March 2015

 विश्वका बिकाश उन्मुख रास्ट्र हरुका लागि सुलभ इन्टरनेट उपलब्ध गराउने उदेश्य अनुरुप फेसबुकले  विश्वभर इन्टरनेटको सुविधा उपलब्ध गराउने योजनामा अघि बढेको छ । फेसबुकले हालै  सौर्यउर्जाबाट चल्ने मानव रहित विमान अर्थात् ड्रोनको मद्दतले फेसबुकले विश्वका दुर्गम इलाकाहरुमा समेत इन्टरनेट उपलब्ध गराउन सक्ने सफल परिक्षन गरेको छ  ।
बेलायती समाचारपत्र दी गार्जियनका अनुसार फेसबुकका प्रमुख कार्यकारी तथा संस्थापक समेत रहेका मार्क जुकरबर्गले बेलायतमा यस्तो प्रकारको ड्रोनको परीक्षण गरिएको बताएका छन् । उक्त बिमानको पखेटाको लम्बाइ व्यवसायिक विमानको जत्रै रहेको छ ।
ग्रामीण तथा इन्टरनेटको पहुँच नभएको क्षेत्रहरुमा इन्टरनेट सेवा उपलब्ध गराउनका लागि यो मानव रहित विमानले लेजर बिमको माध्यमबाट पृथ्वीमा इन्टरनेट तरंग प्रसारित गर्नेछ । जुकरबर्गले आफ्नो ब्लग पोष्टमा भनेका छन्, ‘पूरै दुनियालाई इन्टरनेट सँग जोड्नका लागि हाम्रो अभियानको रुपमा हामीहरुले मानवरहित ड्रोन विमानको निर्माण गरेका छौँ । जसले आकाशबाट धर्तीमा इन्टरनेट तरंग पठाउनेछ ।’
बेलायतमा यो बिमानको सफल परीक्षण गरिएको बताउँदै उनले यो विमान पूरै विश्वमा इन्टरनेट सुविधा पूराउने काममा सहयोगी हुने दाबी गरेका छन् । इन्टरनेट सुविधाबाट बन्चित विश्वका १० प्रतिशत मानिसमा इन्टरनेट सुविधा पूराउने क्षमता यो विमानमा रहेको जुकरबर्गको दाबी छ ।
फेसबुकको उक्त ड्रोनको पखेटाको लम्बाइ २९ मिटर रहेको छ जुन बोइङ ७३७ को भन्दा पनि बढि हो । तर यसको वजन भने कारको भन्दा पनि कम छ ।
त्येस्तै  गुगलले पनि ड्रोन तथा बेलुनको माध्यमबाट  विश्वमा इन्टरनेट सुविधा उपलब्ध गराउने विषयमा काम गरिरहेको छ ।

भुँडी  लाग्ने डरले बिहान-बेलुका भात खान डराउनेहरुलाई अब खुसीको खवर छ । जतिसुकै भात खाए पनि भुँडी नलाग्ने प्रविधि बैज्ञानिकले पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुले गरेको यो आविस्कारले मोटोपनाको शिकार भइरहेका मानिसलाई फाइदा पुग्ने दाबी गरिएको छ ।

चामलमा उच्च मात्रामा कार्बोहाइड्रेट पाइन्छ । त्यसैले बढी मात्रामा भात खाने गर्नाले उच्च क्यालोरी आपूर्ति भई त्यसले शरीरमा मधुमेहको जोखिम बढाउँछ ।
एक कप पाकेको भातमा २ सय क्यालोरी उर्जा हुन्छ । चामलमा भएको स्टार्चबाट यो उर्जा आउँछ जुन शरीरमा गएपछि चिनीमा परिणत हुन्छ र अन्त्यमा प्रायः बोसोमा बदलिन्छ ।
विश्वका धेरै देशका मानिसहरुको मुख्य खाना नै भात हो र विश्वमा खपत हुनेमध्ये ९० प्रतिशत चामल एशियामै खपत हुन्छ । धेरै मानिसहरुको मुख्य खाना भात नै रहेको तर यसको बढी सेवन स्वास्थ्यका लागि लाभदायी नहुने कुरालाई मध्यनजर गर्दै वैज्ञानिकहरुले भातमा भएको क्यालोरी घटाउने उपाय निकालेका छन् ।
श्रीलंकाका अनुसन्धानकर्ताहरुले यस्तो विधि पत्ता लगाएका छन्, जसबाट भातमा भएको क्यालोरी ६० प्रतिशतसम्म घटाउन र भातको खुराकलाई स्वस्थकर बनाउन सकिन्छ ।
कसरी घटाउने क्यालोरी ?
चामललाई नरिवलको तेलमा उमाल्ने र त्यसपछि त्यसलाई आधा दिनजसो फ्रिजमा चिसो पारेर राख्नाले भातमा भएको क्यालोरी नष्ट हुने शोधकर्ताहरुको भनाइ छ ।
अमेरिकी केमिकल सोसाइटीको राष्ट्रिय बैठकमा शोधकर्ता सुधैर जेम्सको टोलीले आफ्नो अनुसन्धानको प्रारम्भिक नतिजा प्रस्तुत गरेका हुन् ।
‘हामीले गरेको प्रयोग सामान्य भात पकाएजस्तै नै हो । तर, पानी उम्लिसकेपछि चामल ओइरिनु अगाडि चामलको तौलको ३ प्रतिशत जति नरिवलको तेल उम्लेको पानीमा मिलायौँ अनि मात्र चामल राखेर पकायौँ’, जेम्सले आबिस्कार गरेको नयाँ बिधिबारे भने, ‘जब भात पाकेर तयार हुन्छ तब त्यसलाई हामीले १२ घण्टासम्म रेफ्रिजेरेटरमा राख्यौँ, मात्र यत्ति हो ।’
कसरी गर्छ काम ?
नरिवलको तेलमा पकाएर फ्रिजमा राख्दा भातको क्यालोरी कसरी घट्छ ? यो कुरा बुझ्नका लागि खाद्य रसायन विज्ञान बुझ्नु आवश्यक छ ।
चामलमा हुने सबै स्टार्च एकै किसिमको हुँदैन । कतिपय पेटमा छिटै पच्दछ र ग्लुकोजमा परिणत हुन्छ, जुन पछि ग्लाइकोजेन बन्दछ । तर, अन्य केही स्टार्च भने तत्कालै ग्लुकोज र ग्लाइकोजेनमा परिणत हुँदैन र त्यसबाट कम मात्र उर्जा उत्सर्जन हुन्छ । भात पकाउने तरिकाबाट यसको स्टार्चलाई तत्कालै नपच्ने प्रकारमा परिणत गर्न सकिन्छ ।
शोध निर्देशक डाक्टर पुष्पराज थवराजका अनुसार यदि पच्ने प्रकारको स्टार्चको मात्रालाई घटाउन सक्ने हो भने क्यालोरी न्यूनीकरण गर्न सकिन्छ र यसको प्रभाव ठूलो हुन्छ ।
३८ प्रकारको चामलमा परीक्षण
यही तथ्यलाई हृदयंगम गर्दै जेम्स र थवराजले श्रीलंकामा पाइने विभिन्न ३८ प्रकारका चामलबाट तयार पारिएका भातका परिकारमा परीक्षण गरे । त्यसक्रममा उनीहरुले चामललाई पकाउनु अगाडि नरिवलको तेल हाल्ने र पाकिसकेपछि तत्कालै चिस्याउँदा स्टार्चको प्रकृति ठूलोरुपले परिवर्तन भएर भात स्वस्थकर बन्ने तथ्य पाए ।
शोधकर्ता जेम्सका अनुसार तेलले चामलमा भएको स्टार्चसँग रासायिनक प्रतिक्रिया गरी त्यसको संरचनालाई परिवर्तन गरिदिन्छ । भातलाई फ्रिजमा चिस्याउनाले स्टार्चको अर्कै रुपमा परिवर्तन हुने प्रक्रियालाई बढावा दिन्छ ।
तत्काल पच्न नसक्ने त्यस्तो स्टार्चलाई प्रतिरोधी स्टार्च अर्थात् रेसिस्टेन्ट स्टार्च भनिन्छ । त्यसको अर्थ भातको क्यालोरी मूल्य घट्छ र यसलाई पुनः तताए पनि त्यो बढ्दैन ।
पकाउने तरिका, जसले विश्व बदल्न सक्छ
न्यून क्यालोरीयुक्त भातको विषय ठूलो महत्वको विषय हो । विश्वमा मोटोपनाको दर बढिरहेको छ, खासगरी विकाशशील विश्वमा जहाँ मानिसहरु भात लगायतको सस्तो खानेकुरामा भर परेका हुन्छन् ।
चामलका सबैभन्दा ठूला उपभोक्ता भारत र चीनमा मोटोपनाको समस्या उच्च दरमा बढिरहेको छ । हुन त मोटोपनाको एकमात्र कारण भात भने होइन । तर, यसले मोटोपनालाई बढाउन मुख्य सहयोग भने गरिरहेको छ । त्यसैले भातमा हुने क्यालोरी घटाउन सकियो र त्यो पनि १० प्रतिशत मात्रै भए पनि त्यसले भावी पुस्तामा ठूलो प्रभाव पार्नेछ ।
मोटोपना संसारभरिको समस्या
शोध निर्देशक थवराजका अनुसार मोटोपना केही समयदेखि अमेरिकाको मुख्य स्वास्थ्य समस्याका रुपमा रहेको भए पनि अहिले एसियामा समेत यो समस्या बन्दै गएको छ ।
एसियाका मानिसहरुले धेरै मात्रामा भात खान्छन, जुन स्वास्थ्यका लागि राम्रो होइन ।
शोधकर्ताहरुले विभिन्नखाले अन्य जातका चामलमा समेत यो विधि अपनाएर क्यालोरी घटाउन सकिने विषयमा अनुसन्धान गर्नेछन् ।
नरिवलको तेलसँगै सूर्यमुखी लगायत अन्य  तेलको प्रयोग गरेर समेत यसरी भातको क्यालोरी घटाउन सकिन्छ कि भन्ने विषयमा समेत उनीहरुले अनुसन्धान गर्ने बताइएको छ ।
शोध निर्देशक थवराज भन्छन्, ‘यो चामलमा मात्र सीमित छैन । के हामीले यस्तै विधि रोटीमा समेत अपनाउन सक्छौँ ? यो अहिलेको मुख्य प्रश्न हो ।

 यौन उत्तेजना बढाउन भियाग्रा प्रयोग गर्नेलाई अब सजिलो हुने भएको छ । किनकि भियाग्राझैँ घामले पनि शरीरमा यौन उत्तेजना बढाउने एक अनुसन्धानले पत्ता लगाएको छ । यसबाट पैसाको बचत मात्र नभई भियाग्राको साइड इफेक्टबाट पनि जोगिने भएको छ । अष्ट्रियाको मेडिकल युनिभर्सिटी अफ ग्राजका अनुसन्धानकर्ताले ‘सन बाथ’ले शरिरमा यौन उत्तेजना बढाउने पत्ता लगाएका हुन् ।

 घामको प्रकाशमा हुने भिटामिन डीले पुरुषको रगतमा टेस्टोस्टेरोन हार्मोन बढाउने अनुसन्धानकर्ताले जनाएका छन् । यस्तो हार्मोनले पुरुषमा यौन उत्तेजना बढाउने काम गर्छ । ‘सन बाथ’ बाहेक भिटामिन डी पाइने खाना र तेलयुक्त माछा, मासु खाएर समेत यौन उत्तेजना बढाउन सकिन्छ । यसले पनि रगतमा हार्मोनको मात्रा बढाउने अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

चैत १६।  केहि समय देखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएको ‘भद्रगोल’ चैत्रको अन्तिम साताबाट फेरि प्रशारणमा आउने भएको  छ । यो चर्चित सिरियल प्रशारणका लागि मिडिया हबले नेपाल टेलिभिजनमा टेन्डर पारेपछि यो  सिरियल पुन. प्रसारणमा आउनेभएको हो । यो सिरियल पहिलेकै समयमा प्रशारण हुनेछ।  ‘भद्रगोल’का लागि  मिडिया हबले नेपाल टेलिभिजनलाई   १ लाख ८७ हजार ७७० रुपैयाँ वुझाउनेछ । यसै गरि अर्को पनि रोकिएको सिरियल जिरे खुर्सानीका लागि मिडिया हबले २ लाख १७ हजार ७ सय ७७ रुपैयाँ हप्तामा नेपाल टेलिभिजनलाई वुझाउने  छ । ‘जिरे खुर्सानी’ प्रोडक्शनका लागि १ लाख ४५ हजार रुपैयाँ मिडिया हबले एक सातामा खर्च गर्दै आएको छ भने ‘भद्रगोल’का लागि ८० हजार खर्च गर्दै आएकोमा वल्र्ड भिजन एड्भर्टाइजिङले टेन्डर पारेर विभिन्न टेलिभिजन कार्यक्रममा लागि सिद्धार्थ बैंकमा राखेको ५ करोडको धरौटी रकम नक्कली भएपछि यी   सिरियलको  प्रशारण रोकिएको थियो ।

 न्यूजिल्याण्डले दिएको १८४ रनको लक्ष  सहज रुपमा पुरा गर्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बन्न सफल भएको छ ।
फाइनल खेलमा अस्ट्रेलियन  कप्तान माइकल क्लार्क र स्टिभ स्मिथको शतकीय साझेदारीको मदतमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया लाई विश्व  च्याम्पियन बनाए। यस अघि  समूह चरणमा ब्यहोरेको हारको बदाला समेत लिएको छ । यससँगै क्लार्कले आफ्नो वन डे क्रिकेटको सुखद अन्त्य गरेका छन् ।
मेलबर्न क्रिकेट ग्राउण्डमा न्यूजिल्याण्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाको पहिलो विकेट भने सस्तैमा गुमेको थियो । मात्र २ रन जोड्दा एरोन फिन्च शुन्यमा नै आउट भए ।
दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टिभ स्मिथले ६१ रनको साझेदारी गरे । दोस्रो विकेटका रुपमा आउट भएका वार्नरले ४६ बलमा ४५ रन बनाए ।
माइकल क्लार्कले तेस्रो विकेटका लागि स्मिथसँग ११२ रनको साझेदारी गरे । क्लार्क ७४ रनमा आउट भए । स्मिथ ५६ र बाट्सन २ रनमा अविजित रहे ।

चैत १५। जारी विश्वकप २०१५ क्रिकेटको उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलियालाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अष्ट्रेलिया ब्याटिंग गर्दै जारी ८ ओभरको खेलमा ऑस्ट्रेलिया १ विकेट गुमाउदै ४९  रन जोड्दै। 
हाफ अगाडिको खेलमा मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ रोजेको न्यूजिल्याण्डले ४५ ओभरमा दशै विकेट गुमाएर १८३ मात्र रन बनाउन  सक्यो । उसका लागि खेल खासै उपलब्धि पूर्ण बन्न सकेन । कप्तान ब्रेन्डन म्याकुलम पहिलो ओभरको पााचौं बलमा शुन्यमै बोल्ड आउट भएका छन्, जतिबेला न्यूजिल्याण्डको स्कोर एक रन मात्र थियो ।उसका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल ग्लेन म्याक्सवेलको बलमा १५ रनमै बोल्ड आउट भए । थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो । तर, ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको पारी सम्होलेका छन् । इलियटसाग १११ रनको साझेदारी गरेका टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रनमा आउट भए ।चौथो विकेट गुमाउादा न्युजिल्याण्डको स्कोर १५० रन थियो । त्यसपछि विकेट झर्ने क्रम तीव्र भयो । कोरी एण्डरसन शुन्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानअल भिट्टारीले ९ रन मात्र जोडे । न्यूजिल्याण्डको स्कोर १७१ रन हुादा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए । अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३/३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।

नेपाली सांगीतिक रियालिटी शो खोजी  प्रतिभा शिजन १ मार्फत नेपाली सांगीतिक आकाश मा प्रवेश गरेका गायक सुमन सरगमले नेपाली दर्सक लाई म कुनै हतारमा छैन अजै तिमि आउन सक्छेउ भन्दै प्रस्तुत गरेका थिए भने दोश्रो तिम्रो कसम बोलको  भिडियो ल्याएका थिए । उक्त हाल सबै दर्सक श्रोता माझ लोकप्रिय बन्दै गएको छ।

 हतार गर्नु भन्दा ढिला गरेरै भए पनि स्तरिय खुराक पस्कन रुचाउने सरगमले हाल आएर अर्को पल पल मन मा छायौ  बोलको भिडियो नेपाली दर्शक माझ प्रस्तुत गरेका छन्। उक्त पलपल लाई  एसियन म्युजिक ले  बजार मा ल्याएको यो गीत मा शब्द निलम आबुहाङ्ग राई को छ भने संगीत बी बी अनुरागी को रहेको यो गीत को भिडियोलाइ बिजय थापाले निर्देशन गरेका हुन् जसमा ज्ञान्नेंद्र शर्माको क्यामेरा वोर्क तथा सम्पादक टेकेन्द्र शाह को सम्पादन रहेको छ । 

चैत १५। PLO VOICE OF PURWANCHAL को फाइनल कार्यक्रम २०७१- १२ -१४ गते इटहरीमा सम्पन्न भयो । पुर्वान्चल ल्युब आयल को मुख्य प्रायोजना रहेको यस कार्यक्रममा स्काइसप तथा बजाज अटोसिटी इटहरिको सह प्रायोजक रहेको थियो । आशीस रणपहेली तेश्रो स्थानमा रहन सफल भएभने दोश्रो स्थान धनकुटाका गोबिन्द लिम्बुले ओगट्न सफल भए। प्रथम पुरस्कर बजाजको बाइक भने पूर्वको उत्कृस्ट स्वरका धनि ताप्लेजुगका बिपिन लिम्बुले उम्काउन सफल भए। सम्पूर्ण बिजेताहरु लाई हाम्रो  शुभकामना तथा उत्तरोत्तर प्रगतीको कामना ।




 आर्कले प्रिमियम सेग्मेन्टमा आर्क इज, मध्यम सेग्मेन्टमा आर्क आइकन र इकोनोमिक सेग्मेन्टमा आर्क स्ट्रोमको सुरुवात गरेको छ । तीन  क्याटागोरीमध्ये प्रिमियममा आर्क इज फाइभ एचजी, मध्यम सेग्मेन्टमा आर्क आईकन आर ४५ र आर्क आईकन ४० तथा इकोनोमिक क्याटगरीमा आर्क आइकन आर ४० प्लस, आर्क स्ट्रोम के ४० र आर्क स्ट्रोम के ३५ सार्वजनिक गरेको हो ।
कम्पनीले यीमोबाइल फोन अब चाँडै नै बजारमा उपलब्ध हुने जानकारी दिएको छ । आर्क इज ए फाइभ एचडीमा पाँच इन्चको एचडी आईपिएस स्क्रिनका साथै ओजिएस समेत उपलब्ध भएको जानकारी कम्पनीले दिएको छ ।
त्यसैगरी अटो प्mल्यास् भएको १३ मेगापिक्सेलको क्यामरा तथा तीन मेगापिक्सेलको अग्रभागमा क्यामरा छ । १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर र १ जीबी र्याम र ८जीबी रोम तथा २००० एमएएचको व्याट्रि हुनेछ । 
यसै गरी आर्क आइकन आर४५ र आर ४० प्लसमा साढे चार इन्च र चार इन्चको आइपिएस स्क्रिन छ । मोवाइलमा पाँच मेगापिक्सेलको क्यामरा छ भने १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर  छ । 
यी दुवै फोनमा ५१२ एमबीको र्याम छ भने ४ जीबीको राम छ । आर्क स्ट्रोम ४० मा चार इन्चको स्क्रीन र के ३५ प्लसमा साढे तीन इन्चको आईपिएस स्क्रिन छ । मोवाइलमा तीन मेगापिक्सेलको क्यामरा छ भने एक गिगाहर्जको डुअल कोर प्रोसेसर छ । 
त्यो यसमा 'बिल्टइन' गरिएका एप्लिकेसनले पनि बताउँछन् । कम्पनीले सबै मोबाइलमा हुने फेसबुक, जी-मेलदेखि नेपाली पात्रो, वाट्स एप, भाइबर, ओपेरा मिनिलाई पनि सुरुमै राखिदिएको छ । नेपालमा धेरै डाउनलोड हुने यी एप मोबाइलमै राखेर कम्पनीले ग्राहकको इच्छा बुझ्न खोजेको छ । साथै किङसफ्ट अफिस एपलाई पनि राखिदिएको यो मोबाइलले कामकाजीलाई लक्षित गर्दै वर्ड, एक्सेलदेखि पि्रजेन्टेसनसम्मका काम हुने छ ।
एन्ड्रोइडको ४ दशमलव ४ दशमलव २ अर्थात किटक्याट अपरेटिङ सिस्टम यसमा छ । जुन पछिल्ला अधिकासं मोबाइलमा आएको छ । मोबाइल खरिद गर्दा हेर्ने अर्को कुरा हो क्यामेरा । सेल्फी क्रेजीका लागि यसले अघिल्लो भागमा पनि क्यामेरा दिएको छ । पछिल्लो भागमा ३ मेगापिक्सेल र अघिल्लो तर्फ १ दशमलव ३ मेगापिक्सेलको छ । उज्यालो र घाम लागेको समयमा क्यामेराले जगबकै तस्विर निकाल्छ ।
अध्यारोका लागि पनि फ्ल्यास राखिएको छ । मेगापिक्सेललाई छाड्ने हो भने राम्रो कुरा मोबाइलले फोटोलाई एडिट गर्न केहि सुविधा राखिदिएको छ । प|mेम जोड्न देखि अध्यारो/उज्यालो मिलाउन र बिभिन्न थिममा फोटोलाई लैजान सकिन्छ । स्टोरेजका लागि ५ सय १२ एमबी र्‍याम र ४ जीबी रोम मोबाइलमा राखिएको छ । ३२ जीबीसम्म माइक्रो एसडी कार्ड यसमा थप्न मिल्छ ।
मोबाइलमा दुई सीम लाग्छ र थ्रीजी सर्पोट गर्छ, १ सय १५ ग्रामको यो मोबाइलको टक टाइम ६ घन्टा छ । यो मोबाइल १२ महिनाको वारेन्टी सहित बजारमा थुप्रै प्रतिस्पर्धी सँग भिड्दै छ । कम्पनीका अनुसार यसको मूल्य ८ हजार २ सय रूपैयाँको हाराहारी छ । यही मूल्यमा थुप्रै भारतिय ब्रान्डका मोबाइलसँग आर्कलाई दाज्न सकिन्छ ।

  साधारण असावधानीले आगलागीका घटना दोहोरिन थालेपछि ताप्लेजुङको फुङलिङ बजारमा मैनबत्ती, मट्टीतेल र दाउरामाथि प्रतिवन्ध लगाउने स्थानीयले नियम बनाउने भएका छन् । साधारण रक्सि झान्ने निउमा असावादनी गर्नाले काठको घरमा सल्कन गइ यतिको क्षति हुन गयो। 
 वर्षेनी आगलागीबाट फुङलिङ बजारमा ठूलो क्षति हुने गरेका कारण सदरमुकामको टोल सुधार समिति र अस्थायी प्रहरी चौकी व्यवस्थापन समितिको अगुवाइमा मैनवत्ती, मट्टीतेलबाट बल्ने टुकी र दाउरामा रोक लगाइएको हो ।
फुङलिङ टोल सुधार समितिका अध्यक्ष नेत्रप्रसाद खतिवडाका अनुसार निर्णय लागु हुने गरी तोकिएका स्थलका व्यवसायीले हिजो देखि नै मैनबत्तीको बिक्री वितरण बन्द गर्ने सहमति भएको छ ।
फुङलिङ बजारलाई मैनबत्ति बिक्री तथा प्रयोग मुक्त क्षेत्र बनाउन ताप्लेजुङ उद्योग बाणिज्य संघलाई आग्रह गरिने भएको छ ।
काठले पटाइ गरिएको घरको दोस्रो तल्लादेखि माथि दाउरा बाल्न निषेध गर्ने र यसको घरधनीले निरन्तर अनुगमन गर्ने निर्णय गरिएको स्थानीय जसबहादुर लिम्बुले जानकारी दिए ।
काठले पटाइ गरिएको घरको माथिल्लो तलामा कोइला आइरन प्रतिवन्ध गर्ने, डेरामा बसेका मानिसले प्रयोग गर्ने ज्वलनशील वस्तुको नियमित अनुमगन घरधनीले गर्नुपर्ने र दोस्रो तल्लादेखि माथिको भागमा भुसे चुल्हो प्रयोग गर्न नपाइने स्थानीयले नियम बनाएका छन् । यसअघि भएको आगलागीका कारण सदरमुकामका ४० घरधनीका ४४ घर जल्दा ४४ करोड बढीको क्षति भएको थियो ।

भारतको उत्तरप्रदेशको मथुरामा पानी दिने एटिएम जस्तै मेसिन  स्थापना गर्न लागिएको छ । पानीको अभावमा खड्कीरहेको  मथुराको सोंख गाउँमा पानी शुद्धिकरण पनि  गर्ने प्रविधि सहितको पानी एटिएम स्थापना गर्न लागिएको हो ।
उत्तर प्रदेशमा पहिलोपटक राख्न लागिएको यस्तो उपकरण उच्च क्षमताको हुनेछ र एउटा एटिएमले २५ सय परिवारलाई पानीको आपूर्ति गर्न सक्नेछ ।
यो पानी  मेसिनबाट पानी लिन चाहने उपभोक्ता गाउँलेहरुका लागि एउटा पि्रपेड कार्ड उपलब्ध गराइनेछ । यो मेसिनबाट पानी लिँदा प्रति लिटर १० देखि २० पैसा सम्म तिर्नुपर्नेछ भने विद्यार्थीहरुले निशुल्क रुपमा पानी पाउनेछन् ।
सरकारी अधिकारीहरुका अनुसार २० हजार लिटर क्षमताको यो मेसिन स्थापना गर्न झण्डै २० लाख भारु खर्च हुनेछ । अहिलेसम्म यो परियोजनाको ८० प्रतिशत काम पूरा भैसकेको र केही हप्ताभित्रैमा पानी वितरण मेसिन संचालन गरिसक्ने योजना रहेको छ । यो एटिएम जस्तो मेसिन  बाट वितरण हुने पानी पूर्ण रुपमा स्वस्थ, चिसो तथा पिउन योग्य रहने बताइएको छ ।


चैत ११। फ्रान्सको डिग्नेनजिकै जर्मन विंग्सको विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाग्रस्त एअरबस ‘ए ३२०’ विमानमा चालक दलका ६ सदस्यसहित १ सय ४२ यात्रु रहेको बीबीसीले जनाएको छ । विमानमा रहेका सम्पूर्णको मिर्त्यु भएको जनाइएको छ।उक्त बिमान  स्पेनको बार्सिलोनाबाट जर्मनीको डसलडर्फ जाँदै गरेको थियो ।
सो विमान बार्सेलोनाट्टे र डिग्नेको बीचमा दुर्घटनाग्रत  भएको हो । 

चैत ११ । दक्षिण कोरिया ले रोजगार अनुमति प्रणाली EPS अन्तर्गत यो वर्ष लिने कोरियन भाषा परीक्षामा ७ हजार एक सय युवा उतीर्ण गर्ने भएको छ । यो वर्षको छैठौं भाषा परीक्षा जेठ ३० र ३१ गते पोखरा र काठमाडौमा हुँदैछ।  कोरियाली रोजगारदाताको उच्च प्राथमिकतामा नेपाली कामदार पर्दै गएकाले यो वर्षको परीक्षामा गत वर्ष भन्दा करिब दोब्बर बढी उतीर्ण गर्न  लागेको हो।
गत वर्षको परीक्षामा ३ हजार ६०० उतीर्ण भएका थिए । यो वर्षको परीक्षामा कृषि क्षेत्रतर्फ करिब २२ सय र औद्योगिक क्षेत्रतर्फ करिब ४९ सय नेपाली युवा उतीर्ण हुने ईपीएस सेन्टर नेपालले जनाएको छ ।
ईपीएसमार्फत १५ मुलुकबाट कोरिया जाने गर्छन् । कोरियामा कार्यरत नेपालीमध्ये ४.५ प्रतिशत अवैध छन् ।यो वर्षको भाषा परीक्षाको फर्म वैशाख ३ देखि ६ गतेसम्म संकलन हुनेछ । काठमाडौ उपत्याकामा ४ केन्द्र तथा धरान, बुटवल, पोखरा, डडेलधुरा र धनुषाको जनकपुरबाट पनि र्फम वितरण हुनेछ । परीक्षा केन्द्र काठमाडौ उपत्यका र पोखरामा हुनेछन् । नेपाल र कोरियाबीच सन् २००७ मा द्विपक्षीय श्रम सम्झौता भई सन् २००८ बाट कामदार जान सुरु भएको हो । हालसम्म करिब २८ हजार युवा ईपीएसमार्फत कोरिया पुगिसकेका छन् । 

माइक्रोसफ्टले चाडै ल्याउन आटेको विन्डोज १० अपरेटिङ सिस्टम सित्तैमा बाड्ने तयारी  गर्दै छ ।
यसअघि माइक्रोसफ्टले नयाँ भर्सन सार्वजनिक गर्दा बैधानिक रुपमा किनिएको सफ्टवयेरलाई मात्र अपग्रेड गर्ने सुबिधा दिने गरेको थियो ।
तर, विन्डोज १० भने सवैखाले ग्राहकले प्रयोग गर्न पाउनेछन् । माइक्रोसफ्टले विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम चलाइरहेका सवै प्रयोगकर्तालाई निःशुल्क अपग्रेड सुबिधा दिने भएको छ । चाहे त्यस्ता प्रयोगकर्ताले चोरीकै सफ्टवेयर भए पनि ।
माइक्रोसफ्टको यो निर्णयबाट नेपाल लगायत बिकाशोन्मुख मुलुकका धेरै प्रयोगकर्ता लाभाविन्त हुनेछन् । नेपालमा झण्डै ९९ प्रतिशत कम्प्युटर प्रयोगकर्ताले विन्डोजको चोरी संस्करण चलाउँदै आएका छन् ।
बिकाशोन्मुख मुलुकमा ठूलो संख्यामा विन्डोजका चोरी कपी  संस्करण चलाउँदै आएका प्रयोगकर्तालाई सक्कली विन्डोजप्रति आर्कषिर्त गर्न माइक्रोसफ्टले यस्तो नीति लिएको हो ।
यसअघि माइक्रोसफ्टले सिस्टम अपग्रेड गर्न पाइरेटेड भर्सनका प्रयोगकर्तालाई निषेध गर्दै आएको थियो ।
‘लाइसेन्ससहितको सफ्टवेयर प्रयोग गर्न थालेपछि प्रयोगकर्ताले त्यसको महत्व बुझ्नेछन र हामी उनीहरुलाई लाईसेन्सवाला कपीमा अपग्रेड गर्न प्रोत्साहित गर्ने छौं’ माइक्रोसफ्टका प्रवक्ताले भने ।
हालै चीनमा आयोजित एक सम्मेलनमा माइक्रोसफ्टका एक कर्मचारीले यस्तो घोषणा गरेका थिए ।
चीन, भारत, इन्डोनेसिया लगायत ठूलो जनसंख्या भएका मुलुकमा पनि अधिकांश कम्प्युटर प्रयोगकर्ताले विन्डोजको चोरी संस्करण प्रयोग गर्छन् । उनीहरुलाई आफ्नो बैधानिक प्रयोगकर्तामा रुपान्तरण गर्न माइक्रोसफ्टले निःशुल्क अपग्रेड गर्ने सुबिधा दिन लागेको बताइएको छ । 

चैत १०।  ICC WORLD CUP 2015 को आज भएको NEWZELAND  र SOUTHAFRICA  बीच भएको रोमान्चक खेलमा SOUTHAFRICA ले दिएको २९८ रन को TARGET लाई   NEWZELAND ले १ बल बाकी छदै पुरागरी जित हासिल गरेको छ।
बर्षा को कारण आजको खेल ४३ ओभर को मात्र रहेको थियो। 



चर्चित लोक रक ब्याण्ड नेपथ्यले आईतवार बैंगलोरमा पढ्ने नेपाली बिद्यार्थीहरुलाई नचाएको छ । बैंगलोरमा स्थित आर. आर ईन्स्टिच्युटको मैदानमा नेपथ्यले आफनो प्रस्तुती दिएको हो । शान्तिका लागि शिक्षा अभियानमा बिगत लामो समय देखि गाउँदै आएको नेपथ्यले यो पटक बैगंलोरमा पढ्ने बिद्यार्थीलाई थप हौसला थप्न आफनो प्रस्तुती दिएको जनाएको छ । कन्सर्टका क्रममा नेपथ्यका गायक अमृत गुरुगंले राम्रासँग पठन पाठन गर्नुहोला भन्ने शुभकामना ब्यक्त गरेका थिए ।

साथै गुरुगंले सबै बिद्यार्थीलाई बसेको ठाउँको सामाजिक संस्कारलाई आदर गरेर बस्न पनि आग्रह गरेका थिए । कन्सर्टमा भेडाको उनजस्तो, रेशम, जोगले हुन्छ भेट जस्ता लोकप्रिय गितमा अमृतले दर्शकलाई नचाएको थिए । कन्र्सटमा हजारौं नेपाली बिद्यार्थीसँगै नेपालभाषि दर्शक र भारतीय बिद्यार्थीहरु उपस्थित थिए ।

९ चैत, जनकपुरधाम । विद्यालय व्यवस्थापन समितिको चुनावलाई लिएर भएको विवादमा धनुषामा दुई जनाको मृत्यु भएको छ ।
सबैला नगरपालिका एकमा रहेको मदन आश्रित निमाविको व्यवस्थापन समिति चयन गर्न आइतबार उम्मेद्वारी दर्ताको समय तोकिएको थियो । उम्मेद्वारीका लागि २५ हजार रुपैयाँको धरौटी रकम तोकिएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नेपाली कांग्रेस, एमाओवादीसहितका दलहरु एकातिर छन् भने एमाले विपक्षी बनेको छ ।
उम्मेद्वारी दर्ताको अघिल्लो रात संयुक्त भेला भइरहेको स्थानमा एमाले कार्यकर्ताले आक्रमण गरेको नेकपा (माओवादी)का संयोजक मात्रिका यादवले आरोप लगाए । उनका अनुसार आक्रमणमा परी गम्भीर घाइते भएका ४५ वर्षका रामसेवक राउतको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुईपक्षबीच राति पनि झडप भएको थियो । स्थानीयले गोली चलेको समेत बताएका छन् । घटनामा ४२ वर्षका रामप्रकाश यादवको मृत्यु भएको छ । उनलाई चार गोली लागेको छ ।
घटनामा दुई जना गम्भीर घाइते भएका छन् । एकको शिक्षण अस्पतालमा र अर्काको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 ९ चैत,  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गरेको छ ।
आइतबार राति भएको इएल क्लासिको भिडन्तमा २–१ को जित जिकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियलसँगको दुरी ४  अंकमा पु¥याएको छ ।
नाउ क्याम्पमा बार्सिलोनाले राम्रो सुरुवात गरेको थियो । तर, रियल खेलमा फर्कियो । करिम बेन्जिमाको पासमा क्रिष्टियानो रोनाल्डोले राम्रो मौका पाएका थिए । तर, उनको भली क्रसबार नजिकैबाट बाहिरियो ।
१९ औं मिनेटमा म्याथ्युले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए । लिओनल मेस्सीको फ्रि किक बलमा म्याथुले हेड गोल गरेका हुन् ।
लगतै स्वरेजको पासमा नेयमारले अर्को मौका पाएका थिए । तर, उनको प्रहार रियल मड्रिडका गोलरक्षक इकर कासियासले सहजै नियन्त्रणमा लिए ।
३१ औं मिनेटमा बेन्जिमाको ब्याकपासमा पासमा रोनाल्डोले बराबरी गोल गरे ।

पहिलो हाफमा ग्यारेथ बेलको गोल अफसाइड रह्यो भने रोनाल्डोको प्रहारलाई ब्राभोले असफल पारे ।
दोस्रो हाफको सुरुमा रियल मड्रिडले बार्सिलोनालाई केही दबाव दिएको थियो ।
तर, ५६ औं मिनेटमा स्वरेलले गोल गरे । ड्यानी अल्भेसको लामो पासमा आएको बललाई उत्कृष्ट रुपमा नियन्त्रणमा लिएका उनले दुई डिफेण्डरलाई बिट गर्दै गोल गरे ।
खेलमा फेरि अग्रता लिएपछि घरेलु टोलीले रियल मड्रिडमाथि थप दबाव बढायो । तर, कासियासले मेस्सी र अल्बाले गोल गर्ने राम्रो प्रयासलाई असफल पारे ।
जितपछि बार्सिलोनाको २८ खेलबाट ६८ अंंक भएको छ भने समान खेल खेलेको रियल मड्रिड ६४ अंकका साथ दोस्रो स्थानमा छ ।

९ चैत,  राजधानीको थापागाउँमा हत्या गरेर फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
सिंहदरबार छेऊको हनुमानथानबाट थापागाउँतर्फ जाने पुलकै छेऊमा साेमबार बिहान शव फेला परेको हो । राति कसैले मारेर फालेको भेटेपछि स्थानीयले बिहानै प्रहरीलाई खबर गरेका छन् ।
 सडकमा हत्या गरेर फालिएको शब देखेपछि बिहानै त्यहाँ मानिसको भिड लागेको छ । मृतक युवक थापागाउँ नजिकै डेरा गरी बस्ने व्यक्ति रहेको स्थानीय एक महिलाले सनाखत गरे पनि नाम र थर पत्ता लागेको छैन ।
अन्दाजी ३०-३५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएकाे छ।
खोला छेउमा घोप्टो परेको अवस्थामा फेला परेको शवको टाउकोमा रगत देखिएको  छ । प्रहरीले घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का उठाएको छ ।

ताइपेको गोगोरो कम्पनीले स्मार्ट प्रविधिमा आधारीत स्कुटर निर्माण गरेको छ । गोगोरो नाम दिइएको उक्त स्कुटर प्रतिघण्टा ९५ किमिसम्म कुद्ने कम्पनीको दाबी छ ।

स्मार्ट स्कुटरमा एउटा जी–१ मोटरको प्रयोग गरिएको छ । जसले इलेक्ट्रिक मोटर डिजाइनलाई रिडिफाइन गर्ने कम्पनीको दाबी छ । उक्त स्कुटर हलुका तर टीकाउ र बलियो रहेको कम्पनीले जनाएको छ ।
एक सय १२ किलोग्राम तौल रहेको यो स्कुटर गोगोरो इनर्जी कम्पनीको पहिलो उत्पादन हो । स्कुटरमा मल्टिलिंक सस्पेंशन र जेट फाईटर ल्याण्डिङ गिअर प्रयोग गरिएको छ । यसले स्कुटीलाई आरामदायी तरिकाले चलाउन सकिन्छ । यसमा जडान गरिएको आइक्यू सिस्टमले चालकलाई सवैभन्दा नजिकैको कम्पनीको स्टेशनका बारेमा जानकारी दिने बताइएको छ ।
स्मार्ट स्कुटरमा ३० वटा अनबोर्ड सेंसर लगाइएको छ । यसमा क्लाउड कनेक्टिभिटी र गोगोरोको मोबाइल एप पनि रहेको छ । जसको सहायताले स्माट स्कुटरलाई सधै कनेक्टमा राख्ने कम्पनी जनाएको छ ।
स्मार्ट स्कुटरलाई सर्भिसिङको आवश्यकता पर्दा चालकलाई मोबाइल एपले आफै जानकारी दिने बताइएको छ । गोस्टेशनबाट ब्याट्रि बदल्दा पनि एपको माध्मबाट सुचना दिने बताइएको छ । स्मार्ट स्कुटीको मूल्य भने अहिलेसम्म बताइएको छैन । तर स्मार्ट स्कुटीले बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल हुने निर्माताको विश्वास छ ।

अबुधावी स्थित अलऐननमा रहेको नेपाली युवाहरूको सक्रिय समुह इभेन्ट नेपालद्वारा आयोजना गरिएको चैते दशै धमका २०७१ मा उपस्थित दर्शकले गायिका ज्योति मगरमाथि दुव्र्यवहार गर्न खोजेपछि स्थानीय प्रहरीले हस्तक्षेप गर्नुपरेको छ ।
घटनामा केहीलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुलाई अहिले छाडिएको छ ।
गत शुक्रबार प्रचारित समय भन्दा ढिलै गरी शुरू भएको उक्त कार्यक्रमा नेपालकी हट गायिकाका रुपमा चर्चा कमाएकी ज्योति मगरको उपस्थिति रहेको थियो। शुरूबाट नै हाउस फुल भएको उक्त चैते दशै धमकामा स्थानिय कलाकारहरूको पनि प्रस्तुति रह्यो।
दर्शकहरुको माग ज्योतिकै हुन थाले पछी आफ्नो प्रस्तुती दिँदै केहि गीत गाइन्। स्टेज तात्दै जादाँ ज्योतिमाथि कार्यक्रममा उपस्थित केही युवाहरूले उछृंखल व्यवहार गर्न थालेपछि कार्यक्रममा तनाव भएको थियो ।
उक्त घटनापछि कार्यक्रम स्थगन नै भएको थियो भने कार्यक्रम स्थलमा प्रहरीसमेत आइपुगेको थियो।

यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति हो । तर, केही कुरामा ध्यान दिन सकियो भने सेक्सलाई ‘सुपर सेक्स’ बनाउन सकिन्छ । एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटी’मा प्रकाशित अनुसन्धानअनुसार ग्रेट सेक्स’ का लागि यौनपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी छ । दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ । एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज गराउनु सुपर सेक्सका अर्को सूत्र हो ।

अनुसन्धानमा भनिएको छ, ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले जिउने प्रयास गर्नुपर्छ ।’ दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुन्छ । अन्तरंगता अर्को मुख्य सूत्र हो । अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीब्र वृद्धि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव समेत जाग्रित हुन्छ । स“गै एक–अर्काप्रति वास्तविक र स्वाभाविक यौन चाहना उत्पन्न हुन्छ । अनुसन्धानअनुसार यौन क्रियाका लागि एक–अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्वपूर्ण हुँदैन ।

यद्यपि यौन क्रियाक्लपामा जुट्नुअघि अतिरिक्त संवाद र एक–अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद बोली वा सांकेतिक रुपमा हुन सक्छ । सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक–अर्काप्रतिको समर्पण अझ महत्वपूर्ण कुरा हो । यदि जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौनको अनुभव गर्छन् । जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिने होइन, दुइटैले कसरी आनन्द लिने । अनुसन्धानले ‘स्वस्थ यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पती, प्रेमजोडीले अनुभव गर्न सक्छन् । बुझ्नैपर्ने कुरा के हो भने यौनका लागि तयार हुनु युद्ध लड्नु होइन, यो समर्पण हो ।

दुवैलाई एकअर्कालाईै पूर्ण रुपमा सुम्पिनुपर्छ, जसले गर्दा अनुकुल तरिका र आसल अपनाएर साथीले दोहोरो यौन सन्तुष्टि सिर्जना गर्न सकोस् । बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा सहभागी थिए । अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो । अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको समय कुनै पनि सम्बन्ध तोड्नेजस्तो स्थिति उत्पन्न भएन । उनीहरूले अति आनन्ददायक यौनको अनुभव गरे ।

 कुनै पनि महिला र पुरुषलाई आफु सुन्दर र आर्कषक देखिन रहर हुन्छ । यसै कारण शरीर र अनुहारलाई आर्कषक बनाउन अनेकथरी उपाय अपनाईएको पाईन्छ । यसका बाबजुद पनि कहिलेकाही बिभिन्न रोगका कारण स्वास्थ्यकासाथै अनुहारमा समेत प्रभाव पर्दछ ।
सुन्दरता बिगार्ने एउटा रोग डण्डीफोर पनि हो । यो रोग यौवन अवस्थामा आउने समस्या हो । कहिलेकाही ३५–४० वर्षको उमेरमा पनि आउँछ ।
यो छालाको समस्या हो । यो धेरै खतरा नभएपनि यसले दाग छाडेर जाने भएकाले अनुहार बिगार्न सक्छ । डण्डीफोर आउनमा सेवासियस नामक ग्रन्थीको भूमिका हुन्छ । यसलाई आयल ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी उमेर बढ्दै जाँदा ११ वर्षदेखि नै विकसित हुन्छ । यो रौंको साथमा रहन्छ । यसको फङसनल एक्सन एडर्नल ग्ल्याण्ड्सको मेल हर्मोनले बढाउँछ ।
यो महिला तथा पुरुष दुवैमा हुन्छ । मान्छेको छालमा साना प्वाल हुन्छन् । यिनीहरुको आयल ग्रन्थीसंग  सम्बन्ध हुन्छ । यही ग्रन्थीले सेवम् भन्ने चिल्लो पदार्थ निकाल्छ , सेवम्ले नै छालामा मरेका कोषहरु हुँदैं छालाबाट बाहिर निकाल्छ र छाला सफा राख्छ । यहाँबाट मसिनो रौं पनि बाहिर आएको हुन्छ । कहिलेकाँही फोहोर वा चिल्लो, मरेका कोषहरु बाहिर निक्लने बाटो बन्द भयो भने डण्डीफोर देखिन सुरु हुन्छ । स्कीनडेड सेल्स, सेबम् र रौं एकै ठाउँमा जम्मा हुन्छन्  । यसरी यिनीहरुको संक्रमित हुन्छन् । कारणवस यिनीहरु सुनिन थाल्छन्, राता हुन्छन् र फुट्छन् ।
डण्डीफोर विभिन्न प्रकारका हुन्छन्
ह्वाइहेड्स– सेता, मसिना राता देखिने
ब्ल्याकहेड्स– काला दाना देखिने
सिस्ट– मासुको डल्लोजस्तो ठूला
नोवुल्स– दुख्ने,सा¥हो खालका
पुस्टुल्स– राता साना माथिपट्टि पिप देखिने
डण्डीफोरको उपचार
शरीरमा, अनुहारमा वा शरीरका विभिन्न ठाउँमा डण्डीफोर आउने गर्छ । डण्डीफोर आउने कारण थाहा पाइसकेपछि उपचारका लागि सजिलो हुन्छ । १२, १३ वर्षदेखि ३०, ३५ वर्षसम्म उमेरमा कुनै पनि बेला धेरै किसिमका डण्डीफोर आउने गर्छ । यो उमेरका वृद्धिसंगै हर्मोन एडर्नल ग्ल्याण्ड्समा हुने हर्मोनका कारण आयल ग्ल्याण्ड्स लाई स्टीमुलेट गरेपछि यस्तो परिवर्तन आउँछ । यसलाई विभिन्न उपायबाट कम गराउँन सकिन्छ ।
चिल्लो कम खाने, पानी प्रशस्त पिउने, शारीरिक व्यायाम पसिना आउने गरी गर्ने, हरियो सागपात, फलफूल कम खाने, नियमित नुहाउने, व्यक्तिगत  सरसफाईमा ध्यान दिने, बढी अमिलो पिरो नखाने, अनिद्रा नबस्ने । यौनजन्य पुस्तक, चलचित्र तथा अन्य क्रियाकलापमा धेरै सहभागी नहुने, मानसिक बेचैनी नरहने । डण्डीफोर नआउने बनाउन सकिदैंन, तर, कम गराउँन सकिन्छ । नआउने बनाउनु पनि हुँदैंन , शरीरमा अन्य असर पर्छ । होमियोप्याथिक आयुर्वेदक औषधि तथा प्राकृतिक उपचारबाट पनि राम्रो हुन्छ ।

दुई स्वीस पाइलटहरुले विश्वमै पहिलो पटक सौर्य उर्जामा आधारित विमान लिएर विश्वको एक चक्कर लगाउने प्रयास शुरु गरेका छन् ।
सोलार इम्पल्स २ नाम दिइएको उक्त विमानलाई एन्ड्रे ब्रोस्चबर्ग र उनका सहकर्मी बट्रान्ड पिकार्डले पालो पालो गरेर उडाउने छन् । उनीहरुले ३५ हजार किलोमिटरको दुरीलाई १२ स्टप गरेर गर्नेछन् । जसमा एट्लान्टिक र प्रशान्त महासागरमा उनीहरुले एकैपटक ५ देखि ६ दिन लगातार उडान गर्नुपर्नेछ ।
यो पूरा यात्रालाई ५ महिना लाग्ने बताइएको छ ।
सोमबार अबुधावीको अल बाटिन एयरपोर्टबाट ब्रोस्चबगले उक्त प्लेनका साथ उडान भरेका छन् । उनको गन्तव्य ओमानको मुस्काट हुनेछ ।

हरेक पाइलटले प्लेनको साँघुरो ककपिटमा कम्तिमा २ सय ५० घण्टा बिताउनुपर्नेछ । त्यहाँ कुनै अक्सिजन वा तापक्रम नियन्त्रण गर्ने यन्त्र छैन । यात्राको क्रममा ककपिटबाहिरको तापक्रम –४० डिग्री सेल्सियसदेखि ४० डिग्री सेल्सियस हुनेछ ।
प्लेनलाई नियन्त्रणमा राख्नुपर्ने भएकाले पाइलटहरु लामो समय सुत्न पनि मिल्दैन । यसका लागि पाइलटले हरेक दुई देखि ४ घण्टामा २० मिनेटको छोटो समय सुत्न सक्छन् ।
लामोसमय एउटै आसनमा सिटमा बस्नुपर्ने हुँदा पाइलटहरुले योगा पनि सिकेका छन् । यात्रामा आफ्नो ध्यान एकत्रित गर्नु उनीहरुको ठूलो चुनौती रहने छ ।

चैत ८–बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरानमा शनिबार मुटु बाहिर भएको शिशुको जन्म भएको छ । झापा बनियानी–४ की श्रुति कार्की (दाहाल)ले बिहान ५ बजेर ५ मिनेटमा जन्माएको उक्त शिशुको मुटु शरीर बाहिरै रहेको छ । चारदिन अघि सुत्केरी व्यथा लागेर प्रतिष्ठानमा उपचारका लागि ल्याइएकी श्रुतिको शल्यक्रियामार्फत बच्चा निकालिएको हो । कार्कीको शल्यक्रिया प्रतिष्ठानका डा रमेश श्रेष्ठले गरेका थिए । शिशुको तौल दुई किलो ४०० ग्राम रहेको छ । शिशुको अवस्था हालसम्म सामान्य रहेपनि बाहिर रहेको मुटु शल्यक्रिया गरेर भित्र राख्नेसम्मको उपचार सेवा प्रतिष्ठानमा नभएकाले थप उपचारका लागि कान्तिबाल अस्पतालमा सिफारिस गरिएको उपचारमा संलग्न डा श्रेष्ठले बताए ।

मोरंगमा जन्म लिई आफ्नु जिन्दगि सुरुवात गर्नु भएकी पूजा मारिया पौडेल बाल्यकाल देखिनै साहित्यमा खुब रुचि देखाउने गर्नु हुन्थ्यो। १५ बर्सकै उमेरमा आफ्नु कर्म थलो धनकुटा मारेक कटहरे बनाउनु भएकी मारिया सानै देखि कहिले स्कुलमा हुने कार्यक्रममा पनि आफ्ना सिर्जना प्रस्तुत गर्न धकाउनु हुदैन थ्यो। हाल आएर गीत र गजल मा ज्यादा कलम चलाइरहेकि मारियाका हाल सम्म विभिन्न देश भक्ती गीत, आधुनिक, लोक दोहोरी, बाल अधिकार, महिला, अधिकार, लगाएत गरि दुई अढाइ सय गीत रहेका छन् । यी बाहेक २०० जति गजल तथा कविता रहेका छन् । 
सांगीतिक दुनियामा प्रवेश गराउने उहाको पहिलो गीत २०६८ सालमा देशभक्ती गीत बालन्द राइको संगीतमा बिमला राई र बालन्द राइको स्वरमा सजिएको 
साहास जुटाइ फर्केर आए मेरो देश बचाउन संकटमा परि रोएकी मेरि आमालाइ हसाउन ।.……… 
हो।
विभिन्न विधामा रही सरल तथा स्थानीय कला सस्कृतिको मुर्त रुप सब्दमा निकाल्ने मारियाका तिहारको गीत, होलि गीत, बाल गीत, देश भक्ती गीत, आधुनिक गीत गरि दुई दर्जन भन्दा ज्यादा गीतहरु रेकर्ड भैसकेका छन् । उहाका अनुसार '' गीत लेखन सहज छैन गीत कसैको देखासिखिमा लेखिने बिधा हैन। गीत साहित्यक नै हुनुपर्छ भन्दिन।गीत लेख्नलाई रहरले हुदैन किस्मतमै लेखिएको हुदोरहेछ यो गड गिफ्ट हुनु पर्छ। रहरले चलेका कलम क्षेणिक हुन्छन, दिर्घकालिन कलम चल्न सक्दैन। नेपाली सरल भासामा बालक देखि बृद्ध बृदाले बुझ्ने खालको हुनुपर्छ। गीत दिर्घकालिन र सदाबहार हुनुपर्छ। म जिन्दगीलाई कलम मार्फत शब्दमा उतार्न चाहान्छु।''
आज सम्म मरियाका एकल शब्दमा सजित देश भक्ति गीति एल्बम 'नेपाल आमा' बजारमा आइसकेको र अर्को आधुनिक गीति एल्बम ( मुटुको अंश) बजारमा चाडै आउदैछ जसमा बालन्द राइको एकल संगीत र विभिन्न गायक गायिका हरुको स्वरले सजिएकोछ।

हाल आएर संगीतकार राम सिटौला संग काम गरिरहनु भएकी मारियाको 
सुस्तरी सुस्तरी स्पर्श गरेको मायालु हातको
सम्झना आउँछ तिमिले छोएको त्यो रातको। ……।
यस गीतमा राम सिटौलाको संगीत तथा अन्जु पन्तको फिमेल र आनन्द कार्किको मेल आवाजमा सजिएको छ। यस गीतको रेकर्ड सगै आफ्नो स्थान नेपाली सांगीतिक आकासमा अझ माथि तिर उक्लिएको गर्ब गर्दै अत्यन्तै संतुष्ट रहेको बताउनु हुन्छ।

हाल इटहरीमा छोरा सग बस्दै आउनु भएकी मरियाका मुख्य प्रेरणाको श्रोत हरेक पाहिलामा साथ दिने आफ्नै परिवार साथिभाई हुनुहुन्छ। भने संगीत क्षेत्रमा संगीतकार बालन्द राई र संगीतकार राम सिटौला मेरो गुरु र प्रेरणा हुनुहुन्छ। साथै नेपाली सांगीतिक आकाशमा रुमलिन सहयोग गर्ने सम्पूर्ण मिडियाहरु लाई पनि बिर्सन नसक्ने भनाई मारियाको रहेको छ।

यातायात व्यवस्था कार्यालय कोशी, सवारी चालक अनुमतिपत्र सुनसरीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धि कार्यक्रम प्रकाशन गरेको छ। धेरै समय लगाएर खुलाएको यस परिक्षामा पूर्वका धेरै प्रतिक्षार्थि परिक्षार्थि  रहनेछन। 

आफ्नी श्रीमती नभएको मौका छोपेर अर्कै महिलासँग यौन सम्पर्क राख्न खोज्न एक पुरुषले ठूलो मूल्य चुकाउनु परेको छ । सुरुवाल खोलेर गुप्तांग देखाउँदै महिलासँग यौन प्रस्ताव राख्ने ती पुरुषको लिंग महिलाले चपाइदिएकी छिन् ।
युरोपेली देश मोल्दोभाको राजधानी चिसिनाउमा यो अनौठो घटना घटेको हो ।
समाचार अनुसार राजधानीको एक पार्कमा पिकनिक खाएर घर फर्किने बेलामा एक महिलासँग सहवासको प्रस्ताव राख्दै ५३ वर्षका फ्लोरिन ओनिटाले आफ्नो गुप्तांग देखाएछन् । त्यसको जवाफमा ती महिलाले उनको लिंग मुखभित्र हालेर जोडसँग टोकिदिइन् । जसबाट उनको लिंग गम्भीर रुपमा घाइते भएको र रगत बग्न थाल्यो ।
आफ्नी श्रीमती मारिया केही साथीहरुलाई कारमा चढाएर घरसम्म पूराइदिन गएको मौका छोपी फ्लोरिनले सँगै रहेकी अर्की महिला सामु यौन प्रस्ताव राखेका रहेछन् । पछि श्रीमती आउँदा त उनको हालत निकै दर्दनाक थियो । सुरुवाल तल झरेको र नांगै रहेको अवस्थामा उनी रगत बगिरहेको यौनांग हेर्दै अर्धमूर्छित बनेर चिच्याइरहेका थिए, ‘एम्बुलेन्स बोलाउ, यो चुँडिएर झर्नै लाग्यो ।’
तर श्रीमतीले बोलाएको एम्बुलेन्स त्यहाँ आइ नपुग्दै पुलिसको गाडी आएर घाइते फ्लोरिनलाई लगिसकेको थियो । प्रहरीले नै उनलाई अस्पतालमा लगेर उपचार गरिरहेको छ । अस्पतालबाट डिस्चार्ज भएसँगै ती पुरुषमाथि महिलालाई यौनहिंसा गरेको अभियोगमा मुद्दा चलाइनेछ । अभियोग प्रमाणित भएमा उनलाई ५ वर्षको सजाय हुनेछ ।
प्रहरीका अनुसार ती पुरुषको यौनांग टोकिदिने महिला २४ वर्षकी छिन् । तर उनको नाम भने खुलाइएको छैन ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.