May 2015

एस्टनभिल्लालाई ४–० ले हराउँदै आर्सनल एफ ए कपको च्याम्पियन बनेको छ।
कीर्तिमानी १२ औं पटक एफ ए कपको उपाधि जित्ने क्रममा शनिबार राति वेम्बलीमा आर्सनलले ४० औं मिनेटमा वालकोटको गोलबाट अग्रता लियो। यस्तै खेलको ५० औं मिनेटमा एलेक्स सान्चेजे गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। यस्तै ६२ औं मिनेटमा आर्सनलले मेर्टेस्कारको गोलबाट तीन शून्यको अग्रता लियो। यस्तै खेलको ९० औं मिनेटमा जिरउडले गोल गर्दै आर्सनललाई ४–० को जित दिलाए ।
आर्सनलले यसअघि सन् १९३० मा पहिलो पटक एफए कप जितेको थियो। एफए कपको उपाधि जित्नेमा म्यानचेष्टर युनाइटेड ११ र टोटनह्यामले ८ पटक एफ ए कपको उपाधि हात पारिसकेका छन्।

 जेठ १४ गते बाट हुनु पर्ने तर स्थगित भएको  त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रोे बर्षको परिक्षा जेठ ३१ गतेबाट सञ्चालन हुने।

गुगलले हालै आयोजना गरेको कन्फ्रेन्समा एम डेभलपर्स प्रिभ्यु सार्वजनिक गरेको छ । अत्याधुनिक सुविधायुक्त एम ६ मा विभिन्न किसिमका विशेषताहरु रहेको कम्पनीले जनाएको छ । कम्पनले सार्वजनिक गरेको अपरेटिङ सिस्टममा यस्ता विशेषता रहेका छन् ।
फिंगरप्रिन्ट सेन्सर सपोर्टः
कम्पनीले सार्जजनिक गरेको अपरेटिङ सिस्टममा फिंगरप्रिन्ट रिडिंग टेक्नोलोजीको प्रयोग गरिएको छ । यस अघि सामसुंग ग्यालेक्सी एस ६, एचटीसी वन एम ९ लगाएतका स्मार्टफोनमा मात्र यस्तो सुविधा रहेको थियो । आगामी दिनमा सस्ता डिभाइसमा पनि यो प्रविधि उपयोग हुने अपेक्षा गरिएको छ ।
एन्ड्रोइड पेः
यो पनि गुगलले पहिलो पटक प्रयोगमा ल्याएको छ । यस अघि एप्पल पे प्रयोगमा आइसकेको छ । एनएफसीको माध्यमबाट काम गर्ने यस प्रविधिमार्फत मोबाइल पेमेन्टको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । एन्ड्रोइड किटक्याट ४.४ सम्मका अपरेटिङ सिस्टममा यो प्रयोग गर्न सकिने छ । एनएफसी नियर फील्ड कम्युनिकेशन सर्ट रेन्जमा फ्रिक्वेन्सीको डिभाइस कनेक्सन गर्नन मद्दत गर्छ ।
रिवर्सिबल युएसबी पोर्ट्सः एप्पल म्याकबुकमा युएसबी पोर्टको प्रयोग प्रश्चात एन्ड्रोइड एममा पनि युएसबी पोर्ट्रसको सपोर्ट फीचर दिएको हो । यस्तो पोर्टमा जस्तो किसिमको केवल पनि प्रयोग गर्न सकिन्छ ।
लामो ब्याट्री लाइफः
गुगल ले प्रोजेक्ट वोल्टा जस्तै नयाँ सिस्टममा ब्याट्री लाईफ थप टिकाउ बनाएको छ । यसका साथै छिट्टै चार्ज हुने लगाएतका विशेषता पनि गुगलले थप गरेको छ ।

 तनाव घटाउँछ
हस्तमैथुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ ।
सुरक्षित क्रिया
यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् ।
 
यौन दुर्बलताको उपचार
शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिँदै आएका छन् ।
मीठो निद्रा
सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निद्रा लगाउने गर्छन् ।  हस्तमैथुनका क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि साबित हुन सक्छ ।
प्रसन्न बनाउँछ
हस्तमैथुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हार्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ ।
रोगप्रतिरोधी क्षमता बढाउँछ
वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा पढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।
प्रजनन् रोग घटाउँछ
हस्तमैथुनले प्रजनन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, हस्तमैथुनको आनन्द लुट्ने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ ।

 एक नयाँ अध्ययनले फेसबुक स्टाटसको गहिरो अर्थ रहेको देखाएको छ । अध्ययन अनुसार फेसबुक स्टाटसबाट मानिसको व्यक्तित्वको पहिचान गर्न सकिन्छ ।
बेलायतको ब्रनेल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार फेसबुकका स्टाटसको माध्यमबाट कुनैपनि व्यक्ति अहंकारी छ की, विक्षुब्ध वा आकुल व्याकुल छ, ? तथा व्यक्तिमा आत्मगौरव कत्तिको छ ? भन्ने कुरा थाहा पाउन सकिन्छ ।
शोधकर्ताहरुले फेसबुक प्रयोगकर्ताद्वारा गरिएको ५ सय ५५ वटा अनलाइन सर्भेका नतिजा विश्लेषण गरेका हुन् ।
उक्त सर्भे मानिसका मुख्य ५ वटा व्यक्तित्वजन्य स्वभावहरुमा केन्दि्रत थियो । जसमा बहिर्मुखी प्रवृत्ति, खुलापन, सहमतिजन्यता, अहंकार, इमानदारीका साथै आत्मगौरव र विक्षुब्धता अर्थात् आकुलता लाई मध्यनजर गरिएको थियो ।
शोधकर्ताहरुका अनुसार मानिसको वैयक्तिक स्वभाव जस्तो छ उस्तै स्टाटस फेसबुकमा पोष्ट गर्दछ ।
शोधकर्ताहरुका अनुसार मनोविक्षुब्धता अर्थात् आकुलताजन्य मनोवृत्ति भएकेा मानिस फेसबुकमा अन्यबाट समर्थन तथा स्विकारोक्ति बटुल्न चाहन्छ । आफ्ना स्टाटस तथा पोष्टहरुमा बढि लाइक प्राप्त भएमा सामाजिक रुपमा समावेशीकृति भएको अनुभुति गर्दछ र लाइक प्राप्त हुन नसकेमा आफुलाई बहिस्कृत ठान्दछ ।
बहिमूर्खी मान्छेहरुले फेसबुकलाई आफ्नो सामाजिक आबद्धताको माध्यमको रुपमा सदुपयोग गर्दछन् र आफ्नो सामाजिक कार्यकै विषयमा फेसबुकमा स्टाटस लेखिरहन्छन् । उनीहरु लाइकबाट खासै प्रभाव हुँदैनन् तर फेसबुकमा च्याट तथा सम्वादबाट बढि उत्साहि बन्दछन् ।
अहंकारी मनोवृत्ति भएको मानिसले फेसबुकमा आफ्ना उपलब्धी, खानपान तथा व्यायामको विषयमा बढि स्टाटस लेख्ने गर्दछ । उनीहरु पनि आफ्ना फेसबुके साथीहरुबाट आफ्ना स्टाटसमा बढि लाइक तथा सकारात्मक टिप्पणीको औधि अपेक्षा गर्दछन्।
खुल्लापन, उत्साही तथा सिर्जनात्मकता भएका मानिसहरुले फेसबुकमा खासगरी बौद्धिक विषय तथा राजनीतिक दर्शनका विषयमा स्टाटस लेख्दछन् । उनीहरुले फेसबुकमा अन्तरक्रिया भन्दा पनि पछिल्ला गतिविधि तथा अनुसन्धानका विषयमा जानकारी शेयर होस् भन्ने अपेक्षा राख्दछन् र लाइकका भोका हुँदैनन् ।
इमान्दार मानिसहरुले फेसबुकमा आफ्नो पार्टनरका विषयमा बढि स्टाटस लेख्ने गर्छन् । त्यसका साथै बालबच्चा तथा परिवारजनका उपलब्धी तथा सफलताका विषयमा पनि फेसबुक मार्फत बखान गर्ने गर्दछन् ।
आत्मगौरव कम भएको मानिसहरु पनि आफ्नो यौन पार्टनरका विषयमा फेसबुकमा धेरै पोष्ट गर्ने गर्दछन् । असुरक्षाको भाव हटाउन तथा अरुलाई आफ्नो सम्बन्ध राम्रोसँग चलिरहेको छ भन्ने पार्नका लागि उनीहरुले पार्टनरका विषयमा फेसबुकमा बखान गर्ने गरेको अध्ययनले देखाएको छ । यस्ता व्यक्तिका फेसबुक स्टाटसले कम लाइक पाउने गरेको पनि देखिएको छ ।

जेठ १३।  
अन्तरवार्ताका क्रममा मंगलबार एरिना टेलिभिजनबाट पक्राउ परेका डा. राउत सप्तरी प्रहरीबाट रिहा । बिभिन्न बिषयमा विवादित रहेका राउतलाई इप्रका इटहरीले आवश्यक अनुसन्धानका लागि भन्दै सप्तरी प्रहरीलाई जिम्मा लगाएको प्र.ना.उ. नारायण प्रसाद चिमडियाको भनाई । प्रहरीको असफलता बचाव, आफन्तको रोहबरमा हिजै छोडिएको भन्दै अन्य जानकारी दिइएन ।

जेठ १३।  महा भूकम्पका कारण जेठ १४ गते बाट हुनु पर्ने तर स्थगित भएको  त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रोे बर्षको परिक्षा जेठ ३१ गतेबाट सञ्चालन हुने।  परिक्षा नियन्त्रक कार्यालयको जानकारी ।  स्नातक तह तेस्रो बर्षमा  करिव साडे २ लाख परिक्षार्थी सहभागी हुने ।

 जेठ ११।  गए राती सम्पन्न इन्डियन प्रिमियर लिगको अन्तिम खेल अर्थात् फाइनल खेलमा चेन्नाई सुपर किङ्ग र मुम्बई इण्डियन्स बीच भएको रोमान्चक खेलमा चेन्नई लाई ४१ रन ले पछि पार्दै मुम्बई ले उपाधी  आफ्नो पोल्टामा पार्न  सफल भएको हो।

यस अगि नै मुम्बई सग हार  बिहोरेको चेन्नईले  अंक तालिकामा अघि हुदै फेरी फाइनल सम्म यात्रा तय गरेको थियो।

 व्यायाम गर्दा शरीरको तौल घट्छ, शरीर आकर्षक हुन्छ भन्ने सबैलाई थाहा छ । तर त्यही व्यायामले मानिसको यौन जीवन पनि सुन्दर बनाउँछ । वैवाहिक जीवनमा यौन दाम्पत्य जोडीले विभिन्न ढंगले यौन सन्तुष्टि लिने गर्छन । सबैको एउटै तौर तरिका हुन्छ भन्ने पनि हुन्न । तर महिलाले आफ्नो यौन जीवनलाई थप रोमाञ्चक बनाउने हो भने दैनिक गरीने यी सात व्यायामले सहयोग गर्ने छ । 








जेठ ६।  प्रथम दोहा अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । दुई पुरुष खेलाडीसहित चार सदस्यीय टोली मंगलबार कतारको दोहातर्फ त्यसतर्फ लागेका हुन् । मे २० देखि २४ तारिखसम्म चल्ने च्याम्पियनसिपमा दिनेश श्रेष्ठले ५६ केजी तथा विकास लामाले ६९ केजी तौल समूहमा नेपाली टोलीको प्रतिनिधित्व गर्नेछन् । बक्सिङमा ओम मास्केले प्रमुख प्रशिकको भूमिका निर्वाह गर्नेछन् भने व्यवस्थापनको जिम्मा नेपाल बक्सिङ संघका सदस्य प्रनिर अधिकारीले गर्नेछन् । 

  टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिब युवराज लामाले सोमावार बिदाई गरे । 

इटहरी उपमहानगर पालिका कार्यालयको यो मन मोहक दृश्य कुनै कम बिसेस नभए पनि इटहरी पुग्ने जो कसैको  नजर  एकपटक यतै मोडिने गर्छ।



अभिरल बर्षाका  कारण जेठ ६। मंलबार राती परेको अबिरल बर्षा सगै आएको बाढीका कारण पूर्वको जनजिवन प्रभाबित बनेको छ । भुकम्पको त्रास विर्सदै सामान्य बन्दै गएको पूर्वको जनजीवन गए राती परेको भिषण बर्षा र बर्षा पछि खोलामा आएको  बाढिले पुन  प्रभावित बनेको हो । रातभर परेको बर्षाका कारण पूर्वका ताराइ भागहरु डुवानमा परेका छन । सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरुका बजार तथा बस्ती डुवान भएको छ । पूर्वी पहाडी जिल्लाहरुमा समेत बर्षा भएपछि तराईका खोलाहरुमा बाढी आएको हो । बाढी बस्ती र बजार तिर पस्दा निदाइरहेका मानिसहरु आतंकित बनेर घरबाट निस्कनुपर्ने अवस्था भएको छ । भुकम्प अझै आउने डर र त्रासका कारण मानिषहरु घर बाहिरै बस्ने गरेका कारण पनि बर्षाले थप समस्या बनाएको छ । कतिपय परिवार बाढिका कारण विस्थापित समेत बनेका छन् ।
बाढीले बस्तीका घर घरमा पानि पसेपछि रातभर मानिसहरु सुत्न सकेनन । कतिपया मानिषहरुको घरका लत्ताकपडा पानीले बिगारेको थियो । सुनसरीको इटहरी स्थित टेग्रा खोलामा आएको बाढी बस्ती, बजार तथा सडकमा आएको थियो । टेग्रा खोलाको बाढीले इटहरी उपमाहनगरपालिकाका केही वार्डहरु पुरै डुबेको थियो । बाढीले पसल, फर्निचर तथा बिभिन्न उघोगहरु प्रभाबित बनाएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीले इटहरीका केही स्थानका सडक काटेको छ । बस्ती बिचबाट बाढी पसेपछि घर तथा सडक हिलाम्य बनेका छन । बर्षाले सुनसरी र मोरङका ग्रामीण क्षेत्रमा लगाएको लाखौ बराबरको तरकारी खेती समेत डुवाएको छ ।  मोरङको बिराटनगरका केही स्थानमा पनि घर भित्र बाढी पसेको प्रहरीले जनाएको छ ।
अबिरल बर्षा पछि पूर्वको अधिकाशं खोलाहरुमा बाढी आएको छ । बाढीका कारण खोला आसपासका जमिन कटान हुन थालेको स्थिानियहरुले जानकारी दिएका छन । सुनसरी मोरङ सिमानामा पर्ने बुढी खोलामा आएको बाढीले बुढी जमुना मुतmी घाटको केही जमिन कटान गरेको बताइएको छ ।
बर्षा पछि आएको बाढीले सुनसरी मोरङ औद्योगीक करिडोरका अधिकाशं उघोगमा पानी जमेको छ । यस्तै सप्तकोशी नदीमा पनि पानीको सतह बढेको छ । कोशी ब्यारेज प्रहरीले दिएको जानकारी अनुसार कोशीमा गए राती देखी एक्कासी पानीको सतह बढेको हो । बिहान ६ बजे कोशी नदीको पानीको बहाव ४१ हजार ७६५ क्युसेक मापन गरीएको प्रहरीले जनाएको छ । कोशी नदीको वहाव बढेपछि सुनसरीको प्रकाशपुर, चतरा लगायतका स्थानमा कटान हुने गर्दछ ।








अ पत्यारिलो तर सत्य सबै नेपालीको पहुचको  कम्प्युटर केवल नौ सय रुपैयाँमा तपाइँले साँच्चीकै सद्दे र नयाँ कम्प्युटर नै किन्न सक्नुहुनेछ ।
अमेरिकाको क्यालिफोर्नियास्थित एक कम्पनीले क्रेडिट कार्ड जत्रै आकारको निकै सस्तो कम्प्युटर निर्माण गरिरहेको छ । उक्त कम्प्युटरको मूल्य केवल ९ डलर अर्थात् झण्डै ९ सय रुपैयाँ हुनेछ ।
नेक्स्ट थिंग नामको कम्पनीले यस्तो सस्तो तथा निकै सानो आकारको कम्प्युटर निर्माणको आफ्नो परियोजना अन्तिम चरणमा पूराएको छ अनि यसका लागि थप ५० हजार डलर आवश्यक रहेको जनाएको छ । उक्त कम्प्युटरलाई सन् २०१६ को सुरुवातमै बजारमा ल्याउने योजना कम्पनीको रहेको छ ।
यो कम्प्युटरको पहिलो संस्करणमा १ गिगाहर्जको प्रोसेसर, ५१२ एमबी को र्याम तथा ४ जिबीको अनबोर्ड स्टोरेज रहने बताइएको छ ।
बजारमा सानो आकारको तथा तिब्र गतिको कम्प्युटरको होडबाजी छ । यस्तोमा यो चिप कम्प्युटर बजारमा आयो भने त्यसले लोकप्रिय बेयरबोन कम्प्युटर रास्पबेरी पाइलाई टक्कर दिनेछ ।
यो चिप कम्प्युटरमा वाइफाइ तथा ब्लुटुथ ४.० को सुविधा पनि रहनेछ जुन पाइ कम्प्युटरमा उपलब्ध छैन ।
अर्को हाते ग्याजेट
नेक्स्ट थिंग कम्पनीले अर्को ह्याण्ड हेल्ड ग्याजेट समेत बनाउने प्रयास गरिरहेको छ, जसको नाम पकेट चिप रहनेछ र यसको मूल्य ४९ डलर रहनेछ ।

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को जेठ २० र कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने परिषद्ले जनाएको छ ।
भूकम्पले धेरै क्षति पुगेको गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काभ्रे र रामेछापमा भने पछि मात्र परीक्षा हुनेछ ।
सात जिल्लाका विद्यार्थीमा भूकम्पले बढी नै मनोवैज्ञानिक असर पारेको र जिल्लाको परीक्षा संचलन गर्न नसकिने परिषदको निष्कर्ष छ ।
कुनै परीक्षा केन्द्रले परीक्षा संचलन गर्न सक्ने जानकारी १० गते भित्र गराएमा भने परीक्षा लिइने परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिए ।
हाल परीक्षा नभएका जिल्लाहरूमा शैक्षिक सत्र खेर नजाने गरी नयाँ परीक्षा तालिका छिट्टै नै सार्वजनिक गरिने उनेल बताए ।
वैशाख १२ को विनाशकारी भूकम्पका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित भएको थियो । कक्षा १२ को वैशाख २० र ११ को जेठ १ गतेबाट हुने उल्लेख थियो ।

 ७ दशमलव ६ रेक्टरस्केलको भुकम्पको १८ औं  दिन मंगलबार लगातार तीन पटक आएको भूकम्पका कारण ६९ जनाको ज्यान गएको हो।भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ८, पुर्व क्षेत्रमा २, मध्य क्षेत्रमा ५४ र पश्चिम क्षेत्रमा १ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२११, पुर्व क्षेत्रमा ५२, मध्य क्षेत्रमा ५७४, पश्चिम क्षेत्रमा ८१ र मध्य पश्चिम क्षेत्रमा ८ जना रहेका छन् ।  घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट ५ पूर्णरुपमा र ३६ आंशिक रुपमा गरी जम्मा ४१ भौतिक संरचनामा क्षति पुगेको छ ।प्रलयकारी भूकम्प पिडितलाई बाड्न नेपाल सरकारले भारतबाट किनेको त्रिपाल ब्यक्तिको घरको गोदाममा फेला परेको छ । भारतस्थित नेपाली दुतावासले किनेर पठाएको ५० लाखको त्रिपाल जोरपाटीमा रहेको एक निजी गोदाममा फेला परेको हो । नेपाली बजारमा त्रिपालको अभाव भएपछि सरकारले भारतस्थित नेपाली दुतावासलाई त्रिपाल किनेर पठाउन निर्देशन दिएको थियो । जानकारस्रोतका अनुसार सरकारले पछि शोधभर्ना हुनेगरी ५ हजार त्रिपाल किनेर तत्काल पठाउन निर्देशन दिए अनुसार दुतावासका अधिकारीले ५० लाख खर्चेर करिव ५ हजार वटा त्रिपाल किनेर नेपाल पठाएका थिए । भारत सरकारले भूकम्पीय विपत्तीको सामना गरिरहेको नेपालमा राहत तथा उद्धार कार्यमा सघाउनका लागि १२ वटा टोली ‘स्ट्यान्ड–बाइ’ अवस्थामा रहेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबारबाट सुरु हुने तीनदिने चीन भ्रमण्ँअघि सुरक्षा निकाय एवं विपत नियन्त्रण टोलीलाई ‘आवश्यक पर्नासाथ उद्धारमा नेपाल जाने’ निर्देशन दिएका छन् ।

बैसाख ३०। भूकम्पमा परेका मानिसहरुको खोज तथा उद्धारका लागि काठमाडौंबाट दोलखातर्फ गएको अमेरिकी सेनाको हेलिकप्टर तामाकोशी आसपास भएको प्रारम्भिक तथ्य फेला परेको छ । ‘तामाकोशीको आसपास लोकेट भएको भन्ने छ, तर यसको पुष्टि भइनसकेको,’ गृह प्रवक्ता लक्ष्मी ढकालले जानकारी गराउनु भयो, ‘हामी यसलाई पुष्टि गर्ने प्रयास गरिरहेका छौं ।’चालक दलका सदस्य सहित आठ जना बोकेर मंगलबार दोलखातर्फ उडेको मेराइन हेलिकप्टर मंगलबार अपरान्हदेखि चरिकोट नजिकैबाट हराइरहेको थियो ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेश्रो वर्षको परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । जेठ १४ गते बाट सुरु हुने  परीक्षा मंगलवारको दोश्रो ठूलो भूकम्पका कारण स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाको अर्को मिति पछि तोकिने र विद्यार्थीहरुलाई कम्तिमा १५ दिनअघि सूचना दिइने कार्यालयले जनाएको छ । उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ ।

 बैसाख २९ । आज फेरी पनि भूकम्पको धक्का महसुस पटक पटक भूकम्प
जादै ७.३ रेक्टर स्केलको ठुलो र दोश्रो ६.२ । ५.२ का ३ वटा भूकम्प गयो। देशभर जनता आतंकीत बिभिन्न ठाउमा पहिरो गयो । भत्कन लागेका घर भत्कीए ।

बैसाख २८। नेपाल टेलिकमद्वारा देशमा भएको भूकम्पीय दैबि प्रकोप बाट पिडित तथा भत्कीएका संरचना पुनर निमाणर्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २७ करोड एक लाख ५७ हजार सहयोग हस्तान्तरण गरेका छ ।सर

यो सुन्दै असम्भव लाग्छ कि जुम्ल्याहा बच्चा तर पिता फरक-फरक !  अमेरिकामा  एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् र ती दुइ जुम्ल्याहा बच्चाका पिता भने फरक फरक हुन् ।
छोटकरी नाम टि एम बताइएकी तर अन्य विवरण गोप्य राखिएकी ती महिलाले सुरुमा आफ्नो नयाँ ब्वायफ्रेण्ड नै दुबै बच्चाको बाउ भएको बताएकी थिइन् । तर पछि मातृत्वको लिखतमा दस्तखत गर्ने क्रममा उनले आफु नयाँ ब्वायफ्रेण्डसँग सम्भोग गर्नुअघि अरु कुनै पुरुषसँग सुतेको खुलासा गरिन् । त्यसपछि बच्चाहरुको पितृत्व परीक्षण गर्दा जुम्ल्याहा दुइ बच्चाको पिता एउटै नभएर फरक फरक रहेको प्रमाणित भयो ।
यो खुलासा भएसँगै अदालतले ती महिलाको पहिलो पार्टनरले एउटा बच्चाको खर्च भर्नुपर्ने फैसला गरेको छ । प्यासेक काउन्टी अदालतका न्यायाधीशले जुम्ल्याहा बच्चाका पिता फरक फरक रहेको हुँदा ती महिलाको हालका पतिले मात्र दुबै बच्चाको पालनपोषणमा खर्च गर्न बाध्य नरहेको र महिलासँग सुरुमा यौन सम्पर्क गरेर एक बच्चाको गर्भाधारण गराउने पुरुषले उनका जैविक सन्तानको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने फैसला गरे । महिलाको पहिलो ब्वायफ्रेण्डले अब बच्चाको पालनपोषणका लागि प्रतिहप्ता २८ डलर तिर्नुपर्नेछ ।
न्यायाधीशले आफुले जुम्ल्याहा बच्चाको पिता फरक फरक रहेको घटना पहिलोपटक देखेको बताए । तर विज्ञानले भने यस्तो कुरा सम्भव हुनसक्ने र हरेक १३ हजार जुम्ल्याहामा एउटा यस्तो भेटिने बताएको छ । जुम्ल्याहा सन्तानको जैविक पिता फरक फरक हुने यो प्रक्रियालाई हेट्रोप्याटर्नल सुपरफिकन्डेसन भनिन्छ । जब महिलाको एक पटकको महिनावारी चक्रमा दुइवटा डिम्ब तयार हुन्छन् र ती डिम्ब यौन सम्पर्कको क्रममा फरक फरक पुरुषको शुक्रकिटबाट फर्टिलाइजेसन हुन्छन् तब जुम्ल्याहा बच्चाका पिता फरक फरक हुन्छन् ।


वैशाख २८ . त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमवीवीएस तर्फ अन्तिम वर्षको नतिजा प्रकाशित भएको छ । आईतवार प्रकाशित नतिजाअनुसार चितवन मेडिकल कलेजका सबैभन्दा बढि विद्यार्थी पास भएका छन् ।
नतिजा अनुसार चितवन मेडिकल कलेजका ७२ जना विद्यार्थीले परीक्षा दिएकोमा ६० जना पास भएका छन् । सो कलेजका ८३.३० प्रतिशत विद्यार्थी पास भएका हुन् । त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का ६४ जना विद्यार्थीहरुमध्ये ४७ जना (७३.४३ प्रतिशत) पास भएका छन् भने नेशनल मेडिकल कलेज वीरगंजका १ सय ७० जना विद्यार्थीले परीक्षा दिएकोमा ५२ जना (३०.६४ प्रतिशत) विद्यार्थी पास भएका छन् ।
त्यस्तै किष्ट मेडिकल कलेजका १ सय ४ जना विद्यार्थीमध्ये ६८ जना (६५.३८ प्रतिशत), युनिर्भसल मेडिकल कलेजका १ सय ८३ जना मध्ये ९१ जना (५१.४१ प्रतिशत) पास भएका छन् ।
त्यस्तै जानकी मेडिकल कलेजका ४६.६६ प्रतिशत विद्यार्थी पास भएका छन् । प्रकाशित नतिजा अनुसार चितवन मेडिकल कलेजका विद्यार्थी मनोज सुवेदी त्रिविकै उत्कृष्ट हुन सफल भएका छन् । आइओएमले एमबिबिएसमा सफल भएका विद्यार्थीलाई मंगलवार मार्कशिट वितरण गरिने जनाएको छ ।

बैसाख २६।  प्रधानमन्त्री सुशील कोइरालाद्धारा महाभूकम्पपछिको अवस्थालाई क्रमश ः सामान्य बनाउने, पीडितहलाई उचित राहत दिने र पुनःनिर्माणको कामलाई तीब्रताकासाथ अघि बढाउने लगायतका विषय समेटेर संकल्प प्रस्ताव पेश ।महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ९ सय १२ नाग्यो , घाइतेको संख्या १७ हजार ८ सय ४ , ३१ जिल्लामा मानवीय क्षति भएको गृहमन्त्रालयको उल्लेख ।हालसम्म १० हजार ७ सय ६१ वटा सरकारी र २ लाख ७९ हजार २ सय ५४सर्वसाधारणका  घर पूर्ण रुपमा क्षति ।महाभूकम्पका कारण भत्किएको नेपाली सेनाको मुख्यालयलाई अमेरिकी र इजरायली सैनिक सहित नेपाली सेनाको प्राविधिक टोलीद्वारा रातो स्टिकर टासियो , पुननिर्माण गर्न सुझाव ।सिंहदरबारको प्रमुख भवनमा महाभूकम्पका कारण क्षति पुगेको भन्दै सर्वसाधारणलाई प्रवेशमा रोक , सिंहदरबारको पश्चिम क्षेत्रमा रक्षा मन्त्रालय रहेको भवनमा ‘रातो चिन्ह’ लगाइयो । महाभूकम्पपछिको अवस्थामा पनि अहोरात्र सूचना संप्रेषणमा खटिएका पत्रकार र सञ्चारकर्मीहरुलाई बक्यौता पारिश्रमिक र राहत भत्ता उपलब्ध गराउन नेपाल प्रेस युनियन काठमाडौं शाखाको माग । विनाशकारी भूकम्पले व्यापक असर पारेका क्षेत्रमा उद्धार तथा राहतका लागि ६ हजार पा“च सय भन्दा बढी रेडक्रसका स्वयंसेवक र कर्मचारी परिचालन । भूकम्पको कारण अधिकांस घर चर्किएर बस्न नहुने भएपछि नया“ कोठा खोज्नेहरुबाट मौका छोपी घरभाडा बढाउने घरधनीलाई तत्काल कडा कारबाही गर्ने सरकारको चेतावनी । यमनमा हुती बिद्रोही बिरुद्ध आक्रमण गरिरहेको साउदी अरबको गठबन्धन सेनाद्धारा यमनका सर्वसाधारणलाई घर छोड्न अपिल । विश्व फुटबलका चचिर्त स्ट्राकर क्रिस्टियानो रोनाल्डोद्वारा नेपालका भूकम्प पीडितलाई सात करोड सहयोग , भूकम्प पीडितका परिवार र विस्थापित बालबालिकाको लागि सो रकम सेभ द चिल्ड्रेनमार्फत सो रकम खचिर्ने । 

विज्ञान क्षेत्रमा यति धेरै तिब्रता आउँदै छ की केही आविश्कारहरु त हामीलाई पत्याउन पनि मुस्किल पर्छ । हालै मात्र अमेरिकी अनुसन्धानकर्ताहरुले यस्तो जुत्ता बनाएका छन् जुन बाइककै स्पिडमा कुद्न सक्छ ।
यो जुत्ता लगाएर तपाई बाइक वा कारको जति नै तेज गतिमा दौडिन सक्नुहुनेछ । यस जुत्तालाई बायोनिक बुटको नाम दिइएको छ । यस बायोनिक बुटको सहयोगमा ४० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सकिने छ । अनुसन्धानकर्ताहरुको अनुसार यो जुत्ताको प्रयोग गर्न जान्ने हो र मानिसले यसको प्रयोग बढाए भने हाल सडकमा गाडिका कारण हुने ट्राफिक जामबाट मुक्ति मिल्ने छ । साथै वातावरण प्रदुषण पनि कम हुने छ ।
यसको नेपाली मूल्य करीब २५ हजार रुपैयाँ पर्ने बताइएको छ । सेयमोरले जुत्ताको पछाडि एक स्प्रिङ जडान गरेका छन्, जसको सहयोगमा कंगारु जसरी उफ्रन पनि सकिने छ । यसले कम गतिमा चल्ने कारको रफ्तारको बराबर दौडिन मद्दत गर्छ । जुत्ता बनाउने सेयमोरले उनी सानैदेखि धेरै नै तेज दौडिने कल्पना गर्ने गरेकै कारण आज यो जुत्ता बनाउन सकेको  बताउँछन् ।
संसारमा सबैभन्दा तेज गतिमा दौडिने जनावरकै गतिमा दौडिन सकिने संयन्त्र वा उपकरण्को निर्माण नगरेसम्म उनले आफ्नो अनुसन्धानलाई जारी राख्ने पनि बताएका छन् ।

सचिन तेन्दुलकरलाई क्रिकेट प्रेमी मात्र होइन खेल जगतबारे चासो राख्ने सबैले चिन्छन् । भारतमा मात्र होइन विश्वभरी । मास्टर ब्लास्टर भनिने सचिन तेन्दुल्कारका क्रिकेटमा अनेकन किर्तिमान छन् । उनी त क्रिकेट जगतका महान सेलिब्रेटी नै हुन् तर अव भने उनकी छोरी सारा पनि सेलिब्रेटी बन्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘नेपाल अर्थक्वेक २०१५’ एप्लिकेशन गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । नेपालमा वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले पुर्याएको नोक्सानी कम गर्न साथै राहतका लागि अपिल गर्न एन्ड्रोइड फोनमा यो एप्लिकेशन प्रयोग गर्न सकिनेछ ।
तोयनाथ पञ्चांग र स्प्यारो एसएमएसको सहकार्यमा एप्लिकेशन तयार गरिएको हो । सहयोगको अपिल www.help.sparrowsms.com मार्फत गर्न सकिनेछ भने सहयोगको अपिल स्प्यारो एसएमएसको वेबसाइट र एप्पबाट हेर्न सकिन्छ ।
साथै हस्पिटल, प्रहरी, भूकम्प सम्बन्धी समाचार, पिउने पानी, बासस्थान, खाना, रक्तदाता, लत्ताकपडा, औषधि, स्वयंसेवक एवं आर्थिक सहयोग गर्ने लिंक पनि एप्लिकेशनमा समावेश गरिएको छ ।

भारतका चर्चित नायक सलमान खानलाई त्यहाँको अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ। सन् २००२ मा मुम्बईमा एकजना घरबिहीन मानिसलाई गाडीको ठक्कर दिएर हत्या गरेको अभियोगमा उनलाई अदालतले सजाय दिएको हो।उनलाई अभिप्राय बिना गरिएको हत्या अन्तर्गतको अभियोग लागेको थियो।
सलमान खानले आफ्नो गाडीमा चालक राखेको बताए पनि न्यायाधीशले भने उनैले मादक पदार्थ सेवन गरि गाडी चलाएको ठहर गरेका छन्।उनले मे ८ तारिखसम्मका लागि अन्तरिम धरौटी पाएका छन्।
सलमानले उक्त फैसलाविरुद्ध पुनरावेदन दिने अपेक्षा कानुनविद्हरुले राखेका छन्। उनी १० वर्षसम्म जेल पर्न सक्ने बताइएको थियो । तर संवाददाताहरुले भने उक्त फैसला उनको निम्ति गम्भीर धक्का रहेको बताएका छन् । ८० वटा भन्दा बढी फिल्ममा खेलिसकेका खान भारतका एकदमै चर्चित नायक हुन्। दबंग, रेडि, बडिगार्ड, एक था टाइगरजस्ता उनका फिल्महरु व्यवसायिक हिसाबले निकै सफल रहे।
बुधबार विहान, आफ्ना परिवार र साथीहरु सहित सलमान अदालतमा पुग्दा प्रशंसकहरुले उनको रिहाइको लागि कामना गरेका थिए। तर न्यायाधीश डि डब्लू देशपान्डेले उनलाई अभिप्राय बिना गरिएको हत्या मुद्दामा दोषी ठहर गरेका हुन्। न्यायाधीशले सुनुवाई सुरु भए लगत्तै सलमानले मादक पदार्थ पिएर सवारी साधन चलाएको निर्णय सुनाए। भारतीय टिभी च्यानलहरुले उक्त फैसला सुनेपछि सलमान अदालतभित्रै भक्कानिएको बताएका छन्।
बलिउडका सहकर्मीहरुले उनको समर्थनमा प्रतिक्रिया दिँदै सहानुभूति व्यक्त गरेका छन्।नायिका हेमा मालिनीले सलमानको लागि आफूले प्रार्थना गरिरहेको र उनी कम सजायबाट मुक्त हुनसक्ने आशा राखिरहेको बताइन्।
अधिकारीहरुका अनुसार सन् २००२ को सेप्टेम्बर २८ तारिखका दिन सलमानको ल्यान्ड क्रुजर गाडी मुम्बइको बान्द्रा क्षेत्रस्थित अमेरिकन एक्सप्रेस बेकरीमा ठोकिएको थियो।उक्त गाडी, सडकमा सुतिरहेका पाँचजना मानिसहरुमाथि गुडेको थियो।जुन घटनामा ३८ वर्षीय नुर उल्लाह खानको ज्यान गएको थियो भने अन्य तीन गम्भीर घाइते भएका थिए। एकजनालाई भने सामान्य चोट लागेको थियो।
उक्त मुद्दाको अभियोजनमा सलमानले मदिराको मातमा गाडी चलाइरहेको उल्लेख थियो।तर उनले गत मार्चमा अदालतमा आफू नमातेको र कसैको ज्यान पनि नलिएको भन्दै आफूविरुद्धको आरोपलाई अस्वीकार गरेका थिए। धेरै साक्षीहरुले भने त्यसमा असहमति जनाएका थिए।
सुरक्षामा खटिएका प्रहरीले बयानका क्रममा सलमानले मदिराका कारण आफ्नो गाडीको नियन्त्रण गुमाएको बताएका थिए। सन् २००७ मा ती प्रहरीको क्षयरोगबाट निधन भइसकेको छ।
गत एप्रिलमा सलमानका चालकले गाडीको चक्का अचानक फुटेपछि गाडी नियन्त्रणबाहिर गएका कारण दुर्घटना भएको बताए पनि अदालतले उक्त बयानलाई अस्वीकार गरेको थियो।


इण्डियन प्रिमियर लिग क्रिकेट मुम्बई एण्डियन्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले पराजित गरेको छ ।पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनायो । उसका लागि कप्तान महेन्द्र सिंह धोनीले अजिवित ३९ रन बनाए भने पवन नेगीले ३६ रन जोडे ।
ड्वेन स्मिथ २७ र ब्रान्डेन म्याकलम २३ रनमा आउट भए । सुरेश रैना पनि १० र फाफ डुप्लेपसिस् पनि १७ रनमै आउट भए । जवाफमा मुम्बईले १९.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि प्रविन पटेलले ४५ रन बनाए भने लेन्डल सिमान्सले ३८ रन जोडे । अम्बाती रायडू ३४ रनमा अविजित रहे ।

स्पेनिस क्लब रियल म्याड्रिड लगातार तेस्रो पटक फोर्बस् पत्रिकाको सबैभन्दा धनी फुटबल क्लबको शीर्ष स्थानमा रहन सफल भएको छ ।
सन् २०१४ को तुलनामा क्लबको मूल्य ५ प्रतिशतले ह्रास आउँदै ३.२६ बिलियन डलरमा झरे पनि अन्य क्लबको तुलनामा आम्दानी भने सबैभन्दा धेरै ७ सय ४६ मिलियन डलर रह्यो ।
दोस्रो स्थानमा अर्को स्पेनिस क्लब बार्सिलोना रहेको छ । बार्सिलोनाको मूल्य ३.१६ बिलियन डलर रहेको छ । ३.१० बिलियन डलर मूल्यसहित इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा रहेको छ । टप २० मा ८ वटा इंग्लिस क्लब रहेका छन् । म्यान्चेस्टर सिटी बायर्न म्युनिखपछि पाँचौं स्थानमा रहेको छ भने चेल्सी छैटौं स्थानमा रहेको छ ।
आर्सनल र लिभरपुल क्रमशः सातौं र आठौं स्थानमा छन् भने इटालियन क्लबद्वय युभेन्टस र एसी मिलान नवौं र दशौं स्थानमा छन् ।

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.