July 2016

असार २४ l एन्टोइन ग्रिजम्यान चम्किएपछि विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।
मार्सेलीमा भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै घरेलु टोली फ्रान्सले आइतबार पोर्चुगलसँगको उपाधि भीडण्त पक्का गरेको हो ।
फ्रान्सका लागि दुवै गोल एथ्लेटिको मडि्रडका सुपरस्टार एन्टाेइन ग्रिजम्यानले गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई ग्रिजम्यानले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
जर्मन क्याप्टेन बास्टियन स्वाइन्सटाइगरले डिबक्सभित्र हृयाण्ड गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए ।
त्यसअघि जर्मनले फ्रान्सलाई निक्कै दवावमा राखेको थियो । मुख्य खेलाडी मारियो गोमेज, सामी खेडिरा तथा स्टार डिफेण्डर म्याट हृयूमल्सबिना मैदानमा उत्रिएको जर्मनीले पहिलो हाफमा घरेलु टोलीलाई दवावमा राखेको थियो ।
पहिलो हाफमा जर्मनीका ४ प्रहार फ्रान्सेली गोलकिपर तथा क्याप्टेन हृयुगो लोरिसले बिफल पारेका थिए । दोस्रो हाफमा पनि जमर्नीका स्ट्राइकरले गोलका केहि अवसर खेर फालेका थिए । खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको जर्मनीले गोल गर्न सकेन । आजको खेलमा मारियो गोमेजको अभाव जर्मनीलाई खड्किएको थियो ।
भेलड्रोम रंगशालामा ५१ हजारभन्दा बढी घरेलु समर्थकमाझ फ्रान्सेली टोलीले जर्मनीलाई हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा ब्यहोरेको १-० को हारको बदलासमेत लिएको छ ।
यता फ्रान्सेली सुपरस्टार एन्टोइन ग्रिजम्यानले जारी प्रतियोगितामा आफ्नो गोलसङ्ख्या ६ पुर्‍याएका छन् । उनी प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् । साथै उनी सन् १९८४ को युरोपछि ठूला प्रतियोगितामा धेरै गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी पनि बनेका छन् ।
फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल आगामी आइतबार राति पौने १ बजे फ्रान्सको राष्ट्रिय रंगशालामा हुनेछ । पोर्चुगल यसअघि वेल्सलाई हराउँदै प्रतियोगितको फाइनलमा पुुगिसकेको छ ।

भारतको तिरुपति मन्दिरलाई स्वर्ण मन्दिर पनि भनिन्छ । यो दुनियाँकै सबैभन्दा धनी मन्दिर हो । यस अर्थमा धनी की यो मन्दिर दुनियाकै बढि सुनचाँदी भएको मन्दिर हो ।
यो मन्दिरको ढुकुटीमा ७ टन सुन रहेको छ र दिनहुँ श्रद्धालुले चढाउने सुनका कारण मन्दिरमा सुनको मात्रा बढिरहेको छ ।
यति मात्र होइन । यो मन्दिरमा ३० टन चाँदी तथा १ टन बहुमुल्य पत्थर समेत रहेको छ ।
मन्दिरमा करोडौँ मूल्यको सुनचाँदी थुपि्रएपछि तिरुपति मन्दिरले थुपि्रएको सुन सरकारलाई बुझाउने योजनामा भाग लिएको छ । जस अनुसार सरकारलाई दिने सुनबाट मन्दिरलाई ब्याज आउनेछ ।
मन्दिर व्यवस्थापनले पन्जाब नेसनल बैंकमा १.३ टन सुन जम्मा गरेको छ । स्टेटै बैंकमा रहेको थप एक टन सुनलाई पनि मन्दिरले पन्जाब बैंकमा सार्दैछ ।
त्यस्तै मन्दिरको अरु डेढ टन सुन इन्डियन ओभरसिज बैंकमा राखिएको छ । तिरुपति मन्दिरले सरकारको सुन जम्मा गर्ने योजना जिडिएस अन्तरगत ४ टन सुन सम्मा गरिसकेको छ र यस बापत हरेक वर्ष ब्याज स्वरुप ८० किलो सुन आर्जन गर्दछ ।
एक तथ्यांक अनुसार भारत सरकारसँग ५ सय ५७ दशमलब ८ टन सुन रहेको छ । आम भारतीयहरुसँग निजी सम्पत्तिको रुपमा २२ हजार टन सुन रहेको छ ।

विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट भएको देश कुन हो ? अमेरिकास्थित क्लाउड सर्भिस प्रदायक संस्था अकामाइले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार दक्षिण कोरिया विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट भएकेा देशमा पहिलो स्थानमा रहेको छ ।
रिपोर्ट अनुसार दक्षिण कोरियाको औषत इन्टरनेट स्पीड २९ एमबीपिएस रहेको छ भने पिक स्पीड १०३.६ एमबीपीएस रहेको छ ।
औषत कनेक्सन स्पीडमा नर्वे दोश्रो स्थानमा छ भने स्विडेन तेश्रो, हंगकंग चौथो, स्विजरल्याण्ड पाँचौ स्थानमा रहेका छन् । त्यस्तै लाटभिया, जापान, नेदरल्याण्ड, चेक गणतन्त्र तथा फिनल्याण्ड क्रमशः पाचौँबाट दशौँ स्थानमा रहेका छन् ।
त्यस्तै उच्चतम कनेक्सन स्पीडको हिसाबले सिंगापुर पहिलो स्थानमा रहेको छ । सिंगापुरमा इन्टरनेटको पिक कनेक्सन स्पीड १४६.९ एमबीपीएस रहेको छ । हंगकंग दोस्रो,  इण्डोनेसिया तेश्रो तथा दक्षिण कोरिया चौथो स्थानमा रहेका छन् । कतार पाचौँ, मकाओ छैटौँ, जापान सातौँ, ताइवान आठौँ, रोमानिया नवौँ र मंगोलिया दशौँ स्थानमा रहेका छन् ।
औषत इन्टरनेट स्पीडको हिसाबले चीन १०० औँ, तथा भारत ११४ औँ स्थानमा रहेका छन् ।
तथ्यांक अनुसार नेपालको औषत इन्टरनेट स्पीड ३.८ एमबीपीएस रहेको छ । पछिल्लो ४ महिनामा इन्टरनेट स्पीडमा सबैभन्दा धेरै सुधार गर्ने देशमा नेपाल पनि परेको छ । यो अवधिमा नेपालको औषत इन्टरनेट गतिमा ९१ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।
विश्वको इन्टरनेट गतिको सम्बन्धमा अकामाइले सार्वजनिक गरेको सन् २०१६ को पहिलो त्रैमासिक रिपोर्ट, स्टेट अफ द इन्टरनेट रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा हाल विश्वको औषत कनेक्सन स्पीडमा २३ प्रतिशतले वृद्धि  भएको छ । जुन अहिले ६.३ एमबीपीएसमा पुगेको छ । त्यस्तै विश्वको इन्टरनेटको पिक कनेक्सन स्पीडमा १४ प्रतिशतले वृद्धि भएर ३४.७ एमबीपीएस पुगेको छ ।
त्यस्तै मोबाइल इन्टरनेट स्पीडको हिसाबले बेलायत पहिलो स्थानमा रहेको छ भने अल्जेरिया पुछारमा रहेको छ ।

जिमेल विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस हो । तर दुखको कुरा यो छ की ह्याकरहरुको नजर पनि सबैभन्दा धेरै जिमेलमै पर्दछ । किनकी डेस्कटपका अलावा ए करोड २५ लाख जति मानिसले स्मार्टफोनबाट समेत जिमेल चलाउँदछन् ।
मोबाइल तथा डेस्कटपमा एन्टी भाइरस डाउनलोड गर्नु, पासवर्डवाला वाइफाइ प्रयोग गर्नु तथा अन्य एपको सहयोगमा आफ्नो स्मार्टफोन तथा जिमेललाई निश्चित रुपमा सुरक्षित राख्न सकिन्छ ।
त्यस्तै यसको सेटिंगमा परिवर्तन गरेर पनि निकै सजिलोसँग जिमेल अकाउन्टलाई यस्ता स्पाम तथा भाइरसहरुबाट सुरक्षित राख्न सकिन्छ । जिमेलमा एउटा यस्तो फिचर हुन्छ जहाँ इनबक्समा सबै इमेललाई एउटै नामले लेबल गर्न सकिन्छ ।
इनबक्समा कुनै यस्ता इमेल सन्देश आउन सक्छन् जसमा तपाइँलाई शंका लाग्छ । त्यस्ता शंकास्पद इमेलको बारेमा तपाइँले यथार्थ तथ्य पत्ता लगाउन सक्नुहुन्छ । इमेलमा लगइन गरेपछि जुन गियर आइकन देखा पर्दछ त्यसमा क्लिक गर्नुहोस् । त्यसपछि स्त्रिmनमा देखापर्ने विभिन्न अप्सनमध्ये सेटिंग अप्सनमा जानुहोस् ।
त्यसमा क्लिक गनेसँगै  स्क्रिनमा नयाँ विन्डोज खुल्नेछ । जहाँ तपाइँले ल्याब्स भन्ने अप्सन छान्नुहोस् । जसले तपाइँलाई सधै इमेल पठाउँछन् उसको इमेलसँग एक आइकन इनबक्समा देखिन्छ ।
इदि पहिलो अप्सन छान्नुभयो भने त्यसमा अथेन्टिकेसन आइकन फर भेरिफाइड युजर्स लेखिएको हुन्छ । यसको मतलब यो हो की तपाइँले चिनेजानेका वा नियमित रुपमा आउने इमेलहरु अन्य इमेलहरु अन्य इमेल भन्दा इनबक्समा फरक ढंगले देखिनेछन् ।
तपाइँले एकचोटी उक्त पहिलो विकल्पलाई चुनेर सेटिंगलाई सेभ गर्नुभयो भने जुनसुकै परिचितबाट आउने इमेलसँगै एक आइकन देखापर्नेछ । जसका कारण तपाइँले अन्य इमेलहरुलाई सजिलैसँग छुट्टाउन सक्नुहुन्छ ।
परिचितबाट आएका इमेललाई सिधै खोल्न सक्नुहुनेछ भने अपरिचित ठेगानाबाट आएका इमेलहरुलाई राम्रोसँग हेरेर मात्र खोल्ने कि डिलिट गर्ने भन्ने कुराको टुंगो लगाउन सक्नुहुनेछ । यदि यसो भयो भने तपाइँ जिमेलमा आउने भाइरसको आक्रमणबाट जोगिन सक्नुहुन्छ ।

असार २३ l क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि वेल्सको ऐतिहासिक यात्रामा पूर्णबिराम लगाउँदै पोर्चुगल युरोकपको फाइनलमा पुगेको छ ।
पोर्चुगल १२ बर्षको अन्तरमा दोस्रो पटक युरोको फाइनलमा पुगेको हो । सन् २००४ मा घरैमा भएको प्रतियोगिताको फाइनलमा पोर्चुगलले ग्रिससँग पराजय ब्यहोरेको थियो ।
फ्रान्सको ल्योनस्थित ओलम्पिक रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा पोर्चुगलले सुरुवातमै २ गोल गर्न सफल भयो ।
५०औं मिनेटमा राफायल गुएरेइरोको कर्नर प्रहारलाई सदुपयाग गर्दै सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पेनाल्टी एरियाबाट हेडमार्फत सुरुवाती गोल गरे ।
५३औं मिनेटमा भएको दोस्रो गोलमा पनि रोनाल्डोकै योगदार रहृयो र उनैको पासमा स्टार मिडफिल्डर नानीले सहजै बललाई जाली चुमाउन सफल भए ।
प्रतियोगितामा दुई पहेँलो कार्ड पाएर पोर्चुगलबिरुद्धको खेल गुमाएका आरोन राम्सेको अनुपस्थितिमा वेल्सको मिडफिल्ड कमजोर देखिएको थियो । उनको स्थानमा खेलेका एण्डी किङ र अर्का स्टार मिडफिल्डर जोय लेड्लीले पनि कुनै जादू देखाउन सकेनन् ।
अग्रपंक्तिमा ग्यारेथ बेलले पनि गतिलो साथ पाएनन् जति राम्सेसँग बेलको हुने गर्थ्यो । बेलले खेलमा केहि शशक्त लामो प्रहार गरेपछि पोर्चुगिज गोलराकले त्यसलाई सहजै बिफल पारे ।
टोटनहृयामका डिफेण्डर बेल डेभिसपनि दुई पहेँलोको प्रतिबन्धमा परेकाले वेल्सको रक्षापंक्तिपनि केहि धर्मराएको थियो । उनको स्थानमा आएका जेम्स केलिन्सले अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन् ।
त्यसको बिपरित पोर्चुगिज टोलीको प्रदर्शन भने प्रतियोगिताका अघिल्ला खेलहरुमा भन्दा निक्कै सुधारिएको थियो । चोटग्रस्त पेपेको अनुपस्थितिमा पनि पोर्चुगलको रक्षापंक्ति कमजोर देखिएन । त्यस्तै मिडफिल्डमा रेनाटो सान्चेसको प्रभाव अघिल्ला खेलहरुमा भन्दा बढि नै देखिन्थ्यो ।
अग्रपंक्तिमा रोनाल्डोले आफ्नो गोलसङ्ख्या तीन पुर्‍याएका छन् । यसअघि समूहको अन्तिम खेलमा हंगेरीबिरुद्ध उनले २ गोल गरेका थिए । अपेक्षाकृत प्रदर्शन गर्न नसकेर आलोचना ब्यहोरेको रोनाल्डो पनि वेल्सबिरुद्ध प्रभावकारी देखिए । त्यस्तै नानीले पनि प्रतियोगितामा आफ्नो गोल सङख्या ३ पुर्‍याए । समूह चरणमा उनले २ गोल गरेका थिए ।
पोर्चुगलले आज हुने जर्मनी र आयोजक फ्रान्सबिरुद्धको बिजेतासँग उपाधिका लागि आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।


असार २२  । ईमेज च्यानलले विगत १७ बर्षदेखि आयोजना गर्दै आइरहेको ‘ईमेज अवार्ड’को १८ औं संस्करणका लागि आवेदन खुल्ला गरेको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘१८ औं एनुअल टुबोर्क इमेज अवार्ड’का लागि आवेदन खुल्ला गरेको जनाएको छ । नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतकर्मीको प्रोत्साहन एवम गुणात्मक श्रीबृद्धीका लागि बार्षीक रुपमा सांगीतिक बृत्तकै सबैभन्दा ठूलो अवार्ड आयोजना गरिदै आएको विज्ञप्तीमा उल्लेख छ ।
यस पटक २०७२ साल असार १ गते देखि २०७३ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकलाई मनोनयनमा समावेश गरिने विज्ञप्तीमा उल्लेख छ ।
आवेदन फाराम बुझाउने अन्तिम मिति ०७३ साउन १५ गतेसम्मका लागि निर्धारण गरिएको छ । रेडबुल र मायोजको सह–प्रायोजन रहेको अवार्डको फाराम इमेज च्यानल कम्प्लेक्स पानीपोखरी, काठमाडौंबाट प्राप्त गर्न सकिने छ ।  

असार २०।  फ्रान्सले पाँच गोल गर्दै आइसल्याण्ड गाथाको दुःखद समापन गरेको छ र युरो २०१६ को सेमिफाइनलमा विश्व विजेता जर्मनीसँगको भेट पक्का गरेको छ ।
सोमबार विहान भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले आइसल्ल्याण्डलाई ५-२ गोल अन्तरले हरायो । अन्तिमतिर दुईसहित पहिलो हाफमा घरेलु टोलीले चार गोल गर्दा स्टेड डे फ्रान्समा धेरैले विश्वास नै गर्न सकेका थिएनन् ।
भलै युरो २०१६ को यात्राको समापन आइसल्याण्डले चाहेको जसरी भएन तर, उसले जीवनरभरका लागि अविश्मरणीय क्षणको संगालो र हजारौं समर्थक बटुलेर घर फर्किएको छ
किनकी समूह चरणमा पोर्चुगललाई बराबरीमा रोकेको आइसल्याण्डले प्रि क्वार्टरफाइनलमा उपाधि दाबेदार इंग्ल्याण्डलाई पराजित गर्दै शनसनी मच्चाएको थियो ।
तर, सोमबार विहान भएको खेलमा फ्रान्सले सुरुदेखि नै दबाव कायम राख्यो । उसले १२ औं मिनेटमा ओलिभर जिरउडको गोलबाट अग्रता लिएको थियो । त्यसको ७ मिनेटपछि नै पल पोग्बाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
खेलको४२ औं मिनेटमा दिमित्री पयेटले गोल गरे भने ४५ औं मिनेटमा एन्टोनिओ गि्रजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा नै ४-० को अग्रता दिलाए ।
दोस्रो हाफमा आइसल्याण्डले सुधारिएको प्रदर्शन गर्‍यो । ५६ औं मिनेटमा घरेलु समर्थकलाई स्तभ्द पार्ने गरी आइसल्याण्डका बोल्बियन सिगथोर्सनले गोल गरे । आइरिस समर्थकले यो गोलको खुसी धेरैबेर मनाउन पाएनन् । पााच मिनेटपछि नै जिरउडले व्यक्तिगत दोस्रो गोल गरे र फ्रान्सले ५-१ को अग्रता लियो ।
खेलको ८४ औं मिनेटमा बिर्किर बिआर्नेसनले गोल गरेपनि आइसल्याण्डको हार टार्न सकेनन् ।
आइसल्याण्डको शाहसिक यात्रा सकियो
समूह चरणको पहिलो खेलमा १-१ को बराबरीमा रोकिएपछि पोर्चुगलका कप्तान रोनाल्डोले भनेका थिए कि आइसल्याण्ड केही गर्न गइरहेको छैन । तर, उनी गलत सावित भए ।
युरो २०१६ अघिसम्म शायदै धेरैले यो देशको नाम सुनेका थिए, जसको जनसंख्या नै ३ लाख ३० हजार छ । तर, यो प्रतियोगितामा उनीहरुले आफ्नो देशलाई विश्व फुटबलको मञ्चमा प्रस्तुत मात्र गरेनन्, धेरै गाथाहरु लेख्न बाध्य पारे ।
समूह चरणमा उसले बराबरी मात्र खेलेन, अष्ट्रियालाई हराएर समूह उपविजेता बन्यो । र, पि्र क्वार्टरफाइनलमा उपाधि दाबेदार मानिएको इंग्ल्याण्डलाई शिकार बनायो ।
फान्सविरुद्धको खेलमा पनि पहिलो हाफमा अप्रत्यासित रुपमा ४ गोल आएर पनि उसले पटक्कै हार मानेन । र, उनीहरुले दोस्रो हाफमा २-१ को नजिता निकाल्दै हार नमान्ने चरित्र र जितप्रतिको भोक कति छ भन्ने देखाएका छन् ।
आइसल्याण्डका समर्थकहरुको समर्थन पनि गज्जब रहृयो । खासगरी ताली बजाउने शैली ।
भलै युरो २०१६ को यात्राको समापन आइसल्याण्डले चाहेको जसरी भएन तर, उसले जीवनरभरका लागि अविश्मरणीय क्षणको संगालो र हजारौं समर्थक बटुलेर घर फर्किएको छ ।

प्रकृतिमा केही त्यस्ता रहस्यहरु लुकेका छन् जसको भेउ पाउन मानिसले अहिलेसम्म पनि सकेको छैन । भारतको झारखण्डस्थित बोकारो जिल्ला रहेको एउटा कुण्ड पनि यस्तै रहस्यले भरिएको छ ।
यो कुण्डमा ताली बजाउँदा पानी आफै निस्किन्छ । पानी यति जोडसँग निस्किन्छ की मानौँ कुनै भाँडोबाट पानी उम्लिरहेकेा छ । यतिमात्र कहाँ हो र यो कुण्डमा जाडो याममा तातो तथा गर्मी याममा चिसो पानी निस्किन्छ ।
बोकारो सहरबाट २५ किलोमिटर टाढा रहेको यो अनौठो कुण्डमा नुहाउनका लागि धेरै पर्यटकहरु आउँछन् । यो पानीमा नुहाएर मागेको वरदान प्राप्त हुन्छ भन्ने मान्यता छ । यहाँको तातो पानीले नुहाउँदा जिउका रोग पनि नास हुने विश्वास गरिन्छ । यो कुण्डलाई दलाही कुण्डको नामले चिनिन्छ ।
आखिर यो कुण्डमा ताली बजाउँदा जमिनमुनिबाट जोडसँग पानी माथि निस्किनुको रहस्य के हो भन्ने विषयमा वैज्ञानिकहरुले खोजविन गरिरहेका छन् । ताली बजाउँदा ध्वनी तरंगले पानीको सतहमा समेत नगन्य प्रभाव पार्नेमा यसरी जमिनमुनिबाटै पानी माथि आउने कुराको रहस्यक पर्दा अहिलेसम्म खुन सकेको छैन ।

फेसबुकले अब आफ्ना प्रयोगकर्ताको न्युजफिडमा उसका साथी तथा परिवारका सदस्यहरुलाई बढि प्राथमिकता दिने भएको छ ।
आफ्नो चासो भएका मानिसहरुका महत्वपूर्ण अपडेटहरु आफुले फेसबुकमा थाहै नपाएको भन्ने खालको गुनासो फेसबुक प्रयोगकर्ताबाट धेरै आएको भन्दै फेसबुकले यस्तो प्रयोग गर्न लागेको हो ।
यसअघि फेसबुकले न्यूज मिडिया तथा विभिन्न ब्राण्डहरुले फेसबुकमा राख्ने सामाग्रीहरुलाई बढि प्राथमिकता दिने गरेको थियो ।
फेसबुकका अनुसार उसले गरेका विभिन्न सर्भेक्षणहरुका क्रममा फसबुक प्रयोगकर्ताहरुले आफुहरुले आफ्नो फेसबुके साथीका सामाग्रीहरु ब्ढि हेर्न चाहने बताएको र अब सोही अनुसार फेसबुकको एल्गोरिदममा सामान्जस्यता ल्याउने फेसबुकको भनाइ छ ।
फेसबुकका प्रडक्ट व्यवस्थापन विभागका उपाध्यक्ष एडम मोसेरीले यस्त परिवर्तनपछि विभिन्न न्यूज मिडिया तथा ब्राण्डका फेसबुक पोष्टका भ्यूजमा उल्लेखनीय गिरावट आउने भएपनि फेसबुक प्रयोगकर्ताका लागि भने यो निकै ठूलो तथा सकारात्मक परिवर्तन हुने बतए । यसको अर्थ अब फेसबुक पेज तथा पोष्टमा बढि भन्दा बढि लाइक प्राप्त गरी लोकप्रियता देखाउने ब्राण्डहरुको प्रयासमा भने धक्का लाग्नेछ ।
फेसबुकले पहिले प्रकाशक तथा कम्पनीहरुलाई फेसबुक मार्फत बढि भन्दा बढि फलोइंग स्थापित गर्न भन्ने गरेको थियो । तर विस्तारै उसले फेसबुकका यस्ता फलोइंगलाई कम भन्दा कम उपयोगी बनाउन थालेको छ । यसको अर्थ फेसबुकको स्वार्थ र कम्पनीहरुको स्वार्थ तथा उद्धेश्यमा फरक हुनु नै रहेको विश्लेषकहरु बताउँछन् ।
फेसबुकले एक ब्लग पोष्टमार्फत आफुले अझैपनि सूचना तथा मनोरन्जनमूलक सामाग्रीहरुको पहिचान तथा प्रसारमा चासो दिने भएपनि साथी तथा परिवारहरु पहिलो प्राथमिकतमा पर्ने जनाएको छ ।

असार १९ । इटालीलाई सडन डेथमा पराजित गर्दै जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सको बोर्डोमा शनिबार राती भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित ९० मिनेटसम्म दुबै टोलीले एक एक गोल गरे ।
खेलमा जर्मनीका मेसुत ओजिलले पहिलो गोल गरेपनि ईटालीका लियानार्दो बोनुचीले पेनाल्टी मार्फत गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकेरमा पुग्यो ।
टाई ब्रेकरको सुरुवाती पाँच प्रहारमा दुबै टोलीले २-२ गोल मात्रै गरे । यसपछि सडन डेथको चौथो प्रहारमा ईटालीका माटियो डार्मीयान गोल गर्नबाट चुकेपछि जर्मनीले खेल जित्ने मौका पायो ।
यही अवसर सदुपयोग गर्दै जर्मनीका जोनास हेक्टरले टोलीलाई विजयी गराँउदै सेमिफाइनलसम्म पुर्याए ।
जर्मनीले अब युरोकप फुटबलको सेमिफाइनलमा फ्रान्स र आइसल्याण्डविचको अन्तिम क्वाटरफाईनल विजेताको सामना गर्नेछ ।
यो खेल आइतबार राती हुनेछ । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा पोर्चुगल र वेल्स भिड्नेछन् ।

बटरफ्लाई पोज (पुतली आसन)
पलेटी कसेर सीधा बस्नुस् र दुई कुर्कुच्चा जोडेर यसलाई यौनांगनजिक ल्याउने प्रयास अधितकम गर्नुहोस् । खुट्टाका औँलालाई दह्रोसँग समात्नुहोस्, गहिरो सास लिनुहोस् र तिघ्रालाई पुतलीको पखेटाजसरी फडफडाउनुहोस् र रफ्तार बढाउँदै लैजानुहोस् । यसो गर्नाले तिघ्राको भित्री भाग तन्किन्छ, हिपलगायत कम्मरमुन्तिरका भाग बलिया हुन्छन् । यसको सकारात्मक प्रभाव यौनजीवनमा पर्छ ।

१८० डिग्री स्प्लिट (हनुमानासन)

भुइँमा बसेर खुट्टालाई एक सय ८० डिग्रीमा फार्नुहोस् । अगाडिपट्टि तन्किएर सामुन्ने रहेको खुट्टाको कुर्कुच्चासम्म हात पुर्याउनुहोस् र ३० सेकेन्डसम्म यत्तिकै रहनुहोस् । यसले हिप र कम्मरमुन्तिरको भागमा रक्तसञ्चार तीव्र हुन्छ । सो क्षेत्रका मांसपेशीमा भएका तनाव हटाउँछ । यो आसनले तपाईंको यौन स्वास्थ्यलाई फाइदा पु¥याउँछ ।

माउन्टेन क्लाइम्बर पोज (पर्वतारोही आसन)
यो आसन गर्न सजिलो छ । भुइँतिर फर्किएर झुक्नुहोस् र दाहिने खुट्टा, दुइटा हात टेकेर तन्कनुहोस् । आफूलाई हिमाल चढ्न लागेको पर्वतारोहीको आसनमा पु¥याउन खोज्नुहोस् । अब देब्रे खुट्टाको सहाराले आफूलाई अघिकै आसनमा टेकाउनुहोस् र यसो गर्दा पर्वतारोहीले गर्नेजस्तै हाउभाउ गर्नहोस् । यसक्रममा गहिरो सास लिनुहोस् । यसो गर्नाले समग्र शरीरमा रत्तसञ्चार तीव्र हुन्छ । तिघ्राका भित्री मांसपेशी बलियो हुन्छ ।

कोब्रा पोज (भुजंगासन)
भुइँमा सुत्नुहोस् । हातका पञ्जा र तिघ्राको भरमा टाउकोलाई माथि उठाउनुस् । टाउको यसरी उठाउनुहोस्, गसरी गोमन सर्पले फणा उठाउँछ । सक्नुहुन्छ भने टाउको पछाडिपट्टि लैजानुहोस् र खुट्टा पछाडिबाट उठाएर टाउको छुवाउनुहोस् । गहिरो सास लिनुहोस् र केही बेरसम्म सास भित्रै रोक्नुहोस् । यही आसनमा ३० सेकेन्ड रहने कोसिस गर्नुहोस् । यसो गर्नाले तपाईंको ढाड, कम्मर, भुजाका जोर्नी आदि बलिया हुन्छन् । यस आसनले तपाईंको यौनशक्ति बढाउँछ ।
इन्भर्टेड प्लो (कर्णपिडासन)
यो आसन गर्दा शरीरलाई हलोको आकारमा लैजान खोज्नुपर्छ । यसका लागि भुइँमा उत्तानो फर्किएर सुत्नुहोस् । हात माथिपट्टि तन्काउनुहोस् । खुट्टा सीधा पार्नुहोस् र उचालेर बिस्तारै पछाडि लगी भुइँ छुनुहोस् । गहिरो सास लिनुहोस् र केही बेर रोक्नुहोस् । यसले शरीरका सम्पूर्ण मांसपेशीलाई तन्काउँछ । बाँझोपन भएका महिलाका लागि पनि यो आसन कतिपय अवस्थामा उपयुक्त हुन सक्छ ।


असार १८।  बेल्जियमलाई पन्छाउँदै वेल्स युरोकप २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ । १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सका लागि कुनै पनि ठूलो प्रतियागिताको मा यो नै ठूलो उपलब्धि हो ।
शनिबार विहानै भएको खेलमा वेल्सले बेल्जियमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो । र, १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो ।
तर, यो खेललाई निरन्तरता दिन सकेन । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए । उनी खेलमा ठूलो शंका थियो, किनकी उनको काँधमा चोट लागेको थियो । तर, बेल्जियमविरुद्ध उनले नै कर्नरमा आएको बलमा हेडमार्फत बराबरी गोल फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफमा वेल्स हावी भयो । ५५ औं मिनेटमा हल रोब्सन कानुले गोल गरे भने ८५ औं मिनेटमा साम भोक्सले गोल गर्दै युरो २०१६ को अन्तिम चारमा वेल्सलाई पुर्‍याए ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.