January 2017

माघ १८, इटहरी,
नेपालि सांगीतिक क्षेत्रमा नया-नया प्रतिभाहरुको आगमन हुने क्रम पछिल्लो समय निकै नै बढि रहेको छ l यहि क्रममा भर्खेरै मात्र एक नव गायकले आफ्नो पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् l 
"जसलाई दिलमा" बोलको उक्त गीतको सुटिङ्ग भएको लगभग एक महिना भन्दा बढि भई सकेको छ l यो लामो प्रतिक्षा पछि सार्बजनिक गरिएको भिडियोमा एक प्रेमीको अधुरो कथा अर्थात बिस्वासमा घात देखाईएको छ l इटहरीका नव गायक रेशम खड्काको स्वर रहेको छ भने गीतमा प्रकाश भट्टराईको सब्द समाबेश गरिएको छ l पुर्वको पर्यटकिय स्थल गोकुलम रिसोर्ट र आस-पासमा सुटिङ्ग सम्पन्न गीतको म्युजिक भने गायक स्वयं को रहेको छ l 
भिडियो मा अर्यमान अर्याल, अनु राई र राजुको अभिनय देख्न सकिन्छ l डि थ्री प्रोडक्सन उत्पादन तथा प्रस्तुति रहेको सो भिडियोलाई सुवास संकल्प ले निर्देशन गरेका छन् भने निक बिष्टले छायांकन गरेका छन् l म्युजिक नेपाल बाट सार्बजनिक उक्त भिडियो मा सोम मग्रातिको मेकअप रहेको छ भने एन्जल थापाले सम्पादन गरेका छन् l
हेर्नुस भिडियो :



via IFTTT

माघ १७, (करन धिताल)-पथरी,
गायक गौरभ दर्पण र श्रृष्टि हिङमाङको आवाजमा सजिएको पुर्वाञ्चलको प्रतिनिधि गीत ‘जता हेरे पनि हजुर पूर्वै रमाइलो" गीतको म्युजिक भिडियो लामो समयको प्रतिक्षा पश्चात युट्युव मार्फत् सार्वजनिक भएको छ । गीति एल्बम पाइला मार्फत् ट्रेड भिजन इन्भेष्टमेन्ट प्रा.लिले बजारमा ल्याएको उक्त गीत २०६५ सालमा इटहरीमा आयोजित एक प्रतियोगितामा प्रथम भएको गीत थियो l 
त्यस पश्चात विभिन्न चाडबाड, पूजाआजा, पिकनिक, देउसी नाच लगायतमा अत्यधिक लोकप्रिय भएको छ । आज सम्म पनि विवाह, पार्टी, सेमिनार आदिमा उत्तिकै ढंगले यो गीतमा कम्मर मर्काइन्छ । कमला खनालको संगीत, गौरभ दर्पणको शब्द रहेको गीतलाई पवनवाङ लामाले संगीत संयोजन गरेका छन् भने मित्रलामाले संगम स्टुडियोमा ध्वनी सम्पादन गरेका हुन् । 
भिडियोमा सुप्रिया कटुवाल र दीपक बास्तोले अभिनय गरेका छन् । सन्तोष कुमार श्रेष्ठ र आशिका भन्डारीको लगानीमा बनेको भिडियोलाई अर्जुन तिवारी, राम केसी र चर्चित ढुंगेलले पूर्वका विभिन्न धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलमा छायांकन गरेका छन् भने कविमिलन र दिनेश माङमुले नृत्य निर्देशन गरेका छन् । 
गायक तथा परिकल्पनाकार गौरभ दर्पणको यो गीतलाई शान्तिम कोइरालाले निर्देशन गरेका हुन् । भिडियोमा युनिक डान्स सेन्टर उर्लाबारी र समाज सुधार समूह नेपाल चुलाचुली इलामका कलाकारको नृत्य देख्न सकिन्छ भने पाख्रीवास साहित्य समाज धनकुटाका कलाकारहरुको पनि अभिनय देख्न पाइन्छ । उक्त भिडियोलाई अल्लारे म्युजिक च्यानलले युटुब मार्फत सार्वजनिक गरेको हो । 
हेर्नुस भिडियो :





via IFTTT

माघ १६,(अर्जुन गुरागाईं), इटहरी,
लामो समय संचारकर्ममा लागेका महेश सिक्देलले म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेका छन । महेश सिक्दलद्धारा निर्देशित माया लाउदा बोलको लोक पप गित हालै सार्बजानीक भएको हो । 
राजन सिक्देलको शब्द रहेको गितमा स्वर भने संदिप मोतेको रहेको छ । उक्त गीतमा संगित भने गजेन बान्तवाको रहेको छ भने गजबको चौतारी नामक युट्युब च्यानल मार्फत सो गीतलाई शुक्रबार सार्बजानीक गरीएकोे छ । भिडियोमा सुनिल, मिना, प्रताप, मिलन र नगेन्द्रको अभिनय रहेको छ । भिडियोमा छायाकन गजेन्द्र घलेको रहेको छ भने सिरकुमार साम्पाङ्गको सम्पादन रहेको छ ।
भिडियो :





via IFTTT

माघ १५,(सुवास संकल्प), इटहरी,
नेपालका चर्चित गायक कमल खत्रीले श्रीलंकाको चर्चित सांगीतिक समूह इराज प्रोडक्सन संग सहकार्य गर्दै नेपालि भर्सनमा गीतको भिडियो सार्बजनिक गरेका छन् l 
यो केहि समय अगाडी सार्बजनिक भएको श्रीलंकाकै गायक कल्पना नयनामधु को गीत तथा भिडियोको नेपालि भर्सन हो l "आसावारी" बोलको उक्त गीतमा इराजले संगीत भरेका छन् भने नेपालीमा सब्द र स्वर कमल खत्री को रहेको छ l एकै संगीत र भिडियोमा श्रीलंका र नेपालका गायकहरुको नेपालि र श्रीलंकियन भाषामा फरक फरक भिडियो सार्बजनिक भएको हो l 
यस गीतलाई ईराजको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ भने यस अघि इराज प्रोडक्सन सग इन्दिरा जोशी, सन्तोष लामा, स्व. याम बुद्ध जस्ता नेपालि गायक गायिकाहरुले सहकार्य गरेर गीतहरु गाई सकेका छन् l 
हेर्नुस नेपालि र श्रीलंकियन भाषामा फरक फरक भिडियो :




via IFTTT

माघ १५, (सुवास संकल्प)-इटहरी,
अभिनयबाट आफ्नो कला यात्रा सुरु गरेका अर्पण बस्नेत हाल फिल्म निर्देशन तिर होमिएका छन् l कर्माण्य नामक छोटो फिल्म निर्देशन गरेर निर्देशकीय क्षमता प्रस्तुत गरेका अर्पण हाल सोहि फिल्मको च्यारिटि शो गरिरहेका छन् l 
थिएटरमा गरिने नाटकहरुमा आफ्नो अभिनय प्रस्तुत गरेर सबैको माया पाएका अर्पणलाई अबको दिनहरुमा भने थिएटर संगै चलचित्र क्षेत्रमा पनि देख्न सकिने छ l युवावर्गलाई लक्षित गरेर एच आई भी मा केन्द्रित भई निर्माण गरिएको चलचित्र कर्माण्य हेरिसके पछि दर्शकको राम्रो प्रतिक्रिया प्राप्त गरेको उनि बताउछन l 
हेर्नुस कर्माण्य निर्देशक अर्पण बस्नेत संग गरिएको रमाईलो कुराकानी :





via IFTTT

माघ १४, इटहरी,
तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्य सहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझा आज पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो । 
४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसार पसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो । इटहरी घर भएका ओझा कुनै बेलाका चर्चित गायक र हास्य कलाकार समेत हुन् । उनी काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङ समेत गर्ने गरेको व्यूरोले जनाएको छ । अदालतले कैद फैसला गरे लगत्तै ओझा फरार थिए । 
                                                                                                                                                    समाचार/भिडियो : एरिना टिभी बाट l
हेर्नुस भिडियो :




via IFTTT

माघ १४, (सुवास संकल्प)-इटहरी,
युवापुस्ता माझ लोकप्रिय गायक कमल खत्री पछिल्लो समय देश बिदेशका विभिन्न सास्कृतिक कार्यक्रम हरुमा ब्यस्त छन् l यहि क्रममा कमलले उनका भाई आर के खत्री को गीतेमा फ़िचरिङ्ग गरेको गीत भर्खेरै सार्बजनिक भएको छ l 
"महसुश तिम्लाई गर्छु" बोलको उक्त गीतमा कमलले पहिलो पटक आफ्नै भाई संग एउटै गीतमा आवाज भरेका हुन् l नजिकिदै गरेको प्रेम दिवसलाई मध्यनजर गरेर सार्बजनिक गरिएको सो गीतको सब्द तथा कम्पोज आर के खत्रिकै रहेको छ भने सैलेन्द्र प्रधान "बाबु" को एरेन्ज रहेको छ l 
पछिल्लो समय "हेरन", "रातो लिबिस्टिक", "गोलि" जस्ता गीत गाएर चर्चा कमाउदै गरेका गायक आर के को "महसुश" मा सोहम जी एन र श्री पाण्डेलाई देख्न सकिन्छ भने पवन सुस्लिङ्गले पहिलो पटक यहि गीतबाट निर्देशनमा हात हालेका छन् l द मोण्टाजले बजारमा ल्याएको "महसुश" मा शोहम गुरागाईंको कन्सेप्ट रहेको छ l
हेर्नुस भिडियो :




via IFTTT

माघ १३, काठमाडौं, 
हङकङबाट प्रदर्शनको सुरुवात गरेको ‘शायद–२’ अब नेपालमा असार ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटन्र्स’बाट स्थापित ब्यानरको रुपमा चिनिएको दुर्गिश फिल्मस्ले चलचित्र ‘सायद–२’लाई निर्माण गरेको हो । जसका निर्माता सुनिल रावल हुन् ।
निर्माण कार्यमा रावललाई इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् । पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्र शायद-२ सुरुमा चैत्र ४ गते प्रदर्शनको मिति तोके पनि एसएलसी परिक्षाको कारणले जेष्ठ १२ गते नयाँ मिति तोकिएको थियो । जेष्ठ १२ मा पनि शायद २ चलचित्रका लक्षित दर्शकको फेरि परिक्षा पर्ने भएकाले चलचित्रको प्रदर्शनको मिति तेस्रो पटक सार्दै असार ३० लाई तोकिएको निर्माता सुनिल रावलले बताए । चलचित्र मार्च १९ का दिन जापानको टोकियोमा प्रिमियर गरिने भएको छ । प्रिमियरमा सहभागी हुन निर्माता सुनिल रावल, दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल टोकियो जाने भएका छन् ।
राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ । चलचित्र शायद २ बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक हो । चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ । निर्माता रावलले अब दुई चलचित्रहरु ‘लाहुरे’ र ‘उलन म्यारी’को निर्माण कार्यको थालनी समेत गरिसकेका छन् ।



via IFTTT

माघ १३,(सुवास संकल्प), इटहरी,
आफ्नो कला र गलाको सदुपयोग गर्न सबैलाई रहर हुन्छ, तर यो जमानामा आफ्नो कलालाई त्यति सजिलै बजारमा बिकाउन सकिदैन l यहि कुरा लाई चुनौती दिदै संगीत क्षेत्रमा आफ्नो छुटै स्थान बनाउन लागि परेकी नव गायिका शोभा अधिकारिले एक नया गीतको म्युजिक भिडियो भर्खेरै सार्बजनिक गरेकी छिन l 
चितवनमा जन्मिएकी सोभा अहिले काठ्माण्डौ मा बसेर पढाई संगै आफ्नो सपनाको संगीतलाई अगाडि बढाई रहेकी छिन l आफ्नो जीवनको पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक गरिसकेकी उनले हालै "आई लाभ यु" बोलको आफ्नो दोस्रो म्युजिक भिडियो सार्बजनिक गरेकी हुन् l  
सैलेन्द्र मोहन प्रधानको एरेन्ज रहेको उक्त गीतमा सब्द तथा कम्पोज स्वयं गायिका शोभाकै रहेको छ भने पिक स्टुडियो काठ्माण्डौले गीतलाई बजारमा ल्याएको छ l सो गीतको भिडियोलाई भक्तपुर तथा सुर्यविनायकको रमणिय ठाउहरुमा शुटिङ्ग गरिएको छ भने सुरेश काफ्लेले छायांकन गरेका छन् l प्रेमभाब झल्किने भिडियोमा बिशाल सापकोटालाई देख्न सकिन्छ भने उनलाई गायिका शोभाले नै साथ् दिएकि छिन l 
हेर्नुस भिडियो : 




via IFTTT

माघ १३, (सुवास संकल्प)-इटहरी,
नृत्य पारखी हरुको लागि नेपालकै सबै भन्दा ठुलो प्लेटफ़म "राष्ट्रव्यापी एकल नृत्य प्रतियोगिता-छमछमी ३" फेरी सुरु भएको छ l नेपालको सरकारी मातहतबाट संचालित एक मात्र टेलिभिजन "नेपाल टेलिभिजन" ले संचालन गर्ने उक्त डान्सिङ्ग रियालिटी सो "छमछमी" को यो तेस्रो सृंखला हुने छ l 
नेपाल भरिका कुना काप्चामा लुकेर रहेका नृत्य प्रतिभाहरुलाई उजागर गर्ने हेतुले संचालन गरिएको उक्त प्रतियोगिताको नेपालभरि अडिसन हुदै छ l छमछमी र छमछमी २ को अपार सफलता साथै राम्रो प्रतिभालाई सबै सामु चिनाएर प्रसंसित छमछमी टीमले यो तेस्रो सृंखलाको अडिसन मिति र स्थान सार्बजनिक गरेको छ l प्रतियोगताको काठ्माण्डो अडिसन पश्चात नेपालको मुख्य ७ सहरमा अडिसन गरिने छ l यहि माघ २४ गते नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरमा अडिसन हुदैछ भने जिल्ला बिकाश समिति हाल धनगडीमा माघ २६ गते, बाल मन्दिर परिषद बुटवलमा माघ २८ गते, उप महानगरपालिका सास्कृतिक भवन इटहरीमा फाल्गुन ८ गते, अग्रसेन भवन बिर्तामोडमा फाल्गुन १० र ११ गते, उद्ग्योग बाणिज्य संघ हल बिरगंजमा फाल्गुन १३ गते र उद्ग्योग बाणिज्य संघ हल नारायनघाट मा फाल्गुन १५ गते अडिसन तय गरिएको छ l
रियो मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको अडिसन साथै फाइनलको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट गर्ने गरिन्छ l प्रतियोगिताको प्रथम पुरस्कारमा डाट्सन को रेडि गो कार, दोस्रो पुरस्कार नगद रु ५ लाख बराबरको एल जी होम अप्लाइन्सेस, तृतीय पुरस्कारमा नगद रु ३ लाख बराबरको एल जी होम अप्लाइन्सेस र प्रोत्साहन पुरस्कार स्वरुप सात जनालाई प्रति व्यक्ति ३२ इञ्च को एलजी स्मार्ट टिभि रहेको छ l 



via IFTTT

माघ १३. आर.बी.कट्वाल (राम), झुम्का,
सुनसरीको रामधुनी भासीका बिशाल पोखरेल सानै उमेरदेखी संगित क्षेत्रमा तल्लिन छन् । मोफसलमै बसेर उनले एक पछि अर्को गर्दै धमाधम गितहरु रेकर्ड गर्न थालेका छन् । पोखरेलले हाल सम्म ३ वटा गित गाइसकेका छन् । रेकर्डको लागि भने केही गित तयारी अवस्थामा रहेको बताउछन् । १६ बर्षिय पोखरेलले सानै उमेरदेखी गित संगितलाइ माया गर्ने गरेको कारण पनि संगित क्षेत्र प्रति उनको आकर्षण रहेको छ । बच्चै देखी गित गुनगुनाउने बानी भएका उनीमा गित गाउने मात्र हैन, गित लेख्ने र गितलाइ  संगित भर्ने क्षमता पनि रहेको छ । 
 केही दिन अगाडी ‘के यो माया हो..’ बोलको गित रेकर्ड गरेका पोखरेलले छु्ट्टै ब्याण्ड समेत खोलेका छन् । माया प्रितीको भाव झल्कने सो गित उनले पुर्वाञ्चलमै रेकर्ड गरेका हुन् । सो भिडियोको सुटिङ्ग समेत सकिएको उनी बताउछन् । पोखरेल कै शब्द, संगित र स्वर रहेको सो गितको काठमाण्डौ, गोदावारी र आसपासका रमणीय स्थानमा सुटिङ्ग भएको हो । साथमा उनलाइ उनकै ब्याण्डका राज तामांग, रायन राइ र विवेक चौधरीले कोरसमा साथ दिएका छन् । विराज घिमिरेले निर्देशन गरेको सो भिडियोमा रवी आचार्य, सोमीया को मुख्य भूमिका रहेको छ । द आरबी स्क्वायर ब्याण्डको पहिलो म्युजिक भिडियोको रुपमा पोखरेलले के यो माया हो बोलको गितमा स्वर भरेका हुन । सो गितको भिडियो सम्पादन भइरहेको र चाँडै नै रिलिज गरिने बताइएको छ । यस अघि पनि रेडक्रस भुमिका बोलको गित गाइसकेका छन् । प्रशन्न रिमालद्धारा निर्देशित राष्ट्रिय स्तरको चलचित्र लाटीको "सुनकोशीमा मुखै" बोलको गित समेत गाउन भ्याइसकेका छन् । 
अध्ययन सँगसँगै गित संगितलाइ पनि अघि बढाउने सोच रहेको उनी बताउछन् । ‘म्युजिकलाइ म छोड्न सक्दिन, यसलाइ अध्ययन सँगै अघि बढाउछु’ उनी भन्छन –‘यही महिना भित्र अर्को गित रेकर्ड गर्दैछु ।’   कक्षा ८ देखी नै गित रेकर्ड गर्न थालेका पोखरेल जिल्लाका विभिन्न स्थानमा हुने महोत्सव र सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाउने गरेका छन् । जिल्ला बाहिरबाट पनि आयोजकले बोलाउने गरेको तर यस पालि एसएलसीको तयारी गर्नुपरेकाले जान नभ्याएको उनको भनाइ रहेको छ । सानै उमेरदेखी संगितलाइ अँगाल्ने पोखरेलले लक्ष्य पनि राम्रो गायक बन्ने राखेका छन् । हुने बिरुवाको चिल्लो पात भने झै उनको गित सुन्ने जो कोहीले पनि उनको लक्ष्य प्राप्तीमा कठिनाइ नपर्ने बताउछन् । कारण सानै उमेरमा गित गाएर सबैको मन जित्न सक्ने क्षमता नै हो । 



via IFTTT

माघ १२, इटहरी,
थुप्रै नेपालि म्युजिक भिडियो तथा फिल्महरुमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरेर आफुलाई दक्ष साबित गरेकी नायिका तथा मोडेल नम्रता सापकोटाको फेसबुक ह्याक भएको छ l 
ह्याक पश्चात फेरी एकाउण्ट रिकभर गर्दै एक स्टाटस मार्फत उनले यो जानकारी गराएकी हुन् l उनको फेसबुक मार्फत आफ्नो साथि हरुलाई जथाभाबी म्यासेज गरेको अनि आफ्नो नजिकको साथि तथा परिवारलाई व्यक्तिगत र इन्टरनेट कल गरेर जे पायो त्यहि भनेको पनि लेखेकी छिन l  
उनले ह्याकरलाई सजग गराउदै इन्टरनेट अपराधको कुरा पनि गरेकी छिन l फेरी यस्तो भएमा पुलिस सम्म पुग्नु पर्ला पनि भनेकी छिन l  



via IFTTT

मन पराउनेहरु छन्, तर त्यता अहिले ध्यान छैन-मोडेल "कशिस दाहाल"
रमाईलो गफ गाफ सहितको भिडियो हेर्नुहोला :




via IFTTT

माघ १२-(सुवास संकल्प), इटहरी,
नेपालि चलचित्रहरुले पछिल्लो समय आम दर्शकहरुको प्रतिक्रियामा निकै सुधार ल्याईरहेको छ र विभिन्न कीर्तिमानी तथा रेकर्डहरु पनि राख्दै आईरहेको छ l यहि क्रममा एक नेपालि फिल्मले इन्टरनेटमा हालै अर्को कीर्तिमानी लाई तोडेको छ l
नेपालि फिल्म ईतिहासमा पहिलो नम्बरमा आफ्नो नाम लेखाउन सफल फिल्म छक्का पन्जाले युटुबमा रिलिज भए पश्चात हालै अर्को कीर्तिमानी तोड्न सफल भएको छ l हल रिलिज पश्चात दर्शकको सकारात्मक प्रतिक्रिया संगै फिल्म नगरीमा विभिन्न रेकर्ड राखेको छक्का पन्जाले युटुबमा रिलिज भएको नेपालि फिल्महरु मध्ये सबै भन्दा धेरै पटक हेरिएको फिल्म झोलेको कीर्तिमानीलाई तोडेको छ l
यो समाचार तयार पर्दा सम्म छक्का पन्जालाई ६१ लाख ७९ हजार ६ सय ५३ पटक हेरिएको छ भने फिल्म झोलेलाई ५९ लाख २९ हजार ९ सय २१ पटक हेरिएको छ l २ बर्ष भन्दा पहिले युटुबमा रिलिज भएको झोलेको किर्तिमानिलाई झन्डै २ हप्ता अगाडि युटुब रिलिज भएको छक्का पन्जा लेतोडेको हो l केहि समय अगाडि मात्रै छक्का पन्जाको गीत "पुर्व पश्चिम रेल" ले करोड हेरिएकोमा कीर्तिमानी राखेको थियो l फिल्म युटुबमा रिलिज हुनु पुर्व फेसबुकबाट पाईरेसि भए पश्चात बिबादमा मुछिएको छ l
हेर्नुस यी २ फिल्म :




via IFTTT

माघ ९, इटहरी,
नेपाली टेलिभिजनको इतिहासमा नेपाल आईडल पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम हो जसको निर्माण तथा प्रसारण गर्ने अधिकार नेपालमा निकट भविष्यमै आफ्नो नियमित प्रसारण आरम्भ गर्ने तयारीमा रहेको एपि वान टेलिभिजनसँग मात्र छ । 
१) नेपाल आईडलको उद्देश्य के हो ?
- नेपाल आईडलले नेपाली नागरिकता भएका नेपालभित्र तथा बाहिरका नेपाली प्रतियोगीहरू मध्येबाट सर्वोत्कृष्ट गायन प्रतिभाको खोजी गर्नेछ जसको निर्धारण यसका निर्णायक तथा दर्शकको मतबाट हुनेछ ।
२) नेपाल आईडलको अडिशन कहाँकहाँ हुन्छ ?
- नेपालगंज, बुटवल, नारायणगढ, बीरगंज, बिराटनगर, पोखरा र काठमाडौं ।

३) नेपाल आईडलमा अडिशनका लागि रजिष्ट्रेशन कसरी गर्ने ?
- अडिशन हुने स्थानमा तोकिएको समयभित्र उपस्थित भएर बिहान ७ देखि साँझ ४ बजेसम्म । यसबाहेक नेपाल आईडलको वेबसाइटबाट फर्म डाउनलोड गरेर पनि भर्न सकिनेछ । यसरी डाउनलोड गरेर भरेको फर्म प्रिन्ट गरि अडिशन स्थलमा आएर दर्ता गर्न सकिनेछ ।
४) अडिशन कतिपटक दिन मिल्ने ?
- एक ठाँउमा एकपटक दिन मिल्ने तर आफैलाई कुनै एक ठाँउमा दिएको अडिशन चित्त नबुझेको खण्डमा अर्को ठाँउमा पुनः नयाँ फर्म भरेर अडिशन दिन सकिनेछ ।
५) कुन कुन भाषामा अडिशन दिन पाईन्छ ?
- नेपालीका साथै नेपालभित्र बोलिने हरेक भाषामा अडिशन दिन पाईन्छ तर निर्णायकले आवश्यक देखेमा नेपाली भाषामा पनि अडिशन दिनका लागि तयार रहनु पर्नेछ ।
६) अडिशन दिँदा म्यूजिक ट्रयाक चाहिन्छ?
- चाहिन्न, त्यतिबेला निर्णायकले तपाईंको स्वरमात्र परीक्षण गर्ने हो तर माग्नु भयो भने हारमोनियम वा गिटारमा निर्णायकले तपाईंलाई कर्ड दिन सक्नेछन साथै आफ्नो सजिलोको लागि तपाईंले आफूसँग कुनै एक वाद्य उपकरण पनि ल्याउन सक्नुहुनेछ ।
७) नेपाल आईडलमा अनलाईनबाट अडिशन दिन मिल्ने वा नमिल्ने ?
- नमिल्ने, अनलाईनबाट पठाइएको भिडियो रेकर्डको लागिमात्र हुनेछ । अर्को राउण्डमा जानका लागि अडिशनस्थल सम्म आउन जरुरी छ ।
८) नेपाल आईडलमा भाग लिनका लागि उमेर कति हुनुपर्नेछ ?
- १६ देखि ३० वर्ष बीचका जो कोहीले पनि भाग लिन पाउनेछन् ।
९) नेपाल आईडलमा एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यवसायिक गायक/गायिकाले भाग लिन पाउने/नपाउने ?
- भाग लिन पाउने, तर यो वर्ष कुनै पनि कंपनीसँग अनुबन्धित नभएको हुनुपर्ने ।
१०) नेपाल आईडलमा भाग लिन पैसा तिर्नुपर्छ ?
- नेपाल आईडलको अडिशनदेखि कुनै पनि राउण्डमा प्रतियोगीले आयोजकलाई पैसा तिर्नु पर्दैन ।
                                                                                                           नेपाल आईडलको वेबसाईड बाट l



via IFTTT

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.