2017

चलचित्र क्षेत्रबाट पातलिदैं गएको करियरलाई महानायक राजेश हमालले सामाजिक कार्यमा खर्च गरी रहेका छन् । बिशेषत् बिवाह बन्धनमा बांधिएपछि राजेश फिल्म यात्रामा उतीसारो व्यस्त छैनन् ।

त्यही भएर राजेश यतिबेला श्रीमति मधु भट्टराईसँग विभिन्न देश घुमी रहेका छन् । सामाजीक सँगै राजनीतिक क्षेत्रमा पनि सक्रियता बढाई रेहका छन् ।

एक कुराकानीमा राजेश हमालले मधुलाई निक्कै माया गर्ने बताएका छन् । मधु मेरो लागि जीवन हुन् । उनका लागि म भित्र धेरै माया छ । मायाले संसार जित्न सक्ने राजेश हमालको तर्क छ । हमाल माया बीना जीवन अपुरो देख्छन् ।

The post राजेश हमाल श्रीमतिलाई यति धेरै माया गर्छन, चलचित्र छाडेर घुम्न मै व्यस्त छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ । मन्दिरको छानामा रहने तामाको पातामा सुनको जलप लगाउने कार्य शुरु गरिएको बताउँदै मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व विभागको मापदण्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य आरम्भ गरिएको बताए ।

श्रेष्ठले भने, ‘एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदण्डअनुसार नै जलप लगाएका छौँ ।’ पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् । समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तीमा एक सय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने बताइन्छ ।
श्रेष्ठले भने, ‘अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकेका छौँ । सुन तथा जलप लगाएका पाताहरु सुरक्षित तवरले भण्डारण गरिएको छ ।’ मन्दिरको छानो चार हजार स्क्वायरफिट रहेको छ । मन्दिरलाई आवश्यक पर्ने पाता काठमाण्डुका सुन्दरकृष्ण शाहीले दान दिएका हुन् । मन्दिर पुनःनिर्माण गर्दा अहिलेसम्म रु आठ करोड खर्च भइसकेको छ । मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार मन्दिर पुनःनिर्माणमा चाहिने रु एक लाख २५ हजार वटा इँटा काठमाण्डुका हिराकाजी महर्जनले दान गरेका थिए ।

टिम्बर कर्पोरेशनबाट समयमै काठ उपलब्ध हुन नसक्दा र तीन वटा तहको निर्वाचनले गर्दा मन्दिर पुनःनिर्माणको काममा केही ढिलाइ भएको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले आउँदो साउनभित्रमा मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न गरिने बताए । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकारले आव २०६७–६८ मा दिएको रु एक करोडमध्ये रु ५६ लाखले सुन खरिद गरेको समितिले रु ४४ करोडले काठ खरिद गरेको थियो । यस्तै आव २०६९–७० मा सरकारले दिएको रु तीन करोडले सात किलोग्राम सुन खरिद गरेको सचिव श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले भने, ‘सरकारले हामीलाई जिन्सी दिएको हो । नगद हामीले भक्तजनबाट पनि संकलन ग¥यौँ । अहिलेसम्म करिब रु छ करोड संकलन भइसकेको छ ।’ २४ क्यारेटको सुन पारोमा मिसाएर तामाको पातामा लगाइन्छ । मन्दिरको पुनःनिर्माणका लागि बजेट करिब पुग्ने बताउँदै समितिले मन्दिर छेउको पर्खाल जगैदेखि भत्काएर बनाउनुपर्ने अवस्था रहेको जनाएको छ । रासस

The post मनकामना मन्दिरको छानामा १८ किलो सुन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ । महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ । आज हामी महिलाहरूको ती अंगको बारेमा चर्चा गर्दैछौं, जुन ठूलो भएमा महिलाहरूलाई भाग्यशाली भनिन्छ ।

ठूलो कान- जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ ।

लामो कपाल- महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।

लामो हात- जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ ।

लामो खुट्टा- लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।

ठूलो नाइटो- जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् ।

लामो घाँटी- जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।

The post भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् , जानीराखौँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

युएई सरकारले भिजिट भिसामा आएर भिजाको म्याद सकिदा समेत युएई बाहिर नगएका र जरिवाना तिर्न नसकि बसेका साथै कामदार भिसा रुपमा आएका तर कम्पनी छोडेर गैरकानुनी रुपमा काम गर्दै आएका नेपालीहरुलाई निशुल्क घर फिर्तीको अवसर प्रदान गरेको छ ।

अंग्रेजी नयाँ बर्षको अवसरमा जनवरी १ तारिखको दिन एक दिनलाई मात्र यो सुबिधा प्रदान गरीएको प्रवासी नेपाली मन्च युएईका अध्यक्ष श्याम कंडेलले सुनौलो नेपाललाई बताए अनुसार सारजाह एअरपोर्टको इमिग्रेसनले पुलिस केश परेका बाहेक अरुलाई जरिवाना नतिरी नेपाल जान छुट दिएको छ ।

त्यसको लागी मेघा मल अगाडीको इमिग्रेसन अफिसमा १ तारिकको दिन बिहान ७ बजे सम्पर्क गर्न भनिएको छ । युएई सरकारको यो सुबिधासंगै महँगो जरिवाना तिर्नुपर्ने अवसरबाट धेरै नेपाली लाभान्वित हुने अवसर प्राप्त भएको छ । sunaulonepal

The post खुशिको खबर: युएई सरकारले दियो निशुल्क नेपालीलाई घर फर्किने अवसर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन धेरै भएका वा धेरै मोटा महिलाको स्तनमा उत्पन्न क्यान्सरका गाँठाबारे बेलैमा थाहा नहुने र गाँठा बढेर निकै ठूला भएपछि मात्र थाहा पाउने अध्ययनबाट पत्ता लागेको छ।

अध्ययनकर्ताहरूका अनुसार शारीरिक वजन धेरै भएका महिलाले छोटो छोटो समयमा मेमोग्राम (स्तन क्यान्सरको परीक्षण) गराइरहनु पर्छ । यसो गर्दा मात्र स्तन क्यान्सर भए बेलैमा पत्ता लाग्छ र समयमै उपचार गरी निको पार्न सकिन्छ ।

तर अध्ययनकर्ताहरूले यो अध्ययनको पुष्टि गर्न थप अनुसन्धान गर्नुपर्ने पनि बताएका छन् । बेलायतमा सामान्यतया ५० देखि ७० वर्ष उमेर समूहका महिलाको ३/३ महिनामा स्तन क्यान्सरको परीक्षण गरिन्छ ।

खासगरि परिवारमा स्तन क्यान्सरको इतिहास भएका महिलाहरूको ३/३ महिनामा नियमित परीक्षण गरिन्छ । शारीरिक वजन धेरै भएका महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ, तर अहिले यसकै आधारमा परीक्षण यति नै समयमा गर्नुपर्छ भनेर समय निर्धारण गर्न भने चिकित्सकले गर्न सकेका छैनन् ।

द करोलिंक्सा इन्स्टिच्युटले गरेको यो अध्ययनमा २ हजार १२ जना त्यस्ता महिला समावेश थिए, जसलाई सन् २००१ देखि २००८ बीच स्तन क्यान्सर भएको थियो ।
उनीहरूले प्रत्येक डेढ वर्षदेखि दुई वर्षबीच मेमोग्राम गरि स्तन क्यान्सर भए नभएको परीक्षण गराउने गरेका थिए ।

स्विडेनमा स्तन क्यान्सर परीक्षणका लागि यो समयको अन्तराल उपयुक्त मानिन्छ ।अनुसन्धानकर्ताहरूले उपचारका बेला स्तनमा भएको गाँठोको आकार र महिलाको बडी मास इन्डेक्स (शारीरिक वजन)को अध्ययन गरेका थिए ।

अध्ययनकर्ताहरूले बिएमआई (शारीरिक वजन) धेरै भएका महिलाहरूमा मेमोग्राम परीक्षणका बेला गाँठो पत्ता लागेको पाए । अध्ययनको नेतृत्व गरिरहेका डाक्टर फ्रेड्रिक स्ट्र्यान्डका अनुसार यस्तो मोटा महिलाको स्तन धेरै ठूला भएकाले गाँठो उत्पन्न भएको पत्ता लगाउन कठिन भएको हुनसक्ने वा उनीहरूको स्तनमा गाँठा तीव्र गतिमा बढेको हुनसक्ने बताए ।

बढेका गाँठाको पूर्वानुमान गर्न सजिलो हुँदैन । ‘अध्ययनको निष्कर्षले डाक्टरले बिरामीलाई स्तन क्यान्सरबारे जानकारी गराउँदा बडी मास इन्डेक्समा पनि ध्यान दिनु आवश्यक छ,’ डा. स्ट्र्यान्डले भने ।

उनका अनुसार अध्ययनले बडी मास इन्डेक्स धेरै भएका महिलाहरूले छिटो छिटो स्तन क्यान्सरको परीक्षण गराइरहनुपर्ने देखाएको छ । तर बेलायतको क्यान्सर रिसर्चर सोफिया लज भन्छिन्, ‘यो अध्ययनले स्तन क्यान्सर थाहा पाउन मेमोग्राम गराउनु पर्ने ठिक ठिक समयबारे भने कुनै तथ्य दिएको छैन ।’

उनी स्तन क्यान्सर पत्ता लगाउन गरिने परीक्षण मेमोग्रामका फाइदा र बेफाइदा दुवै रहेको बताउँछिन् । उनी कम उमेरका महिलामा स्तन क्यान्सर पत्ता लगाउन मेमोग्राम उपयोगी भएको बताउँछिन् । तर परीक्षण गराउने र परीक्षणबाट स्तन क्यान्सर भएका कतिपय महिला यस्ता पनि फेला परेको जसको परिवारमा कसैलाई स्तन क्यान्सर भएको थिएन – भन्छिन् उनी ।

The post मोटा महिलामा स्तन क्यान्सर भएको ढिलो थाहा पाइन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्वयुवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् । अध्यात्म र योगामा रमाउँछन् । योगेश ढकालको रिपोर्टः

झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्वयुवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् ।

०७१ चैतमा बैंककबाट फर्केपछि पारस बहिनी शीताष्मा (काका धीरेन्द्रकी छोरी)को घरमा बस्दै आएका छन् । पिता पूर्वराजा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसहित परिवारका सदस्यसँग उनको भेटघाट कमै हुने गरेको थियो । तर, पछिल्लो एक वर्षयता बाबुआमा र श्रीमतीसँगको भेटघाट भने बाक्लो भएको छ ।

पारस गत १५ असोजमा पत्नी हिमानीको जन्मदिनको कार्यक्रममा सहभागी भए । पारिवार र नजिकका आफन्तबीच मनाइएको उक्त कार्यक्रममा पारस र हिमानी केहीबेर सँगै नाचेका पनि थिए । उनीहरूलाई सँगै नाच्न नजिकका नातेदारहरूले माहोल मिलाइदिएको जानकार स्रोत बताउँछ । दसैँ–तिहार बुवाआमासहित परिवारसँग निर्मल निवासमै रमाइलो गरेर मनाए ।

अघिल्लो तिहारझँै यसपटक पनि बहिनी प्रेरणा सिंहबाट भाइटीका लगाए । अघिल्लो वर्षको भाइटीकाको तस्बिर सार्वजनिक गरेका पारसले यसपटक भने त्यसो गरेनन् । त्यसअघि गत चैतमा छोरा हृदयेन्द्रको जन्मदिनको कार्यक्रममा पनि परिवारका सदस्यसहित उनी सहभागी थिए ।

पारस–हिमानीबीच विगतको रुखो र तीतो सम्बन्ध मेटिँदैै गएको जानकारहरू बताउँछन् । सँगै नबसे पनि उनीहरूको सम्बन्धमा सुधार आउँदै छ । पारसले हिमानी ट्रस्टका लागि केही सहायतासमेत गर्दै आएका छन् ।

गत ६ असोजमा बाबु ज्ञानेन्द्र शाह र पत्नी हिमानी थाइल्यान्डबाट फर्केपछि पारसले परिवारका सदस्यसँग पहिलो सार्वजनिक भेट गरेका थिए । मुटुको समस्याले नर्भिक अस्पतालमा भर्ना भएका ज्ञानेन्द्र डिस्चार्ज हुने वेला पनि पारस हिमानीसँगै अस्पताल पुगेका थिए । त्यो घटना पारसको पारिवारिक सम्बन्धमा सुधार हुँदै छ भन्ने आधार पनि थियो ।

१३ पुसमा पूर्वराजा ज्ञानेन्द्र मध्यपश्चिम भ्रमणमा जान लागेको उनका निजी सचिव सागरराज तिमल्सिनाले बताए । पारस पनि उनीसँगै जाने हल्ला चलेको छ । पारिवारिक सम्बन्धमा केही सुधार भएकाले पारससँगै जान सक्ने हल्ला भएको हो । तर, अहिलेसम्म टुंगो भने नलागेको पारिवारिक स्रोत बताउँछ । खासमा ज्ञानेन्द्र नेपालगन्जमा सोल्टी होटेलको ब्रान्च उद्घाटन गर्न जान लागेको निकट स्रोत बताउँछ ।

सुटुक्क जान्छन् निर्मलनिवास
बैंककबाट फर्किएपछि सुरुका केही दिन पारस कुण्डलिनी निवासमा बसेका थिए । त्यसपछि बहिनी शीताष्माको घरमा बस्न थालेका हुन् । देखिनेगरी निर्मलनिवासमा खासै आवतजावत हुँदैनथ्यो ।

जानकारहरूका अनुसार पछिल्लो समय उनको निर्मल निवास आवतजावत पनि बढेको छ । तर, बस्ने गरी होइन । हिमानीसहित छोराछोरी भेट्न उनी निर्मलनिवास जान्छन् । उनीहरूको भेटबारे परिवारका सदस्यबाहेक अरूले सुइँकोसमेत पाउँदैनन् । स्रोतका अनुसार माता सविता सरुले पारस र हिमानीलाई सँगै बस्न नहुने सल्लाह दिएकी छिन् ।

शीताष्मा र पारसको परिवारका अन्य सदस्यको तुलनामा आत्मीय सम्बन्ध छ । बैंककको बसाइमा पारसका लागि खर्च जोहो गरी साथ दिने पनि शीताष्मा नै थिइन् । दाजु–बहिनीको प्रेमपूर्ण सम्बन्धकै कारण परिवारका अन्य सदस्यको भेटघाट पातलो हुँदा पनि पारस शीताष्माकै घरमा बस्दै आएका छन् ।

बैंककबाट फर्केपछि बहिनी प्रेरणा सिंहको घरमा बस्ने पारसको योजना थियो । त्यो सम्भव नभएपछि उनी कुण्डलिनी क्लब हुँदै शीताष्माको घर जीवनकुञ्जमा बसे । १२ वैशाख ०७२ मा भूकम्प आएका कारणले जीवनकुञ्जमा असर परेपछि शीताष्माको परिवार त्यहाँबाट सर्नुपर्ने भयो । विकास राणाको घर भाडामा लिएर शीताष्माका परिवार ललितपुरको सुनाकोठीमा बसेका थिए । पारसका साथी वेदनाथका अनुसार अहिले पनि पारस शीताष्माको घरमै बस्दै आएका छन् ।

अध्यात्म र योगमा रमाउँछन्
विगत एक वर्षदेखि पारसको स्वास्थ्य स्थिर छ । बैंककमा रहँदाभन्दा स्वास्थ्यमा सुधार भएकाले पारसले हरेक दिन योगा र ध्यानलाई निरन्तरता दिएका छन् । पारसका साथी प्रभञ्जन सिंहका अनुसार उनी बिहान ५ बजे उठिसक्छन् र योगा तथा ध्यान गर्छन् । कहिलेकाहीँ बुढानीलकण्ठ स्कुलमा फुटबल खेल्छन् भने कहिले गोकर्णमा गल्फ खेल्न पुग्छन् । तर, नियमित भने नजाने सिंहको भनाइ छ ।

पारस राजनीतिकभन्दा पनि आध्यात्मिक पुस्तकमा बढी रुचि राख्छन् र प्रभञ्जनबाट योगी व्यग्र वेदनाथ भएका सिंहसँग आध्यात्मिक बहसमा बढी केन्द्रित भएर छलफल गरिरहेका हुन्छन् । सोहीकारण पारस आर्ट अफ लिभिङदेखि पूर्वीय दर्शनका सन्त–महन्तसँगको छलफल एवं अन्तक्र्रियामा जोड दिइरहेका छन् । मित्रहरूका अनुसार पारस अध्यात्म र हिन्दू धर्मदर्शनका मौलिक पक्षलाई विश्वभर विस्तार गर्नुपर्छ र त्यसको संरक्षणमा जोड दिनुपर्छ भन्नेमा बढी चासो राख्छन् ।

नियमित स्वास्थ्य जाँच
पारस नियमति स्वास्थ्य जाँच गर्छन् । शीताष्माको निवासबाटै फलोअपका लागि अस्पताल जाने गरेका छन् । स्वास्थ्य सुधार भएकाले गतवर्ष खप्तड भ्रमणमा गएका उनी पछिल्ला दिनमा भने लामो यात्रामा निस्केका छैनन् ।

नर्भिक अस्पतालमा उनले नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । पारसका मित्रहरूको भनाइमा उनी कहिलेकाहीँ हजुरआमा रत्नलाई भेट्न नारायणहिटी पुग्छन् । ०७२ वैशाख पहिलो साता गम्भीर बिरामी भएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल पु¥याइएको थियो । त्यसपछि उनी निरन्तर चेकअपमा छन् ।

पारसको स्वास्थ्यमा सुधारभन्दा पनि स्थिरता भएकाले उनी खास मोटाउन पनि सकेका छैनन् । कमजोर स्वास्थ्यका कारण उनी पातलो, अग्लो र ख्याउटे देखिन्छन् । बैंककबाट फर्किंदाको वेलाभन्दा भने केही मोटाएका छन् । स्रोतका अनुसार पारसले अहिले लामो कपाल ‘स्ट्रेट’ गरेका छन् । लुक्स चेन्ज भएको छ ।

रक्सी पिउन कम गरे
आध्यात्मिकताको साथै योगा र ध्यानमा लागेका पारस पहिलाजस्तो रक्सी पिउँदैनन् । तर, पूरै छाडेका पनि छैनन् । पिएर झै–झगडा गर्ने काम भने पारसबाट हुन छाडेको छ । योग र प्राणायाम गर्ने बानी विकास गरेका छन् ।

खानपिनमा सुधार गरेका छन् । ‘खानपानबाट स्वास्थ्य सुधारमा ध्यान दिएका पारस सन्तुलित भोजनका साथै ‘सोसल ड्रिंक्स’बाहेक मदिरा सेवन गर्दैनन्,’ स्रोतले भन्यो । पारसले मासु खान पनि कम गरेका छन् । पहिला योग उनकै साथी प्रभञ्जन सिंह अर्थात् वेदनाथले सिकाएका थिए । उनी पहिलाजस्तो रक्सी पिएर रिसाउने, उद्दण्ड शैली देखाउनेभन्दा पनि सामान्य कुराकानीमा रमाउने गरेका छन् । तर, खुलेर धेरै कुरा भने कसैसँग पनि गर्दैनन् ।

जन्मदिनको तयारी
१५ पुसमा पूर्वयुवराज पारस शाहको जन्मदिन हो । त्यस दिनको औपचारिक कार्यक्रम अहिलेसम्म सार्वजनिक भएको छैन । तर, शीताष्माको निवासमै जन्मदिन मनाउने तयारी छ । बेलुकीको डिनर कार्यक्रम के हुने भन्ने टुंगो अझै नलागेको स्रोत बताउँछ ।

बिहान र दिउँसो भने शीताष्माको घरमै पारसले आफन्त र उनीनिकटका साथीको शुभकामना ग्रहण गर्ने कार्यक्रम रहेको पारसका साथी योगी व्यग्र वेदनाथले बताए । ‘अहिलेसम्म त घरमै जन्मदिन मनाउने भन्ने कार्यक्रम छ र केही साथीहरूले नेवारी कल्चरअनुसार जन्मदिन मनाउने भन्ने कुरा पनि गरेका छन्,’ वेदनाथले भने ।

मठमन्दिरको दर्शन
१ जनवरी २०१७ मा पूर्वयुवराज पारस दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा नयाँ वर्षको रमझममा झुमेका थिए । वर्षको आरम्भ रमाइलो गरेर सुरु गरेका उनी सन् २०१७ को अन्त्यसम्म आइपुग्दा त्यति चर्चामा र विवादमा आएनन् । कुनै ठूला कार्यक्रममा पनि सहभागी भएनन् । केही सीमित साथीभाइसँग डिस्को जाने, होटेलका कार्यक्रममा सहभागी हुनेबाहेक पारस २०१६ को जति सक्रिय भएनन् ।

सन् २०१६ मा पारस निकै सक्रिय बनेका थिए । आध्यात्मिकदेखि सांगीतिक कार्यक्रमसम्ममा उनको सहभागिता बाक्लो थियो । सन् २०१७ मा भने बाहिरी घुमघाममा खासै रुचि देखाएनन् । यद्यपि, केही आध्यात्मिक भ्रमण भने गरे ।

पारस आध्यात्मिक बाटोमा क्रियाशील रहेको उनका साथी वेदनाथले बताए । उनले यहीबीचमा बहिनी शीताष्माका साथ ललितपुरको बंगलामुखी मन्दिर, रुद्रायणीदेवी, दक्षिणकाली र पशुपति दर्शन गरे । त्यसो त पारस गतवर्ष योगी व्यग्र वेदनाथसहितको टोलीसँग खप्तडबाबाको दर्शनका लागि खप्तड क्षेत्र पुगेका थिए ।

पारस-हिमानी कहिले हाेलान सँगै ?
६ असार ०७४ मा पारस र हिमानी सँगै नर्भिक अस्पताल पुगेको सन्दर्भ हेर्दा अहिले पारस र हिमानीको सम्बन्धमा सुधार भएको मान्न सकिन्छ । पछिल्ला दिनमा उनीहरूको सम्बन्ध बिग्रिएको समाचार पनि बाहिर आएका छैनन् । पारसनिकट स्रोतका अनुसार हिमानीसहित छोराछोरीसँगको भेटघाट पनि पहिलाभन्दा बाक्लिएको छ । पछिल्ला दिनमा पारसको स्वास्थ्य स्थिर रहेका कारणले पनि उनीहरूको भेटघाट बाक्लिएको हो ।

माता सविता सरुले ग्रहदशा बिग्रिएकाले पारस र हिमानीलाई सँगै नबस्न सुझाएकी छिन् । त्यही सुझाबअनुसार उनीहरू एकसाथ नबसेको दरबार निकट स्रोत बताउँछ । निर्मल निवासलाई थरिथरि मान्छेले दिने अनेकथरि सुझावका कारण पनि परिवारसँग पारसको औपचारिक मिलन नभएको जानकारहरू बताउँछन् ।

पारसका मित्र प्रभञ्जन सिंहले थरीथरीका सुझाबहरू दरबारमा गइरहेकाले पनि राजपरिवारका सदस्यहरूबीच बेमेल भएको बताए । माताहरूले पारस र हिमानी छुट्टाछुट्टै बस्न भनेको डेढ वर्ष बितिसक्यो ।

– नयाँ पत्रिकाबाट

The post पत्नी हिमानीसंग सम्बन्ध सुमधुर बनाउँदै पुर्ब युबराज पारस , सुटुक्क जान्छन् निर्मलनिवास appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

यस्तो पनि वेश्यालय, जहाँ यौनप्यास मेटाउन ग्राहकले पैसा तिर्नु पर्दैन

एजेन्सी । वेश्यालय भन्दा पैसा तिर्ने पर्ने हुन्छ । आफ्नो यौन प्यास मेटाउन वेश्यालय जाँदा पैसा नतिरेरै जान पाईन्छ भन्दा अचम्म लाग्न सक्छ । तर दुनियाँमा एउटा यस्तो वेश्यालय पनि छ जहाँ ग्राहकले पैसा नतिरिकनै यौनक्रिडा गर्न पाउँछन् ।

उक्त वेश्यालयका यौनकर्मी महिलाहरुले यौनकर्म गरेबापत आफ्ना ग्राहकबाट रकम असुल्दैनन् । बस्, त्यहाँ ग्राहकले एउटा शर्तको पालना गर्नुपर्दछ ।

स्लोभाकियामा एउटा यस्तो वेश्यालय रहेको छ । उक्त वेश्यालयको सेवा लिनका लागि धेरै मानिसहरु तछाडमछाड गर्दछन्। किनकि त्यहाँ सित्तैमा सम्भोग गर्ने मौका छ । तर उक्त वेश्यालयमा सम्भोग गर्न चाहने पुरुषहरुले एउटा शर्त पालना गर्नुपर्दछ । जुन सर्त जोकोहीलाई स्वीकार्य नहुनसक्छ ।

वेश्यालयका यौनकर्मी महिलासँग सेक्स गरेको भिडियो खिच्ने शर्तमा मात्र त्यहाँ सित्तैमा सेक्स गर्न पाइन्छ । त्यसरी खिचिएको सेक्स भिडियो जुनसुकै बेला व्यवसायिक रुपमा बिक्री वितरण गर्न सकिनेछ ।

The post यस्तो पनि वेश्यालय, जहाँ यौनप्यास मेटाउन ग्राहकले पैसा तिर्नु पर्दैन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

एजेन्सी। यी युवती यतिसम्म सुन्दर छिन् कि देख्ने मान्छे सुरुमै मोहित हुन सक्छ । तर यी युवती एक खतरनाक अपराधी हुन् । क्यानडाकी स्टेफनी बेयुदोइनमाथि चोरी, डकैती र अबैध हतियार राख्ने जस्ता गम्भीर आरोप लागिसकेका छन् । उनलाई अदालतले सजाय तोकेपछि उनलाई संसारकै सबैभन्दा हट अपराधी पनि भनिएको थियो ।

२४ वर्षकी यी क्यानडाली युवतीमाथि ३९ घरमा चोरीसहित गैरकानुनी रुपमा हतियार राखेको गरी कूल ११४ मुद्दामा सजाय सुनाइएको थियो । उनलाई गतवर्ष अदालतले ९० दिनको जेल सजाय सुनाएको थियो ।

आश्चर्यजनक कुरा त के भने उनी जेलमा हरेक हप्ताको शनिबार र आइतबार मात्र बस्नु पथ्र्यो । बाँकी दिन उनी मजाले बाहिर घुम्न सक्थिन् । रिपोर्टका अनुसार यी युवतीले चोरीको लागि १३, १४ र १७ वर्षका तीन किशोरलाई प्रयोग गरेकी थिइन् । गिरफ्तार भएपछि स्टेफनीका कैयौं फोटोहरु सामाजिक संजालमा भाइरल भए ।

उनको सुन्दरता देखेर मोडलिङदेखि हलिउड फिल्ममा सम्म अफर आएका थिए । २०१५ मा उनलाई एक म्यागजिनले ‘सेक्सी थिफ’को उपमा दिएको थियो । पछि उनको मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशले यो ट्याग लगाउन प्रतिबन्ध लगाइदिएका थिए ।

The post यी हुन् संसारकै सबैभन्दा सुन्दर अपराधी : अदालतले पनि दियो अनौठो सजाय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

पुस १६– उत्तर कोरियाको लागि तेल लिएर गएको अर्को जहाज दक्षिण कोरियाले कब्जामा लिएको जनाएको छ ।

‘कोटी’ नाम गरेको पानामाको झण्डा भएको ५ हजार १ सय मेट्रिक टन तेल बोकेको ट्याङ्कर प्योङ्टेक भन्ने बन्दरगाहमा राखिएको बेला दक्षिण कोरियाले कब्जामा लिएको जनाएको छ ।

दुईदिन अगाडि मात्रै चिनेले उत्तर कोरियामा तेल आपूर्ती गरेको भन्दै तेल बोकेको जहाजलाई दक्षिण कोरियाले कब्जा लिएको थियो ।

अहिले कब्जामा लिएको जहाजमा चाइनिज र बर्मीज क्रिउ रहेको दक्षिण कोरियाको न्युज एजेन्सी योन्ह्यापले जनाएको छ । उत्तर कोरिया बिरुद्व आणविक परिक्षण रोक्न तेल आपूर्तीमा सयुक्त राष्ट्रसंघले प्रतिबन्द लगाएको छ ।

The post उत्तर कोरियाका लागि तेल लिएर हिँडेको जहाज दक्षिण काेरियाकाे कब्जामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नु होस ।

नचिनेका केटा वा केटी सिधै सिक्वोइस्ट एसेप्ट गर्दा तपाईको फ्रेण्ड यौन व्यवसायी पनि पर्न सक्ने संभावना छ । किनकी अचेल मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ ।

फेस बुकका पहिले हलोहाई भन्ने बिस्तारै पारिवारिक र आर्थिक अवस्थासम्म कुराकानी हुने र पछि फोन मार्फत भेट्ने कुरासम्म पुग्ने गरेको एक यौन व्यवसायी बताउछन ।

यौन व्यवसायमा लागेका महिला वा पुरुष फेस वुक वा इन्टरनेटको माध्यमबाट मोलमोलाई देखि भेट्ने स्थानसम्मका कुरा तय गर्छन । यसरी समाजिक सञ्जाल मार्फत व्यवसाय चल्न थालेपछि यो व्यवसायमा बिचौलियाको प्रभाव घट्दै गइरहेको छ ।

उमेर ढल्केका केही यौनकर्मी अझै पनि युवायुवतीको बिचौलिया बनेर कमाई गरिरहेका पनि छन । तर तिनीहरुको संख्या एकदमै कम छ अहिले । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ ।

पढेलेखेकाले त अहिले ग्राहकसंग विदेशबाट गिफ्टसमेत मगाउँछन् । राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यौन व्यवसाय फस्टाउदो छ । यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन ।

मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले राजधानीमा मात्र ३० हजार यौनकर्मी महिला रहेको औंल्याएको छ ।

तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्यो भन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् ।

पहिलो श्रेणीका यौनकर्मी जो महंगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौनकर्मिको कमाइ महिनामा कम्तिमा डेढदेखि दुई लाखसम्म हुन्छ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् ।

ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरे मात्र उनीहरु व्यवसायमा जान्छन् । उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरु थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाख देखि डेढ लाख आसपास हुन्छ । तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् ।

उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ ।

यसमा पनि यौनकर्मिको उमेर, , सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले यो भन्दा बढी पनि कमाउछन् । चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् ।

उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् ।

उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हुदैन । घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौन बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् । यिनै यौनकर्मीमा एड्सको खतरा बढी रहेको पाइएको छ ।

पैसाको लोभमा कण्डमको प्रयोग नै नगरि यौन सम्पर्क राख्दा एचआईभीको जोखिम हुन्छ । यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डा. खेम कार्कीका अनुसार नेपालमा असुरक्षित यौन सम्पर्कका कारण ९० प्रतिसतलाई एचआईभी संक्रमत भएको पाइएको छ ।

उमेर ढल्कदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरै जसो प्रौढ योनकर्मिमा डिप्रेसनको समस्या हुन्छ । पहिले बिन्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिदै गएपछि उनीहरुको कमाईको श्रोत घट्दै जाने हुनाले उनीहरुलाई खर्चको जोहो गर्न मुस्किल पर्छ ।

राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । एक यौन व्यवसायीका अनुसार यी सबै ठाउँंमा गरेर महिनामा करिब ५० करोडांै रुपैयाँबराबरको कारोवार हुन्छ ।

निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मिका ग्राहक हुन् । नेपालमा हुने यौन व्यवसायमा हुने करोडौं आम्दानी आखिर कहाँ खर्च भइरहेको छ त ?

यौनकर्मी (महिला वा पुरुष) ले कमाउने करोडौं रुपैयाँ कहाँ लगानी गरिरहेका छन् त ? मोजमस्तीमै उडाइरहेका छन् त ? कि उत्पादनमूलक काममा खर्च गरिरहेका छन ? यी प्रश्नको उत्तर सहज छैन ।

यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार अधिकांश यौनकर्मी महिलाको आम्दानी फजुल खर्च भइरहेको छैन ।

उनीहरूको आम्दानी आफ्ना बालबालिकाको पढाइमा, परिवारको लालनपालनमा खर्च हुने गरेको छ । त्यसबाट बचेको केही रकममात्र उनीहरुले भविष्यका लागि बचत गर्ने गरेका छन् ।

ढकाल भन्छिन, नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका यौनकर्मी महिला पढेलेखेका छैनन् । उनीहरू कुनै न कुनै बाध्यता र विवशताले यो पेसामा आएका छन् । त्यसैले उनीहरू आफूले कमाएको पैसा आफ्ना बालबालिका र परिवारका सदस्यको शिक्षादीक्षाका लागि खर्च गर्ने गरेका छन् ।

ताकि भोलिका दिनमा आफ्ना सन्तानले यौन व्यवसाय गर्नु नपरोस् । यसका अलावा घरपरिवार, आमाबुबाको पालनपोषण, औषधिउपचारमा पनि खर्च हुने गरेको छ ।

आफूले लुकेर, तिरस्कार सहेर, कमाएको पैसा परिवारको र बालबच्चाको पढाइमा खर्च गरे पनि पछि तिनै परिवारका सदस्य र छोराछारीको लाञ्छना सहनुपर्दा भने उनीहरूलाई असह्य हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक अर्की यौनव्यवसायी बताउछिन् ।

पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अंगाल्ने युवतीको संख्या बढ्दै गइरहेको बिजया बताउछिन् । शहरमा हाइफाई जिवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाई का लागि भनेर पठाएको सिमित खर्चले पुग्ने अवस्था नभएपछि उनीहरु यो व्यवसायमा आउने गरेको पाइएको उनको बुझाई छ ।

राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हालेपनि न्युनतम तलवले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रुपमा उनीहरुले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । – दैनिकनेपालबाट

The post आजकाल राजधानीमा फेसबुकबाटै हुन्छ यौन व्यवसाय ! यौनकर्मीले यसरी गर्छन सम्पर्क … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

झापा, १६ पुस । झापा जिल्लामा बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय विजयबहादुर मगर र सोही स्थानका १७ वर्षीय नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय अनारमनीले शनिबार सार्वजनिक गरेको हो ।

मितआमालाई भेट्न इलामबाट आएकी ३५ वर्षीया एक महिलालाई उनीहरूले खुकुरी देखाएर जबरजस्ती गर्ने प्रयास गरेका थिए । घटनामा संलग्न अर्का एकजना फरार रहेको र प्रहरीबाट उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितको पहिचान भने प्रहरीले गोप्य राखेको छ ।

पीडित महिलालाई बिहीबार मितआमाको भाइले मोटरसाइकलमा इलाम पुर्‍याउने क्रममा अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरीबन्धु चिया बगानमा ती युवकले खुकुरी देखाई मोटरसाइकल रोक्न लगाएको प्रहरीको भनाइ छ ।

ती युवाले उनीहरूलाई कुटपिट समेत गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार ती महिला र उनका मितआमाको छोरा ‘भाइ’लाई चुम्बन गर्न लगाएर उनीहरूले भिडियो खिचेका र त्यसैका आडमा पैसा असुल्ने प्रयास गरेका थिए । तीन जनाले पीडित महिलाको कपडा खोलेर जबरजस्तीसमेत गर्न खोजेको प्रहरीले जनाएको छ ।

उनीहरूले बनाएको अश्लील भिडियो आफूसँग रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताएका छन् । भिडियो बनाइसकेपछि ती युवाले आफूहरूले भनेजति पैसा नदिए भिडियो फेसबुक तथा अन्य सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्कीसमेत दिएका थिए । dainiknepal बाट

The post अश्लील भिडियो बनाएर भयो यस्तो चर्तिकला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

पक्राउ पर्नेमा झापा मेची नगरपालीका वार्ड नं. ७ घर भई सुनवर्षि नगरपालिका ३ माईतिघर बस्दै आएकी २४ वर्षिय सृजना तिम्सीना (विष्ट) रहेकी छन् ।इलाका प्रहरी कार्यालय रंगेलीले आईतवार बिहान सुनवर्षि नगरपालिका ३ भेलाई टोल स्थित खोल्सामा शालनालसहित मृत अवस्थामा नवजात शिशु फेला पारेको थियो ।

घटना थाहा पाएलगतै प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संजिबबाबु खड्काका अनुसार तिम्सीनालाई सुनवर्षि नगरपालिका ३ स्थित माईती घर पक्राउ गरेको बताए ।
प्रहरीका अनुसार अबैध रुपमा गर्भ रहेकाले नवजात शिशुलाई जन्म दिएर फालेको अनुसन्धान बाट खुलेको जनाएको छ । प्रहरीले तिम्सीना विरुद्ध कर्तव्य ज्यान मार्ने मुदा चलाइने जनाइएको छ । medianp बाट

The post शालनालसहितको नवजात शिशुलाई फालेर बेपत्ता भएकी सृजना अन्तत प्रहरीको फन्दामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

एजेन्सी – बलिउडका चर्चित नायक वरुण धवनले बिहे गर्ने भएका छन् ।भारतिय मिडियाका अनुसार लामो समय देखि प्रेम सम्वन्धमा रहेका वरुणले आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेको बताइएको छ । बिहे गर्नकै लागी बरुणले मुम्बईमा घर किनिसकेको पनि बताइएको छ।

विवाहको तयारीमा पुरा परिवार लागि सकेको र उनीहरुले आगामी वर्ष २०१८ मा बिहे गर्न लागेका छन् ।बलिउडमा बद्रीनाथ की दुल्हनिया र जुड़वा – २ जस्ता हिट फिल्ममा काम गरेका बरुण प्रेमिका नताशासँगको सम्बन्धका कारण पनि चर्चामा रहेका थिए ।

The post नायिका अनुष्कापछि बलिउडका चर्चित नायक वरुण धवनले पनि प्रेमिका नताशासँग बिहे गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

जेन्सी। तपाईले सडकमा हिँडिरहेका युवती र महिलाहरुलई जिस्काउने बानी त छैन ? यदी छ भने त्यस्तो बानी आज नै छाडिदिनुहोस् । किनकी सबै महिला एउटै स्वभावका हुँदैनन् । जुन पुरुषले सँधै अश्लिल शब्द र विभिन्न ठाउँमा महिलाहरूलाई जिस्क्याउने, उनीहरूप्रति हेरेर अश्लील संकेत गर्ने वा उनीहरूलाई सुनाएर द्विअर्थी कुरा गर्दा पनि चुप लागेर बस्ने ।

यसैबिच दक्षिण पश्चिम ब्राजिलस्थित रिबेइरो प्रेतो नामक सिटी सेन्टर अगाडि उभिएर विज्ञापन पर्चा–पम्पलेट बाँडिरहेको बेला एक युवकले लगातार एक युवतीलाई जिस्क्याइरहेपछि ति युवक बिरुद्ध ति युवती जाइलागेकी हुन् । जुन घटना घटिरहँदा सडकमा उभिइरहेका मानिसहरुले उक्त दृश्यको भिडियो बनाए । जसमा ती महिलाले युवकलाई आफ्नो खुट्टाले च्याँपिरहेकी छन् । केही बेरपछि ती युवती रिसको झोँकमा युवकमाथि चिच्याउँदै आफ्नो टी सर्ट फुकाल्छिन् अनि पहिले हातले र पछि नाङ्गा स्तनहरूले युवकको गालामा दुईतर्फी प्रहार गरिरहेको देख्न सकिन्छ ।

The post सिटी सेन्टर अगाडि उभिएर जिस्काउने युवकलाई किशोरीले टिर्सट खोलेर आफ्ना दुवै स्तनले गाला गालामा हानिन् झापड, भिडियो बन्यो भाइरल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

सामाजिक संजाल मार्फत रबि लामिछाने बिरुद लेख्दै र बोल्दै आएका मुकुन्दे घिमिरेले फेरी आज अर्को स्टाटस यस्तो लेखेका छन् :

दुईटी स्वास्नी माथि हिरोनीहरु पनि उसैलाई चाहिने, अझै कामुक भएर मिडियामा बलात्कारका कुरा गर्न पाइने, कुरा लाउने पत्रकार नाथेले पाउने चरमसुख त्यति नै हो, झट्टै मेरो नेपाल छोडीहाल मुकुन्देको कुरा यति नै हो।😈
जनआस्था साप्ताहिक; मङ्सिर २७, २०७४

हेर्नुहोस यसै संदर्बमा बेलायतबाट ३ करोड नेपालीको आवाज बोल्दै हाम्री चेली मुकुन्देलाइ कडा जबाफ सहित भिडियो :

नमस्कार !सम्पूर्ण आदरणीय आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरु!म लोक गायक नीलमणी भण्डारी! हाम्री नेपाली चेली अष्टमी गुरुङलाई मायाँ गर्नुहुन्छ भने, हजुरहरु सबैले यो भिडियोलाई एक एक शेयर गरीदिनुहोला भन्न चाहन्छु। यो गीत सुनेपछि हजुरहरुको पनि रगत अवश्य तात्नेछ, र हामी सबै नेपालीको चाहना पनि यही हो, स्वर्गीय बहिनी अष्टमी गुरुङको आत्माले शान्ति पाओस् अनि, यो अत्यन्तै दुःखको घडिमा अष्टमीका शोक शन्तप्त परीवालाई सम्वन्धीत् निकायबाट न्याय मिलोस ।।।।

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका छन् ।

मुकुन्दे नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन्त । रबि लामिछाने एक पत्रकार हो पत्रकारले दोषीलाई कार्भई गर्ने हैन कर्भई गर्नका लागि प्रहरी छन् भन्दै रबि लामिछाने प्रति बिरोधि भएका छन् । मुकुन्देको यो कुरालाई लिएर जनता अहिले मुकुन्दे बिरुद्ध उत्रिएका छन् । यस्तै कलाकार गायक नीलमणि भण्डारीजी पनि आफ्नो संगीत केहि सब्द हरु कोरेर ३ करोड नेपाली हरु माझ पुराउन को लागि यो लाइव भिडियो मार्फत आफ्नो आवाज गित को माध्यम बाट लियर आउनु भएको छ , तल भिडियोमा हेर्नुहोला ।

The post दुईटी स्वास्नी माथि हिरोनीहरु पनि उसैलाई चाहिने भन्दै मुकुन्देले गर्यो रबिमाथि कडा प्रहार भिडियो जबाफ सहित !! appeared first on Taja nepali news.

http://ift.tt/2r2xWhS

It is not only in the Nepali movie industry, divorce among Nepali couple has been in the increasing trend these days. This might be because, compromising is not in the cards of today’s youth. I think, there is nothing wrong to get out of the relationship that is not working out. But, divorce also brings a lot of pain and problems to the both the couple involved. The traditional Nepali society has made it even worse by tagging them ‘bad example’ to the society. Here in this interview , Suleman Shankar who is well known as ‘Iku’ in Nepali film industry shared his personal feelings and bitter experience about the life. Watch this interview here:भिडियो

The post श्रीमती र पैसाले एकैपटक धोका दिँदा ईकुको यस्तो हालत, आफ्नो वेदना सुनाउदै भावुक बने इकु (भिडियो)- appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

सवारी चालक अनुमती लिन तपाई अलमलमा हुनुहुन्थ्यो ? अव चिन्ता लिनु पर्दैन आज बाट सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गत मंसिर १ गतेदेखि बन्द भएका सबै सेवा आज बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालयले नयाँ फारम आजदेखि भर्न थालिएको जनाएको छ । कार्यालयले गएको ३ गतेदेखि २९ गतेसम्म रिट्रायलको राजश्व तिरेकाको ट्रायल परीक्षा आउँदो आइतबार लिने जनाएको छ ।

यस्तै बिहीबार र शुक्रबार अनलाईन फारम भरेकालाई भने आइतबार लिखित परीक्षा लिइने जनाएको छ । सवारी चालक अनुमती लिन तपाई अलमलमा हुनुहुन्थ्यो ? अव चिन्ता लिनु पर्दैन आज बाट सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गत मंसिर १ गतेदेखि बन्द भएका सबै सेवा आज बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालयले नयाँ फारम आजदेखि भर्न थालिएको जनाएको छ । कार्यालयले गएको ३ गतेदेखि २९ गतेसम्म रिट्रायलको राजश्व तिरेकाको ट्रायल परीक्षा आउँदो आइतबार लिने जनाएको छ । यस्तै बिहीबार र शुक्रबार अनलाईन फारम भरेकालाई भने आइतबार लिखित परीक्षा लिइने जनाएको छ ।
खुसिको खबर :: लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु…..
ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ‘रोड टेस्ट’पछि मात्रै लाइसेन्सका लागि यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्ने जनाएको छ । महाशाखा प्रमुख डीआईजी मिङ्मार लामाका अनुसार रोड टेस्टका लागि आवेदकले एक घण्टा रोडमा सवारी कुदाउनुपर्नेछ । यसअघि ट्रायल पास भएपछि लाइसेन्स दिइन्थ्यो ।

काठमाडौंमा बढ्दो धूलो कम गर्न उपत्यकाका चारवटै नाकामा वासिङ सेन्टर राखिने डीआईजी लामाले जानकारी दिए ।साभार सवारी चालक अनुमतिपत्र ( लाइसेन्स ) लिने तयारीमा हुनुहुन्छ ? हो भने, अब नयाँ शैलीको ‘ट्रायल पास’ गर्नुपर्नेछ । यातायात व्यवस्था विभागले सवारी र ट्रफिक ज्ञानको प्रभावकारिता बढाउन बैशाख ८ देखि लागु हुने गरी नयाँ मापदण्ड बनाएको हो । यसकै तयारीका लागि चैत २६ देखि लाइसेन्स परीक्षाको आवेदनसमेत बन्द छ । पुरानो शैलीको दुई पांग्रेले डन्डी छलाउने र चार पांग्रेले ‘टी सेप’ कटाउने विधि बदलिएको हो । ५ वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएर अब अंग्रेजी अंक ‘आठ’ आकारमा घुमाउनु पर्नेछ । त्यसपछि ठाउ ठाउमा राखिएका स्पीड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ । त्यस्तै उकालो र ओरालोमा समेत चलाउनु पर्नेछ । परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ । चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ । ‘यू’ टर्नमा साइट लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ । पाँच मिनेट तोकिएको ‘आठ’ आकारको दूरी पूरा गर्नुपर्नेछ ।

चार पाङग्रेमा सिट बेल्ट, ऐना, संकेत, स्टार्ट, एक्सिलेटर, ब्रेक, क्लज र ब्याक गियरको प्रयोग तथा मोडने तरिकाको परीक्षण गरिन्छ । दुई पाङग्रेको नया बानेश्वर स्थित ट्रलीबस कार्यालय पछाडि र चार पाङग्रेको साल्ट ट्रेडिङ अगाडि प्रयोगात्मक परीक्षा हुनेछ । ट्राफिक लाइटमा समेत सवारी चलाएर नियम उल्लंघन गर्न थालेपछि प्रयोगात्मक परीक्षास्थलमा लाइटको व्यवस्था गरिएको छ । विभागका महानिर्देशक सरदचन्द्र पौडेलका अनुसार परीक्षा निगरानी गर्न र अनियमितता हुन नदिन उच्चस्तरको सिसि क्यामरासमेत जडान गरिएको छ, जसको अभिलेख लाइसेन्स जारी नहुदासम्म सुरक्ष्ाित राखिनेछ । लाइसेन्स परीक्षा समितिले जारी गरेको नजिता चित्त नबुझे सीसीक्यामराले खिचेको भिडियो समेत दखाइने उनले बताए । नया व्यवस्था अनुसार लाइसेन्स लिने चालक परिपक्व हुने ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए ।

के भए फेल ?

दुई पाङग्रे

-हेलमेट नलगाइ, ऐना नमिलाई र साइट लाइटको प्रयोग नगरी स्टार्ट गरे
-आठ आकारको लाइन भन्दा बाहिर सवारी लगे-
-यू टर्नमा साइट लाइट प्रयोग नगरे-
-ट्राफिक संकेत पालना नगरे-
-दुई वा बढी पल्ट स्टार्ट बन्द भए

चार पाङगे

-सिट बेल्ट नबाँधे, पछाडि दायाबाया हेर्न सिसाको परीक्षण नगरे, साइटलाइट नबाली स्टार्ट गरे–
-आठ आकारको लाइन भन्दा बाहिर गए
-स्पिड ब्रेकरमा रोकिए वा स्टार्ट बन्द भए-
-यू टर्नमा साइट लाइटको प्रयोग नगरे
-ट्राफिक संकेत पालना नगरे
-ग्यारेज पार्किङ गर्दा लाइन भन्दा बाहिर परे
-दुई वा बढी पल्ट स्टार्ट बन्द भए

The post लाइसेन्स नभएकालाई खुसिको खवर, आठ घुमाउनु नपर्ने, सुरु भयो यस्तो सजिलो ब्यबस्था appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौं, १६ पुस । नेपाली चलचित्र क्षेत्रमा ‘मोस्ट भ्यालुयबल स्टार’ को छवि बनाएका अनमोल केसी अभिनित चलचित्र ‘कृ’को पहिलो गीत ‘यति यति पानी’ सार्वजनिक गरिएके छ ।

आउँदो माघ २६ गते प्रदर्शनमा आउन लागेको सो चलचित्रको सार्वजनिक गरिएको गीतमा अल्मोडा राना उप्रेती र मिस्टर राजेको स्वर रहेको छ । राजेन्द्र भट्ट (मिस्टर आरेजे)को शब्द सृजना र संगीत रहेको सो गीतको एरेन्ज भने अल्मोडा राना उप्रेतीले गरेका छन् ।

सुरेन्द्र पौडेलको निर्देशन रहेको ‘कृ’ मा अनमोल केसीसँग अदिती बुढाथोकीले अनस्क्रिन रोमान्स गरेकी छन् । चलचित्रमा अनुपविक्रम शाही पनि मुख्य भूमिकामा देखिँदैछन् ।

The post अनमोल अभिनित चलचित्र ‘कृ’को पहिलो गीत ‘यति यति पानी’सार्वजनिक हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौं– यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा धेरै सवारी चालक अनुमतीपत्र (लाइसेन्स) खारेज हुने भएको छ।

लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ।बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो एक वर्षमा राजधानीका यातायात कार्यालयहरुबाट ३ हजार भन्दा धेरै लाइसेन्स वितरण गरिएका छन्। तीमध्ये करिब ९० प्रतिशत नक्कली कागजपत्रका आधारमा वितरण भएको विभागकै छानबिनमा खुलिसकेको छ।

‘नक्कली कागजपत्रका आधारमा जारी भएका सबै लाइसेन्स खारेज हुनेछन्,’ ।

The post २५ सय लाइसेन्स खारेज गर्दै यातायात कार्यालय, कतै तपाई त पर्नु भएन ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

एकाबिहानै एकजना नाम चलेकै टुइटे डा. एलिया अर्यालले आफ्नो Tweeter मा येस्तो लेख्दै चर्चित पत्रकार रवि लामिछाने माथि यस्तो गम्भिर आरोप लगाएकी छिन उनको आरोप तल जस्ताको तस्तै हेर्नुहोस र एलियाको ट्विटमा रवि स्वयंले पनि रिप्लाई गरेका छन् ।

“रबि लामिछाने कानुनको पालना गराउदै हिड्छन तर उनले पनि कानुन मान्नुपर्यो उनी चै दुई_दुई ओटी श्रीमती बिहे गर्दा बहु बिहेमा जेल जानू नपर्ने के नेपाली मुलका अमेरिकन भएकैले छुट पा हो यदि इमानदार भए जेल जाउ कानुन पालना गर कि पहिला म फटाहा थिए अहिले सुदृण चाहन्छु भनेर जनतासग माफी माग।”

जहाँ रविले रिप्लाई यस्तो गरेका छन् “हर पागलहरुको ठेक्का कहॉ लिन सकिन्छ । पागलखानाहरु र उपचार गर्ने डाक्टरहरुलाईपनि त केही काम छोड्नै पर्यो नी।”हर पागलहरुको ठेक्का कहॉ लिन सकिन्छ । पागलखानाहरु र उपचार गर्ने डाक्टरहरुलाईपनि त केही काम छोड्नै पर्यो नी। medianp बाट

The post रवि ! अरुलाई कानुन पढाउनु भन्दा पहिले आफुँ जेल जाऊ र म फटाहा हुँ भन्दै माफी माग’ डा. एलिया appeared first on Taja nepali news.

http://ift.tt/2C0wn9N

केही हप्ता अघि मात्र फिल्म ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेर फर्किएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले कुनै देश जान सबैभन्दा कठिन भएको छ भने त्यो बेलायत हो । पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटक प्रयास गरेकी साम्राज्ञीलाई फेरि बेलायतले भिसा दिन अस्वीकार गरेको छ ।

उनी यूके जान खोज्नुको मुख्य कारण ‘इन्टु मिन्टु लन्डनमा’ नामक फिल्मको छायांकनका लागि हो । साम्राज्ञीको भिसा पटक-पटक अस्वीकृत हुँदा बिग बजेटको यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । साम्राज्ञीले बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।

स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, केहीदिन अगाडि मात्र साम्राज्ञी दोस्रो पटक ‘भिसा पाऊँ’ भन्दै भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । अंग्रेजी नयाँ वर्षको केही सिन खिच्नका लागि साम्राज्ञीसहित निर्माण टीम बेलायत जाने तयारीमा थियो ।

तर, दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले नपत्याएपछि अब ‘इन्टु मिन्टु लन्डनमा’ निर्माण हुन्छ वा हुँदैन ? भन्नेमै प्रश्न चिन्ह खडा भएको छ । यो फिल्ममा साम्राज्ञीको अपोजिटमा देखिन लागेका धिरज मगर भने बेलायतमा बस्ने गर्छन । अहिले फिल्मकी निर्देशक रेनाशा वान्तवा राई यूकेमा साम्राज्ञीको प्रतिक्षा गरिरहेकी छिन् ।

प्राप्त जानकारी अनुसार, फिल्म निर्माण कम्पनीले वर्किङ भिसामा आवेदन दिएका कारण साम्राज्ञीको भिसा पटक-पटक अस्वीकृत भएको हो ।

गएको दुई महिना अगाडि पनि रेनाशा र कलाकार तथा पत्रकार दिलभुषण पाठक फिल्मको सुटिङका लागि भन्दै बेलायत पुगेका थिए । तर, साम्राज्ञीसहित १० जनाको भिसा रिजेक्ट भएपछि रेनशा र पाठक १ महिने बेलायत बसाईपछि नेपाल फर्किएका थिए । फिल्ममा दिलभुषण पाठकले साम्राज्ञीको पिताको भूमिका निर्वाहा गर्दैछन् ।

The post दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले भिसा दिन अस्वीकार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

पौषको २८ गते ‘रिलिज’ हुने चलचित्र “मिस्टर झोले” ले दर्शकलाई हसाँउने कुरामा ढुक्क छन् दयाहाङ्ग । रामबाबु गुरुङले निर्देशन गरेको उक्त चलचित्रमा रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेका छन भने टेकेन खड्का निर्माता हुन् ।

चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, वुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । चलचित्रमा दया र दियाको जोडीलाई देखाइएको छ भने बर्षाले बुद्दिसँग रोमान्स गरेकी छिन् । दयाहाङ्गले निकैनै मेहनेत गरेको “ओखती” बोलको गीत हिट भैसकेको छ र साथै सार्वजनिक ‘ट्रेलर’ले पनि दर्शकको मन जितेको छ ।

The post विश्वकै पहिलो अल्छी कलाकारमा घोषणा गरियो दयाह्यांग राईलाई “हेर्नुहोस रहस्य सहितको भिडियो” appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाण्डाै । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना रिहायरिङ कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो ।

उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ ।,

दूतावासको तथ्यांकअनुसार यस वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ ।

त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्छ । तीबाहेक आफूसँग भिसा नभएको, तर राहदानी भएकाहरूले भने यात्रा अनुमतिपत्र लिनु पर्दैन । उनीहरूले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट मिलाई नेपाल फर्कन सक्छन् ।आजको कान्तिपुरमा खबर छ ।

The post बिहानै आयो मलेसियाबाट दुख्द खबर १६ हजार नेपाली घर फर्किदै….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।
दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।

क्यान्सरको जोखिम घटाउँछ
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

मिर्गाैला स्वस्थ राख्छ
सुन्तला खाइरहने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

कलेजो जोगाउँछ
सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

कोलेस्टरोल घटाउँछ
सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।
मुटु बलियो बनाउँछ
सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

भाइरल इन्फेक्सन हटाउँछ
सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

कब्जियत खुलाउँछ
कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

आँखा तेजिलो बनाउँछ
सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

रक्तचाप नियन्त्रण गर्छ
सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

छालाको सुरक्षा गर्छ
सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

स्वास्थ्य खबरपत्रिका बाट साभार गरिएको

The post चिसो मौसममा फल्ने फल सुन्तला, मौसमी घाममा बसी बसी खानाले यस्ता छन अचम्मैका फाइदहरु जानकारी लिनुहोस … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

म ३७ वर्षकी भए। मेरो श्रीमान् ४१ वर्षको हुनुहुन्छ। श्रीमान्मा भन्दा ममा बढी यौन इच्छा छ। पहिले उहाँको इच्छा बढी थियो। हाम्रो विवाह भएको १० वर्ष भैसक्यो जब म इच्छा राख्छु, उहाँ मुड छैन, शरीर दुखेको छ, अल्छी लागेको छ भनेर टार्नु हुन्छ। अहिले मलाई कतै उहाँको अरूसँग यौन सम्बन्ध त छैन भन्ने लाग्न थालेको छ । यो मेरो शंका मात्र हो कि वास्तविकता ? जसका कारण म निराश छु। यसको केही समाधान छ ?

यौन चाहनासम्बन्धी यस्ता प्रश्न धेरैले राख्ने गरेको मैले पाएकी छु। चिकित्साशास्त्रको भाषामा यसलाई यौन चाहनामा भिन्नता भनिन्छ। धेरैजसोले महिलामा भन्दा पुरुषमा बढी यौन इच्छा हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि यौन चाहना हुनु स्वाभाविक हो।

यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन तर यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ। जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनकाबारेमा वा भनौं दुवैको शरीरलाई रामोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने उदाहरण धेरै छन्। किनभने यौन चाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोबैज्ञानिक बिषय पनि हो।

तपाईंको प्रश्नको उत्तर दिनुभन्दा अघि तपाईंको श्रीमानको यौन चाहना समयअनुसार कम हुँदै गएको हो वा पहिले देखिनै कम थियो भन्ने कुरा जान्न आवश्यक हुन्छ। यदि समय अनुसार कम हुँदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पता लगाउन आवश्यक छ। किनभने यो समस्याको स्रोत धेरै हुन सक्छ। तपाईंको प्रश्न सुन्दा तपाईंको श्रीमान् अहिले चिन्तामा रुमल्लिरहनुभएको छ भन्ने बुझिन्छ। दोस्रो, तपाई र तपाईंको श्रीमान्को बीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ।

तपाईंहरूबीच एकअर्का प्रतिसम्मान गर्ने बानी र स्वभावमा समस्या थपिन तथा एकअर्काप्रतिको आकर्षणमा कमी आउन थालेको हुनुपर्छ। त्यसको कारण परस्त्रीगमन पनि हुन सक्छ अथवा भनौं मानसिक तनावका स्रोत अनेकौं हुन सक्छन। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजका धेरैजसो मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान, कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई रामोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन। तपाईंको समस्याको वास्तविकतामा पुग्नु अघि यस्ता धेरै विषयलाई केलाउनुपर्ने हुन्छ।

तपाईंको श्रीमान्मा यौन निष्क्रियता सम्बन्धी कुनै समस्या पनि हुन सक्छ। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौन चाहना सधैं बढी भएको हो भने पनि त्यो अस्वाभाविक चाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने महत्वपूर्ण कुरा हो।

जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्न आवश्यक हुन्छ। कोही दैनिक यौन चाहन्छन् भने कोही महिनामा एक-दुई पटक। तपाईंहरू दुवैले कहिलेकाहीँ हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको रूपमा बुझ्नु उचित हुँदैन। त्यसकारण तपाईको पार्टनरमा कुनै खराबी छ भनेर सोच्नु भन्दा तपाईहरू दुवैको यौन इच्छा फरक छ भनेर बुझ्नु तथा कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भनेर सोच्नु उचित हुन्छ।

तपाईंहरूले एकअर्कालाई दोष लगाउँदा थप समस्या सिर्जना हुनसक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्कालाई बढावा दिन आवश्यक हुन्छ। दुई जनाबीचको यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ।

त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हंसीमजाक गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुम्सुम्याउने, गुणस्तरीय लुबि्रकेन्टस प्रयोग गर्ने, एक अर्काको शरीर एवं भावना बुझ्ने प्रयास गर्ने। श्रीमान्लाई आफ्नो उनको शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु पनि यौन उत्तेजना बढाउन सहायक हुन्छ।
(करूणा कुँवर, मनोविद्)

The post म मा बढी यौन इच्छा छ तर मेरो श्रीमानले सन्तुष्टी दिन सक्दैन ..के गर्ने ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

हिजो स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठको जन्मदिन थियो । आफनो पतिको जन्मदिनमा भावुक हुँदै नायिका समाजसेवी एवं निर्मात्री स्वेता खड्काले निकै कारुणिक स्वरमा एक भिडियामार्फत केही आफना मनका भावना साटँेकीछिन् । भिडियो अपलोड गर्दै श्रीकृष्णलाई भावुक भएर सम्झिँदै उनले भिडियोमा भनेकी छिन्, ‘म तिम्रो कला यात्रामा हिँडेका पैतालाका डाबहरु पछ्याउँदै हिँडिरहेकी छु ‘।

‘तिम्रो आर्शिवादले सबैको साथ र माया पाएकी छु । फेरि नयाँ जीवन पाएकी छु’ । बिवाह भएको एक महिनामा नै पति गुमाएकी स्वेतालाई साच्चै नै दर्शक तथा शुभेच्क्षुक निकै साथ र माया दिए । सम्भवत त्यही माया र साथले आज उनी नयाँ जीवन जिउँदैछन् । श्रीकृष्णको २०७१ साउन २५ गते हाडको क्यान्सरका कारण भारतमा निधन भएको थियो ।

The post श्रीकृष्णलाई सम्झिँदै स्वेताले भनिन् “तिमीले छोटो यात्रामै बिश्राम लियौ म एक्लो भए” (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

२०२७ पुष १४ गते जन्मिएका श्रीकृष्णको २०७१ साउन २५ गते हाडको क्यान्सरका कारण भारतमा निधन भएको थियो । प्रत्येक वर्ष श्रीकृष्णको जन्मदिनमा उनकी श्रीमती तथा अभिनेत्री श्वेता खड्काले समाज सेवा गर्दै आइरहेकी छिन् । यसपटक भने श्वेताले युट्युबमा एक भिडियो अपलोड गर्दै श्रीकृष्णलाई भावुक श्रद्धाञ्जली दिएकी छिन् । उनले भिडियोमा भनेकी छिन्, ‘म तिम्रो कला यात्रामा हिँडेका पैतालाका डाबहरु पछ्याउँदै हिँडिरहेकी छु । तिम्रो आर्शिवादले सबैको साथ र माया पाएकी छु । फेरि नयाँ जीवन पाएकी छु ।’भिडियो हेर्नुहोस

The post श्रीकृष्णको जन्मदिनमा श्वेताले यसरि दिइन भावुक श्रद्धाञ्जली [भिडियो हेर्नुहोस ] appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

एक निश्चित उमेर पश्चात् मानिसको उचाई बढ्न रोकिन्छ तर केही मानिसको उचाई निकै कममै सिमित हुन्छ । यदि हामीले दिनहुँ कुनै एक विशेष किसिमको योग गर्न सक्यौँ भने उचाई बढाउन सहज हुनसक्छ । यी योगलाई नियमित गर्नाले शरीरलाई एक्सरसाइज हुन्छ, जसले उचाई बढाउन एकदमै महत्वपूर्ण भूमिका निभाउँछ । आज हामी यस्ता ७ योगको बारेमा चर्चा गर्दैछौँ, जुन मध्य कुनै एक योगलाई आफ्नो दैनिक जीवनमा नियमित रूपले पालना गर्ने हो भने पनि उचाई सजिलै बढाउन सकिन्छ ।
१-ताडासन

सिधा उभिनुहोस् र अब श्वास लिँदै दुवै हातलाई माथि उठाउनुहोस् र खुट्टाको औँलामा उभिनुहोस् । यस स्थितिमा ३० सेकेण्ड सम्म रोकिनुहोस् र यस योगलाई १० पटक दोहोर्याउनुहोस् ।

२-वीर भद्रासन

एक खुटालाई पछाडी तर्फ तन्काउनुहोस् र दोस्रो खुट्टालाई आगाडी ९० डिग्रीको एंगलमा मोड्नुहोस् । अब मुख माथि गर्नुहोस् र दुवै हातलाई जोडेर टाउको को माथि सम्म लैजानुहोस् । १० देखि १५ पटक श्वास लिने र छोड्ने गर्नुहोस् । यस योगलाई दिनमा १० पटक दोहोर्याउनुहोस् ।

३-ट्री स्ट्यान्ड पोज

सिधा उभिनुहोस र दुवै हातलाई माथि उठाएर जोड्नुहोस् । अब बायाँ खुट्टालाई घुँडाबाट बोदर दायाँ खुट्टाको तिघ्रामा राख्नुहोस् । आँखा बन्द गर्नुहोस् र ८ मिनेट सम्म ध्यान गर्नुहोस् ।

४-त्रिकोणासन

सिधा उभिनुहोस् र दुवै खुट्टाको बीचमा २ फिट खाली राख्नुहोस् । दुवै हातलाई साइडमा लैजानुहोस् र दायाँ हातबाट दायाँ खुट्टालाई छुने कोशिश गर्नुहोस् । बायाँ हातलाई माथि तर्फ सिधा राख्नुहोस् । केही समय रोक्नुहोस् र फेरि सामान्य पोजिशनमा आउनुहोस् । यहि क्रिया दोस्रो हातले पनि दोहोर्याउनुहोस् ।

५-पादहस्तासन

खुट्टालाई जोडेर सिधा उभिनुहोस् । घुँडालाई सिधा राख्नुहोस् र श्वास छोड्दै आगाडी तर्फ झुक्नुहोस् । अब दुवै हातलाई दुवै खुट्टाको पन्जाको तल राख्नुहोस् । केही सेकेण्ड्स यहि पोजिशनमा रहनुहोस् । यस योगलाई ८ देखि १० पटक गर्नुहोस् ।

६-पश्चिमोत्तानासन

खुट्टालाई नजिकै फैलाएर बस्नुहोस् । लामो श्वास लिनुहोस् र शरीरलाई पछाडी झुकाउनुहोस् । अब श्वास छोड्दै अगाडी तर्फ झुक्नुहोस् । दुवै हातले दुवै खुट्टाको औँला समात्नुहोस् र निधारले घुँडामा छुने कोशिश गर्नुहोस् । केही सेकेण्ड्स रोक्नुहोस् र फेरि पहिलेको पोजिशनमा जानुहोस् । यस योगलाई ८-१० पटक दोहोर्याउनुहोस्

७-भुजंगासन

पेटको बल गरेर पल्टिनुहोस् । दुवै हातलाई कम्मरको नजिक जमिनमा टेकाउनुहोस् । अब यसको सहायताले शरीरलाई माथि उठाउनुहोस् । केहि समय सम्म यहि पोजिशनमा रहनुहोस् । यसलाई १० पटक दोहोर्याउनुहोस् ।

The post के तपाई होचो हुनुहुन्छ ? यस्तो छ, उचाई बढाउने अत्यन्तै उपयोगी ७ उपाय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

थ्रिएटर हुँदै ‘पुण्टे परेड’ बाट आफनो अभिनय यात्रा सुरु गरेका नायक नाजिर हुसेनले सोलो हिट चलचित्र नदिए पनि उनको व्यस्ततामा भने कुनै कमी आएको छैन । हाल राज्जा रानीको प्रमोसनमै व्यस्त रहेका उनको अर्काे चलचित्र कागजपत्र पनि फ्लोरमै रहेको छ । दुब्लो शरिर ,कालो बर्ण तर अभिनय भने जोडदार ।

यहि क्षमताको कारण आज नाजिर चर्चित छन् । उनी मुस्लिम समुदाय त्यसमा पनि मधेशका बासिन्दा उनलाई धेरैले भारतीय भनेर टिप्पणी गर्छन् । तर उनी बिरगञ्जमा बस्ने रैथाने नेपाली हुन् । उनको संघर्षको कथा पनि बेग्लै छ । बिरगञ्जमा हुँदा शिक्षण पेशामा समेत आवद्ध रहेका उनी त्यसपछि अभिनयको भुत चढेर काठमाडौँ आएका थिए ।

थ्रिएरटमा काम गर्न थालेका उनलाई त्यतीबेला बज्रपात प¥यो जतिबेला उनको आमाको निधन भयो । हरेक कुरामा साथ दिने आमाको निधन भएपछि उनलाई अभिनयकै लागि परिवारबाट सहयोग भएन । घरमा दाईहरुसंग झगडा गरि छिमेकी दाईसंग ५०० रुपैयाँ सापटी मागेर पुन काठमाडौँ छिरेका नाजिर आज त्यही ५०० ले स्टार बनाईदिएको भनी धक फुकाएर भन्न हिच्किाउँदैनन् ।

होस्टल रिर्टन्सबाट व्यवसायिक हिसाबले नायककोरुपमा स्थापित नाजिर भन्छन् आज म जुन स्थानमा छु खुसी छु । नाजिरको यति बेला नयाँ चलचित्र राज्जा रानी पुष २१ गतेबाट रिलिज हुँदैछ । मधेशमा रहेको दाईजो प्रथा र छोरीको अवस्थालाई चित्रण गरिएको राज्जा रानी यतिबेला प्रमोसनको क्रममा रहेको छ ।

The post छिमेकीसंग ५०० सापटी मागेर नायक बनेका नाजिर … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौं नेपालगन्ज- यहाँ निर्मित सोल्टी होटलको उद्घाटनका लागि परिवारसहित नेपालगन्ज आएका पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगन्जका उद्योगी तथा होटल व्यवसायीको भेटघाटलाई बाक्लो बनाएका छन्।सोल्टी होटेलका प्रमुख लगानीकर्ता समेत रहेका पूर्व राजाले नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष, पूर्वअध्यक्षहरु, नेपागन्जका प्रमुख उद्योगी व्यापारी तथा ठूला होटलका सञ्चालक तथा म्यानेजरसँग भेटघाट गरेका हुन्।

पूर्वराजाले भेट्न चाहेको भन्ने खबर पाएपछि उद्योगी व्यापारी तथा नेपालगन्जका ठूला होटलका सञ्चालकहरु शुक्रबार हतारहतार यहाँको कारकादोस्थित होटल सोल्टीमा पुगेका थिए।सोल्टी होटलका बोर्ड सदस्यहरु रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ तथा म्यानेजरले नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष, पूर्वअध्यक्षहरु तथा नेपागन्जका प्रमुख उद्योगी व्यापारीहरु सोल्टीको व्यापार प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरिरहेकै अवस्थामा ज्ञानेन्द्र पनि पुगेका हुन्। बैठक कक्षमा प्रवेश गरेर उनले सहभागीका कुरालाई ध्यानपूर्वक सुनेका थिए।

बैठकमा नेपालगन्ज लगायत पश्चिम नेपालमा कसरी पर्यटन प्रवर्द्धन गर्ने भन्नेदेखि ठूला होटलहरुको व्यापार वृद्धिबारे छलफल भएको थियो। बैठकपछि सहभागीहरुले पूर्वराजासँग सामूहिक फोटो खिचेका थिए। केही व्यापारीले भने सेल्फीसमेत भ्याएका थिए।पूर्वराजाको मुख्य चासो सोल्टी होटलको व्यापार प्रवर्द्धन कसरी हुन्छ भन्नेमै देखिएको सहभागी एक व्यवसायीले बताए।

पूर्वराजालाई भेट्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दला वैश्य पूर्वअध्यक्षहरु सुनिलकुमार शर्मा, अच्युत प्रसाई, संघका महासचिव अजय टन्डन, सदस्य सञ्जय थापा, उद्योगपति कनैयालाल वैश्य, प्रदीप छाजेड, शतिश गुप्ता, जडिबुटी व्यवसायी सञ्जय जैन, औषधि व्यवसायी अभयकुमार बस्नेत, होटेल व्यवसायी केशव न्यौपाने, देवानन्द अर्याल, दिपु अग्रवाल लगायतका उद्योगी पुगेका थिए।पूर्वराजाबाट निमन्त्रणा पाएपछि भारतस्थित पूर्वराजपरिबारका नातेदार तथा आफन्तहरु पनि नेपालगन्जमा आएका छन्।भारतीय सहर लखनउमा समेत नेपालका पूर्वराजाले नेपालगन्जमा भव्य होटल खोलेको भन्ने प्रचार भएको छ।बिहीबार साँझ नेपालगन्ज आइपुगेका पूर्वराजा केही दिन यतै रहनेछन्।

news source : pathivaranews.net

The post परिवारसहित नेपालगन्ज पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह,को खुल्यो एस्तो रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौं । भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ ।

१९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् ।

उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ ।

स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुनेछ ।’

उनका अनुसार पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्नेछ ।

पुलिसका अलावा परिजमरका कुनै सदस्यको नम्बर सेट गर्न सकिन्छ ?

सीनू भन्छिन्, यो सेटिङमा भरपर्छ कि इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको हो ।’

यो बनाउन लगभग ४ हजार भारु खर्च भएको छ ।

आफैंले रिसर्ज गरेर पेन्टी बनाएको उनले बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् । onlinekhabar

The post हेर्नुहोस एक युवतीले बलात्कारबाट बच्न यस्तो पेन्टी बनाइन, जसले युवतीहरुलाई बलात्कारबाट बचाउने छ। appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Younisma Rai was continually posting such offencive videos on different social sites. Ignoring the vulgarity and nudity he directly attacks to different peoples by his words. Some people had reacted on her video and some said very offensively. Here is a latest video report about Younisma Rai. Watch this video to know details.

The post रबि लामिछानेलाई किन युनिश्माले यस्तो सम्म भनिन ? हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

एजेन्सी, पाकिस्तानी गायक आतिफ आसलम जसको आवाजले सारा दुनिया मन्त्रमुग्ध छ, उनै आतिफको जीवन संगिनी जसप्रति उनि स्वं नै फिदा छन् उनै सारा भरवानाको बारेमा चर्चा गर्दै छौ, जो कुनै पनि बलिउड वा हलिउड नायिका भन्दा कम छैनन् ।

आतिफ र सारा दुबैले करिब ७ बर्ष सम्म डेटिङ गरे र सन् २०१३ मा बिवाह गरेका थिए । एक कार्यक्रममा आतिफले साराको बारेमा बताउदै भनेका थिए कि, जव उनले सारालाई देखे तब पहिलो नजरमै उनलाई मन पराएका थिए ।

यस्तै सारा पनि आतिफको आवाजको निकै ठुलो फ्यान हुन् । सायद यहि कारण थियो सारा, आतिफसँग बिवाहगर्न तैयार भएकी थिइन । आतिफ र साराको विवाह लाहोरमा मुस्लिम रितिरिवाजको साथमा भएको थियो, सारा पेसाले शिक्षिका हुन् ।

यो जोडीको एक छोरा पनि छ । आतिफकी श्रीमती सारा आफ्नो सुन्दरताबाट जो कसैलाई पनि आकर्षित गर्न सक्छिन् । जस्तै आतिफको करोडौं फ्यान संसारभर छन् ।

The post यस्ती छन् चर्चित पाकिस्तानी गायक आतिफ असलमको श्रीमती appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

एजेन्सी। १३ वर्षका विद्यार्थीसँग यौन सम्पर्क राखेर गर्भधारण गरेपछि अमेरिकाकी एक शिक्षिका ३० वर्षका लागि जेल चलान हुने अवस्था निम्तिएको छ। टेक्सास राज्यकी २४ वर्षिया अलेक्सान्द्रिया भेरामाथि गर्भवती भएपछि नाबालकसँग यौन सम्पर्क राखेको अभियोगमा मुद्दा चलेको छ।

भेराले आजीवन जेल सजाय पाउने संभावना कायमै छ। तर, यी शिक्षिकाले अदालतमा कम सजायका लागि अपिल गरेकी छिन्। अहिले उनको अपिलमाथि सुनुवाई हुदैंछ। उनीमाथि अधिकतम ३० वर्षसम्म जेल सजाय हुनसक्छ। प्रहरीका अनुसार भेरा र १३ वर्षका किशोरबीच ९ महिनासम्म नियमितजसो सम्पर्क थियो। भेराले टेक्सासको होउस्टनस्थित स्टोभल मिडिल स्कुलमा सन् २०१५ मा अंग्रेजी पठाएकी थिइन्।

उनले यहीँ कक्षा आठमा पढ्ने ती किशोर विद्यार्थी भेटिन्। उनीहरुबीच फोन नम्बर आदनप्रदान भयो। त्यसपछि भेरा बालकको घरमा गइन्। उनलाई लिएर ड्राइभिङका लागि निस्किइन्। उनीहरुले त्यही पहिलोपटक किस गरेको भेराले प्रहरीलाई दिएको बयानमा उल्लेख छ। अर्को दिन ती बालकका आमाबाबु घरमा नभएका बेला भेरा पुगिन्। उनीहरुले पहिलोपटक सेक्स गरे। भेराले प्रहरीसँग अपराध स्विकार्दै भनेकी छिन्,’मेरो घरमा नियमितजसो हामी रोमान्स गर्थ्यौ।’ ती विद्यार्थी कहिलेकाँही भेराको घरमा सुत्थे। भेराले बिहानै उनलाई ती विद्यार्थीको घरमा छाडिदिन्थिन्। त्यसपछि उनी स्कुल बस चढ्थे। गत जनवरीमा उनलाई गर्भ बसेको थाहा भयो।

बालकका बाबुआमा भेराको कोखबाट आफ्नो छोराको सन्तान जन्मिएको हेर्न चाहन्थे। उनीहरु भेराप्रति सकारात्मक थिए। तर, टेक्सास चाइल्ड प्रोटेक्टिभ सर्भिसका अधिकारीहरु फ्रेब्रुअरीमा उनले पढाएको स्कुल पुग्दासम्म भेराले गर्भपतन गरिसकेकी थिइन्। भेराले बालकसँगको सम्बन्ध अस्विकार गरिन्। सोधपुछ गर्दा बालकले पनि यस विषयमा केही बताएनन्। तर अन्त्यमा प्रहरीले उनको मोबाइल ट्रयाक गरेपछि दुईबीचको सम्बन्ध पत्ता लाग्यो।

उनको अर्को सुनुवाई आगामी जनवरीमा हुनेछ। स्रोत ‘द सन डटकम डटयूके’ भेराको बयान स् बालकले जिस्क्याउन थालेपछि माया बस्यो भेराले प्रहरीको सोधपुछपछि सन् २०१५ को समर स्कुलमा बालकलाई भेटेको बताएकी छिन्। भेराको बयानमा आधारित रहेर हेभी डटकमले लेखेको छ। बालकले भेरालाई जिस्क्याउन सुरु गरे। उनले भेराको इन्स्टाग्राम एकाउन्ट मागे। भेराले बालकलाई नजिस्कन थुप्रैपटक आग्रह गरिन्। उनले इन्स्टाग्राममा बालकले पठाएको फ्रेन्ड रिक्‍वेस्ट स्वीकार गरिनन्। यी बालकले उनको कक्षाा निरन्तर पढे र जिक्स्याउन पनि छाडेनन्।

२०१५ को सेप्टेम्बरपछि यी बालक क्लास आउन छाडे। त्यसपछि उनी गम्भीर भइन्। उनले बालकलाई इन्स्टाग्राममा म्यासेज गरिन्। बालकले फोन नम्बर मागे र उनले दिइन्। त्यसपछि यी शिक्षिका ती बालकको घर गइन्। उनलाई ड्राइभिङका लागि लिएर गइन्। दुबैले किस गरे। केही समयपछि यौनसम्पर्क भयो र निरन्तर ९ महिना कायम रह्‍यो। उनले प्रहरीसँग दुबैले एक अर्कालाई माया गर्ने गरेको बताएकी छिन्।

The post तेह्र वर्षका बालकसँग यौनसम्पर्क राखेपछि शिक्षिका जेलमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौ,१५ पुस ।प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्।

जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक (असई), नायब निरीक्षक (सई) र जवान छन्। प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी (नायब महानिरीक्षक) एक डीएसपी (नायव उपरीक्षक) दुई इन्स्पेक्टर (निरीक्षक), ३९ सई, ९२ असई, चार सय ६४ हवल्दार, ९३ जवान र १४ कार्यालय सहायकले जागिर छाडेका छन्।आगामी असारसम्म यो संख्या बढ्ने अनुमान गरिएको छ। गतवर्ष प्रहरी उपरीक्षकदेखि सहायकसम्म नौ सय ८८ जनाले विभिन्न बहानामा जागिर छाडेका थिए। यीमध्ये केहीले पेन्सन पाइसकेक, केहीले अमेरिकाको डीभीचिठ्ठा परेर त केहीले विदेशमा राम्रो काम पाएका कारण जागिर छाडेका छन्।

केहीले भने घरायसी कारण देखाएका छन्। यसमध्ये डीआईजी नवराज सिलवालले प्रहरी महानिरीक्षक(आईजीपी) हुन नपाएर राजीनामा दिएका थिए।यस्तै कम्प्युरटर निर्देशनालयकी शीला कंसाकारले घरायसी कारण देखाउँदै जागिर छाडेकी हुन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

The post किन लाग्यो प्रहरीमा जागिर छाड्नेको लर्को ? खुल्यो यस्तो रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौं । बसमा सवार एक यात्रुमाथि शंका लागेर प्रहरीले उनको शरीर जाँच गर्दा लुकाएर राखेको ३२ लाख रुपैयाँ फेला परेको छ। उक्त पैसाको स्रोत नखुलेको भन्दै प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

काठमाडौं छिर्ने नागढुंगा चेकप्वाईन्टमा सवारी साधन जाँच गर्ने क्रममा रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको ना.७ ख २७७६ नम्बरको यात्रुबाहक बसमा सवार एक युवा प्रहरी फन्दामा परेका हुन्।

भारतीय नागरिक २५ वर्षीय सोनुकुमार चौधरीलाई शरीरमा कपडाले बेरेर लुकाइ ल्याएको तथा साथको झोलामा राखेको गरी ३२ लाख नगद जफत भएको प्रहरीले जनाएको छ। एकहजार दरका नोट २ हजार २ सय १७ थान र पाँचसय दरका नोट १ हजार ९ सय ६६ थान गरी जम्मा ३२ लाख रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। dcnepal

The post बस चढेर काठमाडौं छिरेका युवाको शरीर छाम्दा पैसैपैसा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

परम्परागत समाजमा छोरा र छोरीबीच अझै पनि भेदभाव छ । समाजले छोरीलाई हेयको दृष्टिले हेर्ने चलन अझै पूरै हटेको छैन । यहीँ विभेदको मानसिकतालाई चिर्नका लागि एउटा अनौठो उपाय अबलम्बन गरेको छ सरकारले । जस अनुसार सन् २०१८ देखि अस्पतालमा जन्मिने हरेक बालिकाका बुवाआमाले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो समाचार छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित बीबीएमपी अस्पतालको हो ।

त्यहाँ आगामी जनवरी १ देखि जन्मिने हरेक छोरीका अभिभावकले प्रोत्साहन स्वरुप ५ लाख भारु पुरस्कार पाउनेछन् ।

अस्पतालले त्यहाँ जन्मिने छोरीहरुको शिक्षादीक्षामा सहयोग पुगोस् भनेर छोरी जन्मिँदा प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको हो ।

उक्त पुरस्कार रकम अस्पतालका आयुक्त तथा जन्मिने बालिकाको संयुक्त बैंक खातामा जम्मा गरिनेछ । उक्त रकमलाई बालिका स्कुल पढ्न जाने उमेरकी भएसँगै उनको शिक्षामा खर्च गरिनेछ ।

एजेन्सी

The post नयाँ साल देखि छोरी जन्माउने बुवा आमालाई सरकारले ८ लाख पुरस्कार दिने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

झापा । अर्जुनधारा–११ स्थित गिरीबन्धु टी इस्टेटमा महिला र पुरुषलाई नाङ्गेझार बनाएर सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न दुई युवालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । चिया बगानमा घुम्दै तस्वीर खिचिरहेका उनीहरुलाई एक समूहले घरेलु हतियार देखाई कपडा खोल्न लगाएर नाङ्गेझार पारेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–११ निवासी १७ बर्षीय बिजयबहादुर मगर र सोही ठाउँका नवीन डाँगी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले जानकारी दिनुभयो ।

इलामबाट मितआमाको घर आएर इलाम फर्किदै गर्दा गिरी बन्धु टी इस्टेटमा भाइसँग तस्वीर खिच्दै गरेको अवस्थामा खुकुरीसहित आएका उनीहरुले सबै कपडा खोल्न लगाई तस्वीर खिचेको तथा साथमा भएको १२ हजार दुई सय रुपैयाँ लुटेको र एक लाख रुपैयाँ नदिए खिचिएको तस्वीर भाइरल बनाइ दिने भन्दै धम्क्याएको भन्दै पीडितहरुले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।

पीडित महिलालाई चिया बगानमै दुई युवाले नाङ्गेझार बनाई राखेको र उनका भाइलाई थप एक लाख रुपैयाँ लिन युवाले बिर्तामोडतर्फ ल्याएका थिए । बैंकमा राखिएको रकम एटीएमबाट झिकेर दिन्छु भने पछि ती युवालाई उनीहरुले बिर्तामोड लिएर आएका थिए ।

बिर्तामोड आइपुगेपछि पीडित भागेर इलाका प्रहरी कार्यालय पुगेर प्रहरीलाई घटनाको विषयमा जानकारी गराएका थिए । घटना थाह पाए लगत्तै प्रहरीको टोली चिया बगान पुग्दा महिलालाई पूर्ण रुपमा नाङ्गै राखिएको भेटेपछि प्रहरीले तत्काल उद्धार गरी उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याएको प्रहरीले जनाएको छ ।

नाङ्गेझार बनाएकी ती महिलालाई पक्राउ पर्ने मध्येका मगर र घटनामा संलग्न अर्का एक व्यक्तिले यौनशोषणको प्रयत्न समेत गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । आफ्नो संवेदनशील अंगमा हात लगाउँदै लछारपछार गरेको उनले प्रहरी समक्ष उजुरी गरेकी छिन् प्रहरी निरीक्षक विष्टले भन्नुभयो ।

यता एक लाख रुपैयाँ माग गर्दै बिर्तामोडसम्म ल्याउने कार्यमा नवीन डाँगी संलग्न भएको प्रहरी स्रोतको भनाइ छ । घटनामा संलग्न एक व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गिरी बन्धु टी इस्टेटमा विहीवार दिउँसो १ः३० बजेको समयमा मितआमाको छोरा (भाइ) सँग उनी घर फर्किन अघि तस्वीर खिचिरहेका बेला खुकुरीसहित आएका उनीहरुले आफूहरु दुबै जनालाई नाङ्गेझार बनाएर तस्वीर, भिडियो खिचेको र पछि पैसामा बार्गेनिङ गर्दै तस्वीर र भिडियो भाइरल बनाइदिने धम्की दिएको इलाका प्रहरी कार्यालयमा उजुरी परेसँगै प्रहरीले घटनामा संलग्नलाई आज जवरजस्ती करणी उद्योग र लुटपाट मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । purbelinews

The post चिया बगानमा तस्विर खिच्दा नाङ्गेझार बनाई लुटपाट : प्रहरीद्वारा दुर्इ जना पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौ । उच्च जातीको आफ्नो छोरा विवेकले तल्लो जातीको यूवती रिमा विश्वकर्मासँग प्रेम गरेको झोकमा विवेक सिंह ठकुरीको पीताले रिमालाई कालोमोसो दलिदिएका छन्। विवेकको पीता कृष्णले उनका सहयोगीहरुको सहयोगमा रिमालाई सार्वजनिक रुपमा कालो मोसो दलिदिएका हुन्। रिमालाई कालो मोसो दलेर गालि बेइज्जति र दुर्ब्यबहार गर्दै कृष्णले आफ्नो कूलघरानामा आँखा गाडेको गम्भिर आरोप समेत लगाएका छन्। यो कुरा सुनेर तपाइ अचम्ममा पर्नुभयो होला तर रियल भने होइन । करिब एक महिना अगाडि युटयुवमा सार्वजनिक भएको ‘यो जुनीमा’ बोलको गीतमा यो कथा समावेश गरिएको छ ।

रचनाकार नीलम आङ्बुहाङ् राईको उत्कृष्ट रचना रहेको “यो जुनीमा यो भाग्यमा, मिलन हाम्रो होला कि नहोला।।’ गीतको म्युजिक भिडियोकि नायिका रिमा विश्वकर्मालाई नायक बिबेक सिं ठकुरीसंगको माया प्रेम पछि यस्तो प्रसंगलाई देखाउन खोजिएको छ । गीतको म्युजिक भिडियोको निर्देशक सुरज श्रेष्ठले गरेका छन । भिडियोमा रिमा बिश्वकर्मा,बिबेक सिं ठकुरी लगायत कृष्ण आचार्य, सुस्मा कार्की सहित अन्यलाई देख्न सकिने छ । हरी हुमागाईंको छायाँकन रहेको भिडियोलाई निर्देशक सुरज श्रेष्ठले नै सम्पादन गरेका छन्।

The post नेपाल आइडलबाट चर्चा कमाएकी रीमा विश्वकर्मालाई दलित भन्दै कालोमोसो दलिदिएपछी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

एजेन्सी। डाक्टरको लापरवाहीले प्रसूती व्यथा लागेकी महिलाको ज्यान गएपछि उनको अन्तिम संस्कारको क्रममा अचानक पेट फुटेर नवजात शिशु बाहिर निस्किएपछि श्मशानमै रुवाबासी चलेको छ । महिलाको शव जल्दै गर्दा अचानक महिलाको पेट विष्फोट भयो र नवजात शिशु चितानजिकै खस्यो । यो दर्दनाक दृश्य देखेर मृतक महिलाका पति चित्कारसहित रुन थाले । यो दृश्य देखेर मलाकीको पनि आँखा रसाए ।

भारतको छत्तीसगढको रायगढमा यस्तो दर्दनाक घटना भएको हो । २२ वर्षकी ती महिलाको १७ जनवरीका दिन सुत्केरी हुने समय तोकिएको थियो । २४ डिसेम्बरका दिन उनी अस्वस्थ भएपछि अस्वताल भर्ना गरिएको थियो । जाँचमा उनको शरीरमा ५ ग्राम मात्रै हेमोग्लोबिन तत्व भएको पाइएपछि डाक्टरले उनलाई ३ पिन्ट रगत चाहिएको बताएका थिए । ल्याबका कर्मचारीले महिलाको लागि ए पोजिटिभ रगत चाहिएको बताएका थिए ।

उनीहरुले २४ घण्टामा रगतको बन्दोबस्त गरे । त्यसपछि अस्पताल जाँदा ल्याबका कर्मचारीले उनीहरुलाई ए पोजेटिभ नभइ ए नेगेटिभ रगत चाहिने बताए । ल्याबका कर्मचारीले अचानक अर्को रगत चाहिने बताएपछि परिवारले जसोतसो एक पिन्ट रगत खोजे । अर्को २ पिन्ट रगत खोज्न उनीहरुलाई समय लाग्यो । त्यतिबेलासम्म ढिलो भइसकेको थियो र महिलाको मृत्यु भयो । dcnepal

The post चितामा जलिरहेकी महिलाको पेट फुटेर निस्कियो नवजात शिशु, श्मशानघाटमा रुवाबासी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

पूर्वीय दर्शन अन्तर्गत हिन्दू र्म शास्त्रमा लेखिए अनुसार ब्रम्हाण्डमा चार ओटा युगहरु हुन्छन्, सत्य युग, त्रेता युग, द्वापर युग र कलि युग । हिन्दु शास्त्रहरुका अनुसार अहिलेको यो सयम कलियुग अन्तर्गतको कालखण्ड हो , जुन अन्तिम पनि हो ।

विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक पाइएको छ । चार युग मध्येको पहिलो युग सत्य युग हो । कलियुगपछि पुनः सत्य युगको शुरुवात हुने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । कलि युगको अन्त्यसँगै सारा संसार ध्वस्त भई नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको पाइएपनि शास्त्र अनुसार समय भने फरक फरक रहेको पाइएको छ ।

कलियुगको आरम्भ

१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।

पशुपतिमा कलिको मुर्ति र संसार ध्वस्त हुने विश्वास !

हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको विश्वास गरिन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्र्ति’ को रुपमा लिने गरिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ ।

तर पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् । श्रुतिहरुका अनुसार यो मुर्र्ति जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ । जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ । अर्थात यो मूर्ति पूर्णरुपमा बाहिर निस्किएपछि कलियुगको अन्य हुने विश्वास गरिन्छ । कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ ।

तर पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्ने बताउँछ ।
श्रोत: बिगुल न्युज

The post पशुपतिनाथको ‘कलिको मुर्ति’ पूरै निस्किएपछि संसार ध्वस्त हुने धार्मिक विश्वास: के हो सत्यता ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

मोरङ । मोरङको एक विधलयका विद्यार्थीले हावाबाट चल्ने अटोरिक्सा बनाएका छन्। बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीले उक्त रिक्सा बनाएका हुन्। मेकानिकल विभागका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका छन्। मेकानिकलका

विद्यार्थीले बनाएको हावाबाट चल्ने क्षमता भएको अटो रिक्साले सबैलाई आकर्षण गरेको छ। विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई घुमाए पनि। विद्यार्थीले अटोरिक्सा आफैले एक लाख रुपैयाँ खर्च गरेर उक्त रिक्सा बनाएको बताएका छन्। ४ जना चढ्न मिल्ने रिक्सा बनाउन उनीहरुलाई एक वर्ष लागेको पोलिटेक्निकले जनाएको छ।

विद्यार्थीहरुले सामान ओसार्ने मेसिन, एक्सिलेटरबाट कुदाउन मिल्ने साइकलन समेत बनाएका छन्। १ सय ९२ जना विद्यार्थीले आफ्नो प्रोजेक्ट अन्तरगतका कार्यक्रम तयार पारेका थिए।

मोरङ । मोरङको एक विधलयका विद्यार्थीले हावाबाट चल्ने अटोरिक्सा बनाएका छन्। बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीले उक्त रिक्सा बनाएका हुन्। मेकानिकल विभागका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका छन्। मेकानिकलका

विद्यार्थीले बनाएको हावाबाट चल्ने क्षमता भएको अटो रिक्साले सबैलाई आकर्षण गरेको छ। विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई घुमाए पनि। विद्यार्थीले अटोरिक्सा आफैले एक लाख रुपैयाँ खर्च गरेर उक्त रिक्सा बनाएको बताएका छन्। ४ जना चढ्न मिल्ने रिक्सा बनाउन उनीहरुलाई एक वर्ष लागेको पोलिटेक्निकले जनाएको छ।

विद्यार्थीहरुले सामान ओसार्ने मेसिन, एक्सिलेटरबाट कुदाउन मिल्ने साइकलन समेत बनाएका छन्। १ सय ९२ जना विद्यार्थीले आफ्नो प्रोजेक्ट अन्तरगतका कार्यक्रम तयार पारेका थिए।

The post ल हेर्नुस नेपालमै पहिलोपटक विद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा>>>सक्दो शेयर गर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

दुवई जाने भनेर गएकी एक नेपाली युवती दलालको फन्दामा परी इराकमा बेचिन पुगिन । उनले त्यहाँबाट आफु छुट्नको लागी कुवेतको दुतावास र नेपालको परराष्ट्र मन्त्रालयलाई बारम्बार खबर गरीन । तर कसैले सुनेनन । अन्त्यमा उनले रबि लामिछानेको चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगमा स्काइप मार्फत फोन गरेर आफ्नो दुःख बिसाइन ।

बारम्बार कुट्ने, गाली गर्ने, शरीरमा अनावश्यक स्पर्श गर्ने, बिरामी हुदा औषधी खान नदिने लगायतका उनका पिडा सुनेपछी पत्रकार रबि लामिछाने पनि आफुलाई सम्हान्न सकेका थिएनन । रबिले उनको कुरा सुनेपछी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यो काम सजिलो थिएन । कारण, इराक सामान्य देश होइन । इराकमा नेपाली दुतावास पनि छैन ।

इराकमा आतंककारी संगठन आइसिसद्धारा दिनहु जस्तोे बम हमला, आतंक, हत्या र अपहरण भैरहन्छन । धेरैलाई लागेको थियो त्यस्तो देशमा बेचिएकी चेलीको उद्धार रबि लामिछानेले कसरी गर्लान ? तर बेचिएको थाहा भएको २ दिन बित्न नपाउदै रबिले ती चेलीको उद्धार गरेका छन । रबिले यति कठिन काम कसरी गर्न सफल भए ? उद्धार गरेपछी रबिले के भने ? जान्नको लागी कृपया तलको पुरा भिडियो हेर्नुहोला

The post रबिले फिर्ता ल्याए इराकमा बेचिएकी चेलीलाई, रबि पनि रोए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौँ – आगामी ९ मार्चमा भारतीय अभिनेता सलमान खान नेपाल आउँदैछन् । उनको बहुचर्चित दबंग टु र १० मार्चमा टुँडिखेलमा हुँदैछ । आयोजकले १५ करोड बजेटसहित सलमानलाई ल्याउन लागेका हुन् ।

आयोजक ओडिसी इन्टरटनेमेन्टले सलमानका थप कार्यक्रम सार्वजनिक गरेको छ । अध्यक्ष सीमान्त गुरुङले सलमानलाई कार्यक्रम अगाडि हेलिकोप्टरमार्फत चन्द्रागिरी डाँडामा लन्चका लागि लैजाने जनाए ।

कार्यक्रमको भोलिपल्ट अर्थात ११ मार्चमा मौसम सफा रहे सलमानलाई सगरमाथा आधार शिविर समेत घुमाउन लगिने भएको छ ।

सलमानसँगै आउने ज्याकलिन फर्नान्डिज, सोनाक्षी सिन्हा लगायतका एक्ट्रेसलाई पोखरा र लुम्बिनी घुमाउन लैजाने तयारी छ ।

कन्सर्टको थप तयारीका लागि गुरुङ अहिले मुम्बइमा छन् । आगामी साता सलमानले नेपाल कन्सर्टलाई सम्बोधन गरेको भिडियो लन्च गर्ने तयारी छ ।

The post सलमानलाई सरर हेलिकोप्टरमा चन्द्रागिरी डाँडा लगिने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Melina Rai is one of the most loved Singers of Nepali music industry. She is beautiful Nepali singer and her songs are melodious and heart touching. Her song “Kutu ma Kutu” from Nepalimovie “Dui Rupaiyan” has the highest biews among all the songs in nepali music iindustry .. Melina Rai is chorus singer and dance teacher. she started getting noticed after giving hits like “Kammar mathi patuki” and “Sirai ma sirbandi”

The post मेलिना राईको गीतले तोड्यो “४ करोड भिउज्स” को रेकड, अन्जु पन्तलाई पछि पारिन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

इरान एक मुस्लिम बहुल देश हो । त्यहाँ महिलाको जीवन त्यती सहज छैन । यद्यपी सुन्दरताको कसीमा उनीहरुले विश्वका महिलाहरुलाई उछिन्छन् । कसरी ?
वंशानुगत गुण

इरानी महिला किन सुन्दर हुन्छन् ? यसको जस वंशानुगत गुणलाई दिइन्छ । अर्थात वंशानुगत रुपमै उनीहरु सुन्दर एवं आकर्षक अनुहार लिएर जन्मन्छन् । जन्मजात उनीहरुले सुन्दर अनुहार पाउँछन् ।
भौगोलिक प्रभाव

इरानी महिला संसारभरकै सुन्दर मानिनुको कारण त्यहाँको भूगोल पनि हो भनिन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्दा उनीहरु बाँचेको भूगोल र प्राकृतिकले यसमा खास भूमिका खेलेको छ । किनभने त्यहाँको मौसम छालाको सुन्दरताको लागि एकदमै अनुकुल छ ।
पोषणयुक्त खानपान

इरानी महिला आकर्षक हुनुमा उनीहरुको खानपानले पनि काम गरेको छ । भनिन्छ, उनीहरु खानपानमा ज्यादै सर्तक छन् । इरानी महिला आकर्षक हुनुमा उनीहरुको जन्मजात गुण त छँदैछ, त्यसमाथि उचित खानपान नै हो ।

इरानी महिलाहरुले आफ्नो डाइटमा माछा र ओखर सामेल गर्छन् । उनीहरु मह पनि नियमित रुपले सेवन गर्छन् । ओखरमा भिटामिन इ पाइन्छ, जसले अनुहारमा चमक ल्याउँछ ।

इरानी महिलाहरु विशेषगरी गहुँलाई पिनेर बनाइएको खाना ‘बल्गर’ खाने गर्दछन् । यसले अनुहारको छालाको चमकका साथै शरीरीक बनावटलाई नियन्त्रित गर्ने गर्दछन् ।
अनुहारको मसाज

इरानी महिला आˆनो अनुहारलाई नरिवलको तेलले मसाज गर्दछन् । नरिवलको तेलले छालाको चमक बढाउँछ । जसका कारण बढ्दो उमेरको असर अनुहार दश भन्दा कम देखिन्छ । ओंठलाई सुन्दर बनाउनका लागि उनीहरु अनारको तेलको प्रयोग गर्छन् ।
गुलाबको पानीले अनुहार धुने

इरानी महिलाहरु गुलाबको पानीले अनुहार धुने गर्छन् । खराब अनुहार सुन्दर बनाउन यसले राम्रो काम गर्छ । गुलाबको पानीमा भिटामिन ए र ई हुन्छ, जो स्वस्थ्य छालाको लागि एकदमै आवश्यक मानिन्छ । इरानकी एक मोडलले दिएको अन्र्तवार्तामा यो रहस्य खुलाएकी थिइन् ।
दही र पुदिनाको सेवन

इरानी महिलाहरु धेरै भन्दा धेरै दही तथा पुदिनायुक्त पेय पदार्थ ‘शिनेना’को सेवन गर्दछन् । यसको सेवनले अनुहारको छाला तथा कपाललाई स्वस्थ राख्नुका साथै अनुहारमा चाउरीपना हुन दिदैन ।
सुप सेवन

इरानी महिला विशेषगरी, दही , तरकारी तथा मासुबाट बनेका सुपका सेवन अधिक मात्रामा गर्दछन् । यसले सौन्दर्य बढाउनुका साथै शरीरको तौलन नियन्त्रित रहन्छ ।
सर्जरीकेा साहारा

इरानी महिलाहरुमा प्लाष्टिक सर्जरीको क्रेज बढ्दो क्रममा छ । प्लाष्टिक सर्जरीकै कारण पछिल्लो समय उनीहरु आर्कषक देखिन थालेका छन् । त्यससँगै उनीहरुमा कन्ट्याक्ट लेन्सको प्रयोग बढ्नाले पनि यसको असर उनीहरुको जीवनमा देखिन थालेको छ ।

The post इरानी महिलाहरु यति धेरै राम्री हुनुको कारण यस्तो छ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ । महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ । आज हामी महिलाहरूको ती अंगको बारेमा चर्चा गर्दैछौं, जुन ठूलो भएमा महिलाहरूलाई भाग्यशाली भनिन्छ ।

ठूलो कान- जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ ।

लामो कपाल- महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।

लामो हात- जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ ।

लामो खुट्टा- लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।

ठूलो नाइटो- जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् ।

लामो घाँटी- जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।

The post भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् , जानीराखौँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

मृत्युपछि के हुन्छ ? यो कठिन प्रश्नको उत्तर खोजिररहेको अमेरिकाको न्युयोर्कस्थित अनुसन्धानकर्ताहरूको टोलीले आश्चर्यजनक खुलासा गरेका छन् ।

न्युयोर्क युनिभर्सिटी ल्यांगोन स्कूल अफ मेडिसिनको अनुसन्धान टोलीका अनुसार, मृत्युपछि मर्ने व्यक्तिले केही क्षणका लागि वरिपरि भइरहेका घटनाको अनुभूति गर्छ ।

अनुसन्धानकर्ता टोलीले हृदयघात वा अन्य कुनै घटना भएको केही क्षणपछि मृत घोषणा गरिएका मानिसमाथि अनुसन्धान गरेको थियो ।

विश्वविद्यालयका निर्देशक साम पर्नियाले भने, ‘मुटुको ढुकढुकी रोकिनेबित्तिकै दिमागमा रगत पुग्न पनि बन्द हुन्छ र तत्कालै त्यसले काम गर्न रोक्छ । तर केही घटनामा मानिसहरू दिमागले काम गर्न बन्द गरेपछि पनि वरिपरि भइरहेका घटना अनुभव गर्न सक्छन् ।

यस्ता मानिसहरूले वरिपरि भइरहेका घटनाको सटीक जानकारी दिएका थिए । मरेको मानिसले यस्तो जानकारी देला भन्ने लागेको थिएन ।

डा पर्नियाको टोलीले अब मृत्युपछि हुने अनुभवको बारेमा थप अनुसन्धान गर्ने भएको छ । उनका अनुसार, मरेको केही क्षणपछि दिमागलाई सक्रिय राख्ने कुनै तत्त्व पक्कै छ ।

तर यसको विपरीत सन् २०१३ मा मिशिगन विश्वविद्यालयले गरेको अनुसन्धानमा दिमागमा भएको अनौठो शक्ति व्यक्ति मर्नेबित्तिकै ध्वस्त हुने बताएको थियो । lokaantar

The post मृत्यु पछि पनि सक्रिय रहन्छ मानिसको शरीर, बैज्ञानिक खोजबाट पत्ता लाग्यो यस्तो तथ्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

आमा म आज सात इन्च लामो भए । तर मेरो सरिरमा सबै अंगहरु छन् । मलाइ तपाइको आवाज एकदमै मनपर्छ, सुनिरहुँ झैं लाग्छ । तपाइको आवाज सुन्दा मामु प्रत्येक चोटि म मेरा सा साना हातखुट्टाहरु हल्लाउने प्रयास गर्छु । तपाइको मुटुको धड्कन मेरो एकान्तको साथि हो ।

दास्रो महिना
आमा, आज मैले मुँस्कुराउन सिकें । तर अझै पनि म सानै छु,बाहिरको संसारमा म आफुलाई सर्मपण गर्न सक्दिन, मलाइ यहि न्यानो र सुरक्षित छ,तर पनि बाहिरको संसार कस्तो छ र कहिले हेर्ने भनेर म दिन गनिरहेर बसेको छु ।

तेस्रो महिना
मामु तपाइलाइ था छ ? आमा म छोरि हु,सायद यो कुरा सुनेर तपाइ खुसि हुनुभयो होला म सदा तपाइलाइ खुसि देख्न चाहन्छु आमा, तपाइ रुँदा मलाइ साह्रै दुःख लाग्छ । म नि तपाइ संगै रुन्छु तर तपाइले मेरो आँसु देख्नुहुन्न ।

चौथो महिना
आमा मेरो कपालहरु प्लाउन थाले । एकदम नरम र छोटो छ मेरो कपाल् । म प्रायः समय कसरत गरेर बिताउछु,अहिले त म हातखुट्टाको औलाहरु नि चलाउन सक्छु । अनि टाउको पनि यता उता हल्लाउन सक्छु ।

पाँचौं महिना
मम्मु आज तपाइ बाबासंग डाक्टरको मा जानुभो । उस्ले तपाइसंग झुट बोल्यो कि म बच्चा हैन भनेर, म कुनै रोग हो रे । यो सुनेर म कती धेरै रोए । तर मेरो चिच्याहट कसैले सुनेनन्, आमा म कुनै रोग हैन तपाइकै आफ्नै छोरि हुँ । तर एउटा कुरा मैले बुझिन आमा यो गर्भपात भनेको के हो ?

छैठौ महिना
आमा आज फेरी तपाइ त्यो डाक्टरको मा जानुभो । मलाइ त्यो डाक्टर मनै पर्दैन, ऊ एकदम निर्दयी छ । उस्ले मेरो न्यानो बासस्थानमा चोट पुर्याउदैछ ।

सियो जस्तै चुच्चो र धारिलो चिजले मलाइ धेरै पिडा भैरहेको छ, मामु पिलीज विन्ती छ उसलाई रोक्नु भन्नुस न । म यहाँ असहाय दुखाइले छटपटाईरहेकी छु । बिन्ति छ मलाइ नमार्नुस, मलाइपनि वाहीरी सुन्दर संसार हेर्न दिनुस् ।

मेरो के गल्ति छ र ? आमा किन मलाइ यस्तो दर्दनाक मृत्यु दिदै हुनुहुन्छ ? तपाइलाइ मेरो माया लाग्दैन आमा, मेरो अन्तिम सास मात्रै बाकि छ अब, आमा बिन्ति छ मलाइ बचाउनुस, म मर्न चाहन्न ।

आमा ?, आमा ????
बच्चीको करुणा र विन्ती सुनिदिने कोहि भएन,उस्को चिच्याहट र प्राण नेपथ्यमै बिलिन भयो ।

सातौं महिना
आमा अहिले म सुरक्षित छु । म अहिले भगवानको काखामा छु, वहाले मलाइ बोकिरहनुभको छ । अनि मलाइ गर्भपातको बारेमा पनि भन्नु भयो, ऐले मैले सबै कुरा बुझें, किन तपाइले पनि मलाइ नअपनाउनुभएको ?

मलाइ माफ गरिदिनुस आमा म छोरा भएर जन्मिन सकिन, तर मलाइ तपाइसंग केहि गुनासो छैन सिर्फ भगवानलाइ यहि प्राथना छ कि अर्को जुनिमा पनि म तपाइकै कोखमा छोरा भएर हुर्किन पाऊं, तपाइ मलाइ सम्झीएर कहिल्यै नरुनु ल । किनकि तपाइको आखाँमा आँसु देख्दा मेरो भक्कानो फुटेर आउछ । आमा मेरी प्यारी आमा‘ आमा….

सन्देश गर्भपातले एउटा हुर्किदै गरेको आत्मालाइ सदाको लागि मारिदिन्छ ती दुइ निर्दोष आँखाहरुले सुन्दर संसार कहिल्यै देख्न पाउनेछैनन् । अनि त्यो कोमल ओठले कहिल्यै पनि आमा भनेर सम्बोधन गर्न पाउनेछैन ।

गर्भपात बिशेष गरि कन्या भु्रण हत्या एउटा जघन्य अपराध हो । छोरा होस या छोरि, दुवै आफ्नै सन्तान हुन र दुवैलाइ यो धर्तिमा आउने अधिकार छ । कुरिती र कुसंस्कृतिको नाममा गर्भमै

छोरिको हत्या नगरौं, आखिर ती निर्दोष सन्तानको के नै दोष छ र ? फुल्नै नपाइ निर्दयी पुर्वक कोपिलामै फुललाई नमारौ । एउटा देशको सच्चा नागरिक भएको नाँताले जे जन्मीन्छ त्यसैमा खुसी वनौं छोरा या छोरी आफ्नै सन्तान ठानौं । धन्यवाद्…. (अन्तिम सम्म पढेको भए कृपया सेयर गर्न नभुल्नु होला)
सीटी दैनिक

The post पेटभित्रको बच्चीको मार्मिक आत्मकथा….यो पढेपछि मन रुन्छु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

सरकारी निकायले पहिलो पटक विद्युतीय गाडी खरिद गरेको छ। राष्ट्रिय योजना आयोगले विद्युतीय कार खरिद गरेको छ।

आयोगले चिनियाँ कम्पनीको गाडी ५५ लाखमा खरिद गरेको आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले जानकारी दिए।

दाताहरूले किनिदिएकाबाहेक नेपाल सरकारले अहिलेसम्म विद्युतीय गाडी थिएनन्। वाग्लेले नेपाल सरकारको स्रोतबाट पहिलो पटक विद्युतीय गाडी खरिद गरिएको बताए।

वातावरणदेखि वित्तीय उत्प्रेरणाका हिसाबले विद्युतीय साधन नेपालका लागि उपयुक्त भएकोले कम्तिमा पनि उपत्यकाभित्र र यहाँका सरकारी निकाय सबैल ेविद्युतीय गाडी प्रयोग गर्नु पर्ने अवधारणासहित गाडी किनिएको वाग्लेको भनाइ छ।

‘विद्युतीय गाडीमा विस्तारै सुधार हुँदै आएको प्रविधिले पनि साथ दिएको छ, पहिले सानो गाडी हुने, चार्ज पनि नटिक्ने जस्ता समस्या थिए। तर अहिले हामीले लिएको गाडी एकचोटी चार्ज गरेपछि ४ सय किलोमिटर गुड्छ,’ वाग्लेले भने,‘आकार र स्वरुपमा अरु गाडीजत्तिकै आकर्षक देखिन्छ। अहिले पेट्रोल डिजेलबाट चल्ने गाडीभन्दा सस्तो पनि छ त्यसैले हामीले यसको प्रयोग बढाउँदै लिनुपर्छ।’

विद्युतीय गाडी खरिदमा नेपाल सरकारले विशेष सहुयित दिँदै आए पनि यसको प्रयोग भने बढ्न सकेको छैन।

खनिज इन्धनबाट चल्ने गाडीलाई ८० प्रतिशत भन्सार लाग्छ भने विद्युतीयलाई १० प्रतिशतमात्र भन्सार तिरे पुग्छ। विद्युतीय सवारीलाई अन्तःशुल्क नवीकरण शुल्क पनि लाग्दैन।

पेट्रोलियमको प्रयोगले देशको व्यापारलाई असन्तुलित बनाएकाले पनि विद्युतीय गाडीलाई प्राथमिकता दिनु पर्ने वाग्लेको भनाइ छ sunaulonepal

The post अब भारतलाई ठुलो धक्का, नेपालले शुरु गर्यो यस्तो अभियान .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौं, १२ पुस– ललितपुरको ग्वार्को क्षेत्रमा खटिएका ट्राफिक प्रहरीकी पत्नी एकदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयमा हाकिमसँग झगडा गर्न आइन् ।

दिनभर धुलाम्मे सडकमा ड्युटीमा खटिएका उनका पति रातभर खोक्ने र विरामी पर्न थालेपछि पत्नी धुलो नभएको ठाउँमा ड्युटी मिलाइदिन आग्रह गर्दै आएकी थिइन् ।

‘अहिले नै बिरामी पर्न थालिसक्नु भयो, जागिर सकिएपछि रोगी हुँदा मैले पाल्नुपर्छ’ भन्दै ड्युटीमा खटिएका प्रहरीकी पत्नी नै गुनासो गर्न आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरु आश्चर्यमा परे । यो समस्या काठमाडौंमा खटिने ट्राफिक प्रहरीको साझा समस्या हो ।

राजधानी काठमाडौं उपत्यकाको सडक फराकिलो बनाउने तथा मेलम्चीको पानीका लागि पाईप बिच्छाउने काममा भइरहेको ढिलासुस्ती र अव्यबवस्थाले काठमाडौं धुलाम्मे बनेको छ । धुलोका कारण दिनभर सडकमा सवारी व्यबस्थापनमा खटिने ट्राफिक प्रहरीलाई सास्ती भएको छ ।

काठमाडौंको बाटोमा गुडिरहेको हजारौ गाडीहरु दुई मिनेट जाममा पर्दा हर्न बजाउने चालकहरुको स्वभाव र धुलोका कारण सवारी व्यबस्थापन प्रहरीका लागि महाभारत बनेको छ । धुलाम्मे सकडमा मास्कको सहारामा एकजना ट्राफिक प्रहरीले दैनिक औषत ९ सय ६१ गाडीको ब्यबस्थापन गर्नुपर्छ ।

तनावमा रहने ट्राफिक प्रहरी जसले दैनिक औसत १२ जनाको गाली सुन्ने गर्छ । ३८ वटा ट्राफिक प्रहरी इकाई रहेको उपत्यकामा १ हजार ३ सय १० जना ट्राफिक प्रहरी कार्यरत छन् । १ हजार ५ सय ९७ किलोमिटर सडक रहेको उपत्यकामा बाग्मतीमा दर्ता भएका करिब साढे दश लाख सवारीसाधनको ब्यबस्थापन गर्न उनीहरुलाई कठिन परेको छ ।

‘सडकको क्षमता भन्दा धेरै सवारीको व्यबस्थापन गर्न आफैमा कठिन काम हो, त्यसमाथि धुलो र भत्किएको सडक ले झन् समस्या थपेको छ’ महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा कार्यरत प्रहरी नायब निरीक्षक वसन्त दाहालले लोकान्तरसँग भने ।

पछिलो समय सबै भन्दा धेरै मारमा परेका छन् कलंकीमा कार्यरत प्रहरीहरु । कलंकी चोक मा बन्दै गरेको अण्डर ग्राउण्ड सडक निर्माण कार्य जारी रहदा यस क्षेत्रमा ट्राफिक ब्यबस्थापन मा समस्या आएको प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक बिमल थापा बताउँछन् ।

‘सवारी साधनको चाप बढ्दा जाम दिनदिनै बढ्दै छ, धुलोले गर्दा स्वास्थ्यमा समस्या आइसक्यो, ड्युटीमा खटिएका प्रहरीहरु बिरामी पर्न थालिसके ’उनले लोकान्तरसँग भने । सवारी व्यबस्थापनका लागि थापा पनि बिहान ६ बजे देखि राति १० बजेसम्म सडकमै भेटिन्छन् ।

स्वयम्भु इकाईमा कार्यरत प्रहरी नायब निरीक्षक गुणनिधी खकुरेलका अनुसार धुलोको कारण केहि प्रहरी जवानको आँखामा समस्या समेत देखिन थालेको छ । ‘ट्राफिक प्रहरीको बोलि र ब्यबहारमा परिवर्तन आएपनि चालक र सहचालकको बोलि–ब्यबहारमा अझै परिवर्तन आउन सकेको छैन’ खकुरेल भन्छन्, ‘चालकको झगडा र धुलोका कारण ट्राफिक प्रहरी तनावमा हुन्छन ।’

दिनभर धुलोमा खटिने प्रहरीहरु घर परिवार चिन्तित होलान भनेर कार्यालयमै नुहाएर घर जान्छन् । ‘बिहान नुहाईधुवाई गरेर डिउटी आइन्छ घर फर्किदा छोराछोरीले नै नचिनिने भइन्छ, घरमा श्रीमतीले पीर चिन्ता गर्छन् भनेर अफिसमा नै ड्रेस धोएर फर्कने गरेको छु’ काठमाडौंको सुकेधारामा कार्यरत प्रहरी नायब निरीक्षक विनय अर्यालले भने ।

काठमाडौंको व्यस्त दरबारमार्ग क्षेत्रमा कार्यरत सई बिपिन श्रेष्ठको पनि कथा उस्तै छ । ट्राफिक बत्ति र जेब्रा क्रसिंगको व्यबस्था नहुँदा ट्राफिक व्यबस्थापनमा समस्या भएको उनी बताउँछन् । ‘सडकमा धुलो नभएमा काम गर्न थप उर्जा आउने थियो’ उनले भने ।

महानगरिय ट्राफिक महाशाखा रामशाहपथका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्बेन्द्र खनाल सडकको खाल्डाखुल्डी पुर्ने र धुलोको ब्यबस्थापन गर्ने बिषयमा महानगरपालिका तथा सरोकारवाला निकाय सँग कुरा भइरहेको बताउँछन् ।

‘सडकको धुलोका कारण सवारी व्यबस्थापनमा परेको समस्या वर्णन गरी साध्य छैन् । सडकमा खाल्डा खुल्डी र धुलो मात्र निणन्त्रण भयो भने ट्राफिक व्यबस्थापन धेरै सहज हुन्छ’ खनालले लोकान्तरसँग भने । लोकान्तर

The post श्रीमतीले चिन्ता लिन्छन् भनेर अफिसमै कपडा धुन्छन् ट्राफिक प्रहरी !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

एक सुन्दर जोडि थिए ! केटा र केटि धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन , विवाह पछि त झन माया प्रेम पनि धेरै बड्दै जान्छ,दुबै जना धेरै नै खुशि र एक सुखि परिवारका साथ रमाउदै जिवन निर्वाह गरि रहेका हुन्छन। बिहान बेलुका श्रीमती पुजा पाठ गर्न गरेर सधै आफ्नो पतिको लामो आयु होश भनि भगवानसग प्रार्थना गर्थिन।

अनि श्रीमान भने दिन भरि काम गरेर आउथे , दिन भरि मजदुरी गरेर एक नया जिबनको नया सुरुवात श्रीमतीलाई खुशि राख्ने पतिको सोच थियो। एकदिन बिहानै केटा काममा जान्छ।तर बेलुका साझ परिसक्दा पनि फर्कदैन।श्रीमान घर नफर्के पछि केटि धेरै आत्तिन्छिन,धेरै पल्ट फोन try गर्छिन तर मोबाईल Switch Off हुन्छ , रात भरि आफ्नो श्रीमान आउने आशामा ढोकामा बसेर कुरी रहन्छिन ,भोलीपल्ट बिहानको 7 बजे पछि केटा घर आउछ, तब श्रीमतीलाई उसले ढोकामै देख्छ।अनि
श्रीमानले भन्छः किन रुदै ढोकामा बसेकि नि, आऊ उठ भित्र जाऊ ,
अनि श्रीमतीले भन्छिनः तपाई रात भरि कहा जानु भएको थियो र..?
श्रीमान केहि नबोलि कोठा तिर जान्छ र सुत्छ।
भोली पल्ट श्रीमतीले भन्छिनः ए हजुर!! काममा जानु हुन्न ?
श्रीमान झर्केर बोल्छ कि तलाई के को मतलब!!

दिन बित्दै जान्छ.. र घरमा पनि झगडा बढ्दै जान्छ ,
एक महिना पछि , केटाले केटिसग Divorce माग्छ ,
तर केटीले मान्दिनन ,श्रीमतीले नमाने पछि , केटाले जबरजस्ती उनलाई Divorce Paper मा Sign गर्न लाउछ।त्यसपश्चात केटाले घर छोडेर जान्छ।
श्रीमान आउने आशामा केटि दिन रात रुदै बस्छिन, तर केटाको कुनै अत्तोपत्तो चल्दैन।एक पेट पाल्न भए पनि केटिले एक अफिशमा काम खोजेर काम गर्छिन।एक बर्ष पछि ,केटी सगै को अफिशमा एक काम गर्ने केटाले केटीलाई प्रेम प्रश्ताव राख्छ ,केटि पनि मजबुर थिइन।यति लामो जिन्दगी एक्लै त जिउन सकिदैन भनेर बिहेको लागि राजी हुन्छिन।तर केटिको मनमा पहिलेको केटाको लागि अझै माया रहेको हुन्छ।
विवाहको दिन अफिशको केटासग केटि को विवाह हुदै थियो । बिहेको मन्डपमा पन्डित मन्त्र पढदै थिए, अनि केटाले केटीको सिउदोमा सिन्दुर लगाई सके पछि , अचानक ,एक पागल जस्तो केटा दाह्री पनि लामो लामो पालेको, कपाल पनि जिग्रिङ्ग परेको हातमा थालि बोकेर बिहेको मन्डपमा आयो ।
अनि एक भगवानको मुर्ति र पत्र केटीको हातमा दिएर गयो ,केटि अचम्ममा परिन, केटिले त्यो पागलले दिएर गएको एक मुर्तिलाई हेर्दै आखा भरि आशु पारिन किन कि त्यो मुर्ति पहिलाको केटालाई उनले मायाको चिनो स्वरुप दिएकि थिइन।अनि केटीले पत्र खोलेर पढ्न लाग्छिन।।

पत्रमा लेखिएको थियो ..
मेरो प्राण भन्दा प्यारी मेरी सानु ,म तिमीलाई अझै पनि धेरै माया गर्छु। म चाहान्थे कि तिमी मेरो हैन अरु कसैकि बन भनेर किन कि मलाई क्यान्सर छ ! जुन दिन तिमी रुदै ढोकामा बसिकि थियौ।त्यहि दिन म काम गर्ने ठाउमा काम गर्दै गर्दा मुख बाट रगत निक्लन पुग्यो र त्यस पश्चात म डाक्टरलाई जचाएर रिपोर्ट हेर्दा मलाई क्यान्सर छ भनेर डाक्टरले भने।

त्यसैले म टेन्सनले घर पनि गईन।म एक दिन घर नजादा त तिमी रात भरि छटपटियौ भने म संसारबाट बिदा हुने बेला तिम्रो हालत कस्तो होला..?? म यो ससारबाट टाढा हुदैछु , सानू तर अब तिमीले आफ्नो नया जिबन सुरुवात गर्दैछौ ,म कति नै दिन बाच्छु होला र..?? त्यसैले तिम्रो जिवनमा म थिए भनेर कहिल्यै नसोच्नु ल। माया पाउनु मात्र हैन गुमाउनु पनि माया हो , पिलिज मलाई खोज्ने कोशिश नगर्नु ।
उहि तिमीलाई माया गर्ने अभागीबाट अन्तिम बिदा

केटि Gate तर्फ दौडन्छिन, तर केटा देखिदैन र रुदै रुदै नया जिवनको शुरुवात गर्छिन।
मोरलः साचो माया गर्ने प्रेमीहरुले आफ्नो प्यारो मानिसको भविष्य कहिल्यै खराब बनाउदैनन्। कसैलाई पाउनु मात्र साचो प्रेम हुदैन, कसैको मनमा ठाउ बनाउनु नै साचो प्रेम हो।

The post अति नै मार्मिक कथा मन थामेर नरोई पढ्नुहोला ,,,मन परेमा शेयर गरि अरुलाई पनि पढ्ने मौका दिनुहोला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

चीनको गुइजहाउ प्रान्तमा रहेको सानो गाउँको जीवनस्तरलाई सुधार्नका लागि ह्वाङ दफाले १० किलोमिटर लामो पानीको नहर बनाउन तीनवटा पहाड फोडे जसका लागि उनलाई ३६ वर्ष लाग्यो ।

कोआवाङ्बा गाउँका प्रमुख ह्वाङ दाफाले सन् १९५९ देखि उक्त योजना सुरु गरेको र यसका लागि उनले आफ्नो जीवनको ३६ वर्ष कडा परिश्रममा लगाएर पूरा गाउँलेका लागि २४ औं पानीको सुविधा प्रदान गरे ।

उक्त नहर गाउँमा आउनुपूर्व कोआवाङ्बाको वरिपरि र त्यहाँका बासिन्दाका लागि पर्याप्त पानी थिएन । पूरै गाउँमा एउटा मात्र इनार थियो जहाँबाट पर्याप्त पानी लिन पाइँदैनथ्यो किनभने एकजनाले धेरै पानी लिँदा अर्काको भागमा अलिकति पनि नरहने डर थियो ।

‘उक्त इनारबाट धेरै पानी लिन नपाइने भन्ने नियम बनाइएको थियो । यदि कसैले यस्तो गरे, कसैको भागमा बिहानको नास्ताको लागि पनि पानी नहोला भन्ने डर थियो । यहाँको यस्तो स्थितीले हामीलाई प्रेरित गर्यो,’ उप–प्रमुख सु झाउले सम्झिए । ‘सिँचाईको कुरा बिर्सिनुहोस् । हामीसँग ३ सय ३० स्क्वायर मिटर धान खेत थियो जुन सुख्खा मौसममा फुटेर चिरा चिरा पर्दथ्यो । समस्या निकै विकराल थियो । त्यसकारण हामीले गम्भीर समाधानको खोजी गर्यौं ।’

ह्वाङ दाफाले आफ्नो गाउँबाट केही किलोमिटर टाढा र तीनवटा पहाडले छुट्याएको एबियाओ गाउँबाट पानी ल्याउने कुरा गर्दा सुरुमा धेरैले उक्त योजनालाई असम्भव बताए । योभन्दा अरु उपाय नभएको भनी ह्वाङले आफू यसमा आशावादी भएको बताउँदै केही युवालाई यसमा विश्वास दिलाएर उनीहरुको सहयोगमा सन् १९५९ देखि आफ्नो परियोजनामाथि काम गर्न सुरु गरे । उनी त्यतिबेला २३ वर्षका थिए । तर स्थिती निकै अप्ठेरो थियो । दाफाले आफ्नो मानिसहरुलाई निकै अप्ठेरो र डरलाग्दो कामका लागि नेतृत्व गर्नु थियो ।

ह्वाङले काम गर्दाको सुरुवाती दिनलाई सम्झँदै भने, ‘मैले आफूलाई ३ सय मिटर अग्लो ठाडो भीरमाथि रुखमा बाँधिदिए र एक फड्को मारे । यदि मैले यो साहस नदेखाएको भए कसैले पनि गर्दैनथे ।’ तर उनको साहस देखेर पनि धेरैले उनीजस्तै गर्न हिम्मत गरेनन् किनभने त्यो काम निकै डरलाग्दो थियो ।

गाउँलेले हाते औजार प्रयोग गरेर १०० मिटर सुरुङ खन्न १० वर्ष लगाए । उनीहरुको एक दशकको मेहनतले केही रंग ल्याएन किनभने पानी उनीहरुले सोचेजस्तो बगेन । ह्वाङले आफ्नो संकल्प बलियो भएपनि पानीको बाटो र सिँचाईसम्बन्धि ज्ञान नभएको थाहा पाए त्यसकारण उनले जुन्विज फेङजियाङ टाउनमा वाटर–सिस्टम इन्जिनियरिङको केही वर्ष पढाई गरे ।

उनी सन् १९९० मा पुनः फर्किए र गाउँलेलाई प्रयास गर्न दोस्रोपटक आग्रह गरे । उनीहरुले प्रस्ताव स्विकारे र वाटर च्यानलको काम पुनः सुचारु भयो । ह्वाङ दाफाको नेतृत्वमा गाउँलेले उनीहरुले राम्रो प्रगती गरे । उनी पहाडमा काम गर्दा गर्र्दै उनकी छोरी र नातीको मृत्यु भयो ।

‘मेरी बहिनी मृत्युशय्यामा हुँदासमेत बुवा घरमा हुनुहुन्थेन,’ उनका ५३ वर्षीय छोरा ह्वाङ बिन्क्वानले चाइना डेलीलाई भने । ‘यदि उहाँ निर्माणस्थलमा नभए उक्त काममा लागिपरेका समूहलाई कसरी काम गर्ने भन्ने थाहा हुँदैनथ्यो ।’

सन् १९९५ मा ७ हजार २ सय मिटर लामो नहर अन्ततः पूरा भयो र कोवावाङ्बामा पानी बग्न थाल्यो । यो पानी अन्य तीन गाउँमा बग्छ । यसको नाम दाफा च्यानल राखिएको छ–मास्टरमाइन्डको सम्मानमा ।

‘म कोआङबामा पानी ल्याउन प्रतिबद्ध थिएँ । त्यतिबेलादेखि मानिसहरुसँग प्रशस्तै खानेकुरा भए । भरी पेटको अर्थ शान्त दिमाग,’ ८२ वर्षीय ह्वाङ दाफाले भने । ‘विकासका लागि केही गर्न सक्छौं भने त्यो अवश्य पनि गर्नुपर्छ । हामीले कसैले गरिदेला भनेर सोच्नु हुँदैन । केही नगरी मेरा दर्जनौं वर्ष यत्तिकै खेर जान्थे ।’

इसिएनएसको रिपोर्ट अनुसार उक्त वाटरवेले लगभग १ हजार २ सय मानिस लाभान्वित भएका छन् भने धानको उत्पादनमा २५ किलोबाट ४ लाख किलो प्रतिवर्ष वृद्धि भएको छ ।

The post तीनवटा पहाड फोडेर ३६ वर्ष लगाएर गाउँमा पानी ल्याउने यी व्यक्ति -सलाम हजुरलाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.