March 2017

चैत्र १४,(सुवास संकल्प), इटहरी,
केहि समय अगाडि सम्म बिशेष गरि काठमाण्डौलाई मात्र मनोरन्जनको मुख्य थलोको रुपमा लिइन्थ्यो तर अब त्यो सोचलाई चिर्दै आफ्नै ठाउबाट पनि केहि गर्न सकिन्छ भनेर लागि पर्नेहरुको लहर नै चलेको छ, यसै क्रममा पुर्वको इटहरीमा आज एक कार्यक्रमको बीच म्युजिक भिडियो सार्बजनिक गरिएको छ l 
ग्लोरी मिडिया प्रालि इटहरीले आफुले उत्पादन गरेको "रातकी रानी" बोलको म्युजिक भिडियोलाई इटहरीस्थित प्रिमियर होटलको सभाहलमा पत्रकार सम्मेलन गर्दै भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियो इटहरीको जल्दो बल्दो पत्रकार अर्थात पूर्वी बजार पत्रिकाका संचालक प्रेम बास्तोलाको हातबाट सार्बजनिक गरिएको थियो l युवा गायक रक्षक राईको आवाजमा रहेको सो गीतलाई रुद्र श्रेष्ठले लेखेका हुन भने श्रेष्ठकै संगित पनि रहेको छ l  त्यस्तै गीतलाई रिकेश बज्राचार्यले एरेन्ज गरेका छन् भने र्‍यापको भाग पनि उनैले गाएका छन् । 
Monetize your website traffic with yX Media
इटहरीमा अवस्थित पुर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो बाट रेकर्डिङ्ग गरिएको सो गीतको भिडियोलाई बसन्त राईले निर्माण गरेका छन् भने शिर कुमार राईको निर्देशन गरेका छन् l गितको भिडियोमा सबिना श्रेष्ठ, सुरेन प्यासी, सबिना याक्खा र बसन्त राईको अभिनय देख्न सकिन्छ। मोरङ्गको गोकुलम रिसोर्ट र इटहरीको ताल तलैयामा छायांकन गरिएको म्युजिक भिडियो उत्कृष्ट बनेको कार्यक्रममा सहभागीहरुले बताएका छन् l भिडियोलाई छिटै टेलिभिजन तथा युटुब मार्फत बाट पनि सार्बजनिक गरिने छ l



via IFTTT

चैत्र १४,(सुवास संकल्प), इटहरी,
नेपालि सिने जगतमा सन् २००२ मा सार्वजनिक भएको र झरना थापालाई फिल्मलाईनमा चिनाएको फिल्म हो 'ए मेरो हजुर' l यहि फिल्ममा झरना संगै अभिनय गर्ने नायक हुन् सबैको प्रिय बनेका र देश र दर्शकलाई रुवाउदै धर्ति छोडेका स्व नायक श्री कृष्ण श्रेष्ठ l हाल यहि फिल्म मार्फत रजतपटमा उदाएकी र सदाबहार नायिकाको उपाधि पाएकी झरनाले आफुलाई रजतपटमा डेब्यु निर्देशकको भूमिका खेल्दै "ए मेरो हजुर-२" दर्शक माझ ल्याउदै छिन l
केहि दिन अगाडि मात्रै "ए मेरो हजुर-२" को एक झलक सार्बजनिक भएको थियो भने अहिले फिल्मको टाईटल गीत "कशम हो" सार्बजनिक गरिएको छ भने युटुबमा आएको एक दिनमै अर्थात यो समाचार तयार पार्दा सम्म गीतलाई ४ लाख ४४ हजार भन्दा बढि पटक हेरिएको छ l आइतबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत युटुब ट्रेन्डिङको ३ नम्बरमा रहेको छ । यो फिल्मको निर्देशक रहेकी नायिका झरना थापाको जन्मदिनको उपलक्ष्यमा सार्बजनिक उक्त गीतको सुरुमै झारनाले "ए मेरो हजुर" का नायक स्व श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीलाई सम्झनाका सब्दहरुले श्रद्दाञ्जली दिएकी छिन् ।
Monetize your website traffic with yX Media
रेनेशा राईले निर्देशन गरेको गीतको भिडियोमा कृष्णहरी बरालको शब्द रहेको छ भने गायक सुगम पोखरेलले स्वर दिएका छन् । गीतमा कल्याण सिंहको संगीत रहेको छ । अब फिल्म "ए मेरो हजुर-२" को यो टाइटल गीतले पनि फिल्मलाई राम्रो प्रोमोशन गरेको र दर्शकले रुचाउने संकेत बुझ्न सकिन्छ । सुहाना इन्टरटेन्मेण्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गरेको यो फिल्म 'ए मेरो हजुर' को सिक्व्येल नभएपनि नाम भने पुरानै फिल्मबाट सापटी लिइएको हो । सस्पेन्स लभ स्टोरी ड्रामामा साम्राज्ञी राज्यलक्ष्मी र सालिनमान बानियाँको मुख्य अभिनय रहेको छ । त्यस्तै सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, विलशन बिक्रम राई, सुमन पौडेल आदीको पनि अभिनय रहेको छ।
हेर्नुस "ए मेरो हजुर-२" को टाईटल गीत :
Monetize your website traffic with yX Media



via IFTTT

चैत्र १३,(आशिक शाह), लाहान,
नेपालमा रहेको भारु साट्न भारत सहमत भएको छ । तर भारतले बैधानिक रुपमा प्रति ब्यक्ति ४५ सय सम्म मात्र साट्ने छ । नेपालले २५ हजार सम्म साट्न प्रस्ताब राखेको थियो । रिजर्व बैंक अफ इंडियाकि कार्यकारी अधिकृत दिपाली पन्त जोशी नेतृत्वको टोलिले आज नेपाल राष्ट्र बैंकका अधिकारीहरु संग छलफल गरे पछि ४५ सय सम्म भारु साट्न सकिने सहमति जनाएको हो ।
स्रोतको अनुसार राष्ट्र बैंकका अधिकारीले २५ हजार सम्म साटीदिन पुनःआग्रह गरेको थियो । तर भारतिय पक्षले ४५ सय भन्दा बढी साट्न नसकिने बताएका थिए । गत नोभेम्बर देखि भारतले त्यहा को ५०० र १००० दरका नोट प्रतिबन्ध लगाएका थिए त्यसपछि नेपाली संग भएका नोट साट्ने बारे अन्योल भएको थियो । आरबिआई का कार्यकारी निर्देसक पन्त सहितको टोलिले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, बिदेशी विनिमय बिभाग प्रमुख भिष्म राज ढुंगानाक साथै आर्थ र पररास्ट्र मन्त्रयालाका प्रमुख संग छलफल गरेका थिए ।
Monetize your website traffic with yX Media



via IFTTT

चैत्र १२,(सुवास संकल्प), इटहरी,
चर्चित मोडेल रश्मि तामाङ्ग ले दारु पार्टी सार्बजनिक गरेकी छिन l यो दारु पार्टी कुनै बिशेष समारोह तथा बिशेष खुशीको लागि नभएर रश्मिले आफ्नो गीत गाउने पहिलो प्रयास भनेकी छिन l अर्थात उनको आवाजमा "दारु पार्टी" बोलको पहिलो गीत सार्बजनिक भएको हो l
पछिल्लो समय नेपालि लोक दोहोरीको क्षेत्रमा एकछत्र राज गरेकी चर्चित मोडेल रश्मि तामाङ्ग अधिकांश निर्देशक तथा निर्माताहरुको रोजाईमा पर्ने गरेकी छिन l आफ्नो कला र मेहनतले देशकै प्रतिष्ठित अवार्डहरु समेत हासिल गरिसकेकी रश्मि देश तथा बिदेशका सास्कृतिक कार्यक्रमहरुमा पनि निकै ब्यस्त हुने गरेकी छिन l नया कुराको अनुभब लिने र केहि सिक्ने रहर सबैमा हुन्छ, एउटा राम्रो गीत गाउने रहर रश्मिमा पनि थियो, यो कुराले रश्मिलाई पनि छोड्न सकेन l रक्षा म्युजिक प्रालिले सार्बजनिक गरेको उक्त गीतमा रश्मि संगै रोशन सिंह र बादल थापा को पनि आवाज सुन्न सकिन्छ l
छमछमी नाच्ने शैलीको गीतमा आधुनिक पाराको र्याप पनि समाबेश गरिएको छ भने गीतमा रोशन सिंहको सब्द तथा संगीत रहेको छ l अहिले स्टुडियो भर्सनमा सार्बजनिक भएको भिडियोको छिटै अफिसियल म्युजिक भिडियो सार्बजनिक हुदै छ l
हेर्नुस स्टुडियो भर्सनमा तयार परिएको भिडियो :



via IFTTT

चैत्र १२, काठमाण्डौ,
नेपालि लोक दोहोरि गीत पारखिहरुको मनमा बस्न सफल हुने सम्भाबना रहेको एक गीतको लिरिकल भिडियो प्रियशी म्युजिक प्रालिले सार्बजनिक गरेको छ l 
"हास्न सकिन पिडा सहेर, मर्छु बरु बिष पिएर" बोलको निकै नै मर्मस्पर्शी गीतमा भुपेन्द्र घर्ति मगर र ओमिता बिसी को स्वर रहेको छ l प्रियशी म्युजिक प्रालि को अडियो भिडियो व्यवस्थापन रहेको सो गीतको म्युजिक भिडियो पनि छिटै सार्बजनिक हुने भएको छ l गायिका ओमिताले नै संगीत गरेको उक्त गीतमा रोशन अलि घर्ति मगर को सब्द समाबेश छ भने प्रियशीकै युटुब च्यानल बाट यो लिरिकल भिडियोलाई सार्बजनिक गरिएको हो l  
लिरिकल भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

चैत्र ११,(सुवास संकल्प), इटहरी,
आउदो जेठ ५ गते आफ्नो रिलिज मिति तय गरेको चलचित्र "डायरी" मा समाबेश "माया माया" बोलको लिरिकल भिडियो सार्बजनिक भएको छ l 
नोभेम्बर रैन मा अभिनय गरे पश्चात दर्शकको माया संगै नेपालि सिने जगतमा पाईला चालेकी छुल्ठिम गुरुङ को मुख्य अभिनय संगै यो फिल्ममा छुल्ठिम लगानीकर्ता पनि बनेकी छिन l सार्बजनिक लिरिकल भिडियोमा मानस राज को कम्पोज तथा सब्द समाबेश रहेको छ भने अल्मोडा राना को एरेन्ज संगै गीतमा उनैको आवाज समाबेश गरिएको छ l 
एअर क्रिउ प्रोडक्सन र छुल्ठिम इन्टरटेन्मेण्टको प्रस्तुति रहेको फिल्म "डायरी" मा रेखा थापा, छुल्ठिमको अलवा सन्नी सिंह, दिनेश डिसी, राज कुमार उप्रेती, राजु लामा, कुशल बिस्ट, उमेश पाण्डे लगायतको अभिनय रहेको छ l छेतन गुरुङको कथा समाबेश फिल्म डायरीमा अनिल योञ्जनले निर्माताको रुपमा छुल्ठिमलाई सघाएका छन् भने अनिलले नै यो फिल्म निर्देशन पनि गरेका छन् l 
"माया माया" बोलको लिरिकल भिडियो :
फिल्म "डायरी" को टिजर :



via IFTTT

चैत्र ११,(सुवास संकल्प), इटहरी,
नेपालि परिवेशमा नयापुस्ताका युवाहरुमा म्युजिक भिडियोको क्रेज निकै बढिरहेको छ भने विभिन्न तवरले नया सैलीको भिडियोहरु निर्माणको कार्यहरु पनि सांगीतिक क्षेत्रमा भई रहेको छ l यस्तै नया शैलीको भिडियो निर्माण गर्न र कलाकारलाई फरक ढंगले प्रस्तुत गर्न खप्पिस नव निर्देशक तथा मोडेल विकल्प श्रेष्ठले भर्खरै अर्को एक भिडियो सार्बजनिक गरेका छन् l 
निरन्तर मेहनत, प्रयास र आफ्नो कर्मलाई सम्मान गर्दै जान सके एक दिन सफलताको मार्ग भिटिने बिस्वास सहित नेपालि कलाप्रेमीहरुको मन जित्न नया-नया किसिमका भिडियोहरु निर्माण गर्न लागिपरेका छन l बहु प्रतिभाका धनि विकल्प आफुलाई मोडेलको रुपमा दर्शक माझ प्रस्तुत भईरहेकै बेला आफ्नो भोगाई र सिकाईलाई दर्शक माझ बाढ्नलाई निर्देशन तर्फ पनि होमिएका हुन् l उनले हाल सम्म दर्जन बढी म्युजिक भिडियोहरु निर्माण गरिसकेका छन् l बिसेष गरि नया तथा अगाडी बढ्न नसकिरहेका प्रतिभावान व्यक्तिहरुलाई अवसर दिदै काठ्माण्डौमा आफ्नै मातहतमा रहने गरि एस बि क्रिएटिभ मोडल एजेन्सी पनि श्रेष्टले संचालन गरिरहेका छन् l  
उनको निर्देशनमा पछिल्लो समय सार्बजनिक भएको "तिमि बिना" बोलको म्युजिक भिडियो एस बि क्रिएटिभ मोडल एजेन्सीको प्रस्तुति हो भने ओपास म्युजिक कम्पनिले बाजारमा ल्याएको गीतमा आवाज भने गायक दिपक समिप को रहेको छ l एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोमा अघिल्लो भिडियोहरु बाट राम्रै प्रतिक्रिया बटुलेका मोडल संकल्प श्रेष्ठलाई रोशिना राउतले अभिनयमा साथ् दिएकि छिन l 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :



via IFTTT

चैत्र १०,(सुवास संकल्प), इटहरी,
नेपालि संगीत क्षेत्रमा चर्चित हुने सपना बुन्दै सफल बन्नलाई आउनेहरुको लर्को पछिल्लो समय निकै बढिरहेको छ l यसै प्रसंगमा कतिपयले यो क्षेत्रमा अहिले नया युवापुस्ता पैशाको भरमा प्रबेश गरिरहेका छन् भन्ने आरोप पनि लगाई रहेका छन् l 
संगीत क्षेत्रमै आफ्नो सफल र टिकाउ भबिष्य देख्दै आफ्नो अथक मेहनत सहित २०६८ साल देखि सांगीतिक क्षेत्रमा औपचारिक प्रवेश गरेका गायक समीर बिक अहिलेको यो अवस्थालाई खासै ठुलो समस्या मान्दैनन् l "पैशाको तागतमा यो क्षेत्र प्रवेश गर्नेहरु आफै फिल्टर हुदै जान्छन, र सहि के हो दर्शकले आफै छुट्याउनु हुनेछ"-समीर भन्छन l 
६८ सालमा आफ्नो पहिलो एल्बम "मोनालिशा" मा समाबेश गीत "प्रिय तिम्ले माया मार्यौ नि" ले सांगीतिक क्षेत्रमा चर्चित "ईमेज अवार्ड" नै हात पारे पछि समीर यो क्षेत्रमा झनै हौसिदै मेहनत गर्न थाले l त्यस पछि विभिन्न स्टेज कार्यक्रमहरु देखि लिएर कलेक्सन एल्बम हरुमा समेत उनले आफ्नो आवाजलाई भर्न थाले l पहिलो एल्बम "मोनालिशा"को सफलता संगै "मोनालिशा २" पनि सार्बजनिक गरिसकेका गायक समीर बिक पछिल्लो समय किन ओझेलमा छन् ? 
हेर्नुस यो कुराको जवाफ सहित उनि संग गरिएको रमाईलो कुराकानीको यो भिडियो :



via IFTTT

चैत्र ९,(प्रदिप पंगेनी), मलेसिया,
गायिका मेरि राइको "ओ मेरो राजा" को भिडियो सार्बजनिक भएको छ । मलेसियामा छायकन गरिएको सो गीतको भिडियो मा निम्बुटी शेर्पा र सन्तोस परियारले अभिनय गरेका छन । 
गायिका राई कै शब्द र संगित रहेको सो गीतको म्युजिक भिडियोको निर्देशन राघब आचार्यले गरेका हुन । गीतको छायाकन भने पत्रकार अर्जुन काफ्लेले गरेका छन । सुजन शाहिको सम्पादनमा रहेको भिडियो दर्शकले मन पराउने भिडियो निर्माण समूह हाम्रो प्रतिभाका आतिप राइले बताए ।  
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

चैत्र ९,(सुवास संकल्प), इटहरी,
नेपालि सुगम संगीतका गायक डेविड शंकरले आफ्नो दोस्रो एकल एल्बममा समाबेश गरिएको एक गीतको म्युजिक भिडियो आफ्नो दर्शक स्रोता माझ सार्बजनिक छन् । "आईकम बि कम" बोल रहेको उक्त गीतमा गायकको आफ्नै शब्द, संगीत समाबेश गरिएको छ l गोपाल रसाईलिको संगीत संयोजन रहेको सो गीतको भिडियोलाई फराज अर्पणले छायांकन, निर्देशन र सम्पादन गरेका छन् भने नेपाली युवाको वर्तमान अवस्थालाई चित्रण गर्न खोजिएको भिडियोमा गायक डेबिट आफै देखिएका छन् l 
आफ्नो पहिलो एल्बम "माई ड्रिम्स" को सफलता संगै दोस्रो एल्बम नया बर्षको अवसरमा सार्वजनिक गर्ने तयारीमा रहेका उनि पछिल्लो समय नेपालि फिल्मको पार्स्व गायनमा पनि ब्यस्त छन् भने हालसम्म तीन दर्जन चलचित्रमा पार्स्व गायन दिइसकेका छन् l २०६२ सालमा मोफसलबाट संचालनमा आएको गायन प्रतियोगिता "पाचथर आइडल" को उपाधि हासिल गरे पश्चात निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय गायक शंकरले ०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि पनि हात पर्न सफल भईसकेका छन् । फार अवे इन्टरटेन्मेन्टले निर्माण गरेको उनको यो भिडियोलाई हाइलाइट्स नेपालले यूट्युव मार्फत विश्वब्यापी रिलिज गरेको हो ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

चैत्र ९,(सुवास संकल्प), इटहरी,
बादलहरु हो, म त दूर देखि, बितेका कुराले जस्ता कालजयी गीत गाएर नेपालि जन-मनमा बस्न सफल गायक तथा संगीतकार दीप श्रेष्ठ फेरी पनि नेपालि सांगीतिक बजारमा आफ्नो एक अर्को "प्रस्ताब" सहित उदाएका छन् l 
दीप श्रेष्ठको सुमधुर आवाजमा रहेको "प्रस्ताब" बोलको उक्त गीतमा शिशिर बाराकोटिको सब्द रहेको छ भने आनन्द राईको संगीत रहेको छ l प्रेम भित्र भएका अन्योलताले सम्बन्धमा ल्याउने चिसोपाना जस्ता कुराहरुलाई प्रतिनिधि गर्ने गहकिलो सब्दहरु समाबेश रहेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् l सम्बन्ध सुखद चलिरहदा आफ्नो प्रेमिकाको एक अर्को व्यक्तिले अपत्यारिलो कुरा सुनाए पछि संका उब्जिए संगै सम्बन्धले बिश्राम लिनु पर्ने सम्मको कुरालाई भिडियोमा समाबेश गरिएको छ l तर अन्तिममा भिडियो को कन्सेप्टले अर्कै मोड लिन्छ l 
भिडियोमा अहिलेका चर्चित मोडेल तथा चलचित्र "दर्पण छाया २" बाट नेपालि फिल्ममा डेब्यु गरेका पुष्पल खड्का को साथमा धेरै म्युजिक भिडियोहरुबाट लोकप्रियता कमाउदै केहि फिल्महरुबाट पनि राम्रै प्रतिक्रिया पाएकी मोडेल वर्षा सिवाकोटीलाई देख्न सकिन्छ l त्यस्तै अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् l   
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

फागुन ८,(सुवास संकल्प), इटहरी,
युवापुस्ता देखि लिएर हरेक वर्गमा लोकप्रिय बनेको सुविन सुबिन भट्टराईको चर्चित उपन्यास "समर लभ" मा करिब २ बर्ष अगाडी देखि नै फिल्म बन्ने निश्चित भए पनि मुख्य कलाकार नपाईएको साथै बिसेष प्राबिधिक कारणबस अगाडि बढ्न सकेको थिएन l 
अब भने यो फिल्म बन्नको लागि एउटा निश्चित बाटो भेटिएको छ अर्थात यो फिल्मका लागी झन्डै एक वर्ष लगाएर कथाका मुख्य पात्रहरु अतित र साया भेटिएको छ l एक कार्यक्रमको आयोजना गर्दै समर लभ टीमले कथाको मुख्य पात्र अतितमा आशिष पिया र अर्का मुख्य पात्र सायामा रेवती क्षेत्रीलाई कलाकारको रुपमा सार्बजनिक गरेको हो l यसअघि नायिकाका लागि साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिने खबर पनि सार्वजनिक भएको थियो l पछि फिल्मको लागि अष्टेलियामा भएको प्रतिभालाई अवसर दिईने भनिएको थियो तर अहिले आएर नेपालका अमित र नेपाल मुलकी भारतीय रेवतीलाई छनौट गरिएको छ l 
भारतको गुहावटी घर भएकी रेवतीले विभिन्न ब्युटी पेजेन्टहरु जितिसकेकी छिन । उनी सन् २०१६ को मिस एसिया युनिभर्सिटीकी विजेता र मिस इन्टरनेसनल भारतकी उपविजेता पनि हुन् । भारतीय फिल्म ग्याङ्ग्स अफ नर्थवेस्टमा अभिनय गरिसकेकी रेवतीको हिन्दि फिल्म खातुन आगामी प्रदर्शनमा आउने फिल्म हो । अतीत बनेका आशिष पनि मोडलिङ पृष्ठभूमिबाटै फिल्ममा प्रवेश गर्न लागेका हुन् ।
मुस्कान ढकालले निर्देशन गर्न लागेको समर लभ फिल्मलाई नाइटेङ्गल प्रालिबाट निर्माण गरिने छ । मुस्कानले यसअघि निर्देशन गरेको ‘नाइ नभन्नु ल ३ सफल भएको थियो भने फिल्मको कथालाई सामीप्यराज तिमल्सिनले पटकथामा ढालेका छन् । यो फिल्म काठमाडौं, पोखरा र धनगडीमा आगामी बैसाखदेखि छायाङ्कन सुरु गरिने छ भने फिल्मका केही दृश्यहरु विदेशमा समेत सुटिङ गरिने छ l 



via IFTTT

फागुन ७,(सुवास संकल्प), इटहरी,
नेपालको परिवेसमा हेर्ने हो भने छेमेकी मुलुक भारतलाई पछ्याउदै केन्द्र अर्थात काठमाण्डौ भन्दा बाहिर पनि सुन्दरी प्रतियोगिता देखि गायन, नृत्य तथा अभिनयलाई बिसेष महत्त्व दिएर निकै रियालिटी शो हरु हुने गरेको छ l कति सुरुवात देखि अन्त्य सम्म निष्पक्ष हुन्छन भने कति बिबादै बिबादले समापन हुन्छ l यस्तै पोखराबाट गायन र नृत्य लाई महत्त्व दिएर संचालनमा आएको गोल्डेन आईडलले सुरुवाती देखि तेश्रो सस्करण सम्म आईपुग्दा निष्पक्ष निर्णय गर्दै सहि प्रतिभालाई चिनाईसकेको छ भने हाल देशव्यापी रुपमा संचालन भएको चौथो सस्करणको उत्कृष्ट ५ प्रतियोगी पनि छनौट गरिसकेको छ l 
यहि प्रतियोगिताको उत्कृष्ट ५ अर्थात नृत्य तर्फ फाईनलमा पुग्न सफल नाम हो इटहरीको सुमिना श्रेष्ठ l इटहरीको हाम्रो बोर्डिङ्ग स्कुलमा ७ कक्षामा अध्यनरत सुमिना सानै देखि नाच्न खुबै तम्सिने गर्थिन भने उनि पढाईमा पनि निकै अब्बल छिन l गीत गाउन पनि रुचि राख्ने उनले नृत्य गरेर सबैको मन जित्दै आएकी छिन भने उनको सपना पछि गएर डाक्टर बन्ने रहेको छ l उनि यो प्रतियोगिता भन्दा पहिले पुर्वाञ्चलबाट संचालन भएको इन्टर स्कुल एकल नृत्य प्रतियोगितामा भाग लिएर आफुलाई नृत्यमा अब्बल साबित गर्दै बिजेता बन्न सफल भईसकेकी छिन भने इटहरीबाट संचालन भएको "नाच नाच-२" मा पनि फाईनल सम्म पुग्न सफल भई सकेकी छिन l 
आफ्नो परिवारबाट पुरा साथ पाएकी सुमिनाले आफुलाई यहा सम्म आउनलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै अब अझै प्रतिष्पर्धी समय भएकोले अझै सहयोग र साथको आवस्यकता रहेको भन्दै फेरी पनि निरन्तर भोट गरेर बिजेता बन्नलाई सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन l देशभरिका हजारौ प्रतिष्पर्धिलाई आफ्नो नृत्यकलाले पछि पार्दै फाईनलमा पुगेकी सुमिनालाई भोट गर्नको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर NGI<speace>30 लेखि 33264 मा म्यासेज पठाउन सकिने छ भने एक दिनमा एउटा नम्बरबाट १० पटक सम्म भोट गर्न सकिने छ l सुमिना श्रेष्ठलाई हाम्रो तर्फबाट पनि बिजेता बन्न हार्दिक सुभकामना अर्पण गर्दछौ l 
सुमिना आफैले भोट माग्दैछिन, हेर्नुस यो भिडियो :




via IFTTT

फागुन ७,(सुवास संकल्प), इटहरी,
नेपालको परिवेसमा हेर्ने हो भने छेमेकी मुलुक भारतलाई पछ्याउदै केन्द्र अर्थात काठमाण्डौ भन्दा बाहिर पनि सुन्दरी प्रतियोगिता देखि गायन, नृत्य तथा अभिनयलाई बिसेष महत्त्व दिएर निकै रियालिटी शो हरु हुने गरेको छ l कति सुरुवात देखि अन्त्य सम्म निष्पक्ष हुन्छन भने कति बिबादै बिबादले समापन हुन्छ l यस्तै पोखराबाट गायन र नृत्य लाई महत्त्व दिएर संचालनमा आएको गोल्डेन आईडलले सुरुवाती देखि तेश्रो सस्करण सम्म आईपुग्दा निष्पक्ष निर्णय गर्दै सहि प्रतिभालाई चिनाईसकेको छ भने हाल देशव्यापी रुपमा संचालन भएको चौथो सस्करणको उत्कृष्ट १० प्रतियोगी पनि छनौट गरिसकेको छ l 
यहि प्रतियोगिताको उत्कृष्ट १० अर्थात नृत्य तर्फ फाईनलमा पुग्न सफल नाम हो इटहरीको सुमिना श्रेष्ठ l इटहरीको हाम्रो बोर्डिङ्ग स्कुलमा ७ कक्षामा अध्यनरत सुमिना सानै देखि नाच्न खुबै तम्सिने गर्थिन भने उनि पढाईमा पनि निकै अब्बल छिन l गीत गाउन पनि रुचि राख्ने उनले नृत्य गरेर सबैको मन जित्दै आएकी छिन भने उनको सपना पछि गएर डाक्टर बन्ने रहेको छ l उनि यो प्रतियोगिता भन्दा पहिले पुर्वाञ्चलबाट संचालन भएको इन्टर स्कुल एकल नृत्य प्रतियोगितामा भाग लिएर आफुलाई नृत्यमा अब्बल साबित गर्दै बिजेता बन्न सफल भईसकेकी छिन भने इटहरीबाट संचालन भएको "नाच नाच-२" मा पनि फाईनल सम्म पुग्न सफल भई सकेकी छिन l
आफ्नो परिवारबाट पुरा साथ पाएकी सुमिनाले आफुलाई यहा सम्म आउनलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै अब अझै प्रतिष्पर्धी समय भएकोले अझै सहयोग र साथको आवस्यकता रहेको भन्दै फेरी पनि निरन्तर भोट गरेर बिजेता बन्नलाई सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन l देशभरिका हजारौ प्रतिष्पर्धिलाई आफ्नो नृत्यकलाले पछि पार्दै फाईनलमा पुगेकी सुमिनालाई भोट गर्नको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर NGI<speace>30 लेखि 33264 मा म्यासेज पठाउन सकिने छ भने एक दिनमा एउटा नम्बरबाट १० पटक सम्म भोट गर्न सकिने छ l सुमिना श्रेष्ठलाई हाम्रो तर्फबाट पनि बिजेता बन्न हार्दिक सुभकामना अर्पण गर्दछौ l 
सुमिना आफैले भोट माग्दैछिन, हेर्नुस यो भिडियो :




via IFTTT

चैत्र ६.(सुवास संकल्प), इटहरी,
देशमा भन्दा पनि बिशेष गरि बिदेशमा रहेका नेपालिहरुले बढि रुचाउने लोक दोहोरी गीतमा उनीहरुले आफ्नोपनको आभाष पाउने गर्छन l एक पछि अर्को गर्दै नेपालि सांगीतिक बजारमा उत्कृष्ट गीत तथा भिडियोहरुको प्रस्तुति दिदै आएको प्रियशी म्युजिक प्रालि ले भर्खरै एक अर्को लोक दोहोरी म्युजिक भिडियो सार्बजनिक गरेको छ l 
छमछमी नाच्ने शैलीको गीतमा तयार भएको "बनाउ हाम्रो दिलमा सानो सानो घर" बोलको यो म्युजिक भिडियोले पनि नेपाल तथा बिदेशमा रहेका नेपालीहरुले रुचाउने पक्का देखिन्छ l प्रियशी म्युजिकले उत्पादन गरेको यो गीत तथा भिडियोमा राम सरु मगर र सिर्जना बर्देवा को स्वर रहेको छ l त्यस्तै भरत कुमार मगरको सब्द रहेको छ भने उनैले गीतमा संगीत पनि भरेका छन् l त्यस्तै सागर गौतमले छायांकन गरेको भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् l 
नेपालि मोडलिङ्ग क्षेत्रमा चलेका मोडलहरुको गन्ति गर्ने हो भने अग्र स्थानमा आउने नाम हो पार्वती राई, यस भिडियोमा उनैलाई छमछमी नाच्न साथ् दिएका छन् अघिल्लो भिडियोहरुमा पनि राम्रो चर्चा बटुल्दै आएका ओम श्रेष्ठ ले l प्रियशी म्युजिक कै युटुब च्यानल बाट सार्बजनिक गरिएको भिडियोलाई अविनाश डिशि ले सम्पादन गरेका छन l 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

फागुन ५,(सुवास संकल्प), इटहरी,
चाम्स ईण्टरटेन्मेण्ट प्रालि को प्रस्तुति रहेको फिल्म "वीर बिक्रम" युटुब रिलिज संगै यो समाचार तयार पर्दा सम्म १ दिनको अबधिमा ३ लाख ६० हजार भन्दा बढी पटक हेरिएको छ भने युटुब ट्रेण्डिङ्गको नेपालमा तेस्रो स्थानमा रहेको छ l  
सिने दर्शकका लागि पछिल्लो समय रोजाईमा परेका दयाहांग राई, अर्पण थापा, अनुप बिक्रम शाही, दिया पुन, नाजिर हुसेन, शिशिर राना, बसन्त भट्ट लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ भने मिलन चाम्स यस फिल्मका निर्माता तथा निर्देशक रहेका छन् l ओएसआर डिजिटल को युटुब च्यानल बाट फिल्म "विर बिक्रम" लाई मार्च १७ मा सार्बजनिक गरिएको हो l 
पुरा फिल्म हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला : 



via IFTTT

फागुन २,(प्रदिप पंगेनी), मलेशिया,
हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ । पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको 'ताला चावी झैँ' गीतको भिडियो सार्वजनिक गरिएको हो ।
एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् । सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन् । राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको छ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोला :
Monetize your website traffic with yX Media




via IFTTT

चैत्र १,(सुवास संकल्प), इटहरी,
नेपालि लोक कला सस्कृतिले पछिल्लो समय छुट्टै स्थान बनाएर आफ्नो बेग्लै परिचय बनाईरहेको छ l हरेक दिन दर्जन बढी म्युजिक भिडियोहरु सांगीतिक बजारमा रिलिज हुने गरेको छ l यहि क्रममा एक अर्को छमछमी नचाउने गीत भर्खरै सार्बजनिक भएको छ l आधुनिक युगमा नेपालि युवायुवती माझ भित्रिएको पहिरनको बारेमा कुरा गर्दै "नक्कली नानीको छोटो छोटो पहिरन" बोलको गीत सार्बजनिक भएको हो l 
लोकगीतको बजारमा उत्कृष्ट गीत तथा भिडियो निर्माण गर्दै आएको प्रियशी म्युजिक प्रा लि को प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायिका टिका पुन र गायक भिम ज्वलन्त योगीको युगल आवाज सुन्न सकिन्छ l छमछमी नाच्ने सैलीको उक्त गीतमा ललित मगरको संगीत रहेको छ भने गायक योगी संगै ललितकै सब्द समाबेश रहेको छ l त्यस्तै मोडलिङ्गमा आफ्नो छुट्टै पहिचान बनाएर चर्चित भएकी मोडेल पार्वती राई संगै ओम श्रेष्ठले छमछमी नाचेका छन् भने अनिश लामाले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका छन् l प्रियशी म्युजिक कम्पनिले आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेको सो गीतलाई अविनाश डि शि ले सम्पादन गरेका छन् l 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
Monetize your website traffic with yX Media




via IFTTT

चर्चित हास्य टेलिश्रिङ्खला भद्रगोलको होलि बिशेष एपिसोड २ दिनको अबधिमा ४ लाख ८५ हजार बढी पटक हेरिएको छ भने युटुब ट्रेण्डिङ्ग को पहिलो नम्बर मा पर्न सफल भएको छ l 
होलि बिशेष भद्रगोलको पुरा एपिशोड हेर्नको लागि तल दिएको लिंक तथा भिडियो मा क्लिक गर्नुहोला :
Monetize your website traffic with yX Media




via IFTTT

फागुन २९,(सुवास संकल्प), इटहरी,
पछिल्लो समयमा युवापुस्तामा संगीतको क्रेज निकै बड्दै गईरहेको छ l यस्तै संगीत क्षेत्रमा करिब १ दशक पार गर्न लागेकी गायिका योजना पुरीले आफ्नो दर्जन बढी गीत तथा भिडियो चर्चामा रहे संगै हालसालै एक नया म्युजिक भिडियो सार्बजनिक गरेकी छिन l 
‘म त बस्नै नसक्ने’ एल्बम भर्खरै सार्वजनिक गरेकी गायीका तथा मोडल योजना पुरीले सोहि एल्बमको शिर्ष गीतको भिडियो सार्बजनिक गरेकी हुन् । गणेश सुबेदीको सब्द रचना रहेको सो गीतमा मायाप्रेम संगै राष्ट्रप्रेमका सब्दहरु पनि समाबेश गरिएको छ भने राजिब शाहले संगीत र संगीत समंयोजन गरेका छन् l भिडियोमा के.के.अधिकारी सगँ प्रेम जोडी रुपमा आफै देखीएकी छिन् । भिडियोलाई अहिलेका ब्यस्त निर्देशक युवराज वाइवाले निर्देशन गरेका छन भने उत्सव दहालले छायांकन गरेका छन् । पछिल्लो समय म्युजिक भिडियो सम्पादनमा अब्बल देखिएका एडिटर निशान घिमीरेले भिडियो सम्पादन गरेका छन् ।
Monetize your website traffic with yX Media
योजनाले आफ्नो य़ुटुब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोलाई एक दिनमै ३० हजार भन्दा बढि पटक हेरिएको छ भने उनले सोहि गीतको कभर भिडियो प्रतियोगिताको पनि आव्ह्वान गरेकी छिन l यो गीतमा १० ओटा भन्दा बढी कभर भिडियो बनेर आएमा त्यो भिडियोहरु मध्यबाट एउटा उत्कृष्ट भिडीयो घोषणा गरिने छन् भने सो भिडियो निर्मातालाई योजनाकै आफ्नो नयाँ गीतमा भिडियो खेल्ने अवसर दिइने योजनाको योजना रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
Monetize your website traffic with yX Media



via IFTTT

फागुन २८,(रोशन पोखरेल), बिराटनगर,
आफूले माया गरेको मान्छे गुमाउँदाको पीडालाई भुलेर आफू खुशी हुनु भन्दै उनले आफनी प्रेमीकालाई आग्रह गरेका छन । बिछोडमा माया गर्ने मायालु मनहरुको लागि यो गित उदाहरण रहेको गायक पोखरेलले बताएका छन । आफ्नो मान्छेलाई गुमाउदा कस्लाई पो पिडा नहोला र मनमा पीडा भएपनि आफ्नो मायालुलाई उनले विनम्रपूर्ण स्वरमा सम्झाएका छन । समयमा माया धोका खाएर म तिमी बिन मर्छु पागल हुन्छ भन्ने गित बजार उपलब्ध भैरहदा ओम बिसि र प्रेब बिसिले धोकामा पनि बाच्न सकिन्छ, पाउनु मात्र माया हैन गुमाउनु नि माया हो भन्दै गितमा समाजमा चेतना दिने गित बजारमा लिएर आएका हुन ।
गितमा मार्मिक शब्दहरु समाबेश गरिएको छ । पछिल्लो समयमा चर्चाको खुट्किलो पार गर्दै गरेका सर्जक बासुदेब पोखरेलको रहेको छ भने गितमा मनै छुने लय गायक तथा सर्जक केशव कुबँरको रहेको छ l सो गितमा आबाज दिएका छन चर्चित गायिका देबि घर्ती, ओम बिसि, प्रेम बिसिको त्यस्तै अभिनय रहेको छ प्रताप गौतम, सिला मगर, सागर खनालको रहेको गितमा निर्देशन, छयाँङकन तथा सम्पादक मनिश पन्तले गरेका छन l गितको भिडियो निर्माण श्रीनगर फिल्मस् बुटवलले, बजार व्यावस्थापन सम्मान म्युजिकले गरेको निमार्ण पक्षले जानकारी दिएको छ ।
भिडियो तलको लिंकमा :
Monetize your website traffic with yX Media




via IFTTT

फागुन २८, (रोशन पोखरेल), विराटनगर,  
होलीको अवसर पारेर यतिबेला धमाधम होलीको म्यूजिक भिडियो बजारमा आउन थालको छ । यहि क्रममा भर्खरै मात्र गायक सुमित खड्काको स्वरमा सजीएको "होली होली" बोलको म्यूजीक भिडीयो पनि यूटुव बाट सार्वजनीक भएको छ ।
प्लस एन फ्रेम ब्यानर बाट निर्मित बिराटनगरका हस्तीको रुपमा रहेका अरुण राठि,अरुण सुराना, गणेश थापा लगायतको अभिनय रहेको होलीको गित बजारमा आएको हो । उक्त गितलाई मोड्ल तथा संञ्चारकर्मी प्रतिक श्रेष्ठले निर्देशन गरेका छने भने सुमन निरौलाले छायांकन गरेको हुन । बिषेश गरी होली पर्वलाई लक्षीत गरेर बनाइएको उक्त म्यूजिक भिडियोमा बिराटनगरका ज्याकले कोरीयोग्राफ गरेका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
Monetize your website traffic with yX Media




via IFTTT

फागुन २८, (रोशन पोखरेल), बिराटनगर, 
कलाका लागि लक्षित गर्दै जनता डिजीटिल प्रालिको प्रस्तुतिमा केशव सापकोटाको उत्कृष्ट शब्द सिर्जनामा नेपाली सांगीतिक क्षेत्रमा भर्खरै बजारमा उपलब्ध भएको गित बादलुले छेक्यो जुनलाई बजारमा निकै लोकप्रिय बन्दै गएको छ। मायामा परेका हरेक प्रेमी प्रेमिकाहरुलाई विछोडले साथ दिदा मनको हरेक चाहनामा पुग्ने कठोर भावनालाई यस गितमा समेटिएको छ । माया प्रेम मा सगै बस्ने रहर र चाहना हुुदाँहुदै पनि बाध्यतामा छुटनु पर्दाको विषयलाई यसमा समेटने प्रयास गरिएको छ । 
मनमा लुकेर बसेका हरेक पलमा आउने यादलाई नबिर्सन आफ्नो प्रेमी प्रेमीकालाई गायक गायिका विमल राज पोैडेल र गायिका कृष्णा परियारले सविनय अनुरोध गरेका छन ।  बजारमा आएको धेरै वियोगान्त गीतमा यो प्रेम संयोगान्त गीतलाई निकै उत्कृष्टता दिंदै आम दर्शक तथा स्रोताहरुले मन पराइरहेका छन । मायामा सफलता प्राप्त हुन भाग्यमा लेख्नु पर्छ भन्ने आसय यस गितमा छ। जनता डिजिटल प्रा लिको बजार व्यवस्थापन रहेको गितमा हालका ज्यादै व्यस्त निर्देशक सिर्जन बरालले भिडियोलाई निर्देशन गरेका छन भने मायामा डुवेका कलाकारहरु बावु क्षति र संगिता बास्तोलाको अभिनय यस भिडियोमा देख्न सकिन्छ । प्रदिप दाहालको सम्पादन रहेको भिडियोमा रेशम दलार्मी र रामेश्वर हुमागाईले छायांकन गरेका छन ।
भिडियो तलको लिंकमा :
Monetize your website traffic with yX Media



via IFTTT

फागुन २७,(सुवास संकल्प), इटहरी,
अधिकारी ब्रदर्स पिक्चर्सको प्रस्तुति रहेको एक्सन प्रधान नेपालि कथानक चलचित्र "के म तिम्रो हैन र" अब युटुब मार्फत विश्वभर हेर्न सकिने भएको छ l 
आर्यन अधिकारी, मरिस्का पोखरेलको मुख्य भूमिका रहेको सो फिल्म आज हाईलाईट्स नेपालको युटुब च्यानलबाट सार्बजनिक भएको हो l आकाश अधिकारिको निर्देशन रहेको उक्त फिल्ममा सुरेश अधिकारीको लगानी रहेको छ भने बसन्त सापकोटा र तारा प्रकाश लिम्बुको संगीत रहेको छ l लभ स्टोरी संगै एक्शन प्रधान चलचित्रलाई हिमाल के सी ले द्वन्द निर्देशन गरेका छन् l
पुरा फिल्म हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
Monetize your website traffic with yX Media




via IFTTT

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.