May 2016

जेस्ठ १४।  ब्राजिलियन फुटबल लेजेन्ड पेलेले लिओनल मेस्सी अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले क्रिाष्टियानो रोनाल्डो मात्र होइन, डिएयो म्याराडोनाभन्दा पनि मेस्सीको नाम अगाडि राखेका छन् ।
पेले आफ्नो जिवनीमा बनेको फिल्म ‘पेले’को प्रमोसनका क्राममा मिलान पुगेका छन् । र, ला गजेटा डेला स्पोटर्ससँग उनले आफ्ना मन पर्ने फुटबलहरुबारे कुरानकाी गरेका छन् ।
समय अनुसार धेरै खेलाडीलाई आफूसँग तुलाना गरिएको भन्दै उनले अहिले मेस्सी भएको बताएका छन् । ‘मेस्सी मेरो मन पर्ने खेलाडी हुन्’ उनले भने, ‘रोनाल्डो र नेयमार पनि राम्रा छन् । उनीहरुको आफ्नै शैली छ ।’
पेलेले विश्वकपमा ब्राजिलको प्रदर्शनबारे पनि बोलेका छन् । विश्वकपमा ब्राजिलको प्रदर्शन खराब भएको भन्दै ७५ वर्षे पेलेले भनेका छन्, ‘हार्नु स्वभाविक हो । तर, हामीले सात गोल खायौं । यो अति भयो ।’
१९५० को विश्वकप फाइनलमा ब्राजिल उरुग्वेसँग हार्दा आफू बुबा रोएको आफूले देखेको भन्दै उनले अघि भने, ‘दुई वर्ष जब हामीले जर्मनीसँग ७-१ ले पराजित भयौं । मेरो छोराले म रोएको देख्यो ।’
ब्राजिलले घरेलु मैदानमा भएको दुई विश्वकप गुमाएको भन्दै उनले भने, ‘अब हामीसँग नेयमार मात्र छन् र यो निकै कम हुनेछ ।’

धेरै प्रयोगमा आइरहने ससाना चिजवस्तुहरु जस्तै कलम, चाबी, झोला, हेयरब्याण्ड आदिमा सानो आकारको भिडियो क्यामरा जडान गर्ने चलन तिव्र रुपमा बढिरहेको छ । यहीँ मेलोमा एक अमेरिकी कम्पनीले भिडियो क्यामरा जडित दाँत माझ्ने ब्रसको आविष्कार गरेको छ ।
अमेरिकाको सिएटलमा रहेको एक कम्पनीले अतिसुक्ष्म भिडियो क्यामरा भएको टुथब्रस ल्याएको हो । यो ब्रसले दाँत माझिरहेको बेला आफ्नो मुखभित्रको सबे दृश्य क्यामराले खिचेर देखाइदिन्छ ।
प्रोफिक्स नामक यो टुथब्रसलाई विल्मेट अमेरिकाका दन्त चिकित्सक क्रेज कोहलरले बनाएका हुन् । सन् २०१७ सम्ममा यसलाई बजारमा पठाइनेछ र यसको मूल्य ३९९ डलर तोकिएको छ ।
यो टुथब्रसले दाँत माझिरहँदा मुखभित्र खिचेका भिडियोलाई ब्लुटुथ मार्फत स्मार्टफोनमा पठाउनेछ । यसअर्थमा यो टुथब्रसमार्फत मुखभित्रको सफाइको दृश्यलाई लाइभ हेर्न सकिनेछ । स्मार्टफोनमा आफ्नो मुखभित्रका सबै दृश्य हेर्न र मुखको स्वास्थ्यमा सचेत रहन यसले मद्धत गर्नेछ ।


क्यालोरी : भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।
प्रोटिन : दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।
फोलेट : दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । (खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।)
आइरन : रातो मासु, गाढा हरिया सागपात, गेडागुडी (खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।)


‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ । क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ ।
सिमी आकारको र स्पन्जजस्तो हुन्छ यो । सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरुको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ ।
सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् ।
-डा. एन्जल मगर

 प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पुर्याउनु  पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।
सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।
आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ ।

क) खान नहुने
– रातो मासु (खसी, राँगो), भित्री मासु (कलेजो, मुटु, मिर्गौला, गिदी)
– माछाहरु, प्राउन, लोवस्टर
– जाँड, रक्सी

ख) कम मात्रामा खान हुने
– दूध र दूधबाट बनेका परिकारहरु
–  सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु)
–  दाल तथा गेडागुडीहरु
–  कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ
–  अण्डा
–  काजु, ओखर, पेस्ता, बदाम

ग)    प्रशस्त मात्रामा खान हुने
– चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी
–  हरियो सागपात (सिमी, बोडी बाहेक)
–   फलफूलहरु
–  गाजर, काक्रो

बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून  हुने  एक अमेरिकी अध्यनले देखाएको छ । बढी वीर्य नाश गर्दा स्वास्थ्यमा कस्तो अशर गर्छ भन्ने विषयमा सर्वत्र बहस चलिरहेकै बेला अनुसन्धानकर्ताले यो निस्कर्ष निकालेका हुन् ।
१८ वर्ष लामो यस अध्ययनमा ३२ हजार पुरुषलाई सहभागी गराइएको थियो । सन् १९८२ देखि २०१० को अवधिमा करिब ४ हजार पुरुषको प्रोस्टेट क्यान्सरको उपचार गरिएको थियो ।
अध्ययन अनुसार महिनामा कम्तिमा पनि २१ पटक वीर्य निस्काशन गर्ने २० वर्ष पुगेका पुरुषलाई महिनामा ७ पटक मात्र वीर्य फाल्ने पुरुषको तुलनामा प्रोस्टेट क्यान्सरको न्यून सम्भावना रहेको थियो । ४० वर्षको उमेरमा बारम्बार वीर्य फाल्ने मध्ये २२ प्रतिशतलाई सो क्यान्सरको सम्भावना थोरै देखिएको थियो ।
‘वीर्य निस्काशन गर्ने आवृत्ति धेरै हदसम्म पुरुषको स्वास्थ्यसँग जोडिएको छ । किनकी सबैभन्दा थोरै पटक वीर्य पतन गर्ने (० देखि ३ पटक प्रति महिना) पुरुषमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या र विशेष गरी प्रोस्टेट क्यान्सरबाट मर्ने गरेको पाइयो,’ अध्ययन टोलीका नेता जेनिफर रिडर भन्छन् ।
‘वयस्क अवस्थामा सुरक्षित यौन गतिविधि र वीर्य निस्काशनले प्रोटेस्ट क्यान्सरको खतरा घटाउछ,’, रिडर भन्छन् । १५ प्रतिशत नयाँ क्यान्सर हुनुमा प्रोटेस्ट क्यान्सरका मुख्य कारक रहेको युरोपियन युरोलोजीमा प्रकाशित सो अध्ययनमा उल्लेख छ । जीवन शैलीमा ल्याउने परिवर्तनले यो क्यान्सर घटाउने वैज्ञानिकहरुको भनाई छ ।
वीर्य निस्काशनको आवृत्ति र क्यान्सरबीचको सम्बन्ध पहिचान गर्न रिडर र उनका सहकर्मीले सहभागीलाई उनीहरुको यौन स्वास्थ्य, मेडिकल रेकर्ड तथा ल्याब परीक्षणबारे विभिन्न प्रश्नको जबाफ दिन लगाएका थिए । अध्ययन अनुसार महिनामा तीन पटकसम्म वीर्य फाल्ने पुरुषमध्ये १ सय ९२ लाई सो क्यान्सर भएको पाइएको थियो । सहभागीमध्ये १ हजार ४२ ले महिनामा ४ देखि ७ पटक वीर्य फाल्ने र १५ सय ९ जनाले ८ देखि १२ दिन फाल्ने बताएका थिए । त्यस्तै ८०७ जनाले  १३ देखि २० पटक फाल्ने बताएका थिए ।

अब तपाइँले घरमा गमलामा रोपेको सानो बिरुवालेनै तपाइँको मोबाइलको ब्याट्री चार्ज गरिदिनेछ ।
स्पेनका तिनजना युवा वैज्ञानिकहरुले एउटा यस्तो ब्याट्रीको निर्माण गरेका छन् जसलाई गमलामा रोपेको रुखले नै चार्ज गर्न सकिन्छ ।
बायो नाम दिइएको उक्त ब्याट्रीले बिरुवाले प्रकाश संश्लेषण क्रियाका दौरान पैदा गरेको उर्जालाई विद्युत उर्जामा बदल्न सक्दछ । जसबाट पूर्ण नविकरणीय तथा स्वच्छ उर्जा प्राप्त गर्न सकिन्छ ।
यो प्रविधिबाट ३ देखि ४० वाटसम्म विजुली उत्पादन गर्न सकिने र विजुलीको क्षमता रुखको प्रकार तथा आकार निर्भर हुने बताइएको छ ।
वैज्ञानिकहरु पाब्लो म्यानुएल, राफेल रेबोलो र शावेर रोडि्रजको टोलीले आफ्नो यो अनौठो ग्याजेटलाई व्यवसायिक उत्पादन मार्फत बजारमा ल्याउने तयारी गर्दैछ । अहिलेसम्म आफुले यो ग्याजेटको प्रोटोटाइपबाटै आफ्नो फोन चार्ज गरिरहेको पाब्लो बताउँछन् ।
शोधकर्ताहरुका अनुसार बिरुवाबाट उत्पादन गर्न सकिने विजुलीले केवल मोबाइल चार्ज गर्न सकिने मात्र होइन एउटा वगैँचाबाट पूरै घरलाई चाहिने बिजुली उत्पादन गर्न सकिन्छ ।

बैसाख २०। आइतबार राजधानीमा एक समारोहबीच चलचित्र ‘द विनर’को आयौ तिमी मेरो जीवनमा...गीतको भिडियो र ट्रेलर (फस्ट लुक) सार्वजनिक गरिएको छ ।
हिक्मत विष्ट निर्देशित यस चलचित्र आगामी १७ भदौबाट देशव्यापी प्रदर्शनीमा आउने यसको निर्माण पक्षले सो कार्यक्रममा जानकारी गरायो । नेपाल, दुबई र अष्ट्रेलियामा छायांकन गरिएको यो चलचित्र मोटरसाईकल दौड प्रतियोगितामा केन्द्रित रहेको सोकार्यक्रममा निर्देशक विष्टले जानकारी गराए ।
ट्रेलरमा राम्रो देखिएको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियलगायतले ‘द विनर’ सफल हुने विश्वास व्यक्त गरे ।
यस चलचित्रमा पूर्वमिस नेपाल मलिना जोशी, महेशमान श्रेष्ठ, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ, अमित गिरीलगायतको अभिनय छ ।
यस चलचित्रमा सुबोध ठकुरी, सुशील पन्त, विकास खरेल, रितेश राणा, सृजना शाह, अमित गिरी, राजेशप्रसाद जोशी र निरज श्रेष्ठको लगानी रहेको कार्यक्रममा जानकारी गराइयो ।

लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।
उच्च रक्तचाप

उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ ।

ग्यास्ट्रिक

पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ ।

चिलाउने समस्या

–    सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तैः– दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ ।
–    लसुनको रस र कागती समभाग राखी कपासको माध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ ।
बच्चाको रुघाखोकी
लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने । उक्त तेललाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने । निधार र नाक वरिपरि या तेल  लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ । यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ ।
जोर्नी दुखाई र सुन्निनेमा
एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३÷४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ ।
अपच
खानासँगै ३/४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ ।


निक बिस्ट इटहरी,
बैशाख २० गते  । राष्ट्रिय तेक्वान्दो संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्य  समितिको आयोजनामा इटहरीमा दुई दिनसम्म सञ्चालन भएको क्षेत्रीयस्तरको सातौ ब्ल्याक बेल्ट प्रथम तथा चौथो डान ग्रेडिङ्गमा कार्यक्रममा सहभागि भएका खेलाडीहरुको छनौट गरी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
      ग्रेडिङ्गमा सहभागि भएका खेलाडीहरुमध्ये २४ जनाले प्रथम डान तथा १३ जना खेलाडीहरुले तेस्रो तथा चौथो डानको उपाधी प्राप्त गरेका छन । उनीहरुलाई पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले प्रमाणपत्र वितरण गरेका थिए ।
      सोही समारोहमा क्षेत्रीय अध्यक्ष नगरकोटीले पूर्वी नेपालका विभिन्न जिल्लाका तेक्वान्दो प्रशिक्षकहरु पिताम्वर पौडेल, सूर्य दङ्गाल खेमराज कार्की दिनेश गिरी दिनेश पौडेल सविन राई इच्छा घले लगायतलाई ट्रयाकसुट प्रदान गरेका थिए ।
            सोही अवसरमा राष्ट्रिय तेक्वान्दो सङ्घका केन्द्र्रिय उपाध्यक्ष हरिवहादुर बुढाथोकीले विश्वका ख्यातिप्राप्त र धनी देशका खेलाडीहरुलाई समेत जित्ने भनेको खेलमामात्र भएकाले यो खेलकुदलाई सवैले ब्यक्तित्व विकाससँगै स्वास्थ्य र राष्ट्रिय गौरवका रुपमा लिन आवश्यक रहेको बताए ।
      क्षेत्रीय छनौट समितिका संयोजक कृष्ण बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका इटहरी उपमहानगरपालिका अध्यक्ष रेवती घिमिरे तेक्वान्दोका मोरङ्ग अध्यक्ष पिताम्वर पौडेल लगायतको सहभागिता रहेको थियो ।  

सुन्दर र जवान हुने चाहना सबैलाई हुन्छ । यसका लागि महिलाले विभिन्न उपाय अपनाउने भएपनि पुरुष भने लजाउने गर्छन् । आफ्नो जीवनशैलीलाई अलिकति मात्र परिवर्तन गर्न सकियो भने जवान र सुन्दर देखिन सकिन्छ । जुन अपनाउँदा न लाज हुन्छ न त साइड इफेक्ट नै ।
दैनिक सेभिङ नगर्ने
man-2-650x433
धेरै पुरुषलाई सफाचट् हुने रहर हुन्छ । दाह्री नभएपछि जवान र सुन्दर देखिन्छ भन्ने भ्रम छ । तर, दैनिक सफाचट् हुने बानीले  फाइदा गर्दैन । बरु दैनिक सेभिङका कारण छालामा पत्र बस्न जान्छ र झन् कुरुप र बुढो देखिन्छ ।
गर्नुहोस् मस्चराइज
man-3-650x433
मस्चराइजले छालालाई सुख्खा हुनबाट जोगाउँछ । सुख्खा छालाले सबै पुरुषलाई वास्तविक उमेर भन्दा बुढो देखाउँँछ । मस्चराइजिङले छालामा रिंकल बस्नबाट पनि जोँ । यसकारण आफ्नो अनुहार सधैँ सफा गरेर मस्चराइज गर्नुपर्छ । यदि धेरै तैलीय छाला छ भने सोप–फ्री क्लिजरको प्रयोग गर्दा राम्रो हुन्छ ।
क्लिजिङ गर्दा राम्रो
आफ्नो दैनिकीमा क्लिजिङ मात्रै थप्ने हो भने पनि अनुहारमा चमक ल्याउन समय लाग्दैन । प्रतिदिन दुईपल्ट क्लिजिङ मात्रै गर्ने हो भने छालामा जमेको धुलो र फोहोर हटाएर स्वस्थ बनाउँछ । यो सेभिङ  गर्नुभन्दा पहिले गर्दा राम्रो हुन्छ । जसले सेभिङमा अप्ठ्यारो नपारेर छाला बिगार्न दिँदैन ।
सनस्क्रिन लगाउँ सधैँ
man-5-650x433
पुरुषहरु सुन्दरतामा ध्यान दिन्छन् तर मुख्य कुरामा वास्ता गर्दैनन् । घरबाट निस्किनुअघि सनस्क्रिन सबैका लागि जरुरी हुन्छ । घामले महिला वा पुरुष नछुट्याउने भएकाले जवान र सुन्दर देखिन रहर गर्नेले सनस्क्रिन लगाउन भुल्न हुँदैन ।
आँखाको हेरचाह
man-6-650x433
धेरैले एउटै गल्ती गर्छन्, त्यो हो सुन्दरताका लागि अनुहारको छालामा गोरोपन  ल्याउनुपर्छ । तर, कसैले पनि सबैभन्दा चाँडो ठोक्किन जाने आँखाको वास्ता गर्दैनन् । आँखाको हेरचाह गर्दा जवान देखिने मात्रा अझै बढ्छ । किनभने आँखाको वरिपरि आउने चाउरीपनाले उमेर समेत बढी देखाउँछ । पानी र तनावका कारण आँखा वरिपरि यस्तो हुन जान्छ । जसलाई नियमित रुपमा ख्याल गर्न सके राम्रो हुन्छ ।
अनुहारको सफाइ
man-7-650x433
बिहान उठ्नेबित्तिकै अनुहारमा पानी लगाएपछि दिनभर वास्ता नगर्ने धेरैको बानी हुन्छ । तर, अनुहारमा उज्यालो ल्याउनु छ भने कम्तिमा चारपल्ट अनुहारको सरसफाइ जरुरी छ । अझ तैलीय छाला भएमा त सफाइको मात्रा बढाउन जरुरी छ ।
दाँतको ख्याल
man-9-650x433
अरुको आँखामा चाँडै पर्नेमध्य दाँत अग्रपंतिमा आउँछ । आँखा जुधेपछि त्यो नजर दाँतमा ठोकिन्छ । त्यसैले दाँतको ख्याल गर्ने र सरफाइ गर्ने कुरामा कहिल्यै पछि पर्नुहुँदैन ।

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ ।  कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ ।
पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा हस्तमैथुन वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ ।
यौन सम्पर्क नराख्दा यौन शक्ति घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ ।
बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउछ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ ।
चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।
धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए  मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।
अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन ।

गुगल प्लेस्टोरमा केही त्यस्ता एपहरु हुन्छन् जुन स्मार्टफोन तथा ट्याबलेटको लागि खतरनाक सावित हुनसक्छन् ।
प्लेस्टोरमा कतिपय यस्ता एपहरु पनि हुन्छन् जो गुगलको सेक्योरिटी सिस्टमबाट उम्किएर एन्ड्रोइड फोनमा डाउनलोड हुन्छन् ।
ट्रोजन यस्तो एक भाइरस हो जसलाई यस्ता मानिसहरुप्रति लक्षित गरेर बनाइएको हुन्छ जो पोर्न भिडियो हेर्नका लागि जहाँपनि क्लिक गर्न तयार हुन्छन् ।
अनलाइन सेक्योरिटी वेबसाइटका अनुसार सन् २०१५ को फेब्रुअरी देखि यता १ वर्ष भित्रमा यस्ता पोर्न सामाग्रीका लिंक जस्ता देखिने भाइरसयुक्त विज्ञापन देखापरेका छन् ।
एन्ड्रोइडमा यस्ता पोर्न क्लिकर विज्ञापनहरु सबैभन्दा बढि सफल देखिएका छन् ।
टेम्पल रन, टकिंग टम, सबवे सर्फर जस्ता लोकपि्रय एपहरुजस्तै नक्कली तथा भाइरसयुक्त एपहरु बनाएर गुगल प्लेस्टोरमा हाली प्रयोगकर्तालाई चक्मा दिन सफल भएका छन् ह्याकरहरु । यस्ता एपहरु एकपटक स्मार्टफोनमा डाउनलोड भैसकेपछि आफ्नो फोनमा ट्रोजन भाइरस पनि छिरेको हुन्छ भन्ने पत्तो नै पाइँदैन ।
यो भाइरसले अनलाइनमा विभिन्न विज्ञापनमा आफै क्लिक गर्दछ जसबाट विज्ञापनदाताले पैसा कमाएका हुन्छ भने स्मार्टफोनमा भाइरस फैलिरहेको हुन्छ ।
त्यसैले आफ्नोे स्मार्टफोन तथा ट्याब्लेटलाई भाइरसबाट बचाउनका लागि एप डाउनलोड गर्दा होसियारी अपनाउनुपर्छ । गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्नुअघि त्यसको बारेमा रिभ्यू अवश्य पढ्नुपर्छ, ता की त्यो नक्कली तथा मालवेयर नहोस् ।
यदि उक्त एपमा बारेमा प्रयोगकर्ताहरुले असन्तुष्टि जाहेर गरेका छन् वा नकारात्मक कुरा गरेका छन् भने त्यसलाई डाउनलोड गर्नु हुँदैन ।
चर्चित एपको नाम दिइएको कुनै एप छ भने त्यो एप बनाउने कम्पनी आधिकारिक हो की होइन भन्ने जान्नुपर्छ । त्यस्तै उक्त एप डाउनलोड भएको संख्या हेरेर पनि त्यो आधिकारिक भए नभएको शंका हटाउन सकिन्छ ।
कतिपय एपहरु केवल खरीद गर्नुपर्ने वा सशुल्क भर्सन मात्र हुन्छन् । यस्ता एपहरु एक्कासी निशुल्क भर्सनमा देखिएभने हौसिएर डाउनलोड गरिहाल्नु हुँदैन ।

के तपाइँले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाइँलाई मात्र पासवर्ड थाहा भएको तपाइँको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ ।
हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो होइन, यी मानिसका कारण तपाइँको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ ।
वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन । यस्तो अधिकार तथा सुविधा र क्षमता केवल फेसबुकमा मात्रै छ ।
फेसबुक कम्पनीले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ । फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई यस्तो अधिकार तथा सुविधा दिएको हो फेसबुकले ।
फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलार्य दिइएको यस्तो सुविधाबाट कुनैपनि फेसबुक प्रयोगकर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुनेछैन ।
किनकी प्रयोगकर्तामाथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधैभरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो ।

 जिन्दगीमा कहिलेकाहीँ यस्ता घटना पनि हुँदारहेछन् जसले मानिसको मथिंगल पूरै हल्लाइदिन्छन् र अगाडि के गर्ने भन्ने सोँच्न पनि सकिन्न । कतिपय मानिस सामु त यस्तो धर्मसंकट आइलाग्छ जुन दुनियाका अरु मानिसले भोग्नै पर्दैन ।
ब्राजिलमा एक विवाहित दम्पत्तिमाथि यस्तै बज्रपात भएको छ । बिहे भएर सात वर्षसम्म सँगै बस्दै आएका लोग्ने स्वास्नीले सात वर्षपछि एकाएक आफुहरु त साख्खे दिदी भाइ रहेको पत्तो पाएका छन् ।
ब्राजिलको साओपाओलोमा भएको हो यो घटना । ३७ वर्षका लियन्ड्रो र ३९ वर्षकी एडि्रयनालाई हालैमात्र आफुहरु दिदी भाइ रहेको थाहा भयो । ७वर्षअघि उनीहरुबीच बिहे भएको थियो । बिहेको यत्रो वर्षपछि यस्तो पवित्र नाता सम्बन्धको खुलासा भएपछि अब के गर्ने ? उनीहरु बिलखबन्दमा छन् ।
लियन्ड्रो ८ वर्षका छँदा उनलाई आफ्नी आमाले छाडेर पोइल गएकी रहेछिन् । उनको पालनपोषण सौतेनी आमाले गरिन् । एडि्रयाना १वर्षकी छँदा उनलाईपनि उनकी आमा मारियाले छाडेर गइन् र बुवाले उनको हेरचाह गरे ।
समय बित्दै गयो । जवान भएसँगै एडि्रयानाको भेट एक ट्रक ड्राइभर लियन्ड्रोसँग भयो । दुइबीच प्रेम भयो र बिहे पनि गरे । उनीहरुको कोखबाट छोरी समेत जन्मिइन् ।
दुबैजना आमाले छोडेका टुहुरा थिए । बिहे पछि नै उनीहरुले आ आफ्नी आमालाई खोज्ने प्रयास सुरु गरे । एडि्रयानाले एक रेडियो च्यानलका सहयोगमा आमाको खोजी सुरु गरिन् ।रेडियो कार्यक्रमले नतिजा दियो ।
उनकी आमा मारियाले उक्त कार्यक्रम सुनिन् र रेडियोमा फोन गरिन् । आमा मारियासँग एडि्रयानाको कुराकानी भयो फोनमा । कुराकानीकै क्रममा मारियाले आफ्नो लियन्ड्रो नाम गरेको छोरा पनि रहेको र ऊसँग आफुले भेट्न चाहेको बताइन् ।
जब आमा मारियाले लियन्ड्रो आफ्नो छोरा भएको कुरा बताइन् तब एडि्रयानाको होस हवास उड्यो ।रेडियो कार्यक्रमकै दौरान उनी रुन थालिन् । लियन्ड्रो र आफु लोग्नेस्वास्नीको रुपमा रहेको कुरा उनले आमा मारियालाई बताइन् ।
आफ्नै कारण आफ्ना छोराछोरीले एक आपसमा अनजान भएर बिहे गरी पति पत्नी बन्नुपरेको घटनाले मारियालाई ठूलै झट्का दियो ।
नाताले दिदी भाइ रहेका लियन्ड्रो र एडि्रयाना निकै ठूलो संकटमा परे । अब के गर्ने? बिहे गरेको लामो समय भैसकेको र छोरी पनि जन्मिसकेको अवस्थामा उनीहरु छुटि्टनु सजिलो थिएन । त्यसैले जे सुकै होस् उनीहरु अब बाँकी जिवन पनि सँगै बिताउने निष्कर्षमा पुगे ।

 दाँत स्वास्थ्य र सुन्दरता दुइटैका लागि जरुरी कुरा हो । स्वास्थ्यमा भने खानेकुरा चपाउन दाँत चाहिन्छ । हामीले खाएको खानेकुरा दाँतले चपाउने र त्यसलाई पाचन प्रणालीले पचाउने काम गर्छ । तर, दाँत नभएर खानेकुरा चपाउन सकिएन भने त्यसमा भएको पोषण शरीरले लिन सक्दैन । त्यसैले दाँत मानव शरीरको महत्वपूर्ण पक्ष हो । हामीले दातको हेरचाह गर्न सक्यौँ भने अरु धेरै रोगको जोखिम र खतराको पनि सहजै सामना गर्न सकिन्छ ।
दाँत सौन्दर्यको दृष्टिकोणले पनि महत्वपूर्ण छ । यसले आफूले गर्ने नियमित कामबाहेक मानव शरीरको प्रमुख भाग अनुहारको सौन्दर्य बढाउँछ । मानिसको दाँतमध्ये कुकुर दाँतको समूहले अनुहारको अगाडिको मुहुडा सुन्दर बनाउने काम गर्छ । हामीले कीरा लागेमा अरु दाँत झिके पनि अगाडिको मुहुडाको दाँत सकेसम्म नझिक्न सल्लाह दिन्छौँ । अगाडिको मुहुडाको दाँत झिकिए मानिस उमेरभन्दा पनि बूढो देखिने हुन्छ ।
दाँतको हेरचाह
दाँत स्वस्थ बनाउन दिनमा दुईपटक ब्रस गर्नुपर्छ । धेरैलाई दाँत कमजोर हुन्छ भन्ने डरले चकलेट खानु हँुदैन भन्ने भ्रम छ, जुन वास्तवमा गलत हो । खान नहुने भए त्यो खाद्य पदार्थ किन बन्थ्यो होला र ? तसर्थ खान नहुने हैन, खाएपछि दाँत सफा गर्नुपर्छ । ठिक्क मात्रामा चकलेट खाने र त्यसपछि दाँत सफा गर्दा खासै फरक पर्दैन ।
खाना खाइसकेपछि दाँतमा खानेकुरा अड्किन दिनु भएन । साँझ सुत्नुअघि मुखमा पर्नुपर्ने अन्तिम चिज पानी हुनुपर्छ । अर्थात्, सुत्ने बेलामा मुखमा खाद्यान्न वा अरु पदार्थ अड्किनु र त्यसको अवशेष रहनु ठीक होइन । सुत्नुअघि खाना, चकलेटलगायत जे खा एपनि अन्त्यमा ब्रस गरेर पानी पिउनुपर्छ ।
कहिलेदेखि दाँतको ख्याल गर्ने भनेर मानिसहरु झुक्किन सक्छन् । जतिबेलादेखि बालबालिकामा दाँत उम्रिन्छ, त्यतिबेलादेखि नै दाँतको हेरचाह गर्न थाल्नुपर्छ । कोही बालबालिकाको जन्मिँदै दाँत उम्रिएको हुन्छ, जसलाई हाम्रो सामाजिक अन्धविश्वासले नकारात्मक मान्छ । तर, चिकित्सकीय दृष्टिकोणबाट हेर्दा यसले कुनै खराबी गर्दैन र आत्तिनुपर्ने कारण छैन ।
कसरी बिग्रन्छ दाँत ?
नेपाली समाजमा बालबालिकाको हेरचाहदेखि नै एउटा समस्या बारम्बार देखिन्छ । आमाले बच्चालाई दूध खुवाउँदै सुताउने चलन हुन्छ । त्यो निकै खराब बानी हो, किनकि दूधमा अत्यधिक मात्रामा अम्लीय तत्व हुन्छ, जसले दाँतमा कीरा लाग्ने खतरा हुन्छ । त्यसैगरी, वयस्क मानिसहरुले पनि सुत्ने बेलामा दुध पिउने चलन हुन्छ । यो बानी पनि दाँतका लागि ठीक होइन । त्यसैले सुत्नुअघि जे सुकै खानेकुरा खाए पनि कुल्ला गर्नुपर्छ र अन्त्यमा पानी पिएर सुत्दा दाँतको सुरक्षा हुन्छ ।
बेलुका सुत्नुभन्दा अगाडि दाँत माझ्नु अनिवार्य छ । किनभने रातभर हामी केही गरिँदैन । साँझ सुत्ने क्रममा हामीले खाएका खानाका अवशेष त्यहीँ रहने र रातभरमा त्यसमा एसिड फर्मेसन भएर ब्याक्टेरियाका लागि उपयुक्त वातावरण बन्छ र संक्रमण हुन सक्छ । दिँउसो पनि यस्तै हो तर दिनभर मानिस सक्रिय भएको हुन्छ । पानीलगायत केही खाने, मुख चलाउने लगायतका काम हुन्छन् । तर, राती मानिस निष्क्रिय हुने भएकाले पनि सुत्नुअघि ब्रस गर्नु र पानी पिउनु जरुरी छ ।
ब्रस गर्ने तरिका
बिहान पनि ब्रस गर्नुपर्छ तर उठ्नेबित्तिकै गर्नु जरुरी छैन । राती ब्रस गरेर सुतेको मानिसले बिहानको खाना खाएर ब्रस गर्दा पनि खासै फरक पर्दैन । दाँत माझ्दा कस्तो ब्रस प्रयोग गर्ने भनेर धेरै मानिसमा अलमल भएको देखिन्छ । यसमा दुईखालको दृष्टिकोण छ, कसैले नरम प्रयोग गर्नुपर्छ भन्छन्, कसैले कडा । तर, साह्रो कडा ब्रस भने प्रयोग गर्नु हुदैन । ब्रस प्रयोग गर्दा ४५ डिग्रीको कोणमा घुमाएर दात माझ्नुपर्छ । दाँत माझेपछि मुख ‘फ्लस’ गर्नुपर्छ । तर, त्यति गर्दा पनि बाँकी रहेको चीज कोट्याएर फाल्नु हँुदैन । हरेक ६ महिनादेखि एक वर्षको बीचमा दन्त विशेषज्ञलाई आफ्नो दाँत देखाउनुपर्छ । र, त्यही क्रममा उसको दाँत सफा गर्नुपर्ने छ भने दन्त विशेषज्ञले बाँकी सल्लाह दिन्छन् ।
कडा ब्रसले जबर्जस्ती दाँत माझियो भने दाँत र गिँजाको बीचको भाग असर पर्छ, जसले गर्दा ‘सिरिङसिरिङ’ हुने समस्या देखिन्छ । यो आफ्नै व्यवहारका कारण अलि तातो, चिसो वा हावा बहँदा पनि सिरिङसिरिङ हुन्छ । अरु कारण नभई ‘ब्रसिङ टेक्निक’ नमिलेर नै हामीले दुःख पाउने हुन्छ ।
नियमित दात जचाऔँ
नेपालीमा देखिएको अर्को साझा समस्या हो, जबसम्म दाँत दुख्दैन, तबसम्म उनीहरु दन्त विशेषज्ञकहाँ आउँदै आउँदैनन्, दुःखेपछि मात्रै दौडिने चलन छ । नियमित रुपमा दाँत परीक्षण गर्नेहरु १० प्रतिशतभन्दा पनि कम होलान् । त्यसपछि उनीहरु भन्न थाल्छन्, ‘दाँतको उपचार एकदमै खर्चिलो छ ।’ तर, त्यस्तो महँगो छैन । रोग नलाग्दै नियमित रुपमा दाँतको परीक्षण गरिरहने हो भने उपचार महँगो र खर्चिलो छैन । त्यस क्रममा दाँतको नियमित सरसफाइ हुन्छ भने कहीँ कीराले खान सुरु गरेको भए सामान्य प्रकारको फिलिङ गर्छाैं ।
कीराले दाँत खाएर खाल्डो परेर जब खानेकुरा अड्किन थाल्छ, अनि मानिसहरु उपचारका लागि क्लिनिकमा आउँछन् । त्यतिबेला क्लिनिङ, फिलिङलगायतका उपाय केही बाँकी हँुदैन, सोझै ‘रुट कनाल’ गर्नुपर्छ । जरैदेखि उपचार गर्ने, चारदेखि ६ पटक क्लिनिक धाउने, अनि दाँतमा क्याप हाल्नेलगायतका झन्झट बेहोर्नुपर्छ र खर्च पनि हुन्छ । नियमित क्लिनिङ गरे अरु झन्झट हुँदैन ।
ब्याक्टेरिया : सधैँको शत्रु
कुन उमेरको मानिसको दाँतलाई कीराले आक्रमण गर्छ भन्ने हुँदैन । जहाँ दाँत हुन्छ, त्यहाँ कीराको आक्रमणको खतरा रहेकै हुन्छ । दाँतमा हुने कीरा एक प्रकारको ब्याक्टेरिया नै हो । हाम्रो मुखमा मात्रै करिब पाँच सय प्रकारका ब्याक्टेरिया रहन्छन् । चिनी, गुलियो पदार्थलगायत कार्बोहाइड्रेटयुक्त खानाले ब्याक्टोरियालाई फस्टाउने वातावरण बन्छ । उसले त्यहीँबाट एसिड फर्मेसन गर्छ । उसले उत्पादन गरेको एसिडले नै दाँत खाइदिन्छ ।
हामीले कुनै पनि खानेकुरा खाँदा दाँतको दृष्टिकोणबाट आत्तिनुपर्दैन । सही मात्रामा खाँदा हुन्छ तर खाएपछि दाँत सफा गर्नुपर्छ । हरेक पटक खाना खाएपछि सके ब्रस गर्नु, सम्भव नभए कुल्ला गरिहाल्नुपर्छ । दाँत बिग्रिन्छ भनेर अभिभावकले बालबालिकालाई चकलेट दिन खोज्दैनन् । चकलेटले केही फरक पार्दैन तर चकलेट खाएपछि दाँत ब्रस गर्नु्पर्छ, नभए कुल्ला गर्न बिर्सनुहँुदैन ।
कसरी खान्छ कीराले ?
मानिसको दाँत कीराले खाने प्रक्रिया एक÷दुई दिनमै टुंगिने होइन, लामो प्रक्रिया हुन्छ । ब्याक्टेरियाले बिस्तारै आफ्नो पकड जमाउन थालेपछि एसिड उत्पादन गरेपछि दाँत बिगँ्रदै जान थाल्छ । दाँतको सबैभन्दा भित्र पल्पमा नसाहरु पुगेको हुन्छ । त्यो बाहिरको डेन्टिनमा नसाहरु टुंगिएको हुन्छ । त्यसको बाहिर इनामेलले घेरेको हुन्छ । मानव शरीरको सबैभन्दा कडा भाग भएकाले इनामेलमा एसिडले आक्रमण गरुन्जेल केही फरक पर्दैन । डेन्टिनमा पुगेपछि हल्का ‘सिरिङसिरिङ’ हुन थाल्छ र अझै भित्र पुगेपछि बल्ल दुख्न सुरु हुन्छ ।
कसरी हुन्छ उपचार ?
दाँतमा कत्तिको कीराले खाएको छ, त्यसका आधारमा उपचारको विधि फरक पर्छ । एकदमै सानो रुपमा असर गरेको भए फ्लोराइड भएको टुथपेस्टले सावधानीपूर्वक दाँत माझेमा कीराको असर नियन्त्रण हुने र फैलनबाट रोकिन्छ । बढी नै आक्रमण गरेको भए फिलिङ गर्नुपर्छ । फिलिङले पनि नहुने अवस्थामा छ भने आरसिटी (रुट कनाल ट्रिटमेन्ट), जसलाई जरैदेखि उपचार गर्नुपर्छ । जुन खर्चिलो, झन्झटिलो र समय लाग्ने हुन्छ ।
बुढ्यौलीमा मानिसहरुको दाँत झर्न थाल्छ तर त्यो नियमित प्रक्रिया होइन । ‘वेयर एन्ड टियर’ भन्ने अवधारणाअनुसार लामो समय कुनै पनि चीजको प्रयोग भए त्यसको आयु घट्दै जान्छ र अन्त्यमा काम नलाग्ने हुन्छ । बालक अवस्थादेखि नै दाँतको नियमित हेरचाह भएमा बुढ्यौली लाग्दैमा दाँत झर्ने हुँदैन । तर, दाँतको अवस्था तुलनात्मक रुपमा कमजोर हुन्छ । तर, बालकहरुको १२/१३ वर्षसम्म एकसेट दाँत पूरै झरेर पलाउँछ ।
बुद्धि बंगारो : भ्रम र यथार्थ
मानिसहरुको दाँतको सबैभन्दा पछिल्लो लाइनमा हुने दाँतलाई ‘बुद्धि बंगारो’ भनिन्छ । अंग्रेजीमा पनि यसलाई ‘विज्डम टिथ’ नै भनिन्छ । सबैभन्दा ढिलो उम्रिने दाँत यही हो, जुन करिब १८ वर्षपछि आउन सुरु गर्छ । उद्विकासको क्रममा पहिले मानिसको बंगाराको आकार केही लाम्चो थियो र पछि चेप्टिँदै आयो भनिन्छ । त्यस क्रममा दाँतको संख्या भने ३२ नै रह्यो । कुनामा रहने भएकाले बुद्धि बंगारोलाई रहने ठाउँ पुग्दैन । त्यसैले कुनामा रहेको बुद्धि बंगारो नियमितभन्दा फरक ढंगले बांगिएर, टेढिएर उम्रिने हुन्छ । विकसित मुलुकमा भने त्यसको कुनै काम नहुने भएकाले निकालेर फालिदिने चलन छ । नेपालमा भने खासै चलन सुरु भएको छैन ।
३२ वटा दाँतमध्ये सबैको आ–आफ्नो जिम्मेवारी र काम हुन्छ । अगाडिकाले टोक्ने, बीचकाले लुछ्ने र त्योभन्दा पछाडिकाले चपाउने काम गर्छ । तर, सबैभन्दा पछाडि हुने बुद्धि बंगारोको खासै काम आउँदैन । ब्रस पनि नपुग्ने भएकाले त्यसको हेरचाह पनि कम हुन्छ । बुद्धि बंगारोमा खाना अड्कियो भने त्यसले अगाडिको दाँत पनि बिगार्न सक्छ । माथिको तुलनामा तलपट्टिको बुद्धि बंगारोमा बढी समस्या देखिन्छ । ‘कीरा लाग्ने’ समस्या बंगाराहरुमा बढी देखिन्छ । त्यसको संरचना नै खाल्डाखुल्डीयुक्त र सफा गर्न गाह्रो हुने प्रकृतिको हुन्छ ।
के टोक्ने ? के नटोक्ने ?
दाँतले नै साह्रो कुरा टोक्ने र खोल्ने गर्दा भाँच्चिन सक्छ । कोकको बोत्तल खोल्नेदेखि दाँतले नै मसिना तार चुँडाउनेहरु पनि छन् । सुपारी दाँतको शत्रु नै हो । कडा हुने भएकाले एक त चपाउने क्रममा त्यसले दाँतलाई असर गर्छ भने त्यसमा पाइने एक तत्वले मुखभित्रको नरम भागलाई कडा बनाइदिन्छ र मुख नखुल्ने समस्या बनाइदिन्छ ।
पानले पनि दाँतलाई फाइदा गर्दैन । चुरोटले दाँतमा दाग बसाल्छ । खैनीले पनि दाँतलाई हानि पु¥याउने भएकाले सेवन गर्नुहँुदैन । हाम्रो घरतिर छुर्पी खाँदा कसैले पनि त्यसलाई हतोस्साहित गरेको पाइँदैन । टोक्नुपर्ने भएकाले छुर्पी खाँदा दाँत भाँच्चिने, कमजोर हुने समस्या देखिन्छ ।


नवविवाहित जोडीलाई परिवार नियोजनबारे जानकारी गराउने उद्देश्यले एप र वेबसाइट संचालनमा ल्याइएको छ ।
मेरी स्टोप्स् नेपाल र सुनौलो परिवार नेपालले  राजधानीमा कार्यक्रम गरी नवविवाहितलाई लक्षित एप र वेबसाइट सार्वजनिक गरेको हो । 
संस्थाले शुभारम्भको दोस्रो चरणको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

वैशाख १९ । अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि आज मनाईदैछ । १२७ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामुलक र्‍याली जस्ता कार्यक्रम आयोजना गरेका छन् ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर सन् १८८६ मे १ मा अमेरिकाको शिकागो शहरमा मजदुरले बलिदानपूर्ण संघर्ष गरेका थिए । सो आन्दोलन विश्वभर फैलिएपछि सन् १८८९÷९० बाट विश्वभर मे दिवस मनाउन थालिएको हो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.