June 2016

एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभदरमा ‘डेटा’ सेवाको उपयोग गर्नसक्ने भएका छन् ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि इन्टरनेट सेवा करबाहेक १० पैसा प्रतिएमबीसम्म प्रयोग गर्न सकिने गरी ‘नाइट डेटा प्याक’ ल्याएको छ ।

कम्पनीले विज्ञप्ति जारी गरी यही बुधबार (असार १५)बाट सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक ‘नाइट डेटा प्याक’ खरिद गरी रातको १० बजेदेखि बिहान ६ बजेसम्म अझ सुलभदरमा डेटा सेवाको उपयोग गर्नसक्ने जनाएको छ ।

४० एमबी डेटा रहेको दैनिक नाइट डेटा प्याक ग्राहकले रु ८ मा खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । 

फेसबुकसहितका सोसल मिडियामा अहिले लाइभ स्टि्रमिङ निकै लोकप्रिय छ । सुरुमा ट्वीटरको स्वामित्वमा रहेको परिस्कोपले यस्तो सुरुवात गरेको भएपनि त्यसपछि सुरु गरेको फेसबुक लाइभ स्ट्रिमिङको दौडमा धेरै अगाडी पुगिसकेको छ ।
भिडियो कन्टेन्टमा फेसबुकबाट ठूलो चुनौतीको सामना गरिरहेको गुगल स्वामित्वको युट्युबले अब मोबाइलबाटै लाइभ स्ट्रिमिङ सुविधा सुरु गरेको छ ।
बिहीबार युट्युबले आफ्नो अफिसिय ब्लगमार्फत मोबाइल लाइभ स्ट्रिमिङ ल्याएको घोषणा गरेको छ । योसँगै युट्युवको आइओएस र एन्ड्रोइड एपमा नयाँ अपडेट आउने छ ।
उसो त युट्युबले लाइभ स्ट्रिमिङ सुरु गरेको २०११ मा नै हो, जुन हजारौं पटक प्रयोग भइसकेको छ । तर, यो सुविधा वेबसाइटमार्फत् मात्र थियो, मोबाइल एपबाट सिधै लाइभ गर्न सकिने सुविधा थिएन । अब भने युट्युबले आफ्नो एपमै लाइभ स्ट्रिमिङ सुविधा ल्याएको छ, जसलाई उसले लाइभ स्ट्रिमिङमा नयाँ अध्यायको सुरुवात भनेको छ ।
यसका लागि तपाइँले कुनै नयाँ एप इन्स्टल गर्नु पर्दैन, मौजुदा युट्युब एपलाई अपडेट गर्नुहोस् । अब नयाँ एप स्क्रिनको दायाँपट्टी लाइभ बटन देख्न सक्नुहुनेछ । त्यो क्लिक गरी फोटो खिचेर थम्नेल इमेज राख्नुहोस् र लाइभ सुरु गर्नुहोस् । युट्युब लाइभमा आफ्ना फ्यानसँग रियलटाइम च्याट पनि गर्न सकिन्छ । साथै लाइभ भिडयो सर्च पनि गर्न सकिने छ ।
कहिलेबाट उपलब्ध हुनेछ ?
युट्युबले लाइभ भिडियो स्ट्रिमिङको प्रतिस्पर्धामा प्रवेश गर्ने घोषणा गरे पनि सवै प्रयोगकर्ताका लागि यो सुविधा कहिलेबाट उलपब्ध हुने भन्ने खुलाएको छैन् । उसको ब्लग पोष्टमा केवल चाँडै सवैका लागि उपलब्ध हुने भनिएको छ, तर मिति तोकिएको छैन् ।
तत्कालका लागि यो सुविधा केही उसका भिडियो कन्टेन्ट उत्पादक साझेदारका लागि उपलब्ध छ । परिक्षणपश्चात यो सुविधा सवै प्रयोगकर्तालाई उपलब्ध अनुमान छ ।

हुनत दुनियाकै सबैभन्दा सस्तो स्मार्टफोन हात पार्नु सजिलो छैन । तर यदि फ्रिडम २५१ नाम गरेको यो स्मार्टफोन खरीद गर्न सकियो भने त्यो ठूलै उपलब्धी हुनेमा शंका छैन । किनकी यसको मूल्य २ सय ५१  भारतीय रुपैयाँ मात्र हो । भारतीय कम्पनी रिंगिङ बेल्सले उत्पादन गर्न लागेको यस स्मार्टफोन देख्दा आइफोन फाइभ जस्तै लाग्छ ।
मूल्यसँग यसका फिचरहरु तुलना गर्ने हो भने यो स्मार्टफोन सित्तैमा पाएजस्तो लाग्नेछ । दुइवटा क्यामरा, ४ इनचको स्त्रिmन, १ जिबी र्याम, ८ जिबी इन्टर्नल मेमोरी जसलाई ३२ जिबीसम्म एसडीकार्ड मार्फत बढाउन सकिन्छ, क्वाडकोर प्रोसेसर तथा टिकाउ ब्याट्री यसका मुख्य विशेषता हुन् ।
पि|mडम २५१ दुइ मोडलमा उपब्ध हुँदैछ, एउटा सेतो र अर्को कालो । स्मार्टफोनका फिचर हेर्दा आइफोन फाइभ जत्तिकै शक्तिशाली लाग्छ । तर यसका दाबी गरिएका फिचरहरु परीक्षण गर्नका लागि निकै गाह्रो छ । किनकी यसमा निकै कम मात्र एप्लिकेसन छन् । क्याल्कुलेटर, म्युजिक प्लेयर, वेब ब्राउजर, इमेल आदि ।
कम्पनीका अनुसार यो स्मार्टफोनको अन्तिम मोडल जुन ३० देखि उपलब्ध हुनेछ ।
तर यो स्मार्टफोनका लागि बुकिंग गराइसकेका लाखौँ मानिसको हातसम्म यो ह्याण्डसेट कम्पनीले पूराउन सक्ने कुरामा भने धेरैले आशंका गरेका छन् । यद्यपि कम्पनीले भने अर्डर गर्ने सबेको हातमा मोबाइल पूराउने दाबी गरेको छ ।
सांसदहरुले समेत यति सस्तोमा मोबाइल उत्पादन गरेर हातमा पूराउने भन्ने कुरा ठूलो जोक भएको र यसमा अनियमितता रहेको दाबी गरेका छन् । तर कम्पनीका प्रमुख कार्यकारी मोहित गोयलले भने आफुुमाथिको ठगीको अभियाग अस्विकार गर्छन् ।
स्मरण रोहस् गत वर्षको फुब्रअरीमा कम्पनीले यो स्मार्टफोन पहिलोपटक सार्वजनिक रेको थियो । अनलाइन मार्फत मोबाइल बुकिंगका आव्हान गर्रिकामा ७ करोडले नाम दर्ता गराइसकेका छन् । र अनलाइनमा नाम दर्ता गर्दा सुरुमा कम्पनीको वेबसाइट नै क्र्यास भएको थियो ।
गत फेब्रअरीमा कतिपयलाई बाँडिएका फोनहरु चिनमा बनेका सस्तो मोडेलका स्मार्टफोन भएको पत्तो लागेपछि कम्पनी विरुद्ध मानिसहरुले आन्दोलन नै गरेका थिए । घटनापछि पुलिस र कर अधिकारीहरुले रिंगिंग बेल्सका अधिकारीसँग सोधपुछ गरे । पहिलो छलछामबाट पाठ सिक्दै कम्पनीले दोश्रोे पटक भने इमान्दारीतापूर्वक भनिए बमोजिमकै स्मार्टफोन उत्पादन गरेर बेच्दैछ ।
smartphone2कम्पनीले ताइवानबाट पाटपूर्जा मगाएर हरिद्धारस्थित कार्यालयमा जोडजाड पारेर दुनियाकै सस्तो स्मार्टफोन बनाइरहेको छ ।
यो स्मार्टफोनको लागत मूल्य ११८० भारु रहेको बताइन्छ ।
कतिपय एपहरुसँग टाइ अप गरी कम्पनीले एप निर्मातासँगबाट पैसा लिई यो स्मार्टफोनमा सोही बमोजिमका एपहरु प्रिइन्स्टल गर्नेछ । तर यति गर्दा पनि हरेक सेटमा डेढ सय भारु घाटा हुने र घाटा पूर्तिका लागि सरकारले सहुलित प्रदान गर्ने विश्वास गोयलको छ । बजारमा पठाउनका लागि २ लाख स्मार्टफोन तयारी हालतमा रहेको बताइएको छ ।
यो दुनियाको सबैभन्दा सस्तो स्मार्टफोनसँगै कम्पनीले १ सय डर मूल्य पर्ने स्मार्टफोन समेत बजारमा पठाउनेछ ।
दुनियमा अढाइ सय भारु लागतमा स्मार्टफोन उत्पादन गर्न कहीँपनि सम्भव नरहेको तथा उत्पादन लागत भन्दा निकै कम रकममा बिक्रि गर्ने घाटाको विजनेस मोडेल बुझिनसक्नुको रहेको विश्लेषकहरुको भनाई छ । अझ कम्पनीका संस्थापकहरुमा प्रविधि सम्बन्धी कुनै अनुभव नरहेको हुँदा कम्पनीे दिगो रुपमा स्मार्टफोन उत्पादन गर्न सक्नेमा धेरैले आशंका गरेका छन् ।

अनुहार र घाँटीमा चाउरी पर्दै जान थालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी घटाएर बुढ्यौलीलाई पर धकेल्ने केही घरेलु उपाय यस्ता छन्, जसलाई दिनहुँ प्रयोगमा ल्याउन सकिन्छः मेवा पाकेको मेवाको पेस्ट बनाएर अनुहार र घाँटीमा लगाउने र १५ मिनेटपछि धुने । काँक्रो काँक्रोको पेस्ट बनाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने । भुइँकटहर पाकेको भुइँकटहरको पेस्ट बनाइ अनुहारमा लगाउने र १० मिनेटपछि धुने । दूध पाउडर र मह एक कप मनतातो पानीमा चार चम्चा दूध पाउडर र दुई चम्चा मह मिसाई अनुहारमा लगाउने र सुकेपछि पखाल्ने । कागती र मह कागतीको रस र महको पेस्ट बनाई अनुहारको मसाज गर्ने र १० मिनेटपछि धुने । यसो गर्दा अनुहारको चाउरी हराउँदै जान्छ । जैतुनको तेल जैतुनको तेलले पाँचदेखि १० मिनेटसम्म बिस्तारै अनुहारको मसाज गर्ने र त्यसपछि अनुहार धुँदा पनि चाउरी कम हुँदै जान्छ । नरिवल तेल दुई चम्चा नरिवलको तेललाई मनतातो बनाएर अनुहार मसाज गर्ने गर्नाले पनि चाउरी कम हुन्छ । केरा पाकेको केराको पेस्ट बनाइ अनुहारमा लगाउने र ३० मिनेटपछि धुने । गोलभेँडा पाकेको गोलभेँडाको पेस्ट बनाई अनुहारमा दलेर १० मिनेटपछि पखाल्ने । यसले पनि चाउरी कम गर्न मद्दत गर्छ

एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । एनसेलका पि्रपेड ग्राहकले ३० मिनेट अन-नेट टक टाइम करसहित ८ रुपैयाँमा खरिद गर्न सक्छन् ।
यो भ्वाइस प्याक योजना बुधबार अर्थात असार ८ गतेदेखि लागू हुनेछ । यस योजनाअन्तर्गत एनसेलका पि्रपेड ग्राहकले ३० मिनेट अन-नेट टक टाइम रहेको भ्वाइस प्याक करसहित ८ रुपैयाँमा खरिद गर्न सक्छन् र प्याक सुचारु भएपछि करसहित २७ पैसा प्रतिमिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् ।
यो प्याकको सुविधा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म लागु हुनेछ । यो प्याक सुचारु गरेको समयबाट २४ घण्टाका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एनसेलका प्रिपेड ग्राहकले एस्टि्रक्स १७११८ ह्यास डायल गरी यो प्याक सुचारु गरी योजना अन्र्तगतको सुविधाको लाभ लिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् र पछिल्लो पटक सुचारु प्याकको आधारमा समयावधि थपिनेछ ।
‘आफ्ना पि्रपेड ग्राहकका लागि कर सहित मात्र २७ पैसा प्रति मिनेटको दरमा एनसेलको अन्य नम्बरमा कल गर्न सकिने यो आकर्षक प्याक ल्याउन पाउँदा हामी हषिर्त छौं । प्याकको समयावधि २४ घण्टा रहेकोले दिउँसोे प्याक सुचारु गरेका ग्राहकले टकटाईम बाँकी छ भने भालिपल्ट बिहान ५ बजेबाट दिउँसो सम्म पनि यो टक टाइम प्रयोग गर्न सक्छन्’ एनसेलका कर्पोरेेट संवाद विज्ञ मिलन शर्माले भने ।
प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । ग्राहकले पनि एस्टि्रक्स् ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । यो योजना ९० दिनको लागी लागु हुनेछ ।
यस अघि ल्याइएको दैनिक र साप्ताहिक भ्वाईस प्याकहरुलाई पनि एनसेलले स्थाई बनाएको छ । जसअन्र्तगत ग्राहकले दैनिक भ्वाईस प्याकमा करसहित १ रुपैयाँ र साप्ताहिक भ्वाईस प्याकमा करसहित ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने बताइएको छ ।

असार १०।  पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् ।
गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो ।
फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फलरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’मा रहेको  छ ।
डर्टमुनन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक वर्ष फलरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् ।
फनरुट्समा उनी स्पोर्टसको विद्याथीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लव, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा चारदेखि १० वर्षका खेलाडीलाई प्रशिक्षण दिन्छन् ।
गौचनले एकेडेमीबाट वार्षीक ५५ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

 सबैले बजेको कुरा गर्भवती हुनका लागि उनको पुरुषसँग शारीरिक सम्बन्ध भएकै हुनुपर्छ ।
तर अमेरिकाको फ्लोरिडामा एउटा यस्तो घटना भएको छ, जसले उल्लेखित मान्यतालाई चुनौति दिएको छ । त्यहाँ एक पौडी पोखरीमा नुहाएसँगै १६ जना किशोरीहरु गर्भवती भएका छन् ।
यी किशोरीहरु १३ देखि १७ वर्षसम्मका थिए । उनीहरु कुनै पुरुषसँग शारीरिक सम्बन्ध राखेर गर्भवती भएका होइनन् र अहिलेसम्म उनीहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका पनि छैनन् । यस्ता १६ जना भर्जिन किशोरीहरु सहवास विनै एकसाथ गर्भवती बनेसँगै त्यहाँ हंगामा नै मच्चियो।
मिडिया रिपोर्ट अनुसार यी सबै किशोरीहरु आफ्नो साथीको पूल पार्टीमा सहभागि भएका थिए । जहाँ उनीहरु जमेर पार्टी गरे र नाचगान पश्चात स्विमिंग पूलमा नुहाउन गए । मज्जाले नुहाए पनि । तर त्यसको केही समयपछि उक्त पोखरीमा नुहाए सबै १६ जना किशोरीहरु गर्भवती भएको पत्ता लाग्यो ।
यसरी पौडी पोखरीमा एकैदिन नुहाउन गएका युवतीहरु एकसाथ गर्भवती बनेको घटनाको छानविन गर्ने क्रममा उक्त पोखरीको पानीमा सुक्ष्म जाँच गरियो । त्यस क्रममा किशोरीहरुले नुहाउने बेलामा पानीमा पुरुषका जिवित शुक्रकिटहरु रहेको तथ्य पत्ता लाग्यो । तिनै शुक्रकिटहरु युवतीको यौनांगबाट भित्र प्रवेश गरी उनीहरुलाई गर्भवती बनाएको निष्कर्ष निकालियो ।
यसरी स्विमिंग पूलको पानीले महिला गर्भवती बनेको घटना यो पहिलो भने होइन । यसअघि सन् २००९ मा पोल्याण्डमा एक होटलको स्विमिंग पूलमा पौडी खेल्ने तथा नुहाउने गरेकी एक किशोरीको पनि गर्भ रहेको घटना सार्वजनिक भएको थियो ।

नेपालको समथर तराई भूमिबाट विभिन्न भौगोलिक विकटता र रोकावटलाई पन्छाउँदै रोबोटले पोखरासम्म सञ्चारका उपकरण र मुस्ताङसम्म कसरी नुन बोकेर लैजाला ?
सो जिज्ञासा पूरा गर्न रोबोट निर्माता आफूले लामो अध्ययनपछि तयार गरेका रोबोट लिएर यही असार ११ गते सैनिक प्रशिक्षण तथा तालिम केन्द्र राजदलगण लगनखेल, ललितपुरमा उत्रने भएका छन् ।
सो प्रतियोगितामा त्रिवि, पूर्वाञ्चल विवि र काठमाडौँ विवि अन्तर्गतका विभिन्न इन्जिनियरिङ अध्यययन संस्थानका नौ समूह प्रतिस्पर्धामा उत्रने आयोजक संस्था इन्जिनियरिङ अध्ययन संस्थान, प्राविधिक अनुसन्धान तथा विकास केन्द्रका छात्र निशवन ढकालले जानकारी दिए ।
नक आवट प्रक्रियामा खेलाइने सो खेलमा तीन मिनेटभित्र हरेक खेलमा हरेक रोबोटले प्रतीकात्मक रुपमा तराईबाट पोखरासम्म सञ्चारका उपकरण तथा मुस्ताङसम्म नुन बोकेर लान प्रतिस्पर्धा गर्नेछन् ।
उनले हरेक खेलमा सबैभन्दा छिटो नुनको भारी बिसाउने रोबोटले ‘सही हो’ उपाधि प्राप्त गर्ने जानकारी दिए ।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीका प्रतिनिधिलाई थाइल्यान्डको बैंककमा आगामी भदौमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा अवलोकनकर्ताका रुपमा संलग्न गराइने छ ।
‘मुस्ताङ यात्रा’ नाम दिइएको सो प्रतियोगिताले प्रविधिको विकासमा फड्को मार्ने आयोजकले विश्वास लिएका छन् ।

सुन्दर देखिन को नचाहला र । तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ ।
सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

मह
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।


ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।
केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।


चन्दन पाउडर

चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने।

बाफ लिने

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।


गोलभेँडा

गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।

अब भाइबरबाटै मनी ट्रान्सफर सुविधा हुने भएको छ। सोसल मिडियापछि अर्को  शक्तिशाली प्रोडक्टका रुपमा उदाएका म्यासेजिङ एपहरुले धेरै सुविधाहरु आफुमा समावेश गरिरहेका छन् । यसैक्रममा भाइबरले मनी ट्रान्सफर सेवा सुरु गरेको छ । हाल अमेरिकाका प्रयोगकर्ताका लागि मात्र खुला गरिएको यो सुविधाबाट प्रयोगकर्ताले २ सय मुलुकमा वेष्टर्न युनियन मनी ट्रान्सफरमार्फत् पैसा पठाउन सक्नेछन् ।
बिश्वकै सवैभन्दा ठूलो मनी ट्रान्सफर संजाल वेष्टर्न युनियनसँगको सहकार्यमा भाइबरले यो सुविधा सुरु गरेको हो । प्रयोगकर्ताले अब ४ सय ९९ डलरसम्म सिधै भाइबरबाट पठाउन सक्नेछन् । प्राप्त गर्ने मानिसले नजिकको वेष्टर्न युनियनको भुक्तानी काउन्टरबाट रकम पाउनेछन् । ५० वटा देशमा चाहिँ यसरी पठाएको पैसा सिधै बैंक अकाउन्टमा जम्मा हुने सुविधा छ ।

कम्प्युटर अपरेटिङ सिस्टम निर्माता माइक्रोसफ्टले सामाजिक संजाल लिंक्डइन किन्ने भएको छ । बिशेषगरी कर्पोरेट जगतका कर्मचारीहरुवीच लोकप्रिय सामाजिक संजाल लिंक्डइनको सम्पूर्ण सेयर माइक्रोसफ्टले खरिद गर्ने भएको हो ।
गत सोमबार दुवै कम्पनीवीच यो समझदारी भएको छ । माइक्रोसफ्टले लिंक्डइनको प्रतिसेयर १९६ डलरका दरले किन्न लागेको हो । जसअनुसार लिंक्डइनको मूल्य २६ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ ।
माइक्रोसफ्टले अक्वायर गरेपछि पनि लिंक्डइनको स्वन्तत्र अस्तित्व भने समाप्त हुने छैन् । यसका प्रमुख कार्यकारी अधिकृत जेफ वीनर कम्पनीको सिइओकै रुपमा रहनेछन् भने उनले अब माइक्रोसफ्टका सिइओ सत्य नादेलालाई रिपोर्टिङ गर्नेछन् ।
यसअघि फेसबुकले ह्वाट्सएप र इन्स्टाग्रामलाई पनि यही मोडलमा खरिद गरेको थियो ।
माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नादेलाले आफ्ना कर्मचारीलाई इमेल लेख्दै बिश्वकै ठूलो प्रोफेसनल नेटवर्क लिंक्डइन र ठूलो सफ्टवेयर उत्पादक माइक्रोसफ्टवीच भएको यो सहकार्यले अर्को अध्याय सिर्जना गर्ने बताएका छन् ।

असार २ । एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् ।
एसएलसी परीक्षाको नतिजा आउने अघिल्लो दिन बुधबार उच्च माध्यामिक शिक्षा परिषदको बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरेको हो ।
जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्याकंन स्तरीकरणको आनुसांख्यिक मान हो । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परीक्षाको पुरै नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीबाट बिहीबार सार्वजनिक गर्दैछ ।
परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए ।
विज्ञान समूह अध्ययन गर्न २ जीपीए हुनुपर्छ भने व्यवस्थापन, शिक्षा र मानविकी संकाय अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनु पर्ने छ । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको समग्रमा १.६ जीपीए हुन्छ ।
‘कुन विषय पढ्न कति ग्रेड ल्याउनु पर्ने भन्ने निर्क्यौल गरेका छौं,’ उच्चमाध्यामिक शिक्षा परिषदका उपाध्यक्ष चैतन्य शर्माले भने, ‘अनिवार्य विषयमा कम्तीमा डी प्लस ल्याउनै पर्ने हुन्छ ।’
११ मा पढ्न एसएलसीमा आठ विषयमध्ये अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञानमा कम्तीमा डी प्लस ल्याउनै पर्ने छ । अनिवार्य जनसंख्या तथा स्वास्थ्य र अरु दुई ऐच्छिक विषयमा भने डी र ई ल्याए पनि ११ मा पढ्न पाइन्छ ।
अंग्रेजी कमजोर भएका विद्यार्थीले पनि शिक्षातर्फको ऐच्छिक विज्ञानका विषयहरु अध्ययन गर्न सक्नेछन् ।
विज्ञान समूह रोज्ने विद्यार्थीले एसएलसी परीक्षामा विज्ञान र गणितमा सी प्लस ग्रेड ल्याएको हुनुपर्छ ।
कक्षा ११ को प्राविधिकतर्फ अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । यसमा पनि विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड, सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।
व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीए, गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।

खुशी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन् ।
–    संसारमा कोही पनि सम्पूर्ण अर्थात् पर्फेक्ट हुँदैन । त्यही भएर ‘मेरो चिउँडो ठूलो भयो, आँखामा दाग छ, नाक चुच्चो भयो’ जस्ता कुरामा चिन्ता नलिनुस् र ‘ममा जस्तै कुनै कुराको कमी सबैमा हुन्छ’ भन्ने कुरा सहज रूपमा स्वीकार गर्नुस् ।
–    ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस् । कपाल पातलो छ, अनुहारमा दाग छ, ओठ खुँडे छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान नदिनुस् र ऐना हेरेर मुस्कुराउनुस् । दिनहुँ यसो गर्नुभयो भने तपाईं सकारात्मक बन्दै जानुहुन्छ र खुशी पनि बन्दै जानुहुन्छ ।
–    रूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा पनि आफू कस्तो बन्न चाहन्छु भन्ने कुरालाई प्राथमकिता दिनुस् । अरूले हेभी मेकअप गरेको हेर्न चाहन्छन्, तर आफूलाई लाइट मेकअप गरेकै मन पर्छ भने आफ्नो चाहनाअनुसार चल्ने गर्नुस् । यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पु¥याउँछ, जुन खुशी रहन सहायकसिद्ध हुन्छ ।
–    तपाईंले कुनै गल्ती गर्नुभएको छ अथवा अफू र आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि त्यागिदिनुस् । यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ ।
–    लेख्ने, पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ गर्नेजस्ता सिर्जनात्मक काम गर्नुस् । सिर्जनात्मक काममा लागियो भने शरीरका नकारात्मक ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ ।
–    दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ, जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ । गहिरो सास लिँदा शरीरमा सकारात्मक भाव जगाउने खालका रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न राख्न मद्दत गर्छन् ।
पीर, चिन्ता र तनाव कसलाई हुँदैन । आफ्ना काम, घरपरिवार र समाजका कारण कति तनाव आइलाग्छन् भने कति आफ्नै कारण । खाशमा तनावले पिछै छाड्दैन कसैलाई । यसबिचमा पनि कति मान्छ हाँसिला देखिन्छन् र हँसिलो देखिने मान्छे राम्रा देखिन्छन्  । यसका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन् । 
–    चाहना बढी गर्नुभयो भने जतिसुकै पैसा साथमा भए पनि पूरा गर्न सकिँदैन । चाहना पूरा गर्न सकिएन भने दुःखी भइन्छ । त्यसैले खुशी भइरहनका लागि चाहना कम गर्नुपर्छ ।
–    कुनै उद्देश्य राखेर यसका लागि आफूलाई क्रमशः तयार गर्दै लैजानु राम्रो हो । तर, चाँडै कुनै नतिजा हासिल गर्ने महत्वाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई तनावमा राख्छ । यसले तपाईंको खुशी समाप्त पारिदिन्छ । त्यसैले बढी महत्वाकांक्षी नबन्नुस् ।
–    हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने पनि मुस्कुराउने प्रयत्न गर्नुस् । बिस्तारै यसलाई बानी बनाउन खोज्नुस् । हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ । हाँस्दाखेरि शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन पनि बढ्न थाल्छ, जसले तपाईंलाई क्रमशः खुशी बनाउँदै लैजान्छ ।

जेठ २९ दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ ।
गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो ।
‘रसुवागढी नाकाबाट हामी चीनसँग अप्टिकल फाइबरमा जोडियौं,’ नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘त्यसको सफल परीक्षण पनि भइसक्यो, अब चाँडै व्यावसायिक प्रयोग सुरु हुन्छ ।’
रसुवागढी नाका हुँदै फाइबरमार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनियाँ कम्पनी ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’ एकआपसमा जोडिएका हुन् । दुवै मुलुकका प्राविधिक टोलीले गत साता फाइबर परीक्षण गरिसकेको छ । परीक्षण क्रममा रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा सफल भएको थियो ।
पहिरोको जोखिमका कारण रसुवागढीमा जडान गरिएका उपकरण रसुवाको टिम्मुरेमा सार्नुपर्ने भएकाले यसको व्यावसायिक प्रयोगका लागि भने केही समय लाग्ने अधिकारीले बताए । ‘रसुवागढीका अरू सरकारी कार्यालय पनि टिम्मुरेमा सारिएका छन्, त्यहाँ पहिरोको जोखिम छ,’ उनले भने, ‘हामीले पनि पहिरोको जोखिम हेरेर टिम्मुरेमा उपकरण सार्नुपर्ने भयो ।'
सरकारले यसअघि दक्षिण एसियाली सूचना मार्ग (सासेक) अन्तर्गत तातोपानी नाका हुँदै चीनसँग अप्टिकल फाइबर जोड्ने योजना अघि बढाएको थियो ।
त्यसका लागि तातोपानी नाका नजिकै अप्टिकल फाइबर पुगिसकेको भए पनि चीनसँग जोडिएको थिएन । ‘गत वर्षको भूकम्पपछि दुवैतर्फ पहिरोले अप्टिकल फाइबर विस्तारलाई अवरोध गर्‍यो,’ अधिकारीले भने, ‘त्यसले गर्दा तातोपानीको योजना यता सारिएको हो ।’
चीनसँग अप्टिकल फाइबर जोड्न टेलिकमले धादिङको गल्छीबाट त्रिशूली हुँदै रसुवागढीसम्मै करिब ९० किलोमिटर फाइबर बिछ्याएको हो ।

 
अहिले हामी प्रविधिको यस्तो युगमा प्रवेश गरिसकेका छौँ जहाँ एउटा कम्प्युटरले हजारौँ मानिसहरुको काम एक्लैले भ्याइदिन सक्छ, त्यो पनि केही मिनेटमै ।
technologeविप्रो कम्पनीमा अब छिटै ३ हजार जना सफ्टवेयर इन्जिनियरले जागिर गुमाउँदैछन् । एक आर्टिफिसियल इन्टेलिजेन्स टूलले ती ३ हजार इन्जिनियरलाई विस्थापित गर्ने भएको छ ।
विप्रोका एक कार्यकारी अधिकारीले बताएअनुसार ३३ सय इन्जिनियरहरु कम्पनीबाट बाहिरिँदै छन् ।  विप्रोले ज्याभिक नामको उक्त आर्टिफिसियल इन्टेलिजेन्स टूललाई विभिनन प्रोजेक्टमा प्रयोग गर्दैछ । उक्त टूलले कम्पनीलाई ४ करोड ६५ लाख डलर मुनाफा प्रदान गर्ने अनुमान गरिएको छ ।
उक्त टूललाई यहीँ वर्ष अन्य केही ग्राहकलाई बेच्ने योजना पनि विप्रोको छ । टूलको बिक्रि मार्फत थप ६।७ करोड डलर आर्जन गर्ने लक्ष्य उसको छ । यसरी यो आर्टिफिसियल इन्टेलिजेन्स टूलमार्फत विप्रोलाई करोडौँ डलर लाभ हुने देखिएको छ ।
विप्रो मात्र यसतो कम्पनी होइन जसले पहिलोपटक एआइ टूलको प्रयोग गरेको होस् । यस भन्दा पहिले भारतको टाटा कन्सल्टेन्सी सर्भिस लिमिटेड तथा इनफोसिस लिमिटेडले पनि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्लेटर्फमको प्रयोग गरिरहेका छन् ।

तपाइँले यस्तो स्मार्टफोनकालागि कति मूल्य चुकाउन सक्नुहुन्छ, जसबाट तपाइँले अँध्यारो रातमा पनि मज्जाले शानदार तस्वीर खिच्न सक्नुुहुन्छ ?
डेनिस कम्पनी लुमिंगमले अत्यन्तै उत्कृष्ट डिजाइन तथा यूनिक फिचरका साथमा विश्वकै पहिलो यस्तो स्मार्टफोन बनाएको छ जसमा नायट भिजन क्यामरा रहेको छ । टि थ्री नामको यो क्यामराको मूल्य ७४० डलर तोकिएको छ ।
लुमिंगम टी थ्री स्मार्टफोनमा ४ मेगापिक्सेलको नाइज भिजन क्यामरा रहेको छ । जसबाट अँध्यारोमा पनि फोटो तथा भिडियो खिच्न सकिन्छ ।
यो स्मार्टफोन मरीन ग्रेड ३१६ स्टेनलेस स्टिबाट बनाइएको छ र हेार्द निकै शानदार छ । फोनमा गोरिल्ला ग्लास फोरद्धारा सुरक्षा प्रदान गरिएको छ र टिकाउपनाको लागि फाइबर ग्लास पनि राखिएको छ । स्मार्टफोन पानी तथा धूलो प्रतिरोधी रहेको बताइन्छ ।
यसमा २.२ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ भने एन्ड्रोइड सिक्स मार्समेलो अपरेटिंग सिस्टम रहेको छ । यसमा थ्री जिबीको र्याम तथा १२८ जिबीको स्टोरेज रहेको छ ।
कम्पनीको वेबसाइटमार्फत यी मोबाइल विश्वभरबाटै खरीद गर्न सकिने बताइएको छ ।

भगवान श्रीकृष्णले पवित्र ग्रन्थ गितामा भन्नुभएको छ की यस धर्तीमा गरिने हरेक राम्रो नराम्रो कर्मको फल मानिसले भोग्नुपर्छ । तर आफ्ना कर्मको फल केवल मानिसले मात्र होइन भगवानले पनि भोग्नुपर्दोरहेछ यो कली युगमा ।
भगवानले पनि आफुले गरेका गलत कर्मको लागि सजाय भोग्नुपर्छ । गलत काम गर्ने भगवानलाई कठघरामा उभ्याइन्छ अनि सुरु हन्छ आरोप प्रत्यारोपको श्रृंखला । भगवानलाई निष्कासनदेखि लिएर मृत्युदण्ड सम्मको सजायँ दिइन्छ ।
भगवानलाई नै मृत्युदण्ड दिने यस्तो अनौठो तथा अपत्यारिलो काम हुन्छ हाम्रै छिमेकी भारतमा । भारतको छत्तिसगढको बस्तर जिल्लास्थित केशकाल नगरमा भंगाराम देवीको मन्दिर छ । भंगाराम देवी मन्दिर स्थानीय धेरै गाउँको आस्थाको केन्द्रको रुपमा रहेको छ । हरेक वर्ष उक्त मन्दिरमा ठूलो मेला लाग्छ । मेलामा  स्थानीय आसपासका सबै गाउँका मानिसहरुले आ आफन्ा देवी देवता लिएर उक्त मन्दिरमा पुग्दछन् । एउटा देव अदालत खडा गरिन्छ त्यहाँ ।
उक्त अदालतमा गाउँलेहरुले देवी देवताहरुलाई प्रतिवादी बनाएर उजुरी हाल्छन् । सबै दोषी देवी देवताहरुलाई देव अदालतमा पेश गरिन्छ ।
उक्त देव अदालतको न्यायाधीशको रुपमा भंगाराम देवीको मन्दिरका पुजारी हुन्छन् । दिनभर अदालतमा मुद्धाको सुनुवाई हुन्छ र बेलुकी फैसला सुनाइन्छ । देवी देवताहरुले गाउँलेउपर गरेका अन्याय तथा अपराधकर्मको लागि सजायँ सुनाइन्छ ।
जसमा ६ महिनासम्म निष्कासन गर्नेदेखि लिएर अनिश्चितकाल सम्मका लागि निष्कासन गर्ने सम्मको हुन्छ । यति मात्र होइन, देवी देवतालाई मृत्युदण्डको सजाय समेत दिइन्छ । मृत्यु दण्डको सजायँ दिँदा भगवानको मूर्तिलाई फोडिन्छ । निष्कासनको सजाय पाउने देवी देवतालाई मन्दिरको नजिकै बनेको एक खुल्ला जेलमा छाडिन्छ ।
सजाय काटिसकेपछि ती देवीदेवताका मूर्तिहरुलाई पुनः धुमधामपूर्वक पुजा गरेर ससम्मान गाउँलेहरुले आ आफ्ना मन्दिरमा लगेर स्थापित गर्दछन् ।
देवी देवताहरुमाथि लाग्ने अधिकांस अभियोगहरु मानिसहरुका इच्छा पूरा नगरेको सम्बन्धी नै हुने गरेका छन् । बालीनालीको उत्पादन कम भएमा, घरपालुवा पशुहरुलाई रोगविमार लागेमा तथा गाउँलेहरु बिरामी परेमा वा अकालमा मरेमा पनि देवी देवताहरु विरुद्ध देव अदालतमा मुद्धा हाल्ने गरिएको छ । रोचक कुरा त के भने यो मेलामा महिलाहरुलाई भने जान निषेध गरिएको छ र जात्राको प्रसाद खान पनि दिइँदैन ।


जेस्ठ २६। बनेगोको गोलसँगै अर्जेन्टिनाले चिलीविरुद्ध दुई गोलले अघि हुँदा पनि दर्शकहरुले मेस्सी, मेस्सी भन्दै हुटिङ गर्न छाडेनन् । तर, वास्तवमा त्यहाँ एन्जल डि मारियाको नाम आउनु पथ्र्यो ।
कोपा अमेरिका अन्तरगत चिलीविरुद्धको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर मेस्सी बेन्चमा रहेपछि उनको स्थान निकोलस गेइटानले लिने चर्चा थियो । तर, खेलमा पीएसजीका विंगर मारिया छाए । उनले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिएका थिए ।
खेलपछि अन्तरवार्ताका क्रममा मारिया निकै भावुक बने । खेल सुरु हुनु केही बेर अघि मात्र उनका हजुरआमाको निधन भएको थियो ।
तर, डि मारियाले हजुरआमा गुमाउँदाको पीडालाई भुलेर अर्जेन्टिनाका लागि खेले । उनले गोल गरेपछि देखाएको टिसर्टमा लेखिएको थियो, हजुरआमा म तपाईलाई सम्झिरहने छु ।’
हजुरआमा गुमाएको अवस्थामा पनि देशका लागि खेल्नुको कारण सुनाउँदै अर्जेन्टिनी विंगर डि मारियाले भनेका छन्, ‘मैले नेशनल टिमबाट खेल्दा हजुरआमा गर्व गर्नुहुन्थ्यो ।’
खेलमा अर्जेन्टिनाले डिफेण्डिङ च्याम्पियन चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।



जेस्ठ २६।  डिफेण्डिङ च्याम्पियन चिलीलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबलमा विजयी सुरुवात गरेको छ ।
मंगलबार विहान भएकोमा आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । र, उसले अघिल्लो संस्करणको फाइनलमा ब्यहोरेको हारको बदला लिएको छ । अर्जेन्टिनालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै चिलीले कोपा अमेरिकोको उपाधि जितेको थियो ।
क्लालिफोर्नियामा भएको खेलमा अर्जेन्टिना स्टार स्ट्राइकर लिओनल मेस्सी विना मैदान उत्रिएको थियो ।
उसले ५१ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लियो । त्यसको ८ मिनेटपछि नै मारियाको पासमा बेनेगाले गोल गरे ।
खेलको अन्तिम मिनेटमा चिलीले गोल गरेपनि हार टार्न सकेन र अर्जेन्टिना २-१ गोल अन्तरले विजयी भएको छ ।

सोसल नेटवर्किंग साइट फेसबुकका सिइओ मार्क जुकरबर्गका केही सोसल मिडिया अकाउन्टहरु ह्याक भएका छन् ।
अघिल्लो हप्ता साउदी अरबका ह्याकरहरुले जुकरबर्गका टि्वटर, इन्स्टाग्राम तथा पिन्ट्रस्ट लगायतका सोसल साइटका अकाउन्ट ह्याक गरिदिएका हुन् ।
यतिमात्र होइन ह्याकहरुले जुकरबर्गका ती सोसल अकाउन्टका पासवर्ड पनि सार्वजनिक गरिदिएका छन् ।
ह्याकर्सका अनुसार जुकरबर्गको लिंक्डइन अकाउन्टका माध्यमबाट उनीहरु जुकरबर्गका अन्य सोसल अकाउन्ट ह्याक गर्न सफल भएका हुन् । जुकरबर्गको लिंक्डइनको पासवर्ड मबमबमब रहेको दाबी ह्याकरहरुको छ ।
जुकरबर्गको सोसल अकाउन्ट ह्याक गर्ने आवर माइन नामक ह्याकर समूहको टि्वटर अकाउन्टमा ४० हजार फलोअर्स छन् । उक्त समूहले जुकरबर्गको भनिएको टि्वटर अकाउन्ट ह्याक गरी टि्वट गरेका थिए:  हे मार्क हामीले तिम्रो अकाउन्ट ह्याक गरेका छौँ । तिम्रो लिंक्डइनको पासवर्ड मबमबमब हो । हामीले तिम्रो सुरक्षाको परीक्षणका लागि यसो गरेका हौँ । हामीले तिम्रो टि्वटर, इन्स्टाग्राम र पिन्टे्रेस्टमा पहुँच स्थापित गरेका छौँ । हामीसँग सिधै सम्पर्क गर ।
केही समयपछि नै उक्त समूहले उक्त टि्वट डिलिट गर्यो । जुकरबर्गले यहीँ पासवर्डबाट आफ्ना अन्य सोसल अकाउन्ट खोल्ने गरेको बताइएको छ ।
सन् २०१२ मा लाखौँ लिंक्डइन प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको थियो । भेन्चर बिट वेबसाइटको एक रिपोर्ट अनुसार ती अकाउन्टमध्ये एक जुकरबर्गको अकाउन्ट पनि थियो । जुकरबर्गको भनिएको टि्वटर अकाउन्टबाट एउटा पनि टि्वट भएको देखिँदैन । उक्त अकाउन्ट जुकरबर्गको सक्कली अकाउन्ट नभई फर्जी अकाउन्ट भएको दाबी पनि गरिएको छ ।
जुकरबर्गको भनिएको टि्वटर अकाउन्ट  @finkd सन् २००९ मा खोलिएको देखिन्छ र त्यसका ४ लाख १४ हजार फलोअर्स छन् । जबकी उक्त अकाउन्टमा अहिलेसम्म केवल १९ टि्वट मात्र गरिएको छ ।
जुकरबर्गको भनिएको पिन्ट्रेस्ट अकाउन्टमा १३ हजार भन्दा बढि फलोअर्स र ७ लाख फाइभ स्टार छन् ।

प्राय लिंगको आकार ठूलो हुँदा बढि यौन सन्तुष्टि प्राप्त हुने धारणा छ । तर स्कटल्याण्डको एडिनबर्गका मोहम्मद अबादले भने लिंग ठूलो भएकै कारण यौन सम्पर्कमा निकै दुखाइ सहनुपर्यो । ठूलो लिंगले हैरान बनाएपछि उनले शल्यक्रिया गरी लिंगको लम्बाइ घटाउने फैसला गरे । र शल्यक्रिया गरी उनको ८ इनच लामो यौनांग छोटो बनाइएको छ ।
कलमी गरेर छोट्याउनैपर्ने भएको उनको लामो यौनांग प्राकृतिक भने होइन । उनले प्रत्यारोपण गरेर लगाएको कृत्रिम लिंग हो त्यो ।
द सनको रिपोर्ट अनुसार मोहम्मद अबाद ६ वर्षको छँदा उनको दुर्घटना भयो । कार दुर्घटनामा परी उनको लिंग तथा अण्डकोषमा चोट लाग्यो । उनको लिंग कामै नलाग्ने गरी नष्ट भयो । लिंग गुमाएका अबादले सन् २०१२ मा ७० हजार पाउण्ड खर्च गरेर कृत्रिम यौनांग प्रत्यारोपण गरे । उक्त कृत्रिम लिंगको लम्बाइ ८ इन्च थियो ।
४४ वर्षका मोहम्मदले यो वर्षको सुरुमा एक यौनकर्मी महिलासँग यौन सम्पर्क गरी आफ्नो भर्जिनिटी तोडे । जुन मिडियाहरुमा राम्रैसँग चर्चा भयो । यौन सम्पर्कका दौरान उनलाई आफ्नो लिंगको आकार आवश्यकता भन्दा बढि ठूलो हुँदा पीडा महसुस हुन थल्यो । त्यसपछि उनले लिंगको आकार घटाउने फैसला गरे ।
आफ्नो यौनांग छोटो गराउने शल्यक्रिया सुरु गर्नुअघि उनले भनेका थिएः अब म धेरै पर्खिन सक्दिन ।



फेसप्याक भन्नाले अनुहारमा लगाउने लेप भन्ने बुझिन्छ । फेसियल गरी प्याक लगाउन हामी प्रायजसो ब्युटिसियनकहाँ पुग्छौं । तर, यसलाई घरमै बसेर पनि लगाउन सकिन्छ । घरमै लगाउने यस्ता प्याक हामी विभिन्न तरकारी र फलफुलको प्रयोग गरी बनाउँन सक्छौं । फेसप्याक छालाको प्रकार र समस्याअनुसार छनौट गर्नुपर्छ । तरकारी र फलफुल सबै खान हुने वस्तुहरु भएकाले कुनै साइडइफेक्ट गर्दैन । यसलाई साताको दुइ–तीन पटक प्रयोग गर्न सकिन्छ । घरमा तयार पारिएको यस्ता लेप अनुहारमा लगाएर २० मिनेटका लागि त्यसै छाडनुपर्छ र समय भएपछि सादा पानीले धुनुपर्छ ।
यसका फाइदा : घरमा तयार पारिएका यस्ता होम प्याकबाट कालोपोतो, सुख्खापन, तैलीय र छाला चाउरी पर्ने आदि हटाउन मद्दत गर्छ ।
केही टिप्स :
१. काँक्रो अथवा गाँजरको रसमा एकदेखि दुई चम्चा अण्डाको पहेंलो भाग र आधा चम्चा मह मिसाएर फेसप्याक लगाउनाले नर्मल छालाका लागि  राम्रो हुन्छ ।
२. पुदिना र तुल्सी मिसाएर प्याक लगाउँदा पनि छालाका लागि फाइदा हुन्छ ।

३. एक चम्चा ओलिभ आयलमा दुई चम्चा दुधको तर मिसाएर अनुहारमा लगाई २० मिनेट छाडिदिने र मनतातो पानीले धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ ।

४. आधा चम्चा महमा एक चम्चा दुधको तर अथवा काँचो दुध र बदामको पेष्ट मिसाएर प्याक बनाई लगाउने र मनतातो  पानीे धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ ।

५. अण्डाको सेतो भागमा २–४ थोपा कागतीको रस मिसाई प्याक लगाउनाले ओइली छाला (तैलीय छाला) लाई राम्रो हुन्छ ।

६. आवश्यकता अनुसार मुल्तानी माटोमा एक चम्चा गोलभेंडाको रस र ३–४ थोपा कागतीको रस मिसाएर प्याक लगाउँदा तैलीय छालालाई फाइदा हुन्छ ।

७. अण्डाको पहेंलो भागमा एक चम्चा जैतुनको तेल, ३–४ थोपा कागतीको रस १–४ चम्चा मह,  २–३ चम्चा गहुँको पिठो, २–३ चम्चा पाउडर दुध मिसाएर प्याक तयार गर्ने र लगाएपछि सुख्खा छालाका लागि १० मिनेट, सामान्य छालाका लागि १५ मिनेट र तैलीय छालाका लागि २० मिनेट राखी धुनुपर्छ ।

८. अण्डाको सेतो भागमा एक चम्चा पाउडर दुध र  काँक्रो मिसाएर पेष्ट बनाउने र प्याकको रुपमा प्रयोग गरी मनतातो पानीले धुनाले छालामा चमक आउँछ ।

अमेरिकाका एक पिताले बच्चालाई स्तनपान गराएको भिडियो भाइरल बनेको छ । फ्लोरिडाका क्रिस एलिनले बच्चालाई दुध चुसाएको भिडियो भाइरल बनेको हो ।  उनी दिउसभर घरै बस्छन् । त्यसैले छोरीको स्याहार सुसार गर्ने जिम्मा भने उनकै काँधमा छ । पत्नी दिउसको कार्यालय जान्छन् । छोरी रोएर हैरान हुन्छन् उनी । बारम्बार फकाउँदा पनिशान्त हुँदिनन् । आमाले झै काखमा बच्चा राख्ने प्रयत्न गर्छन् । तर बच्चा फकाउनै सक्दैनन् । त्यसपछि उनलाई एउटा उपाय फुर्छ । आफूले लगाएको एउटा भेस्ट र  सर्टमा छाती नजिकै प्वाल पारेर बोतलमार्फत दुध चुसाउछन् । त्यसपछि त बच्चाको रुवाई पनि सुन्न छोडेका छन् । आहा कति राम्रो उपाय ! ‘ममी काममा खट्नु परेकोले ड्याडीले छोरी डेस्टिनीलाई सहयोग गरिरहेका छन्, ’ प्लाष्टिकको बोतलालाई छातीमा टाँसेर दुध चुसाउदै गरेको भिडियो पोेस्ट गरेपछि उनले लेखेका छन् । ‘स्वभाविक रुपमा दुध चुसाए जस्तो देखिन्छ होइन त,’ उनले आफैलाई सोधेका छन् । उनको भिडियोलाई एक साता नबित्दै झन्डै चाल लाखले हेरेका छन् । भिडियोलाई उत्तिकै सेयर गरिएको छ । भिडियोलाई फेसबुकको ब्रेस्टफिडिङ मामा टकमा सेयर गरिएको छ । सो भिडियोलाई ७५ हजार पटक सेयर गरिएको छ । लाखौ पटक कमेन्ट गरिएको छ । दुध चुसाउने बाबुको तरिकालाई धेरै प्रशंसा गरेका छन् । कसैले व्यंग्य समेत गरेका छन् ।


संयुक्त अरब इमिरेट्स, युएइका एक धनाढ्य व्यवसायीले झण्डै आधा अर्ब रुपैयाँ खर्च गरी आफ्नो नयाँ कारमा नम्बर प्लेट हालेका छन् ।  एक विशेष नम्बर प्लेटका लागि उनले ५० लाख डलर भुक्तान गरेका हुन् ।
विशेष नम्बर प्लेट भन्ने बित्तिकै त्यो कतै हिराजडित वा सुन जस्तो महंगो धातुबाट बनेको पो थियो की भन्नुहोला । तर होइन । नम्बर प्लेट विशेष हुनुको कारण के भने उक्त नम्बर प्लेटमा केवल एउटा अंक छ । त्यो हो एक । उक्त नम्बर प्लेट लिलामी गर्ने कार्यालयले सोँचेभन्दा बिस गुणा बढि मूल्यमा नम्बर प्लेटको लिलामी भएको हो ।
कार भन्दा कैयौँ गुणा बढि मूल्य तिरेर नम्बर प्लेट खरीद गर्ने धनाढ्य आरिफ अहमद अल जरौनीले आफ्नो महत्वाकांक्षा सधै नम्बर वान बनिरहने रहेको बताएका छन् ।
यसभन्दा पहिले सन् २००८ मा नम्बर एक वाला कार प्लेट झण्डै दुइ करोड ३० लाख रुपैयाँमा बिकेको थियो ।

गत शनिवार युएइमा भएको लिलामीमा सो सँगै अन्य ६० वटा लोकपि्रय नम्ब प्लेट राखिएको थियो । जसमा १२, २२, ५०, १००, ३३३, ७७७, १०००, २०१६, २०२०, ९९९९९ जस्ता नम्बर प्लेट थिए । सबै नम्बर प्लेटको लिलामीबाट एक करोड ३६ लाख डलर रकम प्राप्त भएको छ ।

  
प्रिमियम स्मार्टफोन उत्पादक चिनियाँ कम्पनी हुवेइले नेपालमा बिक्रि हुने ९ वटा मोडलको मूल्य घटाएको छ ।
हुवेईको पछिल्लोपटक सार्वजनिक भएको मेट ८ मोडलको स्मार्टफोनले बिक्रिमा किर्तिमान राखेको उपलक्ष्यमा मूल्य घटाइएको बताएको छ ।
चार महिनाअघि मात्रै साउथ इष्ट एशियाली बजारमा मेट ८ मोडल सार्वजनिक गरिएको थियो । त्यसयता ‘मेट ८’को ग्लोबल बिक्रि ४० लाख पुगेको हुवेइले जनाएको छ ।
‘ग्राहकवर्गले हामीलाई दिनुभएको माया र साथप्रति सम्मान ब्यक्त गर्न मूल्य घटाउने निर्णय गरेका हौं’ हुवेइले भनेको छ । सन् २०१५ मा सार्वजनिक भएको पी ८ मोडलका स्मार्टफोन करिव ५० लाख र मेट ७ स्मार्टफोन ७० लाख थान ग्लोबल सिपमेन्ट भएको कम्पनीले जनाएको छ ।
दुई बर्ष अगाडीमात्र नेपाली बजारमा प्रवेश गरेको हुवेइले छोटो समयमै नेपाली उपभोक्ताको ध्यान तान्न सफल भएको छ । हुवेइले हाल कोरियाली स्मार्टफोन उत्पादक सामसुङसँग नेपाली बजारमा प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालमा ९ मोडलका स्मार्टफोनको मूल्य घटाइ निम्नअनुसार कायम गरिएको छ।   

विभिन्न बहुमुल्य धातु जडित फोन भन्दा पनि यो स्मार्ट फोन बेग्लै किसिमको छ।  आम प्रयोगका सामान्य फोनहरुको मूल्य भने सामान्य मानिसले पनि खरीद गर्नसक्ने स्तरको रहँदै आएको छ । तर इजरायलको एक स्टार्टअप कम्पनीले भने हालै सामान्य मानिसले आँट्न नसक्ने तर आम प्रयोगका लागि लक्षित गरी दुनियाकै अहिलेसम्मकै महंगो स्मार्टफोन बनाएको छ ।
इजरायली कम्पनी सिरिन ल्याब्सले विश्वको सबैभन्दा महंगो स्मार्टफोन सोलारिन सार्वजनिक गरेको हो । यो स्मार्टफोन एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने बहुमुल्य फोन हो । यसको मूल्य १४ हजार अमेरिकी डलर अर्थात् झण्डै १५ लाख रुपैयाँ रहेको छ ।
रोल्स रोयस अफ स्मार्टफोन उपमा दिइएको यो स्मार्टफोन हालै लण्डनमा आयोजित एक समारोहका बीच सार्वजनिक गरियो । स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा हलिउडका चर्चित कलाकारहरु लियोनार्दो डिक्यापि्रयो तथा टम हार्डी लगायतका चर्चित कलाकार उपस्थित थिए ।
आफ्नो मूल्य जस्तै यो स्मार्टफोनको वजन पनि अलिक बढि छ । यो स्मार्टफोनको वजन २५० ग्राम रहेको छ । यो स्मार्टफोनमा अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक गोपनीयता तथा स्ामर्टफोन सुरक्षाको प्रविधि प्रयोग गरिएको दाबी गरिएको छ । यो स्मार्टफोन तिन रंगमा उपलब्ध छ । यो स्मार्टफोनका अन्य फिचर्स निम्नानुसार छन्ः
५.५ इनचको आइपिएस डिस्प्ले, टू के रिजोलुसन
२३.८ मेगापिक्सेलको मुख्य तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा
४ जिबी र्याम तथा १२८ जिबी स्टोरेज
चिप टू चिप २५६ बिट एन्त्रिmप्सन । यो त्यस्तो प्रकारको कोडिंग हो जुन प्रकारले सेनाहरु आफ्नो संचारलाई सुरक्षित राख्न प्रयोग गर्दछन् ।
फिजिकल स्विचका माध्यमबाट एक्टिभेट हुने
क्वालकम स्नापड्रागन ८१० प्रोसेसर
४०४० मिलिएम्पियर आवर क्षमताको ब्याट्री


जेठ २४ । कोपा अमेरिका फुटबलअन्तर्गत आज बिहान भएका खेलमा मेक्सिको र भेनेजुएला विजयी भएका छन् ।
मेक्सिकोले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेलाई ३–१ ले हराएको हो । खेलको चौथो मिनेटमै उरुग्वेका अल्भारो परेराले आत्माघाती गोल गरेपछि मेक्सिकोले मध्यान्तरसम्म १–० को अग्रता लिएको थियो ।
४५ औं मिनेटमा उरुग्वेका माटियास भेसिनो दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उरुग्वे १० जनामा समेटियो । ७३ औं मिनेटमा मेक्सिकोका होजे ग्वार्डाडोले दोहोरो पहेंलो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएको थियो ।
७४ औं मिनेटमा उरुग्वेका गिएडो गोडिनले गोल गर्दै टोलीलाई खेलमा फर्काए । तर अन्त्यतिर मेक्सिकोका राफेल माक्र्वेज र हेक्टर हेरेराले एक–एक गोल थपेपछि मेक्सिको ३–१ ले विजयी भएको हो ।
कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न अर्को खेलमा भेनेजुएलाले जमैकालाई १–० ले हराएको छ । खेलमा भेनेजुएलालाई विजयी गराउन होसेफ मार्टिनेजले १५ औं मिनेटमा निर्णायक गोल गरे ।
२४ औं मिनेटमा जमैकाका रोडोल्फ अष्टिनले रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.