट भएका साथीहरुलाई आफुलाई कल गर्न आग्रह गर्नुपर्छ । त्यसपछि तपाईको ह्वाट्सएपमा पनि भ्वाइस सर्भिस एक्टिभ हुने छ । तापईकहाँ एक्टिभ भएपछि यही बिधिमार्फत् आफुले कल गरेर अरु साथीहरुको सेवा एक्टिभ गरिदिन सकिन्छ ।
अघिल्लो बर्षमात्र १९ अर्ब डलरमा ह्वाटसएपको स्वामित्व फेसुबकले किनेको थियो । त्यसयता ह्वाट्सएपले आफुलाई ब्यापक बनाउन बिभिन्न सुधारहरु गरिरहेको छ । पछिल्लो अभियानमार्फत् ह्वाट्एपले टेलिकम कम्पनीहरुको महत्वपूर्ण हिस्सा खोसिदिने योजना बनाइरहेको छ ।
ह्वाट्सएपले यो सेवा परिक्षण गरिरहेको छ । जसका कारण तत्कालै सवै युजरका लागि खुला गरिएको छैन् । एन्ड्रोइड किटक्याट वा ललिपप अपरेटिङ सिस्टममा भ्वाइससेवा सहितको ह्वाट्एप चलाउन सकिन्छ । यसका लागि २.११.५३१ भर्सन कम त्रुटीरहित छ, जसलाई ह्वाट्सएपको साइटबाट सिधै डाउनलोड गर्न सकिन्छ । 

इंग्ल्याण्डको सन्डरल्याण्डका गाभिन गोलाइट्लीले हालै मात्र लण्डनकी एमी डोसनसँग विवाह गरे । सुहागरातको सुन्दर कल्पनामा जब यो जोडी विस्तारमा पुग्यो तब आनन्द हैन, पीडा सुरु भयो । विस्तारामा नपुग्दै बेहुलाले बेहुलीमाथि कुटपिट सुरु गरे । कारण थियो- बेहुलीको कपडा खोल्न बेहुलालाई कठिन भयो । घटना सामान्य ठाकठुकमा मात्र सिमित रहेन ।
बेहुला बेहुलीमाथि यति धेरै खनिए कि बेहुलीलाई बचाउन होटलका कर्मचारी नै आउनु पर्‍यो । पीडित बेहुलीले प्रहरीलाई दिएको जानकारी अनुसार गोलाइट्लीले बेहुली डोसनले लगाएको कपडा फुकाल्न गाह्रो भएको थियो । त्यसपछि आक्रोसित गोलाइट्ली यति भडि्कए कि उनले पहिले पत्नीलाई लडाए र बेस्सरी भर्कुन थाले । त्यसक्रममा आफूलाई अब मरिन्छ क्यारे भन्ने लागेको डोसनले बताएकी छन् । आफू एक पटक बेहोसै भएपछि गोलाइट्लीले छाडेर गएको उनले दाबी गरेकी छिन् । फेरि होसमा आएपछि आफूले भोग्ने प्रयास गरेको तर, पति फेरि आएर कुटपिट गरेको उनले बताइन । उनले अब गोलाइट्लीसँग डिभोर्स मागेकी छन् ।


गायिका रेखा शाहको चर्चित गीत ‘सिमसिमे पानी’को नयाँ म्यूजिक भिडियो हालैमा सार्वजनिक भएको छ । रेडियो नेपालमा २१ वर्षअघि ‘सिमसिमे पानीमा’ गाएर चर्चा बटुलेकी गायिका रेखाले सोही गीतलाई पुनः रेकर्ड गरेर नयाँ म्यूजिक भिडियो बनाएकी हुन् ।

नेपाली संगीतजगतमा अत्यन्तै रुचाइएको गीत ‘सिमसिमे पानी’कोनयाँ भिडियोमा भने पश्चिममा शैलीको छनक देख्न सकिन्छ ।

भिडियोलाई ‘हलिउड’ स्वरुपमा ढालिएको छ भने सेतो घोडालाई प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ । गायिका रेखा भिडियोमा ग्ल्यामर अवतारमा प्रस्तुत भएकी छन् ।

शब्द, संगीत स्वंय गायिकाकै रहेको गीतको नयाँ भिडियोमा रेखासहित अमिर शेखलगायतको अभिनय रहेको छ । भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

मानवरहित विमान ड्रोनको शुरुवाती प्रयोग युद्ध तथा जासुसी प्रयोजनका लागि भएपनि हाल यसलाई विविध रचनात्मक कार्यमा प्रयोग गर्न थालिएको छ । होम डेलिभरी गर्न समेत उपयोगी मानिएको मानिएको भारतीय बजारमा ब्यापारिक समान ओसार पसारमा समेत क्रयोग हुदै छ। 
पछिल्लो समय प्राविधिक क्षेत्रका नेपाली विद्यार्थीमा समेत मानवरहित विमानको अनुसन्धानमा रुचि बढ्दै गएको छ ।

दक्षिण कोरियामा रहेका नेपाली व्यवस्थित र दीर्घकालीन नेपाल हाउस बनाउने भएका छन् । गैरआवासीय नेपाली सङ्घ  कोरियाको सक्रियतामा रोजगार, व्यापार लगायत विभिन्न कारणले कोरियामा पुगेका नेपालीलाई अस्थायी बसोबास गर्ने गरी उक्त हाउस बनाउन लागेको संघले बताएको छ ।
उक्त हाउस बनाउनका लागि बिहीबार र शुक्रबार १० करोड वान सङ्कलन गर्न नेपाल हाउस साङ्गीतिक महामेलाको आयोजना गरिएको छ ।
कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गायक प्रमोद खरेल, रेजिना मल्ल, नायिका छुल्ठिम गुरूङ, लोक गायिका देवी घर्तीमगरलगायतले कोरियामा रहेका नेपालीलाई आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा कोरियास्थित नेपाली राजदूत कमानसिंह लामाले प्रवासमा रहेका नेपालीको एकताबाट उत्साहित भएको भन्दै यो अभियान विश्वभर रहेका नेपालीमै नमुना रहेको बताए ।
‘नेपालीलाई लक्षित गरेर गरिएको अभियानमा सबैको सहभागिता रहेको छ । नेपाल हाउसले सबै नेपालीलाई एकजुट बनाएको छ’ म्याग्दी समाज समिति दक्षिण कोरियाका उपाध्यक्ष अनन्त गिरीले भने ।




वेष्ट इण्डिजले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निकै खराव सुरुवात गर्‍यो । पहिलो ओभरमा दुई विकेट गुमाएको पाकिस्तानले तेस्रो र चौथो ओभरमा पनि विकेट गुमायो । जतिबेला उनको स्कोर १ रन मात्र थियो । २५ रन जोड्दा ५ विकेट गुमाएको उसको पारी कप्तान सोहिब मक्सुद र उमर अकमलले सम्हाल्ने प्रयास गरे । सोहिब र उमरले छैटौं विकेटका लागि ८० रनको साझेदारी गरे । छैटौं विकेटका रुपमा सोहिब ५० रनमा आउट भए । साहिद अफ्रिदीसँग ३४ रनको साझेदारी गरेका उमर सातौं विकेटका रुपमा ५९ रनमा पभेलियन फर्किएपछि पाकिस्तानले फेरि तिब्र गतिमा विकेट गुमायो । उसले थप २१ रन जोड्दा ३८.६ ओभरमा अल आउट भयो । अफ्रिदी २८ रन बनाए ।
यसअघि  क्राइस्ट चर्चमा पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले दिनेश रामदीन र लिन्डल सिमोन्सको अर्धशतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
वेष्टइण्डिजले अन्तिम १० ओभरमा मात्र ११५ रन जोडेको थियो । आन्द्रे रुसेलले मात्र १२ बलमा तीन चौका र चार छक्काको मदतमा ४० रन बनाएका थिए  । वेष्टइण्डिजका रामदीनले ५१ रन बनाए । ४३ बलको सामना गरेका उनले ७ चौका हानेका थिए । सिमोन्सले ४६ बलमा चार चौका र दुई छक्कको मदतमा ५० रन बनाए ।
डरेन ब्राभो ४९ रनमा रिटायर्ड हट भए भने मार्लोन श्यामुअलले ३८ रन जोडे । पाकिस्तानले पाँच क्याच छाडेको थियो, जसको वेष्टइण्डिजका ब्याट्सम्यानहरुले भरपुर फाइदा उठाए ।


विश्वकप क्रिकेटमा वेष्टइण्डिजले पाकिस्तानसामू ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
क्राइस्ट चर्चमा पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले दिनेश रामदीन र लिन्डल सिमोन्सको अर्धशतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।
वेष्टइण्डिजले अन्तिम १० ओभरमा मात्र ११५ रन जोडेको थियो । आन्द्रे रुसेलले मात्र १२ बलमा तीन चौका र चार छक्काको मदतमा ४० रन बनाए ।
वेष्टइण्डिजका रामदीनले ५१ रन बनाए । ४३ बलको सामना गरेका उनले ७ चौका हानेका थिए । सिमोन्सले ४६ बलमा चार चौका र दुई छक्कको मदतमा ५० रन बनाए ।
डरेन ब्राभो ४९ रनमा रिटायर्ड हट भए भने मार्लोन श्यामुअलले ३८ रन जोडे । पाकिस्तानले पाँच क्याच छाडेको थियो, जसको वेष्टइण्डिजका ब्याट्सम्यानहरुले भरपुर फाइदा उठाए ।
ऐले छ ओभरको समाप्तिमा चार विकेट गुमाएर आठ  रन  लिदै पखिस्तान ब्याटिंग गर्दै। 

मोरङमा गोठगाउ“का मधुसूदन घिमिरे र छिमेकी हरि साहको घरमा बिहीबार बेलुकी विद्युत सर्ट भइ भएको आगोलागीमा ६० लाख बराबरको क्षती भएको प्रहरीको जानकारी ।

पटकपटक प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका व्यक्तिहरुले अशक्त र असहाय नागरिकलाई वितरण गर्न भनेर राज्य कोषबाट रकम लगेको वर्षौ वितेपनि त्यसको हिसाब राज्यलाई बुझाएका छैनन् । आर्थिक वर्ष २०५२/५३ मा तत्कालीन सांसदले लगेको रकम लामो समय बिते पनि विवरण भने बुझाएका छैनन् ।
अशक्त र असहाय व्यक्तिलाई प्रतिदिन सय रुपैयाँको दरले बाँड्न भन्दै राज्य कोषबाट रकम लगेर त्यसको विवरण नबुझाउनेहरुमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र सूर्यबहादुर थापा रहेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी, महामन्त्रि सर्वेन्द्रानाथ शुक्ला लगायतका नेताले पनि यस्तो रकम लगेर हिसाव बुझाएका छैनन् ।
देउवाका नाममा ३६ हजार बेरुजु रहेको छ भने सूर्यबहादुर थापाको नाममा २४ हजार रुपैयाँ छ । त्यस्तै नेपाली कांग्रेसका अर्जुननरसिंह केसीको नाममा नौ हजार छ सय रुपैयाँ, कमल थापाका नाममा २४ हजार, हृदयेश त्रिपाठीका नाममा नौ हजार ६ सय रुपैयाँ, शरतसिंह भण्डारीका नाममा २४ हजार, भानुभक्त जैसीका नाममा नौ हजार ६ सय तथा महेन्द्र राय यादवका नाममा नौं हजार ६ सय रुपैयाँ बेरुजु रकम देखिएको छ ।
असहाय र असक्त व्यक्तिलाई प्रतिव्यक्ति सय रुपैयाँका दरले भत्ता वितरण गर्न सरकारले ल्याएको कार्यक्रमबाट त्यतिबेलाका ३१ सांसदले पेश्कि रकम लिएका थिए । तर, उक्त रकम अहिलेसम्म फस्यौट गरिएको छैन् ।

महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने एक अध्ययनले देखाएको छ । यो अवधिमा महिला यौन आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ । जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो कुरा पत्ता लगाएका हुन् । उनीहरुले एक हजार युवती अनुसन्धान गरेका थिए । अनुसन्धानकर्ताले सहभागीहरूलाई कुन समय यौनसम्बन्ध राख्न इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कमा परिवर्तन पनि अध्ययन गरेका थिए । सो अध्ययनले त्यसअवधिमा गरिने यौन सम्पर्कले वैवाहिक जीवनलाई रोमाञ्चीत बनाउने देखाएको छ ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.