July 2015

 श्रावण १५ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एक दिवसीय ढा“चाको यो प्रतियोगिता नेपाली समय अनुसार साढे ३ बजे सुरु हुने। 

विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार अपराहृन साढे ३ बजेपछि स्कटल्याण्डको घरेलु मैदानमा हुनेछ । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल तेह्रौ भएको थियो भने स्कटल्याण्ड नेदरल्याण्डसँग संयुक्त रुपम विजेता बनेको थियो ।
त्यसैले घरेलु टोलीविरुद्धको खेल नेपालका लागि सहज हुनेछैन । आफ्नो क्षमता अनुसार खेल्न  नसक्दा नेपालले टी-२० विश्वकप खेल्ने मौका गुमाइसकेको छ ।
घरेलु टोलीविरुद्ध ऐरमा हुने खेलमा नेपालको ओपनिङ महेश क्षेत्री र अनिल मण्डलले गर्नेछन् । नेदरल्याण्ड र आयरल्याण्डमा खराब प्रदर्शन गरेका सुवास खकुरेल र विनोद भण्डारीलाई टीमबाट हटाइएको छ भने मध्य गतिका बलर जितेन्द्र मुखिया स्वदेश फर्किसकेका छन् ।
चोटका कारण अलराउण्डर सागर पुन पनि नेपाल आइसकेका छन् । विश्वकप छनोटको अन्तिम खेलमा राम्रो प्रभाव छोडेका सिद्धान्त लोहनीले मौका पाउने सक्नेछन् ।
स्कटल्याण्डको टोलीमा भने विश्वकप छनोट खेलेका रोब टेलरसहितका ६ खेलाडी रहने छैनन् ।
डिभिजन टुमा गरेको प्रदर्शनका आधारमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका पाएको हो । ८ देश सहभागी च्याम्पियनसिप सन् २०१९ को विश्वकप छनोटको आधार समेत हो ।
सहभागी ८ मध्ये ६ टोली दोस्रो चरणमा पुग्नेछन् ।

दैनिक जिवनमा इन्टरनेट तथा मोबाइलको महत्व बढ्दै जाँदा सुरक्षित पासवर्डको आवश्यता समेत बढ्दै गएको छ । विभिन्न खाले इन्टरनेट अकाउण्टहरुमा प्रयोग हुने पासवर्डको सुरक्षा तथा गोप्यतासँग आर्थिक, सामाजिक तथा नैतिक लगायतको गोपनीयता तथा महत्व जोडिएको हुन्छ ।

त्यसरी आफ्नो पासवर्डलाई सुरक्षित राख्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ । नत्र कसैले सजिलै पासवर्ड चोरी गर्ने वा ह्याक गर्ने जोखिम हुन्छ । जसका कारण तपाइँका गोप्य डाटा मात्र होइन बैंकको धन समेत चोरी हुने सम्भावना हुन्छ । पासवर्ड कमजोर नहोस् र सुरक्षित होइयोस् भन्नका लागि बलियो पासवर्ड सेट गर्ने केही तरिका यस्ता छन् :
एउटै पासवर्ड एकभन्दा बढि वेबसाइट अर्थात् अकाउण्टका लागि प्रयोग नगर्नुस् । यसो गर्दा कसैले तपाइँको कुनै एउटा अकाउण्टको पासवर्ड चोरी गर्न सक्यो भने सबै अकाउण्टको तालाचाँबी प्राप्त गर्ने जोखिम हुन्छ । अर्थात् एउटा ताल्चा टुट्दैमा पूरै दराज खुल्दछ ।
भुलेर पनि १२३४५६, ००००, २४६८ तथा डब्लुएक्सवाइजेड जस्ता कमजोर तथा सबैले अनुमान गर्न सकने खालका पासवर्ड प्रयोग प्रयोग नगर्नुस् । कुनैपनि ह्याकरले सबैभन्दा पहिले प्रयास गर्ने पासवर्ड यिनै हुन् र धेरै काण्डमा यस्ता पासवर्डबाट ह्याक भएका घटना छन् ।
आफ्ना श्रीमती, बच्चाबच्ची, अपार्टमेन्ट, मनपर्ने खेल वा क्लब, आफ्नो अफिसको नाम जस्ता कुराहरु पनि पासवर्डमा नराख्नुस् । धेरैले यो पनि अनुमान गर्ने कुरा हो ।
जति लामो तथा स्पेसल क्यारेक्टरवाला पासवर्ड हुन्छ, उति नै सुरक्षित हुन्छ । त्यसैले पासवर्डमा एकदुइ अक्षर अपरकेस अर्थात् क्यापिटल लेटरमा पनि राख्नुपर्छ । यसो गर्दा पासवर्ड बढि सुरक्षित हुन्छ ।
पासवर्डलाई कागजमा लेख्ने वा कम्प्युटरमा कतै लेखेर सेभ गर्ने काम नगर्नुस् । यदि तपाइँले पासवर्ड भुल्ने डर छ र कागजमा लेख्नैपर्नेछ भनेपनि त्यसलाई पासवर्ड हो भन्ने अरुले भेउ नपाउने गरी र आफुले मात्र बुझ्नेगरी लेख्नुहोस् । उल्टोसुल्टो पारेर लेख्नु वा केही अक्षरहरु गल्ती समेत लेखेर आफुले सम्झिन सक्ने तर अरुले चोर्न नसक्ने गरी पनि लेख्न सक्नुहुन्छ ।
अनलाइन लकर
यदि तपाइँले चाहनुहुन्छ भने आफ्नो पासवर्डलाई अनलाइन लकरमा पनि राख्न सक्नुहुन्छ ।
LastPass, SplashID Safe, 1Password  जस्ता सफ्टवेयर स्टोरले तपाइँको पासवर्डलाई इनक्रिप्ट गरेर सुरक्षित राख्दछन् । वेबसाइटमा आफ्नो मास्टर पासवर्ड दिएर तपाइँले लगइन गर्न सक्नुहुन्छ ।
आफ्नो मोबाइल फोनलाई कहिल्यैपनि पासवर्ड रहित नबनाउनुहोस् । तपाइँको फोनमा आफ्नो बारेमा धेरै महत्वपूर्ण जानकारी हुनसक्छन् जसमाथि अरुले नजर लगाइरहेको हुनसक्छ ।-बीबीसी

विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलले आफ्नो सोसल नेटवर्क साइट गुगल प्लसलाई विदाई गर्ने तयारी गरिरहेको छ ।
फेसबुकलाई टक्कर दिने सोँचका साथ ४ वर्षअघि लन्च गरेको गुगल प्लसले सोँचे अनुसारको सफलता प्राप्त नगरेको मात्र होइन यसका कारण अन्य सुपरहिट सेवाहरुका प्रयोगकर्तालाई समेत हैरानी भएपछि गुगलले गुगल प्लसलाई अन्य सेवाहरुबाट अलग गरेर ‘निस्तेज पार्ने’ घोषणा गरेको हो ।
गुगलले पछिल्ला केही महिनायता गुगल प्लसको सबैभन्दा उपयोगी फिचर्सहरुलाई छुट्टाएर अर्को छुट्टै नयाँ सेवा तयार गर्ने काममा जुटिरहेको छ । गुगलले गुगलसँग सम्बन्धित सबै गतिविधिका लागि गुगल प्लसको आवश्यकता अन्त्य गर्ने दिशामा अघि बढिरहेको बताएको छ । अर्को महिनादेखि गुगल प्लसलाई छुट्टाउने घोषणाको कार्यान्वयन हुने र यसको सुरुवात यु ट्युबबाट गरिने गुगलका उपाध्यक्ष ब्राडली होरोविजले जनाएका छन् ।
गुगलले सोमबार गुगल प्लसलाई अलग बनाउने लगायतको विषयमा केही महत्वपूर्ण घोषणा गरेको छ । गुगलका अनुसार अबका दिनमा गुगल प्लसलाई दुइ नितान्त भिन्न उत्पादनहरु, भिडियो स्टि्रम्स तथा तस्वीरमा बदलिनेछ ।
अहिलेसम्म गुगलका कतिपय सेवा उपयोग जस्तै युट्युब भिडियोमा टिप्पणी गर्ने लगायतका लागि गुगल प्लस प्रोफाइल हुनु आवश्यक छ । तर भविष्यमा गुगलले गुगल प्लसलाई आफ्ना सबै अन्य सेवाबाट अलग गर्ने घोषणा गरेको छ । यसको अर्थ गुगलले आफ्नो फ्लप सन्तानको रुपमा रहेको गुगल प्लसलाई विस्तारै बन्द गर्नेछ ।

श्रावण १३. हिन्दु राष्ट्र कायम हुनुपर्ने भन्दै आन्दोलनरत हिन्दुवादी र प्रहरीबिच आज इटहरीमा हिजो दिनभर झडप भएको थियो । झडपका क्रममा राप्रपा नेपालका इटहरी अध्यक्ष रामु पोखरेल सहित ४० बढी प्रदर्शनकारी र १३ सुरक्षाकर्मी घाइते भएका छन् । घटनालाई नियन्त्रणमा लिन प्रहरीले नौ राउण्ड अश्रृग्यास प्रहार गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र सनुसरीका प्रहरी प्रमुख सञ्जय शर्माको उपस्थितिमा हिजो बिहान इलाका प्रहरी कार्यालय इटहरीमा वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीतीबिच शान्तिपूर्ण प्रदर्शन गर्ने र नेपाल झण्डाको दुरुपयोग नगर्ने सहमती भएपनि प्रहरीले आन्दोलनको नेतृत्व गर्दै आएका सन्त श्रीनिवास आचार्यलाई सहमती भएको केहि समयपछि नै नियन्त्रणमा लिएपछि हिन्दुवादीहरु आक्रोशित भएका हुन् । आक्रोसित हिन्दुवादीहरुले श्रीनिवासलाई छोड्नुपर्ने भन्दै प्रहरी विरुद्ध ढुंगामुढा गरेका हुन् । 
प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले पनि अन्धाधुन्ध लाठि प्रहार गरेको थियो भने अश्रृग्यास पनि प्रहार गरेको थियो । लाठिचार्जबाट वृद्धवृद्धाहरु समेत घाइते भएका छन् । प्रहरीले जथाभावी लाठीर्चाज गर्दा घरमा बसेका मानिस तथा बटुवाहरु समेत घाइते भएका छन ।  

रातको करिब १० बजे इटहरीमा फेरी पनि हिन्दु धर्म समर्थितहरुको प्रर्दशन । पक्राउ परेका श्रीनिवास आचार्यलाई प्रहरीले राती १० बजे रिहा गरेसो थियो। 
 श्रीनिवास आचार्यलाई  रिहा गरेता पनि उनका समर्थक हरु रातभर प्रहरी कार्यालय अगाडिनै भजन कृतन गरि अजैसम्मा बसिरहेकै  छन्। 

तपाइले  सायदै यस्ता मानिस भेट्नुभएकेा छैन  होला जसको मुखबाट आफ्नो मोबाइलको बारेमा राम्रो कुरा बताउने  । सबैले आफ्नो मोबाइल फोनको ब्याट्रीको चार्ज नै खप्दैन भन्ने लगायतका गुनासो गरिरहेकै हुन्छन् ।
अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा मोबाइल फोनको ब्याट्रीको आयु सोही मुताविक बढ्दै जान सकेको छैन । जसका कारण मोबाइल जति उच्चस्तरीय भयो ब्याट्री उति नै कम खप्ने भइदिन्छ ।
तर मोबाइलको ब्याट्रीको आयु मोबाइलको समग्र फिचरमा मात्र होइन यसको चार्ज गर्ने तरिकामा पनि निर्भर हुन्छ । मोबाइलको ब्याट्रीलाई दिन तपाइँले सही तरिकाले चार्ज गर्नुभयो भने त्यसको कार्यक्षमता तथा आयु पनि बढ्दछ ।
फोन निर्माता कम्पनीहरुका अनुसार मोबाइलका ब्याट्रीहरुको औषत आयु ३ सय देखि ५ सय पटकसम्म चार्ज गर्नका लागि हुन्छ । त्यसपछि ब्याट्रीको क्षमता घट्न थाल्दछ र ब्याट्रीले चार्जलाई राम्रोसँग संग्रह गर्न सक्दैन ।
विज्ञहरुका अनुसार मोबाइलको ब्याट्रीको चार्ज पूरै रित्याउने गरी प्रयोग नगर्ने मात्र होइन की शत प्रतिशत चार्ज पनि गर्नुहुँदैन ।
लिथियम आयन ब्याट्रीलाई ४० देखि ८० प्रतिशतसम्म चार्ज गरेर राख्नुपर्छ । ब्याट्रीको चार्जलाई २० प्रतिशत भन्दा कम हुन नदिनु उत्तम हुन्छ ।
मोबाइलको ब्याट्रीलाई एक महिनामा एक पटक भन्दा बढि शत प्रतिशत चार्ज गर्नुहुँदैन । ब्याट्रीलाई शत प्रतिशत चार्ज गर्नु भनेको कम्प्युटरलाई रिस्टार्ट गर्नु जस्तै हो, जुन पटक पटक गर्नु हुँदैन ।
मोबाइल फोन किन्ने बेलामा सँगसँगै जुन चार्जर आएको हुन्छ आफ्नो मोबाइल फोनलाई सोही चार्जरले चार्ज गर्नु राम्रो हुन्छ । बजारमा पाइने जुन पायो त्यहीँ चार्जर प्रयोग गर्नु मोबाइल फोनकेा ब्याट्रीका लागि हानिकारक हुनसक्छ । चार्जर ठीक भएन भने त्यसले पूरै फोनलाई नै क्षति पूराउन सक्छ ।
लिथियम आयन ब्याट्रीलाई धेरै दिनसम्म चार्ज नगरीकन राख्नु हुँदैन । यपद ४०-५० प्रतिशत सम्म चार्ज गरेर राख्नुहुन्छ भने ठीक छ । यसरी प्रयोग नगरीकन राखिएका मोबाइल फोनका ब्याट्री महिनामा ५ देखि १० प्रतिशत सम्म डिस्चार्ज हुन्छन् ।

बलात्कार वा असावधानीका कारण वा गर्भनिरोधका साधन असफल भई अनिच्छिावश गर्भधारण हुने सम्भावना देखिएमा तुरुन्तै औषधि प्रयोग गरेर गरिने गर्भनिरोधलाई आपत्कालीन गर्भनिरोध भनिन्छ । यो औषधिको प्रचलन आएपछि अनिच्छिावश गर्भधारण हुन लागेको शंका लागेमा तुरुन्तै गर्भनिरोधको उपाय अपनाउन सजिलो भएको छ ।
विवाहको तरखरमा रहेका, भर्खरै विवाह गरी हनिमुन अवधि नसिध्याएका, विवाहको केही समयपछिसम्म बच्चा पाउन नचाहेका नवदम्पती मात्र होइन बच्चा पाई छिट्टै अर्को बच्चा पाउन नचाहेका दम्पतीहरुले समेत आपत्कालीन गर्भनिरोधका विधिहरुबारे धेरै चासो राखेको पाइएको छ ।
कतिपयले त आफूले सावधानी अपनाउँदाअपनाउँदै पनि गल्ती हुन गएको कारण बताएर झट्टै केही उपाय सुझाउन हारगुहार गर्ने गरेको पनि पाइन्छ । कतिपय व्यक्तिहरुचाहिँ असुरक्षित यौनसर्म्पर्कको ७२ घण्टापछि मात्र सल्लाह लिन आउने गरेको पाइन्छ । ७२ घण्टापछि यस्तो औषधि प्रयोग गर्नुको कुनै अर्थ हुँदैन ।
आपत्कालीन गर्भनिरोधका लागि उपयुक्त समय र्घर्किसकेपछि मात्र सल्लाह लिन आउनेहरुलाई सुरक्षित गर्भपतनको बाटो देखाइदिनुसिबाय अर्को विकल्प हुँदैन ।
दम्पतीको आपसी सल्लाहमा कानुनी तवरले नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव एवम् सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित तरिकाले यौनसर्म्पर्क राख्नु नै बुद्धिमानी हुन्छ ।
यसका लागि नवविवाहित दम्पतीले सुरक्षित महिनावारी चक्रको सही प्रयोग, कन्डम वा कमल चक्कीजस्ता अस्थायी साधनहरुको उचित प्रयोग गर्नुपर्दछ ।र्
गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौनसर्म्पर्क, वर्ीय स्खलन, डिम्ब निषेचन तथा डिम्बरोपणको तारतम्य मिल्नर्ुपर्दछ । त्यसो त प्राकृतिक र चिकित्सकीय नै भए पनि थुप्रै खालका गर्भनिरोधका उपायहरु हुँदाहुँदै पनि र्सतर्कता नअपनाएर, परिवार नियोजनका साधन बेलैमा उपलब्ध नभएर वा फेल खाएर, यसको प्रयोगमा आलस्यता गरेर तथा गर्भ रहन सक्नेरनसक्ने महिनावारीको सुरक्षित चक्र -यसबारे साधनाको २०६५ वैशाखको पूर्ण्ाांक १७० मा विस्तृत रुपमा उल्लेख गरिसकिएको छ० बारे ठोस ज्ञान नभएर पनि अनिच्छित गर्भ रहने गरेको पाइएको छ ।
कन्डम फुट्नु, नियमित रुपमा पिल्स चक्की खान बिर्सिनु तथा बलात्कार -बलजफती करणी० जस्तो असुरक्षित यौनसर्म्पर्क हुनु अनिच्छित गर्भ रहने केही उदाहरणहरु हुन् । अविवाहित केटीलाई बलजफती करणी गरी गर्भ रहने सम्भावना भएमा स्थिति झन् तनावपूर्ण हुन्छ ।
यौनजीवन लम्ब्याउन चाहने, यौनसुख अझै लिन चाहने दम्पतीहरुले गर्भको अनिच्छा हुँदाहँदै पनि सजगता अपनाएनन् भने गर्भ रहने शंका हुन्छ । यसै कुरालाई लिएर दम्पतीबीच चिन्ता र मनमुटाव हुन सक्छ ।
यी उल्लिखित परिस्थितिहरुको परिणामस्वरुप गर्भ रहन नदिनको लागि गरिने उपायहरु ९परिवार नियोजनका साधनहरुको प्रयोग० लाई आकस्मिक परिवार नियोजन -आपत्कालीन गर्भनिरोध० विधि अर्थात् मेडिकल भाषामा र्ँइमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ !


सिधा कपालको फेसन फेरि फर्केर आएको छ । कपाललाई सिधा गर्ने उत्पादनहरुको माग बढिरहेको छ तर कपाललाई सिधा गर्नका लागि जुन केमिकल्सको प्रयोग गरिन्छ त्यसले कपालको स्वास्थयमा निकै नराम्रो प्रभाव पर्ने गर्दछ । त्यसकारण कपाललाई सिधा गर्नका लागि प्राकृतिक उत्पादनहरुको आवश्यकता भएको महसुस भएको छ ।
तपाईंको किचनमा त्यस्ता थुप्रै उत्पादनहरु हुन्छन् जसको नियमित प्रयोग गरेर आफ्नो कपाललाई नरम र सिधा बनाउन सक्नुहुन्छ । आउनुहोस्, यस्ता प्राकृतिक उत्पादनको बारेमा जानकारी पाऔँ ।
१. नरिवलको दुध र कागतीको रसको मिश्रणः
नरिवलबाट दुध निकाल्नका लागि सबैभन्दा पहिले काँचो नरिवललाई बेस्सरी निचोर्नुहोस् । नरिवलको दुधमा कपाललाई सिधा गर्ने गुण हुन्छ । तर यदि तपाईं यसमा कागती पनि मिसाउनुहुन्छ भने परिणाम अझ राम्रो हुने गर्दछ । यो मिश्रणलाई केहि घण्टाका लागि फ्रिजमा राख्नुहोस् । यो मिश्रणको माथिल्लो भागमा क्रिम तर बसेको हुन्छ । यो क्रिमलाई आफ्नो कपालमा लगाउनुहोस् र कपाललाई न्यानो रुमालले बेर्नुहोस् । एक घण्टासम्म प्रतिक्षा गर्नुहोस् त्यसपछि कपाललाई एउटा माइल्ड स्याम्पुले धुनुहोस् । सुकिसकेपछि तपाईंको कपाल नरम हुनेछ । यस प्रकार तपाईं आफ्नो रुखो कपाललाई व्यस्थित गर्नसक्नुहुन्छ ।

२. नियमित मनतातो तेलको मालिसः
धेरै मानिसहरुलाई थाहा नहोला कि नियमित रुपमा मनतातो तेलको मालिसले पनि कपाललाई नरम र सिधा बनाउने गर्दछ । नरिवलको तेलमा अलिभ ओइल मिसाउनुहोस् । केहि दिन पछि ओलिभ आइलको सट्टामा बदामको तेल मिसाएर पनि प्रयोग गर्नुहोस् । कपालमा र टाउकोको छालामा यी मिश्रणहरुले मालिस गर्नुहोस् । कपाललाई तातोपानीमा डुबाएको न्यानो रुमालले ढाक्नुहोस् । यसलाई लगभग ४५ मिनेटसम्म यत्तिकै छोड्नुहोस् त्यसपछि स्याम्पुले धुनुहोस् ।
३. प्राकृतिक कन्डिसनिङः
कपाललाई धोइसकेपछि नियमित रुपमा कन्डिसनरको प्रयोग गरेर पनि तपाईंको कपाल नरम र कोमल हुने गर्दछ ।
४. मिल्क स्प्रेः
जब कपाललाई सिधा गर्ने कुरा आउँछ तब त्यसमा दुधले निकै सहयोग पुर्याउँछ । दुधलाई एउटा बोतलमा भर्नुहोस् र त्यसलाई कपालमा छर्कनुहोस् । दुध सुकुञ्जेल लगभग आधा घण्टासम्म प्रतिक्षा गर्नुहोस् । त्यसपछि फेरी कपाललाई श्याम्पुले धुनुहोस् र आफ्नो कपालको नयाँ रुप तपाईंले आफैँ थाहा पाउनुहुन्छ ।
५. दुध र महः
थोरै दुध लिनुहोस् र त्यसमा मह मिसाएर पेस्ट बनाउनुहोस् । अझ बढि प्रभावकारी बनाउनका लागि यो मिश्रणमा स्ट्रबेरी अथवा केरा मिसाउनुहोस् । यसलाई आफ्नो कपालमा लगाउनुहोस् । यसलाई सुक्न केहि समय लाग्नेछ । त्यसकारण लगभग डेढ घण्टासम्म कुर्नुहोस् र त्यसपछि धुनुहोस् ।
६. अण्डा तथा ओलिभ ओइलको सम्मिश्रणः
यी दुबै कपालको हेरचाहको लागि निकै महत्वपूर्ण हुन् । दुईवटा अण्डा फिट्नुहोस् र त्यसमा ओलिभ आइल राम्रो मात्रामा हाल्नुहोस् र उक्त सम्मिश्रणलाई कपालमा लगाउनुहोस् । यसलाई एक घण्टासम्म सुक्न दिनुहोस् र त्यसपछि नुहाउनुहोस् । 

गर्भावस्थाको क्रममा धेरैलाई बान्ता हुने गर्दछ तर यसको अहिलेसम्म सहि कारण पत्ता लागेको छैन । भनिन्छ, गर्भावस्थामा शारिरिक र मानसिक रुपमा थुप्रै प्रकारको संवेदनात्मक र भावनात्मक परिवर्तन हुने गर्दछ । यसका साथै शरिर भित्र हर्मोन पनि तेज रुपमा बढ्ने गर्दछ जसले शरिरको अंगमा तनाव पैदा गर्दछ र बान्ता हुन थाल्दछ । गर्भावस्थामा विशेषतः बान्ता बिहान हुने गर्दछ र जति दिन बढ्दै जान्छ त्यति नै बान्ता हुने सम्भावना पनि न्यून हुँदै जान्छ । हुन त डाक्टरहरुले यसलाई राम्रो संकेत मान्छन् । गर्भावस्थामा बान्ता भएमा बच्चाको राम्रो विकास भएको डाक्टरहरुको बुझाई छ । तर अत्यधिक रुपमा बान्ता भइरहेको खण्डमा यसलाई राम्रोको संकेत नमानि तुरुन्त डाक्टरको सम्पर्कमा आउनुपर्ने थुप्रै मानिसहरु बताउने गर्दछन् । आज हामी तपाईंलाई यस्तो बान्ताबाट बच्ने घरेलु तरिका बताउँदैछौँ ।
१. थोरै थोरै गरेर पानी पिउनुहोस्ः गर्भावस्थामा हुने बान्तालाई कन्ट्रोल गर्ने सबैभन्दा राम्रो उपाय पानी हो ।हरेक घण्टामा एक गिलास पानी पिउनुहोस् । यसले तपाईंको शरिरमा पानीको कमी हुनबाट बचाउँछ जुन गर्भवती महिलाको लागि अत्यन्त जरुरी हुने गर्दछ । सुत्नुभन्दा अगाडि आफ्नो बेडको साइडमा एक ग्लास पानी राख्नुहोस् र पानी पिउन मनलागेको जस्तो हुनासाथ पिउनुहोस् । बिहान उठ्ने बित्तिकै पनि पानी पिउनुहोस्, यसले तपाईंलाई बान्ता हुनबाट रोक्छ ।
२. अदुवाः गर्भावस्थाको बान्तालाई रोक्न अदुवा पनि प्रभावकारी घरेलु उपाय हो । खानामा अदुवाको प्रयोग गर्नाले यसले पाचन प्रणालीलाई ठिक गर्ने गर्दछ र पेटमा भएको अम्लीय पदार्थलाई शान्त गर्ने गर्दछ । यदि तपाईं गर्भवती हुनुहुन्छ र तपाईंलाई बान्ता हुने गर्दछ भने, बान्ता आउला जस्तो हुनेबित्तिकै अदुवा सुँध्नुहोस् । यसको बास्नाले उल्टी हुनबाट बचाउँछ ।
३. कागतीः कागती आफ्नो गुणकारी प्रभावको लागि मानिसहरु बिच चिरपरिचित छ र यसले गर्भवतीमहिलाहरुलाई पनि निकै फाइदा पुर्याएको हुन्छ विशेषगरि बान्ता हुने समस्याको लागि । बान्ता हुनबाट बच्नका लागि गर्भवती महिलाले हरेक दिन बिहाज एक ग्लास पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाएर खाने गर्नुपर्दछ । यसका साथै कागतीमा पाइने ‘भिटामिन सी’ले गर्भवती महिला र उनको बच्चालाई निकै फाइदा पुर्याउने गर्दछ ।
४. बढाउनुहोस् भिटामिन बी–सिक्सका सेवनः भिटामिन बी–सीक्स गर्भवती महिलाहरुका लागि निकै लाभदायक मानिन्छ । यसको प्रयोगले गर्भावस्थामा हुने बान्ताबाट छुटकारा पाउन सकिन्छ । भिटामिन बी–सीक्स थुप्रै फल र खानेकुराहरुमा पाइने गरिन्छ जस्तै अबोकेडो, केरा, माछा, बदाम आदि । यसका साथै तपाईंले केहि सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ जुन तपाईं २५ मिलिग्राम एक दिनमा तीन पटक प्रयोग गर्न सक्नुहुनेछ । यसका लागि तपाईंले स्त्री रोग विशेषज्ञको पनि सल्लाह लिन सक्नुहुनेछ ।

साउन ९।  युरोपमा व्यवसाहिक लिग सुरु हुनअघि भएको मैत्रिपूर्ण भिडन्तमा स्पेनको रियाल म्याड्रिडले इंलिस क्लब म्यानचेष्टर सिटीमाथि ४– १ को फराकिलो जीत निकालेको छ । मेलवर्न क्रिकेट ग्राउन्डमा सम्पन्न प्रिसिजन टुरको खेलमा करिम बेन्जामा, क्रिष्ट्रियानो रोनाल्डो,पेपे र डेनिडस चेरीसेभले रियालबाट एक एक गोल गरे । झन्डै एक लाख दर्शकबीच आक्रामक खेल पस्किएको रियालले करिम बेन्जामाको गोलमार्फत पहिलो हाफको २१ औँ मिनेटमा अग्रता बनायो । रियालबाट त्यसको ४ मिनेटपछि क्रिस्ट्रियानो रोनाल्डोले अर्को गोल गरे । पेपेले ४४ औँ मिनेटमा गोल गर्दा रियाल ३–० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा याया टोरेले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे । दोस्रो हाफमा रियालले अझै उत्कृष्ट खेल देखायो ।  डेनिडस चेरीसेभले गोल गर्दै रियाललाई ४–१ को जीत दिलाए । यसअघि गत सिजन उपाधी विहिन रहेको रियालबाट यसपटक रोनाल्डोले उत्कृष्ट खेले ।

श्रावण ६. खेलकुद क्षेत्रमा कुनै पनि किसिमको भ्रष्टाचार र अनियमितता हुन नदिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको भनाइ, खेलाडी र कर्मचारीले सुविधाबाट बञ्चित हुन नपर्ने उल्लेख ।  

श्रावण ३। निर्देशक कबिर खान र सलमान खानले तीन वर्षपछि ठूलो पर्दामा ’बजरंगी भाईजान’ मार्फत फर्किएका छन् । सन २०१२ मा सलमान र कबिरको जोडीले ’एक था टाईगर’ लिएर आएको थियो ।

कथा
कथा कस्तो छ टे«लर हेरेरै अनुमान गर्न सकिन्छ । चलचित्र भारत पाकिस्तानसंग सम्बन्धित छ । मुत्री (हर्षाली मल्होत्रा) ६ वर्षकी पाकिस्तानी बच्ची हुन् । उनी झुक्किएर उपचारको क्रममा भारतबाट आफ्नो घर (पाकिस्तान) फर्कदा भारतमा छुट्छिन् । कसैलाई आप्mनो घर, बाबु आमाको वारेमा भत्र नसक्ने उनि बोल्न नसक्ने हुन्छिन् । आफन्तको खोजीमा रहेकी मुत्रीको भेट पवन कुमार चतुर्वेदी बजरंगी (सलमान खान)सँग हुन्छ । बजरंगी आफ्नो पिताको देहान्त पछि पिताका साथिको घर कुरुक्षेत्र आएका हुन्छन्, र उनको प्रेम पिताका साथिको छोरी करीना कपुरसगँ हुन्छ । जहा ६ महिना भित्र आफ्नो कमाईले घर किनेर आफ्नि छोरीसगँ विवाह गर्न बगरंगी लाई करीना पिताको आदेश हुन्छ । करीनाकै घरमा बगरंगीले मुत्रीलाई लान्छन जहा धेरै शहरको नाम लिदाँ अन्त्यमा क्रिकेटको खेल हेर्दा भारतको हारमा उत्साहित मुत्रीलाइ देखे पछि उनि पाकिस्तानि रहेको थाहा हुन्छ । बजरंगीले पाकिस्तान जान भन्दै भिषाका लागि निकै प्रयाश गर्छन् ।
अथक प्रयाश गर्दा पनि भिषा नपाएपछि बजरंगी बिना भिषा पाकिस्तान जाने निर्णय गर्छन् । जुन काममा बजरंगीलाई सपोर्ट गरेका हुन्छन् पाकिस्तानी पत्रकार (सिद्दीकी)ले ।
मुत्रीलाई पाकिस्तान छोड्न गएको बेला बजरंगी ठूलै समस्यामा पर्छन् । उनले कस्ता समस्याको सामाना गर्नुपर्छ त्यसका लागि पmिल्म नहेरी सुखै छैन ।

निर्देशनअ कबिर खानले यसअघि काबुल एक्सप्रेश, न्यु योर्क, एक था टाईटर जस्ता फिल्म निर्देशन गरेका छन् । उनका यी कामको राम्रै तारिफ भएको पनि थियो । ’बजरंगी भाईजान’ले फेरि उनलाई एक पटक राम्रो निर्देशकको श्रेणीमा उभ्याईदिएको छ । फिल्मको स्क्रिप्ट चित्त बुझ्दो छ । पूर्ण मनोरञ्जनयुक्त फिल्मले केही क्षण भए पनि दर्शकलाई अर्कै संसारमा लैजान्छ ।

अभिनय
सलमान खान आप्mनो भुमिकामा उत्कृष्ट छन् । पवन कुमार चतुर्वेदीको भुमिका उनलाई निकै सुहाएको छ । नवाजुद्दिन सिद्धकीको अभिनयमा खोट लगाउने ठाउँ पटक्कै छैन ।
फिल्म हेर्दा लाग्छ उनी एक कुशल अभिनेता हुन् । करिना कपुर खानले एक शीक्षिकाको भुमिका कुशलता पूर्वका निर्वाह गरेकी छिन् । उनको लुक्स निकै राम्रो छ । निकै राम्रो काम गरेकी छिन् वाल कलाकार हर्षाली मल्होत्राले ।
संगीतः फिल्मको संगितमा खोट लगाउने ठाउँ छैन । सेल्फी ले ले रे, भर दे झोली, आज की पार्टी मेरी तरफ से, तु चाहिए चर्चित छन् तर कुनै कुनै सन्दर्भ बिहिन पनि छन् ।
अन्तमा
केहि फरक तथा मनोरञ्जनात्मक फिल्म हेर्न चाहने दर्शकलाई यो चलचित्र सहि छ । नवाजुद्दीनको अभिनय वा करीना कपूरको सुन्दरता वा बाल कलाकारको अभिनय वा सलमानको फ्यानका लागि यो चलचित्र उत्कृष्ट छ । अन्य गरमागरम दृष्य नभएको यस चलचित्रमा हर्षालीको मुस्कुराहटले तपाइलाई टिकाउन सक्छ ।


स्टार अपील
इस पटक सलमान खानले कुनै ताली मार्नै पर्ने  डायलँग दिएका छैनन् । मात्र सेल्फी को परिभाषा दिएको ठाउमा उनले भनेको ’जब हम खुद की लेते हैं वो होती है सेल्फी.’ भनेको मात्र याद रहन्छ ।

 -------------------------------------------------------------------------------- पुस्कर  खतिवडा 

 श्रावण ३। जुलाई १९ देखि २५ तारिखसम्म हुने आईजेएफ युथ जुडो ट्रेनिङ क्याम्पमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली आइतबार स्विटजरल्यान्डको फिस जादै । 

श्रापण २ । बिपत्तीमा परी पुरिएका मानिसलगायत अन्य वस्तुहरुको खोजी तथा उद्धार गर्न सक्ने ‘रोबोट’ को हलै पहिलोपल्ट नेपालमा विकास भएको छ। 

श्रावण २ टी–२० विश्वकप छनोट क्रिकेटको समूह चरणको आफनो अन्तिम खेलमा नेपालले आज जर्सीको सामना गर्दै छ।  यस खेल संगै बिस्वकप खेल्ने सपना खल्तीमा हाली नेपाली टोलि भोलि नै देश फर्कने छ। 

गर्भावस्थाको नौ महिना महिलाको शरीरमा धेरै परिवर्तन आउँछ । गर्भधारणको दुई हप्तादेखि आउने बदलाव हरेक महिनामा फरक–फरक हुन्छ । गर्भावस्थाको नौ महिनामा आउने मुख्य परिवर्तन यस्ता छन् : 
गर्भाशयमा पीडा हुने : गर्भधारणको समय महिलाको गर्भाशयमा पीडा हुन्छ । बच्चा यताउता सरिरहने भएकाले पेटमुन्तिर कम्मरनजिकैको भागमा पीडाको महसुस हुन्छ ।

स्तनबाट तरल पदार्थ निस्किने :गर्भधारण भएको नवौँ महिनामा स्तनबाट एक खालको पिपजस्तो पदार्थ बाहिर निस्किन्छ । यो कोलोस्ट्रम हो, बच्चाको पहिलो भोजन । स्तनबाट यस्तो पदार्थ निस्किनुको संकेत हो, गर्भिणी महिला आमा बन्नका लागि अब तयार हुँदै छिन् ।
योनि ठूलो र रक्तश्राव हुने : गर्भावस्थाका वेला योनि ठूलो हुने तथा योनिबाट श्राव हुन सक्छ । श्राव भएको वेला संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । पिएच लेभल ठीक राख्नुपर्छ । रक्तश्राव भएमा तुरुन्त चिकित्सकसम्म पुग्नुपर्छ ।
ढाडको तल्लो भाग दुख्ने : ढाडको तल्लो भाग दुख्ने समस्या पनि गर्भवती महिलामा निम्तिन सक्छ । ३० सेकेन्ड दुख्ने र फेरि ठीक हुने हुन्छ । यदि ३० सेकेन्डभन्दा बढी नै दुख्न थालेमा चिकित्सककहाँ जानुपर्छ । यो प्रसवको संकेत हो ।

बच्चाको विकास : गर्भाशयमा बच्चा बढ्दै जाँदा उसको छालाको वरिपरि एउटा पातलो पत्र तयार भएको हुन्छ । जसले गर्भमा बच्चाको छालालाई सुरक्षित राख्छ ।
बच्चाद्वारा श्वासप्रश्वास : जब गर्भवती महिला बच्चा जन्माउने अन्तिम अवस्थातिर पुगिरहेकी हुन्छिन्, तब बच्चाले गर्भाशयमै श्वास फेरिरहेको महसुस गर्न सक्छिन् ।
बच्चाको प्रतिरक्षा विकास : गर्भावस्थाका अन्तिम दिनतिर बच्चाले नाभीबाट भोजन ग्रहण गर्छ । यसले उसको रोगप्रतिरोधक क्षमता बढाउँछ । बच्चा ऊमाथि आक्रमण गर्न सक्ने कीटाणुविरुद्ध लड्न सक्छ । यससँगै दुनियाँमा आउन सक्छ । जन्मिएपछि आमाको दूधले उसको रोगप्रतिरोधक क्षमता बढाउँछ ।
बच्चाको जन्म : अन्तिम नौ महिनामा गर्भवतीलाई प्रसव पीडा हुन्छ । यसको मतलब उनी बच्चा जन्माउन तयार भइन् भन्ने हो । बच्चाको जन्मसँगै आमाको मुहारमा खुसी फैलिनेछ ।



नेपाली चलचित्रमा अभिनय गर्ने विदेशी अभिनेत्रीको सूची लामै भेटिन्छ । तर, उनीहरूमध्ये कमै अभिनेत्री, जो नेपाली दर्शकमाझ चिनिन सके । धेरै विदेशी अभिनेत्रीले एउटाबाहेक दोस्रो नेपाली चलचित्रमा अभिनय गरेको भेटिँदैन । चलचित्रमा नयाँ स्वाद दिन विदेशी अभिनेत्री ‘हायर’ गरेर खेलाउने गरिएको भए पनि त्यसले नगण्य प्रभाव पारेको देखिन्छ । हलिउड र बलिउडका अभिनेत्रीको अभिनय कलिउडमा देखिए पनि तृप्ति नाडकर, रजनी शर्मा, निरुता सिंह, माला सिन्हालगायत केहीले मात्रै नेपाली दर्शकमाझ छाप छोड्न सकेको देखिन्छ ।

माला सिन्हा
माला सिन्हा चलचित्र ‘माइतीघर’की अभिनेत्री हुन् । सिन्हा भारतीय नागरिक हुन् । तत्कालीन समयमा भारतीय चलचित्र जगत्मै भरपूर नाम कमाएकी सिन्हाले २०२३ सालतिर ‘माइतीघर’बाट कलिउडमा पनि चर्चा बटुलेपछि नेपाललाई घरकै रूपमा बदलेकी थिइन्, सोही फिल्मका नायक सिपी लोहनीसँग लगनगाँठो कँसेर । यसपछि सिन्हालाई चलचित्र ‘चिनो’ र ‘भाउजू’मा मुख्य भूमिकामा अफर आएको थियो, तर पछि केही कुरा नमिलेपछि उक्त भूमिकामा सुभद्रा अधिकारी आइन् । सिन्हाको माइतीघरबाहेक अन्य कुनै पनि फिल्ममा अभिनय देखिएन । तर, सिन्हा अभिनित ‘माइतीघर’ त्यतिखेर सुपरहिट थियो ।
मीरा माधुरी
तुलसी घिमिरेकै ‘अन्याय’मा मीरा माधुरीको मुख्य अभिनय छ । ‘अन्याय’को भूमिकामा आउनुअघि नै भारतीय नागरिक माधुरीले बलिउडका केही चलचित्रमा अभिनय गरिसकेकी थिइन् ।
निरुता सिंह
‘दक्षिणा’बाटै नेपाली चलचित्रमा डेब्यु गरेकी निरुता सिंह भारतीय नागरिक भए पनि धेरै नेपाली चलचित्रमा अभिनय गरिन् । त्यसैले त सिंहलाई धेरैले नेपाली नागरिक नै ठान्छन् । सिंह दार्जिलिङमा जन्मिएकी हुन् ।
तृप्ति नाडकर
नेपाली चलचित्रहरू ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘कोसेली’ र ‘लाहुरे’मा तृप्ति नाडकरले मुख्य भूमिका निभाएकी छिन् । भारतीय नागरिक नाडकरले चलचित्र ‘पिरती’मा भने गर्भवती भएका कारण प्रस्ताव स्वीकार गर्न सकिनन् । गर्भवतीपछिको लामो समय अल्झिएकी नाडकरले झन्डै २० वर्षपछि ‘आमाको काख’ चलचित्रमा अभिनय गरिन् ।


दीप्ति नवल
चलचित्र ‘पञ्चवटी’मा भारतकी चर्चित अभिनेत्री दीप्ति नवलले अभिनय गरिन् । ‘पञ्चवटी’ नेपाली र भारतीयको संयुक्त लगानीमा बनेको चलचित्र हो । पन्जाबमा जन्मिएकी नवल फिल्म निर्देशक, लेखक, चित्रकार र फोटोग्राफरको रूपमा समेत चर्चित छिन्, बलिउडमा । तर, कलिउडमा भने उनले जम्ने गरी ‘पन्चवटी’बाहेक अन्य चलचित्रमा अभिनय गरिनन् ।
रिया मर्फी
अमेरिकी नागरिक रिया मर्फीले ‘काठमाडौं’ नामको चलचित्रमा अभिनय गरेकी छिन् । अमेरिकामा केही टेलिशृंखलामा अभिनय गरेकी मर्फीले ‘काठमाडौं’मा नेपाली अभिनेता आकाश अधिकारीको जोडीको रूपमा मुख्य अभिनय गरेकी छिन् ।
सल्मा आघा
‘हामी एक हौँ’ चलचित्रमा भारतीय चलचित्रकी अभिनेत्री सल्मा आघाले अभिनय गरिन् । ‘हामी एक हौँ’ नेपाली र पाकिस्तानीको संयुक्त लगानीमा बनेको चलचित्र हो । आघा बेलायती गायिकासमेत थिइन् ।
श्वेता तिवारी
भारतीय नागरिक श्वेता तिवारी ‘त्रिनेत्र’की अभिनेत्री हुन् । ‘त्रिनेत्र’ नेपाली र भोजपुरी भाषामा बनेको चलचित्र हो । हिन्दी टेलिशृंखला र चलचित्रमा अभिनय गरिसकेकी श्वेता हिन्दी टेलिशृंखला ‘कसौटी जिन्दगीकी’मा प्रेरणाको भूमिकामा चर्चित भएकी थिइन् ।
रजनी शर्मा
चलचित्र ‘बाँसुरी’की अभिनेत्री रजनी शर्मा भारतीय नागरिक हुन् । ‘बाँसुरी’ अहिलेका चर्चित निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको पहिलो चलचित्र हो । शर्माले अर्को चलचित्र ‘मसाल’मा पनि अभिनय गरेकी छिन् । उनले अभिनय गरेको भारतीय चलचित्र ‘बालिका बधु’ निकै चर्चित बनेको थियो ।
कार्ला बेचिची
कार्ला बेचिची अमेरिकी नागरिक हुन् । उनले नेपाली चलचित्र ‘स्वीकार’मा अभिनय गरेकी छिन् । रविराज अर्यालद्वारा निर्देशित चलचित्र ‘स्वीकार’मा कार्लाको मुख्य भूमिका छ । यो चलचित्रले विभिन्न अवार्डसमेत प्राप्त गरेको थियो ।
यी नायिकाका अतिरिक्त ‘दुई थोपा आँसु’की नायिका अनुराधा सावन्त र चलचित्र ‘दक्षिणा’की अभिनेत्री डली थापा पनि भारतीय नागरिक हुन् । डली निर्देशक बिएस थापाकी छोरी हुन् । उनले दक्षिणापछि नेपाली चलचित्रमा फेरि अभिनय गरिनन् । सावन्त पनि तुलसी घिमिरेले निर्देशन गरेको ‘दुई थोपा आँसु’बाहेक अन्य नेपाली फिल्ममा देखिइनन् । ‘कोसेली’की अभिनेत्री भारती गजमेर भारतभूमिकै चेली हुन् । उनी निर्देशक तुलसी घिमिरेकी धर्मपत्नी हुन् । त्यसैगरी ‘पाकेटमार’की सोनिया मल्ल, ‘जन्म–जन्म’की श्वेता गौतम, भुवन केसीकी पूर्वपत्नी सुस्मिता केसी पनि पहिले भारतीय नागरिक हुन् । नेपाली चलचित्रमा अभिनय गर्ने रुस्मा राई र रन्जु लामिछाने सिक्किमका हुन् । ‘परिचय’की अभिनेत्री मोनिका वेदी र ‘हाम्रो मिलन कहिले हुन्छ’को गीतकी नृत्यंगना प्रीति झिँगयानी पनि भारतीय मूलकै हुन् ।

 युरोपको उत्कृष्ट खेलाडीको अवार्डका लागि लिओनल मेस्सी र र क्रिष्टियानो रोनाल्डो मनोनयनमा परेका छन् ।
यूईएफए वेष्ट प्लेयर इन युरोप अवार्डका लागि मनोनयनमा परेका १० खेलाडीको नाम सार्वजजिक भएको छ । जसमा च्याम्पियन्स लिगको फाइनल खेलेका बार्सिलोना र युभेन्टसका खेलाडीको बाहुल्य छ । इंग्लिस क्लबबाट चेल्सीका इडेन हजार्ड परेका छन् । प्रिमियर लिग विजेता चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । मनोनयनमा बार्सिलोनाका तीन स्ट्राइकर मेस्सी, लुईस स्वरेज र नेयमार परेका छन् । उनीहरुले तीन जनाले गत सिजन १२२ गोलको कीर्तिमान बनाएका थिए । युभेन्टसका गोलरक्षक बुफोन, पोग्बा र अर्टुरो भिडाल परेका छन् । कार्लोस टेभेज र आन्द्रे पिर्लो पनि मनोनयनमा परेका छन् । यूईएफए वेष्ट प्लेयर इन युरोप अवार्डको विजेता अगष्ट २८ मा मोनाकोमा हुने च्याम्पियन्स लिगको ड्रका क्रममा घोषणा गरिनेछ ।


निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना डेटा प्याकमा थप विकल्प पस्कँदै नयाँ डेटा योजना ल्याएको छ । अब एनसेलका सम्पूर्ण ग्राहकले सुलभ दरमा आफ्नो आवश्यकता बमोजिमको प्याक लिई इन्टरनेटको मज्जा लिन सक्नेछन् ।
नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई दैनिक तथा मासिक प्याकका साथै साप्ताहिक प्याक पनि उपलब्ध गराएको छ । साथै इन्टरनेटमा पहुँचलाई थप सुलभ बनाउन डेटाको मुल्यमा पनि उल्लेखनिय समायोजन गरेको छ ।
साप्ताहिक प्लानमा ग्राहकले आफ्नो आवश्यकता बमोजिम ५० एमबी, १२५ एमबी र २५० एमबी भोल्यूमको प्याक लिई क्रमशः ७० पैसा, ४८ पैसा र ४४ पैसा प्रतिएमबी (कर वाहेक) मा इन्टरनेटको मज्जा लिन सक्छन् ।
एनसेलले मासिक प्याक अन्तर्गतको १००० एमबी डेटाको मुल्य पनि ६९९ रुपैयाँबाट ५५० रुपैयाँमा झारेको छ । साथै, मासिक प्याकमा अब ग्राहकले २००० एमबी तथा ३००० एमबीको प्याक पनि लिन सक्नेछन् । २००० एमबीको प्याकको मूल्य ४३ पैसा प्रतिएमबी रहेको छ भने ३००० एमबीको प्याकको दर ३८ पैसा प्रति एमबी (कर वाहेक) रहेको छ ।
“सुलभ दरमा गुणस्तरीय डेटा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्वता अनुरुप हामीले डेटामा नयाँ योजना ल्याएका छौँ । यसले एनसेलका सम्पूर्ण ग्राहकलाई सुपथ मूल्यमा डेटा उपलब्ध गराउँदै इन्टरनेटमा पहुँचलाई बढाउन मद्दत गर्ने विश्वास छ,” एनसेलका उपभोक्ता विभागका निर्देशक तिलेक अख्मातोभले भने ।
नयाँ डेटा प्लान यही असार ३० बाट लागु हुनेछ ।एनसेलका सम्पूर्ण ग्राहकले एस्टि्रक्स १७१२३ हृयाश डायल गरी आफ्नो रोजाईको प्याक लिई लाभ लिन सक्छन् ।


 फिट र कामुक देखिन चाहने महिलाले टाइट ब्रा लगाउने गरेका छन । तर, यस्तो ब्रा लगाएर सुत्ने गरेमा यसले उल्टो बेफाइदा गर्छ । राती ब्रा लगाउनैपर्छ भने पनि खुकुलो ब्रा लगाउनुपर्छ । रत्तसञ्चार कम गर्छ सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ । अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालिन स्वास्थ्यका लागि राम्रो मानिँदैन ।   रातो दाग बस्छ ब्रा लगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ । गर्भवती अवस्था अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ । राम्रो निन्द्रा लाग्दैन शरीर पुरै ‘रिल्याक्स भयो भने मात्र गहिरोसँग निदाउन सक्छ । यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ, ताकि श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रुपमा सञ्चालन होस । टाइट ब्रा लगाएर सुतेमा मीठो निन्द्रा पर्दैन । राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पन कटनको लगाउने गर्नुपर्छ । पोलिस्टरको ब्रा सकेसम्म लगाउनुहुँदैन । थकान महसुस हुन्छ सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसो हुँदा शरीरका कोषहरुमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ । सुनिन सक्छ टाइट ब्रा लगाउर सुत्नाले स्तन सुनिने अथवा स्तनमा पानी जम्ने जस्ता गम्भीर समस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन । पसिना आउँछ गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ । त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ । क्यान्सर हुन सक्छ टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो । टाइट ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुने गरेको विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन । किनकि टाइट ब्राले छातीको भागमा रक्तसञ्चारलाई अवरुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्यान्सरजस्तो रोगको शिकार हुने जोखिम बढ्छ । वर्षौसम्म टाइट ब्रा लगाएर सुत्ने युवतीको स्तनमा गाँठा देखा पर्ने सम्भावना पनि बढी हुन्छ ।

टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले घरेलु टोली आयरल्याण्डसँग लज्जास्पद हार व्यहोरेको छ । नेपाललाई टी-२० अन्तराष्ट्रियकै दोस्रो न्यून स्कोरमा समेटेको आयरल्याण्डले ८ विकेटले जित हात पारेको छ ।
नेपालले प्रस्तुत गरेको ५४ रनको लक्ष्य घरेलु टोलीले मात्र ८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । आयरल्याण्डको पहिलो विकेट सस्तैमा गुमेको थियो । निल ओ’ब्राइनलाई सोमपाल कामीले व्यक्तिगत ३ रनमा आउट गर्दा टीमको स्कोर ४ रन मात्र थियो ।
तर, पल स्टर्लिङ र विलियम पोर्टरफील्डले ४९ रनको साझेदारी गरे । स्टर्लिङ २९ रनमा सोमपालकै बलमा आउट भए ।
पोर्टरफील्ड १८ रनमा अविजित रहे भने केभिन ओ’ब्राइन १ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रनमै अलआउट भएको थियो ।
यो नेपालको सबैभन्दा खराब तथा टी-२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यून स्कोर हो । न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ । उसले विश्वकपमा श्रीलंकाविरुद्ध ३९ रन बनाएको थियो ।
यसअघि टी-२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रन जोड्दा अल आउट भयो । नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनर सागर पुनले २० तथा कप्तान पारस खड्काले १० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
शरद भेसवाकर, राजेश पुलामी मगरले समान ६-६ रन जोडे भने अनिल मण्डल, ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मी २-२ रनमै आउट भए । प्रदिप ऐरी, विनोद भण्डारी र शक्ति गौचनले खाता नै खोल्न सकेनन् । सोमपाल कामी शून्य रनमै अविजित रहे ।
आयरल्याण्डका केभिन ओ’ब्राइन र स्टुआर्ड थम्पसानले ३-३ विकेट लिए भने जोन मुनीले २ विकेट लिए ।
आयरल्याण्ड शीर्ष स्थानमा, नेपाल चौथो
जितसँगै आयरल्याण्ड ३ खेलबाट ६ अंकका साथ समूह एकको शीर्ष स्थानमा छ । २ खेलबाट ३ अंक जोडेको पपुपा न्यूगिनी दोस्रो र ३ खेलबाट ३ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।
३ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा झरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार हङकङसँग खेल्नेछ ।
जर्सी २ अंकका साथ पाचौं स्थानमा छ भने १ अंक जोडेको हङकङ छैटौं र तीन वटै खेल गुमाएको अमेरिका पुछारमा छ ।

असार २८। विश्वकप ट्वेन्टी–२० छनोट प्रतियोगिताको आप्mनो तेस्रो खेलमा नेपालले आयोजक आयरल्यान्डको समाना गर्दै मैदानमा उत्रने भएको छ । आयरल्यान्डको बेलफास्टमा हुने सो प्रतियोगितामा नेपालले निकै बलियो मानिएको टोली आयरल्यान्डसँग नेपाली समयअनुसार आज  सोमबार बेलुका सात बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतियोगिताको छनोट चरण खेलिरहेको नेपालले आयरल्यान्डसँग भने पहिलोपटक औपचारिक खेल खेल्न लागेको हो । आधिकारिकरुपमा अहिलेसम्म नेपाल र आयरल्यान्ड आमनेसामने भएका छैनन् । तर गतवर्ष बङ्गलादेशमा भएको विश्वकप टि–ट्वेन्टीको अभ्यास खेलमा भने दुबैको भेट भएको थियो । त्यतिबेला नेपाल आयरल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले जारी प्रतियोगितामा एक खेलमा जित तथा एक खेल बराबरी खेलको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई छ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल नामिबियासँग बराबरी खेलेको थियो । वर्षाका कारण खेल रद्ध भएपछि नेपाल र नामिबियाले अङ्क बाडेका थिए । नेपालले जारी प्रतियोगितामा तीन अङ्क जोडेको छ । आज पाँच टोली एक आपसमा भिड्दै छन् । क्यानडा र ओमन आमनेसामने हुदँैछन् भने आयरल्यान्डले अमेरिकाको समाना गर्दैछ । त्यसैगरी पपुवा न्यूगिनी र जर्सी तथा नेदरल्यान्डस र संयुक्त अरब इमिरेट्स (युएइ) आमने सामने हुदैछन् । समूह ए मा रहेको नेपालले समूह चरणका खेलमा अब आयरल्यान्डसँगै हङकङ, पपुवान्युगिनी र जर्सीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा शीर्ष छ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

असार २६ । आफुले बनाएको  ओरिजिनल भिडियो फेसबुकमा अपलोड  गरि पैसा कमौनुहोस  । अब यस्ता भिडियो अपलोड गरेबापत तपाईले मेहनत बापत केहि रकम पाउन  सक्नुहुनेछ ।
फेसबुकले अब एउटा नयाँ फिचर ल्याउँदैछ जसमा तपाईले आफ्नो टाइमलाईन वा फेसबुक पेजमा भिडियो अपलोड गर्नासाथ फेसबुकले त्यसमा विज्ञापन हाल्नेछ । त्यसबाट प्राप्त हुने आम्दानीको हिस्सा तपाईलाई समेत मिल्नेछ ।
तर भिडियो तपाई आफैँले खिचेको हुनुपर्नेछ र त्यसका कुनै कपिराईट लाग्न हुन्न । यस फिचरलाई सबैभन्द्या पहिले आईफोनमा परिक्षण गरिदैँछ । अहिले यूटुयूवमा भिडियो शेयर गरेर पैसा कमाउन सकिन्छ ।
तर अब फेसबुकले पनि आफ्ना प्रयोगकर्तालाई भिडियोबापत पैसा कमाउने मौका दिए संगै यस्तो नीतिले  यूट्यूवलाई टाउको दुखाई हुनसक्ने आंकलन गरिएको छ । 

असार २६। उच्च माध्यमिक शिक्षा परिषदले भूकम्प पीडित सबै विद्यार्थीलाई कक्षा ११ र १२ मा दिन लागेको छात्रवृत्तिको आवेदन दिने म्याद आगामी १ महिनाका लागि थप गरेको छ । 

 असार २६ । गए राती सम्पन्न आईसीसी टी-२० विश्वकप छनोट क्रिकेट खेलमा  नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार साझ भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।
अमेरिकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले अन्तिम २ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर सागर पुन व्यक्तिगत चार रनमा आउट भए, जतिबेला नेपालको स्कोर ६ रन थियो ।
तर, सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । अनिल २९ रनमा आउट भए ।
उपकप्तान ज्ञानेन्द्रले अर्धशतक पुरा गरे । ४३ बलको सामना गरेका उनले ६ चौका र एक छक्काको मदतमा ५२ रन बनाए ।
पारस खड्का २१ र शरद भेसवाकर २ रनमा अविजित रहे । विनोद भण्डारीले ७ रन बनाए ।
अमेरिकाका जसदिप सिंहले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
अमेरिकाले पावर प्लेमा राम्रै रन जोडेको थियो । ६ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाएको अमेरिकाले ६८ रन जोड्दा ३ विकेट गुमाएको थियो ।  तर, अकिम डोट्सन र फहद बाबर बाहेक उसका अन्य ब्याट्सम्यान चल्न सकेनन् । डोट्सन ३९ र बाबर २३ रनमा आउट भए ।
अमेरिकालाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचन र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । सोमपाल कामीले २ तथा सागर पुनले एक विकेट लिए ।
२ ओभरमा २७ रन दिएका करन केसी महंगो सावित भए । कप्तान पारस खड्काले विकेट नलिएपछि ३ ओभरमा मात्र १० रन दिएका थिए ।
खेलमा शक्ति गौचन म्यान अफ दि म्याच घोषित भए । 

असार २५। आगामी वर्ष २०१६ भारतमा हुने विश्वकप ट्वेन्टी –२० क्रिकेट प्रतियोगिताको आज हुने छनोट खेलमा नेपालले अमेरिकाको सामना गदै छ।  खेल नेपाली समयअनुसार साझ ७ बजे सुरु हुने ।

असार २५। हालै सार्बजनिक भएको विश्व फुटबलको नयाँ वरियतामा  २ सय ९ देशमध्ये नेपाल १ सय ८५ स्थानमा रहेको देखाएको छ। त्यस्तै एशियालि मुलुकहरुमा मध्ये  पुछारबाट दोस्रो स्थानमा रहेको छ । यो तथ्यांक ले  हाम्रो नेपालको खेल धेरै नै सुधार गर्नु पर्ने देखिन्छ। 


असार २४। नेपाली क्रिकेट टोलीका कप्तान पारस खडका ट्वान्टी ट्वान्टी अन्र्तराष्ट्रिय विश्व वरीयता क्रममा फड्को मार्दै ६४ औं स्थानमा  उक्लन सफल भएका छन् । 

असार २३।  राष्ट्रपति डा. रामवरण यादवले सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई प्रधान न्यायाधीशमा नियुक्त गर्नु भएको छ।  नियुक्त भए सगै श्रेष्ठले आजै  बिहान ९  बजे  सपथ ग्रहण गरि पद भार  समाल्नु हुनेछ।  

असार २३।  गए राती  सम्पन्न संविधानसभा बैठकबाट संविधानको प्रारम्भिक मस्यौदा बहुमतका आधारमा पारित भएको छ ।  पारित गरिएको मस्यौदामाथि जनमत संकलनको कार्य अघि बढाउन संविधानसभा अन्तर्गतको नागरिक समितिलाई मस्यौदा हस्तान्तरण  गरिएको छ । अब नागरिक सुजाब संकलन गर्न  १५ दिनको समय छुट्याइएको छ ।

असार २२।  मुख्यसचिव लीलामणि पौड्यालले साउन २३ गते ३ वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउँदै, रिक्त पदका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी र उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालबीच प्रतिस्पर्धा हुने।


असार २१ । गएराति सम्पन्न महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले उम्काउन सफल भएको छ, लोयर्डको कीर्तिमानी ह्याट्रिकको मदतमा जापानलाई ५–२ ले पराजित गर्दै तीन पटक उपाधि जित्ने अमेरिका पहिलो देश बन्न सफल भएको हो ।

एक पछि अर्को नया नया एप्लिकेसन तथा प्रविधिमा हात बढाउदै गएको  गुगलले अब संसारभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने भएको छ । यस कार्यको परीक्षणका रुपमा गुगलले निकट समयमै अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ ।

निकै अघि देखि उदघोस गरिएको आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, Sidewalk  Blaks  । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने  छ । 
उक्त परियोजनाका लागि एप्पल का पुराना टेलिफोन बुथ लगायत  १० हजार फोन बुथ निर्माण गर्ने गुगलको तयारी छ । गुगलले ती फोन बुथहरुमा आवश्यक परिवर्तन गर्नेछ । त्यसबाट उसले केवल निशुल्क वाइफाइ मात्र होइन मानिसहरुलाई आफ्नो मोबाइल फोन चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने बताइएको छ । त्यसका साथै ती बुथहरुबाट मानिसहरुले नि:शुल्क डोमेस्टिक फोन कल समेत गर्न पाउनेछन् । गुगलको योजना यत्ति मात्र सिमित कहाँ छ र ? उसले ती फोन बुथहरुमा टचस्क्रिन हाल्नेछ । जसको माध्यमबाट मानिसहरु सहरका महत्वपूर्ण ठाउँ तथा यातायात सेवाहरुको बारेमा पनि जानकारी प्राप्त गर्न सक्नेछन् ।
ब्लुमबर्ग न्यूजका अनुसार आगामी जाडो याम अगाडि नै न्युयोर्कमा नि:शुल्क वाइफाइ लगायतका सेवा उपलब्ध गराउने ती फोनहरु संचालनमा आउनेछन् । उक्त ट्रायल सफल भएसँगै गुगलले यो परियोजनालाई विश्वका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

पृथ्वीमा जति जमिन छ त्यसको एक तिहाइ भाग मरुभूमि छ, जहाँ पानी पर्दैन । जलवायु परिवर्तन लगायतका कारणले गर्दा पृथ्वीका मरुभुमि बाहेकका क्षेत्रमा हुने वर्षा पनि घट्दै गइरहेको छ । तर अब यस्तो प्रविधि आएको छ, जसले मरुभूमिमा समेत वर्षा गराइदिनेछ, छिनभरमै ।
यो कुनै जादु होइन, विज्ञानको चमत्कार हो । मरुभूमि बर्सा 

नामको एक संस्थाले यो प्रविधिको विकाश गरेको हो । यो प्रविधिले प्रयोगले २ सय किलोमिटर टाढा भएको वर्षालाई वर तानेर पानी नपरेको ठाउँमा पानी पारिदिन सक्छ ।

वर्षा गराउने यो प्रविधिमा एउटा धातुको ट्युब लगाइएको छ, जसले अर्गानिक इनर्जी निकाल्छ । उक्त उर्जाले पानी पार्ने बादललाई आफूतर्फ आकर्षित गर्दछ । संस्थाले अल्जेरियाको मरुभूमिमा यो डिभाइसको प्रयोग गरिरहेको छ ।
सन् २००५ देखि उक्त मरुभूमिमा परीक्षणको लागि उक्त प्रविधि राखिएकोमा पछिल्लो दश वर्षमा मरुभूमिमा वर्षा हुन थालेको छ र वर्षाका कारण मरुभूमिका वातावरणमा ठूलो परिवर्तन देखिएको छ ।
उक्त मरुभूमिमा अहिले मानिसहरुले खेतिपाती गर्न सुरु गरेका छन् । ३ हजार भन्दा बढी फलफूलका रुख छन् भने स्थानीयहरुले सागपात समेत लगाएका छन् । उक्त मरुभूमिमा वनस्पतीको संख्या पछिल्लो १० वर्षमा ३ सय गुणाले बढेको छ ।
यो डिभाइसलाई बोकेर एक ठाउँबाट अर्को ठाउँमा लगी स्थापित गर्न सकिने बताइएको छ ।

असार १७।  सामाजिक संजाल तथा विभिन्न मिडिया मार्फत चाैतर्फी अालोचना खेपेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा पत्र बुझाएका छन् ।
असार १५ गते धान दिवसका अवसरमा अायोजित रोपाई कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषिमन्त्री हरि पराजुलीले राजिनामा पार्टी अध्यक्ष केपी ओलीलाई बुझाएको स्रोतले जनाएको छ ।
ओलीले उनको राजीनामा प्रधानमन्त्री सुशील कोइरालालार्इ बुझाएका छन् ।
 पराजुलीले पदीय मर्यादा विपरित अशोभनीय र अभद्र व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि मन्त्री पराजुली राजीनामा दिन बाध्य भएका हुन् ।

कोपा अमेरिका फुटबल अन्र्तगत बुधबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा अर्जेन्टिनाद्धारा पाराग्वे ६—१ गोल अन्तरले पराजित, शनिबार हुने फाइनल खेलमा अर्जेन्टिनाले चिलिको सामना गर्ने । 

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.