August 2016

भदौ १५, अनु सुबेदी (जापान)   
दुवै किड्नी फेल भएर मृत्यु को मुख मा पुगेर पैसा को अभाब ले उपचार गर्न नसकिरहेका तनहुँ मिर्लुङ ९ का बिष्णु भुजेलको सहयोगका लागि सामाजिक संजाल फेसबुक तथा विभिन्न व्यक्ति को सहयोग मार्फत दस लाख भन्दा बढी रकम जम्मा भएको छ l 
देश भन्दा बाहिर रहेर श्रम गरिरहेका नेपालि हरुले फेसबुक मा "बिष्णु भुजेल बचाउ" नामक ग्रुप बनाएर सहयोग को अपिल गरिएको थियो l धेरै नेपालि हरु ले बिष्णु लाइ बचाउन को लागि आफुले सहयोग गर्न तयार रहेको र आफ्नो तर्फ बाट सहयोग रकम पनि घोषणा गरेका थिए l उक्त अभियान बाट संकलन गरिएको सम्पूर्ण रकम दुवै मा बस्ने नेपालि हरु ले नेपाल पठाइएको थियो। 
यस अभियानमा युएई बाट गोविन्द थापा, कृष्ण बहादुर रायामाझी, अर्जुन खड्का, कुमार थापा, रबिन्द्र खड्का, रमेश खड्का, लक्ष्मण थापा , राज कुमार पाण्डे त्यस्तै साउदी अरेबिया बाट काजिराम खड्का, हरि अधिकारि, हिरा प्रकाश बानियाँ, राजु अधिकारी, हरि चन्द्र देउजा, अफ्गानिस्तान बाट राजु अधिकरी, अष्ट्रेलिया बाट सुर्य खड्का लगायत ले रकम सहयोग गर्नु भएको थियो । 
त्यसैगरी नेपाल बाटै पनि सहयोग रकम संकलन भएको थियो, काठमाडौं निबासी दिपु गल गुरुङ, कृष्ण थापा, सुर्य कार्की, बिनोद अधिकारी साथै काठमाडौं बहिर अर्थात दमौलीबाट सहयोग रकम संकलन मा साथ् दिनुहुनेमा रमेश थापा, भरत अधिकारी, रामकृष्ण कुवर, श्याम मौराती, चक्रबहादुर अधिकारी लगायत रहनु भएको थियो। 
संकलित जम्मा रकम मा पठाउन बाकि रहेको पाच लाख अठाइस हजार रकम पनि यहि मंगलबार नै पीडितलाई हस्तान्तरण गरिएको छ । आर्थिक अभाब ले समस्या मा परेका भुजेल को आर्थिक संकलन पछि यहि भदौ १७ गते सुक्रबार सल्यक्रिया हुने भएको छ l




via IFTTT

नेपालि आधुनिक सुगम संगीत मा गायक हरु को नाम लिने हो भने अग्रपंक्ति मा आउने एउटा नाम हो, स्वरुप राज आचार्य l यिनै नेपाल का चर्चित अनि सुमधुर स्वरका धनी स्वरुपराज आचार्यको स्वरमा सजिएको नया गीत सपनीमा तिमि सार्बजनिक भएको छ ।
सेन्टिमेन्टल शैलिमा बनेको गीत सानुबाबु "सबित" बज्राचार्यले लेखेका हुन भने संगीत गोपाल रसाइलीले भरेका छन् । सबित बज्राचार्य र अप्सरा सुवेदीको मुख्य भुमिका रहेको यस भिडियो अपांगता भएका ब्यक्तीहरुलाइ प्रेरणाको उर्जा मिल्ने बज्राचार्य बताउछन । 
द मोन्टाज ग्रुपले निर्माण गरेको उक्त भिडियोलाई खासिङ राईले निर्देशन गरेका हुन भने बिबेक श्रेष्ठले निर्देशन मा उनलाई सघाएका छन । रोशिकको छायांकन रहेको उक्त भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका छन ।
अपाङ्ग व्यक्ति लाई नै भावनात्मक शैली ले प्रस्तुत गरिएको उक्त गीतलाई युटुब बाट साबर्जनिक भई सकेको छ l
हेर्नुस भिडियो :





भदौ ११, इटहरी 
पूर्वेली गायीका सुनिता कटवालले यस बर्ष पनि तीज गीतको म्यूजिक भिडियो बजारमा ल्याउनु भएको छ । इटहरीलाई कर्मथलो बनाउदै आउनु भएकी गायीका सुनिताले यो बर्षको तीजलाई लक्षित गरी आफनै शब्द र स्वरमा ‘उमेर पुग्यो बैश चढ्यो कति बसौ माईत यो शाल त शिवजी जुराईदेउन साईत’ बोलको तीज गीतको म्यूजीक भिडियो हालै बजारमा ल्याउनु भएको हो । 
बलराम समालको सङ्गीत रहेको उक्त तीज गीत लोक भाकामा भएको गायीका कटवालले बताउनु भयो । गत बर्ष देखी तीजका गीत बजारमा ल्याउन थाल्नु भएकी गायीका गत बर्ष आफ्नो गीत मनपराउने दर्शक र श्रोताको चाहाना अनुसार यस बर्ष पनि तीज गीत बजारमा ल्याएको बताउनु हुन्छ । 
न्यू बज क्रिएसनको छायाकङ्न र सम्पादनमा बजारमा आएको भिडियोमा सबिता परियारले कोरीयोग्राफर गर्नु भएको छ भने उक्त गीत इटहरीको पाथिभरा रेकडिङ स्टुडियोमा रेकर्ड गरीएको हो । स्टुडियोका प्रमुख सङ्गीत प्रशिक्षक समेत रहनु भएका संगीतकार बलराम समाल सुनिताको तीज गीत श्रोता र दर्शकको मन छुने गीत भएको बताउनु हुन्छ । 
भिडियोको मुख्य भुमीकामा कोरीयोग्राफर परियार र अस्मिता कोईराला रहेका छन । पप आधुनिक बिधाका गीत गाउदै आउनु भएकी गायीका कटवाल एकै ब्यक्तिले मेहनत गर्दा सबै किसिमका गीत गाउन सकिन्छ भन्ने प्रमाणीत गर्न यस बर्ष लोक गीतमा बल गरेको बताउनु हुन्छ ।
हेर्नुस भिडियो :





नेपालि चर्चित पप गायक कमल खत्री को ड्रिम प्रोजेक्ट भनिएको "म गीत हु तिम्रो" ले युटुब मा राम्रो माया कमाई रहेको छ l करिब २ महिना को अबधि मा नै तीन लाख बढी ले उक्त भिडियो लाई हेरेका छन् l आफ्नै लगानी, आफ्नै युटुब च्यानल, आफ्नै सब्द तथा म्युजिक रहेको र निकै मेहनत गरिएको अनि आफ्नो पहिलो मोडलिङ्ग भएको कारण ने गर्दा पनि यो गीत लाइ खत्री ले ड्रीम प्रोजेक्ट को रुप मा लिएका छन् l 
कमल लाई हिट बनाएको "तिम्रो आत्मामा" पछि प्रतिक्षित मानिएको उक्त भिडियो ले आखिरमा सफलता पनि पाई रहेको छ l युवा पुस्ता मा निकै लोकप्रिय कमल देश तथा बिदेश का स्टेज कार्यक्रम तथा महोत्सब हरु मा पनि निकै ब्यस्त बनेका छन् l आफ्नो मेहनत र आफ्नो कलाको रोयल्टी मा निकै बार्गेनिङ्ग गर्नु परेको ले पनि पछिल्लो समय कमल आफ्नै अग्रसरतामा य़ुटुबमुखी बनेका हुन् l 
 आफ्नै च्यानल बाट अपलोड गरीएको उक्त भिडियो मा कमल संग स्वर मा स्वर मिलाएकी छिन सुमधुर स्वरका धनि सिम्पल खरेल ले l उनले स्वरमा मात्र नभएर मोडलिङ्ग मा पनि खुबै जमेर साथ् दिएकि छिन l रीकेश गुरुङ को एरेन्ज रहेको सो गीत को भिडियो लाई अनिल के मानन्धर ले खिचेका छन् भने निर्देसन तथा सम्पादन जीवन थापा ले गरेका छन् l 
हेर्नुस भिडियो :




via IFTTT

यही भदौं १७ गते  प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्रासलेट’ को आजकाल हरेकजसो कार्यक्रमहरुमा आफ्नो चलचित्रलाई प्रचार हुँने शैलीमा देखा पर्दछन् । स्टेजमा हुने कार्यक्रमहरुमा प्राय नछुट्ने यसका निर्देशक निर्मल शर्मा अहिले भने कहि कतै एक्लै देखिदैनन् प्रायः उनी आफ्नो टिमसँगै हुने गर्दछन् । 
यस्तै प्रचार लाइ तिब्रता दिनकै लागि पनि केहि समय अगाडी पुर्व को यात्रा पनि गरेका थिए l ‘ब्रासलेट’ लेखिएको टिसर्ट लगाएका निर्देशक– निर्माल शर्मा, निर्माता– केशव भट्टराई र नायक– रमेश उप्रेतीको ‘केमेस्ट्री’ खुबै मिलेको देखिन्थ्यो भने ब्रासलेट टिमले आफ्नो प्रचारलाई राम्रै उपयोग गरेको देखियो । पुर्व को एक टेलिभिजन अन्तरबार्ता को क्रम मा ब्रासलेट का नायक रमेश उप्रेती ले "सिनेमा खेल्नु चानचुने कुरा हैन, कोहि पनि सिनेमा खेल्दैमा स्टार बनिदैन" भनेका छन् l आफुले निकै मेहनत गरेको यो क्षेत्र मा कुनै समय यहि क्षेत्र ले राम्रै आम्दानि पनि दिलायो तर पछिल्लो समय देश को विभिन्न परिस्थिति का कारण देश छोडेर अमेरिका पलाएन हुनु परेको अन्तरबार्ता मा बताएका छन् l 
१० बर्ष विदेश पलाएन भएका उप्रेती ले आफ्नो कम्ब्याक फिल्म ब्रासलेट मा पहिले को भन्दा निकै राम्रो गरेको र फिल्म अबधि भर तपाइको लगानी खेर जादैन पनि भनेका छन् l हेर्नुस रमेश उप्रेती संग गरिएको कुराकानी यो भिडियो मा : 





via IFTTT

भारतिय च्यानल स्टार प्लसमा प्रसारण भैरहेको रियालिटी डान्स कम्पिटिसन डान्स प्लस टुको टप सिक्समा नेपाली डान्सहरूको समूह ‘वाइल्ड रिपर्स’ ले समेत स्थान पाएको छ । १० जना डान्सर तथा डान्स ग्रुपको कडा प्रतिस्पर्धाका बीच आउटस्ट्याडिङ पर्फमेन्स दिँदै वाइल्ड रिपर्सले टप सिक्सभित्र स्थान बनाएको हो ।
वाइल्ड रिपर्स ग्रुपले नृत्य गरिसकेपछि निर्णायकहरूले आफू बस्ने कुर्सीमाथि उभिँदै वाइल्ड रिपर्सको प्रतिभाप्रति सम्मान प्रकट गरेका थिए । कार्यक्रमका सञ्चालकले त नृत्यलगत्तै वाइल्ड रिपर्सका एक सदस्यलाई नेपाली ढाकाटोपी पहिर्‍याइदिएका थिए । सुपर जज रेमो डिसुजाले यो डान्स ग्रुपको अद्वितीय प्रतिभाको कदर गर्दै उनीहरूको प्रस्तुति फाइनल जित्ने खालको भएको बताएका थिए । डान्स प्लस टुको टप थ्रीभित्र नेपालकै सुशान्त खत्रीले स्थान बनाइसकेका छन् भने सिक्किम नाम्चीका नेपालीभाषी मिंग्मा दोर्जे लेप्चाले पनि टप फाइभभित्र स्थान पाइसकेका छन् । 
वाइल्ड रिपर्स नेपाली हिपहप डान्स ग्रुप हो । यसको अर्को नाम बि–बोइङ डान्स ग्रुप हो । यो समूहमा ९ जना नेपाली युवा छन् । यो ग्रुपमा बुद्ध लामा २१, रोहन सिंह २४, किरण थापा २३, सुरेन राई २०, सन्तोष दर्जी २१, साउल जेम्स बोदी २३, सागर राई २१, सुमन तामाङ २१ तथा सुरज थापा मगर १९ वर्ष आबद्ध छन् । काठमाडौं, धनगढी तथा बुटवलका यी डान्स क्रेजी युवाहरूले काठमाडौंमा समूह बनाएपछि आफूलाई विभिन्न प्रतिस्पर्धामा अघि सारेका हुन् । 
नेपालमा स्थानीय रूपमा प्रसिद्धि कमाइसकेपछि यो डान्स समूह दुई वर्षदेखि भारतीय भूमिमा संघर्षरत थियो । भारतीय रियालिटी शोमार्फत शिखरमा पुग्ने उद्देश्य राखेको यो डान्स ग्रुपले कडा प्रतिस्पर्धाका बीच निरन्तर सफलता हासिल गरिरहेको छ । भारतमा उनीहरूले गरेको संघर्ष र सफलताले बिस्तारै उचाइ लिएको त्यहाँका समाचारमाध्यमहरूले जनाएका छन् । यो समूहले यसअघि नेपाल र भारतका विभिन्न डान्स प्रतियोगिताको उपाधि पनि हासिल गरेको थियो ।
इन्डिया बेस्ट डान्स क्रु–२०१६, इन्डियाज बिगेस्ट फेस्ट–२०१५, अल नेपाल अर्वान स्ट्रिट डान्स कम्पिटिसन, च्यानल भी अल इन्डिया फेस्ट–२०१५, युडिएमएस मुम्बई च्याम्पियनसिप–२०१४, निम्स डान्स च्याम्पियनसिप–२०१४, पुने फेस्ट–२०१४ जस्ता दुई दर्जन डान्स कम्पिटिसन जितिसकेको यो ग्रुपले अझ ठूलो सफलता हासिल गर्ने उद्देश्यसहित यो प्रतियोगितामा सहभागिता जनाएको हो । भारतीय च्यानलको यो फोरममा सफलता हासिल गर्न सके त्यसपछिको यात्रा केही सहज हुने भएकाले पनि उनीहरू जस्तोसुकै मेहनत गर्न तत्पर देखिन्छन् । यसबीच निर्णायकहरूबाटै उनीहरूले विभिन्न कामको अफरसमेत पाइसकेका छन् । 
डान्स प्लसमा हजारौं प्रतिस्पर्धीसँगको प्रतिस्पर्धापछि टप थर्टीमा पुगेको वाइल्ड रिपर्सको डान्स प्लसको प्रतिस्पर्धात्मक यात्रा सधैं चुनौतीपूर्ण तथा रोमान्चक रह्यो । उत्कृष्ट ३० पछि उत्कृष्ट १२ भित्र स्थान बनाउन वाइल्ड रिपर्सले दह्रै कसरत गर्नुपर्‍यो । निरन्तर निर्णायकको मन जित्न सफल भएपछि अगाडिको बाटो तय गर्न गाह्रो नभएको यो समूहका सदस्यहरूले बताउँदै आएका छन् । ठूलो प्रतियोगितामा आफूलाई अब्बल सावित गरेकै कारण नेपाल तथा नेपालीको मन जित्न सफल भएको अभिव्यक्ति पनि उनीहरूले दिने गरेका छन् । 
क्याप्टेन तथा निर्णायकहरूबाट स्ट्यान्डिङ अडिसन पाएका वाइल्ड रिपर्स ग्रुपका सदस्यहरूले उत्कृष्ट १२ भित्र पर्ने क्रममा सुपर जज रेमो डिसुजाबाट लगातार ३ पटक डबल प्लस पाएर ह्याट्रिक गरेका थिए । यति हुँदाहुँदै पनि टप सिक्समा प्रवेश पाउन भने बराबर पर्फमेन्स गर्न सक्ने अन्य ९ वटा टिमलाई पछार्नुपर्ने थियो । त्यसमा पनि उनीहरू सफल भए । अब उनीहरू उपाधिको नजिक पुगेका छन् ।
उपाधिको हकदारका रूपमा हेरिएको वाइल्ड रिपर्स ग्रुपले आगामी दिनमा आफ्नो नृत्यप्रतिभालाई अझ निखार्दै लाने जनाएको छ । अब यो प्रतियोगिता पब्लिक भोटिङ चरणमा प्रवेश गर्दैछ, जसमा नेपालबाट पनि भोट गर्न सकिने बताइएको छ ।
                                                                                                                            कान्तिपुर साप्ताहिक बाट 



via IFTTT

करिब पाँच महिना अगाडी गायक खेमराज गुरुङ उपचारका लागि ओम अस्पताल पुगेका थिए । कलेजको समस्याका कारण बिरामी परेका उनलाई चिकित्सकले आगमी दिनमा भुलेर पनि मदिरा सेवन नगर्न सुझाएका थिए । केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका गायक गुरुङले डाक्टरको सुझाब अनुसार मदिरा पिएनन् । नियमित औषधि पनि सेवन गरे । 
तर, ११ दिन अगाडी उनी गम्भिर समस्याका कारण थला परे । सुरुमा जन्डिसको लक्षण देखिएका गुरुङले त्यती वास्ता गरेनन् । तर, जब जन्डिस बिग्रियो उनी उपचारका लागि चाबहिलस्थित मेडिकेयर अस्पतालमा पुगे । चिकित्सकले परीक्षणका क्रममा थाहा पाए कलेजोमा गम्भिर समस्या देखिसकेको रहेछ । जन्डिस कलेजोको समस्यामध्येकै एक लक्षण थियो । अस्पतालका अनुसार विगतमा नै कलेजोमा समस्या देखिएकाले मदिरा सेवन नगर्न भने पनि मदिरा सेवन गरेका कारण कलेजो बिग्रिएको थियो । अस्पताल स्रोतका अनुसारको उनको कलेजो फेल भैसकेको थियो । कलेजोसँगै मिर्लौलामा पनि समस्या देखिएको थियो । 
 अस्पतालमा उपचारका क्रममा गायक गुरुङले विगतमा डाक्टरले मदिरा सेवन गर्न दिएको सुझाब नमानी साथीभाईको करलाई टार्न नसकेर पुन मदिरा सेवान गरेको बताएका थिए । तर, साथीभाईको करले पिएको रक्सीले उनको कलेजो पूरै फेल गराएछ । कलेजको फेल भएपछि उनको कलेजको प्रत्यारोपण गर्न परिवारले विदेश लैजाने तयारी समेत गरेको थियो । तर, गम्भिर अवस्थामा आइसियुको भेन्टिलेटरमा रहेका उनलाई त्यही अवस्थामा एयर एम्बुलेन्समा लैजान समस्या पर्ने अस्पतालले जनायो ।
उनी बिहीबार बिहानदेखि भेन्टिलेटरमा थिए। परिवारले बिहीबार दिउँसो दिल्लीस्थित मेदान्त अस्पताल लैजाने तयारी गरेको थियो । चिकित्सकले स्वास्थ्यमा केही सुधार आएमा मात्र दिल्ली लैजान मिल्ने बताएपछि तत्कालका लागि योजना रोकिएको थियो । तर, त्यही साँझ उनको मृत्यु भयो ।
गायक गुरुङलाई अस्पतालले बिहिबार साँझ ५ः५० बजे मृत भोषणा गर्यो । गायक गुरुङ ४२ वर्षका थिए । गुरुङ अस्पताल भर्ना भएको भोलिपल्ट उनकी पत्नी हङकङबाट काठमाडौं आएकी थिइन्। उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनका दुई छोरा छन् । खेमराजका आमा र दिदी बेलायतबाट आएपछि मात्र अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । गायक गुरुङको ‘वारि जमुना पारि जमुना’ बोलको गित निकै लोकप्रिय छ । 
                                                                                                                       स्वास्थ्य खबरपत्रिकाबाट 
हेर्नुस भिडीयो :




via IFTTT

अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्दै गरेको फिल्म 'ए मेरो हजुर' मा यसअघि नै अनुबन्ध भईसकेकी 'ड्रिम्स' गर्ल साम्राज्ञलक्ष्मी शाहसँग अनस्कृन रोमान्समा २२ बर्षे ठिटो सलिन मान देखिने खुलेको छ । गुपचुप रुपमा बुधबारबाट फिल्म फ्लोरमा गएको भनिए पनि झरनाले हालसम्म लिड अभिनेता सार्वजनिक गरेकी थिईनन् । 
५ फिट ८ ईञ्ज उचाई तथा आकर्षक कदका धनी सलिन साम्राज्ञीको अपोजिटमा फिट भएसँगै केहि समय पहिले फिल्ममा अनुबन्ध भएको बताईन्छ । म्यानेज्मेन्टमा विधार्थी सलिन काठमाडौं न्यूरोडका स्थानिय बासिन्दा हुन् भने नृत्यमा पनि पोख्त रहेको बताईन्छ ।
 तर फिल्म तथा मोडलिङ क्षेत्रमा सलिन नाम भने विल्कुलै नयाँ हो । सस्पेन्स प्रेम कथामा बन्ने फिल्ममा यसअघि नै सलोन बस्नेत, बुद्धि तामाङ, अनुभव रेग्मी फाईनल भईसकेका थिए । एस के थापा प्रोडक्शनको व्यानरमा बन्ने फिल्मका निर्माता झरना पति सुनिलकुमार थापा हुन् ।
 स्मरण रहोस्, यसअघि पनि सोहि व्यानरबाट 'ए मेरो हजुर' नाममै फिल्म बनेको थियो । निर्माणको १० बर्षपछि नाम दोहोर्याउन पाउने प्रावधान अनुसार एसके फिल्मस् ले पुनः सोहि नाममा लभस्टोरी फिल्म बनाउन जुटेको हो । यसअघि यो फिल्मलाइ 'ए मेरो हजुर' को सिक्वेलको चर्चा गरिए पनि अन्ततः सोहि नाम मात्र लिएर निर्माण टिम फ्लोरमा गएको हो ।
                                                                                                                                 
                                                                                                                                       फिल्मी खबर बाट 



via IFTTT

 रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै दुर्घटनामा परेको छ ।
ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेर डुबेको छ । बसमा कम्तिमा ४० यात्रु रहेको र उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । 
बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ । नेपाल प्रहरी सञ्चार शाखा मुग्लीनले दिएको जानकारी अनुसार बस नदीमा डुबेकाले बसको नम्बर लगायतका अन्य जानकारी आएको छैन । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।
                                                                                                                                 अनलाईन खबर बाट 



via IFTTT

रचनाकर प्रकाश शाक्यले आफ्नै जन्मभूमिलाई समेटेर लोक दोहोरी गीत सार्वजनिक गरेका छन् । ओखलढुंगामा जन्मिएका उनी संगीत कर्ममा अनवरत छन् । 
गीत संगीत मानव जीवनको अभिन्न अङ्ग हो । दुःख–सुखको क्षणमा संगीतले मनलाई शान्ति दिन्छ । मन प्रफुल्ल हुन्छ । संगीत श्रावण गर्नले आत्मले शान्ति पाउँछ भन्ने गरिन्छ संगीत क्षेत्रमा लागेर जिल्लालाई माया गर्दै संगीतप्रेमिलाई मायाको चिनोको रुपमा ‘ओखलढुंगा घर’ नामक एल्बममा शब्द रचना प्रकाश शाक्य (टोड्केली) को छ । बिगुटार–१ टोड्केमा जन्मेका शाक्य रोजगारीको सिलसिलामा दोहा कतारमा छन् ।
 गीतमा सुमधुर स्वरकी धनि जसले छोटो समयमा नै निकै दर्शक स्रोताको मन जित्न सफल लोक तथा दोहोरी गायीका तथा संगीतकार सिता माझी छन् । ओखलढुंगा जिल्ला पात्ले–२, पात्लेमा जन्मिएका उनी काठमाडौ मै वसोवास गर्छन् । गायक राज बास्तोला (प्रदेशी कान्छा) लेपनि स्वर दिएका छन् । उनी ओखालढुंगा खानीभन्ज्याङका हुन् । रोजगारीकै सिलसिलामा वस्तोला दुबई मा छन् ।
सो गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन मदन खड्काले गरेका छन भने सम्पादन बिकाश ज्ञवाली छेत्रीको रहेको छ । भिडियोमा बिजय थापा र पर्बती राईको अभिनय देख्न सकिने छ ।
हेर्नुस् भिडियो :




via IFTTT

दिपेन्द्र खड्का 
नेपालि हिन्दु नारि हरु को महान पर्व तीज नेपालि हरु को घर दैलो मा आइपुग्नै लाग्दा घर बजार मा नारि हरु रातो सारी चोलो मा सजिएर निस्किन थालेका छन् भने विभिन्न तीज बिसेष कार्यक्रम को पनि आयोजना हुदै छ l
यस्तै नेपाल मा मात्र नभएर विदेश मा पनि तीज कार्यक्रम मनाईने गरेको छ, यहि क्रममा आउदो सेप्टेम्बर २ को दिन साउदी अरब जुबेल स्थित गैर आबशिय नेपाली प्रबाशी संघले साउदी मा रहने नेपाली महिला दिदी बहिनीहरुको लागि भनेर तीज बिशेष कार्यक्रम भब्य रुपले मनाउने भएको छ l 
तिज कार्यक्रम मा विभिन्न ठाउ बाट साउदी अरब मा नै कार्यरत नेपाली कलाकार हरुको बेजोड प्रस्तुति रहेको छ l यो कार्यक्रम राख्नु को मुख्य उदेश्य भनेको नेपाली जहाँ रहे पनि आफ्नो कला सस्कृति र आफ्ना दुख सुख का कुराहरु एक अर्का प्रति बाड्नु पर्ने र सस्कृति लाई बिर्सनु हुदैन भन्दै सभ्य र भब्य रुपमा औपचारिक कार्यक्रम राखिएको भन्दै कार्यक्रम का तेजु श्रेष्ठ बताउनु भयो l



via IFTTT

दिपेन्द्र खड्का 
साउदी अरबमा आर्थिक बन्दि को कारण सबै देशका जस्तै नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, फिलिपिन्स देशका नागरिक आर्थिक बन्दीका कारण अलपत्र परेका छन् l 
अहिले भारत सरकार र साउदीको सरकारको ध्यान कामदार हरु प्रति मोडिएको छ l भिडियो मा देखिएको दृश्य साउदीमा कार्यरत भारतीय नागरिकहरुको हो l उनीहरुको माग भने घर फिर्ता जानु र केहीको माग भने बाकी रहेको तलब पाउनु रहेको छ l 
यस्ता कयौ नागरिक ६ / ७ महिना देखि तलब बिहिन भएर अलपत्र परेका छन् l यस्तै अरु देशका राजदुताबास हरुले पनि आफ्ना आफ्ना देशका नागरिक हरुलाई फिर्ता लाग्ने तयारी गरि रहेका छन् l कयौ कामदारहरु कम्पनी छोडेर अर्को कम्पनीमा गएका छन् भने त्यस कम्पनीमा पनि तलब नपाएको कारण भोक भोकै रहेको अबस्था छ l एक त साउदीमा आर्थिक बन्दीको कारणले यो हुन गएको हो l
हेर्नुस भिडियो :




via IFTTT

चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । 
थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटर मा राखेका थिए । गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत गायक भेटवालले जानकारी दिए ।
गुरुङका आलुतामा, धरान–पोखरा, सोल्टी, अनमोल, ढाक्रे, जीवन, जीवन–२लगायत एल्बम चर्चित छन् ।
                                                                                                                   अन्नपुर्ण पोस्ट मा समाचार छ l



via IFTTT

नेपाली चलचित्रकी सफल नायिका रेखा थापाले भदौ ५ गते अर्थात आज आफ्नो जन्मदिन मनाउँदै छिन् । आजबाट उनी ३३ बर्षमा लागेकी छिन् । छविराज ओझाले निर्माण गरेका चलचित्र ‘हिरो’ बाट नेपाली चलचित्रमा डेव्यू गरेकी रेखाले गएको बर्ष रिलिज भएको ‘रामप्यारी’ चलचित्रसम्म आइपुग्दा २ सय बढी चलचित्रमा काम गरिसकेकी छिन् । भन्ने गरिन्छ् ‘यदी नेपालमा कोही अभिनेत्रीको कारण चलचित्र चल्छ भने ति रेखा थापा हुन्’ । नामकै कारण पनि पछिल्ला केही बर्षमा रेखाले अभिनय गरेका चलचित्रहरु सुपरहिटको सूचीमा दर्ता छन् ।
सन् १९९९ मिस नेपालमा सहभागी भएर उत्कृष्ट १० मा परेकी रेखा चलचित्र निर्देशक, संगीतकार, निर्मात्री पनि हुन् । उनले हिम्मतवाली चलचित्र आफैले निर्माण र निर्देशन गरेकी थिइन भने गएको बर्ष प्रदर्शनमा आएको चलचित्र रामप्यारीको एक गीतमा उनले संगीत पनि दिएकी थिइन ।
रेखा अभिनित हिरो, मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत, किस्मत, हिफाजत, अन्दाज, रावण, कस्ले चोर्यो मेरो मन, मालतीको भट्टी, हिम्मतवाली, रामप्यारी जस्ता चलचित्रलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ । जुन चलचित्रले व्यवसायिक सफलता हासिल गरेका छन् । रेखाको जन्म पूर्वको सलकपुर, मोरङमा भएको हो । रेखाले दर्जनौ नेपाली फिल्म एवार्ड समेत पाइसकेकी छिन् ।
२००१ मा निर्माता छविराज ओझासँग विवाह गरेकी रेखाले करिब १० बर्ष छविराजको धर्मपत्नी भएर बसेकी थिइन । अहिले उनीहरुको सम्बन्ध विक्षेद भइसकेको छ । रेखालाई काली र नानु भनेर पनि बोलाउने गरिन्छ । गसिप र विवादबाट टाढा रहन नसक्ने रेखाको निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल, निर्देशक श्याम भट्टराई लगायतका केही चलचित्रकर्मीसँग बोलचाल समेत छैन् । उनको राजेश हमालसँग पनि सुमधुर सम्बन्ध नरहेको बताइन्छ । केही बर्ष अगाडी माओवादीले गरेको आम हडतालमा प्रचण्डसँगै लोकगीत गाएर नाचेकी रेखाले चलचित्र विकास बोर्डको अध्यक्ष पदको दाबी समेत गरेकी थिइन । 
उनी अहिले ‘हिरो रिटन्र्स’ नामक चलचित्रको छायाँकनमा व्यस्त छिन् भने उनले अभिनय गरेको नयाँ चलचित्र ‘पलाँस’ तिहारलाई लक्षित गरेर प्रदर्शनमा आउँदैछ । रेखा थापालाई डि थ्री ग्रुपको तर्फबाट पनि जन्मदिनको शुभकामना ।
                                                                                                                        - सिनेखबर बाट 
हेर्नुस भिडियो :




via IFTTT

गायक हृदय गहतराजको आवाज रहेको गीत ‘आँखा भरि’ सार्बजनिक गरिएको छ जसमा स्यजाद खानलाई फिचर गरिएको छ । सार्बजनिक उक्त गीतमा माला लिम्बु र भास्कर बानियाँलाई हट अवतारमा प्रस्तुत गरिएको छ ।गीतमा शब्द, संगीत सोहन मानन्धरको रहेको छ । भिडियोलाई सोहन मानन्धर र उदय पौडेलले निर्देशन गरेका हुन् ।
भिडियो :-





via IFTTT

बिद्यार्थी हरु को अन्तर्निहित प्रतिभा लाइ प्रष्फुटन गराउने उद्देश्य ले इन्टर स्कुल डन बस्को रनिङ्ग फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ l 
मर्निङ्ग स्टार बोर्डिङ्ग स्कूल ले आयोजना गरेको उक्त कार्यक्रममा छात्र र छात्रा तर्फ को रोमाञ्चक खेल भएको थियो l पुर्वाञ्चल का विभिन्न स्कुल हरु को उत्साहजनक उपस्थिति रहेको थियो l सुनसरी को चक्रघट्टि मा भएको खेल मा छात्रा तर्फ श्री आदर्श उच्च मा बि तित्रिगाछी बिजयी भएको थियो भने छात्र तर्फ आयोजक टीम मर्निङ्ग स्टार बोर्डिङ्ग स्कुल ले नै सुन्य का बिरुद्द दुई गोल ले बिजय हासिल गरेको छ l 
गएको वर्ष बाट सुरु भएको यो प्रतियोगिता ले फेरी पनि निरन्तरता पाउने आयोजक को भनाई छ l सनिबार सम्पन्न उक्त खेल मा पुर्वाञ्चल का बिसिष्ठ अथिति हरु को बाक्लो उपस्थिति रहेको थियो भने एरिना टेलिभिजन बाट खेल को प्रत्यक्ष प्रसारण गरिएको थियो l 
हेर्नुस उक्त खेल भई रहदा डि थ्री को क्यामेरा मा कैद भएका ४० तस्बिरहरु :




via IFTTT

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.