दुवै हात र खुट्टाबिना जन्मिएका थिए, आज पत्याउनै नसकिने काम गरेर कमाउँछन् लाखौं

एजेन्सी। इण्डोनेसियाका अच्मड जलकारनेन जन्मिँदा नै उनका दुवै हात र दुवै खुट्टा थिएनन् । तर उनले लामो संघर्षपछि यतिसम्म माथि पुगे कि अहिले उनी सबै अंग सबल भएका व्यक्तिभन्दा निकै ठूलो स्थानमा पुगिसकेका छन् । अहिले २४ वर्षका अच्मडले अहिले लाखौं कमाउँछन् ।

पेशाले अच्मड फोटोग्राफर हुन् । उनको पेशाको बारेमा सुन्दा धेरैलाई आश्थर्य लाग्छ किनकि हातबिना क्यामेरा चलाउनु चानचुने कुरा होइन । तर, अचमडले निरन्तरको संघर्षले असम्भवलाई सम्भव बनाएका छन् । उनले जिन्दगीमा धेरै मुस्किलको सामना गरे तर अहिले आफ्नो संघर्षको सफलतापछि एक कम्पनी चलाउँछन् । उनले क्यामेरा आफ्नो मुखले अन गर्छन् । फोटो खिच्नको लागि आफ्नो अलीआली पलाएको आतको छाला र अनुहारको छाला प्रयोग गर्छन् । उनले मोडलको फोटोसेसनदेखि प्राकृतिक फोटोहरु खिच्छन् । यतिमात्र होइन आफूले खिचेका फोटोलाई कम्प्इुटरमा आफैंले एडिट पनि गर्छन् । उनले अहिले जोइल नामको फोटोग्राफी कम्पनी पनि खोलेका छन् ।

The post दुवै हात र खुट्टाबिना जन्मिएका थिए, आज पत्याउनै नसकिने काम गरेर कमाउँछन् लाखौं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.