January 2016

माघ १६ । नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह डी मा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल र भारत प्रतियोगितको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
समुहको पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको नेपालले आज आयरल्याण्डलाई पराजित गरेको हो । त्यस्तै भारतले पहिलो खेलमाआयरल्याण्डलाई पराजित गरेको थियो भने आज न्युजिल्याण्डलाई पराजित गरेसँगै समुहको अन्तिम खेल खेल्नु अगावै नेपालसँगै भारत पनि क्वाटरफाइनल पुगेको हो ।
लगातार दुई खेलमा पराजय बेहोरोसँगै आयरल्याण्ड र न्युजिल्याण्ड भने समुह चरणबाटै बाहिरिएका छन् ।
हालसम्म अन्डर नाइन्टिन विश्वकपको सात वटा संस्करण खेलेको नेपालले दोस्रो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा नेपाल क्वाटरफाइनल पुगेको थियो ।
अन्डर नाइन्टिन विश्वकपको दोस्रो चरणमा स्थान बनाउने नेपाल एकमात्र एसोसियट राष्ट्र हो ।
पहिलो खेलमा न्युजिल्याण्डलाई स्तब्ध पारेको नेपालले आज आयरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो । 
बंगलादेशको फतुल्लाहको खान शाहेव रंगशालामा आयरल्याण्डले प्रस्तुत गरेको १३२ रनको बिजयी लक्ष्य नेपालले २५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि योगेन्द्र कार्कीले सर्वाधिक नटआउट ६१ रनको योगदान गर्दा आरिफ सेखले ३१ तथा सुनिल धमलाले २८ रन जोडे ।
यसअघि ओपनर सन्दिप सुनार पहिलो बलमै डक आउट भएपछि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । तर त्यसपछि सम्हालिएको प्रदर्शन गर्दै नेपालले शानदार जित दर्ता गरेको हो ।
खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । नेपाली बलर सन्दिप लामिछानेले ह्याट्रिकसहित कुल ५ विकेट लिएपछि आयरल्याण्ड सस्तैमा समेटिएको थियो ।
सम्हालिएको सुरुवात गरेको आयरल्याण्डले पहिलो विकेट ३९ रनमा गुमाएको थियो तर नेपाली बलरहरुले त्यसपछि सनसनीपूर्ण खेल प्रस्तुत गरे । ४८ रनमा ३ विकेट गुमाईसकेको आयरल्याण्डले त्यसपछि सम्हालिने कोशिश गरेको थियो तर ३२ औं ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिँदै सन्दिप लामिछानेले ह्याट्रिक गरेपछि आइरिस इनिङ ध्वस्त भएको थियो ।
३९ औं ओभरमा ९२ रन बनाउदा ८ विकेट गुमाइसकेको आयरल्याण्डले त्यसपछि धैर्यता देखाउँदै पुरा ५० ओभर खेलेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले थप १–१ विकेट लिए ।
सन्दिप लामिछाने अन्डर नाइन्टिन विश्वकपमा ह्याट्रिक पुरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि अविनाश कर्णले यो सफलता पाएका थिए ।
समुहको अन्तिम खेलमा सोमबार नेपाल र भारत भिड्दै छन् । सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा क्वार्टरफाइनल पुगेको नेपालले त्यसपछिको संस्करणमा त्यस्तो उपलब्धि दोहोर्‍याउन सकेको छैन ।



माघ १५ । बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्यान्डलाई विहीबार ३२ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सनसनीपूर्ण सुरुआत गरेको हो ।

बंगलादेशको फतुल्लाहमा नेपालले दिएको २३९ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ४७ दशमलव१ ओभरमा २०६ रनमा समेटिएपछि नेपालले शानदार जित दर्ता गरेको हो ।

कसिलो बलिङ गर्दै सुरुआतदेखि न्यूजिल्यान्डलाई दबाबमा राखेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । यस्तै, प्रदीप तामाङले २ तथा सुनील धमला र सन्दीप लामिछानेले १–१ विकेट झारे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान राजु रिजालको सर्वाधिक ४८ रनको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन जोडेको थियो ।

नेपालका लागि सन्दीप सुनार र आरिफ सेखले समान ३९–३९ रनको योगदान गर्दा आठौं नम्बरमा क्रिजमा आएका कुशल भुर्तेलले २३ बलमा अविजित ३५ रन बनाउँदै नेपाललाई राम्रो योगफलसम्म पुर्‍याएका थिए ।

यस्तै, राजवीर सिंहले २४, दीपेन्द्रसिंह ऐरीले १६, सुनील धमलाले १५, योगेन्द्रसिंह कार्कीले ६ तथा प्रदीप तामाङले अविजित ४ रन जोडे ।

नेपालले सन् २००६ को प्रतियोगितामा न्यूजिल्यान्डलाई हराएर प्लेट च्याम्पियन बनेको थियो ।

यु–१९ विश्वकप क्रिकेटको विभिन्न संस्करणमा टेस्ट मान्यता प्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेको नेपालको विहीबारको जितसँगै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनेको छ ।

आफ्नो दोस्रो खेलमा शनिबार आयरल्यान्डलाई पराजित गर्न सके नेपालको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बन्ने छ ।

नेपाल रहेको समूह ‘डी’मा न्यूजिल्यान्डसँगै भारत र आयरल्यान्ड छन् । समूहको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्नेछ ।


सुन्दर आवरणकी युवती देख्नासाथ लाग्छ यहि होला ३२ लक्षणले युक्त भनेको तर वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ । शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षण हरु के के हुन त ?
१.पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिनु
२. हातका औंला लामा-लामा हुनु
३.औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु
४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु
६. हरिणका जस्ता खुट्टा हुनु
७. गुप्तांग गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु
९.शरीरका अंग सुगठित हुनु
१०. काँध पुष्ट, चौडा र गोलो हुनु
११. पाखुरा राम्रोसँग र्फकने हुनु
१२. लामा पाखुरा हुनु
१३. सम्पूर्ण शरीर तेजोमय हुनु
१४. शंखजस्तै घाँटी हुनु
१५.सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६. बत्तीसवटा दाँत हुनु
१७. दाँत चम्किला हुनु
१८. समान र टमक्क मिलेका दाँत हुनु
१९. स्वच्छ र सुन्दर बंगारा हुनु
२०. लामो जिब्रो हुनु
२१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता हुनु
२२. भँगेराको जस्तो स्वर हुनु
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु
२४.आँखीभौँ नीलकमलको रंगजस्ता हुनु
२५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा हुनु
२६.मिलेको केश,
२७.अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु
३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक हुनु
३२. दृढ स्वभाव हुनु।

वैज्ञानिकहरुले एउटा यस्तो अत्तर अर्थात् स्प्रे तयार पारेका छन् जसलाई सुँघाउने बित्तिकै केटीहरु तपाइँप्रति आकर्षित हुनेछन् । यो स्प्रे आफ्नो जिउमा छर्नुस् अनि मन परेको केटीको छेउँमा जानुस् । केटीले तपाइँको जिउबाट आइरहेको स्प्रेको बासना सुँघ्नेछिन् अनि त सक्किगो नि ।
वैज्ञानिकहरुका अनुसार केटी फकाउने यो स्प्रेमा लभ हर्मोन पनि भनिने सिन्थेटिक अक्सिटोसिन हालिएको छ ।
जर्मनको बन विश्वविद्यालयका शोधकर्ताहरुले आफ्नो प्रयोगका क्रममा यो स्प्रे सुँघेलगत्तै महिलाहरुले आफ्ना पुरुष साथीहरुलाई बढि आकर्षक अनुभव गर्ने गरेको प्रमाणित गरेका छन् । यो स्प्रेको बासना सुँघेलगत्तै महिलाहरुले कुनैपनि पुरुषलाई पहिले भन्दा १५ प्रतिशत बढि आकर्षक देख्ने गरेका छन् ।
यो स्प्रेमा सिन्टोसिनन नामको सिन्थेटिक तत्व हालिएको छ जुन अक्सिटोसिन हर्मोनबाट बनाइएको हो । यो अक्सिटोसिन हर्मोनलाई लभ हर्मोन पनि भनिन्छ र एक अर्कासँग प्रेम तथा सम्भोगका बेला मस्तिष्कबाट यो हर्मोन निस्कन्छ ।
यो हर्मोनले बच्चा पैदा गर्ने, आमाको स्तनमा बच्चाको लागि दुध पैदा गर्ने तथा बच्चाप्रति आमामा ममता विकाश गर्ने काममा पनि सहयोग गर्दछ ।
शोधकर्ताहरुले २० देखि २९ वर्ष उमेरका ४६ जना महिलामा यो स्प्रेको प्रभावका बारेमा अध्ययन गरेका थिए जो कुनै युवकसँग प्रेममा थिए ।
जब उनीहरुलाई यो स्प्रे सुँघाइयो र आफ्नो ब्वायफ्रेण्डप्रतिको आकर्षणको बारेमा सोधियो तब उनीहरुले आफ्नो ब्वायफ्रेण्ड पहिले भन्दा १५
प्रतिशत बढि आकर्षक देखिएको बताए । तर गर्भनिरोधक औषधि खाएका महिलामा भने यो स्प्रेले कुनै असर पारेन ।

मानिसको सुत्ने तरिका अलग–अलग हुन्छ । धेरै यस्ता मानिस हुन्छन्, जसलाई निश्चित तरिकाले सुत्दामात्रै राम्रो निन्द्रआउँछ । सुत्ने तरिकालाई ध्यान दिएर हेर्ने हो भने व्यक्तिको स्वभाव पनि जान्न सकिन्छ । मानिसको बानी र व्यवहारको प्रभाव स्वभावमा पनि मेल खान्छ । जस्तो स्वभाव हुन्छ, त्यस्तै व्यवहार र आदत हुन्छ ।
ज्योतिषशास्त्रमा व्यक्तिको बानी र शारिरीक लक्षणलाई हेरेर स्वभाव थाहा पाउने विद्यालई सामुद्रिक शास्त्र भनिन्छ । हामीले यहाँ मानिसको सुत्ने तरिकाअनुसार स्वभाव कस्तो हुन्छ भन्ने बारे जानकारी दिँदैछौं ।
१) दुबैहात र खुट्टा फैलाएर उत्तानो परेर सुत्ने मानिसहरु आफ्नो काम स्वतन्त्रताका साथ गर्न मन पराउँछन् । उनीहरुलाई कसैको हस्तक्षेप मान्य हुँदैन । यस्ता व्यक्तिमा सबै सुख(सुविधा प्राप्त गर्ने मोह हुन्छ । खासगरी यिनीहरुको जीवनमा कैयन उपलब्धि हासिल हुन्छ । यस्ता मानिसहरु सुन्दरतामा छिट्टै आकर्षित हुन्छन् । यिनीहरुलाई ठट्टा रमाईलो गर्न पनि खुबै मन पर्छ ।
२) घोप्टे परेर सुत्ने मानिसहरु कहिले कहीँ निकै संकुचित बन्छन् । यिनीहरु थोरै स्वार्थी पनि हुन्छन् । यिनीहरुले तबमात्रै साथीलाई सम्झिन्छन्, जब यिनीहरुलाई सहयोगको खाँचो हुन्छ । यदि यिनीहरुले यो सुत्ने तरिका बदल्न सके भने निकै शुभफल प्राप्त हुन्छ ।
३) आफूलाई ओड्नेले पूरै ढाकेर सुत्नेहरु भीड तथा भेलाहरुमा निकै शक्तिशाली र फ्रेण्ड्ली देखिन्छन् । तर, वास्तविकतामा भने यिनीहरु लज्जालु र कमजोर पनि हुनसक्छन् । यिनीहरु कैयन राज आफ्नो मनमा दवाएर राख्न सक्छन् । जीवनमा आईपर्ने समस्या र बाधाहरु आफैँ सुल्झाउने प्रयास गर्छन् । आफ्नो समस्यामा अरुलाई दुख दिन र अरुको सहयोग लिन मन पराउँदैनन् । यसहिसाबले निकै स्वाभलम्बी हुन्छन् । यिनीहरुले निद्रामा तरह(तरहको अनुहार बनाउँछन् ।
४) जो मानिस कोल्टे परेर खुट्टा हल्का घुमाएर सुत्छ, ऊ आत्म विश्वासले भरिपूर्ण हुन्छ । यिनीहरुले कुनै पनि कामलाई पूरा विश्वासका साथ गर्छन् र सफलता पनि हात पार्छन् । यिनीहरु आफ्नो उत्साह र प्रयासमा कहिल्यै कमि आउन दिँदैनन् । यसैकारण जुन काममा हात हाल्छन्, त्यसमा सफलता हात लाग्छ । यिनीहरु आफ्नो कामको बलमा नै सबै सुख(सुविधा प्राप्त गर्छन् ।
५) जो मानिस उत्तानु परेर दुई खुट्टालाई एकआपसमा क्रस गरेर सुत्छन्, यस्ता व्यक्तिहरु कुनै पनि कामलाई पागलपनको हदसम्म गर्न रुचाउँछन् । कुनै काम सुरु गर्यो भने त्यसलाई पूरा नगर्दासम्म यिनीहरु चैनले बस्न सक्दैनन् । समस्यालाई आफ्नो एकाग्रता र कडा मिहेनतले सुल्झाउने यिनीहरुको स्वभाव हुन्छ । यिनीहरु थोरै एकान्त प्रेमी पनि हुन्छन् । प्रतिकुल परिस्थितिको सामना गर्ने शक्ति पनि यिनीहरुमा मजवुद् हुन्छ ।
६) जो मानिस कोल्टे परेर खुट्टालाई पूरै खुम्च्याएर सुत्छ, ऊ स्वार्थी स्वभावको हुन सक्छ । यिनीहरु आफ्नो स्वार्थका लागि नै मित्रता गाँस्छन् । रासलिला र रामरौसमा बढी सामेल हुन्छन् । यिनीहरुलाई शुद्ध र सात्विक जीवन खासै मन पर्दैन । यिनीहरु मसलेदार खाना बढी रुचाउँछन् । यिनीहरु कहिले कहीँ साना कुरामा पनि क्रोधित हुन्छन् ।
७) जो मानिस उत्तानु परेर दुबै खुट्टालाई सिधा र दुई हातलाई सिरान हालेर सुत्छन्, यिनीहरु निकै बुद्धिमान हुन्छन् । यिनीहरु कुनै पनि नयाँ कुरा सिक्नका लागि हमेशा तयार रहन्छन् । कहिले९कहिले यिनीहरुले यस्तो कामसमेत गरिदिन्छन्, जुन अरुलाई निकै कठिन लाग्छ । यिनीहरु आफ्नो परिवारप्रति निकै नै जिम्मेवार हुन्छन् । परिवारको सुखका लागि सदैव प्रयत्न गर्छन् । सबैसँग प्रेमपूर्वक व्यवहार गर्छन्, यस्तो व्यवहारले कहिले कहीँ यिनीहरुलाई धोखा पनि मिल्न सक्छ ।

हाम्रो समाज यौनबारे त्यति खुल्न नसके पनि यौनका विषयमा आममानिसको चासो उस्तै देखिन्छ । यौनको विषय जति लुकाएर राख्यो, त्यति नै मानिसमा चासो र खुल्दुली बढ्दै जान्छ ।
हिजोआज स्कुलस्तरदेखि नै यौन तथा प्रजनन् शिक्षा दिइने गरिएको छ । प्रायः पुरुषमा महिलाको गुप्तांग अर्थात योनीबारे चासो हुनसक्छ । वास्तवमा योनी निकै संवेदनशील अंग हो । सम्भोगको सन्तुष्टिदेखि सन्तान उत्पादनको मार्ग समेत रहेको योनीका विषयमा थुपै्र अनौठा र रोचक तथ्य छन् ।
१. महिलाको योनीको औषत आकार सम्भोगको चरमोत्कर्षका बेला २ सय प्रतिशतसम्म वृद्धि हुन्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकि पुरुषको लिंगमा केवल चार हजार मात्र हुन्छ ।
३. एकघण्टाभित्र एकजना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढीमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ ‘तरबार बोक्नेवाला’ भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला त्यो भित्ता छाताजस्तै फुक्दछ ।
८. योनीमा कैयन प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरिया दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु जम्मा तीनसाता हो । जबकि टाउकोको रौँको आयु अधिकतम ७ वर्ष हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहबासअघि लसुन सेवन नगर्नु राम्रो हुन्छ ।



 सपनालाई भविष्यमा हुन सक्ने सम्भावित घटनाहरूको संकेत मानिन्छ । रामायण र महाभारतमा पनि सपनामा प्राप्त हुने संकेतबारे बताइएको छ । भगवान् रामले दशरथको मृत्युको समय एक अशुभ सपना देखेर अनुमान लगाएका थिए की राजदरबारमा केही अशुभ घटना घटेको छ । यसरी सपनामा देखिन अशूभ संकेतहरूले मानिसको भविष्यमा केही अशुभ क्षण या मृत्यु समेत हुन सक्ने सम्भावना रहेको बताइन्छ । केही यस्ता अशुभ सपनाहरू जसले मानिसको मृत्युतर्फ संकेत गर्छ । थाहा पाँऔ ती सपनाहरू जसले मानिसको मृत्युतर्फ संकेत गर्छ :

– सपनामा काग देख्नुलाई अशुभ मानिन्छ । यसलाई मृत्यु नजिकै रहेको संकेतको रूपमा समेत लिइन्छ ।
– आफू यात्रामा हिडिरहेको देख्नुलाई पनि राम्रो सपना मानिदैन । जुन रात यस्तो सपना देखिन्छ त्यसपछी आउने दिनमा यदी कतै यात्रामा जानु छ भने त्यसलाई रद्द गर्नाले दोष काटिने विश्वास गरिन्छ ।
– सपनामा ढोल तथा अन्य बाजा बजिरहेको देख्नु पनि राम्रो मानिँदैन । यस्तै, आफ्नो टाउको मुण्डन गरिरहेको देखेमा परिवारका कसैको मृत्यु हुन सक्ने मानिन्छ ।
– सपनामा कुनै स्त्री आएर मानिसलाई सुकेको फूलको माला लगाइदिन्छिन् भने यसलाई पनि अशुभ मानिन्छ ।
– सपनामा तेल लगाउनु र गधामा बसेर हिड्नुलाई मृत्यु सूचक मानिन्छ ।
– यदी कुनै स्त्री सपनामा आफूलाई सेतो कपडामा फूका कपालमा देख्नाले यसलाई वियोगको संकेत मानिन्छ ।
– निर्वस्त्र स्त्रीको अंगालोमा बाधिएको देख्नुलाई मृत्यु नजिक रहेको मानिन्छ ।
– देवी देउताको चर्किएको या फुटेको मुर्ति सपनामा देख्नुलाई अशुभ मानिन्छ ।
– रूख आफै ढलेको वा आफू माथिबाट खसेको देख्नुलाई पनि राम्रो संकेत मानिँदैन ।
– पटक-पटक मृत्यु या घाटमा रहेको सपना देख्नुलाई पनि मृत्यु नजिकिएको संकेत मानिन्छ ।

बिबाहित जोडीमा होस् या अबिबाहित जोडीमा चुम्बन अर्थात् किसको बिशेष भूमिका हुन्छ । किसका अनेक उपाय भएपनि हामी मध्ये धेरैलाई ति सबै प्रकार थाहा नहुन सक्छ । हेर्नुस किस गर्ने १३ तरिका ।
१.नित्तिक चुम्बन :
यो चुम्वन बिशेषगरी सुहागरातमा पतिद्धारा पत्नीलाइ गरिने चुम्वन हो । सुहागरातमा पतिले पत्तीको मुहार पहिलो पटक देखेको हुनाले पति सुन्दर पत्नी पाएकोमा हर्षित हुदै पत्नीका ओठ लगायत हरेक अंगमा चुम्वन गर्दछ तर पत्नी भने प्रथम पटकमा लज्जाको कारणले केही पहल गर्दिनन खालि आनन्द मात्र लिन्छीन । यस्तो प्रकारको चुम्वनलाइ नित्तिक चुम्वन भनिन्छ ।
२.स्फुरित चुम्बन :
पतिले आफ्नो नवविवाहीता पत्नीको ओठमा आफ्ना ओठ राखिदिने र पत्नीलाई चुम्वनको लागि अनु्रोध गर्दछन तर पत्नी भने लाजले चुम्न नसकेर कामी मात्र रहन्छीन यस्तो चुम्वनलाइ स्फुरित चुम्बन भनिन्छ ।
३.घट्टितक चुम्बन :
नव विवाहिता पत्नी आफ्नो पतिको चुम्वनबाट आत्मविभोर भएर आफ्ना आँखाहरु बन्द गरि हातले पतिका आखा छोपेर पतिको ओठमा आफ्नो जिव्रो रथडछिन पतिले पनि यस्तै गर्दछ भने यस्तो चुम्वनलाइ घट्टितक चुम्बन भनिन्छ ।
४.समचुम्बन :
पति पत्नीमा समान भाव छ र एक आपसमा चुम्वनको जवाफ चुम्वनले नै दिन्छन र मजा लिन्छन भने यस्तो चुम्वनलाइ समचुम्वन भनिन्छ ।
५.उद्भ्रान्त चुम्बन :
एकान्तमा बसिरहेका दम्पती मध्ये कुनै एक जनाले उठेर आफ्नो पति वा पत्नीलाइ पछाडिबाट समाती मुखलाइ आफुतिर घुमाएर चुम्वन गर्दछ भने यस्तो चुम्वनलाई उद्भ्रान्त चुम्बन भनिन्छ ।
६.अब पिडितक चुम्बन :
पति पत्नीले एक आपसमा एक अर्कालाइ बेस्करी अठ्याएर च्यापेर चुम्वन गर्दछन । यस्तो चुम्वन कामवेग प्रचन्ड भएको समयमा हुने भएकाले यसबाट अत्याधिक पीडा हुन्छ । तर पनि पिडाको अनुभव भने हुदैन यस्तो चुम्वनलाइ अब पिडितक चुम्बन भन्ने गरिन्छ ।
७.उत्तर चुम्बन :
पति पत्नी मध्ये एउटाले शरिरको कुन ठाउमा ओठमा निधारमा गालामा वा अन्यत्र भागमा जहा चुम्वन गर्दछ त्यहि चुम्वन गरेर फर्काउनेलाइ उत्तर चुम्वन भनिन्छ ।
८.प्रतिबोधक चुम्बन :
पति वा पत्नी निदाइरहेको मौकामा कुनै एक पक्षले मुखमा चुम्वन गर्दछन भने त्यस्तो चुम्वनलाइ प्रतिवोधक चुम्वन भनिन्छ ।
९.छायाँ चुम्बन :
जव दम्पतिले कसैको छायाँलाइ ऐनामा देखेर वा तस्बिरमा फोटो चुम्वन गर्छिन भने यस्तो चुम्वनलाइ छायाँ चुम्वन भनिन्छ ।
१०.द्यु्रत चुम्बन :
यो चुम्वनको एक तिव्र प्रकार हो । यसमा पति पत्नी बिच घम्सा घम्सी हुन्छ लुठाचुडी हुन्छ । पत्नीले शुरुमा पतिलाइ शरिरका सबै अंगमा चुम्न नदिने प्रयत्न गर्छिन तर अन्त्यमा सबै शरिर चुम्नको लागि समर्पीत गर्दछिन यसलाइ द्युत चुम्वन भनिन्छ ।
११.राग संदिपक चुम्बन :
राती निदाइरहेकी पत्नीले कामवासनाको कारण आफ्ना मस्त निदाइरहेका पतीलाइ ब्युझाउनको लागि मुखमा चुम्वन गर्न थाल्दछिन भने यस्तो चुम्वनलाइ राग संदिपक चुम्वन भनिन्छ ।
१२.चलितक चुम्बन :
पतीको ध्यान अन्यत्र रहेको बेला सम्भोगको लागि उसलाइ तयार पार्ने चुम्वन हो यो । प्राय जसो पत्नीहरुले कामातुर अवस्थामा यस्तो चुम्वन गर्ने गर्दछिन । यस चुम्वनलाइ चलितक चुम्वन भनिन्छ ।
१३.तिर्यक चुम्बन :
पति पत्नी अलग अलग स्थानमा बसेर मुख घुमाउदै चुम्वन गर्दछन भने यस्तो चुम्वनलाई तिर्यक चुम्वन ।

हेर्दै अचम्म लाग्ने यस्ता उट्पट्याङ कुराहरुले मानिसलाई बेलाबखत तानिरहन्छ । कतै रुखले दूध पियो भनेर मान्छे भगवान भन्दै पूजा गर्छन्, कतै राति घरमा ढुंगा बर्सियो भनेर झाँक्री लगाएर फुकफाक गर्छन् । केही अन्धविश्वास, केही भ्रम र केही आश्चर्यलाग्दा घटनाले बेलाबखत चर्चा पाइरहन्छन् ।
उसो त कहीँ कतै भगवानका मूर्ति भेटिएका, असर्फीहरु फेला परेका रुमानी कुराले पनि मानिसलाई प्रभाव पारिरहेको हुन्छ । सुनिन्छ, कहिले बाख्राले मान्छेको अनुहारको पाठा पाएको त कहिले ढुंगामा भगवान कुँदिएका खबरले पनि संसारको ध्यान तानिरहेको हुन्छ ।
पछिल्लो समय बजारमा उपलब्ध तरकारीका आकारप्रकारबारे चर्चा हुन थालेको छ । मान्छे आकृतिका, मान्छेको लिंग जनाउने प्रकृतिका फलफू्रल र तरकारीका तस्बिर भाइरल हुन थालेका छन् । अजिबअजिबका तरकारी, फलफूलका आकृतिले सामाजिक सञ्जाल भरिएको छ ।
आज शनिबार, हामीले केही यस्ता फलफूल, तरकारीका नमूना तस्बिर संकलन गरेर पाठकलाई मनोरञ्जन हेतु प्रस्तुत गरेका छौँ । यी सबै तस्बिर विभिन्न सामाजिक सञ्जालबाट साभार हुन्, फोटोसपबाट पछि बनाइएको होइन ।


















माघ ११ समय–समयमा नयाँ एपहरु सार्वजनिक गर्दै आएको सामाजिक संंजाल फेसबुकले खेलखुद प्रेमीका लागि खेल स्टेडियम ल्याउने भएको छ । फेसबुक प्रयोग गर्ने ६ सय ५० मिलियन खेलकुद प्रेमीहरुलाई लक्षित गरेर यो नयाँ सुविधा ल्याइएको हो ।
कुनै खेलकुद प्रतियोगिता चलिरहेको समयमा आफ्ना साथीहरुसँग नभएपनि उनीहरु साथमै भएको महशुस गर्न सकिने छ । खेलकुदका सबै जानकारीहरु एकैपटक फेसबुकमा आउनेछन् र प्रयोगकर्ताले खेलको बारेमा छलफल गर्ने सक्नेछन् ।
कुन टिभी च्यानलमा खेल आउँछ भनेर पनि फेसबुक बाट नै जानकारी प्राप्त गर्न सकिन्छ। 

कण्डोमको प्रयोग
फ्रान्सको एक गुफामा यसको आकार बनाइएको पाइयो । मानिन्छ कण्डोमको प्रयोग पन्ध्र हजार वर्ष पहिलेदेखि हुँदै आएको छ । स्वीडेनमा पनि सबैभन्दा पूरानो कण्डोम पाईएको थियो । कण्डोम पाउन पहिले निकै मुस्किल पर्थ्यो ।
अमेरिकामा डाक्टरको प्रेस्किप्सनपछिमात्रै कण्डोमको प्रयोग सम्भव हुन्थ्यो । यसलाई सन १९२८ बाट वेंडिङ मेसिनबाट निकालिएको हो । साथै सोची ओलम्पिकका दौरान खेलाडिहरुका लागि ओलम्पिक भिलेजमा एक लाख कण्डोम लगिएको थियो ।
कण्डोमको आविरष्कार
१६औं शताब्दीमा कण्डोमको आविरष्कार साइफलिसको बीमारी रोक्नका लागि गरिएको थियो । त्यतिबेला फ्रान्समा कैयन मानिस गुप्त रोग ‘साइफलिस’बाट मरिरहेका थिए । त्यतिबेलासम्म यो रोगको कुनै उपचार सम्भव भएको थिएन ।
ग्याबरियल फ्यालेपियोले यसको उपचार पत्ता लगाउन प्रयास गरे । उनले लिनन शीथ्सको एक केमिकल सोल्यूसनमा मिलाए, फेरि सुकाए । यो शीथ्सलाई पुरुषको लिंगमा लगाइयो अनि रिबनले बाँधियो । यसको प्रयोगबाट शारिरीक सम्बन्धका दौरान पनि साइफलिस हुन छाड्यो ।
 कण्डोममा प्रयोग हुने मेटिरियल प्राय बदलिइरहन्छ । कहिले यसलाई लेटेक्सबाट बनाइन्छ भने, कहिले विभिन्न जनावरका आन्द्राको प्रयोग यसमा गरिन्छ । यसलाईपछि लिनन, स्लिक तथा लेदरबाट बनाउने कोशिशसमेत भइसकेको छ ।
जनावरको आन्द्राबाट कण्डोम 
सोह्रौं शताब्दीमा कण्डोम जनावरको आन्द्राबाट बनाइन्थ्यो । सोही कारण कण्डोम एकदमै महङ्गो पर्थ्यो, यसको प्रयोग कतिपयले दुई पटकसम्म गर्थे । उन्नाइसौ शताब्दीमा यो यति सस्तियो कि मानिसहरुले यसलाई एक पटक प्रयोग गरेर फ्याँक्न थाले । विस्तारै यो युज एण्ड थ्रो का लागि नै बनाउन थालियो ।
यसलाई दुनियाँभरमा कैयन सेलिब्रेटीहरुले समर्थन गरेका छन् । सेफ सेक्सलाई बढावा दिनका लागि यसको जोडतोडका साथ प्रचार र प्रवर्द्धन हुँदै आएको छ । के तपाईंलाई थाहा छ, मोर्डन कण्डममा एक ग्यालेन पानीसमेत अटाउन सक्छ । यसको प्रयोग सैनिकहरुले राईफललाई पानीबाट बचाउन तथा आगो सल्काउन पनि गर्ने गरेका छन् ।
आकार र टाइपमा परिवर्तन
पछिल्लो केही दशक यता कण्डोमको आकार र टाइपमा निकै परिवर्तन आएको छ । यतिसम्म कि अहिले त कण्डोमहरु विभिन्न फ्लेबरदेखि लिएर अलगअलग प्रकारका लुब्रिकेटिड (आयल/ग्रीज)मा बजारमा उपलब्ध छ । यसलाई पहिले निकै नै गोप्य साधनका रुपमा लिइन्थ्यो तर अहिले आएर यो निकै सामान्य बनिसकेको छ ।
इन्भिजिवल कण्डम
इन्भिजिवल कण्डम बनाउनका लागि निरन्तर प्रयास जारी छ । यसलाई लगाउने बित्तिकै लिंगमा भएको तापक्रमका कारण त्यो त्यहीँ फिट हुन्छ र सुरक्षा पनि दिन्छ । प्रयोगपछि त्यसलाई निकाल्न पनि सकियोस् ।


पासवर्ड ? त्यो भनेको के हो ? सायद केही समयपछि मानिसहरुले यो प्रश्न सोध्न सुरु गर्नेछन् । अझ आउँदो पुस्ताको लागि त झन यो पासवर्ड भन्ने चिजको अनुभुति गर्ने मौका नै रहनेछैन ।
यदि गुगलको कोसिस सफल भएमा अब तपाइँको स्मार्टफोनमा कुनैपनि पासवर्डको जरुरत पर्नेछैन ।
यो वर्ष सन् २०१६ का लागि गुगलले प्रोजेक्ट एबाकस नामक महत्वाकांक्षी परियोजना अघि बढाउँदैछ । जसको मुख्य लक्ष्य भनेकै स्मार्टफोनमा अंक वा अक्षरको पासवर्डको साटो बायोमेटि्रक रिडिंग मार्फत प्रयोगकर्तालाई आफ्नो स्मार्टफोन लक वा अनलक गर्ने सुविधा प्रदान गर्नु ।
तपाइँको टाइपिंगको आनीबानी, लोकेसन, आवाज तथा अनुहारलाई पहिचान गरी स्मार्टफोनले तपाइँलाई चिन्नेछ र खुल्नेछ । जसका कारण तपाइँले स्मार्टफोनमा पासवर्ड थिचिरहनुपर्ने छैन ।
यी लगायतका अन्य जानकारीहरु एकत्रित गरी गुगलले हरेक स्मार्टफोन प्रयोगकर्ताका लागि एक ट्रस्ट स्कोर तयार गर्नेछ । उक्त ट्रस्ट स्कोर यदि एक संख्याभन्दा माथि भएमा लगइनमा कुनैपनि समस्या हुनेछैन ।
विश्वमा अहिले टु फ्याक्टर अथेन्टिकेसन पासवर्ड वा पासवर्डको दुइ चरणमा प्रमाणिकरण धेरैले रुचाउने विधि बनेको छ । आफ्नो कुनैपनि इन्टरनेट अकाउण्टमा लगइन गर्दा आफ्नो मोबाइलमा एक सेक्रेट कोड प्राप्त हुन्छ । उक्त कोडलाई उक्त वेबसाइटमा हालेर मात्र आफ्नो अकाउण्ट खोल्न सकिन्छ अर्थात् लगइन सफल हुन्छ । तर पासवर्डको युग समाप्त भएसँगै यो झण्झट पनि स्वतः हट्नेछ ।
कतिपय देशमा बैंकहरुले यो प्रविधि अपनाइसकेका छन् किनकी यो सिस्टम ह्याक गर्न सम्भव हुँदैन ।
रिपोर्ट अनुसार यस्तो गर्नु यसकारण पनि अनिवार्य भैसकेको छ कि अहिले धेरै एप तथा वेबसाइटहरुले आफ्ना प्रयोगकर्ताका धेरै गोप्य तथा विस्तृत जानकारीहरु प्राप्त गरिसकेका छन् । अनि यसमा लगाम लगाउन मुस्किल भैरहेको छ र इन्टरनेट प्रयोगकर्ताहरुको गोपनियता संकटमा पर्नुका साथै साइबर जोखिम पनि बढ्दो छ । धेरै ठाउँमा इन्टरनेट प्रयोगकर्ताको जानकारी प्रसारित हुने क्रमलाई रोक्ने प्रयास गुगलले गरिरहेको छ ।
गुगलले आफ्ना प्रयोगकर्ताको विषयमा विभिन्न जानकारी सँगाल्नेछ र त्यसलाई प्रयोगकर्ताको पासवर्डको रुपमा प्रयोग गर्न सम्भव तुल्याउनेछ ।- एजेन्सीको सहयोगमा

यु ट्युब विश्वको सबैभन्दा लोकप्रिय भिडियो स्ट्रिमिंग साइट हो । विश्वमा इन्टरनेटको पहुँचमा रहेका ३ अर्ब मानिसमध्ये १ अर्ब मानिसले यु ट्युबको प्रयोग गर्ने गरेका छन् ।
युट्युबको प्रयोग गर्नेमध्ये आधा जसो मानिसहरु स्मार्टफोनबाट युट्युब चलाउँछन् । त्यसकारण यु ट्युबमा आफुलाई स्थापित गर्ने सोँच रहेकाहरुले यसमा ध्यान दिनु आवश्यक हुन्छ । हुनसक्छ, तपाइँको कुनै भिडियो मानिसहरुले मन पराउँछन् र तपाइँ रातारात यु ट्युब स्टार बन्न सक्नुहुन्छ ।
अहिले विश्वमा यु ट्युबमा हरेक एक मिनेटमा यतिधेरै भिडियो अपलोड हुन्छन् की एक मिनेटमा यु ट्युबमा अपलोड हुने भिडियो लगातार हेर्नका लागि ४ सय घण्टा लाग्छ ।
यदि तपाइँ आफ्नो भिडियो अनलाइन पोष्ट गर्नुहुन्छ भने तपाइँ पनि यु ट्युब प्रयोगकर्ता १ अर्ब मानिससम्म आफ्नो पहुँच स्थापित गर्न सक्नुहुन्छ । तर स्टार बन्न सजिलो छैन, यसका लागि तपाइँको भिडियो यस्तो हुनुपर्छ जसले मानिसको मन छुन सकोस् ।
दक्षिण कोरियाली गायक साइको गीत गंगनम स्टाइलको भिडियो यु ट्युबमा अहिलेसम्म सबैभनदा धेरै पटक हेरिएको भिडियो हो जुन अढाइ अर्ब पटक हेरिएको छ ।
पहिले यु ट्युबमा २ अर्ब १४ करोड पटक सम्म मात्र हेरिएको गणना गर्न सकिन्थ्यो । तर गंगनम स्टाइलले त्यो सीमा पार गरेर यु ट्युबनै क्र्यास गरेसँगै यु ट्युबले यसको सीमा बढाउन बाध्य भयो ।
अघिल्लो दशकमा यु ट्युब सुरु हुँदा यो एक डेटिंग वेबसाइटको रुपमा सुरु भएको थियो । र, यसको नाम थियो ट्युन इन हुक ।
यसलाई जाबेद करीम, स्टिभ चेन र च्याड हर्ले नामका तिन व्यक्तिले सुरु गरेका थिए । पहिलोपटक यु ट्युबमा सन् २००५ को अप्रिल २३ मा भिडियो अपलोड गरिएको थियो, जुन तिनै संस्थापक जाबेदको थियो ।
धेरै भन्दा धेरै मानिसले यु ट्युबमा तपाइँको भिडियो मन पराएर हेरे भने तपाइँले गुगलबाट पाउने विज्ञापनबाटै रकम पाउन सक्नुहुन्छ । र, अझ ठूलो कुरा त तपाइँ सेलिब्रेटी तथा स्टार बन्न सक्नुहुन्छ
एकवर्ष भित्रैमा मानिसहरुले यो भिडियो शेयरिंग वेबसाइटलाई यतिधेरै मन पराए की गुगलले यसलाई वर्तमान मूल्यमा झण्डै १८ हजार करोड रुपैयाँमा खरीद गर्यो ।
भिडियो हेर्नका लागि यु ट्युब अहिले पहिलो रोजाइ बनेको छ, यसमा शंका छैन । तर फेसबुक प्रयोग गर्नेको संख्या यो भन्दा पनि बढि छ ।
सन् २०१४ को एक अनुसन्धान अनुसार केवल अमेरिकामा ७७ प्रतिशत मानिसहरु फेसबुक चलाउँछन् भने ६३ प्रतिशतले यु ट्युबको प्रयोग गर्छन् । टि्वटर र गुगल प्लस त्यसपछि पर्दछन् ।
जबजब इन्टरनेट ब्याण्डविथको स्थितिमा सुधार हुँदैछ, इन्टरनेटमा भिडियो शेयरिंग पनि बढिरहेको छ । मोबाइल फोनमै एचडी भिडियो खिचेर क्षणभरमै यु ट्युबमा हाल्न सकिने भएको छ । फेसबुक पनि भिडियो शेयरिंगमा निकै अगाडि बढिरहेको छ । त्यसैले आफ्नो भिडियोलाई धेरै भन्दा धेरै मानिस सामु पूराउन धेरै रकम खर्चेर विज्ञापन गरिरहनुपर्ने बाध्यता छैन ।
धेरै भन्दा धेरै मानिसले यु ट्युबमा तपाइँको भिडियो मन पराएर हेरे भने तपाइँले गुगलबाट पाउने विज्ञापनबाटै रकम पाउन सक्नुहुन्छ । र, अझ ठूलो कुरा त तपाइँ सेलिब्रेटी तथा स्टार बन्न सक्नुहुन्छ । bbc 


माघ ९। २३ वर्षपछि नेपाललाई अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउन सफल नेपाली टोलीका सदस्यहरुले जनही ७ लाख रुपैयाा पुरस्कार पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले टीमका प्रत्येक सदस्यलाई जनही ५ लाख दिने घोषणा गरेको हो । यसैगरी राष्ट्रिय खेलकुद परिषदले च्याम्पियन टोलीका खेलाडीलाई जनही २ लाख दिने बताएको छ ।


माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसँगै नेपालले सन् १९९३ पछि पहिलो औपचारिक उपाधि जितेको हो । फाइनलमा नेपालले बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्‍यो। नेपालको जितमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।

खेलको ५औं मिनेटमै गोल गर्दै विमलले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । ८७औं मिनेटमा विशालले गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल थपे । नवयुगले माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा ह्याट्रिक गरेका थिए । कुनैपनि औपचारिक प्रतियोगितामा १७ वर्षपछि फाइनल खेलेको नेपालले उपाधि जितेसँगै नेपाली फुटबलको हैसियत एक कदम माथि उठेको छ ।

नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा ठाउँ पक्का गरेको थियो । समूह चरणमा नेपालले मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले हराएको थियो ।

आसन्न दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गर्दै युवा टोली लिएर बंगलादेश पुगेको नेपालले इतिहास रचेको हो ।


माघ ७  । भारतको गोर्खा ब्रिगेड पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा सशस्त्र प्रहरीको टिममाथि २–१ को जित हासिल गर्दै गोर्खा ब्रिगेड अन्तिम आठमा पुगेको हो । गोर्खा ब्रिगेडका लागि विक्रम राई र अजय तामाङले गोल गरे ।

नियमितचार खेलाडी खेलाडीहरु बंगलादेशमा जारी बंगबन्धु गोल्डकपका लागि रहेका बेला सम्हालिन नसकेको सशस्त्रका प्रविन स्याङ्तानले सान्त्वना गोल फर्काए ।

यो हारले सशस्त्र प्रहरीलाई भने पहिलो खेलमै झड्का लागेको छ ।

उद्घाटन खेलमा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० ले हराएर आयोजक सहारा क्लब क्वार्टरफाइनलमा पुगिसकेको छ ।

जारी संस्करणमा तीन विदेशीसहित १२ टोली सहभागी छन् । 


माघ ७ । चौथो विराट गोल्डकप फुटबल प्रतियोगिता माघ २८ गतेदेखि विराटनगरमा सन्चालन हुने भएको छ । पूर्वाञ्चलमै सबैभन्दा धेरै धनराशी भएको फुटबल प्रतियोगिता फागुन ८ गतेसम्म सन्चालन हुनेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी, थ्रीस्टार क्लब, झापा–११, मोरङ–११, भुटान–११, मनाङ–मर्स्याङ्दीक्लब सहभागी हुने जानकारी आयोजक समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी दिएको छ । त्यस्तै, भारतको जर्ज टेलीग्राफ, बंगबन्धु बंगलादेश र युनाइटेड सिक्किम फुटबलसहित १० टिम प्रतियोगितामा सहभागी हुनेछन् ।

विजेता टिमले ५ लाख एक हजार रुपैयाँ र उपविजेताले ३ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

स्वास्थ्यबर्धकको दृष्टिले खाने हो भने सेक्सी गर्ल जत्ति आकर्षक छिन्, त्यत्तिकै अस्वस्थकर र रोगबर्धक हुन थालेका छन् नेविको विस्कुटहरु । कोकोनट बिस्कुटमा तार र रौं फेला परेको केहि महिना भएको छ, डाइजेस्टिभ बिस्कुटमा किरा फेला परेका छन् भने सुगर फ्रि भनिएका बिस्कुटमा चिनीको मात्रा भेटिएको छ । यसबाट थाहा हुन्छ, नेविको बिस्कुटको विज्ञापन जति सेक्सी लाग्छ, यसका उत्पादित बिस्कुटहरु हानिकारक छन् ।
बालाजु औद्योगिक क्षेत्रमा १९६४ मा स्थापित नेशनल बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिको नाम १९६८ मा नेविको प्रालि बनाइयो । ७३ हजार स्क्वायर फिटमा फैलियो यो उद्योग त्यत्तिकै मात्रामा गुणस्तरमा फैलिन नसकेकाले निजी कम्पनीहरुले यसलाई उछिन्दै गएका छन् । दैनिक ६ टन बिस्कुट उत्पादन गर्ने क्षमताको यो कम्पनी नेपालको राष्ट्रिय उद्योग पनि हो । तर, नेविकोले बिगत केही वर्षदेखि मुनाफामा बढी ध्यान दिएकाले यसको गुणस्तर खस्कदै गएको छ ।
भन्नलाई We care nation, nature and employees through continuous improvement and regular profit. भन्ने यसको नारा छ र आचारसंहिता We believe in fairness, accountability, transparency and responsibility towards all related stakeholders and government bodies for competence, efficiency and leadership in business era. पालना गरेको दावी पनि गर्छ । तर, आजको नेविको हिजोको जस्तो उपभोक्ता मैत्री होइन, मुनाफा मैत्रीमात्र बनेको देखिन्छ । नेविको बिस्कुटमा हिजोआज जुन अखाद्य बस्तुहरु भेटिन थालेका छन्, त्यसबाट सामान्य नागरिक, बिरामीहरुको स्वास्थ्यमासमेत नकारात्मक असर परिरहेको छ ।
तत्काल यो उद्योगको गुणस्तर छानबिन नगर्ने र गुणस्तरमा उत्पादन गर्न कडाइ नगर्ने हो भने नेविको प्रालि रोग फैलाउने किटाणुका रुपमा स्थापित हुने खतरा देखिन थालेको छ । यस सम्बन्धमा कम्पनी व्यवस्थापक होमनाथ न्यौपानेसँग सम्पर्क गर्दा यदाकदा गल्ती भयो होला, त्यस्तो भएको भए सुधार गर्छौं । कम्पनीका कर्मचारी भन्छन्– व्यवस्थापनको मनपरी र भ्रष्टाचारी नियतले गर्दा कच्चाबस्तुको गुणस्तरहीनता मुख्य कारण हो ।
भृकुटीमण्डपमा भेटिएका उपभोक्ता मञ्चका ज्योति बानियाँ र पदाधिकारीका अनुसार नेविकाका बिस्कुटका बारेमा गुनासो आएका छन्, यो गम्भीर अपराधका बारेमा सचेत पनि गराइसकेका छों । अझै नेविको प्रालिले गुणस्तरमा सुधार नगरे हामी कारवाही चलाउन तैयार छों । यसैवीच खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण विभागले नेविको बिस्कुट पाकेट किनेर लगेको बारेमा अनुसन्धान गरिरहेको राजतिलकमा खबर छ । कम्पनी व्यवस्थापक होमनाथ न्यौपानेसँग सम्पर्क गर्दा जसले जे खुल्याउनु छ खुइल्याए हुन्छ, हामीलाई मतलव छैन भन्ने ओठे जवाफ दिएका छन् । कुरो बुझ्दा उनी शक्तिशाली पार्टीका कार्यकर्ता भएकाले फुर्ति लगाएको एक नेविकोकर्मीले जानकारी दिए ।

मेरुदण्डको दुखाइ धेरैको समस्या हो । स्पाइनमा ‘भर्टिब्रा’ भनिने हड्डीहरुको समूह हुन्छ । मेरुदण्डमा नसा हुन्छ, जसलाई ‘स्पाइनल कर्ड’ भनेर चिनिन्छ । मेरुदण्डबाट पनि हांगाहरु फैलिएका हुन्छन् । हात चलाउने नसा र खुट्टा चलाउने नसा अलगअलग हुन्छन् । गर्धनको नसाले हात चलाउने काम गर्छ भने कम्मरको नसाले खुट्टा चलाउन मद्दत गर्छ ।
ढाडसम्बन्धी समस्या के के छन् ?
बालबालिकादेखि युवा हुँदै वृद्धावस्थासम्म पुग्दा मेरुदण्डका अनेक समस्या देखिन सक्छन् । बच्चाहरुमा ढाड बाङ्गिने समस्या देखिन्छ, जसलाई ‘स्कुलियोसिस, काइफोसिल कुलियोसिस’  भनिन्छ । यसले मेरुदण्ड नै कुप्रिने वा बाङ्गिने हुन्छ । कि त बच्चा जन्मिँदै यस्तो समस्या देखा पर्छ, कि १० वर्ष माथि लागेपछि ढाड बाङ्गिने क्रम बढ्दै जान्छ । यस्तो समस्याको पहिचानका लागि अविभावकको भूमिका महत्वपूर्ण हुन्छ ।
अभिभावकहरु ढाड कुप्रिएको थाहा पाएपछि ‘मेरो बच्चामा यस्तो समस्या देखियो’ भन्दै चिकित्सकहरुस“ग परामर्शका लागि आउने गर्छन् । एउटा कुम तल र अर्को माथि हुने, हिँड्दा बाङ्गिएको देखिने यस रोगका लक्षण हुन् । अभिभावकले सुरुमै यो समस्या पहिचान गरे भने उपचार पनि सहज हुन्छ । जति उमेर बढ्दै गयो, उपचार पनि जटिल र खर्चिलो हुँदै जान्छ ।
कम्मरको दुखाइ, साझा समस्या   
गर्धन र कम्मर दुख्ने आम नेपालीको मेरुदण्डसम्बन्धी साझा समस्या हो । मेरुदण्डका करिव ७० प्रतिशत समस्या यस्तैमा पर्छन् । महिलाहरु यो समस्यामा ज्यादा प्रताडित हुन्छन् । महिलाहरुको शारीरिक संरचना नै यस्तो हुन्छ कि उनीहरु कम्मर र गर्धनमा ज्यादा असर पर्छ ।
लामो समय उभिएर काम गर्ने सुरक्षा निकायका जनशक्ति, शिक्षकहरु, मिडियामा काम गर्ने र लामो समय उभिएर अप्रेसन गर्नुपर्ने शल्यचिकित्सकहरु नै यस्तो समस्याको मारमा परेको भेटिन्छ । एकै खाले काम गर्ने किसानलगायत कारखानामा काम गर्ने कामदार पनि मेरुदण्डको समस्याबाट प्रताडित हुन्छन् । मेरुदण्डमा समस्या भएमा पूरै ‘स्पाइनल कोलम’ नै दुख्ने हुन्छ, जसलाई चिकित्सकीय भाषामा नेक पेन र ब्याक पेन भनी चिन्ने गरिन्छ ।
बुढ्यौलीमा नसा च्यापिने
नसा च्यापिने परिस्थिति मेरुदण्डको अर्को रोग हो । मेरुदण्डको कुनै भागमा नसा च्यापिएमा हातखुट्टा दुख्ने र झमझमाउने, हिँड्न गाह्रो हुने, कमजोर महसुस हुने लक्षण देखा पर्छ ।बुढ्यौलीको सुरुवात भएपछि मेरुदण्डमा मासु बढ्ने रोग देखा पर्छ । ४५–५० वर्ष र त्यसभन्दा माथि पुगेका प्रौढहरुमा देखिने ‘हाइपोट्रोफी’ रोग लागेपछि हाड र मासु बढ्छ अनि मेरुदण्डमा परिवर्तन देखा  पर्छन् । मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ । यी समग्र समस्यालाई हामीले ‘स्पाइनल स्टेनोसिस’ भन्छौँ ।
क्यान्सरको डर
स्पाइन क्यान्सर पनि निकै डरलाग्दो रोग हो । ५५ देखि ६० को उमेर समूहका लागि क्यान्सरको सम्भावना ज्यादा हुन्छ । मेरुदण्ड क्यान्सरले असह्य दुखाइ बढाउँछ । रोगको पहिचानका लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ, जुन निकै महँगो पर्छ । ८० प्रतिशत जति बिरामीलाई एमआरआई सिटिस्क्यान, एक्सरे गरेर रोग पहिचान गर्नुपर्छ ।
एउटै एमआरआईका लागि १५÷२० हजार रुपियाँ लाग्ने भएकाले यो रोग पहिचानको महँगो विधि   हो । त्यसैले मेरुदण्डको उपचार खर्चिलो हो, त्यति हुँदाहुँदै पनि आम तहमा यो समस्या ज्यादा छ । नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखा पर्छ । ८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर या गर्धनको समस्या बेहोरेकै हुन्छ ।
मेरुदण्ड रोगको उपचारका लागि स्पाइन सर्जरी आफैँमा महँगो पद्धति हो । यसमा धेरैको पहुँचमा हुँदैन । कुनै पनि मानिसको मेरुदण्ड बाङ्गो भयो, उपचार गर्नुप¥यो भने १४ देखि २० वटा स्क्रु लाग्छ । एउटाको ६ देखि १५ हजार रुपियाँसम्म पर्छ । जसले गर्दा तीन÷चार लाख रुपियाँ समग्र उपचार खर्च जुटाउन नसक्नेहरु कैयौँ छन् ।
दुर्घटनाको जोखिम
ट्रमा र त्यसबाट हुने स्पाइन इन्जुरीले पनि समस्या निम्त्याउँछ । विभिन्न दुर्घटनाजन्य कारणले हाम्रोजस्तो मुलुकमा स्पाइन इन्जुरीको समस्या विकराल छ । अहिलेको यो इन्धन संकटमा असुरक्षित यात्राका दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनामा पर्नेहरुको हेड ट्रमा, स्पाइन इन्जुरी र अर्थोपेडिक इन्जुरी हुन्छ । यो सबै समस्या हुने सर्वसाधारणलाई नै हो । किनकि सम्पन्नहरु आफ्नै गाडीमा चढिहाल्छन् । उनीहरुको यात्रा जोखिमपूर्ण पनि हुँदैन । समस्यै भए पनि आर्थिक कठिनाइ व्यहोर्नु पर्दैन । स्पाइनसम्बन्धी रोगको उपचार आम सर्वसाधारणसम्म कसरी पु¥याउने, त्यो निकै चुनौतीपूर्ण हो । हामी स्पाइन सर्जन मिलेर यसलाई सुलभ र सस्तो बनाउनु जरुरी छ ।
जीवनशैली
ढाडसम्बन्धी रोगको प्रमुख कारणमध्ये जीवनशैली पनि एक हो । आफ्नो दैनिकीमा ध्यान नपु¥याउँदा कतिपयले ढाड र कम्मर दुखाइको पीडा सहनुपरेको हुन्छ । बिहान हामी उठ्छौँ, मोटरसाइकल वा गाडी चढेर अफिस जान्छौँ । १० देखि १५ घन्टासम्म हामी बसेर नै काम गरिरहेका हुन्छौँ । यसका कारण ढाडमा निकै दबाब हुन्छ । ढाडको ‘पोस्चर’ नमिल्दा पछि गएर दुखाइ हुन्छ ।
करिब ८५ देखि ९० प्रतिशत बिरामी जीवनशैली र बसाइका कारण समस्यामा पर्छन् । मैले हेर्ने मुख्य बिरामीमा बैंकरहरु ज्यादा छन् । विहानदेखि बेलुकीसम्म उनीहरु एउटै पोजिसनमा काम गरिरहेका हुन्छन् । त्यसैले उनीहरु ढाडसम्बन्धी साझा समस्याबाट पीडित छन् ।
कसरत आवश्यक
स्वस्थ जीवनशैली र  पोषणयुक्त सन्तुलित खाना नै अहिलेको आवश्यकता हो । धूमपान र मदिरामा लाग्नु हुँदैन । चुरोटले मेरुदण्डमा नराम्रो असर गर्छ । अर्को समस्या आरामदायी जीवनशैली र दैनिकी पनि हो । सहरिया जागिरेहरुले शारीरिक अभ्यास गरेको पटक्कै देखिँदैन । हामी शरीरका लागि एक घन्टा त के, १० मिनेट पनि दिन चाहँदैनौँ । विकसित मुलुकमा डाक्टरदेखि नर्सले दिनको एक घन्टा जिम गर्छन् । दिउँसोको एक, दुई बजे पनि दौडिएका हुन्छन् । फुर्सद भयो कि दौडिने संस्कार हुन्छ । उनीहरुमा ‘पहिले स्वास्थ्य अनि धन’ भन्ने मानसिकता छ । हामीकहाँ अर्कै पाटो छ । त्यसैले कम्तीमा पनि एक घन्टा शारीरिक परिश्रम गर्नु राम्रो हो । स्पाइनका रोगहरुको उपचारमा जति ढिलाइ हुन्छ, त्यति नै बढी समस्या र कठिनाइ हुन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नु र समस्या देखिनासाथ चिकित्सककहाँ पुग्नु उत्तम हो ।
अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भ¥याङ चढ्नु राम्रो हो । कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ । भन्नाले ढाड ९० डिग्रीमा राखेर काम गर्नु राम्रो हो । कुप्रिएर काम गर्नु हुँदैन । पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन । कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो । यी पक्षलाई ध्यान दिएमा ढाड वा कम्मरको दुखाइ निकै हदसम्म कम हुन्छ ।
मोटरसाइकल प्रयोगकर्ता
बिगिँरदो सडकका कारण मोटरसाइकल चलाउनेहरुलाई ढाडको समस्या देखिन्छ । सडकमा हुने खाल्डो र ग्राभेलले गर्दा मोटरसाइकल चलाउनेहरुको शरीरमा कम्पन पैदा हुन्छ । त्यसले मेरुदण्डमा असर पर्छ र खिइने समस्या हुन्छ । त्यसैले मोटरसाइकल सकेसम्म नचलाउन सुझाव दिए पनि त्यो व्यावहारिक हुँदैन ।
स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ । गर्धन र कम्मर दुख्ने, हातखुट्टा झमझमाउने, कि एउटा हात वा खुट्टामा दुखाइ सर्ने जस्ता समस्या हुन्छन् । नसा च्यापिएर दुखाइ सर्ने, खुट्टा या हात लाटो हुने आदि समस्या हुन्छन् । मेरुदण्डको इन्फेक्सनले दुखाइ अनि साथमा ज्वरो पनि ल्याउँछ । सजग हुनुपर्ने अवस्था के हो भने स्पाइनल समस्या भएमा दुखाइ सहेर बस्नु हुँदैन । तुरुन्त चिकित्सक या विशेषज्ञलाई भेट्नुपर्छ ।
मेरुदण्डका समस्यालाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । सर्जिकल ब्याक पेन र ननसर्जिकल ब्याकपेन । ७० प्रतिशत समस्या ननसर्जिकल हो । हरेक बिरामीलाई सर्जरी चाहिँदैन । सर्जरी नै भनेपछि बिनाचिरफार गरिने उपचार विधि छन् । म आफैँ पनि निकै कम सर्जरीका केसहरु हेर्छु । जसले औषधी वा फिजियोथेरापी वा जीवनशैली परिवर्तनबाटै अधिकांश समस्या निको हुन्छ । महिलामा ढाड दुख्ने समस्या अलि बढी नै देखिन्छ । निहुरेर बस्ने, भात पकाउने, कपडा धुने, भारी बोक्ने आदि कारणले समस्या देखिएको हो ।
मेरुदण्डको विशेषज्ञ सेवा
स्पाइनको समस्या निदानका लागि स्पाइन विशेषज्ञकहाँ जानु राम्रो विकल्प हो । एउटै विषयमा केन्द्रित हुँदा दक्षता हुने भएकाले नै उनीहरु विशेषज्ञ सेवाका लागि दक्ष हुन्छन् । तर नेपालमा औँलामा गन्न सकिने मात्रै विशेषज्ञ छन् । स्पाइनको उपचार सर्वसाधारणमा लैजानु पनि जरुरी छ । गाउँमा बस्ने महिलालाई उपचार छैन । सरकारले कम्तीमा एउटा केन्द्र तोकिदिनुपर्छ, जहाँ सहुलियतमा मेरुदण्डको उपचार हो ।
स्पाइन सर्जरीमा निकै जटिल हुन्छ । स्पाइन सर्जनबाट यसको उपचार गरे जोखिम निकै कम  हुन्छ । यसमा प्लारालाइसिसलगायत समस्या पर्छन् । नसामा इन्जुरी भएर नचल्ने जोखिम हुन्छ । तर अहिले अभ्यास भने अर्थो र न्युरो सर्जनले पनि सर्जरी गरिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय अध्ययनअनुसार, विशेषज्ञबाट यस्तो सेवा लिएमा जोखिमको सम्भावना शून्य दशमलव ५ प्रतिशत मात्रै छ । त्यसैले विशेषज्ञ र दक्ष स्पाइन सर्जनबाट उपचार पाएमा उपचारका क्रममा हुने जोखिम निकै कम हुन्छ ।

महिलाको बक्षस्थल पुरुषको पहिलो नजरमा पर्ने अँग हो । पुरुष मात्र होइन, महिलाको लागि पनि बक्षस्थल सधैं चिन्ता र चासोको बिषय हुने गर्दछ । महिलाको बक्षस्थल बारे केही रोचक तथ्य यस्ता छन:
१. महिलाका दुइ स्तन मध्ये दुवै बराबर कसैको पनि हुँदैन । दुई स्तन मध्ये एउटा ठूलो र एउटा सानो हुन्छ ।
२. स्तनको आकार प्राकृतिकरुपमा नै बढाउन सकिन्छ । यसका लागि कुनै कस्मेटिक सर्जरी गर्नु पर्ने वा अन्य मद्दत लिन जरुरी छैन । गर्भवती भएपछि स्तनको आकार आफै बढ्छ र केही खुल्ला पनि हुन्छन् ।
३. तपाइँलाई अचम्म लाग्न सक्छ स्तनको आकार आफै ठूलो र सानो भैरहन्छ । खासमा शरीरमा हुने हर्मोनको परिवर्तनले यस्तो हुने गर्छ । महिनाबारी हुनु अघि महिलाको स्तनको आकार बढ्छ र केही दिनमा भने सामान्य आकारमै फर्किन्छ ।
४. एक अध्यनका अनुसार महिलालाई भेट्दा २० प्रतिशत पुरुषले मात्र अनुहार हेर्छन् बाँकी ८० प्रतिशतले स्तनमा आँखा पुर्‍याउँछन् । रमाइलो कुरा के छ भने कुनै पनि महिलाको स्तन १० मिनेट सम्म हेर्दा पुरुषको शरीरमा आधा घण्टा सम्म शारीरिक अभ्यास गरेको जति उर्जा पैदा हुन्छ ।
५. यदि महिला घोप्टो परेर सुतेमा उनीहरुको स्तनको आकारमा प्रभाव पर्न सक्छ । महिलाहरुलाई सके सम्म घोप्टो परेर नसुत्न र सुत्नै परे स्तन भन्दा तल सिरानी राखेर सुत्न चिकित्सकहरु सल्लाह दिन्छन् । सुत्ने समयमा ब्रा नलगाएको राम्रो हुन्छ । लगाउनै परे अलि खुकुलो ब्रा लगाउन चिकित्सकहरु सल्ला दिन्छन् ।
६. संसारमा सबैभन्दा ठूला स्तन अमेरिकाको टेक्ससमा बस्ने ३४ वर्षीया मोडल शेला हर्शलका छन् । उनले आफ्नो स्तनलाई ९ पटक सर्जरी गरेर  बनाएकी छिन् ।
७. प्राकृतिकरुपमा नै सबैभन्दा ठूला स्तन भएकी महिला भने एनी हकिङ्स टर्नर हुन् । उनको नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्ड समेत बनेको छ ।
८. कतिपय महिलालाई स्तनको टुप्पो अर्थात निप्पल चलाएकै भरमा यौनिक चरमोत्कर्षको अनुभव समेत हुन्छ ।
९. बेलायतको लण्डनमा ३४ यस्ता रेष्टुरेन्ट छन् । जहाँ श्याम्पेनका गिलास बक्षस्थलको आकारका छन । अझ अनौठो कुरा त यी गिलाशको आकार अभिनेत्री केट मसको स्तन जस्तो बनाइएको छ । यसमा केटको सिग्नेचर समेत छ ।
१०. कतिपय पुरुषका समेत स्तन र निप्पल प्रष्ट देखिन्छ । किन भने शुरुमा सबै भ्रुण शुरुमा केटी नै हुन्छन् । गर्भावस्थाको ६ हप्ता पछि मात्र टेस्टोस्टरनका कारण लिङ्ग छुट्टिन शुरु गर्छ । त्यतिबेलासम्म स्तन र निप्पलको आकार बनिसकेको हुन्छ ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.