August 2015

बलिउड अभिनेता सञ्जय दत्तले फेरि जेलबाट छुट्टी पाउने भएका छन्। छोरीको नाकको शल्यक्रियाको कारण देखाउँदै मागेको छुट्टीमा जेल प्रशासनले सुनुवाई गर्दै उनलाई ३० दिनका लागि घर जाने अनुमति दिएको हो। उनले गत जुन महिनामै छुट्टी मागेका थिए। दुई दिन अगाडि मात्र पुणेका डिभिजन कमिश्नरले सञ्जयलाई जेलबाट बाहिर निस्कने अनुमति दिएका हुन्।
उनी एकदुई दिनमै जेलबाट बाहिर आउने समाचारमा उल्लेख छ। ५६ वर्षे सञ्जयले यसअघि पनि पत्नी मान्यताको स्वास्थ्यको कारण देखाउँदै मागेको छुट्टी पाएका थिए। सन् १९९३ मा भएको सिरियल बम ब्लास्टसँग जोडिएका अपराधीसँग गैरकानुनी रुपमा हतियार लिएको आरोपमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो।
१८ महिना पहिले नै जेल सजाय भोगेका सञ्जयले ४२ महिना मात्र जेल सजाय काटिरहेका छन्। उनी यो वर्षको अन्त्य सम्ममा जेलबाट बाहिर निस्कन सक्ने अड्कल काटिएको छ।

भद्र १२।  नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शनिबार भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपालले उपाधि जितेको हो ।
यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमले एक एक गोल गरेका थिए । ३१ औं मिनेटमा तेज तामाङले गरेको गोलबाट नेपालले लिएको अग्रता खेल सकिन ३ मिनेट मात्र बाँकी हुँदा गुमाएको थियो ।
८७ औं मिनेटमा दिनेश राजबंशीले डी बक्सभित्र हातले बल छोएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले बराबरी गोल फर्काएका थिए । जितसँगै नेपालले डेढ हप्ता अघि १६ वर्षमुनिको साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला पनि लिएको छ । बंगलादेशमा भएको १६ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित हारेको थियो ।

सामान्यतया मेथीको दाना र पातलाई हामी विभिन्न परिकारमा प्रयोग गर्छौँ। यसले स्वाद बढाउनुका साथै विभिन्न किसिमका रोगहरुसँग लड्नमा पनि मद्दत गर्छ। प्रोटिन, भिटामिन सी, नियासिन, पोटासियम, आइरन र अल्कालाइड्स जस्ता तत्वहरु मेथीमा धेरै मात्रामा पाइन्छन्।

  • अपच, ग्यास, कब्जियत जस्ता समस्यामा मेथी निकै लाभकारी मानिन्छ। यसले शरीर भित्र रहेका फोहरलाई बाहिर निकाल्छ, जसले पेट सम्बन्धी विभिन्न रोगहरुलाई टाढा राख्छ र पाचन प्रक्रिया पनि सन्तुलनमा राख्छ।
  • मेथीको दानालाई रातभरी पानी वा नरिवलको तेलमा भिजाउने र पेस्ट बनाएर कपालमा लगाउनाले कपाल कालो र चम्किलो हुन्छ। यसका साथै कपाल सुख्खा हुने र चायाको समस्या पनि हटाउँछ। विहान खाली पेटमा पानीमा रातभरी भिजाएको मेथीको दानालाई चपाएर खानाले मोटोपन कम गर्छ। 
  • कोलस्ट्रोल नियन्त्रण गर्न पनि मेथीले मद्दत गर्छ। मेथीमा पाइने ग्याक्टोम्यानन् पोटासियमले शरीरमा सोडियमको मात्रालाई नियन्त्रण गर्नुका साथै रक्तचापलाई पनि ठीक राख्छ।
  • चिल्लो र मसलायुक्त खानाको कारण छाती पोल्ने समस्यामा पनि यसले आराम दिन्छ।
  • ग्याक्टोक्यानन्ले रगतमा चिनीको मात्रालाई सोस्ने क्षमता काम गर्छ। यसका साथै मेथीमा पाइने एमिनो एसिडले इन्सुलिनको उत्पादन बढाउँछ। जो मधुमेह बिरामीहरुका लागि फाइदा हुन्छ।
  • ज्वरो आएको बेलामा मेथीको दानालाई एक चम्चा कागतीको रस र महसँग खानाले आराम हुन्छ।
  • प्रसवका समयमा हुने पीडालाई कम गर्न मेथीको सेवन फाइदाजनक रहन्छ। तर धेरै मात्रामा मेथीको प्रयोगले गर्भपतन र अपरिपक्व बच्चाको जन्म हुने सम्भावना  बढाउँछ।
  • बच्चा जन्माइसकेपछि हुने दूधको कमीको समस्यालाई कम गर्न पनि मेथीले मद्दत गर्छ। 

पोल्याण्डमा दुई युवाले दोस्रो विश्वयुद्धको समयदेखि बेपत्ता एक रेल फेला पारेको दाबी गरेका छन् जसमा बहुमूल्य धातु रहेको बताइन्छ । सुन, चाँदी र हिरा जस्ता बहुमूल्य धातुले भरिएको सो रेल दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा बेपत्ता भएको थियो । उक्त रेल पोल्याण्डको मौजुदा सहर व्रोक्ला नजिकैबाट बेपत्ता भएको बताइन्छ ।
दक्षिण–पश्चिम पोल्याण्डको एक कानुनी फर्मसँग ती दुईजनाले हिरा तथा सुन–चाँदीले भरिएको रेल आफूहरुले फेला पारेको दाबी गरेको अधिकारीहरुको भनाई छ । उनीहरुले फेला परेको सम्पत्तिको १० प्रतिशत हिस्सा माग गरेको पनि बताइएको छ ।
रोयटर्स समाचार एजेन्सीले वालब्रजिच जिल्ला परिषदका अधिकारी मारिका टोकार्स्कालाई उद्धृत गर्दै जनाए अनुसार कानुनविद, सेना र प्रहरीका अधिकारीहरुले यसबारे थप अध्ययन र अनुसन्धान गरिरहेका छन् ।
मारिकाले भनिन्, ‘रेल फेला परेको भनिएको क्षेत्रमा यसअघि उत्खनन् भएको थिएन, त्यहाँ अरु के फेला पर्छ भन्ने हामी अहिले नै भन्न असमर्थ छौं ।’
वालब्रजिच क्षेत्रमाथि शोध गर्दै आएका इतिहासकार जोएना लेम्प्रास्काले रेडियो व्रोक्लासँग बताए अनुसार विश्वयुद्धका क्रममा एउटा रेल सुरुङमा बेपत्ता भएको थियो, जसमा सुन र अन्य खतरनाक पदार्थ राखिएको चर्चा थियो ।’ (एजेन्सी)


भद्र १०।  एन्फा मैदानमा जारी U nder 19 SAF च्याम्पियनसिपको  बिहिबार सम्पन्न सेमी फाइनल खेलमा अफगानिस्तानलाई  ३-२ गोल को अन्तरले पराजित गरिनेपालले  फाइनल मा आफ्नु स्थान पक्का गरेको छ। बिहान ११ बजे पछि सुरु भएको उक्त खेल सारै रोमान्चक भनेको थियो।
  त्यस्तै बिहिबारनै सम्पन्न सेमी फाइनलको दोश्रो खेल भारत र बंगलादेश बीच दिउसो ३ बजेबाट सुरु भइ पूर्ण प्रतिषपर्दाकासाथ खेल भएको थियो। निर्धारित ९० + ३  मिनेटको खेलमा कुनै गोल दुबैतिर बाट हुन नसक्ता खेल लाइ पेनाल्टी सुट आउट  मा लागिएको थियो , उक्त खेलमा समेत ३/३ को बराबरी हुदा अतिरिक्त पेनाल्टी सुट आउट थपिएको थियो र अन्त्यमा भारतले १ गोल गर्यो र ४-३ को अन्तरले  जित हासिल गर्यो।  अब साफ च्याम्पियनसिपको फाइनल नेपाल र भारत बीच सनिबार हुनेछ।  

भाद्र १०।  ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी साफ यु–१९ फुटबल च्याम्पियनसिपको आज हुने पहिलो सेमिफाइनलमा मध्यान्ह १२ बजे नेपाल र अफगानिस्तान भिड्दै छन्। नेपाल भन्दा पाकिस्थान अलिक अब्बल देखिएको हुनाले आज नेपालले जित हासिल गर्न बिसेस रणनीति लिनेछ। त्यस्तै  दोस्रो सेमिफाइनल खेलमा दिउँसो साढे ३ बजे भारत र बंगलादेश भिड्दै छन्  ।  

© नबराज नबोदित

बल्ल बुझेँ मान्छेहरु यति सम्म गिर्दा रैछन ।
पापको घडा पखाल्नलाई मन्दिरमा छिर्दा रैछ्न ।
यौटै चुलो यौटै भान्सा चलेकै थ्यो हिजोसम्म
दाजुभाईमा बेमेल बढे आँगन पनि चिर्दा रैछ्न ।
कोही मर्छन कोही मार्छन आमा रुन्छिन छट्पटिँदै
यस्तो लाग्छ दुधको भारा रगतले तिर्दा रैछ्न ।
धेरै देखेँ धेरै भेटेँ मुखले रामराम जप्नेहरु
यथार्थमा बगलीमा ती नै छुरा भिर्दा रैछ्न ।

भाद्र ९।  यस सिजनको युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनका पाँच क्लब सहभागी हुने, मंगलबार राती भएको प्ले अफ खेलपछि फ्रान्सको मोनाकोलाई हराउँदै भ्यालेन्सिया प्रतियोगिताका लागि छनोट भएसँगै ५ स्पेनिस क्लवले पहिलो पटक च्याम्पियन्स लिग खेल्दै ।

स्मार्टफोन उपभोक्तालाई आइफोनबाट एन्ड्रोइड तर्फ तान्नका लागि सामसुङले एउटा नयाँ खेल सुरु गर्दैछ । त्यो हो, एक डलरको स्मार्टफोन ।
सामसुङले आफ्ना नयाँ स्मार्टफोनहरु ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सिक्स एज, एस सिक्स एज प्लस तथा नोट फाइभ एक महिनाका लागि चलाउन दिनेछ ।
उपभोक्ताले उल्लेखित स्मार्टफोन मध्ये आफुले चाहेको एउटा स्मार्टफोन केवल १ डलरमा एक महिनाको सेलुलर सर्भिस सहित प्राप्त गर्न सक्नेछन् ।
तर यो अफरमा सहभागी हुनका लागि एउटा सर्त छ । त्यो के भने तपाइँ आइफोन प्रयोगकर्ता हुनुपर्नेछ । सामसुङका बफादार प्रयोगकर्ताले यो अफरबाट लाभान्वित हुन पाउनेछैनन् ।
एक महिनासम्म चलाउँदा स्मार्टफोन मन पर्यो भने किन्न सक्नुहुन्छ तर मन परेन भने आइफोन प्रयोगकर्ताले सामसुङ स्मार्टफोन फिर्ता गर्न सक्नेछन् ।
एप्पलको आइफोन सिक्स तथा सिक्स प्लस बजारमा आएसँगै सामसुङको गत वर्षको स्मार्टफोन बजार ह्वात्तै घट्यो र बजार हिस्सा तिव्र रुपमा गुमाउनु पर्यो । आफ्ना उच्च मूल्यका स्मार्टफोनमा एप्पलसँग प्रतिस्पर्धा बेहोर्नुपरेको सामसुङले मध्यम तथा सस्तो मूल्यका प्रडक्टमा चिनिया स्मार्टफोन निर्माता साओमीसँग तिव्र प्रतिस्पर्धा बेहोर्यो ।
ठूलो स्त्रिmनका आइफोनसँग प्रतिस्पर्धाका लागि सामसुङले ५.७ इन्चको एस सिक्स एज प्लस तथा नोट फाइभ गत हप्ता सार्वजनिक गर्यो ।
स्मार्टफोन बजारमा प्रतिस्पर्धा बेहोर्नुपरेपनि तथा हिस्सा घटेपनि अहिलेपनि सामसुङ स्मार्टफोन बजारमा पहिलो नम्बरमै छ । यसले विश्वको स्मार्टफोन बजारको २२ प्रतिशत हिस्सा ओगटेको छ । दोश्रो स्थानमा रहेको एप्पलको हिस्सा १४.६ प्रतिशत रहेको छ ।
कसरी पाउने एक डलरमा स्मार्टफोन
आइफोन प्रयोगकर्ताले आफ्नो आइफोनको सफारी ब्राउजरमा गएर यो लिंकमा साइन अप गरे पुग्छ ।
यद्यपि यो अफर अहिले अमेरिकामा मात्र उपलब्ध छ र दर्ताकै क्रममा क्रेडिट कार्डमार्फत यो भुक्तानी गरिन्छ ।
यसरी एक डलरमा स्मार्टफोन लिएपछि यदि त्यो हराउनुभयो, बिगार्नुभयो वा समयमा फर्काउनु भएन, हराउनुभयो भने चाहीँ चर्को मूल्य तिर्नुपर्छ ।

चिडियाखानामा एउटा पोथी कुकुरले ३ वटा डमरुलाई आमाजस्तै बनेर आफ्नै बच्चालाई झैँ माया गरेर पालिरहेको छ । भाले सिंह र पोथी बाघबीचको समागमबाट जन्मिएका ती ३ वटा डमरु अर्थात् लाइगरका लागि कुकुर केवल धाइआमा मात्र होइन आफ्नै आमाझैं बनेको छ । उसले डमरुहरुलाई नियमित रुपमा दूध चुसाउने गरेको छ ।

रुसको सोचीस्थित चिडियाखानाको घटना हो यो । चिडियाखानामा रहेको बघिनीले सिंहसँगको समागमपछि ३ वटा ठिमाहा जन्माई । सिंहसँगको समागमबाट जन्मिएका डमरुहरु आफ्ना यसअघिको बेतका बच्चा भन्दा फरक देखेर होला बघिनीले ती बच्चालाई माया तथा वास्ता गरिन र छाडी ।
आमाले छाडेपछि अलपत्र परेका ती लाइगरलाई बचाउनका लागि चिडियाखानाका स्टाफहरुलाई नयाँ जुक्ति फुर्यो । उनीहरुले एक पोथी कुकुरलाई त्यहाँ लगे जसका आफ्नै छाउराहरु पनि थिए । त्यो पोथी कुकुरले त्यसरी बघिनीका बच्चालाई अपनाउँछ भन्ने आशा निकै कम थियो उनीहरुमा । तर अचम्म त्यो कुकुरले ती बघिनीका बच्चालाई आफ्नै सन्तान झैँ माया ममता तथा हेरचाह गर्न थाल्यो ।
त्यसपछि चिडियाखानाका कर्मचारीहरुले उक्त कुकुरलाई लाइगर डमरुहरुको पालनपोषणका लागि तालिम समेत दिए । अहिले लाइगर बच्चाहरु झण्डै २ हप्ताका भएका छन् । उनीहरुले कुकुरका छाउरा झैँ गरी कुकुर्नीको दूध चुस्दछन् ।
यो पक्का छ की यी बच्चाहरु धेरै समयसम्म आफ्नो धाइआमा कुकुरसँग रहने छैनन् किनकी ठूलो भएपछि यिनीहरुले सो कुकुरलाई त सिकार बनाउने हुन् । लाइगर आफैमा ठूलो आकारको जन्तु हो । भाले लाइगरको लम्बाइ १२ फिटसम्म हुन्छ । दुई फरक प्रजातिका जिवबीचको समागमबाट जन्मेको हुनाले लाइगर बच्चा पैदा गर्न असक्षम हुन्छ ।

  • मासु कम खानुहोस्  

रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले तपाईको भोजनमा मासुको प्रयोग कम गर्नुहोस । यदि मासु खानै पर्नेभए छाला भएको मासु खानुहोस । विफ, पोर्क र भेडाको मासु खान छोड्नुहोस । बरु माछा खानुहोस् ।

  • फाइबरयुक्त खानेकुरा

तपाईको दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुहोस् । यसले तपाईको कोलेस्ट्रोलको मात्रालाई पाँच प्रतिशतले मात्र बढाउने सम्भावना हुन्छ । भोजनमा पर्याप्त फाइबर पाउनका लागि ब्रेकफास्टमा जौको रोटी खानुहोस । खानसँगै पर्याप्त मात्रामा सब्जी पनि खानुहोस् ।

  • नियमित कोलेस्ट्रोल परीक्षण गर्नुहोस्

कोलेस्ट्रोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण गर्नुहोस । परीक्षणले खराब कोलेस्ट्रोको खतराबारे तपाईलाई थाहा हुनुका साथै सुरक्षित र स्वस्थ रहन मद्दत मिल्छ । राम्रो र नियमित परीक्षणले कोलेस्ट्रोलको अणुको पहिचान गर्न सहयोग मिल्छ ।

  • चिल्लो कम खानुहोस्

न्युन चिल्लोयुक्त भोजनले तपाईको शरिरमा कोलेस्ट्रोल विकसित हुने खतरालाई न्यून पार्न सक्नुहुन्छ । भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गर्नुहोस । त्यस्तै बदाम र वियाँहरु पनि पर्याप्त खानुहोस । भोजनमा हुने तेलीय पर्दाथबाट सदा बच्नुहोस । नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाउनुहोस । सोयबिन, ल्वाङ लगायत सब्जीको तेल प्रयोग गर्नुहोस् ।

  • व्यायाम गर्नुहोस्

दैनिक तीस मिनेट व्यायाम गर्नुहोस । कोलेस्ट्रोलबाट बच्ने एउटा प्रमुख उपाय व्यायाम पनि हो । किनकी यसले तपाईलाई स्वस्थ तौल राख्न पनि सहयोग गर्छ । मुटु रोगको खतराबाट बच्न दैनिक तालिकामा व्यायमलाई थप्नुहोस् ।

  • माछा खानुहोस्

माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुई देखि तीन पटक आफ्नो भोजनमा माछाको तेल वा माछाको परिकार खानुहोस ्।

  • बदाम खानुहोस्

साँझ निकै भोकाउनु भएको छ भने अन्य अस्वस्थ खाना खानुभन्दा बदाम खानुहोस । बदामको नियमित सेबनले तल्लो मुटुको रोगलाई निको पार्छ । वदाम स्वस्थवर्दक मात्र होइन भोजनमा पूरकको रुपमा पनि काम गरेको हुन्छ ।

  • तौल कायम

कोलेस्ट्रोलबाट बच्न स्वस्थ तौल राख्नु पनि उत्तिकै महत्व हुन्छ । तपाईको स्वस्थ तौल छ वा छैन बारम्बार परीक्षण गर्नुहोस । बढी मोटोपनले कोलेस्ट्राल निम्त्याउछ ।

  • हिड्ने बानी बसाल्नुहोस्


खुडकिलाहरु चढ्नुहोस् । जति तपाई हिड्नुहुन्छ त्यति बढी कोलेस्ट्रोल हुने खतराबाट मुक्ति हुनुहुन्छ । शारिरिक गतिबिधिका लागि हिडडुल सबैभन्दा प्रभावकारी माध्यम हो । यो आफैमा सरल र सस्तो उपाय पनि हो । तसर्थ हिडेर नै छोटो दूरीमा कार्यलय वा अन्य गन्तव्यमा पुग्नुहोस् ।

  • कोलस्ट्रोलको शत्रु अन्डा

अन्डा कम खानुहोस । अन्डलाई मुटु र कोलेस्ट्रोल रोगको मुख्य शत्रु मानिन्छ । तर, तपाईले आफ्नो भोजनमा अन्डाको परिकार समावेश गर्न सक्नुहुन्छ । तर, धेरै नमिसाउनुहोस । थोरै तेल प्रयोग गरेर मात्र अन्डा खानुहोस् ।

  • हरियो चिया खानुहोस्

यदि तपाई चियाको पारखी हो भने आजै देखि हरियो चिया खान सुरु गर्नुहोस । ग्रीन टिमा क्याटेचिनस नाम गरेको पर्दाथ हुनाले यसले कोलस्ट्रोललाई घटाउन सहयोग गर्छ । दीर्धकालिन स्वस्थ रहनका लागि पनि ग्रीन टी अचूक औषधी हो ।

  • साकाहारी भोजन

सकभर शाकाहारी खाना खानुहोस । कोलस्ट्रोलको खतरालाई न्यून गर्न पनि यो निकै प्रभाककारी उपाय हो । विभिन्न प्रकारका शागसब्जीले तपाईको स्वास्थ्लाई शसक्त पार्नुको साथै तपाईको शरिरमा भिटामिन, खनिज र अक्सिकरणबिरोधी तत्व प्रदान गर्छ ।

  • प्रर्याप्त सुत्नुहोस्

तपाई दैनिक रुपमा नियमित सुतेको सुनिश्चिता गर्नुहोस । पर्याप्त निद्राले शरिरको रोग निको पार्न सहयोग पु¥याउछ । यसले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै तपाईको समग्र शारिरिक र मानसिक स्वास्थ्यमा सुधार आउछ । यसको अतिरिक्त पर्याप्त निन्द्राले कोलस्ट्रोलको खतरा घटाउछ ।

  • धुमपान त्याग्नुहोस्

कोलस्ट्रोल लगायत विभिन्न घातक रोगको प्रमुख कारण धुमपान हो । अत्यधिक पिउनाले एचडीएल कोलस्ट्रोलको मात्रा घटाउछ , यो मुटुको रोगका लागि एउटा प्रमुख खतरनाक तत्व पनि हो । तसर्थ यदि तपाई लामो समयसम्म स्वस्थ रुपमा बाँच्न चाहनुहुन्छ भने धुमपान त्याग्नुहोस् ।

भदौ ४– मित्र राष्ट्र बुल्गेरियामा अगष्ट २४ देखि ३० तारिख सम्म संचालन हुने विश्व च्याम्पियनशिपमा भाग लिन जाने नेपाली आईटिएफ टोलीको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले बिदाई गरेका छन् । शनिवार त्यसतर्फ प्रस्थान गर्ने ५ सदस्य टोलीको कोचमा अन्जन धमला रहेका छन् । त्यस्तै खेलाडीतर्फ ५० केजी तौलसमूहमा रुपसिंह मुुुक्तान,६० केजीमा घमवहादुर थापा र ७० केजीमा थमवहादुर दहिक रहेका छन् । प्रतियोगितामा रेफ्रिको भूमिका निर्वाह गर्न नेपाल इन्टर नेश्नल तेक्वान्दो (आईटिएफ)का अध्यक्ष अन्जुनाथ श्रेष्ठ पनि टोली सगै त्यसतर्फ लाग्नेछन् । प्रतियोगिताका दौरान नेपालका प्रशिक्षक अन्जन धमला सम्मनित हुनेछन् । उनलाई आईटिएफको केन्द्रिय कार्यलयले आईटिएफ अडर मेडलले सम्मान गर्ने संघले जनाएको छ । उत्त मेडल प्रत्येक २ बर्षमा बिभिन्न राष्ट्रका आईटिएफ तेक्वान्दोमा महत्वपूर्ण भुमिका निभाएकोमा केन्द्रिय कार्यलयले दिने गर्दछ ।  


काठमाडौंमा बिहीबारबाट शुरु पहिलो अन्डर–१९ साफ च्याम्यिन्सिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल  द्वारा भुटान ३–१ गोल अन्तरले पराजित, विमल घर्तीमगरले गरेको ह्याट्रिक नेपाललाई  जिताउने मुख्य कारण ।

अत्याधिक चुरोट सेवन गर्नेहरु कहिलेकाँही चुरोट सेवन गर्नेको तुलनामा चुरोट छाडेपछि मोटाउने गरेका नयाँ सर्वेक्षणले देखाएको छ । अमेरिका गरिएको एक नयाँ सर्वेक्षणपछि भनिएको छ, ‘कहिलेकाँही चुरोट सेवन गर्नेका लागि यो सुखद खबर हुनसक्छ किनकी उनीहरुले चुरोट छाड्दा पनि खासै तौल बढ्नेछैन् जत्तिको अत्याधिक चुरोट सेवन गर्नेले चुरोट छाडेपछि बढ्नेछ ।’
चुरोट छाडेपछि केही न केही तौल भने अवश्य बढ्नेछ । तर तौल कति बढ्छ भन्ने विषय व्यक्तिमा भरपर्छ । १२ हजार २ सय ४ जनामाझ गरिएको सर्वेक्षणपछि प्राप्त नतिजाले भनेको छ । ‘सहज रुपमा बुझ्नुपर्दा मानिसले तौल बढाउनका लागि के गर्छ भन्ने विषयले तौल बढाउन भूमिका खेल्नेछ । तर चुरोट सेवनपछि केही न केही तौल अवश्य बढ्नेछ ।’
अनुसन्धानकर्ताले दैनिक रुपमा व्यक्तिले खाने गरेको चुरोटको संख्या र उनीहरुले चुरोट छाड्नुअघि त्यसले स्वास्थ्यमा पारेको प्रभावको विषयमा खोजी गरेका थिए । चुरोट छाडेको १० वर्षभित्र उनीहरुको तौलमा के–कस्तो परिवर्तन आयो भन्ने विषय अनुसन्धान समेटिएको छ । दैनिक १५ वटाभन्दा कम चुरोट पिउनेमाझ अध्ययन गर्दा चुरोट छाड्ने र चुरोट नछाड्नेबीच तौलमा खासै फरक देखिएन । तर २५ वा त्योभन्दा धेरै चुरोट खाने व्यक्तिबीच अध्ययन गर्दा १० वर्षअघि चुरोट छाडेका र अहिले चुरोट सेवन गरिहेका बीचको तौल अन्तर निकै देखियो । २५ खिल्लीभन्दा धेरै चुरोट खानेले चुरोट छाडेपछि २३ पाउन्डभन्दा धेरै तौल दैनिक बढेको अनुसन्धानबाट पत्ता लाग्यो ।

भद्र ३।  महानगरीय प्रहरी अपराध महाशाखाको गोली लागेका चर्चित गुण्डा नाइके घैंटे भनिने कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । अर्का चर्चित डन चरी भनिने दिनेश अधिकारीमाथि गोली प्रहार गरी मारेको एक वर्षको अन्तरमा अर्का गुण्डा नाइके घैंटे मारिएका हुन् ।घैंटेसँग अवैध हतियार रहेको सूचनाका आधारमा काठमाडौंको कपुरधारास्थित घैंटेको घरमा छापा मार्न जाँदा घैंटे र उनका समुहका सदस्यले गोली चलाएपछि अपराध महाशाखा टोलीले जवाफी फायर गर्नुपरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो । हतियार देखाई होटल, म्यानपावर व्यवसायीलाई धम्काएको सूचनाका आधारमा प्रहरी घैंटेउपर अनुसन्धान गर्न पुगेको थियो । घरबाट भाग्न खोज्दा प्रहरीको गोली लागि घैँटे सहित उनका दुई सहयोगी घाईते भएका छन् ।
 घाइेत हुनेमा राजु श्रेष्ठ र अर्का एकको नाम खुल्न सकेको छैन । घाईते घैँटे र उनका सहयोगीलाई उपचारका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल पु¥याएको थियो । प्रहरीले घैंटे समुहका ७ जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट प्रहरीले घैँटेले प्रयोग गर्ने अवैध एक थान पेस्तोल बरामद गर्नुका साथै बा ५६ प १०० नंबरको स्कुटरलाई समेत नियन्त्रणमा लिएको छ । घैँटे नेपाली काँग्रेस निकटका गुण्डा नाईके मानिन्छन् । प्रहरीले हत्या, अपहरण, धम्की, कुटपिट लगायतका दर्जनौ अभियोगमा घैंटेले पटक पटक सजाय भुक्तान गर्दै आएका थिए । उनी प्रहरीका मोस्ट वान्टेड सूचीमा रहेका थिए । प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए ।


२०६३ असार १८ गतेनै उनी फेरी महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए । उनीमाथि फेरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुन रिहा भएका थिए ।२०६३ भदौं १६ मा गोंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोली प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ परेका थिए । मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते बनाएको ज्यान मार्ने उद्योग चले पछि फरार रहेका उनलाई प्रहरीले तिग्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो । हतियार सहित पक्राउ परेका उनी केही समयका लागि जेल गए पनि पुन रिहा भएका थिए ।

चना हाम्रो शरीरको लागि निकै फाइदाजनक रहेको छ। चनामा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिन प्रसस्त मात्रामा पाइन्छन्। चनामा पनि गाढा खैराे वा कालो चना खानाले शरीरलाई धेरै नै फाइदा पुर्‍याउँछ। यसमा क्लोरोफिल, भिटामीन ए, बी, सी, डी र के पाइनुका साथै फस्फोरस, पोटासियम, म्याग्नेसियम र खनिज पनि पाइन्छ।

चना खाँदा हुने फाइदाहरु यसप्रकार रहेका छन्।

कब्जियतबाट आरामः
चनामा पाइने फाइबर पाचनमा लागि जरुरी हुन्छ। रातभरी भिजाएको चनामा नुन, अदुवा र जीरा मिसाएर खानाले कब्जियतको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

पत्थरीको समस्यालाई टाढा राख्छः
भिजाएर राखेको चनामा मह मिसाएर खानाले पत्थरीको खतरा कम हुन्छ र यदि पत्थरी छ भने पनि सजिलै निस्किन मद्दत गर्छ।

तागत बढाउँछः
भिजाएको चनामा नुन, अदुवा, मरीच मिसाएर बिहान खानाले फाइदा पुग्छ। गर्मीमा चनाको सातुमा कागती र नुन मिसाएर पिउनाले तागत बढ्छ र यसले भोकलाई पनि शान्त पार्छ।

मधुमेहमा आराम दिन्छः
चना तागतिलो हुनुका साथै शरीरमा भएको अतिरिक्त ग्लूकोजको मात्रालाई पनि कम गर्छ। बिहान खाली पेट चनाको सातु खानाले पनि मधुमेहको खतराबाट बच्न सकिन्छ।

रक्तअल्पताको समस्या टाढा राख्छः
शरीरमा आइरनको कमीका कारण हुने रक्तअल्पताको समस्यालाई चना खाएर टाढा राख्न सकिन्छ। चनामा मह मिसाएर खानाले अझैं प्रभावकारी हुन्छ।

पुरुषको लागि फइदाजनकः
चिनियाँ माटोको भाँडामा भिजाएको चना खानाले पुरुषहरुलाई निकै फाइदा पुर्‍याउँछ। चनालाई दूधसँग पनि खान मिल्छ। भिजाएको चनामा मह मिसाएर खानाले पुरुषत्व पनि बढ्ने बताइएको छ।

छालालाई सुन्दर बनाउँछः
चना छालाको लागि पनि निकै लाभदायक रहेको छ। चनाको बेसनलाई बेसारसँग मिसाएर मुहारमा लगाउनाले फाइदा हुन्छ। यसले सुन्दरता बढाउनुका साथै दाग, दाद जस्ता समस्याहरुबाट पनि राहत दिन्छ।

पिसाब सम्बन्धी समस्यामा सहयोगीः
भुटेको चना खानाले बारम्बार पिसाब जानुपर्ने समस्याबाट आराम पाइन्छ। दैनिक भुटेको चना खानाले पायल्समा पनि राहत मिल्छ।

साउन ३०। तेस्रो साफ अण्डर १६ फुटबल च्याम्पियनसिपको सेमीफाईनल खेलमा आइतबार नेपाल र भारत भिड्दै, बंगलादेशको सिलेटमा जारी प्रतियोगिताको समूहमा शीर्ष स्थान ओगट्दै नेपाल सेमीफाईनलमा । 

सामसुङ कम्पनीले तार रहित मोबाइल फोन चार्ज गर्ने मनिटर सार्वजनिक गरेको छ।
स्मार्टफोन चार्ज गर्नका लागि यस मनिटरमा चार्जिङ प्याड राखिएको छ। २४ इन्च तथा २७ इन्च मोडलमा उपलब्ध यस डिभाइसको चार्जिङ प्याडमा फोन राख्ने बितिक्कै चार्ज हुन सुरु हुन्छ। यस डिभाइसका मद्दतले सामसुङ ग्यालेक्सी एस ६ र एस ६ एजका साथै मोटोरोला, एल जी, सोनी, माइक्रोसफ्ट लुमिया आदी फोनहरु पनि चार्ज गर्न सकिनेछ।

यो डिभाइसको उपलब्धताका बारेमा कम्पनीले कुनै पनि जानकारी दिएको छैन। 

फिट र कामुक देखिन चाहने महिलाले टाइट ब्रा लगाउने गरेका छन् । तर, यस्तो ब्रा लगाएर सुत्ने गरेमा यसले उल्टो बेफाइदा गर्छ । राती ब्रा लगाउनै पर्छ भने पनि खुकुलो ब्रा लगाउने गर्नुपर्छ ।
१) सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ । अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालीन स्वास्थ्यका लागि राम्रो मानिँदैन ।
२) ब्रा लगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।
३) शरीर पूरै ‘रिल्याक्स्ड’ भयो भने मात्र गहिरोसँग निदाउन सक्छ । यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ, ताकि श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रूपमा सञ्चालन होस् । टाइट ब्रा लगाएर सुतेमा मीठो निद्रा पर्दैन । राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पनि कटनको लगाउने गर्नुपर्छ । पोलिस्टरको ब्रा सकेसम्म लगाउनु हुँदैन ।
४)सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसो हुँदा शरीरका कोषहरूमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ ।
५)टाइट ब्रा लगाएर सुत्नाले स्तन सुनिने अथवा स्तनमा पानी जम्नेजस्ता गम्भीर समस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।
६)गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ । त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ ।
७) टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो । टाइट ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुने गरेको विभिन्न अनुसन्धानले देखाइसकेका छन् । किनकि, टाइट ब्राले छातीको भागमा रक्तसञ्चारलाई अवरुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्यान्सरजस्तो रोगको शिकार हुने जोखिम बढ्छ ।  वर्षौंसम्म टाइट ब्रा लगाएर सुत्ने युवतीको स्तनमा गाँठा देखापर्ने सम्भावना पनि बढी हुन्छ ।

समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता त कतिपयले सम्बन्ध विच्छेद गर्नुपरेका घटनाहरु भेटिन्छन् ।
कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन रु यदि त्यसो हो भने छोड्नु होस्, ती सबैखाले प्रयास । चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको छ । तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनु होस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतिको ।
शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए । तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा दुविधा भएमा यो क्यालेण्डरलाई यसअघि जन्मिएको तपाईको छोरा–छोरीसँग समिक्षा गर्नसक्नु हुनेछ । त्यसका लागि तपाईको श्रीमती गर्भ रहँदाको उमेर र महिना एकिन हुनु पर्दछ । तपाईको छोरा या छोरी गर्भ रहँदाको अवस्थामा श्रीमतिको उमेर कति थियो ? कुन महिनामा श्रीमतिले गभर्धरण गरके हो ?  अनि यो चार्ट हेर्नुहोस  ठ्याक्कै  मिल्ने छ ।Chinese-Gender-Pregnancy-Calendar-and-Predictor


छोरा  नै छोरा र छोरी नै छोरीले भरिएका कैयौं परिवारले यो प्रविधि अपनाएर यतिखेर हाँसीखुशीका साथ जीबन बिताइरहेका छन् । तपाई पनि यो प्रविधि अपनाउनोस्, सुखी र खुशीका साथ जिउनोस् ।

चाइनीज विशेषज्ञले आविष्कार गरिएको यो क्यालेण्डर वेभ साईटमा पनि राखिएको छ । गुगलमा गई सर्च बक्समा Chinese Calender for Boy Or Girl वा Sex Determination  टाईप गरी उक्त कुराको जानकारी लिन सकिन्छ ।
चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको छ । बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ । उदाहरणको लागि तपाईको श्रीमति १८ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी र चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ ।
त्यस्तै तपाईको श्रीमति २२ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ र फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ । यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ ।
उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ । तसर्थ, आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नोस् ।

बंगलादेशमा जारि तेस्रो अन्डर १६ साफ च्याम्पियनसिपमा नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा, शुक्रबार सम्पन्न खेलमा नेपालद्धारा अफगानिस्तान १–० गोलले पराजित ।


विश्वदिप लामिछाने 

डा कृष्ण भट्ट्चनको नयापत्रीकामा लेख पढेपछि केहि जवाफ दिन मनलाग्यो, वहाँको बौद्धिक क्षमतामा कुनै कमि देखिदैन, तर मानसिकतामा ज्यादैनै संकुचित देखियो, वहां जस्तो ब्यक्ति एतिसम्म रेसिस्ट हुनुहुदोरहेछ भन्ने थाहा पाउँदा अचम्म लाग्यो, वहाँले बाहुन के हो रु भन्ने कुरालाइ जसरी लेख्नु भएको छ तेस्बाट वहाँ डा हुन कि उपाधीमात्र पाएका हुन बुझ्न सजिलो भयो । अहिलेको खन्डीकृत समाजलाइ झनै ध्रुवीकरण गर्ने वहाँ जस्तो महान ब्यक्ति लाइ सलाम छ, सायद वहाँले जिन्दगीमा पढाई भन्दा म कुन जातको हुँ भन्नेकुरामा ड्क्ट्रेट गर्नु भयेको रहेछ । वहाँले समाजलाइ दिनु भन्दा पनि के पाइन भन्ने सोच अति नै निम्न किसिमको छ । सायद वहाँको बुझाइ र वहाँको डक्ट्र्ट फरक कुरा रहेछ।

सोच्नुहोला बाहुन भयेर उत्तर दिदै छु, म यस्तो बाहुन हुँ जस्को औँलामा गन्न सक्ने जति पनि बाहुन साथी छैनन् । मेरा सबै साथीहरु जनजाती नै छन्, हुर्के बढेको पनि बौद्धमै भएर पनि होला, मलाइ रेसिजम र धार्मिक कुरा पट्ट्कै मन पर्दैन । सायद मेरो समाजले मलाइ गलत सिकायो होला ।

अब तपाइको कुराको मुद्दामा जाऔं, तपाइले जसरी समाजलाई खन्डिकृत गर्दै हुनुहुन्छ त्यो सहि जस्तो लाग्छ रु तपाइले नै भन्नु भएको छ मेरा बाहुन साथी देखी शिक्षकसम्म छन, के तपाइलाइ पढाउने बेलामा ति बाहुन शिक्षकले अरु बाहुनलाइ बढी र तपाईंलाई कम पढाए रु तपाइका बाहुन साथिले यो भट्ट्चन हो, मगर हो, सुब्बा हो,जनजाती हो यस्लाई घृणा गर्नु पर्छ भन्ने कहिले भने रु तर तपाइको सोच हेर्दा ति शिक्षक र साथिहरुलाइ अहिले पश्चाताप हुन्छ होला, कस्तो चेला र साथी बनाएछु भनेर । तपाइले कहिले बिचार गर्नु भएको छ तपाईं पढेर मेहनत गरेर यहाँ पुग्नु भयो तपाइजस्तै अवसर पाएका भए अरुपनी पुग्थे होलान् , पुग्न नसक्नु प्रत्येक ब्यक्तिको आफ्नै कम्जोरी हो, तपाईं कुनै जाती बिशेष भएर त्यहा पुगेको होइन होला शायद ।

अनी अर्को कुरा,किन बृटिस गोर्खामा बाहुन क्षेत्रि, नेवार पुग्दैनन रु उनिहरुसँग त्यो मेहनत छैन,त्यो धैर्य छैन तेति शारिरिक बल पनि छैन । कोहि पढ्छ, निजामती कर्मचारी हुन्छ्न कोहि ब्यापार गर्छ्न ब्यवसायी हुन्छ्न तेस्मा जाती बिशेषको ट्याग लाउने तपाइ को हो रु कति मन्दिरमा मगर पुजारी छन त्यो पनि गलत हो रु कि त्यस्लाई पनि तपाईं बाहुन देख्नु हुन्छ रु

रोजगारी ब्यवसाय र पढाई सबै फरक कुरा हुन, तर तपाइको सोच सबै जाति विशेषमा गएर अड्किएछ । धरानको कालो बंगुर भनेर ब्यवसाय गर्नेले पनि राम्रै पैसा कमाएका छन, कुनै बाहुनको छोरो अरब गएर पनि कमाएको छ, समस्या जातमा होइन तपाईं जस्ता ब्यक्तीले समाजलाइ दिएको नकारात्मक शिक्षामा छ । जनजाती भएर उच्च शिक्षा हासिल र उच्चपदमा पुग्ने ब्यक्तीले समाजलाइ के शिक्षा दिने भन्ने चेत नभएसम्म जनजातीहरु पिछडिया नै रहन्छ्न । तपाइको लेखले कसैलाइ मद्दत गर्दैन उल्तो यस्ले झन नराम्रो गर्दै छ

अब बाहुनले कसरी लुट्यो भन्ने कथा तिर लागौ, संसार भरी नै मानव सभ्यताको बिकाससँगै मान्छे सबै उपयोगिताको सिद्धान्तमा बाँच्दै आएका हुन् । गाइ दुध खान पालिन्थ्यो, खसी बाख्रा कुखुरा मासु अन्डा खान पालिन्थ्यो । ४ वटा कथा देखाएर तपाइले आफ्नो परिचय पनि तेहि उप्योगिताको सिद्धान्तको उपज हो भन्ने प्रष्ट पार्नु भयो। तेसो त जनजाती को झगडामा परिवार नै सखाप हुने गरि छ्प्काएको उदाहरण तपाईं जस्तो बुद्दिमान मान्छेलाइ थाहा नै होला । कोहि चलाख भएर केहि प्रगती गर्छ भने त्यस्लाई जातको ट्याग लाउन मिल्छ रु जनजाती हाकिम भएका सयौं कार्यलय छ्न् कि ति पनि तपाइको नजरमा बाहुन हुन् रु

सामाजिक उत्तरदायित्व भनेको समाजका सबै बर्ग जात,जाती र फरक भाषा(भाषीको हो, आफु ठुलो बन्ने होडमा अरुलाइ सानो देखाउनु मानसिक कम्जोरी हो । हामी जस्तो मिश्रीत जातजाती भाषाभाषी र सस्कृति भएको देशमा तपाइहरु जस्तो ब्यक्तिले समाज भाड्ने लेख लेख्नुको मुख्य उद्देश्य सामाजिक सन्तुलनमा खलल पुर्‍याउनु नै हो। यस्मा तपाईंमात्र होइन धेरै पत्रकार, अधिकारकर्मी र पार्टिका नेताहरु पनि छन् जो बनाउन भन्दा बिगार्न चिच्याउँदै भजन गाउँछन् ।

समाज बदल्ने कोसिस गर्दै हुनुहुन्छ भने पहिला आफु बदलिनुस् र समाजलाइ सभ्य बनाउन मद्दत गर्नुस् । त्यसरीनै जातजाती भन्दै कुर्लनु हुने तपाईं जस्ता बोक्रे बौद्धिक र सामाजिक मर्यादामा आँच पुर्याउने कुरालाई छाप्ने नयाँपत्रीका जस्ता पार्टिको मुखपत्र बनेर आउने संचारमाध्यमलाई यसरी नै खान पुगोस् १ नमस्कार ११


साउन २८। निजामती सेवा ऐन, २०४९ मा संशोधन गरी डिभी, पिआर लिने निजामती कर्मचारी सेवामा रहन नसक्ने गरी व्यवस्थापिका–संसद्ले गरेको कानुनी व्यवस्थालाई सर्वोच्च अदालतले रोक लगाउन नमिल्ने ठहर गरेको छ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सर्वोच्च अदालतका न्यायाधीशद्वय गोपाल पराजुली तथा जगदीश शर्मा पौडेलको विशेष इजलासले आज अन्तरिम आदेशबाट सो प्रावधानलाई रोक लगाउन नमिल्ने ठहर गरेको हो।

संसद्ले निजामती ऐन, २०४९ मा चौथो संशोधन गरी केही दफा थप गरेको थियो। ती व्यवस्थाले नेपालमा निजामती कर्मचारीलगायतले डिभी, पिआर लिएका भए निजामती सेवालगायतमा अयोग्य हुने स्पष्ट गरेको थियो।

संसद्ले त्यस्तो व्यवस्था गरेपछि डिभी, पिआर लिने निजामती कर्मचारी तथा प्रहरी प्रशासनमा सेवारतहरुले पनि राजीनामा दिन थालेका थिए । राजीनामा दिने क्रम जारी छ ।

निजामती ऐन, २०४९ मा भएको चौथो संशोधनको प्रावधान संविधानसँग बाँझिएको दाबी गर्दै रक्षाराम हरिजन (चमार) ले गत साता सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

रिट निवेदन दर्ता भएपछि सर्वोच्च अदालतको एकल इजलासले त्यस्तो कानुनी व्यवस्था लागू गर्नु पर्नाका कारण स्पष्ट गर्न व्यवस्थापिका–संसद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई गत साता नै आदेश दिइसकेको छ ।

रिट निवेदनको तर्फबाट पिआरधारीले पनि निजामती सेवामा काम गर्न पाउनुपर्छ भन्ने पक्षमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र बालकृष्ण न्यौपाने तथा अधिवक्ता रमण श्रेष्ठ, दीपेन्द्र झा र श्रीकान्त बरालले बहस गरेका थिए।

त्यसैगरी सरकारको तर्फबाट बहस गर्दै सहन्यायाधिवक्ता सन्जीवराज रेग्मी एवम् उपन्यायाधिवक्ता चन्द्रकान्त बरालले उक्त व्यवस्था संविधान अनुकूल नै भएको बहस गरेका थिए।

सर्वोच्च अदालतले रिट निवेदकले सो कानुनी व्यवस्थाहरु संविधानसँग बाँझिएको भन्ने स्पष्ट देखाउन नसकेको, रिट निवेदक डिभी, भिसा प्राप्त व्यक्ति नभएको र निजामती सेवामा कार्यरत पनि नभएको उल्लेख गरी हाललाई ती प्रावधानलाई अन्तरिम आदेशबाट बन्देज गर्न नसकिने स्पष्ट गरेको छ। रासस

नियमित गरिने चेकजाँचले शरीरमा क्यान्सरले घर बनाएको छैन भन्दैमा ढुक्क भएर बस्न हुन्न । आफ्नो शरीरमा केही फरक, अनौठो तथा वर्णनगर्नै नसकिने लक्ष्ण देख्नुभयो या सुन्नुभयो भने होसियार हुनुपर्छ ।

हाज हामीले शरीरमा देखा पर्ने केही लक्ष्णहरुका बारेमा चर्चा गर्दैछौं जुन महिला दिदी बहिनीहरुले बेवास्ता गर्ने गरेका छन् ।

१. स्तन रातो हुनु, दुख्नु तथा सुनिनु
यो स्तन क्यान्सरको लक्ष्ण हो । यस्तो समस्या देखा परेमा आफ्नो चिकित्सकलाई भेटिहाल्नुपर्छ ।


२. स्तनको मुन्टामा परिवर्तन आउनु
स्तनको मुन्टा फराकिलो, लत्रिनु तथा दायाँ वा बायाँतिर झर्नु भनेको स्तन क्यान्सरको लक्ष्ण हो ।

३. बारम्बार ज्वरो तथा संक्रमण हुनु

यो रक्त नली तथा बोन म्यारोजन्य क्यान्सरको लक्ष्ण हो । अनि यसका कारण असमान्य सेतो रक्त कोषहरु उत्पादन हुनुका साथै शक्ति क्षृण हुँदै जान्छ र शरीरले शंक्रमणसँग जुध्न सक्तैन ।

४. झोल तथा ठोस खानेकुरा निल्न गाह्रो

निल्न गाह्रो हुने समस्या घाँटीजन्य समस्यासँग संबन्धित हुन्छ । अनि कहिलेकाही यसका कारण फोक्सोको क्यान्सर समेत हुन पुग्छ ।

५. कमजोरी तथा थकान

थकान तथा कमजोरी महसुस गर्नु भनेको क्यान्सरको लक्षण हो । अनि थकान तथा कमजारी निरन्तर महसुस भएको खण्डमा बिवास्ता गर्नुहुँदैन । अझै थकानका कारण रातीगरि निन्द्रा लागेन भने आफ्ना चिकित्सकलाई भेटीहाल्नुहोस् ।

६. अनावश्यक रुपमा शरीरको तौल ब्ढ्नु र सुनिनु

महिलाहरुको शरीर अनावश्यक रुपमा मोटो तथा सुनिएका खण्डमा पाठेघर क्यान्सरको संका हुन सक्छ ।

७. भोक नलाग्नु

पाठेघर क्यान्सरको लक्ष्णका कारण महिलाहरुलाई भोक नलाग्ने हुनसक्छ । अनि यस्तो अवस्थामा महिलाहरुले खाना नखाएपनि भोक लाग्दैन ।

८. पेट नियमित रुपमा हलुका सँग दुखिरहनु

पाठेघरमा समस्या तथा पाठेघरमा क्यान्सर भएको खण्डमा महिलाको पेटमा दर्दहुने गर्छ । फियोमा समस्या भएको खण्डमा पेटदर्द हुन्छ ।

९. दिशामा रगत आउनु

कोलेरेक्टर क्यान्सरको लक्ष्णमा महिलाहरुमा दिशा बस्दा रगत आउने गर्छ ।

१०. अनावश्यक रुपमा शरीरको तौल घटेमा

शरीरको तौल अनावश्यक रुपमा घटेमा कोलन क्यान्सरको लक्षण मान्नुपर्छ । अनि यो बिस्तारै कलेजोतिर सर्दै जान्छ जसका कारण भोक लाग्दैन ।

११. सास फेर्दा हल्का गार्हो महसुस

फोक्सोको क्यान्सरहरु मध्ये धेरैले सुरुमा सास फेर्दा नजानिदो तरिकाले अपठ्यारो भएको महसुस गरेका हुन्छन् । तर सुरुमा बेवास्ता गर्नाले पछि रोगले च्याप्ने गरेको अध्ययनले देखाएको छ ।

१२.  नियमित खोकी तथा छातीमा दर्द

ल्युकेमिया तथा लंग ट्यूमरका कारण लहरे खोकी तथा ब्रोङकाइटिस भएको हुनसक्छ । कतिपय फोक्सो क्यान्सरका रोगीहरु छाती दुखेको अनुभव गर्छन् जुन कांध तथा पाखुराको तल सम्म लम्बिएको हुन्छ ।

१३. महिनाबारी अवधिमा अत्यधिक रगत बग्नु तथा दर्दहुनु

यो अवस्था पिसावथैलीमा क्यान्सरको लक्षण हो । यस्तो अवस्था नियमित रुपमा दोहोरिरहेको खण्डमा चिकित्सकलाई भेटी हाल्नुपर्छ ।

१४. अनुहार सुनिएको

कतिपय बिरामीहरुमा फोक्सोको क्यान्सर लागेको बखत उसको अनुहार सुनिएको तथा रातो हुने गर्छ ।

१५. शरीरको कुनै घाउ निको नहुनु तथा सजिलै रगत बग्नु

छालाजन्य क्यान्सरमा यस्तो समस्या देखिने गर्छ ।

१६. नङ्को रङमा परिवर्तन आउनु

हाथगोडाको नङमा अकस्मात तरिकाले परिवर्तन देखिन थाले पछि सचेतना अपनाउनु पर्छ । यो बिभिन्न प्रकारको क्यान्सरको लक्षण हुनसक्छ । यस्तो अवस्था छाला क्यान्सर, फोक्सो क्यान्सर तथा कलेजो क्यान्ससमा देखिन्छ ा

माथी उल्लेखित लक्षणहरु तपाई वा तपाईका आफन्तमा देखापरेको खण्डमा तुरन्त आफ्नो चिकित्सकसँग भेटेर सल्लाह गरिहाल्नुहोस् ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.