April 2015


वैशाख १७ । त्रिभुवन विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका सबै परीक्षा स्थगित भएका छन् । तर, त्रिवि प्रशासनचाँहि वैशाख २० पछि खुल्ने भएको छ ।

त्रिभुवन विश्व विद्यालयले सूचना जारी गरी सञ्चालन भैरहेका र वैशाख महिनामा सञ्चालन हुने भनिएका सबै परीक्षा स्थगित भएको जनाइसकेको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरुको पठनपाटन पनि एक साताको लागि बन्द गरिएको छ । बन्द रहेको पठनपाठन बैशाख १३ देखि एक साताको लागि बन्द गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
यस्तै, प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद अन्तर्गतको सवै परीक्षा स्थगित गरिएको छ । सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सूचना सार्वजनिक गरी डिप्लोमा तहका सवै परीक्षाहरु स्थगित गरिएको जनाएको हो ।
सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी वैशाख १९ पछिकमा समेत सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशित नगरिएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
सीटीईभीटीले यसअघि नै सूचना जारी गरी वैशाख १३ गतेदेखि वैशाख १८ गते सम्मका परीक्षा स्थगित गरिएको जनाएको थियोे । वैशाख १२ गते गएको भूकम्प र त्यसपछिको परिस्थितिको कारण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
कक्षा ११ र १२ को परीक्षा पनि स्थगित
उच्च माध्यामिक शिक्षा परिषद अन्तर्गतको कक्षा १२ को वाषिर्क परीक्षा पनि भूकम्पको विषम परिस्थितिको कारण जनाउँदै स्थगित गरिएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी गरी जेठ १ गतेदेखि सुरु  हुने भनिएको कक्षा ११ को वाषिर्क परीक्षा पनि स्थगित गरिएको जनाएको छ ।
११ र १२ कक्षाको वाषिर्क परीक्षाको समय तालिका न्यूनतम १५ दिनको समय दिई पछि प्रकाशित गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सेवा आयोगका परीक्षाहरु पनि स्थगित
त्रिभुवन विश्व विद्यालय सेवा आयोगको परीक्षा पनि स्थगित गरिएको छ । त्रिवि सेवा आयोगको कार्यालयले अन्त्यन्त जरुरी सूचना जारी गरी संकटग्रस्त अवस्थालाई मध्यनजर राख्दै परीक्षा स्थगित गरिएको जनाएको छ ।
यसअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरको निमित्त माग गरिएको प्रशासनिक तथा प्राविधिक पदहरुको लिखित परीक्षा वैशाख १८, १९ र २० गते हुने भनिएको थियो ।
नायव सुब्बाको परीक्षा स्थगित
भूकम्पको विपत्तिपछि लोकसेवा आयोगका सबै परीक्षा स्थगित भएका छन् । लोकसेवा आयोगको नायब सुब्बा अन्तर्गतको परीक्षा यही वैशाख २५ गतेदेखि थियो । तर, परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
परीक्षा सुरु हुनु भन्दा १५ दिन अघि सार्बजनिक सूचना जारी गरी जानकारी दिइने लोकसेवा आयोगले जनाएको छ ।
‘अधिकांश सरकारी भवन तथा परीक्षा केन्द्र राखिँदै आएका स्कूल र कलेजहरु क्षतिग्रस्त छन्,’ लोकसेवा आयोग परीक्षा शाखाका एक अधिकारीले भने, ‘स्थगित भएको परीक्षा कहिलेदेखि सुरु हुन्छ भनेर भन्न सकिँदैन ।’

बैसाख १७। भूकम्प पीडितलाई उद्दार एवं राहत सामाग्री पु¥याउन हेलिकोप्टरको अभाव भइरहेको बेला चीनले ८ वटा ठूला हेलिकोप्टर उद्दारका लागि दिने भनेकोमा सरकारले आवश्यक छैन भन्यो, चिनियाँ अधिकारीहरु असन्तुष्ट ।


बैसाख १७। शनिबार गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ५  हजार ५ सय नाघ्यो।  घाइतेको संख्या ११ सय नाघ्यो। आज बिहान पनि ४. ७ रेक्टर स्कलको  भुकम्प गयो। प्रभावित क्षेत्र थप आतंकित।
भूकम्प पीडितलाई राहत बोकेर आउने जहाजले त्रिभुवन विमानस्थल खचाखच , नियमित उडान तथा अवतरण हुने जहाजहरु प्रभावित , बुधबार  उद्धार समूह र सामाग्री सहित १४ जहाज नेपाल आइपुगे।
 पर्याप्त हेलिकप्टर नहु“दा भूकम्पपीडितको उद्धारमा कठिनाइ , भूकम्पबाट बढी प्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायत जिल्लाबाट उद्धधारका लागि हेलिकप्टर पठाइदिन आग्रह । राजधानीमा उपत्यका छाड्ने सर्बसाधरणको भिड , तत्कालका लागि उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका लागि रुट परमिट नचाइने यातायात ब्यवस्था विभागको जानकारी । आफुसंग भएको हतियार , उपकरण लगायतका सामाग्री सहित उद्धारमा खटिन नेपाल निर्माण ब्यववसायी संघको आग्रह । 

 बैसाख १६। शनिबार गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ५  हजार हाराहारी  , सबैभन्दा बढी सिन्धुपाल्चोक १४ सयको मृत्यु ,  उपत्यकामा मृतकको संख्या १५ सय नाग्यो ।
विनासकारी भूकम्पमा परी ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबारदेखि ३ दिन सम्म शोक मनाउने प्रधानमन्त्री शुषिल कोइरालाको , सरकारी कार्यालय र विदेश स्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने ।सगरमाथा आधार शिविरमा मृत्यु भएका २० जना मध्ये १५ जनाको पहिचान खुल्यो ,१० जना नेपाली र ५ विदेशी रहेको , दश नेपालीमध्ये नौ जना एउटै कम्पनीका नेपाली कामदार रहेको पुष्टि , घाइते ६१ जनालाई उद्धार ।
भूकम्प पीडितलाई राहत बोकेर आउने जहाजले त्रिभुवन विमानस्थल खचाखच , नियमित उडान तथा अवतरण हुने जहाजहरु प्रभावित , मंगलबार १८ जहाज राहत बोकेर आए , आज उद्धार समूह र सामाग्री सहित १४ जहाज आउने पर्याप्त हेलिकप्टर नहु“दा भूकम्पपीडितको उद्धारमा कठिनाइ , भूकम्पबाट बढी प्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायत जिल्लाबाट उद्धधारका लागि हेलिकप्टर पठाइदिन आग्रह । राजधानीमा उपत्यका छाड्ने सर्बसाधरणको भिड , तत्कालका लागि उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका लागि रुट परमिट नचाइने यातायात ब्यवस्था विभागको जानकारी । आफुसंग भएको हतियार , उपकरण लगायतका सामाग्री सहित उद्धारमा खटिन नेपाल निर्माण ब्यववसायी संघको आग्रह ।

बैसाख १६। महा विनासकारी भूकम्पमा परि ज्यान गुमाउनेको हालसम्म ५ हजार को हाराहारी पुगेको छ।घाइतेको संख्या १० हजारको हरारी।  घना बस्ति भित्र पुरिएर रहेका हजारौ मानिसको उद्दार हुन सकेको छैन। सुबिधा सम्पन्न मानिएको राजधानीमा त् यो गति छ , बिकट पहाडी गाउमा को कसरि पुगेर कहिले उद्दार गर्ने ? बिकट गाउ हरुमा आफ्ना घरमा भएको सबै खाद्यान्न पुरियो भागेर बल्ल ज्यान जोगाएका मानिस पनि खाद्यान्नको अभाबमा भोकै भोकै बाध्य।  भुकम्प बाट ज्यान जोगाएर बसेकाको पनि ज्यान जोखिममा भएको छ , भूकम्पमा ज्यान गुमाएर पुरिएका विभिन्न भौतिक संरचना भित्र थिचिएका लास हरुबाट कुहिएर दुर्गन्द फैलिन थाल्यो। अर्को महामारी सुरु हुने आसंखा ,घाइते तथा बचेका मानिसमा झाडा पखालाको प्रकोप सुरु। 

 बैसाख १४। महाभूकम्पबाट मृत्यु हुनेको सङख्या हालसम्म  ३  हजार ६  सय ३५  पुग्यो , करिब ६ हजार आठ सय घाइते , तीन सय ६८ शव मृतकका आफन्तहरुलाई बुझाएको गृहमन्त्रालयको जानकारी , पूर्वाञ्चलमा ५०  जनाको मृत्यु भएको पुष्टी ।भुकप्पमा परी घाइते हुनेको संख्या बढेसंगै , राजधानीका सरकारी तथा निजी अस्पतालका आ“गनमा पनि खचाखच , उपचारमा औषधी अभाव कायमै ।शनिबार आएको विनाशकारी भूकम्पका कारण सार्वजनिक यातायातदेखि राष्ट्रिय अन्तराष्ट्रिय उडान पूर्ण रुपमा नचल्दा देश विदेशका यात्रु अलपत्र , त्रिभुवन विमानस्थलमा उडान पर्खिएर बसेका यात्रुहरुले खचाखच ।भूकम्प गएस“गै प्राधिकरण्ँले विद्युत आपूति र्बन्द गर्दा उपत्यकामा पानीको हाहाकार , पुनः भूकम्प आउने डरले उपत्यकाको खुल्ला स्थानमा बसिरहेका सर्वसाधारण्ँ पिउने पानीको अभावमा छट्पटाउ“दै ।भूकम्प पीडितहरुलाई इन्टरनेटबाट आथिर्क सहयोग गुर्नपूर्व सचेत रहन नेपाल प्रहरीको आग्रह ,सहयोग माग्ने सघंसस्थाहरु आधिकारिक भए नभएको निश्चित गरेर मात्र सहयोग गर्न सुझाव ।
 भूकम्पका कारण ज्यान गुमााउनेका परिवारलाई किरिया खर्च बापत ४० हजार दिने सरकारको निर्णय ।आइतबार मध्यान्ह् १२ बजेर ५६ मिनेटमा फेरि भूकम्पको धक्का ।  , २०४५ साल बराबर ६.९ रेक्टर स्केलको भूकम्प मापन, केन्द्रविन्दु सिन्धुपाल्चोक ।घाइतेको उपचारमा रगत अभाव, सबैले रक्तदान गरी सहयोग गरिदिन स्वास्थ्य संस्थाहरुको आग्रह । विनाशकारी भूकम्पका कारण विस्थापितहरुका लागि सरकारद्धारा उपत्यका लगायत विभिन्न १५ स्थानमा राहत क्याम्प स्थापना ।हालसम्म अमेरिका, भारत, चिन लगायत अन्य ७ मुलुकद्धारा सहयोगको घोषणा , नर्वेले पहिलो चरणमा करिव ४० करोड रुपैया सहयोग गर्ने , नर्वेली उद्धार प्राबिधिक टोली नेपाल आउने तयारीमा ।भूकम्पको विपतमा परेकाको उद्धार र सहयोगका लागि दुई करोड दिने एनआरएनका अध्यक्ष शेष घलेको घोषणा , उपाध्यक्ष भवन भट्टले एक करोड सहयोग गर्ने ।

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।
विनासकारी महाभूकम्पका कारण सारा मुलुक यतिबेला शोकमा डुबेको छ । शोकका कारण कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो ।
परिषद्को बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा यही वैशाख २० गतेबाट सुरु हुने भनिएको थियो । 

मृतकको परिवारलाई किरिया खर्च बापत ४० हजार रकम दिने सरकारको निर्णयप्रधानमन्त्री सुशील कोइरालाद्धारा देशबासीका नाममा सम्बोधन ,सरकारको पहिलो प्राथमिकता उद्दार भएको भनाइ , उद्दार टीम बनिरहेका जानकारी , गाउ“मा धेरै मानिसहरु फसेको खबर आएकाले थप सहयोगका लागि हेलिकोप्टर पठाउने , दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिने भनाइ ।हालसम्म अमेरिका , भारत चाइना लगायत ७ मुलुकद्धारा सहयोगको घोषणा  । सिंहदरवारमा बैठक बसिरहेको बेला भूकम्पको धक्का महसुस भएपछि प्रधानमन्त्री र मन्त्रीहरुको भागाभाग ।विनाशकारी भूकम्पका कारण विस्थापितहरुका लागि सरकारद्धारा उपत्यका लगायत विभिन्न स्थानमा १५ स्थानमा राहत क्याम्प ।आइतबार मध्यान्ह् १२ बजेर ५६ मिनेटमा फेरि भूकम्पको धक्का महसुस , ६.९ रिक्टेर स्केलको भूकम्प मापन , केन्द्रविन्दु सिन्धुपाल्चोक ।उपत्यका सहित भुकम्प प्रभावित जिल्लाका अस्पतालहरु भुकम्पमा परेर घाइते भएकाहरुले खचाखच , घाइतेको उपचारमा रगत अभाव , सबैले रक्तदान गरी सहयोग गरिदिन अस्पताल तथा स्वास्थ्य संस्थाहरुको आग्रह । 


 बैशाख १३ ।  नेपालमा गोर्खा लाई आधार बनाइ आएको महाभूकम्पबाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै विश्वका विभित्र नेताहरु र अन्तर्राष्ट्रयि समुदायले सहयोगको घोषणा गरेका छन् ।
भारत, चीन, पाकिस्तान, अमेरिका, बेलायत र यूरोपियन यूनियनका सदस्य राष्ट्रहरुले सहयोग गर्न तयार रहेको जनाएका छन् ।
भारतबाट उद्धार सामग्री बोकेर आएको भारतीय वायु सेनाको एक टोली काठमाडौं आएको छ । अहिलो लटमा पाँच वटा विमानसहितको उद्धार टोली काठमाडौं आइपुगेको हो ।
नेपालस्थित अमेरिकी दूतावासले दश लाख डलर सहयोगको घोषणा गरेको छ । यस्तै अन्तर्राष्ट्रयि विकासका लागि अमेरिकी सहयोग एजेन्सीले उद्धार र खोजी टोली पठाएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले सहयोगका लागि नेपालसंग सम्पर्कमा रहेको बताएका छन् ।
चीनले ६२ सदस्यीय खोजी तथा उद्धार टोली नेपाल पठाएको जनाएको छ । नेपालमा भुकम्पले निम्त्याएको महाविपत्तीप्रति चीनले गहिरो दुअख व्यक्त गर्दै आवश्यक जस्तोसुकै सहयोगका लागि तयार भएको पनि जनाएको हो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले शनिबार अबेर समकक्षी रामवरण यादवलाई एक पत्र पठाउँदै यस्तो सहयोगको जानकारी गराएका हुन् । चीनबाट आउने टोलीमा करीब ६५ जना तालिमप्राप्त उद्धार टोली र अत्यावश्यक बन्दोबस्तीका सामग्रीसहितको विशेष विमान हुनेछ ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि नेपालमा गएको विनाशकारी भुकम्पले देशले भोग्नु परेको पिडाप्रति दुअख ब्यक्त गर्दै नेपाललाई आपतकालीन सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री क्यामरुनले ट्वीट गर्दै युकेले सकेजती सबैखालको सहयोग गर्न तयार रहेको बताएका हुन ।
नर्वेले भने ३० मिलियन व्रmोनर अर्थात् झन्डै ४० करोड रुपैयाँ पहिलो चरणमा तत्काल उपलब्ध गराउने जनाएको छ । नेपाल सरकारले भुकम्प पीडितलाई आपतकालीन सहयोग र अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रयि समुदायमा आग्रह गरे लगत्तै नर्वेका विदेश मन्त्री बोर्गे ब्रेन्द्रेले उक्त घोषणा गरेका हुन ।
विपदको घडीमा भुकम्प पीडित र प्रभावित परिवारप्रति गहिरो भावनात्मक निकटता रहेको जनाउदै उहाँले संयुक्त राष्ट्रसंघीय आपतकालीन सहायता नियोग सीइआ एफ, अन्तर्राष्ट्रयि रेडव्रmसमार्फत नेपाललाई आपतकालिन सहयोग उपलब्ध गराइसकेको र यूरोपियन युनियन र युएनडीएसी मार्फत नर्वेली उद्धार प्राबिधिक टोली नेपाल पठाउन तयारी अवस्थामा राखिएको जनाएका छन् ।
पाकिस्तानले आज उद्धार टोली पठाउने भएको छ । चार वटा सी १३० एयरव्रmाप्mट मार्फत् पाकिस्तानले ३० वटा अस्पतालको बेडलगायत उद्धार सामग्री पठाउन लागेको हो ।
एनआरएनका अध्यक्ष शेष घलेले भूकम्पको विपतमा परेकाको उद्धार र सहयोगका लागि दुई करोड दिने घोषणा गरेका छन् । उपाध्यक्ष भवन भट्टले एक करोड सहयोगको घोषणा गरेका छन । विदेशमा रहेका सबै नेपालीलाई नेपालमा परेको विपत्तीमा सहयोग गर्न एनआरएनले अपील गरेको छ ।




आइतवार पनि १२ बजेर ५५ मिनेट जादा ६.९ रेक्टर स्केलको भूकम्प गयो ।शनिबार गएको महाभूकम्पमा ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९६ पुग्यो , सबैभन्दा बढी काठमाडौंमा ७२३ जनाको मृत्यु ,  ललितपुरमा १२५, भक्तपुरमा २०५ मध्यÔेत्रमा ७०६ , पूर्वाञ्चलमा ३६, पश्चिमाञ्चलमा ९९, मध्य पश्चिममा २ जनाको मृत्यु ।शनिबार मात्रै ४ रेक्टर माथिका ५८ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीको जानकारी , भूकम्प गएको ७२ घण्टासम्म साना साना झट्का जाने सम्भावना रहेको भनाइ । सरकारद्वारा भूकम्प प्रभावित Ôेत्रमा संकटग्रस्त घोष“णा , उद्धार र राहतका लागिसबै संयन्त्र परिचालन गर्ने निर्र्णय। पीडितको राहत र उद्धारका लागि सरकारद्धारा ५० करोड रुपैया“ प्रदान गर्ने निर्णय ,  सहयोगका लागि अन्तर्राष्ट्रिय समूदायलाई आह्वान , अन्र्तराष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रम जारी ।
अमेरिकाद्धारा नेपाललाई १० लाख डलर राहतको घोष“णा , महाभूकम्प पीडितलाई सघाउन अमेरिकी उद्धार टोली नेपाल आउ“दै पनि , नेपाललाई सक्दो सहयोग गर्ने अमेरिकी  विदेशमन्त्री जोन केरीको प्रतिबद्धता ।भूकम्प आएपछि कुनै पनि अन्तर्राष्ट्रिय विमान काठमाडौं आएनन् , अन्तर्राष्ट्रिय सम्मेलनका लागि इन्डोनेसिया पुगेका प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्कन सकेनन् , राष्ट्रिय विपद्को बेला उद्धार र राहतमा खटिन सबैलाई प्रधानमन्त्री कोइरालाको आह्वान ।शनिबार गएको भूकम्पलगत्तै सगरमाथा आधारशिविर Ôेत्रमा गएको हिमपहिरोमा परी दर्जनौको मृत्यु , गुगलका ईन्जिनियर डान फ्रेन्डिनवर्गको समेत मृत्यु भएको पुष्टि , मृतकको संख्या अझैं बढ्न सक्ने। विनाशकारी भूकम्पमा परेर ज्यान गुमाउनेहरुको संख्या हालसम्म १९ सय ५८ पुग्यो

 ११  बैशाख।  हाल पुर्वाञ्चलका संस्था संस्थाहरुमा देखिएको रगतको अभावलाई  मध्यनजर गर्दै सुनसरीको झुम्का स्थित पुर्वाञ्चल क्षेत्रीय कारागारमा एरिना टेलिभिजन इटहरीले बैसाख १० मा आयोजना गरेको रक्तदान  कार्यक्रममा  झुम्काका कैदि बन्धीहरुले रक्तदान गरेका छन् । कारागारको “ब्लक ए” र “ब्लक बी” मा रहेका २७० बढि कैदी बन्दी हरुले यसै साता रक्तदान गरेका हुन् । गत सोमबार र बुधबार एरिना टेलिभिजन इटहरीले कारागारको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी इटहरी सुनसरीको प्राविधिक सहयोगमा कारागारमा  भित्रै आयोजना गरेको रक्तदान कार्यक्रममा कैदी बन्धीहरुले स्वतस्फुर्त रुपमा रक्तदान गरे । कारागारको ब्लक ए मा सोमबार र ब्लक वि मा बुधबार रक्तदान कार्यक्रम भएको हो भने , ब्लक ए बाट १ सय ६१ र ब्लक बी बाट एक सय नौ जना कैदिबन्धी सहभागी भएका हुन् ।
कारागारको घेरा भित्र गुम्सीएर बसेका कैदी बन्दीहरुलाई समाजमा रुपान्तरण हुन यस्ता कार्यक्रमले सहयोग गर्ने हुदा पनि कारागारका कैदीबन्दीहरु उत्साहित भएको कारागार “ब्लक ए” का   चौकीदार ताराकुमार नेपालले बताउनुभयो ।
ब्लक बी का चौकीदार तारा राई सञ्चार माद्यममा रगत अभावको समस्या सुनिएको हुदा त्यो अभावलाई केही हद सम्म सहयोग गर्ने उद्येश्यले रक्तदान गरिएको बताउनुहुन्छ । साथै एरिना टेलिभिजनले कारगारमै आएर रक्तदान जस्तो कार्यक्रम आयोजना गरिदिँदा रगत अभावका लागि छटपटाइरहेका विरामीलाई सहयोग गर्ने अवसर मिलेको राईको भनाइ छ ।
सामान्यत कारगार भन्ने वित्तिकै अपराधीहरुको थलो भनेर बुझीन्छ , वास्तवमा हो पनि , जानेर वा अन्जानमा अपराध गरि कानुनको नजरमा दोसी ठहरिएका ब्यक्तीहरुले सजाय भोग्नेका लागि कारागारमा कैद जिवन भुक्तान गरिरहेका हुन्छन् । त्यस्ता कैदीबन्दीहरुपनि कारागार भित्रै रहेर रत्तदान जस्तो सेवामुलक काम गर्न पाउदा सन्तुष्टि ब्यक्त गर्दछन् , आफुले दिएको रगतले अरुको ज्यान सम्म बच्न सक्ने हुदा रक्तदान गर्नपाउनु अवसरको रुपमा लिनुहुन्छ कैदीबन्दि कमल तामाङ , कैदी भन्ने वित्तिकै अपराधी भन्ने समाजको नकरात्मक धारणालाई चिर्नलाई पनि सहयोग पुगेको तामाङको धारणा छ ।

कतिपय चाहि आफुले रक्तदान गर्दा अरुको जिवनमा त सहयोग पुग्छ नै आफ्नो स्वास्थ्यमा पनि फाइदा पुग्ने बताउछन् , रगत दिदा आफ्नो स्वास्थ्यमा असर गर्छ भन्ने पुरानो मान्यता गलत भएको भन्दै त्यस्ता भ्रम हटाउन पनी रगत दिनै पर्ने रत्तदान गर्ने कैदीबन्दीको भनाइ छ ।
विभिन्न किसिमका अपराधमा कानुनले दोसी ठहराएर बाहिरि संसार बाट अलग्गै बस्न बाध्य हुन्छन् कारागारका कैदिहरु , समाजमा त्यस्ता अपराधि भनेर चिनिएका ब्यक्तीहरुपनि सामाजिक कार्यहरुमा समहभागी भएर समाजलाई योगदान पुय«ाउन चाहन्छन । जसकारण सोमबार र बुधबार आयोजना गरिएको रक्तदानमा दुबै ब्लकका कैदीहरु खुसी भएर सहभागी भएका हुन् ।
नेपालमा अझैपनि कतिपय विरामीहरुले रगत अभावकै कारण ज्यान गुमाउनु परिरहेको छ , रगत दिदा कमजोर हुने लगायत अन्धविस्वासका कारण कतिपय ब्यक्तीहरु रत्तदान गर्न हिचकिचाउछन् , भने कतिपय चाहेर पनि रत्तदान गर्न पाउदैनन् , रेडक्रस सोसाइटी धरान साखाका प्राविधिक सुरेन्द्र पसाद साह रक्तदान गर्नाले स्वास्थ्यमा कुनै किसिमको बेफाइदा नहुने हुदा रक्तदान गर्नु जीवन दान गर्नु सरह भएको बताउनु हुन्छ ।
१८ बर्स उमेर पुगेका र ६० बर्ष नकटेका स्वस्थ ब्यक्तीहरुले रक्तदान गर्न सक्ने साह बताउनुहुन्छ ।
कारागारबाट संकलन भएको २७० पिन्ट रगत नेपाल रेडक्रस सोसाइटीको धरान स्थित ब्लड बैंक घोपा क्याम्पमा राखिएको छ ।

 दिनानु दिन सामाजिक संजाल फेसबुकले नयाँ  नयाँ फिचर ल्याइरहे  छ। हालै  फेसबुकले  एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि फोन गर्ने   ‘हेलो’ एप सार्वजनिक गरेको छ ।
यस  एपले फेसबुक अकाउण्टको डिटेल  लाई  प्रयोग गरी कसले   फोन गरिरहेको छ भन्ने कुरा पत्ता लगाउने र अनाबश्यक ब्यक्तिको कल ब्लक गर्न समेत सहयोग गर्नेछ ।
यो एपले आउने तथा जाने कल नम्बरलाई फेसबुक प्रोफाइलको डाटासँग म्याच गरी कलिङ गर्ने वा गरिने व्यक्तिको बारेमा जानकारी प्रदान गर्दछ ।  यसले ब्लक लिस्टमा भएका नम्बरहरुबाट फोन  आएमा  कलहरु आफै ब्लक गरिदिन्छ ।
यसका लागि  फेसबुक अकाउण्टमा  आफ्नो फोन नम्बर शेयर गरेको हुन आवश्यक छ , अन्यथा एपले जानकारी प्रदान गर्न सक्दैन ।
फेसबुकले हेल्लो एप हालका लागि अमेरिका, ब्राजिल तथा नाइजेरियामा मात्र परीक्षणका रुपमा उपलब्ध गराएको छ ।
यो एप प्रयोग गर्नका लागि स्मार्टफोनमा एप डाउनलोड गरेपनि फेसबुक साइन इन गर्नुपर्छ अनि आफ्ना कन्ट्याक्ट नम्बरहरुलाई फेसबुकमा सिंक्रोनाइज गर्नुपर्छ ।
त्यसपछि तपाइँको मोबाइलमा कसैले फोन गर्यो भने यो एपले कुन व्यक्तिले फोन गरेको हो भन्ने जानकारी दिन्छ, यदि तपाइँको मोबाइलमा उसको नम्बर तथा नाम सुरक्षित छैन भनेपनि ।
साथै यसले वाइफाइ इन्टरनेटको उपलब्धतामा निःशुल्क कलिङलाई समेत प्रबर्द्धन गर्ने बताइएको छ ।
फेसबुकको हेलो एपलाई अर्को चर्चित भ्वाइस कलर आइडी एप ट्रुकलरको प्रतिस्पर्धी मानिएको छ ।
फेसबुकले केही समय पहिले मात्र समाचार पढ्ने एप ‘पेपर’ तथा भिडियो शेयरिङ एप ‘रिफ’ सार्वजनिक गरेको थियो, जसले खासै सफलता प्राप्त गर्न भने सकेका छैनन् ।



 अब तपाइलाई हाते लेखन भुल्दै जाने समस्या लाई मुक्त बनाउन आफ्नै भासमा कापीमा लेखेझै मोवाइल को स्क्रिनमा लेख्नुहोस त्यसलाई आफै अक्षरमा रुपरान्तरण गर्नेछ  ‘हेण्ड राइटिङ इनपुट’ नामक यो एप ले यसलाई डाउनलोड गरेपछि तपाई आफ्नो औंलाले स्क्रिनमा  फटाफट नेपालीमा पनि  लेख्न सक्नुहुन्छ । मोबाइल तथा ट्याबलेटले तपाईले लेखेको अक्षरलाई तुरन्तै पढेर स्टाण्डर्ड फण्टमा रुपान्तर गरिदिने छ । अर्थात् तपाईले नेपालीमा के लेख्नुभयो भन्ने यसले सजिलै बुझ्ने छ । कम्प्युटर तथा मोबाइलमा टाइप गर्न थालेका कारण लामो समयदेखि हातले लेखेको अक्षरको अनुभव लिन पाउनुभएको छैन भने अब तपाईले आफ्नो डिभाइसलाई कपी ठानेर मजाले लेख्न सक्नुहुन्छ । यसले स्टाण्डर्ड प्रिन्टिङ नेपाली वा स्टाइलिस अक्षरसमेत सजिलै बुझ्न सक्छ । गुगल प्लेस्टोरबाट यो एप डाउनलोड गरेपछि मोबाइलको भाषा सेटिङमा गई नेपाली भाषा छनौट गर्नुपर्छ । त्यसपछि नेपाली भाषाका लागि बेग्लै प्याकेज डाउनलोड हुने छ । यदि कुनै प्रयोगकर्ताको मोबाइलबाट सर्च गर्दा हेण्डराइटिङ इनपुट एप प्ले स्टोरमा देखिएन भने एपीके मिररको यो लिंकमा गएर डाउनलोड गर्न सकिन्छ । गुगलले सार्वजनिक गरेको हेण्डराइटिङ इनपुट किबोर्ड नेपालीसहित ८२ भाषामा उपवब्ध छ । तत्कालका लागि यो एप एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि मात्र उपलब्ध यो एप एन्ड्रोइडको ४.३ भर्सनभन्दा माथिको अपरेटिङ सिस्टममा मात्र चल्दछ । स्टोरमा अपलोड गरेको तीन दिनमै झण्डै पाँच लाखले यो एप डाउनलोड गरिसकेका छन् ।

 यौनप्रेम गर्ने मध्यम मात्र नभएर  यो उपचारको पद्धति पनि हो । यौनमाको मामलामा तल्लिन मानिस अन्यको तुलनामा बढी स्वस्थ हुने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।
 ब्रिटिस  अनुसन्धान कर्ताहरुले गरेको अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियाक्लापमा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम भएको पाइएको थियो । यो अध्ययन ९ सय पुरुषमा गरिएको थियो । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रुपमा पम्प हुन्छ जसबाट अक्सिजनको सप्लाइ पनि बढ्छ । यसबाट हृदय स्वस्थ रहन्छ । महिलालाई एन्डोमेट्रिओसिसबाट बचाउँछ नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ । यसले एन्डोमेट्रिओसिसबाट पनि सुरक्षा प्रदान गर्छ । एन्डोमेट्रिओसिस महिलामा हुने अर्को समस्या हो जसमा उनीहरुलाई पेल्बिसमा पीडा र इन्फटिलिर्टीको गुनासो हुन्छ ।
अनुसन्धानअनुसार यौन प्रक्रिया  सक्रिय रहने महिलामा एन्डोमेट्रिओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेट्रिओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ । प्रोस्टेट क्यान्सरबाट जोगाउँछ अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ । यो रिसर्च २० वर्षको आयु वर्गका पुरुषमा गरिएको थियो । जसअनुसार सातामा पाँचपटकसम्म यौनको आनन्द उठाउने पुरुषमा प्रोस्टेट क्यान्सर हुने खतरा एक तिहाइ कम भएको पाइयो । राम्रो वर्कआउट यौनक्रियाले क्यालोरी नष्ट मात्र हँुदैन यसबाट तौल पनि घट्छ । साथै मल टोनमा पनि सुधार आउँछ । अध्ययनअनुसार यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र व्यक्तिले सधैं स्वस्थ महसुस गर्छ । राम्रो निद्रा आउँछ यौनमा आर्गेज्म –चरमसुख) प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्स श्रावित हुन्छ ।

यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूति महसुस गर्छ । अनुसन्धानअनुसार स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ । सेल्फ एस्टिममा वृद्धि र डिप्रेसनमा कमी यौन सक्रियताले आफ्ना पार्टनरप्रति सकारात्मक विचार बढ्छ । यसबाट सेल्फ एस्टिम बढ्छ र डिप्रेसन कम हुन्छ । यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ । यसका अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् । यसबाट उनीहरुको शरीरलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।
टाउको एवं शरीर, प्रि–मेन्स्ट्रुअल पीडा, आर्थराइटिस आदिबाट राहत प्राप्त हुन्छ । अध्ययनअनुसार चरमसुखका बखत अक्सिटोनिक र एन्डारफिन हार्मोन निस्कन्छ, जसले पीडामा राहत प्रदान गर्छ । यसका अतिरिक्त यौन जीवनबाट सुखी रहने महिलामा महिनाबारीको समयमा हुने पीडा कम हुन्छ । समग्रमा यौनले पेनकिलरको काम गर्छ । इम्युन क्षमतामा वृद्धि विभिन्न अनुसन्धानअनुसार सातामा दुई वा तीन पटकसम्म यौन प्रक्रियामा संलग्न रहनेहरुमा एन्टिबडीको स्तर बढ्छ । इम्युनोग्लोब्युलिन एले संरक्षकको कार्य गरेर शरीरलाई रुघाखोकी, साधारण ज्वरोका साथै अन्य संक्रमणबाट जोगाउँछ ।

अनुसन्धानअनुसार गहिरो चुम्बन लिनेहरुमा कोलेस्ट्रोल पनि कम भएको पाइएको थियो । स्ट्रेस फ्रि राख्ने काम गर्छ शारीरिक बिमारीका साथै तनाव, चिन्ता, अवसादजस्ता मानसिक विकारबाट शरीरलाई टाढा राख्न यौनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित यौनमा संलग्न रहने व्यक्तिले आफूलाई ऊर्जावान्, ताजा, स्फूर्त एवं तनावरहित महसुस गर्छन् । यौनका बेला निस्कने अक्सिटोसिन हार्मोन यसपछाडिको कारण हो । बैंस कायम राख्छ यौन विशेषज्ञहरुका अनुसार सातामा चार पटकसम्म यौनक्रियामा संलग्न रहने महिलाहरु आफूसरह उमेरका अन्य महिलाको तुलनामा ८ देखि १० वर्ष साना देखिन्छन् । यौनको समयमा मानव शरीरको इन्सुलिन ग्रोथ फ्याक्टरबाट यस्तो पदार्थ निस्कन्छ जसले शरीरलाई मेन्टेन गर्न र मुहारको मांसपेशीमा कसिलोपन ल्याउन मद्दत गर्छ ।
स्किनमा ग्लो सहवासले महिलाहरुको सुन्दरता बढ्छ, हार्मोन श्राव हुन्छ र रक्तप्रवाह पनि सुचारु रुपले चल्छ । यसबाट छालाको सुन्दरतामा निखार आउँछ । सम्पूर्ण शरीरमा छाएको मादकताले मुहारमा ग्लो प्रदान गर्छ । महिला शरीरमा एस्ट्रोजन नामक हार्मोन श्राव हुन्छ । यसले केशमा चमक एवं मुहारमा निखार ल्याउँछ । सुँघ््ने क्षमतामा वृद्धि सहवासपश्चात् प्रोलेक्टिन हार्मोन निस्कन्छ । यसले मस्तिष्कको लवको स्टेम सेल्समा नयाँ न्युरोन्स बनाउन प्रेरित गर्छ । यो नै स्लेम सेन्टर हुन्छ, यसबाट नै सुँघ्ने क्षमता पनि बढ्छ । काडिर्योभास्कुलरमा सुधार यौन संसर्गका बखत हृदय एवं स्वासको गति बढ्छ यसले काडिर्यो भास्कुलर स्वास्थ्यलाई फाइदा पु¥याउँछ । वजनमा नियन्त्रण वजन कम गर्न पनि यौनसम्बन्ध सहायक सावित हुन्छ । नियमित रुपमा यौनसम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरुमा पनि तनाव देखिँदैन । यसले मांसेपशीहरुलाई टोनिङ गर्ने कार्य गर्छ ।

विभिन्न समजिक्संजलको  बिगबिगी रहेको वर्तमान समयमा  कुनै सेलिब्रेटी, ब्राण्ड वा कम्पनीको फेसबुक पेजमा हुने ‘लाइक’ को संख्याले त्यसको लोकपि्रयताको देखाउने गरेको छ  । यसो हुँदा आफुलाई बढि लोकपि्रय तथा चर्चित देखाउनका लागि कतिपयले आफ्नो पेजमा नक्कली लाइक (फेक लाइक) थुपार्ने समेत गरेपछि फेसबुकको विश्वसनीयता माथि नै प्रश्न उठ्न थाल्यो ।
आफ्नो लाइक फिचरकै दुरुपयोग गर्नेगरी विश्वभर नै फेसबुक लाइकको व्यवसाय नै हुन थालेपछि फेसबुकले त्यस्तो गलत कार्य विरुद्ध कारवाही नै संचालन गर्नुपर्यो । पछिल्ला दिनहरुमा फेक लाइकको व्यवसाय गर्नेहरु विरुद्ध आफ्नो कारवाही जारी गरेको र यसले सफलता पनि प्राप्त गर्दै गइरहेको फेसबुकको दाबी छ । फेसबुकका अनुसार यस्तो रणनीतिमा खराब कार्य गर्दै व्यवसाय स्थापना गर्नेहरुले आफ्नो नक्कली व्यवसाय धमाधम  बन्द गरिरहेका छन् ।
शंकास्पद तथा नक्कली लाइकको पहिचान गर्ने प्रविधिको विकाश र विस्तारपछि फेसबुकलाई यस्तो गलत कार्य गर्ने विरुद्ध कारवाही गर्न सहज बनेको हो । नक्कली अकाउण्ड सिर्जना गरेर, भाइरसजन्य सफ्टवेयरको प्रयोग गरेर तथा लाइक बटन थिच्ने खेतिपातीका लागि तलब दिएरै कर्मचारी नै भर्ति गरेर हुने गरेको नक्कली लाइकको क्रियाकलाप पहिचान गरी बन्देज लगाउनका लागि फेसबुकलाई आधुनिक प्रविधिले सहज बनाइदिएको छ ।
फेसबुकका सेक्युरिटी इन्जिनियर एच केरेम सेवाहिरले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘नक्कली लाइकलाई रोकथाम गर्नका लागि हामीले प्रयोग गर्दै आएका विधिहरुलाई सुधार तथा अनुकुलन गर्ने कामलाई हामीले निरन्तरा दिएका छौँ । नक्कली लाइकको काम गर्नेहरुले हाम्रो स्पाम नियन्त्रण प्रणालीलाई निस्तेज पार्नेगरी नयाँ नयाँ पद्धतिको प्रयोग गर्ने हुनाले हामीले हाम्रो प्रणालीमा निरन्तर सुधार गरिरहनुपर्छ ।’
यसबाट नक्कली लाइक बिक्रि गर्ने काम रोकिँदै गएको उनको तर्क छ । उनका अनुसार पछिल्लो ६ महिनामा फेसबुकले कुनैपनि पेजमा गरिने लाइकको प्रमाणिकता परीक्षण गरी नक्कली ठहरिएमा त्यसलाई पेजमै पुग्न नदिई रोक्ने कामलाई तेब्बर दरमा बढाएको छ ।
आफ्नो अभियानका कारण अनधिकृत लाइकको व्यवसाय गर्नेहरु धेरैले त्यसलाई त्यागेको फेसबुकको दाबी छ । फेसबुकले कुनैपनि पेजमा रहेका नक्कली लाइकलाई हटाएर सो को जानकारी फेसबुकपेज वालालार्य दिने गरेको छ ।
नक्कली अकाउण्ट तथा गलत नियत भएका मानिसहरुले सिर्जना गरेका लाइकहरु फेसबुक प्रयोगकर्ता, विज्ञापनदाता र फेसबुककै लागि समेत खराब रहेको फेसबुकले उल्लेख गरेको छ ।

हेर्दा दुरुस्तै भएका जसको  नाममा एउटा विश्व किर्तिमान छ, त्यो हो यी जुम्ल्याहा दिदीबहिनी विश्वका सबैभन्दा दुरुस्त जुम्ल्याहा हुन् । यिनीहरुको परिचय यत्तिमा मात्र सीमित छैन, उनीहरुको ओछ्यान र ब्वायफ्रेण्ड पनि साझा छ ।
अस्ट्रेलियाका जुम्ल्याहा अन्ना र लुसी डीसिन्क अहिलेसम्म एक अर्काबाट १ मिटर पनि टाढा भएका छैनन् । जुम्ल्याहा भएका कारण जन्मजात नै जिउडाल र अनुहार मिल्ने नै भयो, तर अझै दुरुस्तै पार्नका लागि उनीहरुले अढाइ करोड रुपैयाँ बराबरको रकम खर्चेर प्लास्टिक सर्जरी नै गराएका  हुन्  ।
पश्चिमी अस्ट्रेलियाको पर्थका २८ वर्षीका  यी तरुनी जुम्ल्याहाको नालीबेलीलाई जापानको एक टेलिभिजनले प्रस्तुत गरेपछि चर्चाका सिखरमा पुगेका छन् । जन्मिदा केवल एक मिनेटको अन्तरमा जन्मिएका यी जुम्ल्याहालाई जापानी टेलिभिजले एक रियालिटी कार्यक्रमका लागि बोलाएको थियो ।
टेलिभिजन शो का क्रममा यी जुम्ल्याहाले जापनी जुम्ल्याहा भन्दा निकै फरक व्यवहार देखाएर छक्कै परे । च्यानल सेभेनसँगको कुराकानीमा यी जुम्ल्याहाले जापानी जुम्ल्याहाभन्दा आफुहरु नितान्त फरक रहेको भन्दै आफुहरु कहिल्यै नछुटि्टने, एक्लाएक्लै बजार नजाने तथा सुत्दा पनि एउटै ओछ्यानमा मात्र सुत्ने गरेको बताए ।
यी दुइ जुम्ल्याहालाई छुट्टाउनका लागि कम्प्युटर समेत असमर्थ भएपछि उनीहरुलाई विश्वकै सबैभन्दा दुरुस्त जुम्ल्याहाको उपाधि दिइयो । उनीहरुको काम, आनीबानी तथा खानपिन पनि एकैनासको छ ।
घरमा आमासँग बस्ने गरेका यी जुम्ल्याहाको एकजना साझा ब्वायफ्रेण्ड छन् । एउटै ब्वायफ्रेण्ड हुँदा समस्या पर्छकी भन्ने जिज्ञासामा दुबैजनाले यसले दुबैजनालाई सजिलो भएको बताउँछन् । विगतमा आफुहरुका फरक फरक ब्वायफ्रेण्ड
हुँदा त्यो काम नलागेको भन्दै उनीहरुले आफुहरुले चौबिसे घण्टा, सातै दिन सँगै रहने हुनाले एउटै साझा ब्वायफ्रेण्ड हुँदा सजिलो र उपयुक्त भएको बताउँछन् ।
उनीहरुको साझा प्रेमीको नाम बेन बायर्न हुन् । पेशाले इलेक्टि्रकल मेकानिक बेन पनि पर्थकै बासिन्दा हुन् ।

भोलि देखि तपाइँले गुगलमा केहि परिवर्तन देख्न पाउनुहुन्छ । तपाइँ आफ्नो मोबाइल फोन तथा ट्याब्लेटबाट केही खोज्दै हुनुहुन्छ र त्यसरी खोज्दा गुगलले देखाउने  गराउने नतिजामा तपाइँले खोजको वेबसाइट झ्वाट्ट देखा नपर्न सक्छ । तपाइँले गुगल सर्चमा खोजको वेबसाइट चर्चित नै किन नहोस् र तपाइँले खोजेका विषयवस्तुले युक्त किन नहोस् तर गुगलको सर्च रिजल्टमा त्यो देखा नपर्न सक्छ । यसको कारण हो गुगलको सर्च इन्जिनमा हुन लागेको परिवर्तन ।
गुगलले त्यस्ता वेबसाइटलाई प्राथमिकता दिएर पहिलो पेजमै देखाइदिनेछ जो मोबाइल फ्रेण्डली छन् । गुगलले तय गरेको यस्तो मापदण्डमा नअट्ने वेबसाइटहरु चाहे निकै चर्चित नै किन नहोउस् तर सर्च पेजमा प्राथमिकता पाउने छैनन् र निकै तल मात्र भेटिनेछन् ।
तर  गुगललको यो  कार्यक्रम  डेक्सटप तथा ल्यापटपमा भने लागु हुनेछैन । स्मार्टफोन र ट्याबलेटमा मात्र लागु हुनेछ । पछिल्ला दिनहरुमा स्मार्टफोन मार्फत इन्टरनेट चलाउने तथा ‘गुगलिङ’ गर्ने मानिसहरुको संख्या निकै बढेको हुँदा गुगलको यस्तो परिवर्तनले ‘युजर बिहेवियर’लाई प्रभावित गर्ने र त्यसले वेबसाइटका भिजिटरको संख्यामा पनि उल्लेख्य घटबढ गर्ने पक्का छ ।
गुगलको परिवर्तन कस्तो छ त ?
१. गुगलद्वारा तय गरिएको मापदण्डमा फिट हुने वेबसाइटहरु यस्ता हुनुपर्नेछ की जो मोबाइल डिभाइसमा तुरुन्तै लोड हुन्छन् ।
२. वेबसाइटका ‘कन्टेन्ट’ पढ्नका लागि सजिलै सँग पेजको तल वा माथि ‘स्क्रल’ गर्न सकियोस् । बायाँ तथा दायाँ स्क्रलिङ हुनु यो मापदण्ड विपरित हुन्छ ।
३. वेबसाइटमा कुनै कार्यका लागि बनाइएका बटन यस्तो हुनुपर्छ जो सानो स्क्रिनवाला मोबाइलमा पनि सजिलैसँग देखियोस् र क्लिक गर्न सकियोस् ।
गुगलको यो परिवर्तनले त्यस्ता वेबसाइटलाई सबैभन्दा बढि समस्या हुनेवाला छ जो डेक्सटप भर्सनलाई ध्यानमा राखी बनाइएको छ । यस्ता वेबसाइटको ग्राफिक्सलाई मोबाइलमा लोड हुन धेरै समय लाग्छ । यसका अलावा यस्ता वेबसाइटको टेक्स्ट पनि सानो स्क्रिनमा  पूरै फिट नभै दायाँ बायाँ सार्नुपर्छ ।
गुगलले अचानक यस्तो परिवर्तन गरेको होइन । गुगलले केही वर्षदेखि डिजिटल प्लेटर्फमसँग सम्बन्धित कम्पनीहरुलाई आग्रह गरिरहेको थियो की उनीहरुले मोबाइल प्रयोगकर्तालाई ध्यान दिएर आफ्ना वेबसाइट बनाउन् किनकी धेरै मानिसहरुले मोबाइलमा सर्च गर्दछन् । यो नयाँ सर्च फर्मूलाको जानकारी पनि २ महिना पहिले दिइएको थियो । गुगलले हरेक वेबसाइटको नयाँ फर्मुला अनुरुप तयार गर्नका लागि निर्देशिका पनि जारी गरेको थियो र त्यो सँगै परीक्षण टुल्स पनि जारी गरेको थियो ।
विश्लेषकहरुका अनुसार गुगलको यो बदलावपछि एकपटक डिजिटल वल्र्डमा फेरि होहल्ला मच्चिने पक्का छ । यसभन्दा पहिले गुगलले सन् २०११ र २०१२ मा गुगल सर्च इन्जिनमा ठूलो परिवर्तन गरेको थियो र त्यतिबेला पनि विवाद भएको थियो । त्यस समयमा गुगलले दाबी गरेको थियो की उसको उद्धेश्य भनेको गलत वेबसाइटहरुलाई सर्च रिजल्टबाट बाहिर निकाल्नु हो । तर कतिपय वेबसाइटहरुले भने गुगलको उक्त परिवर्तनले आफ्ना वेबसाइट कन्टेन्टहरुलाई गुगल सर्च पेजमा खराब र्यांकिङ प्राप्त हुँदा आफुहरुलाई ठूलो नोक्सानी भएको दाबी गरेका थिए ।

५ वैशाख। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी । आमा  सग काम  विशेषले घर बाहिर गएका  छोराछोरी आमाको मुख हेर्न भन्दै भेट्न जाने  तथा आमा लाई मीठा मिठा परिकार खुवाई खुसि बनाउने चलन रहेको छ ।
यसै माता तिर्थ औसी को उपलक्षमा हाम्रा सम्पूर्ण नेपाली आमा हरुमा हार्दिक श्रदा भाब ब्यक्त गर्दछौ। साथै बर्समा एक दिन मात्र आमा लाई सम्जिनुको सट्टा आफ्नी आमाको सेवा तथा नेपाल आमाको सेवामा लग्न सबैलाई सत्बुध्ही मिलोस शुभकामना 
जुनसुकै जात ,धर्म , समुदायका र भूगोलका मान्छेहरु जो  पनि आफ्नी आमाको श्रद्धा नगर्ने सायदै  छैनन् । आम नेपालीले आमालाई श्रद्धा गर्ने गरेकै कारण हुन सक्छ,विभिन्न गित संगीत तथा  चलचित्र समेत  बनिसकेका छन् ।
आमालाई सम्झाउने केही भिडियो

बैसाख  ४। गत बैसाख २ गते  भारतकाे नयाँ दिल्ली मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएका राप्रपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको  राजकीय सम्मानका साथ  अन्त्येष्टि गरिने भएको छ ।
उपचारका क्रममा २ गते राति दिल्लीको मेदान्त अस्पतालमा निधन भएका थापाको पार्थिव शरीरलाई हिजो  दिउँसो भारतीय विशेष विमानबाट काठमाडौं ल्याइँएको र थापाको पार्थिव शरीरलाई हिजो मालीगाउँस्थित निवास राखिएको थियो  ।
राप्रपा केन्द्रीय कार्यसमितिको बिहीबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । थापाको पार्थिभ शरीरलाइ आज  १० देखि १२ बजेसम्म पार्टी कार्यालय चावहिल र त्यसपछि दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । आजनै  नै उनको अन्तेष्टि गरिनेछ ।

विश्वमा जुनै देशका अधिकांश पुरुष आफूभन्दा कम उमेरकी महिलासग विवाह गर्न रुचाउछन् । भविष्यमा गएर उक्त उमेर भिन्नताले यौन जीवनमा के प्रभाव पार्न सक्छ भन्नेतर्फ भने कसैको ध्यान गएको पाइदैंन । चिकित्सकहरु विवाहका लागि बढीमा ५ वर्षसम्मको मात्र ग्याप राम्रो हुने बताउछन् । समानान्तर  उमेरमा विवाह गर्दा भावनात्मक सम्बन्ध र सोचाइ पनि मिल्ने भएकाले धेरै लामो अन्तरमा विवाह गर्नु राम्रो हुदैन ।
हाम्रो नेपाली समाजमा १५ वर्षको अन्तरमा पनि विवाह भएको पाइन्छ । प्रायः जोडीको अन्तर १० वर्षको हुन्छ । उमेरको बढी अन्तरले यौनजीवन प्रभावित हुनसक्छ । मानौं १५ वर्षको अन्तरमा विवाह भएको छ भने पुरुषको उमेर ५५ वर्ष पुग्दा महिलाको उमेर ४० मात्र हुन्छ । महिला ४० वर्षमा यौनमा निकै सक्रिय रहन्छन् तर प्रायः पुरुषमा ५५ वर्षको उमेरमा यौनक्षमतामा ह्रास हुँदै गएको हुन्छ । यस्तो अवस्थामा यौनकै कारण पारिवारिक समस्या उत्पन्न हुनसक्छ । उमेरको धेरै ग्यापले यौन भावना पनि अन्तर ल्याउछ ।
मानिसमा २० देखि ३० वर्Èको उमेरसम्म यौन इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः मानिसको विवाह गर्ने उमेर पनि यही हो । चिकित्सकहरु पुरुषका लागि २८ देखि ३० वर्षको उमेर विवाहका लागि उपयुक्त भएको बताउछन् । महिलाका लागि २५ देखि २८ वर्षको उमेर राम्रो मानिन्छ ।
तर सेक्सोलोजीष्टहरु यौन चाहनालाई उमेर सीमामा बा“ध्नु गलत भएको बताउँछन् । उनीहरु यौनलाइ इच्छामा भर पर्ने विषय मान्छन् ।

मोटो हुनुहुन्छ? नो चिन्ता, अब मोवाइलले घटाउछ तपाँइको तौल । भिजुअलाइज यु visualize You नामक स्मार्टफोन एपले मान्छेलाई दैनिक कार्यतालिकामा कुनै परिवर्तन नै नगरीकन स्लिम तथा स्मार्ट बनाइदिने दाबी गरिएको छ ।
वास्तवमा यो एपले तपाइँको वास्तविक तस्वीरलाई प्रोसेसिङ गर्नेछ अनि तपाइँ यदि अहिलेको भन्दा १० किलो जति कम तौलको भएको भए यस्तो देखिनुहुन्थ्यो भनेर सुधारिएको तस्वीर तयार गरिदिनेछ । यसबाट प्रयोगकर्तामा वजन घटाउँदा आफु निकै स्मार्ट देखिने कुराको महसुस हुने र त्यसले वजन घटाउन प्रेरणा मिल्ने बताइएको छ ।
एप डिजाइनरहरुका अनुसार यो एपमा चिकित्सकीय रुपमा प्रमाणित वैज्ञानिक विधिको प्रयोग गरिएको छ जसले व्यक्तिको तौल कति घटबढ हुँदा उसको विद्यमान जिउडालमा कस्तो परिवर्तन हुन्छ भन्ने कुरा तस्वीरमार्फत नै देखाउँछ ।
यस प्रकारका अन्य केही एपहरु समेत प्रचलनमा रहेका भएपनि त्यस्ता एपहरुमा तौलको घटबढ अनुसारको जिउडाल तयार गर्ने वैज्ञानिक विधिको प्रयोग गरिएको थिएन र सामान्य रुपमा तस्वीरलाई तन्काउने वा खुम्चाउने गरिन्छ । तर यो एपले भने कति तौल घटाउन आवश्यक छ तथा सम्भव छ र त्यति तौल कम गर्दा जिउ कस्तो बन्दछ भन्ने कुराको वैज्ञानिक तस्वीर तयार पार्दछ ।
यो एप प्रयोग गर्न पनि सजिलो छ । पोट्रेट साइजको आफ्नो तस्वीर खिच्नुहोस् र उक्त तस्वीरलाई भिजुअलाइज यु एपमा हाल्नुहोस् । त्यसका साथै तपाइँको उचाइ, तौल तथा कति वजन घटाउन चाहेको हो भन्ने कुरा पनि उल्लेख गर्नुहोस् । त्यति गरिसकेपछि उक्त एपले तपाइँको तस्वीरमाथि छाँटकाँट सुरु गर्छ र छिनभरमै तपाइँले घटाउन चाहेको वजन घटाइदिएर तपाइँको नयाँ स्वरुप तयार पारिदिन्छ ।
साथै तौल बढाउन चाहनेका लागि समेत यो एपले सहयोग गर्छ । अहिलेको भन्दा कति वजन बढाउँदा जिउ कस्तो बन्दछ भनेर समेत यो एपबाट हेर्न सकिन्छ । यसका साथै यो एपमा व्यायाम तथा पोषण सम्बन्धि जानकारी तथा निर्देशिका समेत उपलब्ध रहेको छ ।
अमेरिकाको कोलोराडो विश्वविद्यालय तथा क्लेभल्याण्ड क्लिनिकसँगको सहकार्यमा भिजुअल हेल्थ सोलुसन कम्पनीले यो एपको निर्माण गरेको हो ।
यद्यपि यो एप निशुल्क भने छैन । आइओएस तथा एन्ड्रोइड दुबै प्लेटर्फममा उपलब्ध यो एप डाउनलोड गर्न २ डलर शुल्क तिर्नुपर्छ ।


NCELL ले सुरु गरेको झण्डै २ बर्ष पछाडी बल्ल नेपाल टेलिकमले नयाँ वर्षदेखि लागू हुनेगरी जीएसएम पोष्टपेड मोबाइलमा डाटा प्याकेज ल्याएको छ ।
प्याकेज अन्तर्गत मासिक ९ सय रुपैयाँ तिरेर दुई जीबी डाटा खरिद गर्न पाइन्छ । यो प्याकेज खरिद गर्दा दुई जीबी डाटासहित ५ सय रुपैयाँ बराबरको कुराकानी गर्न पाइने टेलिकमले जनाएको छ ।
साथै, टेलिकमले सीडीएमए सेवामा पनि छुटसहितको नयाँ प्याकेज ल्याएको छ । नयाँ प्याकेजमा २०० एमबी डाटा ७५ रुपैयाँमा, ५ सय एमबी डाटा १७५ रुपैयाँमा र १ जीबी डाटा ३२५ रुपैयाँमा खरिद गर्न सकिन्छ । यो प्याकेज एक महिनाभित्र सिध्याउनुपर्ने हून्छ ।
यसैगरि, तीन जीबी डाटा ८५० मा खरिद गरी २ महिना चलाउन पाइने छ । पाँच जीबी डाटा ११ सयमा खरिद गरी तीन महिना र १० जीबी डाटा १८ सयमा खरिद गरी ६ महिनासम्म चलाउन पाइने टेलिकमले जनाएको छ । माथि उल्लेखित सबै शुल्कहरु करबाहेक हुन् ।

कसरी चलाउने ?
सीडीएमए मोबाइलका ग्राहकहरुले आफुलाई आवश्यक डाटा टाइप गरेर १४१५ पठाएपछि डाटा प्राप्त गर्न सक्छन् । जीएसएम पोष्टपेड मोबाइलका ग्राहकहरुले भने डाटा एक्टिभेट गर्नका लागि टेलिकमका ग्राहक सेवा केन्द्र धाउनुपर्ने हुन्छ ।

 एक अर्का नेपाली नेपालीमा दुख शुखामा साथ दिनु हुने सम्पूर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजु भाइ दिदि बहिनि हरुमा बिगतका सम्पूर्ण नराम्रा कुरा भुलेर सदा सत्मार्गमा लम्किरहन नव वर्ष २०७२ ले ठुलो भूमिका खेलोस हार्दिक मंगलमय शुभकामना।।।  HAPPY NEW YEAR 2072 

 चैत २९ ।इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा भर्खरै राजिनामा दिएका नारद उप्रेतीको स्विकृती र नयाँ प्रमुखको नियुतिको माग गदै ६ विधार्थी संगठनका बिघार्थीद्धारा क्याम्पसमा केही दिन देखीको बिवाद चर्किदै जादा आज क्याम्पस प्रमुखको कुर्सी नियन्त्रणमा लिई ताला बन्दि गरेका छन् ।

स्तनमा सिलिकन राख्ने भनेको के हो ? कुन उमेरका महिलाले स्तनमा सिलिकन राख्न सक्छन् ? यो राखेपछि स्तन क्यान्सरको जोखिम हुन्छ कि हुँदैन ? बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ? सिलिकन राखेपछि के–के समस्या आउन सक्छन् ?

स्तनलाई महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ । स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन । विभिन्न देश र फरक–फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई सेक्सी मानिन्छ ।
स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । यो बिलकुलै कस्मेटिक कुरा हो । यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ । संसारमा बे्रस्ट इम्प्लान्ट सुरु भएको लामो समय भए पनि नेपालमा एक दशकअघिदेखि ब्रेस्ट इम्प्लान्ट गर्ने सर्जरी हुन थालेको हो । सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै पनि हानी नगर्ने विशेष प्रकारको रबर हो । यो राख्ने साह्रै कमलाई मात्र यसको एलर्जी हुने गर्छ ।
ब्रेस्ट इम्प्लान्ट प्लास्टिक सर्जनले गर्छन् । ब्रेस्ट इम्प्लान्ट गर्दा बेहोस गरेर, स्तनको मुनिपट्टि पाँचदेखि छ सेन्टिमिटरको घाउ पारेर सिलिकन राख्ने गरिन्छ । जसले गर्दा काटेको घाउमा सानो दाग बस्छ । स्तन झुण्डिँदा छोपिने भएकाले यो दाग सजिलै देखिँदैन ।
स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ । सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुनसक्छ । ४ सय ५० सीसी भनेको निकै ठूलो साइज हो । यो पोर्न फिल्ममा काम गर्ने कलाकारले मात्रै प्रयोग गर्छन् ।   नेपालमा सयदेखि २ सय ५० सीसी सम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको छ ।
१८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन् । ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन । उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ ।
इम्प्लान्ट गरिएको सिलिकन स्तनको तल्लो भागमा रहन्छ । स्तनको माथिल्लो भागमा बोसो, त्यसपछि मांसपेशी र त्यसभन्दा मुनि इम्प्लान्ट गरिएको सिलिकन बस्छ । इम्प्लान्ट गरिएको स्तनलाई पुरुषले सुमसुुम्याउँदा यौन उत्तेजना पहिलाजत्तिकै आउने र यसले दूध उत्पादनमा केही असर गर्दैन । बच्चालाई मज्जाले स्तनपान गराउन सकिन्छ । इम्प्लान्ट गरिएको सिलिकनले प्राकृतिक स्तनमा भएको मांसपेशी तथा बोसोलाई तलबाट धकेलेर पर्फेक्ट साइजमा देखाइदिने काम गर्छ ।
ब्रेस्ट इम्प्लान्ट गर्ने अपरेसन निकै होशियारीपूर्वक गर्नुपर्छ ।  यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै हो । इम्प्लान्ट गर्दा सिलिकन डल्लो प¥यो वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ । इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ । एक पटक राखेर निकालिसकेको सिलिकन पुनः प्रयोग गर्न मिल्दैन । कहिलेकाहीँ शरीरले राखेको सिलिकनलाई रिजेक्ट गर्न सक्छ । यस्तो अवस्थामा सिलिकन बसेको वरिपरिको भागको मांसपेशी कडा हुन्छ । यस्तो अवस्थामा सिलिकन निकाल्नुपर्ने हुन्छ । सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको उदाहरण अहिलेसम्म पाइएको छैन । स्तन क्यान्सर स्तनमा सिलिकन राखेका वा नराखेका दुवै थरी महिलालाई हुने गरेको छ । तर, सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन सकेको छैन ।
युरोप, अमेरिका र भारतमा स्तनमा सिलिकन भर्ने अपरेसन नेपालको तुलनामा निकै महँगो छ । एक पिस सिलिकनको नेपालमा ७० हजार रुपैयाँ पर्छ । नेपालमा दुई लाखमा हुने अपरेसनमा विदेशमा कम्तीमा पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ ।

जिम ले सेक्स पावर घटाउँछ ? जिम जानु वा कसरत गर्नुको साइड इफेक्ट हुन्छ तर सकरात्मक । यो ध्यान दिन जरुरी छ कि सेक्स गर्ने क्षमता शरीरको सम्पूर्ण शक्तिबाट फरक हुँदैन । जिम वा कसरत जो पूरै शरीरका लागि राम्रो हुन्छ, भने सेक्सका लागि नराम्रो हुने कुरै भएन । शरीरलाई हानी गर्ने चिजले सेक्स पावरलाई पनि घटाउँछ । यहाँनेर कुरा रह्यो, तपाईँको ज्यानको पावरको । कडा एक्सरसाइज गर्दा अवश्य पनि तपाईँ थकित हुनुहुन्छ, थाकेको बेला सेक्सका लागि जाँगर नचल्न सक्छ । तर, यसको अर्थ सेक्स पावर घटेको हुँदै होइन । यदि जिम गर्ने क्रममा तपाईँलाई त्यस्तो ठाउँमा चोट लागेको थियो भने मात्रै फरक पर्न सक्छ । एउटा कुरा यााद गर्नुपर्छ, जिम गर्नुअघि वार्मअपको जरुरी छ । जस्तो सेक्स गर्नुअघि फोर प्ले जरुरी हुन्छ । त्यसैले जिमले सेक्स पावर घटाउँदैन भन्नेमा ढुक्क हुनुहोस् ।

फेसबुक म्यासेन्जर ले च्याट गर्नका लागि बेग्लै वेब प्लेटर्फम सार्वजनिक गरेको छ । एंरोइड  मोबाइल प्रयोगकर्ताका लागि बेग्लै म्यासेन्जर एप प्रयोगमा ल्याइसकेको फेसबुकले सोही एप लाई  वेब भर्सनमा बेग्लै डोमेन नेममा म्यासेन्जर प्लेटर्फम सार्वजनिक गरेको हो  ।
म्यासेन्जर डटकम भनेर बनाइएको प्लेटर्फमको काम मात्र च्याट गुर्न हो । यसका लागि तपाईले आफ्नो फेसबुक अकाउन्ट खोलिरहेकै ब्राउजरमा म्यासेन्जर डटकम खोल्न सक्नुहुन्छ । यदि तपाईको फेसबुक अकाउन्ट खुला छैन भने मात्र तपाईले युजर नेम र पासवर्ड प्रयोग गर्नुपर्छ, अन्यथा पर्दैन् । फेसबुककै युजर नेम र पासवर्ड म्यासेन्जरका लागि  पनि काम गर्छ । 
च्याट मा खुब रमौनेका लागि नयाँ प्लेटर्फमले ठूलो साइजमा सफा लेआउटमा च्याट गर्न सहज बनाइदिएको छ।   जसले गर्दा तपाई फेसबुकको परम्परागत च्याटमा जस्तो सानो साइजको विन्डोमा अल्झिनुपर्दैन् । फेसबुक लगइन नगरी पनि तपाई म्यासेन्जरमा लगइन गरी च्याट गर्न सक्नुहुन्छ । तर, फेसबुकले तपाईंलाई म्यासेन्जर प्रयोग गर्न बाध्य भने पार्दैन् । अर्थात, तपाईले फेसबुकको मौजुदा प्लेटर्फमबाट पनि च्याट गर्न सक्नुहुन्छ, यदि तपाईलाई नयाँ प्लेटर्फम सजिलो लाग्यो भने नयाँबाट मात्र पनि च्याट गर्न सक्नुहुन्छ । अघिल्लो बर्ष फेसबुकले मोबाइल प्रयोगकर्ताका लागि बेग्लै म्यासेन्जर एप सार्वजनिक गरेको थियो । त्यसपछि फेसबुकले मोबाइलबाट फेसबुक च्याट अप्सन बन्द गरिदियो जसले गर्दा प्रयोगकर्ताले नयाँ म्यासेन्जर एप डाउनलोड गर्नैपर्ने बाध्यता भयो । फेसबुकले च्याटलाई केवल गफगाफका रुपमा सिमित नराखी सबैखाले कम्युनिकेसन  रुपमा बिकाश गर्न खोजिएको जनाइएको छ  । केही समय अघि मात्र फेसबुकले च्याटबाट पैसा पठाउन सकिने सुविधाको घोषणा गरेको थियो ।


फेसबुक ले  ह्वाट्सएप खरीद गरेको एक वर्षपछि आफ्नो एन्ड्रोइड फेसबुक एपमा ह्वाट्सएपलाई एकिकृत गर्नका लागि नयाँ फिचरको परीक्षण सुरु गरेको छ ।
सर्बाधिक लोकप्रिय सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नु  स्टाटस अपडेटको एक्सन बटनमा ह्वाट्सएप जस्तै आइकन भएको सेन्ड बटन थप्न लागेको  छ ।
गिकटाइममा छापिएको समाचार अनुसार फेसबुकको सबैभन्दा पछिल्लो एन्ड्रोइड एपमा यो नयाँ बटन दायाँ भागमा रहेको छ (बायाँबाट दायाँ लेख्ने लिपीका प्रयोगकर्ताका लागि) ।
फेसबुकको प्रयास दुइवटा सोसल नेटवर्किङ प्लाटर्फमलाई जोड्ने पहिलो पाइला भएको बताइएको छ । फेसबुकको वृद्धिलाई कायम राख्दै अनलाइन मेसेजिङ मार्केटमा समेत आफ्नो नियन्त्रण कायम राख्न फेसबुक सक्रिय रुपमा अघि बढ्दैछ । समाचार अनुसार फेसबुकका विज्ञहरुको टोलीले फेसबुक र ह्वाट्सएपबीच पूर्ण एकिकरण गर्दै फेसबुक मेसेन्जर र ह्वाट्सएपबीच सन्देश आदानप्रदान गर्ने प्रविधिको विकाशमा जुटिरहेको छ । हाल ६० करोड प्रयोगकर्ता रहेको ह्वाट्सएपलाई फेसबुकले गएको वर्षको फेब्रुअरीमा २० अर्ब डलरमा किनेको थियो ।


 २४  चैत / शिक्षक सेवा आयोगले ३ हजार २ सय ४९ पदका लागि विज्ञापन खोलेको छ । एकमहिना फर्म भर्ने म्याद कायम गरि विज्ञापनखोलिएको शिक्षा मन्त्रालयका सहसचिव तथाआयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम

पौडेलले हामी लाई जानकारी दिए ।असारको ११ गते माध्यमिक र १२ गते निम्नमाध्यमिकको परीक्षा हुने छ । बैशाख २३ गते सम्म फर्म भर्ने म्याद कायम गरिएको छ । उक्त अवधिमा फर्म भर्न नसक्नेले दोब्बर दस्तुर तिरेर थप
एक हप्ता सम्म फर्म भर्न सक्ने छन् । 'शिक्षक नियुक्ति गर्ने आयोगको काम अन्र्तगत हामीले प्रकृया शुरु गरेका हौं,' उनले भने, 'आयोगले आफ्नो काम प्रकृयागत रुपमा सम्पन्न गर्ने छ ।' शिक्षा विभागले २०६३ बैशाख ११ गते यता
माध्यमिक र निम्न माध्यमिक विद्यालयमा रिक्त शिक्षकको बिवरण उपलब्ध गराएसँगै आयोगले विज्ञापन खोलेको हो । उक्त विवरण पाएसंगै आयोगले तत्काल विज्ञापन गर्ने बताएको थियो एक हप्ता पछि शिक्षक सेवा आयोग खुल्ने विभागले केही दिन अघि मात्रै देशभर रिक्त शिक्षक दरबन्दी बिवरण उपलब्ध गराएको थियो । जस अनुसार माध्यमिकमा १ हजार ३ सय ८५ र निम्न माध्यमिकमा १ हजार ८ सय ६४ पद रिक्त छन् । विभागले आयोगलाई बुझाएको बिवरण अनुसार माध्यमिक तर्फ सुदूर पश्चिमाञ्चलमा १ सय १५, मध्य पश्चिमाञ्चलमा १ सय ५५, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यमाञ्चलमा ४ सय ८४ र पूर्वाञ्चलमा २ सय ८९ पद रिक्त रहेको उल्लेख छ । यस्तै निमावि तर्फ सुदुर पश्चिमाञ्चलमा १ सय ३५, मध्य पश्चिमाञ्चलमा २ सय २६, पश्चिमाञ्चलमा ५ सय १४, मध्यमाञ्चलमा ५ सय ८८, पूर्वाञ्चलमा ४ सय शिक्षक पद रिक्त छ । पढ्नुहोस् शिक्षक विज्ञापन गर्न आयोगलाई बाटो खुल्यो २०६३ बैशाख १० गते पछि रिक्त भएका १३ हजार
५९ पदका निम्ति आयोगले गत बर्षको जेठमा परीक्षा सञ्चालन गरेको थियो । उक्त विज्ञापन नयाँ शिक्षक नियुक्तिका लागि १७ बर्ष पछि गरिएको थियो ।


चैत २४l पूर्वप्रधानमन्त्री तथा प्रमुख विपक्षी दलकी नेतालाई  भ्रष्टाचार निरोधक अदालतले आइतबार धरौटीमा छाडेको छ । पूर्वप्रधानमन्त्री जियाविरुद्ध भ्रष्टाचार नियन्त्रणका लागि गठित विशेष अदालतमा च्यारिटेबल फण्डमा करिब साढे ६ लाख अमेरिकी डलर बराबर आथिर्क हिनामिना गरेको आरोप छ। 
जिया विशेष अदालतमा उपस्थित भएपछि आइतबार अदालतले उनलाई जमानत दिएको छ। उनका समर्थकले भने आरोप राजनीतिबाट प्रेरित रहेको बताएका छन् ।जियाको जमानतपछि १५ महिनायता चर्केको राजनीतिक तनाव मत्थर हुने संकेत देखिएको छ। कडा सुरक्षबीच जिया राजधानी ढाकास्थित अदालतमा जमानत माग्न उपस्थित भएकी थिइन्। उनलाई एक महिनाअघि पक्राउ पूर्जी जारी गरिएको भए पनि स्वास्थ्यका कारण्ँ अदालतमा उपस्थित भएकी थिइनन्। प्रधानमन्त्री सेख हसिना वाजेदलाई पदबाट हटाउन जियाको दल बंगलादेश नेसनलिस्ट पार्टी बिएनपीले लामो समयदेखि प्रदर्शन गर्दै आएको छ। बिएनपीसहित अन्य विपक्षी दलको गठबन्धनले सन् २०१४ जनवरीमा भएको चुनाव निष्पक्ष नभएको र व्यापक धाधली भएको भन्दै रद्द गर्नुपर्ने माग गर्दै आएका छन्। अदालतबाट निस्केर जिया कार्यकर्तालाई हात हल्लाउँदै  निवासतर्फ लागेकी थिइन्।

इन्टरनेट बादशाह गुगल र ताइवानी कम्पनी एसस मिलेर पेनड्राइभ जस्तो एउटा यस्तो उपकरण ल्याउँदैछन् जसले कुनै पनि डिस्प्लेलाई पर्सनल कम्प्युटर बनाइदिन्छ ।अब कम्प्युटर किन्दा ठूलो र महंगो सिपियु किन्न आवश्यक पर्नेछैन, एउटा पेनड्राइभ किने पुग्छ । घरमा लगेर टिभी वा मोनिटरमा जोडेर त्यसलाई कम्प्युटर बनाउन सकिने छ ।
इन्टरनेट बादशाह गुगल र ताइवानी कम्पनी एसस मिलेर पेनड्राइभ जस्तो एउटा यस्तो उपकरण ल्याउँदैछन् जसले कुनै पनि डिस्प्लेलाई पर्सनल कम्प्युटर बनाइदिन्छ ।
‘कम्प्युटर अन स्टिक’ अर्थात् लठ्ठीमै कम्प्युटर भनिएको ‘एसस क्रोमबिट’ नामक उक्त उपकरण यो वर्षको मध्य अर्थात् जुन महिनासम्ममा सस्तो मूल्यमै बजारमा उपलब्ध हुनेछ ।
गुगलले आफ्नो ब्लग पोष्टमा भनेको छ, ‘क्यान्डी बारभन्दा सानो क्रोमबिट पूर्ण कम्प्युटर हो, जुन १ सय डलर (१० हजार रुपैयाँ) भन्दा कम मूल्यमा उपलब्ध हुनेछ ।’

गुगलले भनेको छ, ‘यो डिभाइसलाई कुनै डिस्प्लेमा जोडेर तपाइँले त्यसलाई कम्प्युटरमा बदल्न सक्नुहुन्छ । तपाइँसग भएको डेक्स्टप कम्प्युटरको यो पूर्ण स्तरोन्नती हो र यो स्कुल तथा व्यवसायका लागि साँच्चीकै उपयोगी हुनेछ ।’
क्रोम अपरेटिङ सिस्टमयुक्त यो फुच्चे कम्प्युटरमा दुई जिबी इन्टर्नल मेमोरी तथा १६ जिबी स्टोरेज क्षमता रहेको छ । यसमा एआरएम प्रोसेसर रहेको हुँदा चलाउँदा नतात्ने तथा कम उर्जा खपत हुन्छ ।
गुगलले सस्तो मूल्यका कम्प्युटरको बजार रहेको बिकाशील मुलुकहरुलाई लक्षित गरि यसको मूल्य निर्धारण गरेको छ । धेरै उर्जा खपत हुने, ओसारपसारका लागि समेत समस्या हुने परम्परागत ठूला कम्प्युटर सीपीयुभन्दा यो कम्प्युटर निकै उपयोगी हुने गुगलको बिश्वास छ । उसले अन्य उत्पादकसँग पनि मिलेर क्रोमबिटको उत्पादनलाई ब्यापक बनाउने योजना बनाइरहेको छ ।
अहिलेसम्मकै सस्तो ल्यापटप !
यसैवीच गुगलले चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हायर र हिसेन्स सँगको सहकार्यमा उत्पादन गरिएको अहिलेसम्मकै सस्तो क्रोमबुक ल्यापटपको समेत घोषणा गरेको छ । जसको मूल्य १४९ अमेरिकी डलर रहने बताइएको छ । यो ल्यापटपमा ११.६ इन्चको डिस्प्ले रहेको छ ।
गुगलले यसअघि एसर, लेनोभो, डेल तथा एलजीसँगको सहकार्यमा क्रोमबुक उत्पादन गरिसकेको छ ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.