September 2015

राष्ट्रिय लिग फुटबलमा मंगलबार(आज) उपाधि दाबेदार मानिएका मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा उपाधि होड बलियो पार्न मंगलबार दुवै टिमलाई जित आवश्यक छ ।
लिग अंक तालिकाको तेस्रो स्थानमा रहेको मनाङले अहिलेसम्म १० खेलमा १९ अंक जोडेको छ । उत्तिनै खेल खेलेका आर्मी र एपीएफको १७–१७ अंक छ । १२ खेल खेलेको झापा–एघार २४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने थ्री स्टारको ११ खेलबाट २२ अंकसहित दोस्रो स्थानमा छ ।

 ज्योतिषी डा.सुनिलको अगुवाइमा तयार पारिएको जोखाना एप सार्वजनिक भएको छ ।
प्राचिन भृगुतन्त्र सकुन प्रश्नावली एवं प्रश्न चिन्तामणी ग्रन्थको आधारमा तयार पारिएको जोखाना एपमा २५ वटा जिज्ञासा र त्यसको फल राखिएको डा. सुनिलले बताए ।
त्यस्तै रुद्रयामल तन्त्रमा उल्लेख भएको मुहुर्त पनि एपमा समावेश गरिएको छ । एपमा आफूले चाहेको मितिको मुहुर्त हेर्न सकिनेसुविधा छ ।
प्राचिन झांक्री विद्या एवं दैवी शक्तिको आधारमा भाग्य र भविश्य वताउने यस विद्यालाई वर्तमान समयमा पनि लामा, झाँक्री एवं काठमाडौै उपत्यकाका माताहरुले प्रयोगमा ल्याउने गर्दछन ।
२०७२ सालको दैनिक मासिक र बार्षीक राशीफल राखिएको एप विद्यार्थी, ब्यवसायी , कलाकार, पत्रकार सबैका लागी उपयोगी मानिएको छ । आफ्नो एनड्रोइड मोवाइलमा गुगल प्लेबाट एप डाउनलोड गर्न सकिन्छ ।

आश्विन ११।  रेडबुल राष्ट्रिय लिग फुटबलमा झापा–११ को शीर्ष स्थानमा कायमै रहएको छ।   आइतबार सम्पन्न १३ औं खेलमा नेपाल पुलिस क्लवलाई २–० ले पराजित गर्दै २४ अंकका साथ शीर्ष स्थान ओगट्न सफल भएको हो। थ्रीस्टार क्लव ११ खेलबाट २२ अंकका साथ दोस्रो स्थानमा छ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्रीस्टारद्धारा सुदूरपश्चिम फुटबल क्लब कैलाली १–० को झिनो अन्तरले पराजित गर्यो। ।

अहिलेको युग सूचना प्रविधिको युग बनिसकेको छ । प्रविधि मानव जिवनको दैनिकी बन्दै गएको छ र प्रविधि विना जिवनको कल्पना गर्न नसकिने अवस्था आएको छ । मानव जिवन तथा कार्यलाई सजिलो तथा उत्कृष्ट बनाउने केही वैज्ञानिक आविष्कार तथा त्यसका आविष्कारकको सूचि यस्तो छ :
मोबाइल फोनः अहिले विश्वमा मानिसको संख्या भन्दा मोबाइल सख्या धेरै छ । मोबाइल मानिसको जिवनको अभिन्न अंग बनिसकेको छ । मोबाइल फोनको आविष्कार गर्ने वैज्ञानिक मार्टिन कुपर हुन् ।
माइक्रोवेभः खाना पकाउन, तताउन मात्र नभै अन्य विभिन्न काममा प्रयोग हुने माइक्रोवेभको आविष्कार पर्सी स्पेन्सरले गरेका हुन् ।
इलेक्ट्रो फोटोग्राफीः यसका आविष्कारक हुन् चेस्टर कार्लसन ।
एटिएमः एनी टाइम मनी अर्थात् एटिएम मेसिन अहिले बैंकिंग प्रणालीको अभिन्न अंग बनिसकेको छ । यसको आविष्कार गर्ने वैज्ञानिक जोन शेर्फड हुन् ।
डटपेनः डटपेनको आविष्कार गर्ने वैज्ञानिक लास्जलो बिरो हुन् ।
कम्प्युटर माउसः कम्प्युटरको माउस हेर्दा सामान्य लाग्नसक्छ । तर यसले मानिसको कम्प्युटर प्रयोगमा क्रान्ति नै ल्याइदियो । कम्प्युटर माउसका आविष्कारक डगलस एंगलबर्ट हुन् ।
इलेक्टि्रक वेल्डिंगः धातुजन्य निर्माण कार्यमा वेल्डिंग निकै महत्वपूर्ण छ । विद्युतिय वेल्डिंगको आविष्कार एल्हू थम्पसनले गरेका हुन् ।
वल्र्डवाइडवेबः इन्टरनेट ठेगानाको अगाडि लेखिने डब्लु डब्लु डब्लु का आविष्कारक टिम बर्नर्स हुन् ।
साइकलः साइकलको आविष्कार मेकमिलनले गरेका हुन् ।
क्याल्कुलेटरः क्याल्कुलेटरको आविष्कार पास्कलले गरेका हुन् ।

रेडियोः रेडियोको आविष्कार मार्कोनीले तथा टेलिभिजनको आविष्कार जे एल बेयर्डले गरेका हुन् । त्यस्तै एफएम रेडियोको आविष्कार एडविन आर्मस्ट्रंगले गरेका हुन् ।
थर्मोमिटरः थर्मोमिटरको आविष्कार ग्यालिलियो ग्यालिलीले गरेका हुन् ।
कैँचीः कैँचीको आविष्कार लियोनादर्ेा दा भिन्चीले गरेका हुन् ।
एक्सरेः एक्सरे मेसिनको आविष्कार विल्हेम कोन्रार्ड रोएन्टजेनले गरेका हुन् ।
क्यामराः क्यामराको आविष्कार जोसेफ नियसीले गरेका हुन् ।
हेलिकप्टरः हेलिकप्टरको आविष्कार बे्रक्वेटले गरेका हुन् भने हवाइजहाजको आविष्कार राइट
दाजुभाइले गरेका हुन् ।
भ्याकुमः भ्याकुम क्लिनरको आविष्कार आइभिस भ्याक्गेफीले गरेका हुन् भने वाशिंग मेसिनका आविष्कारक चाल्र्स स्टोन हुन् ।
फोटोकपीः फोटोकपी मेसिन अमेरिकी वैज्ञानिक चेस्टर कार्लसनले आविष्कार गरेका हुन् ।

असोज l आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेटका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।
एसीसी प्रिमियर लिग खेलेको टोलीका एक सदस्य मात्र परिर्वतन गरिएको छ । आशिष धामीको स्थानमा कुशल भुर्तेल आएका छन् । आशिष बैकल्पिक खेलाडीमा परेका छन् ।
राजु रिजालको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा आरिफ शेख छन् । यस्तै दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह र ललितनारायण राजवंशी छन् ।
आशिषसँगै कमल ऐरी, हिमांशु दत्त र सन्दिप लामीछाने बैकल्पिक खेलाडीमा परेका छन् । यू-१९ विश्वकप छनोट अक्टोबर १३ देखि मलेसियामा हुनेछ । आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेटको तयारीका लागि नेपाली टोेली भारत जाने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार मात्र राजु रिजालको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । टोलीमा १३ खेलाडी एसीसी पि्रमियर लिग खेलका खेलाडीहरु नै छन् भने आशिष धामीको स्थानमा कुशल भुर्तेल आएका छन् ।
मलेसियामा भएको यू-१९ मा नेपाल उपविजेता बनेको थियो । अफगानिस्तानसँग १० विकेटले हार व्यहोरेको नेपालले अन्य सबै प्रतिद्वन्द्वीलाई हराएको थियो ।
टोली घोषणा लगतै क्यान यू-१९ टीमलाई भारत पठाउने तयारीमा जुटेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको सहयोगमा नेपाली टोली पर्सी शनिबार भारत जाने भएको छ ।
क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेले अनलाइनखबरसँग भनिन्-‘२६ तारिखमा भारत जाने तय भएको छ । ७ देखि ७ म्याच हुन्छ ।’
क्यानका अनुसार बीसीसीआईले नेपाली टोलीलाई अभ्यासका लागि आवश्यक सबै सहयोग गर्नेछ । साथै ब्याटिङ कोच पनि उपलब्ध गराउनेछ ।
आरिफ शेख उपकप्तान रहेको नेपालीमा दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह र ललितनारायण राजवंशी छन् ।
आशिषसँगै कमल ऐरी, हिमांशु दत्त र सन्दिप लामिछाने बैकल्पिक खेलाडीमा परेका छन् । यू-१९ विश्वकप छनोट अक्टोबर १३ देखि मलेसियामा हुनेछ ।

महिलाहरुको स्तनको आकारलाई केवल ७ दिनमा आश्र्चयजनक रुपमा बृद्धि गर्ने दाबी गरिएको अनौठौ भाइब्रेट ब्राको अमेरिकामा परिक्षण भइरहेको छ । यो ब्रा लगाएपछि महिलाको स्तन शल्यक्रिया बिना ठूलो हुने बताइएको छ । ई–ब्रा नाम दिइएको सो ब्रालाई दुईजना अमेरिकी महिलाहरुमाथि परीक्षण गरिएको प्राप्त समाचारमा जनाइएको छ । सर्बियाली डिजाइनर सबिन मिलन मिलिसले स्रो ब्रा ल्याएका हुन् ।
आफ्ना प्रेमिकाले ठूलो स्तनको इच्छा देखाएपछि मिलानले सो ब्राको अबधारणा ल्याएका हुन् । सर्वियाका ३० वर्षीय मिलनले सो उपकरणले महिलाको स्तन एक कप बराबर बृद्धि हुने र स्तनहरुलाई पुष्ट बनाएको दाबी गरे ।

यस चमत्कारिक ब्राले कठोर क्लिनिकल परीक्षण पास गरेमा यसले विश्वका लाखौं मानिसहरुलाई पुष्ट छाती बनाउन सहयोग गर्नुका साथै पीडादायी स्तन शल्यक्रियाबाट मुक्त गर्नेछ ।
आफ्नी प्रेमिकाले ठूलो स्तन बनाउने इच्छा व्यक्त गरेपछि इन्जिनियरका पूर्व विद्यार्थी मिलानले स्तनको शल्यक्रियाको विकल्पका रुपमा यो ब्राको अबधारणा ल्याएका हुन् । भाइब्रेटिङ ब्राको नमुना बनाउनुअघि उनले यस विषयमा महिनौं अनुसन्धान गरेका थिए ।

तत्पश्चात उनले ई–ब्रालाई अमेरिका ल्याएका थिए जहाँ युरोप बाहेकका दुई अमेरिकी महिलाहरुले यसको परीक्षण गरेका छन् । तर, युरोपका असंख्य महिलाहरुमा गरिएको परीक्षणमा त्यति सुखद नतिजा नदेखिए पनि अमेरिकी परीक्षण भने सफल प्रमाणित भएको छ । चिकित्सकको रोहबरमा एक ४९ वर्षीय महिलाले केबल सात दिनसम्म १५ मिनेट लगाउँदा स्तन बृद्धि भएको प्राप्त समाचारमा जनाइएको छ ।

स्वतन्त्र रुपमा ब्राको परीक्षण गरेका तथा सर्वियाली मोलिनरको परीक्षणपछि तस्बिर समेत लिएका कस्मेटक सर्जन डा. मिचेल सालजेउर सो ब्रा लगाएपछि स्तन बढेको दाबी गरे ।

ब्राको परीक्षण गर्ने स्राबिनाले सात दिनसम्म दिनमा पाँच मिनेट तीन पटक ब्रा लगाउँदा स्तनको आकार एक कप बराबर बृद्धि भएको बताइन् । छोटो समयमा नै स्तनको आकार बृद्धि गर्ने ब्रा वास्तवमै जादूमय भएको उनको कथन छ । ‘शल्यक्तियाका कारण मेरो स्तनको आकार फरक फरक थियो । अहिले ब्रा लगाउन थालेपछि आकार पनि बराबर हुन थालेको छ,’ उनले थपिन्, ‘ब्रा लगाएर व्युझिदा साह«ै असजिलो लाग्यो । किनकी व्युझिदा दुध बढेर निकै ठूला भएका रहेछन् । बानी नपरेको भएर होला केही दिन निकै असजिलो भयो ।

आश्विन ६।  एएफसी यू-१६ च्याम्पियनसिप फुटबलका लागि छनोट भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ ।
किशोर फुटबल टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट र एन्फा अध्यक्ष गणेश थापा विमास्थल पुगेका थिए ।
कीर्गिस्तानमा भएको छनोट फुटबलमा नेपाल अन्तिम खेलमा ओमानसँग पराजित हुँदै समूह उपविजेता बनेको थियो । तर, उकृष्ट चार उपविजेतामा पर्दै अर्को वर्ष भारतमा हुने एएफसी यू-१६ च्याम्पियनसिपमा छनोट भएको छ ।
आयोजक भारतबाहेक दक्षिण एसियाबाट च्याम्पियनसिपमा छनोट हुने नेपाल एक्लो टीम हो ।

जन्मिँदा छोरी बनेर जन्मिएका चेलीहरु जब ११-१२ वर्ष उमेरका हुन्छन् तब आफै छोरा बन्दछन् । सुन्दैमा अपत्यारिलो, अनौठो तथा विचित्र लाग्ने यो कुनै कथाको कल्पना होइन, एउटा गाउँको वास्तविकता हो । हो, डोमिनिक गणतन्त्र नामक देशको दक्षिण पश्चिमी इलाकामा पर्ने स्यालिनास नामक गाउँमा केटीहरु किशोरावस्थामा प्रवेश गर्नैलाग्दा आफसेआफ केटा बन्ने गरेका छन् ।
कुनै अत्याधुनिक लिंग परिवर्तन उपचारका कारण होइन एउटा अनौठो तथा भयानक रोगका कारण गाउँका चेलीहरु बैँश नजाग्दै केटा बन्न बाध्य छन् ।
गाउँमा केटीहरु आफै केटा बन्ने कुरा यति सामान्य भैसक्यो की अब यसलाई सबैले स्विकार गरिसके र अचम्म मान्न छाडिसके ।
डाक्टरहरुका अनुसार गर्भावस्थामा हुने आनुंवशिक रोगका कारण बच्चालाई अत्यावश्यक इन्जाइम नपुग्दा यस्तो हुन्छ । गर्भावस्थामा भ्रुणलाई डिहाइड्रोटेस्टेस्टेरोन नामक पुरुष हर्मोन राम्रोसँग उत्सर्जन हुन पाउँदैन । बच्चा जन्मिएर बच्चा एघार बाह्र वर्षको भएपछि मात्र हर्मोन सन्तुलन हुने र बच्चाको लिंगको आकार बढेर बल्ल केटाजस्तो देखिने गर्छ ।
यद्यपि जन्मिँदा पूर्णरुपमा केटी रहेका बच्चाहरु पछि केटा बन्ने चाहीँ होइन । हर्मोनको गडबडीका कारण कतिपय बच्चामा लिंग नै नपलाउने र लिंग नै नभएका कारण उक्त बच्चा केटा भएपनि बावुआमाले छोरी ठान्ने गरेका हुन् । नठानुन् पनि किन छोराको यौनाग हुने ठाउँमा छोरीको यौनांग जस्तै पिसाब फेर्ने सानो प्वाल मात्र भएपछि । तर जन्मिसकेर उमेर बढ्दै गएपछि उक्त ठाउँमा लिंग पलाउने र पछि पूर्ण आकारको लिंग तयार भैसकेपछि त्यो बच्चालाई पूर्ण छोरा बनेको ठान्ने गर्छन् गाउँलेहरु ।
अहिले २४ वर्ष उमेर भएका जोनी नामका एक युवक पनि सानोमा केटी थिए । उनको नाम फेलेसिटिया थियो । उनको लिंग नभएका कारण बाआमाले उनी छोरी भएको ठाने । उनलाई छोरीकै कपडा लगाइदिने, छोरीकै खेलौना दिने तथा स्कुलमा पनि केटीकै समूहमा बसालियो । तर पछि उनको लिंग पलाएपछि बुवाआमाले उनी छोरा भएको स्विकारे र नाम बदलिदिए ।
यो गाउँमा जन्मिने हरेक ९० जना बच्चा मध्ये एउटा बच्चा यस्तो जन्मिने गरेको छ की ऊ जैविक रुपमा केटा भएपनि लिंग नपलाएको कारणले छोरी ठानिन्छ ।
१२ वर्षको उमेरमा छोरीहरु छोरा बन्ने यो रोगलाई गुएवेडोसेज भनिन्छ । जसको अर्थ हुन्छ, १२ वर्षमा लिंग ।

यदी तपाईंले भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन । त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ ।
एन्ड्रोइड स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको सतप्रतिशत ग्यारेन्टी भने हुँदैन । तर प्रयास गर्दैमा के जान्छ ?
कम्प्युटरमा कुनै पनि फाइल डिलिट गर्दा त्यो एउटा ट्र्यासमा गएर बस्छ । ठिक त्यही हुन्छ स्मार्टफोनमा पनि । तपाइर्ंले डिलिट गरेको डाटा छोटो समयका लागि फोनभित्रै सुरक्षित हुन्छ । डाटा रिकभरी सफ्टवेयरको प्रयोगबाट तपाईं यसलाई फिर्ता ल्याउन सक्नुहुन्छ । यसका लागि एन्ड्रोइड डाटा रिकभरी, डा. फोन जस्ता एपहरु तपाईंलाई काम लाग्न सक्छन् ।
कानूनअनुसार सबै फोन कम्पनीहरुले तपाईको मोबाइलको म्यासेज स्टोर गर्नु आवश्यक हुन्छ । प्रहरी वा कुनै कानूनी निकायले मागेको खण्डमा कम्पनीहरुले यस्तो जानकारी दिनैपर्छ । त्यसैले तपाईंलाई अति आवश्यक कुनै म्यासेज छ भने त्यसलाई फोन कम्पनिमार्फत पनि माग्न सकिन्छ । तर यसका लागि तपाईले केहि कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।
त्यसो त तपाईंको फोनका लागि एसएमएस ब्याकअपको पनि एउटा एप छ । यसलाई आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ । 

असोज ३ ,  आज साझ ५ बजेर ५५ मिनेट मा रास्ट्रपति डाक्टर राम बरण यादब द्वारा नेपालको संबिधान २०७२ घोसना भयो।  देश भरि हर्सौल्लासकासाथ चोक चोक मा देसै भरि खुसियाली मनाइदै। 

असोज ३।  आज पुर्व घोसित नेपालको संबिधान (देशको मूल कानुन ) जनतालाई सार्बजनिक गर्ने कार्यक्रम छ। आज बेलुका घोसणा  हुने संबिधान मा अन्तिम चरणमा रास्ट्रपति रामबरण यादब द्वारा क्षस्ताक्षर गरेपछि ५ बजे पछाडी जारी गर्ने कार्यक्रम छ। नेपाल सरकारले संबिधान बनेको खुसियालीमा आज र भोलि सार्बजनिक बिदा दिई घर घरमा दिपावली गर्न सम्पूर्ण नेपाली जनतालाई आग्रह गरेको छ।
संबिधान सभा भवन आज बेहुली झैँ सिगारिएको छ।  देशभर सुरक्षा चुस्त दुरुस्त पार्न सुरक्षा कर्मीलाई देशभर खटाइएको छ। बहु प्रतिक्षित संबिधान आउन लाग्दा नेपाली जनताको अनुहारमा कान्ति छाएको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको छ ।
राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरे ।
छनोट भएको लोगो खिमराज श्रेष्ठ तथा मस्कट सन्तोष विष्टले तयार गरेका हुन् । पारिश्रमिक स्वरुप श्रेष्ठलाई ४५ हजार र विष्टलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो ।
विभिन्न ३५ समावेश सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ११ देखि १८ गतेसम्म हुँदैछ ।

असोज १। नेपाली महिलाहरूको महान चाड हरितालिका तीज भोलि ऋषिपञ्चमीको पूजा गरी सकिदै छ ।
हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन टिस्टुङ, टेकु, कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने जानकारी दिए ।
ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याहृनमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राहृमणलाई दानदक्षिणा दिने प्रचलन छ ।
ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ ।
ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ । 

असोज १। दैवी वास्तुविद् विश्वकर्मा पूजा आज  मनाइँदै छ ।
नेपालमा प्रत्येक वर्षको आश्विन सङ्क्रान्ति असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिँदै आएको छ । समुद्रमन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ ।
नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले मङ्गलबार काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्याधिक भिड लाग्छ ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । बडादसैँको नवमीमा पनि उनको पूजा गरिन्छ ।
नेपालमा आजै विज्ञान तथा प्रविधि दिवस पनि मनाइन्छ । नेपालमा असोज सङ्क्रान्तिदेखि नै शरद् ऋतु प्रारम्भ भएको मानिन्छ ।

भाद्र ३१।  एसएसली पुरक परीक्षाको परीक्षाफल प्रकाशित, एक लाख २४ हजार एक सय २८ जना परीक्षार्थी मध्ये ६६.९३ प्रतिशत परीक्षार्थी उतीर्ण, छात्रतर्फ ५५ हजार तीन सय ८२ परीक्षार्थीले परीक्षा दिएकोमा ३८ हजार तीन सय ९९ जना उत्तीर्ण,  छात्रातर्फ ६८ हजार ७ सय ४६ जनाले परीक्षा दिएकोमा ४४ हजार ६ सय ७९ जना उत्तीर्ण । 

भाद्र ३१।  रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत  आज २ विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दै छन्।  खेल ललितपुरको सातदोवाटो स्थित एन्फा कम्लेक्सको मैदानमा हुदै छ ।  

भाद्र ३०।  बुधबार ब्रत बसेर भगवान शिवको आराधनासहित हिन्दु नारीहरुले महान चाड तीज मनाइरहेका छन् ।
सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास ब्रतलाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ ।
हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जल ब्रत बसेको हुनाले यसलाई हरितालिका ब्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।
हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दीप, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर ब्रत तोड्ने परम्परा छ ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी यस दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्ने गर्दछन् ।
भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

आधारभूत रूपमा हाम्रो गिदी सेता र कैला रंगका तन्तु मिलेर बनेको हुन्छ । ज्ञान र सीप सिकाइमा दुवै रंगका तन्तुको उस्तै भूमिका हुन्छ । नयाँ अनुसन्धानले पत्ता लगाएअनुसार पुरुषले कुनै कुरा सोच्दा गिदीका कैला तन्तु बढी प्रयोगमा आउँछन् भने त्यही कुरा महिलाले सोच्दा सेता तन्तु बढी सक्रिय हुन्छन् । तर, जुनै रंगका तन्तु जे–जति मात्रामा प्रयोग भए वा सक्रिय भए पनि यसले बौद्धिकतामा कुनै फरक पार्दैन ।
युनिभर्सिटी अफ क्यालिफोर्निया र युनिभर्सिटी अफ न्यु मेक्सिकोका विशेषज्ञले यसबारे अनुसन्धान गरेका छन्, जुन न्युरोइमेज नामक जर्नलले प्रकाशित गरेको छ । प्रकाशित सामग्रीअनुसार सामान्य ज्ञान क्षेत्रमा सोच्दा पुरुषका कैला तन्तु महिलाको भन्दा ६ गुणा बढी सक्रिय हुन्छन् । त्यस्तै, सामान्य ज्ञानकै बारेमा सोच्दा महिलाका सेता तन्तु पुरुषको भन्दा १० गुणा बढी सक्रिय हुन्छन् ।
अनुसन्धानले यो पनि देखाएको छ, महिला मस्तिष्कको अगाडिको भागमा ८४ प्रतिशत कैला गिदीका तन्तु र ८६ प्रतिशत सेता गिदीका तन्तु रहन्छन् । त्यस्तै, पुरुष मस्तिष्कको अगाडिको भागमा कैला गिदीका तन्तु जम्मा ४५ प्रतिशत हुन्छन् भने सेतो गिदीका तन्तुहरू हुँदै हुँदैनन ।
मस्तिष्कको अगाडिको भागमा क्षति पुग्दा पुरुषको भन्दा महिलाको अवस्था अलि बढी नाजुक हुने पनि अनुसन्धानले देखाएको छ । यस्तो किन हुन्छ भन्नेबारे भने खास कारण पत्ता लागिसकेको छैन । तर, महिला र पुरुषमा रहने सेता तथा कैला गिदीका तन्तुको थप अध्ययनबाटै धेरै कुरा पत्ता लाग्ने विश्वास अनुसन्धानकर्ताले गरेका छन् ।
गिदीका कैला रंगका तन्तुले सूचना प्रवाह अर्थात् इन्फर्मेसन प्रोसेजिङको भूमिका निर्वाह गर्दछन् भने सेता रंगका तन्तुले सञ्जाल सञ्चालन नेटवर्क एडमिनिस्टरको भूमिका निर्वाह गर्छन् ।
मस्तिष्कका विभिन्न भागले धेरै प्रकारका काम गर्ने हुनाले कुनै एक विधिबाट मात्र यसको अध्ययन सम्भव छैन । त्यसैले, लेसन स्टडिज, स्टिमुलेसन, माइक्रो–इलेक्ट्रोड रेकर्डिङ, सिटी स्क्यान, इलेक्ट्रइन्सेफलोग्राम (ईईजी), इभेन्ट रिलेटेड पोटेन्सियल (ईआरपिएस) लगायत विधि अपनाएर मस्तिष्कले कुन काम कसरी गर्छ भनेर मापन गरिन्छ ।

हालसालै युनिभर्सिटी अफ पेन्सिलभेनिया मेडिकल स्कुल, रेडिओलोजी विभागकी प्रोफेसर रानिगी वर्मा सहितको अनुसन्धान टोलीले आठदेखि २२ वर्ष उमेर समूहका चार सय २८ जना केटा र पाँच सय २१ जना केटीमा अध्ययन गरेका थिए । एमआरआई जसलाई डिफ्युजन टेन्सर इमेजिङ (डिटिआई) पनि भनिन्छ, विधि प्रयोग गरी गरेको अध्ययनले पुरुषको मस्तिष्कभित्रको सञ्जाल फोरब्रेनको दुवै खण्डको अगाडि र पछाडि बढी हुने र महिला मस्तिष्कभित्रको सञ्जाल दुई खण्डबीचमा अथवा दायाँ र बायाँ हुने कुरा पत्ता लागेको छ । तर यस्तो सञ्जाल बहुसंख्यकमा पाइएको हो, शतप्रतिशतमा होइन ।
अनुसन्धानमा सहभागीहरु तीन उमेर समूहका थिए । करिब १३ वर्षसम्म केटा तथा केटी दुवैको मस्तिष्क सञ्जाल लगभग उस्तै हुने अनुसन्धानले देखायो । त्यस्तै, १३ देखि १७ वर्षको बीचमा भने विशाल परिवर्तन हुने पाइयो । यो बेला केटीहरूमा अगाडिको मस्तिष्कको दुई खण्डबीचमा र केटाहरूमा दुवै खण्डको अगाडि र पछाडि सञ्जाल एकदम फैलिएको पाइयो, उमेर बढ्दै जाँदा केटा तथा केटी दुवैको समग्र मस्तिष्कमा बिस्तारै सञ्जाल बढ्दै गएको पाइयो ।
सारांशमा हाम्रो पछाडिको मस्तिष्कले अनुभवसँग सम्बन्धित काम गर्छ, अगाडिको मस्तिष्कको देव्रे खण्डले बुद्धि र तर्कसँग सम्बन्धित हुन्छ । त्यस्तै, अगाडिको मस्तिष्कको दायाँ खण्डले कलात्मक, सिर्जनशीलता र कल्पनात्मकतासँग सम्बन्धित हुन्छ ।
यसभन्दा पहिलेका अध्ययनले औसतमा शारीरिक बल, दर्शन, तर्क र परीक्षण जस्ता कुरामा पुरुष अगाडि हुने र सीप, सिर्जना, मान्छे छिटै चिन्ने, नयाँ ठाउँमा छिटै घुलमेल हुन सक्ने कुरामा महिला अगाडि हुने देखाएको थियो । यसो हुनुमा महिला तथा पुरुषमा उस्तै कामका लागि प्रयोग हुने फरक रंग र मात्राका मस्तिष्कका तन्तुहरूका साथै फरक सञ्जालको भूमिका हुने हालका अनुसन्धानकर्ताको विश्वास छ । साथै, गिदीको रंग र सञ्जालको अध्ययनले भविष्यमा मस्तिष्क रोगको निदानमा पनि सहयोग पुर्याउनेमा अनुसन्धानकर्ता आशावादी छन् ।
हालसालै वैज्ञानिकहरूले महिला र पुरुषबीच करिब ७८ किसिमका वंशाणुगत भिन्नता हुने कुरा पत्ता लगाएका छन् ।
तीमध्ये केही उदाहरण ः
० महिलामा जस्तै पुरुषमा खानाका धेरै परिकार एकैचोटि बनाउने क्षमता हुँदैन ।
० महिलाले आफ्ना वस्तुहरू लुकाएर राख्छन् भने पुरुषले देखाएर राख्छन् ।
० महिलामा पुरुषलाई सर्वेसर्वा हुँ भन्ने वातावरण बनाइदिन सक्ने क्षमता हुन्छ ।
० साबिकको भन्दा जति सस्तो भए पनि आवश्यक नभएका वस्तु पुरुषले किन्दैनन् भने महिलाले खुसी हुँदै किन्छन् ।
० आफूले प्रयोग गर्ने वस्तु किन्न पुरुषले दुई मिनेट पनि लगाउँदैनन् भने महिलालाई घन्टौँसम्म लाग्न सक्छ ।
० कोही व्यक्ति रुन सुरु गर्छ भने त्यसलाई के गर्ने महिलाले तुरुन्त निर्णय गर्न सक्छन् ।
० बच्चा रोइरहेको भए पनि, कुकुर भुकिरहेको भए पनि, घन्टी बजिरहेको भए पनि पुरुष सुत्न सक्छन् भने महिला सक्दैनन् ।
० महिलाले २० वर्ष पहिले आफूले लगाएको वस्त्र समेत सम्झेका हुन्छन् भने वस्त्र नहेरीकन पुरुषलाई हिजो लगाएका वस्त्र पनि याद हुँदैन ।
० पुरुषहरू वाक्य (सेन्टेन्स) मा कुरा गर्छन् भने महिलाहरू अनुच्छेद (प्याराग्राफ) मा ।

भाद्र २९।  रेडबुल राष्ट्रिय लिग फुटबल आन्तर्गतको    प्रतियोगितामा आज  सशस्त्र प्रहरीको एपीएफ टीम र ललितपुरको थ्रिस्टार क्लवबीच प्रतिस्पर्धा हुदै छ । 

भाद्र २९। आज भद्र सुक्ल दितिया  अर्थात् दर खाने दिन।  नेपाली हिन्दु महिला हरुको महान पर्व हरितालिका तिजको को अघिल्लो दिन। भोलि आफ्ना परिवार तथा आफ्ना श्रीमान को रक्षाको कामना गर्दै पानी  समेत नखाई निराहार ब्रत बस्ने चलन छ। भोलि निराहार बस्नु पर्ने भएकाले आज भोलि लाई  समेत पुग्ने गरि फलफूल तथा मिठाई  बनाई  खाने चलन छ। छोरी चेली आ आफ्ना माइती घर गएर तिज मनाउने चलन छ।

पहिला पहिला माइत टाढा तथा यातायात सुबिधा नहुदा वर्ष दिनमा छुट्टी मिलाएर माइतिघर जाने चलन थियो। घरमा सासुको टोकसो सहन नसकेका विरहका गित गाएर बह पोख्ने तिज आजकल डिस्को र उक्ष्रिङ्खल बन्दै गएको नकार्न सकिन्न। 

यू-१९ साफ च्याम्पियन नेपाली टोलीलाई सीएमजी क्लबले सम्मान गरेको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा सीएमजीले नगदसहित सम्मान गरेको हो । एसीएमजीले च्याम्पियन टोलीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरेको छ ।
नेपालले हालै काठमाडौंमा भएको यू-१९ साफ च्याम्पियनमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

अहिलेको समाजमा क्रेडिटकार्ड कुनै नौलो विषय होइन। तर कहिले श्रीखण्ड जस्तो काम गर्छ यसले, त कहिले खुर्पाको बिंडसरी । कहिले नसोचेको चर्को ब्याज तिराउँछ यसले, त कहिले ‘चलाउँ कि नचलाउँ’ भन्ने पनि बनाउँछ । क्रेडिटकार्डलाई चलाउन जान्दा घाटै नहुने केवल सुविधामात्र पाउने श्रीखण्ड जस्तो बासनादार फाइदा हुन्छ भने चलाउन जाने ‘काउछोसरी चिलाएर उकुत नै जन्माउन बेर मान्दैन । यसका सम्बन्धमा सबैसँग आआफ्ना अनुभव होलान नै । मैले भोगेका यस सम्बन्धी तीता–मीठा अनुभव छलफल गर्दा राम्रो हुन्छ कि भनेर लेख्दैछु । म कुनै अर्थशाष्त्री पनि होइन र यसको विशेषज्ञ पनि होइन । तरपनि मेरा अनुभव बताउँदा घाटा के नै लाग्ला र ? अरुले यसबाट लिएका फाइदा जान्दा पनि राम्रो र कहिलेकाही नमीठो पारेको कारण थाहा पाएर सतर्क हुँदा पनि फाइदै होला । 
क्रेडिटकार्डको सबैभन्दा जान्नुपर्ने विषय भनेको यसबाट खर्च गरिएको रकम तिर्ने दिन हो । ब्यालेन्स रकमलाई तरिका मिलाएर तिर्न जाने यसले फाइदा दिन्छ, ब्याज तिर्ने खर्च पर्दैन । यदि ब्यालेन्स तिर्नुपर्ने दिनमा भुक्तान नगरेर ब्याज तिर्न पर्यो भने काउछोले जस्तो पोल्छ । मूल कुरो के हो भने क्रेडिट कार्डको ब्याज दर साह्रैनै महँगो हुन्छ । त्यसैले ब्याज नलाग्ने समय सीमा पहिचान गरेर कुन दिनसम्ममा ब्यालेन्स भुक्तान गर्दा ब्याज लाग्दैन भन्ने किटान गर्न सवैभन्दा जरुरी हुन्छ ।
मेरो अनुभवः पहिलो पटक मेरो हातमा क्रेडिटकार्ड परेपछि एक महिनासम्म ब्याज तिर्न पर्दैन भनेर त्यसैबाट किनमेल गरें । एक महिनापछि स्टेटमेन्टमा देखिएको ब्यालेन्स पनि तिरें । फेरि दोस्रो महिनापनि त्यही क्रेडिटकार्डबाट किनमेल गरें । अर्को महिना फेरि यसबाट किनेको जति रकम तिरुँला भन्ने सोचें । तर अर्को स्टेटमेन्ट आउँदा त त्यसमा ब्याज पो जोडेको रहेछ । कार्ड कम्पनीले गल्ती गर्‍यो भन्ने लाग्यो । त्यसैले फोन गरे कस्टोमर सर्भिसमा । अनि बल्ल चुरो कुरो थाहा पाएँ । न अङ्ग्रेजी क्यालेण्डर न नेपाली क्यालेन्डरको महिना हुँदो रहेछ त्यो ब्याज नलाग्ने महिना त । ब्याज नलाग्ने एक महिना भनेको त अघिल्लो स्टेटमेन्टदेखि अर्को स्टेटमेन्टसम्मको समय पो रहेछ । क्रेडिटकार्डको स्वादको महिना पो हुँदो रहेछ । त्यति कुरो जान्न पहिलो महिनाको ब्याज तिर्न पर्दा ल, यही फीस तिरेर यति कुरा जाने भनेर सन्तोष लिएँ । एक मनले त यो जाबो चलाउँ कि नचलाउँ जस्तो पनि भयो । पैसा नहुँदा ब्याजै तिरेर पनि त क्रेडिट कार्डबाट काम चलाउन पर्ने अवस्था पर्नसक्छ भन्ने पनि लाग्यो । कार्ड कम्पनीले चाही डाइरेक्ट डेबिट गरेर सवै ब्यालेन्स भुक्तान गर्न उक्साउँदा रहेछन त्यसो गर्न पनि उचित ठानिन । सवै ब्यालेन्सको डाइरेक्ट डेबिड गर्दा खातामा पैसा नभएको बेला तिर्ने दिन पर्यो भने झन ब्याङ्कले चर्को जरिवाना ठोक्छ । उता क्रेडिट स्कोर पनि बिग्रन्छ भन्ने डर लाग्यो ।
क्रेडिट कार्ड चलाउन थालेको धेरै बर्ष भैसक्यो। अव भने क्रेडिट कार्ड चाही चलाई राख्छु । सुरु–सुरुमा यो चलाउन सिके बापतको ब्याज चाही थोरै–धेरै तिरेको छु । आजभोलि चाही दुईवटा त्रेडिटकार्डलाई समय मिलाई–मिलाई चलाउनु र ब्याज तिर्दिन ।
अर्को एउटा तरिका सिक्न पनि झण्डै फिस तिरेको थिएँ । तर, झगडा गरेर फुरसद पाएं । झगडा पनि नेपालीमा गर्न पाए त सजिलो हुन्थो नि अङ्ग्रेजीमा झगडा गर्नपनि मलाई त कनिकुथी नै हुन्छ, के गर्नु बाउबाजेको भाषा परेन । तर जे होस जनतन गरें गाठे । भयो के भने ब्याज–स्याजको झन्झटभन्दा जाबो क्रेडिटकार्ड नचलाउन पर्यो भनेर चुपलागि बसेको थिएँ । एउटा स्टेटमेन्टमा त चार्ज भनेर तीन–बीस (६० पाउण्ड) रकम ठोकेर पठाएछ । फेरि कनी कुथी अङ्ग्रेजीमै कस्टोमर सर्भिसमा फोन गरें । आफ्नो जन्मदिनदेखिका नालीबेली बताएपछि बल्ल तेरो कुरो भन भनी खैरेनीले । केको चार्ज सार्ज हो दिन्न मैलेत भनेर तर्क गरें । उसले मेरो कुरा धार्जे सुनेपछि भन्न थाली– “छ महिनासम्म तेरो त्रे्कडिटकार्डबाट कुनै किनमेल नभएको र बर्षमा पाँच सय पाउण्ड भन्दा कम किनमेल गरेको हुनाले बार्षिक–फी तिर्नु पर्छ” । तर बर्षमा पाँच सय पाउण्ड भन्दा बढीको किनमेल गरेको खण्डमा चार्ज नलाग्ने पनि बताइ । ‘चार्ज तिर्नपर्ने भए मेरो कार्ड क्यान्सिल गर, मलाई चाहिन्न’ भनेपछि उसले एक पटकलाई त्यो चार्ज छुट हुने बताई । तर, छुट गर्न भन्दा पहिला मलाई एकछिन होल्डमा राखी । त्यसपछि सुपरभाइजरबाट छुट दिन अनुमति भएको भन्दै एक पटकलाई त्यो चार्ज छुट गरेर कार्ड चाहीँ बदर नहुने भयो । उनीहरुको नाटकै होला भन्ने ठानें मैले । त्यसपछि भने ब्याज र चार्ज तिर्न परेको छैन । तर किनमेल चाही क्रेडिट कार्डबाट गर्छु र समय मै तिर्छु ।
अमेरिकन एक्सप्रेशको क्रेडिट कार्डले भने पहिला केही वर्ष किनमेल गरेको रकमको एक प्रतिशत क्यासब्याक दियो । पछि एक महिनासम्म ब्याज नलिने तर क्यासब्याक नदिने भयो । त्यसपछि बार्षिक चार्ज लिने भनेपछि कार्ड नै बदर गराएँ । न रह्यो बासँ न बज्यो बाँसुरी ।
अलि वर्ष पहिलेको कुरो हो क्रेडिट कार्डले विना ब्याजको एक वर्षसम्म क्रेडिट दिन्छु, सुरुमा २।९९ प्रतिशत हेण्डलिङ फी (चार्ज) लाग्छ त्यसपछि महिनाको ५ प्रतिशत रकम हरेक महिना तिर्नुपर्छ भनेर जिस्काएको जिस्काई गर्यो । त्यही देखेर मैले पनि नआँटेपनि हुने कारोबार आँटे । तिर्ने बेला एक वर्षमा आइहाल्यो । तिर्न पैसा भएन । फेरि कनि कुथी नेपालबाट पैसा ल्याएर तिरेँ नत्र चर्को न चर्को ब्याज पर्ने हुन्छ, के गर्नु त ? त्यसपछि यो क्रेडिटकार्डको बिनब्याजे रकम पनि लिन छाडें । ‘अगुल्टोले हानेको कुकुर विजुलीदेख्दा तर्सन्छ” भने जस्तै भएको छ । त्यसैले साथीमाइहरुलाई बिनाब्याजे पैसा दियो क्रेडिट कार्डले भनेर चिल्लो गाडीमा आँखा नलाउनुस भन्छु । तर, योजना बनाएर भुक्तानी गर्ने मितिमा पैसा नअड्कने छ भने सित्तैको पैसाबाट काम चलाउँदा पनि मुर्खचाहीँ बनिँदैन भन्छु म त ।
अहिलेको मेरो चलन के छ भने एउटा कार्डको स्टेट्मेन्ट आएपछि त्यो सबै रकम तिर्छु । त्यो महिना त्यो कार्ड चालउँदै चलाउन्न अर्को कार्ड चलाउँछु । अनि अर्को स्टेटमेन्टमा सुन्ना ब्यालेन्स आउँछ । ‘अड्को पड्को तेलको धुप’ पनि कामलाग्छ भनेर क्रेडिट कार्ड धानिराख्ने नसा पनि लागेको छ मलाई त ।
कहाँ चलाउने कहाँ नचलाउने त !
प्रसंग अलि फेरौं अब । यो क्रेडिट कार्डको ठगी प्रकरण पनि चर्कै पो सुनिन्छ । अझ इन्टरनेटमा कार्ड नम्बर हाल्यो सामान किन्यो गर्न प्रविधिको सुविधा पनि बनेको छ । तर ठगहरुलाई ठग्न सजिलो पनि पारेको छ । हेक्का राख्न सके सवै तिर ठग मात्रै पनि छैनन् । तर, के गर्ने के नगर्ने भन्ने विषयमा चलाखी गर्न भने जरुरी छ । इन्टरनेट फिसिङ र भाइरसबारे अतिआवस्यक जानकारी छैन भने इन्टरनेट तिर कार्डनम्बर नचलाएकै राम्रो । इन्टरनेट सुरक्षाको सामान्य जानकारी छ भने सुरक्षित कम्प्यूटरमा क्रेडिटकार्डबाट कारोबार गर्दा फरक पर्दैन भन्ने नै मेरो अनुभव छ । ठगहरुले त पुलिसलाई पनि छक्काउँछन भने सधै सत्प्रतिशत सुरक्षित हुन त गाह्रो छ । तैपनि कतिपय गठीको मामलामा त कार्ड कम्पनीहरुले नै ठगिएको रकम फिर्ता पनि गर्छन । होस पुर्याउनु पर्छ, डराइहाल्नु पर्दैन ।
प्लेन भाडा क्रेडिटकार्डबाट तिर्ने सम्बन्धमा !
बिस्वासिलो कम्पनीहरुसंग क्रेडिट कार्डबाट कारोबार गर्न सुरक्षित हुन्छ । किन कि कारोबारको विस्वासको कारणले गर्दा ठगी भएमा त्यस्ता कम्पनीहरु नै जिम्मेवार हुन्छन् । आफूले जानेबुझेको कम्पनी होइन भने नगदमै कारोबार गर्दा राम्रो हुन्छ । कतिपय कम्पनीहरु ग्राहकबाट पैसा लिइसकेपछि कम्पनी टाटपल्टाएर (लिक्विडेसन) ग्राहक ठग्ने पनि हुन्छन् । त्यस्ता ठग उद्देश्य राखेका कम्पनीहरुले अरुकोभन्दा कम मुल्य गर्ने तर ग्राहकलाई सस्तोको लोभ गर्दा ठूलै घाटा लाग्ने अवस्था बनाउँछन् । त्यस्ता कम्पनीसंग त नगदमै पनि कारोबार गर्न हुँदैन ।
प्लेन भाडा तिर्दा क्रेडिट कार्डले केही चार्ज लिने गर्छ । एयरवेज अनुसार फरक नियम पनि भेटिन्छ । कतिपय क्रेडिट कार्डहरुको अफर राम्रो छ भने त्यस्तो चार्ज तिरेरै पनि क्रेडिट कार्डबाटै टिकट किन्दा फाइदा हुन्छ । तर कार्डको सर्तहरुमा ध्यान दिनु पर्छ । उदाहरण– यदि क्रेडिट कार्डबाट टिकट किन्दा ट्राभल इन्सोरेन्स कभर हुने रहेछ भने कार्डबाट तिरे बापतको चार्ज तिर्दापनि आफु फाइदा मै भइन्छ । तर सवै कार्डमा त्यस्तो सुविधा हुँदैन । कुनैमा हुन्छ भने कुनैमा हुँदैन । आफ्नो क्रेडिट कार्डमा त्यो सर्त र अफर छ छैन आफैले बुझ्नु पर्दछ ।

कतिपय एयरवेजहरुले भाडा सस्तो देखाउने तर डेभिड वा क्रेडिट जुनसुकै कार्डबाट पैसा तिर्दा पनि चर्को चार्ज लिने गर्न थालेपछि बेलायत सरकारले लिन पाउने चार्जको सीमा तोकिदिएको छ । खास गरी ‘बजेट–एयर’हरुमा सस्तो भाडा देखाएर ग्राहक लोभ्याउने तर, कार्डबाट पैसा तिर्दा चर्को मुल्य लिने घुमाउरो बाटो अपनाएर पैसा कमाउने उद्देश्य राखेको पाइन्छ । आखिर सवै कम्पनीहरुको उद्देश्य त नाफ कमाउने नै हुन्छ । पैसा कमाउने ग्राहक चुसेरै हो । आखिर थुत्दा मन दुखाउने कि फकाएर थुत्ने भन्ने मात्र हो ।
सामान्यतया हवाई टिकटको पैसा डेभिड कार्डबाट तिर्दा चार्ज नलाग्ने क्रेडिटकार्डबाट तिर्दा दुई प्रतिशत चार्ज लाग्ने गर्छ ।

हाम्रा थुप्रै मन्दिरका टुँडालहरुमा यौन गरिरहेका कला देखिन्छन । किन राखिए त ति भनाई र विश्वास आआफ्नैखाले छन । हामीले सुन्दै आएको मुख्य कथन चाहिँ के हो भने मन्दिरका त्यस्ता नांगा टुँडालहरुले खराब सोचभूत प्रेतपिचासडंकिनी (बरु यि भनेकै वास्तबिकरुपमा के हुन चाहि थाह छैन है !)बोक्सीराक्षस र अपसकुनहरुलाई रोकेर मन्दिरभित्र पसन दिँदैन । र देउताको रक्षा गर्छन । भन्न त विषालु सर्पबिच्छी र अन्य जिवजन्तुलाई भित्र पस्नबाट रोक्छनपनि भनिन्छ । चट्याङ पर्नबाट रोक्छ भन्नेहरुपनि प्रशस्तै हुने रहेछन । त्यस्ता नांगा कलाहरु देखेपछि त्यस्ता खराब तत्व भित्र पस्दैनन भनिन्छ (लाज मान्ने रहेछन कि के हो भूत प्रेतलेपनि !!!) । तर अचम्महामीले सुन्दैदेख्दै र विश्वाश गर्दै आएको त्यो भनाई त सत्य होइन रहेछ कि के हो नेपालमा रहेका एक जना पूर्व कूटनितिज्ञ त बडो भिन्न तर रोचक तर्क पो गर्छन । उनले त्यसलाई त नेपालीले यौन गर्न नजान्ने प्रसंगसँग पो जोडे । नेपालीले यौन क्रिया गर्न नजानेकोले त्यस्ता कलाहरु कुँदिएको उनको तर्क रहेछ ।  
उनको तर्क अनुसार त्यो बेला यौनको बारेमा नेपाली समाज निकै साँघुरो थियो । यौन बारेमा खुला कुराकानी गर्दा दण्डित नै हुनुपर्थ्यो । त्यो बेला सञ्चार माध्यमपनि थिएनन । फिल्म र भिडियोपनि हुने भएन । परिवारमा लाजको विषय भएपछि बाबुआमादाजु भाइ वा समाजले सिकाउनेसुनाउने कुरापनि भएन । कहिँकतै सुन्दै नसुन्नेदेख्दै नदेख्ने गरेपछि यौन गर्नुपर्छ भनेर कसरि थाह पाउने त त्यो बेला सबैभन्दा सजिलो र सहज तरिका त्यहि टुँडाललाई बनाए रे त्यति बेलाका धर्म गुरुकलाकारहरुले । भन्न चाहि त्यस्तै पिचासभूत रोक्छसर्प भाग्छन भनेपछि मान्य भयो मन्दिरमा बनाउन । देउतालाई बचाउन भनेपछि जेपनि स्विकार्य हुने भयो । तर मुल कारण चाहिँ यौनबारे सिकाउन हो रे । 
उनी हुन फँसिस द नोइयल । सन १९५० ताका उनी भारतकोलागि फ्रान्सेली दुतावासमा francis-de-noyelle-012.jpgसांस्क्रितिक सहचारी थिए । त्यो बेला नेपालमा फ्रान्सेली दुतावास थिएन । भारतकैले हेर्थ्यो । पछि उनी नेपालका लागि राजदूतनै भएर गए । तिनै नोइयल हुन जसले अन्नपूर्ण जेठो हिमालमाथि पहिलो पटक भएको फ्रान्सेली आरोहणको सम्पूर्ण योजना मिलाएका थिए भारतमै बसेर ।
करिब आठ महिना अगाडि उनैको निवासमा भेट भएको थियो । त्यतिबेला मुलत: नेपाल-फ्रान्स संबन्धत्यो बेलाको कूटनीतिनेपाल-भारत संबन्धराणाहरुको सोचनेपालमा गरिएको पहिलो आरोहण जुन फ्रान्सेलीले गरेका थिए आदि इत्यादी बारे चासो राखियो । त्यहि बेला उनले नेपाल र भारतमा खिचेका निकै पुराना तस्बिरहरु देखाए । उनको एल्बममा हेर्दा त छक्कै परियो । उनले त मन्दिरका टुँडालमा भएका फरक फरक द्रिष्यका बग्रेल्ती खिचेका रहेछन नांगा कलाको फोटो । त्यति धेरै फोटो देखेपछि चासो राखियो किन होला भनेर । हाम्रो जिज्ञासामा बडो चाख दिएर तस्बिरहरु देखाउँदै उनले भने-तपाइँ नेपालीहरुलाई सेक्स गर्न आउँथेन नी । सिक्ने सिकाउने चिज नैथाह पाउने माध्यम नै थिएन । त्यहि सिकाउन त मन्दिरका टुँडालहरुमा त्यस्ता नांगा कलाहरु कुँदेको नी जताततै” । पहिलो पटक सुनेकोले अचम्म र रोचक दुबै लाग्यो । तर हो होइन दुबै भन्न सकिएन । उनले चाहिँ वास्तबिकता नै त्यहि हो भन्दै थिए ।

कुनैबेला मोबाइल फोन बजारमा एकछत्र राज गरिरहेको कम्पनी नोकिया पछिल्लो समयमा गुमनाम बन्दै गइरहेको छ । सायद तपाइँ हामीमध्ये धेरैले नोकियाको सादा मोबाइल सेटबाटै मोबाइल अनुभवको सुरुवात गरेका हौँला । त्यसैले नोकिया भन्ने बित्तिकै छुट्टै प्रेम तथा अट्याचमेन्ट जाग्छ । जागेर के गर्नु ओह्रालो लागेसँगै माइक्रोसफ्टले खरीद गरेको नोकिया कम्पनी त्यसयता गुमनाम छ । तर खुसीको कुरा, नोकिया कम्पनी नयाँ एन्ड्रोइड फोनका साथ बजारमा पुनरागमन गर्दैछ ।
समाचार अनुसार नोकिया कम्पनीले एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । नोकियाको पुनरागमनलाई लिएर मोबाइल फोन प्रयोगकर्ताबीचमा उत्साह छाउनु स्वभाविकै हो । नोकियाले निकट भविष्यमा सि वान नामक स्मार्टफोन बजारमा ल्याउने बताइएको छ र अहिले उक्त स्मार्टफोन निर्माणको काम चुपचाप तर तिव्र गतिमा गरिरहेको छ ।
चिनिया साइट विबोमा नोकियाको आसन्न सि वान स्मार्टफोनका लाइभ तस्वीरहरु सार्वजनिक भएका छन् । जसमा नोकिया सि वान स्मार्टफोनको अघिल्लो तथा पछिल्लो भागको पूर्ण तस्वीर छन् ।
कालो रंगको अघिल्लो भाग हेर्दा साओमीको टेक्स्टबुक जस्तो देखिन्छ भने पछिल्लो भाग मोटोरोलाको मोटो जी तथा मोटो एक्स सँग मिल्छ । यो स्मार्टफानमा ५ इन्चको फुल एचडी डिस्प्ले रहने बताइएको छ ।
माइक्रोसफ्टले कम्पनीको महत्वपूर्ण हिस्सा खरीद गर्दा गरिएको शर्त बमोजिम नोकिया कम्पनीले सन् २०१६ को अन्तिम त्रैमासिकसम्म आफ्नो ब्रान्डिंगमा नयाँ स्मार्टफोन उत्पादन तथा बिक्रि गर्न पाउँदैन । त्यसैले कम्तिमा पनि अबको एक डेढ वर्ष नोकियाको यो स्मार्टफोन बजारमा देख्न नपाइने पक्का छ ।
तर स्मार्टफोनको नशाले नोकियालाई छोपिसकेको र उसले आफ्ना स्मार्टफोनको उत्पादन, बिक्रि तथा बजारीकरणका लागि तेश्रो पक्ष ब्राण्डको खोजी गरिरहेको पनि बताइएको छ ।
खबर अनुसार नोकियाको सि वान स्मार्टफोनमा एन्ड्रोइड सिक्स मार्सम्यालो अपरेटिंग सिस्टम हुनेछ । साथै यसमा इन्टेलको प्रोसेसर तथा २ जिबीको र्याम हुनेछ । साथै मुख्य क्यामरा ८ मेगापिक्सेल र सेल्फी क्यामरा ५ मेगापिक्सेलको हुने बताइएको छ ।

 यदि तपाईको फेसबुक एकाउन्ट कसैले ह्याक गर्‍यो भने के गर्नुहुन्छ ? यसलाई फिर्ता लिन धेरै कठिन छैन । आउनुस्, उपाय थाहा पाउनुस् ।
सबैभन्दा पहिले <https://www.facebook.com/hacked> मा जानुस् । यहाँ एउटा बटम देखिन्छ जसमा लेखिएको हुन्छ, Your account has been Compromised.
यसमा आफ्नो नाम, इमेल र तपाईंको एकाउन्टसित सम्वन्धित फोन नम्बरमध्ये कुनै एकको बारेमा जानकारी दिनुहोस् । त्यस पश्चात तपाईंले आफ्नो एकाउन्ट सर्च गर्नुपर्नेछ । त्यसपछि पासवर्ड फिर्ता लिने काम सुरु गर्नुपर्छ । त्यतिबेला खुल्ने पेजमा आफ्नो पुरानो पासवर्ड हालिदिनुस् ।
जब गलत पासवर्डको म्यासेज आउँछ, त्यसपछि रिसेट पासवर्डको विकल्प छनोट गर्नुस् । ह्याकरले पक्कै तपाईंको इमेल पनि फेरिदियो होला, त्यसैले त्यस इमेलमा आफ्नोबारे जानकारी माग्न सक्नुहुन्न ।
त्यसपछि तपाईंको अगाडिको स्क्रिनमा लेखिएको हुन्छ, No longer have access to these ? त्यसमा क्लीक गर्नुस् । अनि आफ्नो इमेल दिनुहोस्,। जसमा फेसबेकबाट तपाईंलाई लिंक पठाइन्छ र तपाई आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ ।
तपाई स्क्रिनमा जे-जे गर्न भनिएको हुन्छ, त्यहि गर्नुस् । २४ घन्टाभित्र तपाईंको पासवर्ड फिर्ता हुनेछ । नयाँ पासवर्ड राख्दा त्यसको शब्द, नम्बर र स्पेसन क्यारेक्टरमा ध्यान दिनुहोस्, ताक कसैले अनुमान गर्न नसकुन् ।

भाद्र २७।  आज नेपाली पात्रो अनुसार कुसे औसी अर्थात् बुबाको मुख हेर्ने दिन।
 नेपाली समाजमा आजका दिन आफ्ना देवता समान पितालाई खुसि पार्न नया नया बस्त्र मिठाई फलफुल प्रदान गरि मनाइदै छ। परा पूर्व काल देखि प्रायगरी छोरी हरु टाढा टाढा बिवाह गरि गएका र यातायातका सुबिधा नभएको हुनाले आफ्ना माइती भेट्न तथा दुई चार दिन माइतमा रमाउन र आफ्ना पिता लाई समेत हेर्ने तिजको छुट्टी लिएर माइतीमा जाने चलन छ। आजैका दिन हिन्दु धर्मका हरेक कर्मकाण्ड मा बहु उपयोगी कुस लाइ पण्डित गुरुका हातबाट घरको ढोकामाथि सिउरिने चलन छ। 

सम्पूर्ण नेपाली बुबा हरुमा हामी श्याने अनलाइन को तर्फ़ बाट हार्दिक मंगलमय शुभकामना।

आफ्ना दैनिक प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको खुसीयाली मथ्थर हुन नपाउँदै सोसल नेटवर्किंग साइड फेसबुकले अर्को खुसी थपेको छ ।
फेसबुकले गत वर्ष खरीद गरेको मेसेजिंग एप ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ९० करोड पुगेको छ ।
सन् २०१४ को सुरुमा मोटो रकम खर्चेर फेसबुकले खरीद गरेको ह्वाट्सएपका प्रयोगकर्ताको संख्या त्यसयता दोब्बर भन्दा बढिले वृद्धि भएको छ । पछिल्लो ४ महिनामा मात्र १० करोड नयाँ ह्वाट्सएप प्रयोगकर्ता थपिएका छन् ।
ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताको संख्या ९० करोड पूराएको सगर्व घोषणा गरेका हुन् यसका सहसस्थापक जन कोमले, आफ्नो फेसबुक पेज मार्फत ।
यो खुसीयालीमा कोमलाई सबैभन्दा पहिले बधाइ दिनेहरु मध्ये फेसबुकका संस्थापक मार्क जुकरबर्ग नै भए र उनले आफ्नो स्टाटस अपडेटमा कोमको फोटो पनि पोष्ट गरेका छन् ।
सन् २०१४ को फेब्रुअरीमा फेसबुकले खरीद गर्दा ह्वाट्सएपका प्रयोगकर्ता ४३ करोड मात्र थिए ।गत अप्रिलमा त्यो संख्या ८० करोड पुग्यो भने पछिल्लो ४ महिनामा १० करोड थपियो ।
प्रयोगकर्ताको संख्या अत्यधिक भएपनि यसको कुनै दिगो व्यवसायिक मोडेल नभएको भन्दै ह्वाट्सएपको आलोचना हुने गरेको छ । स्मार्टफोनमा ह्वाट्सएप निशुल्क डाउनलोड गर्न सकिन्छ तर एक वर्ष प्रयोग गरिसकेपछि यदि सधैभरी चलाउने हो भने ०.९९डलर तिर्नुपर्ने हुन्छ ।
यसप्रकार यदि सबै ९० करोड प्रयोगकर्ताले ह्वाट्सएप खरीद गर्ने हो भने यसले ८९ करोड १० लाख डलर कमाउनेछ । ह्वाट्सएपका सहसस्थापक कोम ह्वाट्सएप व्यवसायिक नभएको भन्ने आलोचना सुन्न चाहँदैनन् । ह्वाट्सएपलाई विज्ञापनिक बनाउने कुरामा उनको कडा विमति रहने गरेको छ ।

लोकप्रिय नेपाली एप ‘हाम्रो पात्रो’ नयाँ स्वरुपमा सार्वजनिक भएको छ । दश लाख बढि डाउनलोड हुने निकै कम नेपाली एपमध्ये पर्ने हाम्रो पात्रोमा नेपाली पात्रोसँगै, रासिफल, मिति रुपान्तर, लोडसेडिङ, रेडियो तथा नेपाली न्यूज पोर्टलका समाचार एकैठाउँमा समावेश गरिएको छ ।
हाम्रो पात्रोका विकाशकर्ता शंकर उप्रेतीका अनुसार शुक्रबार बिहानदेखि एन्ड्रोइड भर्सनका प्रयोगकर्ताले नयाँ स्वरुपको एप प्रयोग गर्न पाउँछन् । यसका लागि नयाँ प्रयोगकर्ताले प्लेस्टोरबाट डाउनलोड गर्नुपर्छ भने पुराना प्रयोगकर्ताले एप अपडेट गर्न सक्छन् ।
यी हुन् नयाँ फिचर
हाम्रो पात्रोले डिजाइन र लेआउटमा महत्वपूर्ण परिवर्तन गरेको छ । मिति र पर्वअनुसार एपको डिजाइन आफै परिवर्तन हुन्छ ।
स्मार्टफिड विधिअनुसार होम स्क्रिनमै पात्रोका फिचरहरु देखाइन्छ । साथै प्रयोगकर्ताको रुची र समयअनुसार भिन्नभिन्न फिचरलाई प्राथमिकिकरण गरिन्छ ।
यसैगरी चाडपर्वसम्बन्धी विस्तृत जानकारी पनि नयाँ थपिएको छ । यसअघिको भर्सनमा चाडपर्वको सूचीमात्र हुने गर्दथ्यो ।
हाम्रो पात्रोमा मौसम पनि थपिएको छ । अब तपाईले आफ्नो क्षेत्रको मौसम एपको होमस्क्रिनका देख्न सक्नुहुन्छ । यसैगरी हाम्रो पात्रोमा हरेक दिन एक प्रेरक भनाई पनि आउँछ ।
नयाँ भर्सनमा न्यूज फिडलाई अझै सहज बनाइएको छ । अब आफुलाई मन पर्ने न्यूज पोर्टल छनौट गरेर त्यही मात्रै पोर्टलको समाचार पढ्न सकिन्छ । न्यूज विजेटका माध्यमबाट तपाईले सिधै समाचार स्क्रिनमा देख्न सक्नुहुन्छ । नयाँ भर्सनमा नेपाली र अंग्रेजी दुवै भाषा सपोर्ट गर्छ । अर्थात तपाइको मोबाइल नेपाली भाषा सपोर्ट गर्दैन भने पनि हाम्रो पात्रो अंग्रेजीमा चलाउन सक्नुहुन्छ ।

 सपनाले मान्छेको सोच र भावनामा क्षणिक तर गहिरो प्रभाव पार्छ । मान्छेले मात्र होइन, निदाउने जति सबै प्राणीले सपना देख्छन् । तर, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ ।
मानव मस्तिष्क र पशुपक्षीको मस्तिष्कबीच यो फरक छ, पशुपक्षीले सपना देखेको थाहै पाउँदैनन्, वा निद्रा खुलेपछि सपना नै पूर्ण रूपमा बिर्सिहाल्छन् । त्यसैले उनीहरूमा सपनाको प्रभाव पनि शून्य हुन्छ । विपनामा पनि मानिसबाहेकका अन्य प्राणीलाई परिचित शत्रुहरूको आकृति, खतराको संकेत, शत्रुहरूका केही व्यवहारको ज्ञान र वर्तमान मौसमबारे थोरै ज्ञान हुन्छ, यसबाहेक खासै ज्ञान हुँदैन ।
मस्तिष्कको विकसित स्वरुप, प्रयोग र सपनाको प्रकारमा आनुपातिक सम्बन्ध हुने अवस्था पनि धेरै हुन्छन् । मानव मस्तिष्क सर्वश्रेष्ठ भएकाले स्वभावैले सपना पनि हामीले बढी देख्छौं, अनि त्यसबाट प्रभावित पनि बढी नै हुन्छौं ।
हामीले हाम्रो जीवनको एकतिहाइ काल सुतेर बिताउँछौं । हाम्रो हरेक रातको औसत दुई घन्टा सपनामा बित्छ । धेरैजसो सपना त हामीलाई यादै हुँदैन, करिब चार प्रतिशत जतिमात्र आंशिक या पूर्णरुपले याद हुन्छ । सपना देखेको पाँच मिनेटमा ५० प्रतिशत र १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सन पुगिन्छ । प्रायः सपना २० मिनेटभित्र सकिन्छन् र हरेक मान्छेले दिनमा तीनदेखि सात वटासम्म सपना देख्छ । घुरेका बेला भने सपना देखिँदैन ।
सपनाले भोगाई र अनुभवसँग पनि सम्बन्ध राख्छ । त्यसैले बालकले कम सपना देख्छन् । बालक सबैजसो सपना खेल तथा खानासम्बन्धी हुन्छन् । बालकहरूमा डर बढी हुने भएकाले डरलाग्दा सपना पनि देख्छन् ।
हामीलाई सपनामा देखिने शब्द, दृश्य, घटना आदिको अर्थ झन्डै पूरै थाहा हुन्छ, भलै सपनाको परिणाम हुने नहुने, सुल्टो पर्ने उल्टो पर्ने, आंशिक हुने पूर्णरुपले हुने कुरा कुनै रुपले पुष्टि गर्न नसकियोस् । अर्थै थाहा नभए पनि हाम्रो मस्तिष्कले के होला भनी तर्क गर्छ । यिनै अर्थ लाग्ने र तर्कना आउने जस्ता कुराले हाम्रा संवेगलाई गहिरो प्रभाव पार्छन् । त्यही प्रभावको आधारमा हामीले सपनाहरू आंशिक वा पूर्ण रूपले सम्झन्छौँ । अनि सपनाको अर्थ के होला भनी घोत्लिन्छौँ । कुनै कुराको अर्थ बुझ्नु, नबुझे तर्क गर्नु, बुझ्ने प्रयास गर्नु र अन्ततोगत्वा बुझिछाड्नु नै मान्छे यतिबिघ्न विकसित हुनुको मूल कारण हो ।
अचम्म–अचम्मका सपना हामी सबैले देखेकै हुनुपर्छ । आजका दिनसम्म सपनाको ठोस विज्ञान, सपनाको सही अर्थ लगाउने विधि पत्ता लागिसकेको छैन । यद्यपि सपनाबारे विभिन्न पुस्तक लेखिएका छन्, खोज जारी छ ।
मानव सभ्यताको सुरुआतदेखि नै संसारका सबै समाजका जानिफकारले विभिन्न कोणबाट सपना देख्नुको कारण खोतल्ने प्रयत्न गरे । तर, आजसम्म ती सबैलाई चेतन अवस्थामा सिर्जित, तरंगित तथा दबित सोंचका अचेतन वा अर्धचेतन अवस्थामा बिना रोकतोक पूरा हुन र रित्तिन पुगेका आवश्यक पक्ष वा साइकोलजिकल्ली नेसेसरी भन्ने मनोवैज्ञानिक दृष्टिकोण र प्राणीको जीवनचक्रअन्तर्गत स्वाभाविक रुपले चल्ने मस्तिष्क तथा शरीर संयन्त्रका केही परिणाम अर्थात् साइकोलजिकल्ली सिमुलेसन भन्ने जीव विज्ञानवादी दृष्टिकोण नै तर्कसंगत र विश्वासयोग्य बन्न पुगेको छ ।
सम्भोग गरेको सपना देखिनुबारे धेरै नै अध्ययन भएका छन् । यो अध्ययनमा सहभागी हुने झन्डै शतप्रतिशतले नै जीवनमा कैयौंपटक सम्भोगको सपना देखेको बताउँछन् । तर, आफ्ना नजिकका नातेदारसँग सम्भोग गरेको सपना नदेखेको बताउँछन् । यसले डा. फ्राइडको भनाइलाई ठूलै बल पुर्याउँछ । किनकि, स्वाभाविक रुपमै मानिसले आफ्ना नजिकका नातेदारसँग सम्भोगको इच्छा वा कल्पना गर्दैनन् ।
मनोवैज्ञानिक सिद्धान्तको आधारमा सपनाको सर्वप्रथम तार्किक व्याख्या सिग्मन्ड फ्राइडले गरेका हुन् । उनका अनुसार चेतन अवस्थामा पलाएका अनेकन तीव्र अभिलाषा र कुण्ठाको पूर्ति सपनामा हुन्छ । सामाजिक, नैतिक, धार्मिक, कानुनी आदि बन्धनका कारण अवरोध आई पूर्ण चेतन अवस्थामा खुम्चिनुपरेको इच्छा वा चाहना सुषुप्त अवस्थामा स्वतन्त्रतापूर्वक प्रस्फुटित हुनु नै सपना हो । फ्राइडले कसैसँग शारीरिक लसपस वा सम्भोग नै गरेको सपना देख्नुको कारणमा चेतन अवस्थामा आफूले सम्भोगका लागि इच्छाएको व्यक्तिसँग पहुँच नपुग्नुलाई मान्छन् ।
सम्भोग गरेको सपना देखिनुबारे धेरै नै अध्ययन भएका छन् । यो अध्ययनमा सहभागी भएका झन्डै शतप्रतिशतले नै जीवनमा कैयौंपटक सम्भोगको सपना देखेको बताउँछन् । तर, आफ्ना नजिकका नातेदारसँग सम्भोग गरेको सपना नदेखेको बताउँछन् । यसले डा. फ्राइडको भनाइलाई ठूलै बल पुर्याउँछ । किनकि, स्वाभाविक रुपमै मानिसले आफ्ना नजिकका नातेदारसँग सम्भोगको इच्छा वा कल्पना गर्दैनन् ।

सपनासम्बन्धी अन्य दुई धार पनि छन् । जसको बुझिने गरी अर्थ लगाउँदा सारांश यस्तो हुन आउँछ । एकथरीले मस्तिष्कको काम गर्ने तरिकालाई आधुनिक वाईफाई, रेडियो, टिभी, एन्टिना आदिसँग तुलना गरेका छन् । उनीहरुले सपनालाई अर्धचेतन अथवा अचेतन अवस्थामा पनि निरन्तर तर अव्यवस्थित रूपमा प्रसारित भइरहने मस्तिष्क कोष अर्थात् न्युरोनका विद्युतीय संकेतबाट मस्तिष्कले कुनै पूर्ण तथा अर्ध अर्थ लगाएको वा लगाउन कोसिस गरिरहेको क्षण भनेर परिभाषित गर्न खोजेका छन् ।
अर्काथरीले सपनालाई इन्टरनेट चलाउने कम्प्युटरमा इन्टरनेट बन्द गरेपछि पनि कम्प्युटरमा रहिरहने टेम्पोररी इन्टरनेट फाइल, ब्राउजिङ हिस्ट्री, अटोकम्प्लिट, फिड्स एन्ड वेब स्लासेस, कुकिजजस्तै दिमाग चेतन अवस्थामा रहँदा घटेका घटना वा श्रव्य–दृश्य, अनुभव आदिका छाया रूप मान्छन् । जसरी कम्प्युटरका त्यस्ता कुरा डिलिट गरेपछि हट्छन्, दिमागका यस्ता कुरा पनि सपना देखेपछि हट्छन् । र, दिमागले ताजगीपन पाउँछ भन्ने अर्थ लगाएका छन् ।
दुवै धार अति वजनदार र धेरै हदसम्म तथ्यसंगत छन् । तर, यिनीहरूमा एउटा समस्या छ । यिनीहरूले निद्रा पर्नेबित्तिकै सपना देखिन्छ भन्न खोजेका छन्, यो सत्य होइन । सपना निद्राको कुनै विशेष अवस्थामा मात्र देखिन्छ ।
दर्शनशास्त्रीका अनुसार सपना देख्नु भनेको हामीले देख्ने र भोग्ने बाहेकको छुटै संसारको अनुभव हो । सपना नै तत्त्व ज्ञानको मूल स्रोत हो, यदि सपना नभएको भए यो संसार यति विकसित हुने थिएन । दार्शनिकहरुको यो तर्कलाई यसरी बुझ्न सकिन्छ, भूतमा विश्वास गर्नु भनेको परमेश्वरमा विश्वास गर्नु पनि हो ।
२०औं शताब्दीको अन्ततिर भने मस्तिष्क र शरीरको काम गर्ने तरिका र निद्राबीचको अन्तरसम्बन्ध स्थापित गरी सपना देखिनुको वैज्ञानिक व्याख्या गरिएको छ । यसलाई राम्रोसँग बुझ्न ब्रेन वेभ मेकानिज्मलाई पनि बुझ्नुपर्ने हुन्छ ।
मस्तिष्कमा मूलतः डेल्टा, थिटा, अल्फा र बिटा गरी चार प्रकारका तरंग पैदा हुन्छन्, जसलाई इलेक्ट्रो इनसेफल ग्राम (इइजी) नामक यन्त्रको मध्यमले नाप्न अथवा देख्न सकिन्छ । ती सबैको वहने गति (फ्रिक्वेन्सी) अवस्थाअनुसार फरक–फरक हुन्छ । हामी बढी सजग भएका बेला अथवा हरेक दृष्टिले मस्तिष्कलाई अत्यधिक प्रयोग गरेका बेला बिटा ब्रेन वेभ सक्रिय हुन्छ । हामी शान्त र धैर्य रहेका बेला अल्फा सक्रिय हुन्छ । त्यस्तै, कल्पना र गहिरो सोच वा ध्यानमग्न भएका बेला थिटा र गहिरो निद्रामा परेका बेला डेल्टा ब्रेन वेभ सक्रिय हुन्छ । यी चारै ब्रेन वेभको आफ्नै गति छ । कुन ब्रेन वेभ हो भन्ने मात्रा र गतिबाट थाहा हुन्छ ।
निद्राका चार चरण हुन्छन् । निदाउनेबित्तिकै अर्थात् पाँचदेखि १० मिनेटसम्म हामी अर्धनिद्रामा हुन्छौं । सानो व्यवधानले पनि निद्रा भंग हुन सक्छ । यो बेला दिमाग पूर्ण आरामको अवस्थातर्फ उन्मुख भइरहेको हुन्छ । यो अवस्थामा मस्तिष्कले बढी तर बिस्तारै थिटा वेभ सम्प्रेषित गरिरहेको हुन्छ । दोस्रो चरण करिब २० मिनेटको हुन्छ । यो अवस्थामा शरीरको तापक्रम तथा मुटुको धड्कनको गति दुवै घट्न सुरु गर्छ । तेस्रो चरणमा जब हामी एकदमै गहिरो निद्रामा पर्छौं, एकदम बिस्तारै डेल्टा ब्रेन वेभ निस्कन थाल्छ । चौथो चरणलाई र्यापिड आई मुभमेन्ट (आरइएम) को चरण भनिन्छ, जसमा श्वासप्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्तसञ्चार र रक्तचाप बढिरहेको हुन्छ । तर, ऐच्छिक मांसपेशीहरू केही थाहै नपाउने अर्थात् प्यारालाइज्ड अवस्थामा पुगेका हुन्छन् । करिब ९९ प्रतिशत सपना यही बेला देखिन्छन् ।
राम्रो सपना छ भने आरइएमको जुनसुकै चरण भए पनि केही फरक पर्दैन, सपना पूरै देखिन्छ अथवा वातावरणसम्बन्धी कारणले भंग हुन्छ, तर यदि डरलाग्दो तर्किनुपर्ने वा भाग्नुपर्ने सपना छ, अनि आरइएमको अवस्था प्रारम्भिक वा अन्तिम चरणमा छ भने त्यो बेला हाम्रा ऐच्छिक मांसपेशी अर्ध निस्क्रिय अवस्थामा हुन्छन् । त्यही अवस्थामा मेसो नपाई शरीरका अंग चलाउँदा कतै ठोक्किन वा च्यापिन गई नीलडाम पर्न जान्छ । यो अवस्थामा दुखेको पनि महसुस हुँदैन । सपना डरलाग्दो देखिनु अनि बिहान उठ्दा नीलडाम देखिनु नै अवैज्ञानिक भाषामा ऐठन हो । त्यति मात्र होइन, यदि आरइएमको मध्य चरणमा डरलाग्दो, आफैँ त्यसको सिकार भएको सपना देख्ने व्यक्तिले त ओछ्यानमै पिसाब गर्छ, अनि सपनामा दिमागी मात्र प्रतिकार गर्दागर्दै उठ्दा पसिनैपसिना र एकदम थकित हुन्छ ।

सपना के हो ?

हाम्रो मस्तिष्कको अगाडिको भाग (फ्रन्ट लोब)मा हुने न्युकर्टेक्स भन्ने भाग ६ सतहमा बाँडिएको हुन्छ । यसले नै थाहा पाउने, अनुभव गर्ने, शरीरका अंगलाई गति निर्देशन गर्ने, भाषा सिक्ने, अर्थ लाउने, विचार प्रवाह गर्ने आदि कुरामा मुख्य भूमिका खेल्छ । धेरै प्रकारका काम गर्ने भएकाले यसको सञ्जाल पनि एकदम जटिल हुन्छ । आरइएमको अवस्थामा ब्रेन स्टेमबाट आइरहने संकेतलाई यसले जोडेर कुनै परिचित दृश्य तथा संवेगमा बदली अर्थ लाउने कोसिस गरिरहेको हुन्छ । त्यो दृश्य पूर्ण कथा, आंशिक कथा, केही मात्र चित्र, राम्रो अनुभव, डरलाग्दो संवेग, जे पनि हुन सक्छ । यदि आरइएमकै अवस्थामा ब्युँझियो भने त्यो कुरा याद हुन्छ। साथै, हाम्रो सचेत मस्तिष्कले त्यसको अझै अर्थ खोज्दै जान्छ र लम्बिन्छ, नत्र सपनामै सिद्धिन्छ ।

सपना पनि प्राणीको बायोलजिकल प्रोसेजको एक आवश्यक प्रक्रिया हो । सपना करिब ९९.५ प्रतिशत आरइएमको अवस्थामा मात्र पूरा हुन्छ । प्राणीले सपना देखेन भने बायोलजिकल प्रोसेजमा अवरोध आउँछ र अन्य विभिन्न शारीरिक, मानसिक र संवेगात्मक रूपले नकारात्मक असर पर्छ । यदि सपना देखिएन भने शरीरमा प्रोटिन पुगेको छैन, प्रोटिनको अनुपात बिग्रेको छ, वा व्यक्तित्वमा उतारचढाव छ भन्ने बुझ्नुपर्छ ।
थुप्रै अन्वेषणकर्ता, वैज्ञानिक, गणितज्ञ, कलाकार, लेखक आदिले आफ्नो विषयको मूल चुरो सपनामै पत्ता लगाएका पनि थुप्रै उदाहरण छन् ।
सिलाई मेसिनका आविष्कारक एलिअस होवे हुन् । उनले सन् १८८४ ताका मेसिन बनाउँदै थिए । सियोले काम गर्ने तरिका पत्ता लगाइरहेका थिएनन्, यसबारे उनले महिनौंसम्म सोचे । एकरात भने उनले सपना देखे, गाउँलेले टुप्पामा प्वाल भएका खन्ती लिएर उनलाई घेरिरहेको । अनि मात्र उनले सियोको टुप्पोमा प्वाल बनाउनु पर्नेरहेछ भन्ने सुझ पाए ।
जर्मन वैज्ञानिक केकुलेले बेन्जनको मोलक्युल स्ट्रक्चर पत्ता लगाउन कोसिस गर्दै थिए । यही बेला एकरात उनले सपना देखे– सर्पहरु मुखमा पुच्छर हालेर गुजुल्टिएको । यही सपनाबाट उनले अग्र्यानिक कम्पाउन्डजस्तै लाइनर स्ट्रक्छर होइन कि बेन्जनको सर्कल स्ट्रक्चर हुँदो रहेछ भन्ने ज्ञान पाए ।
चर्चित उपन्यास फ्रान्केनस्टेनकी लेखिका म्यारी शेलीलाई पनि सपनामै आफ्नो कथाको विषयवस्तु, प्लटको संकेत मिल्थ्यो ।
गल्फ खेलाडी ज्याक निकलसले सपनामै गल्फ क्लब समाउने नयाँ तरिका देखेको थिए । उनले सपनाअनुसार गल्फ क्लब प्रयोग गरेपछि गल्फ गेममा क्रान्ति आएको मानिन्छ । त्यस्तै, बिथोविन, पाउल म्याकक्यार्टेनी, बिली जोएल लगायत थुप्रै संगीतकारले आफ्नो संगीतको ज्ञान सपनामा पाएका थिए । धर्मग्रन्थहरूमा पनि प्रशस्तै छन्, सपनाका कुराहरू ।
- See more at: http://www.ratopati.com/news/1630/#sthash.xTi89HYy.dpufसपनाले मान्छेको सोच र भावनामा क्षणिक तर गहिरो प्रभाव पार्छ । मान्छेले मात्र होइन, निदाउने जति सबै प्राणीले सपना देख्छन् । तर, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.