January 2015


टि्वटर प्रयोगकर्ताले अब टि्वटरमा ग्रुप च्याट गर्नुका साथै भिडियो रेकर्डिङ र शेयरिङ गर्न सक्ने भएका छन् । टि्वटरले हालै ग्रुप च्याटिङका साथै ३० सेकेण्ड सम्मको भिडियो रेकर्ड र शेयर गर्न सकिने फिचर्स थप गरेको छ ।
टि्वटरका प्रडक्ट डाइरेक्टर जिनेन कमडरका अनुसार टि्वटरको ग्रुप च्याटिङ फिचरमा कुनैपनि फलोअर सँगबाट च्याट सुरु गर्न सकिन्छ, चाहे उसलाई फलो गरिएको होस् वा नहोस् । एक ग्रुप च्याटमा २० जना सम्म मानिसलाई सहभागी गराउन सकिन्छ ।
यसका साथै टि्वटरको स्मार्टफोन एपमा भिडियो खिच्ने, इडिट गर्ने र शेयर गर्ने फिचर समेत थपिएको छ । यो फिचरको सहायताले ३० सेकेण्ड सम्मको भिडियो रेकर्ड गरि शेयर गर्न सकिन्छ ।
यसअघि भाइन एपको सहायताले टि्वटरमा ६ सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिन्थ्यो । टि्वटरका अनुसार अब केही ट्याप मै भिडियो शेयर गर्न सकिनेछ र यसका लागि एपभन्दा बाहिर जानुपर्दैन । तत्कालका लागि यो सुविधा आइफोन प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।
छिटै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताको लागि पनि यो सुविधा उपलब्ध गराइने टि्वटरले जनाएको छ । टि्वटरका अनुसार छोटो समयमै यो फिचर्स सबै टि्वटर प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ 

विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकले पछिल्लो एक वर्षमा कम्पनीको मुनाफा दोब्बरले वृद्धि गर्न सफल भएको छ । फेसबुकले आफ्ना प्रयोगकताको संख्यामा समेत सन्तोषजनक वृद्धि गरेको रिपोर्टले देखाएको छ ।

वर्ष सन् २०१४ को अन्तिम त्रैमासिकमा फेसबुकले ७० करोड १० लाख अमेरिकी डलर मुनाफा कमाएको छ । यो सँगै फेसबुकको सन् २०१४ को वाषिर्क मुनाफा २ अर्ब ९० करोड पुगेको छ । जुन सन् २०१३ को भन्दा दोब्बरले बढि हो ।
फेसबुकले सन् २०१४ को चौथो त्रैमासिकमा आर्जन गरेको मुनाफा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले बढि हो ।
यो अवधिमा फेसबुकको विज्ञापनबाट आउने राजश्वमा ५३ प्रतिशतले वृद्धि भएको छ । फेसबुकको विज्ञापनिक राजश्व मध्ये ७० प्रतिशत मोबाइल विज्ञापनबाट आउने गर्दछ ।
फेसबुकले मुनाफामा मात्र होइन आफ्ना प्रयोगकर्तामा समेत सन्तोषजनक वृद्धि गर्न सफल भएको छ । फेसबुकको प्रयोगकर्ताको संख्या १ अर्ब ३९ करोड पुगेको छ । जुन अघिल्लो वर्षको भन्दा १३ प्रतिशतले बढि हो ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले सन् २०१४ मा फेसबुकले धेरै उपलब्धी हासिल गरेको बताए ।

 कुनैपनि महिलाले छोरी पाउन के गर्नुपर्ला ? गर्भाधारण वा धर्मपुत्री स्विकार । तर एक जना महिलाले भने छोरी पाउनका लागि खुल्ला विज्ञापन नै प्रकाशन गरेकी छिन् ।
घटना चीनको हो । पेशाले डाक्टर रहेकी र सम्पत्तिको रुपमा एउटा क्लिनिक र चारवटा घर समेत रहेकी एकजना महिलाले आफ्नो छोरी बन्नका लागि योग्य महिलाहरुलाई आवेदन आह्वान गरेकी छिन् ।
पुर्वी हेनान प्रान्तको झेंगझोउ सहरस्थित एक रोजगार केन्द्र नजिकै टाँस गरिएको उनको सार्वजनिक विज्ञापन अनुसार ती ६८ वर्षकी सन्तानवीहिन महिलाको छोरी बन्ने चाहना भएका ४० वर्ष मुनिका जो कोही ‘दयालु’महिलाले आवेदन गर्न सक्नेछन् ।
लिउ गुइलिङ नामकी ती महिलाको छोरी बनेर उनको स्याहार गर्ने महिलाले उनको अपुताली समेत खान पाउने अर्थात् सबै सम्पत्ति पाउन सक्नेछिन् ।  समाचार अनुसार ती महिलाका श्रीमान पक्षाघातका रोगी छन् र ओछ्यानमा परेका छन् । त्यसैले उनको छोरी बन्नेको ती बाउको समेत स्याहार गर्नुपर्नेछ ।
सन्तान नभएकी महिलाले बुढेशकालमा सहाराको लागि छोरीको विज्ञापन गरेको यो खबरलाई चिनिया सोसल मिडियामा निकै दुखद घटनाका रुपमा लिइएको छ ।
कतिपयले बुढी महिला हुनु निकै कठीन रहेको र अझ त्यसमा डाक्टर हुनु झनै कठीन रहेको बताएका छन् । मानिसहरुले अलिकति मायाको अपेक्षा गर्ने र ती महिलाले पनि सोही अपेक्षा गरेको भन्दै ती महिलाको सम्पत्तिको लोभ नगर्न कतिपयले आग्रह गरेका छन् ।
कतिपयले भने छोरीका लागि विज्ञापन गर्ने यस्तो शैलीको खिल्ली उडाएका छन् । पराइ महिलाले आफ्नो छोरीले जस्तो स्याहार गर्छ भन्ने विस्वास गर्न नसकिने कतिपयको तर्क छ ।
सामाजिक संजालमा केही पुरुषहरुले भने छोरी मात्र बनाउने हो की छोरा भएपनि हुने हो ? भनेर प्रश्न गरेका चिनिया वेबसाइटहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

 नियमित अण्डा खाने महिलालाई ४४ प्रतिशत स्तन क्यान्सरको संभावना कम हुन्छ । आँखाको लागि पनि अण्डा निकै राम्रो मानिन्छ । दैनिक एउटा अण्डा खानाले आँखामा कैरोटिनायड् हँुदैन । ल्यूटिन र जीजेथीन नामक तत्वले कैरोटिनायड्स निर्माण हुन्छ । यो तत्व अरूमा भन्दा अण्डामा बढी हुन्छ । दैनिक एउटा अण्डाले मोतियाबिन्दुको खतरा पनि कम हुन्छ । एउटा अण्डामा ६ ग्राम भन्दा बढी प्रोटिन र शरीरलाई आवश्यक ९ ग्राम अमिनो एसिड पाइन्छ । नियमित अण्डाको सेवनले हर्ट स्ट्रोक वा हर्ट अट्याकबाट पनि बचाउँछ । एउटा अण्डामा ३ सय माइक्रोग्राम केओलिन हुन्छ । केआलिनले दिमाग, मुटुको धमनी क्रियाविधिलाई सुचारु राख्न मद्दत गर्छ ।  अण्डाले कोलेस्ट्रोल पनि बढ्न दिँदैन । अण्डामा भिटामिन डि को मात्रा पनि बढी हुन्छ । अण्डा नङ्गको लागि पनि राम्रो मानिन्छ । 

तौल पनि घटाउन र स्वस्थ पनि रहन दैनिक शारीरिक व्यायाम नै पहिलो अस्त्र हो । तौल घटाउन क्यालोरी कम खाने र क्यालोरी धेरै खर्च गर्नुपर्छ । तौल घटाउन सन्तुलित आहार र व्यायामको तालमेल मिल्नुपर्छ । यसबाहेक सुन्तला पनि तपाईका लागि तौल घटाउने माध्यम बन्न सक्छ । तर सुन्तला तौल घटाउने बिकल्प भने होइन । एउटा सुन्तलामा ६० देखी ७० क्यालोरी शक्ति हुन्छ । सुन्तलामा पाइने घुलनशील फाइबरले तौल घटाउन मद्धत गर्छ । यसमा पाइने फाइबरले भोक पनि कम गर्छ ।

१. के गर्भधारणका लागि अग्र्याज्म (चरम आनन्द) आवश्यक छ ?

आवश्यक छैन । एक अनुमानअनुसार ८० प्रतिशत महिला सेक्सका दौरान अग्र्याज्मको अनुभव गर्दैनन् । तर, यसका बाबजूद महिलाहरु गर्भवती हुन्छन् ।
२. के ओरल सेक्सका कारण गर्भधारण हुने सम्भावना कम हुन्छ ?
हुँदैंन । तर, अण्ड उत्पादनका दौरान ओरल सेक्सबाट बच्नुपर्छ । रयाल  एक किसिमको एन्जाइम हुन्छ, त्यसले वीर्यलाई नोक्सान पुर्यौन  सक्छ ।

३. गर्भ बस्नका लागि कतिपटक सेक्स गर्नुपर्छ ?

वीर्य राम्रोसंग निस्कनका लागि हप्तामा तीनदेखि चरपटकसम्म सेक्स गर्नु आवश्यक हुन्छ । तीन र चार दिनसम्म वीर्य जिउँदो रहन्छ  । यसका लागि नियमत सेक्स आवश्यक हुन्छ । यसबाट गर्भधारणको सम्भावना पनि प्रबल हुन्छ ।

४. गर्भधारणका लागि सबैभन्दा उपयुक्त सेक्स पोजिसन कुन हो ?

गर्भधारणका लागि महिलाहरु कसरी वीर्य योनिको भित्र पुग्छ भन्नेबारेमा चिन्तित हुन्छन् भने पुरुषहरु उपयुक्त सेक्स पोजिसनको खोजीमा हुन्छन् । तर, यथार्थ के हो भने गर्भधारणका लागि यी चिजबाट कुनै फरक पर्दैन । कुनै पनि पोजिसनमा सेक्स गर्न सकिन्छ, जुन सहज होस् र आनन्दको अनुभूति देओस् ।

५. के तपाईं गर्भवती हुनका लागि बढी सेक्स गर्नुहुन्छ ?

अधिकांश महिला धेरै सेक्स गर्नाले वीर्यको उपलब्धता घटाइरहेको छ या वीर्यको गुणस्तरीयतालाई प्रभावित गरिरहेको छ भनेर चिन्तित हुन्छन् । तर, यदि पुरुष आफ्नो वीर्यलाई स्टोर गर्छ भने धेरै मात्रामा पनि बाहिर आउँछ । सेक्सका दौरान धेरैमात्रामा पुरुष र महिलाको प्रजनन क्षमतायुक्त हर्मोन आउँछ । यदि गर्भधारण गर्ने मन छ भने बढीमात्रामा सेक्स गरेकै राम्रो हुन्छ ।

६. के सेक्सका दौरान लुब्रिकेन्ट्स या जेल उपयोग गर्नु आवश्यक हुन्छ ?

सकेसम्म लुब्रिकेन्ट्स प्रयोग नगरेकै राम्रो । जुन महिला योनि सुख्खा हुने समस्याबाट पीडित हुन्छन्, तिनीहरुका लागि जेल या लुब्रिकेन्ट्सको प्रयोगविनाको सेक्स सम्भव नै हुँदैन । यदि प्रयोग गर्नै परे सुरक्षित लुब्रिकेन्ट्स प्रयोग गर्नुपर्छ,जसले शुक्राणुलाई बाधा नपु¥याओस् र अण्डासम्म पुग्न कुनै समस्या नहोस् ।

७. के गर्भधारणका लागि उत्तेजना जरुरी हुन्छ ?

पुरुषमा टेस्टोस्टेरोन बिहानको समयमा निर्मित हुन्छ । टेस्टोस्टेरोनको मात्रा सबैभन्दा बढी उपलब्ध हुन्छ भने त्यस्तो अवस्थामा वीर्य स्वस्थ हुन्छ ।

८. के सेक्समा कतिबेर टिकिन्छ भनेर चिन्तित हुनुपर्छ र ?

पुरुषहरु अक्सर आफ्नो सेक्स पर्फमेन्सलाई लिएर चिन्तित हुन्छन् । कतिबेर टिक्ने, कति वीर्य उत्पादन गर्ने, लिंगको साइज कत्रो हुने भन्ने जस्ता कुराले स्वस्थ बच्चाका लागि कुनै अर्थ राख्दैन ।

 के तपार्इंको पारिवारिक जीवन सुखी छैन ? श्रीमान् श्रीमतीबीच दिनहुँजसो बेमेल र  झगडा हुन्छ ? यस्ता समस्या छन् भने पक्कै पनि मानसिक तनाव बढ्छ । यो तनावले बिस्तारै वैवाहिक जीवन नै तहसनहस हुन पनि सक्छ । तपाईंको परिवारमा यस्तो समस्या छ भने त्यसको समाधान तपार्इंसँगै छ, त्यो हो यौन । बैवाहिक जीवन सुखमय बनाउन र एक अर्कामा सुमधुर सम्बन्ध राख्ने यौनसम्पर्क सरल उपाय हो ।  यौन मानव जीवनकालागि भौतिक वा शारीरिक मात्र होइन, मानसिक सुख पनि हो । यौनले दम्पत्तिलाई भावनात्मक रुपमा नजिक ल्याउँछ । कतिपय मानिसको बैवाहिक जीवन यौनकै कारणले सम्बन्ध बिच्छेदकै हदसम्म पुग्छ । लामो समय यौन सम्पर्क नगर्दा महिलालाई माया नगरेको अनुभूति हुन्छ भने पुरुषलाई भावनात्मक रूपमा टाढिएको अनुभूति हुन्छ । यो मनमुटाव बढ्दै गयो भने यो समस्याबाट मुक्ति पाउन गाह्रो हुन्छ । यस्तो समस्याबाट मुक्ति पाउन यी  उपायहरू फलदायक हुन सक्छन् ।

पुरुषले के गर्ने ?

एकान्तमा हुँदा श्रीमतीलाई चुम्बन गर्ने, अंकमाल गर्ने ।
सँगै हुँदा तनाव नलिने ।
श्रीमतीसँग उसमा इच्छा र आकांक्षाबारे खुलेर कुरा गर्ने  ।
सोचेर मात्र श्रीमतीको प्रश्नको उत्तर दिने, झर्केर कुरा गर्दा समस्या झन् बढ्न सक्छ ।
यौन सम्पर्कभन्दा अगाडि मायाप्रेमका कुरा गर्ने, फोर प्ले गर्ने
आरामले सेक्स गर्ने ।
सेक्स गर्नेबित्तिकै ननिदाउने, केहीबेर कुरा गर्ने ।

महिलाले के गर्ने ?

यौन साथीलाई मनपर्ने खाना खुवाउने ।
यौन साथीले भन्दा अगाडि फोर प्ले शुरु गर्ने ।
यौन साथीको नजिक बस्ने, खुसी हुने ।
यौन साथीलाई मन नपर्ने कपडा नलगाउने  ।
यौन साथीका क्रियाकलापलाई सकारात्मक रूपमा लिने  ।
मुख गन्हाउने समस्या छ भने सेक्स गर्नुभन्दा अगाडि ब्रस गर्ने ।
शरीर पसिनाले गन्हाएको छ भने नुहाउने वा परफ्यूम प्रयोग गर्ने ।
भविष्यको योजनाबारे कुरा गर्ने ।
यौन सम्पर्कपश्चात टाढा नभाग्ने ।

 मिडियामा केही वर्षअघिसम्म झाडापखाला, औलो र इन्सेफलाइटिस जस्ता सर्ने रोगको महामारी नै फैलिएको खबर छाउँथ्यो । ठूला अस्पतालको ओपीडीदेखि शय्याहरूमा पनि सर्ने रोगका बिरामीहरू भेटिन्थे, ब्रगेल्ती । तर, अहिले समयले कोल्टो फेरेको छ । मिडियामा क्यान्सर, मधुमेह, उच्च रक्तचाप, हृदयाघात, मिर्गौला फेलजस्ता समाचारले स्थान लिएका छन् । यी रोगको उपचारका लागि अस्पतालका ओपीडी, शय्यादेखि औषधि पसलमा लाग्ने भीडहरूले नसर्ने रोगको बढ्दो अवस्थाको दृश्य प्रस्तुत गर्छन् ।  आजभोलि उपचारका लागि आउने यस्ता भीडका अधिकांश बिरामी मुटु रोग, क्यान्सर, मधुमेह र श्वासप्रश्वासजस्ता नसर्ने रोगका भेटिन्छन् ।
 स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अस्पतालका ओपीडीमा पुगेका बिरामीमध्ये ८१ दशमलव ५ प्रतिशत र तीमध्ये अन्तरंग सेवा लिने ८८ प्रतिशत नसर्ने रोगका बिरामी छन् । मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार नसर्ने रोगको रोकथामका कार्यक्रम सघन रूपमा अगाडि नबढाउने हो भने नेपालजस्तो विकासोन्मुख मुलुकका लागि यही कुरा अभिशाप बन्नेछ । रेग्मी भन्छन्, ‘नसर्ने रोगको उपचार महँगो हुने र आजीवन औषधि सेवन गर्नुपर्ने भएकाले सामान्य आय भएका व्यक्ति र राज्यले पनि उपचार धान्न सक्दैनन् ।’

स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. प्रवीण मिश्र भन्छन्, ‘कुनै परिवारमा एक सदस्यलाई मात्रै पनि नसर्ने रोग लाग्दा सम्पन्न परिवारसमेत गरिब बन्छ ।’ धेरै नसर्ने रोगहरूमा वंशाणुगत कारण पनि जोखिम बन्ने भएकाले परिवारै खतरामा रहन्छ । नेपालमा हुने कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाएको छ । यो दर सन् २००२ मा ४२ प्रतिशत मात्रै थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष डा. चोपलाल भुसालका अनुसार रोगको प्याटर्न हेर्दा नसर्ने रोगको भयावह तस्बिर देखिन्छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये सरुवा रोग, कुपोषण, मातृ तथा बालमृत्यु दरसमेत हिसाब गर्दा ४२ प्रतिशत मात्र छ भने दुर्घटना एवं चोटपटकबाट ७ प्रतिशत मृत्यु दर छ । र, बाँकी ५१ प्रतिशत मृत्युको कारण नसर्ने रोग बनेको छ । जसमा मुटु एवं रक्तनलीसम्बन्धी रोगबाट २५, क्यान्सरबाट ११, श्वासप्रश्वाससम्बन्धी रोगबाट ५, मधुमेहबाट २ र अन्य नसर्ने रोगबाट ८ प्रतिशतको मृत्यु हुन्छ ।
संगठनले सन् २०११ मा प्रकाशन गरेको तथ्यांकअनुसार विश्वभर बर्सेनि हुने ५ करोड ७० लाख मृत्युमा ३ करोड ६० लाख मानिसले नसर्ने रोगबाट ज्यान गुमाउने गरेका छन् । विश्वमा हुने सम्पूर्ण मृत्युमा नसर्ने रोगको यो भार ६३ प्रतिशत हो । नसर्ने रोगका कारण विश्वभर ६० वर्षभन्दा कम उमेरमा ९० लाखको मृत्यु हुन्छ । नसर्ने रोगको विकराल असर कम विकसित र अल्पविकसित मुलुका परेको छ । यस्ता देशहरूमा कुल नसर्ने रोगबाट हुने मृत्युको करिब ८० प्रतिशत भार पर्छ । विश्व स्वास्थ्य संगठनको नयाँ प्रक्षेपणअनुसार सन् २०२० सम्म अफ्रिकामा सबैभन्दा धेरै मृत्यु नसर्ने रोगको कारण हुनेछ ।
नेपालमा नसर्ने रोगका प्रमुख कारणमा उच्च रक्तचापबाट २१ दशमलव ५, मधुमेहबाट १०, मोटोपनबाट ७ दशमलव २, सुर्तीजन्य पदार्थको सेवनबाट २३ दशमलव ५, रक्सीको नियमित सेवनबाट २८ दशमलव ५ प्रतिशत छ । क्यान्सर ५० प्रतिशत क्यान्सरको कारण धूमपान हो । नसर्ने रोगका सबै जोखिमलाई पहिले नै निदान गर्ने हो भने धेरै समस्याबाट जोगिन सक्ने भए पनि उपयुक्त चेतनाको अभावमा मृत्युदर बढ्दो क्रममै रहेको उपाध्याय बताउँछन् । ‘यस्ता नसर्ने दीर्घ रोगको जोखिमका कारणहरूलाई हटाउने हो भने एक तिहाइ मुटुरोग, स्ट्रोक र टाइप टु मधुमेहका समस्या र ४० प्रतिशतसम्म क्यान्सरको समस्या निदान हुन्छ,’ सचिव डा. मिश्र बताउँछन् ।
नसर्ने रोगबाट हुने कुल मृत्युको ८० प्रतिशत मृत्युदर विकासोन्मुख मुलुकमा रहेको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि लिङ अङको भनाइ छ । उनका अनुसार मुटु, क्यान्सर, श्वासप्रश्वास र मधुमेहले क्रमशः नसर्ने रोगबाट हुने मृत्युका प्रमुख चार कारण हुन् । विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘यी चार रोग ८० प्रतिशत मृत्युका कारण बनेका छन् ।’
मुटुरोग विशेषज्ञ डा. रेग्मीको अनुभवमा नेपालमा १० वर्षअघिको तुलनामा नसर्ने रोग करिब ५ सय प्रतिशतले बढेको छ । यसमा सबैभन्दा बढी उच्च रक्तचाप र मधुमेह रहेको छ । ‘रोगको भार बढ्दै छ तर उपचार र नियन्त्रण भने जस्ताको तस्तै छ,’ रेग्मी भन्छन्, ‘२० वर्षअघि दुई वर्ष बागलुङमा बस्दा एउटा मात्र हृदयाघात भएको थाहा छ तर २० वर्षपछि पुनः त्यहाँ पुग्दा मुटुरोगका बिरामी ह्वास्तै बढेको पाएँ ।’
डा. रेग्मीले बागलुङमा केही महिनाअघि ४ सयजनाको स्वास्थ्य परीक्षण गर्दा ४० प्रतिशतमा उच्च रक्तचाप, २० प्रतिशतमा मधुमेह, १० प्रतिशतमा हृदयाघातसँग सम्बन्धित समस्या, ५ प्रतिशमा स्ट्रोक र १५ प्रतिशतमा बाथ मुटुरोग पाइएको बताएका छन् ।
जोखिमै जोखिम
युवाहरूमा धूमपानको सस्कृति, जंकफुडको प्रयोग, तीव्र सहरीकरणले मोटोपन बढाउने र त्यससँगै रोगका जोखिम पनि थपिँदै गएको चिकित्सकहरू बताउँछन् । तथ्यांकहरूका अनुसार बर्सेनि ५१ लाख मानिसको मृत्यु चुरोटको सेवनले मात्रै हुन्छ, लगभग ३२ लाख मानिस व्यायामको अभावले मरिरहेका छन् । त्यसैगरी, उचित मात्रामा सागपात र फलफूलको सेवन बढाउन सकेमा करिब १७ लाखको ज्यान बचाउन सकिन्छ । अस्वस्थकर जीवनशैलीले शारीरिक प्रक्रियामा परिवर्तन देखाएर उच्च रक्तचाप, रगतको ग्लुकोजमा वृद्धि, तौल वृद्धि हुने र त्यो नै मृत्युको बाटो बन्ने गरेको चिकित्सकहरू बताउँछन् ।
एकातिर प्रत्यक्ष रूपमा व्यक्तिको स्वास्थ्यलाई प्रभावित पार्ने यी रोगहरूले समग्र विकास प्रक्रियालाई समेत पछाडि धकेलेको भए पनि नीति निर्माताले गम्भीरतापूर्वक हेर्न नसकेको विज्ञहरू बताउँछन् । ‘प्रत्येक घरको कमाइ उपचारमा सकिइरहेको छ,’ डा. मिश्र थप्छन्, ‘स्वास्थ्यमा भइरहेको कुल खर्चको ५६ प्रतिशत जनताको खल्तीबाट भइरहेको छ, जसले मानिसको आर्थिक अवस्था माथि उठ्नै दिएको छैन ।’ अर्कोतिर मानिस छिट्टै मर्ने वा बाँच्दा पनि रोगले काम गर्न नदिने भएकाले यसले विकासमा नै प्रत्यक्ष प्रभाव पार्ने कुरामा मिश्र सहमत छन् ।
एक तथ्यांकअनुसार नसर्ने रोगको उपचारमा हुने खर्चका कारण विश्वभरमा करिब १० करोड मानिस गरिबीतिर धकेलिरहेका छन् । ‘एकजना सदस्य रोगी हुँदा अर्को काम गर्न सक्ने मान्छे पनि उसको स्याहारमा लाग्नुपर्छ, उत्पादनशील जनशक्ति रोगी वा स्याहारमा लागेपछि कसरी उत्पादकत्व र राष्ट्रिय आय बढ्छ ?’ मिश्र प्रश्न गर्छन् ।
बच्ने बाटो
‘जीवनशैली मात्रै होइन, जीवनशैली परिवर्तन मात्र होइन, सामाजिक, आर्थिक र सांस्कृतिक परिवेश पनि रोगको कारक बन्दै छ,’ डा. रेग्मीले थपे, ‘भोजभतेर र भात नियन्त्रण गर्ने र प्रोटिन बढाउने जनचेतना अबको आवश्यकता हो ।’
नीतिगत रूपमा मात्रै रोगथामका लागि मल्टिसेक्टोरल अप्रोच हुनुपर्ने डा. मिश्र बताउँछन् । डा. रेग्मीका अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रण, मध्यपानको नियन्त्रण, खेलकुद एवं योगा ध्यानको प्रवद्र्धनात्मक कार्यक्रम अब सरकारी तहबाटै एकीकृत रूपमा लानुको विकल्प छैन ।
चिकित्सकहरूले स्वास्थ्य संरचनामा तल्लो तहसम्म नै समय–समयमा स्वास्थ्य परीक्षणको कार्यलाई नीतिगत रूपमा अगाडि बढाउन सुझाव दिएका छन् । नसर्ने रोगहरूलाई कम गर्नका लागि प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट नै प्रारम्भिक अवस्था पत्ता लगाउने र उपचार कार्यलाई हस्तक्षेपकारी ढंगले अगाडि बढ्नुपर्ने सुझाब डा. उपाध्यायको छ । विज्ञहरू एकातिर रोगथाम एवं समयमै रोग निदानको संरचना बनाउनुपर्ने र अर्कोतिर महँगा रोगहरूको उपचारका लागि बिमा कार्यक्रमको आश्वयकता देख्छन् । डा. मिश्र पनि हुनेबाट लिएर नहुनेलाई दिन सक्ने खालको उपचार गर्ने पद्धति विकास गर्नुपर्ने र अन्यथा राज्यले लगानी गरेको भरमा बढ्दो नसर्ने रोगको उपचार सेवा सम्भव नहुने बताउँछन् । उनले नसर्ने रोगविरुद्ध सबै हिसाबले लड्नका लागि स्वास्थ्य मन्त्रालयले नीतिगत र संरचनागत परिवर्तनको तयारी थालिसकेको जानकारी दिए ।
यसरी उच्च रक्तचाप नियन्त्रण हुन्छ
चिल्लो कम खाने
खानपानमा ध्यान पु¥याउने
रक्सी सेवन कम गर्ने
दैनिक शारीरिक व्यायाम गर्ने
तौल नियन्त्रण गर्ने
धूमपान तथा सूर्ती सेवन नगर्ने
रक्तचाप
जोखिम                      १३९/८९ एमएम एचजी
उच्च रक्तचाप            १४०/९० एमएम एचजी वा सोभन्दा माथि

‘अहिले त यी नसर्ने रोगको महामारी नै छ,’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्याय भन्छन्, ‘नेपालमै दैनिक हुने सयौं मृत्युका कारण नसर्ने रोग बनेको छ, प्रत्येक घरमा कोही न कोही यी रोगका बिरामी छन् ।’ चार प्रमुख नसर्ने रोगबाहेक मनासिक, मुख तथा दन्त र मिर्गौला रोगका बिरामी पनि उही गतिमा बढिरहेका छन् । ८० वर्षअघि स्थापना भएको सरुवा रोग अस्पताल, टेकुमा त अहिले बिरामी मुस्किलले भेटिन्छन् ।

तर, गंगालाल हृदयकेन्द्र, बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, शिक्षण अस्पताल महाराजगन्ज र वीरका ओपीडी र निजी अस्पतालहरूमा नसर्ने रोगका बिरामीको चाप हे¥यो भने पनि महामारीको अनुमान लागाउन सकिन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने (वंशाणुगतबाहेक) र ढिलो असर र लक्षण देखाउने दीर्घ रोगहरूलाई नसर्ने रोग भनिन्छ । धेरै ढिला गरी लक्षण देखिने र लक्षण देखिँदा गम्भीर अवस्थामा बिरामी पुग्ने विशेषता हुन्छ, नसर्ने रोगको । त्यसैले यस्ता रोगको उपचारमा आजीवन औषधि सेवन गर्नुपर्छ ।

नसर्ने रोगका कारक तत्वमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, अव्यवस्थित खानपान, परिवर्तित जीवनशैली र व्यायामको कमी रहेका छन् । झन्डै एक अर्ब ५० करोड युवा (२० वर्ष र त्योभन्दा माथिका) मोटोपनको समस्यामा रहेको सन् २००८ को तथ्यांकले देखाएको छ । सन् २०१० को तथ्यांकअनुसार पाँच वर्षभन्दा कम उमेरका ४ करोड ३० लाख बालबालिकामा मोटोपनको समस्या रहेको देखाएको छ । सुर्तीजन्य पदार्थको प्रयोगले विश्वमा प्रत्येक वर्ष झन्डै ६० लाखको मृत्यु हुन्छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. बाबुराम मरासैनीका अनुसार १९८० मा भद्रबास र जुम्लाका पूरै गाउँवासीको परीक्षण गर्दा पनि उच्च रक्तचापका बिरामी भेटिएका थिएनन् । तर, अहिले त्यहाँ पनि मुटु रोगका बिरामीको कमी छैन । सहिद गंगालाल हृृदय केन्द्रको अध्ययनअनुसार १८ वर्षभन्दा माथिका वयस्कहरूमा उच्च रक्तचाप २३ प्रतिशत छ । ५० प्रतिशत हृदयाघात र ५० देखि ७५ प्रतिशत पक्षघात (मस्तिष्कघात) हुनु उच्च रक्तचाप हो । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा नसर्ने रोगहरू महामारीका रूपमा फैलिने र यसले प्रत्येक परिवारलाई प्रभावित पार्ने चेतावनी दिइसकेको छ । मृत्युका कारणका आधारमा हेर्दा नसर्ने प्रमुख चार रोगमध्ये मुटु, क्यान्सर, श्वासप्रश्वास र मधुमेह पर्छन् । यी चार रोग विश्वभर ८० प्रतिशत मृत्युका कारण बनेका छन् ।
ncd_poster
नसर्ने रोगका कारक तत्वमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, अव्यवस्थित खानपान, परिवर्तित जीवनशैली र व्यायामको कमी रहेका छन् । झन्डै एक अर्ब ५० करोड युवा (२० वर्ष र त्योभन्दा माथिका) मोटोपनको समस्यामा रहेको सन् २००८ को तथ्यांकले देखाएको छ । सन् २०१० को तथ्यांकअनुसार पाँच वर्षभन्दा कम उमेरका ४ करोड ३० लाख बालबालिकामा मोटोपनको समस्या रहेको देखाएको छ । सुर्तीजन्य पदार्थको प्रयोगले विश्वमा प्रत्येक वर्ष झन्डै ६० लाखको मृत्यु हुन्छ ।

विज्ञहरूका अनुसार अधिकांश नसर्ने रोगहरूलाई बुढेसकालको रोग भनिने गरे पनि पछिल्ला दिनमा यस्ता रोगहरू ‘जवान’ हुँदै गएको टिप्पणी गर्छन् । ‘हृदयाघात, उच्च रक्तचाप, मधुमेह र दमले अब उमेरको सीमा तोडिसक्यो । नेपालका अस्पतालहरूमा १९ वर्ष उमेरका युवासमेत हृदयघात भएर आएका उदाहरण छन्,’ डा. उपाध्यय भन्छन्, ‘उच्च रक्तचाप पनि २२/२३ वर्षबाटै सुरु हुन थालेको छ ।’

ठूलो समुदाय अस्वस्थकर जीवनशैली नै रोगको प्रमुख कारण हो भन्ने थाहा पाएर पनि रोकथाममा लागेको छैन भने त्योभन्दा ठूलो समुदायलाई जोखिमयुक्त आनीबानी के–के हुन् भन्नेसम्म पनि थाहा छैन । ‘थला नपरेसम्म अस्पताल नजाने र परीक्षण नगर्ने बानी सबैभन्दा ठूलो चुनौती हो,’ डा. रेग्मी भन्छन्, ‘नसर्ने रोगको लक्षण देखिन्न, समयमा परीक्षण गर्ने बानी पनि छैन ।’ उनले शिक्षा र जनचेतनाको माध्यमबाट रोकथाममा ध्यान नदिने हो भने थप भयावह स्थिति निश्चित भएको बताए ।

नुन कम खाने

सामान्य                     १२०/८० एमएम एचजी

गत महिना दुर्घटनामा परेको एयर एसियाको विमान सहभालकले चलाएको खुलासा भएको छ। डिसेम्बर २८, २०१४ मा दुर्घटनाग्रस्त भएको बिमानलाई फ्रान्सका सहचालक रेमी प्लेसेलले चलाएको छानबिनबाट प्रमणित भएको हो।
दुर्घटनाग्रस्त बिमानमा रहेको डाटा रेकर्डरको आधारमा गरिएको छानबीनले यस्तो खुलासा गरेको हो।
बिमान उडानको समयमा उनले ३२ हजार फिटमाथि उडिरहेको बिमानलाई ३० सेकेन्ड भित्र ३७ हजार फिट उचाइमा पुर्याइ पुन ३२ हजार फिटमा झारेको इन्डोनेसियाको हवाई उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इण्डोनेसियामा खोजकर्ताहरुले दुर्घटनामा परेको एअर एसियाको क्यूजेड ८५०१ विमानको ब्ल्याक बक्स र डाटा रेकर्डर फेला पारेपछि दुर्घटनाबारे छानबीन थालेको थियो।
गत डिसेम्बर २८ मा इन्डोनेसियाको सुरबायाबाट सिंङापुरका लागि १ सय ६२ यात्रु सहित उडान भरेको विमान जाभामा दुर्घटनाग्रस्त भएको थियो।


मोरङको कटहरी २ स्थित बुधहाटमा विहीबारदेखि २१ दिने पूर्वाञ्चल धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको आकर्षणको रुपमा रहेको पाँच कुण्डमा अखण्ड विष्णु महायज्ञको शुभारम्भ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेे ।
पूर्व राजा शाहले आयोजकलाई एक लाख रुपैयाँ सहयोग समेत गरे । उनले करिव ४० मिनेट महोत्सव अवलोकन गरेका थिए । महोत्सव अवलोकनमा पूर्वराजपरिवारका अन्य सदस्यहरु भने थिएनन् । निजी सुरक्षा गार्डसहि महोत्सव अवलोकन गरेपछि उनी दमकस्थित हिमालय टी स्टेटतर्फ लागेका थिए ।
महोत्सवमा अमरनाथको गुफा भित्र वैष्णीदेवी माताको दर्शन, पाँच कुण्डमा अखण्ड विष्णु महायज्ञ, राम नाम लेखिएको पत्थर लगायतका हिन्दूधर्म सम्वन्धि रोचक दृष्यहरु राखिएको छ । नेपाल मेला महोत्सव संघ एवम् मूल कार्य सम्पादन समितिले आयोजना गरेको महोत्सवमा मद्यपान र धुमपानका स्टल राखिएको छैन ।
मूल कार्यसम्पादन समितिका संयोजक मृत्युञ्जय झाले नेपाल र भारतका गरी ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र करिव ४ करोड आम्दानी हुने अपेक्षा गरिएको जानकारी दिए । महोत्सवबाट हुने आम्दानी समाज विकासको विभिन्न्ा शिर्षकमा खर्च गर्ने आयोजकले जनाएको छ ।
पूर्व राजाको स्वागतको लागि सदभावना पार्टीका नेता बद्री मण्डल, फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झा लगायतको सहभागीता थियो । पूर्वराजाका समर्थकले नारावाजी समेत गरेका थिए ।

सेक्सी फिगरका कारण चर्चामा रहने गायिका हुन् इन्दिरा जोशी । उनको स्वर जती स्टेजमा बिक्छ, त्यो भन्दा बढी सेक्सी फिगर । स्वरसँगै कम्मर मर्काउन सिपालु भएकै कारण इन्दिराको माग देश र विदेशमा पनि बढेको छ ।
यी अविवाहित सुन्दरी इन्दिरा जोशी प्रेम बिबाह गर्ने बताउँछिन् । घरमा उनका ३ जना दिदीको मागी बिबाह भएकाले आफूले प्रेम बिबाह गर्ने सोच उनले बोकेकी छिन् ।
त्यसो भए के इन्दिराको प्रेमी छन् त, भनिन्-‘यो क्षेत्रमा लागेका मानिसलाई वुझिदिने कुनै पुरुष आएका नै छैनन् । यसैले, प्रेमी पाउँन गाह्रो छ ।’
इन्दिराको जीवनमा कुनै केटा नआएका भने होइनन् । उनका दाईको मिल्ने साथीले उनलाई मन पराउाथे । ब्याचलर पढ्ने समयमा इन्दिरा एक पुरुषसँग डेटमा गएकी पनि थिइन् । तर, २ महिनामै प्रेमी विदेश गएपछि प्रेममा ब्रेक लाग्यो ।
लायक केटाको खोजीमा रहेकी इन्दिराले उनको जीवनमा आउन चाहनेका लागि केही बिशेषताको सूची पनि फर्माएकी छिन् । उनलाई अग्लो केटा मन पर्छ । कारण, उनी अग्लो केटासँग हातमा हात वाँधेर हिल जुत्ता लगाएर हिड्न चाहन्छिन् ।
प्रेम गर्ने मानिसको खोजी गर्ने यी सुन्दरी केटासँग नजिक हुन भने नसक्ने बताउँछिन् ।
स्कुल पढ्दा उनले कुइनाले हिर्काउने केटा खुबै कुटेकी छिन् । यो क्रम काठमाण्डौ आएपछि पनि नरोकिएको इन्दिरा भन्छिन् ।
इन्दिरा जोशीसँगको ‘कफी गफ’ शुक्रबार अनलाइनखबरमा प्रकाशन हुने छ ।

श्रीलंकाका कुमार सांगाकारा वन डे क्रिकेटमा सर्वाधिक सफल विकेट किपर बनेका छन् ।
न्यूजिल्याण्डविरुद्धको सातौं तथा अन्तिम वेन डेमा श्रीलंकाले ३४ रनका जित हात पर्दा सांगाकाराले सर्वाधिक विकेट किपिङको कीर्तिमान बनाएका हुन् ।

४७३ डिस्मिसल गर्दै उनी वन डे क्रिकटमा सवार्धिक सफल विकेट किपर बनेका छन् । बिहीबार उनले टिम साउथी र कोरी एण्डरसनलाई क्याच गरेका थिए  । उनले एडम गिलक्रिष्टलाई दुईले पछि पारेका छन् । गिलक्रिष्टले ४७२ डिस्मिसल गरेका छन् ।
यससँगै २८८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४५.२ ओभरमा २५३ रन जोड्दा अलआउट भयो । उसका लागि काने विलियम्सनले ५४ रन जोडे ।
यसअघि पहिले व्याटिङ गरेको श्रीलंकाले सांगाकाराको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको थियो । सांगाकाराले १०५ बलमा १४ चौकाको मदतमा ११३ रन बनाए । उनको वन डेमा यो २१ औं शतक हो । तिलकरत्ने दिलसानले ८१ रन जोडे ।
अन्तिम वन डे गुमाएपनि न्यूजिल्याण्डले श्रृखला ४-२ ले जितेको छ ।

विश्वकप क्रिकेटको फाइनलमा यदि बराबरी भए विजेताको फैसला ‘सुपर ओभर’बाट गरिने भएको छ ।
दुबईमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको बैठकले सुपर ओभरको निर्णय लिएको हो । यसअघि पछिल्लो विश्वकपमा सुपर ओभरको प्रावधान हटाइएको थियो ।
अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा हुन लागेको विश्वकप फेब्रुअरी १४ बाट सुरु हुनेछ ।
के हो सुपर ओभर ?
उपाधि भिडन्त बराबरी भयो भने निर्णयका लागि सुपर ओभर खेलाइनेछ । छ बलको सुपर ओभरका लागि हरेक टीमले आफ्ना तीन ब्याट्सम्यानको नाम दिनेछन् । विपक्षी टीमले एक बलर छान्नेछ ।
यदि ओभर पुरा हुनु अघि नै दुई विकेट गयो भने उक्त टीमले खेल हार्नेछ । तर, यस्तो नभएमा एक ओभरमा सर्वाधिक रन बनाउने टीम विजेता बन्नेछ ।
तर, सुपर ओभरमा पनि रन बराबरी भयो भने पुरा पारी वा सुपर ओभरमा सर्वाधिक छक्का हान्ने टिम च्याम्पियन बन्नेछ ।
तर, यसमा पनि बराबरी भयो भने दुबै पारीमा सर्वाधिक चौका हान्ने टीम विजेता बन्नेछ ।


इन्टरनेट सेवा प्रदायकहरु यतिबेला भृकुटीमण्डमा ग्राहक आकषिर्त गर्ने ध्याउन्नमा लागेका छन् । बुधबारदेखि सुरु भएको ‘क्यान इन्फोटेक’मा ‘आकर्षक इन्टरनेट प्याकेज’ सहित कम्पनीहरु प्रतिस्पर्धामा उत्रिएको देखिन्छ ।
सूचना प्रविधिका पारखीहरुको जमघट हुने यस मेलामा सहभागि अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनीले ‘क्यान अफर’ ल्याएका छन् । जुन अफरमा डेटा शुल्कमा नगद छुट देखि आकर्षक गिफ्ट हृयाम्परसम्म प्राप्त गर्न सकिन्छ ।
मेलामा सुबिसु केबल नेट, वेभ सर्फर, क्लासिक टेक, भायोनेट कम्यूनिकेसन, वल्र्डलिंक कम्यूनिकेसन र नेपाल टेलिकम सहभागी छन् । नेपाल टेलिकम बाहेक अन्य कम्पनीले इन्टरनेटमा विभिन्न अफर ल्याएका छन् ।
नेपाल टेलिकम
नेपाल टेलिकमले भने माघ २२ गते आफ्नो वाषिर्कोत्सवको अवसर पारी इन्टरनेट प्याकेज ग्राहकमाझ ल्याउने तयारी गरिरहेको छ । मेलामा टेलिकमले २ सय रुपैयाँको थि्रजी सीम र इभिडियो रिम एक सय रुपैयाँमा उपलब्ध गराइरहेको छ । जुन सिममा एक सय रुपैयाँ ब्यालेन्स समेत रहेको छ ।
टेलिकमले मेलामा ईभिडियो, थि्रजी, वाइम्याक्स लगायतका इन्टरनेट सेवाको प्रवर्द्धन गरिरहेको छ । सरकारी स्वामित्वमा रहेको टेलिकमको स्टलमा ग्राहकहरुको पहिलो दिन नै भिड लागेको देखिन्थ्यो ।
सुबिसु केवल नेट
इन्टरनेट सेवा प्रदायक सुबिसुले क्यान इन्फोटकमा ‘सुबिसु इन्टरनेट’ र ‘क्लियर टिभी’ कम्बाइन्ड ‘सुपर कम्बो अफर’ ल्याएको छ ।
९ हजार ९ सय ९९ रुपैयाँको यस प्याकेजमा ग्राहकहरुले सातवटा अफर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार मेलामा यो प्याकेज लिने ग्राहकले ४५ दिनसम्मका लागि १ एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट चलाउन पाउनेछन् ।
त्यसैगरि, सम्पूर्ण च्यानल भएको क्लियर टिभी तीन महिनासम्म हेर्न पाइने छ भने तीन महिनाका लागि एनालग टिभी सर्भिस समेत उपलब्ध गराइने छ । क्लियर टिभी सेटअप बक्स, केबल मोडियम, इन्स्टलेसन चार्ज र इस्पिलिटर पनि यहि प्याकेजमा प्राप्त गर्न सकिने छ ।
वेभ सर्फर कम्यूनिकेसन
वेभ सर्फरले मेलाबाट नयाँ प्रोडक्ट केवल टिभी सेवा समेत सुरुवात गरेको छ । अहिलेसम्म वायरलेसबाट मात्र इन्टरनेट सेवा दिने वेभ सर्फरले अबदेखि केवलबाट पनि इन्टरनेट सेवा दिने छ ।
कम्पनीले केबलबाट दिने इन्टरनेटका ४ वटा प्याकेज बनाएको छ । वेभ सर्फरले प्रतिमहिना ५ एमबीपीएस गतीको १५ जीबी इन्टरनेट, ५ एमबीपीएस गतीकै २५ जीबी इन्टरनेट, १० एमबीपीएसको ५० र २०० जीबी इन्टरनेट गरी चारवटा प्याकेज बनाएको छ ।
जुन प्याकेजहरु लिनका लागि प्रतिमहिना क्रमशः ११६०, १५५०, २१०० र ६५०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।
कम्पनीले वायरलेस इन्टरनेट प्याकेजको शुल्क घटाएको जनाएको छ  । चारवटा प्याकेजमा उपलब्ध वायरलेस इन्टरनेट प्रतिमहिना १ एमबीपीएस गतीमा १६ जीबी, २० जीबी, ३० जीबी र ४० जीबीमा उपलब्ध हुनेछ । जसको क्रमशः मासिक ९००, ११००, १३००, १५०० रुपैयाँ बुझाउनु पर्नेछ ।
त्यसैगरि, ५१२ केबीपीएस गतीको ८ जीबी इन्टरनेट मासिक ४ सय ५९ रुपैयाँमा प्राप्त गर्न सकिने बताइएको छ । त्यस्तै ५१२ केबीपीएस गतीको अनलिमिटेड इन्टरनेट मासिक १३ सय रुपैयाँमा उपभोग गर्न सकिने छ ।
कम्पनीले विभिन्न प्याकेज लिँदा ग्राहकलाई ल्यापटप व्याग, ८ जीबी यूएसबी फ्लास ड्राइभ, इन्स्टलेसन चार्ज निःशुल्क उपलब्ध गराउने छ भने १० प्रतिशतसम्म क्यास डिस्काउन्ट पनि ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
क्लासिक टेक
क्लासिक टेकले पनि क्यान इन्फोटकलाई लक्षित गर्दै विभिन्न प्याकेज ल्याएको छ । कम्पनीका अनुसार घरायसी, फाइबर म्याक्स, एयर म्याक्स, सोहो र बिजनेश गरी पाँचवटा क्याटागरीमा अनलिमिटेड इन्टरनेट प्याकेजहरु उपलब्ध छन् ।
घरायसी प्रयोगका लागि ५१२ केबीपीएस गतीको सिल्भर प्याकेज मासिक ९९९ रुपैयाँ र १ एमबीपीएस गतिको गोल्ड प्याकेजर मासिक १८९९ रुपैयाँ तिरेर प्रयोग गर्न सकिन्छ । यो प्याकेज लिँदा ८ हजार रुपैयाँ पर्ने डिभाइस खरिद गर्नुपर्ने हुन्छ ।
फाइबरम्याक्सतर्फ ५ एमबीपीएस गतीको मासिक ९९९, १५ एमबीपीएस गतीको १०९९ र १०० एमबीपीएस गतीको ४,९९९ रुपैयाँ शुल्क तोकिएको छ । यो प्याकेजमा इन्स्टलेसन चार्ज लाग्नेछैन ।
एयरम्याक्सतर्फ २ एमबीपीएस गतीको इन्टरनेट मासिक ९९९ रुपैयाँ तिरेर प्रयोग गर्न पाइने छ । ११ हजार ३९० रुपैयाँको प्याकेज खरिद गर्दा ६ महिनासम्म प्रतिमहिना ५ सय रुपैयाँका दरले र ६ महिनापछि मासिक भ्याटसहित ९९९ रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ ।
सोहा प्याकेजतर्फ कम्पनीले १,३ र ५ एमबीपीएसको गतीमा इन्टरनेट उपलब्ध गराउने छ । जसको क्रमशः मासिक ५ हजार, ६ हजार ५ सय र २३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
त्यसैगरि, बिजनेश प्याकेजतर्फ पनि १,३ र ५ एमबीपीएसको गतीमा इन्टरनेट कम्पनीले उपलब्ध गराएको छ । जसको क्रमशः ५ हजार, १४ हजार र २३ हजार रुपैयाँ मासिक बुझाउनुपर्ने हुन्छ ।
भायोनेट कम्यूनिकेसन
भायोनेटले क्यान इन्फोटकमा ‘भयोनेटको फाइदै फाइदा अफर’ ल्याएको छ । जुन अफरमा ग्राहकहरुले उहि शुल्कमा पहिलाको डबल डेटा प्राप्त गर्नेछन् । ५ एमबीपीएस गतीको १.३ टेराबाइट इन्टरनेट डाटा मासिक १६ सय १९ रुपैयाँ तिरेर चलाउन पाइने छ ।
यो प्याकेज एक वर्षका लागि लिएमा ग्राहकले दुई महिना निःशुल्क र २ हजार रुपैयाँ पर्ने राउटर निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

 बुधबारदेखि राजधानीको भृकृटीमण्डपमा सञ्चालन भइरहेको क्यान इन्फोटेकमा अवलोकनकर्ताको भिड लागेको छ । दुई दिनको अवधिमा करिव एक लाख जनाले मेला अवलोकन गरेको अयोजक कम्प्यूटर एशोसियसन अफ नेपाल (क्यान)ले जनाएको छ ।
क्यानका अनुसार पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले अवलोकन गरेका थिए भने दोस्रो दिन ५१ हजार ७ सय ३५ जनाले मेला अवलोकन गरेका छन् ।
बिहीबार प्रदर्शनीमा स्मार्टफोनका स्टलहरुमा विशेष भिड लागेको देखिन्थ्यो । मेलामा कलर्स मोबाइलले ल्याएको विन्डोज फोनले अवलोकनकर्तालाई ध्यानाकषिर्त गरिरहेको छ । साथै, कलर्सले मेलामा एक्स प\mयाक्टर ‘एक्स ११३’ क्वाड स्मार्टफोन पनि सार्वजनिक गरेको छ ।
हुवावेले सार्वजनिक गरेको एसेन्ड मेट ७ गोल्ड, एसेन्ट पी ७ र मेट ७ फोरजीको स्टलमा पनि अवलोकनकर्ताको भिड देखिन्थ्यो । बर्ड मोबाइलको लिडर र लिडर प्लसमा पनि अवलोकनकर्ताको नजरमा पर्‍यो ।
किभी मोबाइलले विश्वकै पातलो मोबाइल प्रदर्शनीमा राखेको छ । इन्फोटेकमा माइक्रोम्याक्सले क्यान्भास २० फोन सार्वजनिक गरेको छ । पि्रन्ट स्पोन्सरसमेत रहेको पानासोनिकले पी ६१ म्ाोडेलको फोन सार्वजनिक गरेको छ । त्यस्तै, सोनी र भिडियोकनले पनि नयाँ मोडेलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।
समग्रमा भन्नुपर्दा बिहीबार खासगरी इन्टरनेट प्रदायक स्टलहरु, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्ल्ोटका स्टलहरु, ल्यापटप/कम्प्युटरका स्टलहरु, इन्भर्टर तथा ब्याट्रीका स्टलहरु, सˆटवेयर तथा एन्टिभाइरसका स्टलहरु, फोटोकपी, पि्रन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी लगायतका स्टलहरुमा सर्वसाधारणको भिड लागेको देखिन्थ्यो ।

झण्डै दुइ सय वर्ष पहिले मृत्यु भएको मानिसको शव योगा गरिरहेको पोजमा दुरुस्तै फेला परेपछि सबै आश्चर्यमा परेका छन् ।
१९ औँ सताब्दीको सुरुतिर मृत्यु भएका एक भिक्षुको शव दुरुस्त अवस्थामा मंगोलियामा फेला परेको छ ।
जनावरको छालामा संरक्षित गरेर राखिएको ती भिक्षुको कमलाशनको शव मंगोलियाको सोंगिनोखैरखान प्रान्तमा केही दिनअघि फेला परेको हो ।
विधिविज्ञहरुले उक्त शव कम्तिमा पनि २ सय वर्ष पुरानो रहेको अनुमान गरेका छन् । त्यो शव कुन व्यक्तिको हो भन्ने कुरा खुलेको छैन । राजधानी उलानबटारमा लगि उक्त शवको विस्तृत परीक्षण तथा अनुसन्धान सुरु भएको बताइएको छ ।
स्मरण रहोस् थाइल्याण्डको कोह सामुइमा सन् १९७३ मा मृत्यु भएका एकजना भिक्षुको चस्मा लगाएको संरक्षित शव हाल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ती भिक्षुको शव वाट खुनाराम मन्दिरमा शिशाको बाकसमा राखिएको छ ।
मंगोलियामा २ सय वर्ष पुरानो भिक्षुको शव फेला परेपछि त्यो झनै ठूलो आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

बागलुङको बाटाकाचौर गाविसमा गोठमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको छ ।
बाटाकाचौर गाविस-३ स्थित प्रेमबहादुर खत्रीको गोठमा आगलागी हुँदा सोही गाविसकी पुनम बोहोराको मृत्यु भएको हो ।  मृतक बोहोराको मानसिक सन्तुलन ठीक नभएको मृतकका श्रीमान् प्रेमबहादुर बोहोरालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठीक नभएकी बोहोराले गोठमा बसेर चुरोट सल्काउन सलाई कोर्दा आगलागी भएको हुनसक्ने स्थानीय जनताले बताएका छन ।

एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेग १–० ले जितेको बार्सिलोनाले बुधबार राति भएको तनावपूर्ण दोस्रो लेगमा ३–२ को जित निकाल्यो र समग्रमा ४–२ ले विजयी भयो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै फर्नान्डो टोरेसको गोलबाट अग्रता लिएको थियो । तर, नवौं मिनेटमा लुइस स्वरेजको पासमा नेयमारले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । खेलको ३० औं मिनेटमा राउल गार्सियाले पेनाल्टीमा गोल गर्लै फेरि एथ्लेटिकोलाई अग्रता दिलाए । ३८ औं मिनेटमा एथ्लेटिको मड्रिडका मिराण्डाले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।
४१ औं मिनेटमा अल्बामा पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलानालाई ३–२ को अग्रता दिलाए । पहिलो हाफको अन्तिममा गावी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सिमित भयो । खेलको ४८ औं मिनेटमा एथ्लेटिकोका मिडिफिल्डर टुरानले लाइन्स म्यानलाई जुत्ताले हाने । तर, जुत्ताले लाइन्स म्यानलाई लागेन भने उनले पहेँलो कार्ड मात्र पाए ।
खेलको ८४ औं मिनेटमा मेस्सीलाई फल गरेपछि एथ्लेटिको मड्रिडका मारिओ सुआरेज दोहोरो पहेँलो कार्ड पाए । त्यसपछि केही मिनेट घरेलु टोली ९ खेलाडीमा सिमित भयो ।

अमेरिकाले रुसमा थप नाकावन्दी लगाउने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री ज्याक ल्यूले पृथकतावादी समुहलाई साथ दिएको भन्दै थप नाकावन्दी लगाउने चेतावनी दिएका हुन् ।
युक्रेनमा सकृय रुस समर्थित अलगाववादी विद्रोहीलाई रुसले मद्दत गरिरहेको अमेरिकाको आरोप छ । अमेरिकाले रुसमा यसअघि पनि नाकावन्दी गर्दै आएको छ । यसबाट रुसको अर्थतन्त्र खस्किँदै गएको छ । यसअघि यूरोपीय संघले पनि रुसमा प्रतिबन्ध बढाउने चेतावनी दिएको थियो ।
अमेरिकी अर्थमन्त्री ल्यूले भनेका छन्, ‘पहिले हामी कुटनीतिक माध्यमबाट समस्याको समाधान गरी नाकावन्दी खुकुलो पार्ने कोशिस गर्छौं, आवश्यक परे नाकाबन्दी बढाउन पनि तयार छौं ।’
अमेरिका र जर्मनी रुसलाई आर्थिक नाकावन्दीको पक्षमा छन् भने ग्रीसले त्यसको विरोध गर्दै आएको छ ।
रुस समर्थित अलगाववादी विद्रोही समूहले युक्रेनको पूर्वी क्षेत्र दोनेत्सक र लुहांस्कमा गत बर्षको अप्रिल महिनामा कब्जा गरेको थियो । विद्रोही विरुद्धको लडाइमा हालसम्म ५ हजार जनाको मृत्यु भैसकेको छ ।

 कलर्स मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता टेलिटक प्रालिले क्यान इन्फोटेकमा विन्डोज फोन बिक्री वितरण गर्ने भएको छ । बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु हुँदैछ ।
कलर्सले माइक्रोसफ्टसँग सहकार्य गरेर विन्डोज फोन बजारमा भित्राउन लागेको हो । विन्डोज फोनको अगि्रम बुकिङ माघ १४ गतेदेखि सुरु गर्ने कम्पनीले जानकारी दिएको छ । क्यान इन्फोटकमा कलर्स मोबाइलको स्टलमा विन्डोज फोन बुकिङ गर्न सकिने छ ।
अहिले माइक्रोसफ्टका प्रतिनिधिहरु नेपालमा रहेका छन् । सोमबार कलर्सले आयोजना गरेको भेटघाट कार्यक्रममा पनि माइक्रोसफ्टका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुले नेपालका एप्स डेभलपर, विद्यार्थी, कलाकार तथा आइटीसँग चासो राख्नेहरुसँग बिभिन्न अन्तरक्रियात्मक कार्यक्रम गर्ने बताइएको छ ।
साथै, माइक्रोसफ्टका वरिष्ठ कर्मचारीहरुले सेल्स पर्सनल एवं खुद्रा बिक्रेताहरुका लागि सीप विकास तालिम पनि संचालन गर्ने भएका छन् । कलर्सले अपि्रलमा एप्स सम्बन्धी एक गोष्ठी आयोजना गर्न लागेको र सो गोष्ठीमा सहभागी बन्नका लागि फेसबुकमार्फत् आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।


जादुगरहरुले मुख तथा जिउका अन्य भागमा विभिन्न खाले केमिकल्स हालेर कृत्रिम आगो निकालेको त हामीले देखेकै छौँ । कोही मानिसको सरीरबाट साँच्चीकै आफै आगोको ज्वाला निस्केको भने अहिलेसम्म सुनिएको वा देखिएको थिएन । तर भारतमा एक जना बच्चाको जिउबाट भने आफै आगोको ज्वाला निस्किरहेको छ ।
भारतको चेन्नइ सहर नजिकै पर्ने वेल्लपुरम गाउँमा एक बच्चाको जिउबाट आगोको ज्वाला निस्कन थालेपछि सबै आश्चर्यमा परेका छन् ।
राहुल नामका ती बालकका अभिभावकले आफ्नो छोरा जन्मिएको ९ दिनदेखि नै उसको जिउबाट आफै बेलाबेलामा आगो बल्न थालेको दाबी गरेका छन् । ती बालकको जन्म गएको जनवरी ९ तारेखमा भएको थियो ।
ती बालकको सरीरमा विभिन्न ठाउँमा जलेका खत तथा घाउ छन् । के कारणले गर्दा उनको सरीरमा आगो निस्केको हो भन्ने विषयको कारण भने डाक्टरहरुले पनि पत्ता लगाउन सकेका छैनन् ।
ती बालकको सरीरको छालाबाट निस्कने ग्यासको कारण त्यसरी आगो निस्केको हुनसक्ने अनुमान गरिएको छ । तथापि यसको खास कारण पत्ता लगाउन डाक्टरहरुले अनुसन्धान गरिरहेका छन् ।
उक्त बच्चालाई किलपाल मेडिकल कलेज अस्पतालमा विशेष निगरानीमा राखेर उपचार सुरु गरिएको छ । अस्पतालको आइसियुमा चौबिसै घण्टा स्वचालित क्यामराबाट बच्चाको निगरानी सुरु गरिएको छ । उक्त बच्चाको उपचार तथा जल्नुको कारण पत्ता लगाउन ५ जना डाक्टर खटिएका छन् ।


राजधानीको भृकुटीमण्डपमा माघ तेस्रो साता सूचा प्रविधि मेला आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गर्ने उक्त मेला माघ १४ गतेदेखि १९ गतेसम्म पाँच दिन चल्नेछ ।
विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यसहित क्यानले विगत २१ वर्षदेखि यस्तो मेला आयोजना गर्दै आएको छ ।
‘सुविसु क्यान इन्फोटेक २०१५ ईन एशोसियसन विथ डेल इन्टेल बाई नियोटेरीक नेपाल’ नामक यस मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहने बताइएको छ । त्यस्तै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु ९ गरी जम्मा २१९ स्टलहरु रहनेछन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य स्टलहरु रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
आयोजकका अनुसार हालसम्म मुख्य प्रदर्शनी हलभित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।
यस पटकको मेलामा साढे ४ लाख अवलोकनकर्ता भित्राउने लक्ष्य राखिएको छ । अिघल्लो मेलामा ४ लाख ३१ हजार ३५० अवलोकनकर्ता मेलामा आएका थिए ।
मेलामा साधारणहरुलाई प्रवेश शुल्क १५० रुपैयाँ र विद्यार्थीहरुलाई ७५ रुपैयाँ तोकिएको छ । माघ १८ गते आइतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि १५० रुपैयाँ तोकेको आयोजकले जनाएको छ ।
सरकारी विद्यालयहरुबाट अगि्रम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलामा अनलाइन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाएको बताउँदै आयोजकले अनलाइन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गर्ने जनाएको छ ।

शीर्षक हेर्दैमा कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो लाग्नसक्छ । तर यो कुनै काल्पनिक कथा नभई यथार्थ बन्नेवाला छ । वैज्ञानिकहरु मानिसको आयुलाई १ सय २० वर्षसम्म पूराउने औषधिको चक्की बनाउने कार्यको निकै नजिक पुगेका छन् । लामो समयसम्म स्वस्थ भएर बाँच्ने अर्थात् दीर्घजिवी हुने चाहना सबैको हुन्छ । आम मानिसको यहीँ चाहनलाई साकार पार्ने महत्वपूर्ण अनुसन्धानमा वैज्ञानिकहरु सफलताको नजिक पुगेका हुन् । रुसी वैज्ञानिकहरुको प्रयास पूणरुपमा सफल भएमा आम मानिसको आयु १ सय २० वर्षसम्म हुनेछ । र, अब १ सय २० वर्षे आयु लिएर बाँच्न सकिने दिन टाढा नभएको दाबी वैज्ञानिकहरुले गरेका छन् । रुसको मस्को स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुको एक टोलीले नयाँ प्रकारको एन्टी अक्सिडेन्ट तत्वको परीक्षण गरिरहेको छ जसको कारण उमेर छिप्पिने गतिलाई सुस्त पार्न सकिन्छ ।
यो एन्टीअक्सिडेन्ट युक्त क्याप्सुलको परीक्षण मुसा, माछा तथा कुकुरमा गरिएको छ । वैज्ञानिक टोलीका प्रमुख डाक्टर म्याक्सिम स्कुलाचेभका अनुसार अनुसन्धानमा रहेको उक्त एन्टी अक्सिडेन्टले सरीरमा उर्जा प्रदान गर्ने कोषीय भाग माइटोकोन्डि्रयाको कार्यप्रक्रियालाई नियन्त्रित गर्दछ । माइटोकोन्डि्रयाको गडबडीलाई नै मानिसमा बुढ्यौली, हृदयाघात तथा विभिन्न खाले रोगब्याधीको कारक मानिन्छ । शोधकर्ता स्कुलाचेभका अनुसार बुढ्यौली प्रतिरोधी औषधिको निर्माण प्राविधिक रुपमा सम्भव छ । मानिसलाई ८ सय वर्षसम्म बचाउन सकिने कुरामा विश्वास नभएपनि १ सय २० वर्षसम्म भने बचाउन सकिने उनको दाबी छ । सुरुवातको परीक्षण आयु लम्ब्याउने भन्दा पनि बुढ्यौलीको दरलाई घटाउनेमा केन्दि्रत रहेको र यसमा सफलता मिलेमा माइटोकोन्डि्रयाको कार्यलाई प्रभावित गर्ने उपायको खोजी गरी आयुलाई १ सय २० वर्षमा पूराउन सकिने दाबी उनको छ ।

 जापानका वैज्ञानिकहरुले मानव मस्तिष्कको अवचेतन अवस्था निद्रामा आएको सपनाको भिडियो रेकर्ड गर्नमा जुटिरहेका छन् । वास्वतमा मानिसको सपनामा घुसपैठ गरी निद्राको बेला मस्तिष्कको क्रियाकलापलाई युएसबी, फ्लास ड्राइभ वा भिडियो डिस्कमा रेकर्ड गर्ने तयारीमा वैज्ञानिकहरु दिलोज्यान दिएर जुटिरहेको बताइएको छ । यो प्रविधिबाट व्यक्तिलाई मज्जाले सुत्न दिइन्छ र ऊ मस्त सुतेको बेलामा उसलाई कुनै बाधा नपुग्नेगरी उसको मस्तिष्कका क्रियाकलाप तथा उसले देखिरहेको सपना रेकर्ड गरिनेछ ।
वैज्ञानिकका अनुसार सुतेको मानिसको मस्तिष्कको अध्ययन गरी उसले सपना देखिरहेको कुरा छुट्टाउन सफल भइसकिएको छ र अब सपनालाई रेकर्ड गर्ने प्रयास भैरहेको छ । ता की त्यसरी रेकर्ड गरिएका सपनालाई पछि कम्प्युटर वा टेलिभिजनको पर्दामा मज्जाले हेर्न सकियोस् ।
जापानी वैज्ञानिकहरुले निद्राको भिडियो रेकर्ड गर्ने यो अध्ययनका लागि तिनजना पुरुषलाई निम्त्याए । जब ती तिनजना व्यक्तिहरु आरामले सुते तब उनीहरुको अवचेतन मनलाई एक विशेष उपकरणसँग जोडियो । उक्त उपकरणले मस्तिष्कको गतिविधिमा निगरानी राख्छ । त्यसक्रममा जब ती पुरुषहरु गहिरो निद्रामा पुगे तब उनीहरुको मस्तिष्कको गतिविधि निकै तिब्र भएको पाइयो ।
केही समयपछि ती तिनजनालाई उठाएर के सपना देख्यौ ? भनेर सोधियो । उनीहरुको भनाई अनुसार देखेका सपनाका कहानीलाई समेत रेकर्ड गरियो र त्यो सँगै अवचेतन मनका गतिविधिलाई समेत सँगै मिलाएर देखाइयो । वैज्ञानिकहरुका अनुसार अवचेतन मनका गतिविधि तथा सपनाकेा कहानीलाई समायोजन गरी सुहाउँदा दृश्य सहितको सजिव फिल्म तयार पार्ने कम्प्युटर प्रोग्रामको विकाश गरेसँगै मानिसको सपनाको भिडियो रेकर्डिङ मज्जाले टेलिभिजनको पर्दामा हेर्न सकिने वैज्ञानिकहरुको दाबी छ ।


यो समस्याबाट विश्वका दशौं लाख महिला पीडित छन् । तर लाजका कारण उपचार नगरी चुपचाप सहिरहेका छन् । स्त्रीरोग विशेषज्ञहरुका अनुसार महिलामा हुने योनि संकुचनका बारेमा निकै कममात्र सार्वजनिक रुपमा छलफलमा आउँने गर्छ । संकुचनका कारण महिलाहरु सम्भोग र योनि परीक्षणलगायतका अवस्थामा पीडा अनुभव गर्छन् । ‘यो समस्याबाट विश्वका लाखौं महिला प्रभावित भएको अनुमान गरिएको छ ।’ स्त्रीरोग विशेषज्ञ डा. गीता बंैकट भन्छिन्, ‘तर, लाजकै कारण यसलाइ दबाएर बस्नुहुन्न ।’ उनका अनुसार नितान्त व्यक्तिगत समस्या मानिने यसले महिलालाई असफल भएको महसुस गराउँने गर्छ । ‘तर, समयमै सही उपचार पाउँने हो भने यो निको हुन्छ ।’ डा. बैंकट भन्छिन् । योनिको तन्तु र मांसपेशीमा अचानक तनाव उत्पन्न हुँदा संकुचन उत्पन्न हुन्छ । डा. बैंकटका अनुसार संकुचनका कारण सेक्समा असहज र पीडादायी हुन्छ । कहिलकाही लिंग प्रवेश नै असम्भवजस्तै हुन्छ । यसलाई पूर्णत निको पार्न नसकिएपनि उपचारमार्फत् संकुचनको अवस्थालाई क्रमिक रुपमा सुधार गर्न सकिन्छ । बोटोक्स इन्जेक्सनमार्फत् योनिको मांसपेशीको क्षेत्रलाई लचिलो बनाउन सकिन्छ ।
- See more at: http://kpcatn.blogspot.com/#sthash.rmWeKJG8.dpuf


शीघ्रपतन शारीरिक रोग नभई मानसिक समस्या हो । स्खलित हुन १०–१५ मिनेट लाग्छ भन्ने गलत धारणा धेरैजसो पुरुषमा हुन्छ । छिटो शीघ्रपतन भएमा रोग लागेको भनेर चिन्तित हुन्छन् । शीघ्रपतन हुने व्यक्तिले स्खलन हुने समयपुर्व केहीवेर घर्षण रोक्नु पर्छ । उत्तेजना कम भैसकेपछि फेरी घर्षण शुरु गर्दा घर्षणको अबधि बढाउन सकिन्छ । यसवाट शीघ्रपतन रोक्न सकिन्छ । शीघ्रपतन पुरुषमा देखिने सबैभन्दा ठुलो यौन समस्या हो । शीघ्रपतन भनेको समयपुर्व नै स्खलित हुनु हो । विज्ञहरु यसलाई पुरुषको कामोत्तेजनाको इच्छा र सन्तुष्टिको दुरी भन्छन् । सम्भोगको दुई देखि तीन मिनेट भित्र विर्य स्खलित हुनुलाई शीघ्रपतन भन्न सकिँदैन । लिङ्ग उत्तेजना हुनासाथ वा साधारण घर्षण हुँदाहुँदै स्खलित भएर जानुलाई शीघ्रपतन भनिन्छ । यस्तो समस्या भएका व्यक्ति स्त्रिको नग्न शरीर देख्ने वित्तिकै वा स्त्रिलाई स्पर्श गर्ने वित्तिकै स्खलित हुन्छन् । खासगरी आत्मविश्वास नभएका व्यक्तिलाई शीघ्रपतन हुन्छ । शीघ्रपतन हुने पुरुषले विभिन्न उपायहरु अपनाएको पाइन्छ । कसैले लिङ्गमा उत्तेजना नियन्त्रण गर्नेखालका मलम लगाउने, औषधि सेवन गर्ने, रक्सि खाएर सम्भोग गर्ने गर्दछन् । कसैले सम्भोपूर्व हस्तमैथुन गर्ने गर्दछन् । तर यि सबै उपाय अपनाउनु एउटा गल्तिलाई सुधार्न अर्को गल्ति गर्नु मात्र हो । यस्ता विधिले शीघ्रपतन नियन्त्रण गर्न सकिँदैन । शीघ्रपतन हुने पुरुषले धैर्य र संयम गरी पहिला स्त्रिलाई नै उत्तेजित पार्नुपर्छ । यस्ता पुरुषले स्त्रिलाई उत्तेजित पार्न स्त्रिका कामोत्तेजनक अङ्गहरुको सहयोग लिनु पर्छ । स्त्रि उत्तेजित भैसकेपछि मात्र सम्भोग थाल्नुपर्छ । यसरी पनि शीघ्रपतन नरोकिएमा यौन रोग विशेषज्ञको सल्लाह लिनुपर्छ । यस्तो समस्यामा आफुखुसी औषधि सेवन गर्नु समाधान होइन । यी कारणले हुन्छ शीघ्रपतन छिटोछिटो सम्भोग गर्न खोज्नु तिव्र उत्तेजना धेरै दिनसम्म सम्भोग नगरेको अवस्था तरीकानै थाहा नपाई सम्भोग गरेमा असुरक्षित स्थानमा सम्भोग गरेमा
- See more at: http://kpcatn.blogspot.com/#sthash.rmWeKJG8.dpuf


सन्तान नहुने कारण पुरुषमा पनि हुनसक्छ र स्त्रीमा पनि । कहिलेकाहीँ, दुवैमा खराबी नहुँदा नहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीट र स्त्रीको अण्डा भेटिने अवसर नआएको हुनसक्छ । स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण त्यसो भएको हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेहरुलाई नराम्रो दृष्टिले हेर्ने र हेला गर्ने चलन छ । कोही कोही त्यस्ताको हातको पानी चल्दैन वा पितृहरु विमुख हुन्छन् भनी कुरा गर्दछन् । यस्तो गर्नु राम्रो होइन । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्दछन् । अरुको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने कैयन सन्तानहीन व्यक्तिहरु हाम्रै समाजमा पनि धेरै छन् ।

कारणहरु
–    स्वस्थ शुक्रकीट उत्पादन नहुनु ।
–    शुक्रकीट उत्पादन भए पनि ज्यादै कम हुनु । आधुनिक चिकित्सा, आयुर्वेध, प्राकृतिक चिकित्सा वा होमियोप्याथिकबाट यस्ता कतिपय समस्याको समाधान हुनसक्छ ।
–    कुनै कुनै पुरुषको शुक्रकीट नै बन्दैन, यस्ताको उपचार हुदैन ।
–    कुनै कुनै पुरुषका अण्डा नै हुँदैनन्, यस्ताको उपचार हुँदैन ।
–    गोनोरिया जस्तो यौन रोग लागेपछि राम्रो उपचार भएन भने पनि सन्तान उत्पादन गर्ने क्षमता गुम्छ । रोग लाग्ने बित्तिकै उपचार गरेमा समस्या नआउन सक्छ ।
–    शुक्रनली वा अन्य भागमा केही अवरोध भएको हुनसक्छ । यस्तो समस्यालाई अप्रेशनबाट ठीक गर्न सकिन्छ ।
–    पुुरुष रगरासको कमी हुनसक्छ । यस्तालाई कृत्रिम रागरसद्धारा उपचार गरिन्छ ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.