November 2015


उत्तर कोरियामा जनतालाई आफ्ना नेताको जस्तै कपाल बनाउन निर्देशन जारी गरिएको छ ।निरंकुशताको पनि एउटा हद हुन्छ । हुँदाहुँदा शासकले जनतालाई कपाल कस्तो बनाउने भन्ने कुरामा पनि निरंकुशता लादेका छन् ।
जस अनुसार उत्तर कोरियाली हरेक पुरुषले आफ्ना सर्वोच्च नेता किम जोंग अनको जस्तै स्टाइलको कपाल बनाउनुपर्नेछ । जस अनुसार दुर्इ सेन्टिमिटर भन्दा लामो कपाल पाल्न पाइनेछैन र हेयर स्टाइल पनि ठ्याक्कै किमको जस्तै हुनुपर्नेछ ।
पुरुषलाई मात्र कहाँ हो र ? महिलाका लागि पनि नयाँ निर्देशन छ । उत्तर कोरियाली महिलाहरुले अब हेयर स्टाइलमा मनमौजी गर्न पाउनेछैनन् । उनीहरुले किम जोंग अन पत्नी रि सो जु को जस्तै हेयरस्टाइल बनाउनुपर्नेछ । केवल कलाकारहरुलाई मात्र लामो कपाल बनाउन छुट दिइएको छ । सरकारले कपाल कानूनमा कडाइ गर्दै गस्तीलाई तिव्र बनाएको छ । नियम नमान्नेलाई ठाउँका ठाउँ छोप्ने र जबरजस्ती कपाल काटिदिने गरिएको छ ।
कानको छउँछेउँ तथा पछाडिपटि्ट खौरिएको किमको हेयर स्टाइललाई पश्चिमाहरुले निकै खिल्ली उडाउने गरेका छन् । तर यस्तो स्टाइललाई उत्तर कोरियामा भने महत्वाकांक्षाको प्रतिक मानिन्छ र जनतालाई त्यस्तै स्टाइलको कपाल बनाएर आफ्ना महत्वाकांक्षी नेताप्रति सम्मान प्रकट गर्न निर्देशन दिइएको छ ।

मंगसिर १४।  नेपालमाथि लगाइएको भारतीय नाकाबन्दीलाई अन्तरराष्ट्रियकरण गर्न ‘राष्ट्रिय स्वाधीनता अभियान’ले सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म आज मानव सांग्लो प्रदर्शन गर्दैछ ।

अभियानले सोमबार २ देखि ३ बजे एक घण्टासम्म राष्ट्रका पक्षमा राष्ट्रिय झण्डासहित सडकमा उभिन सबैलाई आह्वान गरेको छ ।
‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गराैं’ भन्ने नारा साथ सिंहदरबारदेखि राष्ट्रसंघको कार्यालय पुल्चोकसम्म मानव साङ्लो बनाइनेछ ।
अभियानका नेता तथा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले भने- नेपालले भोगेको संकटलाई अन्तर्राष्टियकरण गर्नका लागि हामीले सिंहदरबार र राष्ट्र संघलाई जोड्न खोजेका हौं । हाम्रो आन्तरिक समस्या हामी आफैं समाधान गर्न सक्छौं भन्ने सन्देश दिने हो ।’
अभियानमा मानवअधिकारकर्मी सबोध प्याकुरेल, एमाओवादी नेता कृष्ण केसी, मसालका कृष्ण अधिकारी, कलाकर्मीहरुको समेत ऐक्यवद्धता रहेको छ । नाकाबन्दीको विरोधमा गर्न लागिएको अभियानमा कवि, लेखक, कलाकार, बुद्धिजीवी, विद्यार्थी तथा युवाहरु सहभागी हुनेछन् ।
भारतले गरेको नाकाबन्दीका कारण नेपालीले दुःखकष्ट व्यहोर्नुपरेको, नेपालीको जनजीवन कष्टकर भएको, भूपरिवेष्ठित देश नेपालले पाउने पारवहन अधिकार कटौती भएको भन्दै आम नागरिकबाट नाकाबन्दीको विरोध गर्न यो अभियान आयोजना गरिएको अभियन्ता एवं चलचित्रकर्मी केपी पाठकले अनलाइनखबरलाई बताए ।
मानव साङ्लो निर्माणसँगै अभियानले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्या बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ध्यानाकर्षण गराउन नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रम रहेको पाठकले बताए ।

मंगसिर १३।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोताह गाबिस ८ स्थित महुली पुलमा दुईवटा सिलिण्डर बम फेला परेको छ।  नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गइ डिस्पोजल गरेको छ । संग्युक्त मधिसे मुक्ति मोर्चाले राखेको हुन सक्ने नेपाली सेनाको भनाई  l 

मंगसिर १३।  झापाको बिहारसंग सीमा जोडिएको केचना गाविसको सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान साढे ६ बजेतिर नेपाली भूभागमा छिरेका उनीहरुलाई केचनास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरीटोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मध्ये चार जनासँग अत्याधुनिक राइफल समेत छ । तस्करलाई लखेट्दै गर्दा नेपाल प्रवेश गरेको उनीहरुले बताएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भने घटनाबारे छानबीन भइरहेको बताएका छन् ।
हतियारसहित पक्राउ परेका सबैलार्ई केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा राखिएको छ ।

मंगसिर १३।  नेपाल स्पोर्टस म्यानेजमेन्टले भेलोसिटी एरिनामा नेपाल क्रिकेट स्कुल सञ्चालनमा ल्याएको छ । काठमाडौंको रातोपुलमा रहेको क्रिकेट स्कुल इन्डोर क्रिकेटको आधारमा सञ्चालनमा आएको हो । एरिनामा फुटसल मैदान पनि रहेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का र नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले शनिबार क्रिकेट स्कुलको संयुक्त उद्घाटन गरे । नेपालको प्रशिक्षकका रूपमा आफ्नो कार्यकाल सकेर दासानायकेशनिबार नै गृह नगर क्यानाडा फर्किएका छन् । ४ रोपनी ८ आनामा फैलिएको क्रिकेट स्कुलको इन्डोरमा ५ ओटा विकेट रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको आर्टिफिसियल टर्फ रहेको दाबी गरेको नेपाल स्र्पोट्स म्यानेजमेन्टले सेन्टर विकेटमा यूएईको दुबईमा रहेको आईसीसी ग्लोबल एकेडेमी बाला ब्याटिङ टर्फ रहेको जनाएको छ । दासानायकेले नेपाली क्रिकेटको स्तर विकास गर्न क्रिकेट स्कुलले ठुलो भुमिका खेल्न सक्ने जनाए । पारसले यो नेपालको सबैभन्दा ठुलो एकेडेमी भएकाले राष्ट्रिय टोलीका खेलाडीले आफ्नो हिसाबमा यहाँ आएर प्रशिक्षण गर्ने जनाए ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टले प्रशिक्षक दासानायकेलाई सम्मान गर्दै बिदाइ गरेको थियो । श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले नेपालको क्रिकेट स्थापनाका क्रममा पूर्वप्रशिक्षक रोय डायसले गरेको योगदान र अहिले दासानायकेले नेपाललाई विश्वकपमा पु¥याउन गरेको योगदानको प्रशंसा गर्दै नेपाली क्रिकेटको विकासमा सहयोग गर्न श्रीलंकाबाट सहयोगी भूमिका बनाउन प्रयास गर्ने जनाए ।
काठमाडौं क्षेत्रका पूर्व विकेटकिपर करण घिमिरे लगायतको स्वामित्वमा रहेको क्रिकेट स्कुलको प्रमुख निर्देशकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास र प्रमुख प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी कलाम अली छन् । राति खेल्न मिल्ने, बलिङ मेसिन, बलिङ गति नाप्न सक्ने स्पिड गन नेपाल क्रिकेट स्कुलमा रहेको अर्का सञ्चालक अकुर रिमालले जनाए ।

२ सयजनासम्म विधार्थी राखेर क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने क्रिकेट स्कुलले भविष्यमा यू–१४ र यू–१६ इन्डोर प्रतियोगिता पनि सञ्चालन गर्ने जनाएको छ । एरिनामा ब्याडमिन्टन र टेबुल टेनिस पनि थपिने अर्का सञ्चालक सन्देश कटुवालले बताए ।


केही समयअघि बजारमा आएको एउटा नयाँ भोड्कामा बलिउड अभिनेत्री सन्नी लियोनले गरेको मोडलिङ स्टाइल मोडल मनीषा पराजुलीलाई मन परेको थियो । मोडलिङमा करिअर बनाउँदै गरेकी मनीषाले जब नेपालमा सोही भोड्काको विज्ञापनमा काम गर्ने अवसर पाइन्, उनी निकै खुसी भइन् ।
टेलिभिजन च्यानलमा सांगीतिक कार्यक्रम प्रस्तोताको रूपमा चर्चा कमाएकी मनीषाले केही महिनाअघि राजधानीमा सम्पन्न ‘मोडल क्वेस्ट इन्रटनेसनल नेपाल–२०१५’ मा भाग लिएकी थिइन् । सो कार्यक्रमबाट व्यावसायिक मोडलिङ यात्रा सुरु गरेकी उनी पछिल्लो समय मोडलिङ पेसामा छाउँदै छिन् । यसै क्रममा विभिन्न ¥याम्प मोडलमा फेसन सो गरेकी मनीषा विज्ञापन मोडलिङ र ¥याम्प मोडलिङमा रुचि राख्छिन् । फेसन सोमा विभिन्न स्टाइलका फेसनमा सजिएर ¥याम्पमा हिँड्दा निकै रमाइलो लाग्ने गरेको उनले बताइन् ।
डीजे पार्टीसँगै फेसन सो प्रायः साँझदेखि अबेर रातिसम्म हुने गर्छ । त्यस्ता कार्यक्रममा मोडलहरूले धूमपान, मद्यपान पनि त्यत्तिकै गर्छन् । तर, मोडलिङमा लाग्दैमा चुरोट  तान्नुपर्ने, ब्वाइफ्रेन्ड बनाएर घुम्नुपर्ने भन्ने कुरामा उनी सहमत छैनन् । त्यसो त मनीषा वाइनसम्म पिउँछिन् । मोडलिङ पनि पेसा भएकाले यसलाई मर्यादित बनाउनुपर्ने उनको सुझाव छ ।
तिन वर्षअघि मिस एसएलसी आइकनमा सहभागी हुँदा उनलाई यो क्षेत्रको बारेमा केही ज्ञान थिएन । तर, अहिले उनले यो क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाएकी छन् । नाम र दाम दुवै हुने भएकाले यो पेसा मन परेको मनीषाले बताइन् । दुईओटा टेलिभिजन च्यानलमा कार्यक्रम प्रस्तोताको रूपमा काम गरिसकेकी यी मोडल काठमाडौं कोटेश्वरकी हुन् । उनी अहिले बानेश्वरको लिभरपुल इन्टरनेसनल कलेजमा १२ कक्षामा अध्ययनरत छिन् । अध्ययन र मोडलिङलाई सँगै अघि बढाउने योजना सुनाउँदै उनले अध्ययन सकेर नेपाली चलचित्रमा अभिनेत्रीको रूपमा काम गर्ने पनि बताइन् । उनलाई नयाँ चलचित्रमा प्रस्ताव आएको छ । आफू सो चलचित्रमा अनुबन्धित भएपछि मात्र चलचित्रको नाम बताउने मनीषाको कथन छ । 

मंगसिर १२।  थाइल्यान्डको बैंककमा भएको सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले शुक्रबार रजत पदक जितेका छन् ।

रुजेशले प्रतिस्पर्धा गरेको पुरुषको ५५ केजी तौल समूहमा ९ राष्ट्रका खेलाडीले सहभागिता जनाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।

प्रतियोगितामा भारतपहिलो र चीन तेस्रो भयो ।

नेपाली शारीरिक सुगठनको इतिहासमा यो अहिलैसम्मकै ठूलो उपलब्धि हो ।

यसअघि, भारतमा भएको दोस्रो संस्करणमा श्याम श्रेष्ठले कास्य पदक जितेका थिए । 

मंगसिर ११।   संयुक्त मधेसी मोर्चा द्धारा इटहरीमा आयोजीत आमसभाको बिरोध गर्दै स्थानिय बासीले आज बिहान इटहरी खेतिखोला छेउमा बन्दै गरेको कार्यक्रम स्थल स्टेज जलाए ।सो क्रममा  मोर्चाका कार्यकर्तालाई स्थनियले हुलदंगा गर्दै लखेटे । 

मंगसिर १०।  नेपाल टेलिकमले आजबाट लागु हुने गरि हराएका सिम /रिम तथा बिग्रिएका सिम /रिम निकाल्दा लाग्ने दस्तुर रु १०० बाट घटाएर रु ५० कायम गरेको छ। अब भने टेलिकमका ग्राहकले हराएको सिम झिक्दा रु ९० तिर्दा रु ५० बराबरको टक टाइम समेत प्राप्त गर्ने छन्।  

मंगसिर १०।  अखिल नेपाल फुटवल संघ एन्फालाई एक ढिक्का बनाउने विषयमा एन्फाकै पदाधिकारी र असन्तुष्ट समूहबीच छलफल सुरु भएको छ।  
 
एन्फाका पदाधिकारी र असन्तुष्ट पक्षबीच विभिन्न चरणमा अनौपचारिक छलफल भएको हो। असन्तुष्ट पक्षका उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले मिलेर जान आफूहरू तयार रहेको घोषणा गरेसँगै दुवै समूहबीच छलफल सूरु भएको हो।
 
एन्फाको भावी नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि उनीहरुबीच छलफल भएको छ। उपाध्यक्ष शेर्पाले विधान सम्मत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका छन्। निर्वाचित १५ जना सदस्यले अस्थायी नेतृत्व चयन गर्ने र त्यस नेतृत्वले नयाँ नेतृत्व चुन्नुपर्ने धारणा उनले राखे।
 
एन्फा अध्यक्ष बन्न धेरैले इच्छा राखेको भन्दै उनले क्लवका सदस्य र जिल्ला पदाधिकारी नभएकाहरुलाई नेतृत्व सुम्पिन नसक्ने धारणा राखे। आफूहरुले बाहिरबाट व्यक्ति ल्याई नेतृत्व चयन गरेपनि एएफसी र फिफाले नमान्ने उनले बताए। एन्फाको नयाँ नेतृत्व फुटवलको भावना बुझ्ने, विकास गर्ने र भ्रष्टाचार नगर्ने खालको हुनुपर्ने बताए। 
 
यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको नाम प्रस्ताव गरेका छन्। अध्यक्ष गणेश थापा भ्रष्टाचारको मुद्दामा १० वर्ष प्रतिबन्धमा परेपछि एन्फाका पदाधिकारीले  एआइजी शर्माको नाम प्रस्ताव गरेका हुन्।
 
शर्मा पूर्वराष्ट्रिय फुटबल खेलाडी समेत हुन्। अहिलेको एन्फा पदाधिकारीले असन्तुष्ट पक्षलाई नमान्ने र असन्तुष्ट पक्षले अहिलेको नेतृत्वलाई नमान्ने हुँदा मध्यमार्गी रुपमा शर्माको नाम प्रस्ताव गरिएको हो, एन्फाका एक पदाधिकारीले सेतोपाटीसँग भने। एन्फाका असन्तुष्ट पक्षपनि मिलेर जान सहमत भएका कारण शर्माको नाममा सहमति जुट्ने पक्कापक्कीजस्तै भएको एन्फाका अर्का पदाधिकारीले जानकारी दिए। 
 
शेर्पाले विधान मिचेर नेतृत्व चयन गर्न नसकिने बताएका छन्। त्यसैगरी गीता राणा र टासी घलेको नाम पनि एन्फाको नयाँ नेतृत्वको लागि चर्चामा छ।

मंगसिर १०।   म्यानचेष्टर सिटीलाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुत सिटी पनि अन्तिम १६ मा पुगेको छ ।
बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसले म्यानचेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले १८ औं मिनेटमा मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो ।
६९ औं मिनेटमा सर्जिओ एग्युरोको स्थानमा मैदान छिरेका राहम स्टर्लिङले बराबरी गोल गर्ने मौका गुमाए ।
जितपछि युभेटन्सले ११ अंकका साथ समूह डीको शीर्ष स्थानमा उक्लिएको छ भने सिटीको ९ अंक छ र दोस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले सेभिल्ला र सिटीले बोरुसिया मानचाङलेबाचसाग खेल्नेछ ।
नकआउट चरणमा बार्यन म्युनिख, रियल मड्रिड वा बार्सिलोनासाग नखेल्ने सिटीलाई समूह विजेता हुनु पर्नेछ ।


तपाइँ कुनै नयाँ भाषा सिक्न चाहनुहुन्छ ? डिजाइनिंग गर्न तथा राम्रो खाना पकाउन चाहनुहुन्छ तर कुनै ट्युसन इन्स्टिच्युटमा गएर सिक्नका लागि समय वा फुर्सद छैन भने चिन्ता नलिनुस् । सूचना प्रविधिको यो दुनियामा तपाइँले यी सारा कुराहरु घरमै बसीबसी सिक्न सक्नुहुन्छ, त्यो पनि विल्कुलै निशुल्क रुपमा । अनलाइनमा निशुल्क रुपमा सिक्न सकिने केही कुराहरु यी हुन्ः फोटोग्राफीः फोटोग्राफीको आधारभुत ज्ञान तथा तौरतरिका तपाइँले www.photographycourse.net मा गएर सिक्न सक्नुहुन्छ । यो वेबसाइटमा स्किल लेभल अनुसारका सामाग्रीहरु उपलब्ध हुन्छन् । www.photo.net/learn नामक वेबसाइटमा तपाइँले व्यवसायिक फोटोग्राफरका विभिनन उपयोगी आलेखहरु पढ्न पाउनुहुन्छ, जसबाट तपाइँले फोटोग्राफी कलामा निखार ल्याउन सक्नुहुन्छ । फोटोग्राफीसँग सम्बन्धित शव्द तथा शव्दावलीका विषयमा जानकारी पाउनका लागि डीपीरिभ्यू डटकममा जान सक्नुहुन्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रेगरीको ट्युटोरियल निकै उपयोगी हुनेछ । भाषाः केही भाषाहरुको सिकाइ अन्य भाषाहरुको तुलनामा निकै सजिलो हुन्छ । तपाइँलाई अंग्रेजी राम्रोसँग आउँछ भने स्पेनिस र रसियन भाषा सजिलै सिक्न सक्नुहुन्छ । भाषा सिक्नका लागि तपाइँलाई duolingo.com निकै सहयोगी हुन्छ । यो आइओएस तथा एन्ड्रोइडमा निशुल्क उपलब्ध छ । नाचः नाचको मामिलामा केवल पढेर मात्र हुँदैन । यसका लागि ट्युटोरियल भिडियो आवश्यक हुन्छ । यु ट्युबबाट यस्तो भिडियो प्राप्त गर्न सकिन्छ । dancetothis.com मा तपाइँ हिपहप, पप, स्टि्रट, ब्रेक डानस, क्रपिंग एण्ड बलरुम डान्स जस्ता विभिन्न खाले नाचहरुको एडभान्स कोर्स गर्न सक्नुहुन्छ । आत्मरक्षाः तपाइँले आत्मरक्षाको विधि पनि अनलाइनबाट सिक्न सक्नुहुन्छ । अनलाइनबाटै ब्लाक बेल्ट समेत हासिल गर्न सक्नुहुन्छ । Lifehacker.com ले पनि तपाइँलाई यो कला सिकाउँछ । आइओएमा सेल्फ डिफेन्स ट्रेनर, एन्ड्रोइडमा मरिन कप्र्स मार्सल आर्टस् र विन्डोज ब्लाकबेरीमा सेल्फ डिफेन्स नामको एप उपलब्ध छ । कम्प्युटर प्रोग्रामिंगः जाभास्क्रिप्ट, जेक्वेरी, पिएचपी, पायथन तथा रुबी सिक्नका लागि तपाइँ codeacademy.com को मद्दत लिन सक्नुहुन्छ । यो इन्टर्याक्टिभ वेबसाइटमा तपाइँलाई स्टेप बाइ स्टेप इन्स्ट्रक्सन मिल्दछ । साइन अप गर्नुपनि आवश्यक पर्दैन । फ्रि आइप्याड एप ट्रीहाउस तपाइँलाई अब्जेक्टिभ सी, एचटिएमएल, सीएसएस, जाभास्क्रिप्ट, पिएचपी, रुबी तथा एसक्वूएल सिकाउँदछ । पकाउने कलाः पाककला पनि नभै नहुने सीप हो । simplyrecipes.com मा गएर पाक कलाका विभिन्न उपयोगी टिप्स प्राप्त गर्न सक्नुहुन्छ । पाककलाका लाग अल रेसिपी, एपिक्युरिअस लगायतका मोबाइल एप पनि उपलब्ध छन् ।

 मंगसिर ९।  सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले पोष्टपेड ग्राहकहरुका लागि नयाँ सेवा ल्याएको छ ।
टेलिकमले कुनै कर्पोरेट समूहले ‘क्लोजर युजर ग्रुप’ बनाएमा ग्रुपभित्रका ग्राहकलाई भ्वाइस कलमा विभिन्न छुट दिने भएको छ । मंसिर १० गते अर्थात बिहीबारदेखि यो सेवा उपलब्ध हुने छ ।टेलिकमका अनुसार ५० देखि सय जना ग्राहकको समुह निर्माण बनाएमा त्यो समूहभित्रका ग्राहकले ५० पैसा, १०१ देखि २ सय जना ग्राहक भएमा ४५ पैसा र २०१ देखि ५ सय जना ग्राहक बनाएमा ४० पैसा प्रतिमिनेटमा कल गर्न सकिनेछ ।
नयाँ महसुल दरमा नियमअनुसार लाग्ने कर समावेश गरिएको छैन । 
यो सुविधा लिन चाहने कर्पोरेट समूहले ग्रुपमा राख्न चाहने ग्राहकको नामावली र अन्य कागजातसहित उपत्यकाको लागि मोबाइल सेवा निर्देशनालय पुल्चोक र उपत्यका बाहिरका लागि सम्बन्धित क्षेत्रीय निर्देशनालयमा सम्पर्क गर्नुपर्ने टेलिकमले जनाएको छ ।
जीएसएम पोष्टपेड सेवाका ग्राहकहरुले मासिक रुपमा तिर्नु पर्ने न्युनतम महसुल ३ सय रुपैयाँमा नै सुविधा पाउनेछन् । सस्क्रीप्सन निःशुलक गरिएको टेलिकमले जनाएको छ ।

मंगसिर ९।  नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् ।
जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् ।
पहिलो खेल सिआइएच सेन्टपल गिरिपिन्स अमेरिका र नेपालको टाइगर टप्स टस्कर बीच भएको थियो । जसमा गिरिपिन्सले चार गोल गरेको थियो भने टस्करले आठ गोल गरेको थियो ।
दोस्रो खेल थारु टाइगर्स नेपाल र गोल ओए श्रीलङ्काबीच भएको थियो जसमा थारु टाइगर्सले दुई र ओए श्रीलङ्काले आठ गोल गरेको थियो । तेस्रो खेलमा इएचफजी स्विट्जरल्याड र पुक्का चुक्कास अस्ट्रेलियाबीच भएको थियो त्यसमा स्विट्जरल्यान्डले नौ र अस्ट्रेलियाले पाँच गोल गरेको थियो । चौथो खेलमा दि ट्रिग्रिसिप अरेवियाले पाँच र दि रस्टी कुर्किस युकेले सात गोल गरेका थिए ।
टाइगर टप्स होटलको आयोजनामा बर्सेनि हुने प्रतियोगिता यस वर्ष नवलपरासीको कावासोती– १५ अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी छ ।
यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रियस्तरको खेल हो । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् ।
प्रतियोगिताअन्तर्गत आज पनि चारवटा खेल हुँदै छन् । पहिलो खेलमा इङ्ल्याण्ड र श्रीलङ्का भिड्ने छन् । त्यसैगरी दोस्रो खेलमा अमेरिका र स्विड्जरल्याण्ड भिड्ने छन् भने तेस्रो खेलमा अरविया र नेपालको थारु लज टाइगर भिड्ने छन् । चौथो खेलमा टाइगर टप्स टस्कर र पक्क चक्क अस्ट्रेलियाबीच खेल हुने व्यवस्थापक डिबी चौधरीले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका लागि विदेशी पर्यटकका अलावा स्थानीयवासी सर्वसाधारणको समेत भीड बढेको छ । प्रतियोगिता यही मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ । रासस

मंगसिर ९।  सुनसरीको भण्टाबारी नाकामा एसएसबीले गोली प्रहार गर्दा ४ नेपाली गम्भिर घाइते । भारतबाट मल लिएर आउने संग बिवाद बढेपछि एसएसबिले गोली चलाएको जिल्ला प्रसाशन कार्यालय सुनसरीद्धारा जानकारी  ।
गोलीबाट सुनसरी, हरीपुर ७ असोक यादव, नरेस यादव, मनोज यादव र सरोज यादव गम्भिर घाइते । घाइतेको  धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुदै ।

मंगसिर ८।   बाह्रौ ललित अम्बर डिपो कप र दिलकुमार प्लेट च्याम्पियन मंसिर ११ देखी शुरु हुने भएको छ । पहिलो चरणमा पराजित हुने बिद्यालयहरु बीच प्लेट च्याम्पियन कपहुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
धरान १८ स्थित डिपो उच्च माविले प्रत्येक बर्ष आयोजना गर्दै आएको प्रतियोगितामा सुनसरीभरिका कक्षा ५ सम्मका १६ बिद्यालयले सहभागिता जनाउने भएका छन । प्रतियोगितामा १२ वर्ष मुनिका ४ फुट १० ईन्च उचाई भएका विद्यार्थीले मात्र खेल्न पाउने विद्यालयका प्राचार्य राजकुमार राईले जानकारी दिनुभयो ।
प्रावि स्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको उत्पादन र खेलवाट स्वास्थ्य र अनुशासित बनाउने उदेश्यले प्रतियोगिताको सञ्चालन गर्दै आएको प्रतियोगिता संयोजक तथा विद्यालय व्यवस्थापन समितीका सदस्य भीमराज लिम्वुले बताउनुभयो । प्रतियोगितामा आयोजक डिपो स्कुल,हिम शिखर सेकेण्डरी स्कुल,सुनखरी एकेडेमी,नोबेल एकेडेमी,सगरमाथा रेसिडेन्सियल स्कुल,मेरीगोल्ड स्कुल,पुर्वाञ्चल क्षेत्रीय प्रहरी स्कुल,सृजना स्कुल,नवज्योति स्कुल,सिदार्थ स्कुल, लिगामेन्ट स्कुल,मेरील्याण्ड स्कुल,युनाइटेड स्कुल,होलील्याण्ड स्कुल,भिक्टोरी स्कुल, एस ओ एस स्कुलले सहभागिता जनाउने छन ।
प्रतियोगितामा प्रथम,दोश्रो,तेश्रो र प्लेट च्याम्पियन र प्लेट रनर–अप हुनेले नगद पुरस्कार क्रमशः ७ हजार,५ हजार,३ हजार र प्लेट तर्फ ३ हजार र २ हजार, ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन । प्रतियोगितामा करिव ३ लाख ११ हजार ४ सय १५ रुपैंया खर्च हुने अनुमान गरिएको छ ।

सुन्तलाको बोक्रा फाल्नुहुन्छ भने अब नफाल्नुहोस्।  सुन्तला निकै मिठो फल हो साथै यो गुनकारी पनि हुन्छ । यसमा प्रसस्तै भिटामिन सि लगायतका पोषण तत्व पाइन्छन् । हामीले सुन्तलाको बोक्रा छोडाएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । सुन्तलाको बोक्रा खाइँदैन मात्र होइन यसको अरु काममा पनि उतिसारो प्रयोग गरिँदैन ।
यदि कपाल एकदम खस्रो तथा जर्जर छ भने कपाललाई सुन्दर, सिल्की बनाउका लागि सुन्तलाको बोक्रा  पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ । अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हराउनेछन् । सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ ।
सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा सरीरको छाला चम्किलो तथा नरम बन्छ । अनुहारको छाला बढि चिल्लो छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा गर्छ । सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी  छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएका हरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।
सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ ।

चर्चित भिडियो साइट युट्युव अब नेपालमा इन्टरनेटबिनै (अफलाइन) पनि हेर्न सकिने छ ।
युट्युवले हालै नेपालमा ‘अफलाइन प्लेब्याक’ फिचर सुरुवात गरेको छ जसको मद्दतले प्रयोगकर्ताले आफुलाई मन परेको भिडियो सेभ गरेर इन्टरनेट नभएका बेला पनि हेर्न सक्नेछन् ।
यसका लागि तपाईले मोबाइलमा युट्युव एप डाउनलोड गर्नुपर्ने हुन्छ । एपमार्फत् भिडियो खोल्दा भिडियोमुनी ‘डाउनलोड’ संकेत देखिने छ ।
डाउनलोड अप्सन थिचेपछि आउने अप्सनमा तपाईले यो भिडियो कुन क्वालिटीमा हेर्नका लागि सेभ गर्ने भन्ने अप्सन छान्नुपर्ने छ । त्यसपछि भिडियो सेभ हुन्छ ।

अब तपाईको अकाउन्टमा यो भिडियो सेभ भएर बस्छ । तपाईले इन्टरनेट नभएका बेला यो भिडियो हेर्न सक्नुहुन्छ ।
युट्युवका अनुसार यसरी सेभ गरिएको भिडियो ४८ घण्टासम्म अफलाइन हेर्न सकिन्छ । सेभ गरिएका भिडियो हेर्न इन्टरनेट नचाहिए पनि भिडियो सेभ गर्नका लागि भने इन्टरनेट जरुरी हुन्छ ।
नेपालमाबाहिर यसअघि नै सुरु भएको अफलाइन प्लेब्याक फिचर हालैमात्र नेपालमा सुरु गरिएको हो ।
इन्टरनेट ब्राउजर वा डेस्कटपमा यो फिचर उपलब्ध छैन, तपाईले एन्ड्रोइड, आईओएस वा विन्डोज प्लेटर्फममा उपलब्ध युट्युव एप डाउनलोड गर्नुपर्छ ।


सन्तानलाई जन्म दिएपछि यौन जीवनको उत्साहप्रद चरण सकियो भन्ने ठान्नु हुँदैन । बरु, यसलाई अझ उत्साहमय बनाउने प्रयत्न गर्नुपर्छ । यसका लागि केही उपायः
मासिक चक्रलाई पर्खिनुस्
बच्चालाई जन्म दिएको केही महिनापछि महिनावारी पुनः सुचारु हुन थाल्छ । सँगसँगै सेक्समा सरिक हुने महिलाको चाहना पनि बढ्दै जान थाल्छ । महिलामा आएको यस्तो परिवर्तनलाई राम्रोसँग बुझ्नुस् र यौन जीवनलाई पूर्ववत अवस्थामा ल्याउन पहल गर्नुस् ।
सेक्सको महत्व बुझ्नुस्
श्रीमान् र श्रीमतीमध्ये कसैले पनि सेक्सलाई विशुद्ध सन्तानोत्पादनका लागि आवश्यक क्रिया ठान्ने गल्ती गर्नु हुँदैन । दाम्पत्य जीवनलाई सुखमय, रंगिन र उत्साहप्रद बनाइराख्न तथा श्रीमान्–श्रीमतीबीचको आत्मीयतालाई टिकाइराख्न सेक्स आवश्यक छ भन्ने कुरालाई स्वीकार गर्नुस् ।
आत्मीयता अझ बढ्यो भन्ने बुझ्नुस्
बच्चा जन्माउने बेलामा महिलाले श्रीमान्को महत्व  अझ गहिरोसँग बुझ्छन् भने श्रीमान्ले दाम्पत्य जीवनमा श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट महसुस गर्छन् । यसले दुईबीचको प्रेमलाई अझ सघन बनाउँछ । एकअर्काप्रतिको भावलाई व्यक्त गर्ने गर्नुस् । यसले सेक्स लाइफलाई अझ सन्तोषप्रद र सुखद बनाउँछ ।
‘फोरप्ले’मा सरिक हुनुस्
सुत्केरी हुने सँघारमा अथवा सुत्केरी भइसकेको केही सातापछि श्रीमतीको चाहना बुझेर फोरप्लेमा सरिक हुन सकिन्छ । सुत्केरी भएको केही महिनापछि मात्रै यौनसम्र्पक राख्नुपर्ने सल्लाह डाक्टरहरूले दिने गर्छन् । तर, यसबीचमा आपसी समझदारीमा फोलप्लेमार्फत एकअर्कासँग शारीरिक निकटतालाई कायम राख्न सकिन्छ ।
कोठालाई रोमान्टिक बनाउनुस्
सुत्केरी श्रीमतीको कोठामा केही सातापछि मधुर रोमान्टिक गीतको मन्द धुन लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण गर्ने प्रयास गर्नुस् । यसले महिलाको शरीरमा सेक्स हार्मोनको उत्सर्जनलाई तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ ।
सचेत रहनुस्
बच्चा जन्माउँदा कतिपय महिलालाई एप्सिटमी नामक छोटो सर्जरी गरिएको हुन्छ । बच्चा जन्माएपछि सेक्समा सरिक हुँदा टाँका लगाएको ठाउँमा दुख्न सक्छ । सर्जरी गरेको छदेखि आठ हप्ताभित्रमा सर्जरीको असर प्रायः हटेर जान्छ र यौनांग पूर्ववत अवस्थामा आउने क्रम तीव्र बन्छ । सर्जरी गरेको ठाउँमा सेक्स गर्दा दख्खल त पुग्दैन भन्नेमा सचेत रहनुपर्छ । यदि दख्खल पुग्ने सम्भावना छ भने फोरप्ले आदिबाट चित्त बुझाउनुपर्छ ।
मन प्रसन्न हुने काम गर्नुस्
मन प्रसन्न हुने काम गर्दा शरीरमा एड्रनेलिन नामक रसायन उत्सर्जन हुन्छ, जसले दम्पतीलाई सेक्सको मुडमा पु¥याउँछ । यसका लागि दुवैजनालाई मन पर्ने फिल्म हेर्ने, गीत सुन्ने आदि गर्नुपर्छ । तनाव भएको छ भने रुचिको काम गरेर चित्तलाई प्रसन्न राख्नुपर्छ ।
संवाद गर्नुस्
सन्तानोत्पत्तिपछि श्रीमान्–श्रीमतीबीच संवाद बढ्नुपर्छ । यौनसम्बन्धी विषयमा यस्तो संवाद झन् बढाउनुपर्छ । आमा बनेपछि सेक्ससम्बन्धी रुचिमा आएको परिवर्तन, सजिलो अथवा अप्ठेरो आसन आदिबारे खुलस्त संवाद भयो भने एकअर्काको रुचि बुझेर सेक्स लाइफलाई उत्साहमय बनाउन सकिन्छ ।
रुचि देखाउनुस्
सन्तान प्राप्तिपछि श्रीमतीलाई आफू कम आकर्षक भएको चिन्ता हुन सक्छ । श्रीमतीलाई यस्तो महसुस गर्न नदिन आफू उनीप्रति अझै आकर्षित भएको र सेक्स गर्ने दिनलाई व्यग्रतापूर्वक पर्खिरहेको संकेत दिनुस् । यसले उनलाई राहत र मानसिक शान्ति दिन्छ ।


पत्थरको जवाफ फूलले दिनुपर्छ भन्ने आहानै छ । बैगुनीलाई गुनले मार्नुजत्तिको जाति के होला र ? तर भन्न जति सजिलो छ, गर्न चाहीँ उत्तिकै गाह्रो हुन्छ । अस्ट्रेलियाकी एक महिलाले भने साँच्चीकै यी उखानलाई चरितार्थ गरेकी छिन्, पत्थरको जवाफ फूलले दिएर ।
सोसल मिडियामा घृणा तथा द्वेष फैलाउनेलाई निमिट्यान्न पार्ने प्रयासमा सुजन कारल्याण्ड नामक महिलाले अनौठो बाटो अपनाएकी छिन् । मुस्लिम धर्मावलम्बी सुजनलाई टि्वटरमा मुस्लिम भएकै कारण धेरै गाली आउने गर्थे । टक शो प्रस्तोता भलील ऐलीकी पत्नी सुजनले अब आफुलाई टि्वटरमा गरिने हरेक गालीको बदलामा एक अस्ट्रेलियाली डलर युनिसेफलाई दान गर्ने फैसला गरेकी छिन् ।
उनले आफुले अहिलेसम्म घृणायुक्त टिवट्सकोे बदलामा अलिेसम्म झण्डै १ हजार डलर दान गरिसकेको बताएकी छिन् । सहयोग चाहिने बच्चाहरुले तिमी घृणितहरुलाई धन्यवाद दिन्छन्, उनले टि्वटरमा भनेकी छिन् ।
सिड्नी मर्निंग हेराल्डमा उनले लेखेकी छिन् : मलाई फेसबुकमा आउने मेसेजमा भनिएको हुन्छ की म एक मुस्लिम महिला भैकन पनि हत्या, युद्ध तथा यौनिकता चाहन्छु । उनीहरुले मेरो मृत्युको कामना गरिरहेका हुन्छन् र मलाई अस्ट्रेलिया छाड्ने धम्की दिइरहेका हुन्छन् ।
उनीमाथि जिहादी लडाकु भएको आरोप पनि लगाइने गरेको छ । साथै उनले अस्ट्रेलिया कब्जा गर्ने योजना बनाएको पनि आरोप लगाइन्छ ।
उनले यस्ता गालीबाजहरुलाई टि्वटरमा ब्लक गर्नुको साटो गालीको बदला दान दिने आइडिया लगाएकी छिन् । उनको यस्तो पहलको प्रसंसा गर्नेहरुको संख्या बढ्दो छ । यस्तो पहलपछि उनलाई आउने गालीको संख्यामा कमी आएको छ की छैन, त्यो भने उनले बताएकी छैनिन् ।

मंसिर ६।   युवा ब्याट्सम्यान राजेश पुलामीले नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को दुई दिवसीय खेलमा शनिबार अर्धशतक बनाएका छन्। पुलामीको ६० रन मदतले नेपाल–११ ले ८ विकेट गुमाई २ सय २८ रन बनाएको छ।
पहिलो इनिङ्समा बढीमा ७० ओभर खेल्न पाउने प्रावधानअनुरूप नेपाल–११ ले तोकिएको पूरै ओभर खेलेपछि इनिङ्स समाप्तिको घोषणा गरेको थियो। यूएई गएको नेपाली टिममा नसमेटिएका राजेशले १ सय ३ बल खेली १० चौका प्रहार गरे। नेपाली यू–१९ का अलराउन्ड दीपेन्द्र ऐरीले ३३ रन बनाए। ७१ बल खेलेका उनले ५ चौका प्रहार गरे।
कप्तान सुवास खकुरेल र नरेश बुढाऐरले पहिलो विकेटमा ६६ रन जोडी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। नरेश ८७ बलमा ३२ र सुवास ५७ बलमा ३३ रन बनाई आउट भए। दुवैले समान ६ चौका प्रहार गरे। प्रदीप ४, दिलीप नाथ शून्य र शक्ति गौचन ५ रनमा आउट भएपछि केही समय दबाबमा परेको नेपाली इनिङ्सलाई राजेश र दीपेन्द्र ऐरीले उकासेका थिए।
करण केसी ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरी २८ रनमा नटआउट रहे। उनीसँगै इर्शाद अहमद २ रनमा नटआउट रहे। विक्रम सोबले १६ रन बनाए। एमसीसीबाट कप्तान नील डेक्सटर र रिचर्ड विलिक्सनले ३–३ तथा एलेक्स सेनेक र माइकल कोल्सले १–१ विकेट लिए।
विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसीले पहिलो दिनको खेल समाप्तिमा ५ विकेट गुमाई ७२ रन बनाएको छ। १८ ओभर खेलेको एमसीसीबाट डेक्सटर २१ रन बनाई क्रिजमा छन्।
एसेक्स र केन्टका अलराउन्डर डेक्सटरले ३१ बल खेली ४ चौका प्रहार गरिसकेका छन्। नेपाल–११ बाट करणले पहिलो ३ विकेट लिएका थिए भने त्यसपछि शक्तिले २ विकेट थपेका थिए।

मंसिर ६।  सप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएको छ । यस्तै १७ प्रदर्शनकारी र २५ प्रहरी झडपमा परी घाइते भएका छन् । घाइते मध्ये ५ प्रदर्शनकारी र २ प्रहरीकाे स्थिति गम्भिर रहेकाे छ ।

शनिबार अबेर राति प्रहरीले एक्र्टिङ गरी गाडी चलाउनका लागि धर्नामा बसेका प्रदर्शनकारीलाई भारदह र रुपनी क्षेत्रबाट हटाउन खोज्दा दोहोर भिडन्त भएको थियो । अत्याधिक संख्यामा रेहका मोर्चाका कार्यकर्ताले प्रहरी माथि अन्धकारमा अन्धाधुन्द ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख भिम ढकाल बताएका छन् ।

स्थानिय प्रशासनले साँझ ७ बजेदेखि बिहान ९ बजेसम्म राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सप्तरी प्रहरी प्रमुख ढाकालका अनुसार पटकपटक माइकिङ गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरिएको थियो । लगभग २५ सयको संख्यामा रहेका प्रदर्शनकारीहरु हट्ने कुनै संकेत नपाएपछि प्रहरीले सामान्य बल प्रयोग गरि राजमार्ग खुलाउन खोजेको थियो । 

‘लाठि, मुग्रा बोकेरा आएका माथि हामीले सामान्य बल प्रयोग गरेपछि प्रदर्शनकारीबाटै भारदह क्षेत्रमा अन्धकारमा गोली फायर हुन थाल्यो । त्यसपछि हामीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गर्न थालेका थियौं,’ उनले भने, ‘त्यहाँ भएको घटना क्रश फायरमा परि भएको हो । हाम्रो तर्फ पनि २५ जना घाइते छन् । २ जनाको स्थिति गम्भिर छ ।’

उनको अनुसार प्रहरीको गोली लागि भारदह क्षेत्रमा गाढा–९ का वीरेन्द्र राम र रुपनी क्षेत्रमा जमुनी मध्यपुरा–७ का नागेश्वर यादवको मृत्यु भएको छ । झडपमा परि घाइते भएका २० भन्दा बढीलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।
रातिको समयमा भएको गोली प्रहारले बढी मानिस हाताहती भएको हुन सकने दाबी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साहले गरेका छन् । उनकाे प्रहरीले २ सय राउन्ड बढी गाेली चलाएकाे दाबि छ । यस्तै भारदहमै प्रहरीको गोली लागेर ढलेका दुई जनाको शव इलाका प्रहरी कार्यालय भारदहको भ्यानमा सुरक्षाकर्मीले लगेको प्रत्यक्षदर्शीहरुले दाबि गरेका छन् । यसबारे भने प्रहरीले कुनै प्रतिक्रिया दिएकाे छैन ।
उक्त घटनापछि स्थानिय प्रशासनले भारदह, रुपनी र राजविराज बजार क्षेत्रमा बिहान ६ बजेबाट लागु हुने गरि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्युको उल्लंघन गर्दै अहिले पनि भारदह क्षेत्रमा प्रदर्शन भइरहेको छ । यसैबीच आक्रोशित प्रदर्शनकारीहरुले आज बिहान रुपनीमा स.४प. ५३११ नम्बरको मोटरसाईकलमा आगजनी गरिदिएका छन् ।

४ मंसिर महोत्तरी
   प्रहरीले महोत्तरीको नेपाल–भारत सीमा नजिकबाट इटालियन पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ ।
   जलेश्वर नगरपालिका–१ का २५ वर्षीय सुभाष यादवलाई रातु नदीको बाधबाट पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यादवको साथबाट प्रहरीले इटालियन १११ अटोमेटिक पेस्तोल एकथान, केएफ ७.६५ लेखिएको एक राउण्ड गोली र एउटा मोबाइल सेट बरामद गरेको छ ।
यादवलाई हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

४ मंसिर खोटाङ्ग
   ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान ड्रोन क्यामेरा प्रयोग गरी भिडियो खिच्दै गरेको अवस्थामा खोटाङबाट पक्राउ परेका छन ।
म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भई हाल अमेरिकाको ह्वाईट हिमाल टेलिभिजन नेटवर्कमा कार्यरत धनमान थापालाई प्रहरीले पक्राउ गरेको हो । दिक्तेलस्थित हाटडाँडामा बुधबार बिहान भिडियो खिच्दै गरेका थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । अनुमती नलिइ ड्रोन क्यामेरा प्रयोग गर्न नपाईले भन्दै माझिले बिनाअनुमती थापाले भिडियो खिचिरहेको भेटेपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो । थापाको साथमा रहेको ड्रोन क्यामेरा, क्यामेराको स्ट्याण्ड, रिमोट, मोवाइल लगायतका सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौंबाट मङ्गलबार दिक्तेल पुगेका थापा नुनथलास्थित जालपा माविमा भूकम्पले पु¥याएको क्षतिको भिडियो खिच्न आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

४ मंसिर काठमाण्डौ।  नेपाल  सरकारले गृह र अर्थ मन्त्रालय र निकायका १४ जना सचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषदको हिजोको बैठकले उनीहरुको सरुवा गरेको हो । गृहसचिव सूर्य सिलवाललाई भूमिसुधार, अर्थसचिव सुमन शर्मालाई ऊर्जा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका दीपेन्द्रनाथ शर्मा र अतिरिक्त समूहमा रहेका विजय मल्लिकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणगोपाल मलेगोलाई गृह, भूमिसुधारका लोकदर्शन रेग्मीलाई अर्थ, वन तथा भूसंरक्षणका मधु रेग्मीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र ऊर्जाका राजेन्द्रकिशोर क्षेत्रीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी शान्ति तथा पुनर्निर्माण मन्त्रालयका रमेशकुमार शर्मालाई महालेखा नियन्त्रणको कार्यालय, रक्षा मन्त्रालयका ईश्वरीप्रसाद पौडेललाई शान्ति तथा पुननिर्माणमन्त्रालयमा, अतिरिक्त समूहमा रहेका उदयचन्द्र ठाकुरलाई वन तथा भूसंरक्षणमा, राष्ट्रिय सूचना आयोगका लक्ष्मण मैनालीलाई युवा तथा खेलकुद मन्त्रालय, सुदूरपश्चिमका क्षेत्रीय प्रशासक शरदराज बिष्टलाई सूचना आयोगमा सारिएको छ ।

मंसिर ३ ।  विश्व फुटबलको सर्बोच्च निकाय फिफाले निलम्बित अध्यक्ष सेप ब्लाटर तथा उपाध्यक्ष मिचेल प्लाटिनीको अपिल खारेज गरेको छ ।
ब्लाटर तथा युरोपियन फुटबल महासंघका अध्यक्षसमेत रहेका प्लाटिनीले आफूहरुमाथी लागेको ९० दिनको निलम्बनबिरुद्ध गरेको अपिल फिफाले खारेज गरेको हो ।
गतअक्टोबरमा भ्रष्टाचारको आरोपमा छानबिनका लागी भन्दै फिफाले तत्कालिन अध्यक्ष सेप ब्लाटर, उपाध्यक्ष मिचेल प्लाटिनी तथा महासचिब जेरोमी भ्लाकेलाई ९० दिनसम्म कुनै पनि फुटबल गतिबिधीमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको थियो ।
फिफाले अपिल अस्विकार गरेसँगै फिफा अध्यक्षका प्रत्यासी बनेका युरोपियन फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीमाथी संकट थपिएको छ ।
निलम्बनका कारण उनले आउँदो फ्रेबुअरीमा हुने फिफा अध्यक्ष पदको निर्बाचनमा समर्थन जुटाउन सक्ने छैनन् ।
प्लाटिनीले निलम्बन बिरुद्ध अब अदालतमा अपिल गर्ने बताएका छन् । फिफाको बिशेष कमिटिले पूर्बउपाध्यक्ष तथा आगामी निर्बाचनमा अध्यक्षका प्रत्यासी चुङ मोङलाइ पनि ६ बर्षको प्रतिबन्ध गरेको छ ।

मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् ।

इन्धनको अभाव भइरहेको बेला इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन् ।

हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचौं ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेकाहुन् ।

नेपालमै पहिलोपटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए । उनले भने–‘डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ ।’

विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत रु एक लाख २५ हजार रहेको छ ।

‘राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा प्रयोगमा ल्याउन सकिन्छ’–मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा. सुभास पोखरेलले भने । रासस 

मंगसिर ३।  सुनसरी र मोरङलाई अलग गरेर २ नम्बर प्रदेशमा गाभ्ने चर्चा चलेपछि सुनसरीमा ब्यापक विरोध सुरु भएको छ ।
सुनसरी र मोरङलाई अलग नगर्न चेतावनी दिँदै सुनसरीको इनरुवा र इटहरीमा आज पनि प्रदर्शन भएको हो । हजारौंको संख्यामा स्वतस्फूर्त जुलुसमा सहभागी सर्वसाधारणले प्रदेश टुक्र्याउन नपाइने चेतावनी दिएका थिए।
उनीहरुले सुनसरीलाई १ नम्बर प्रदेशमै राख्न माग गरेका छन् ।
उता, मोरङमा पनि १ नम्बर प्रदेशवाट अलग गर्न नहुने माग राखेर विराटनगरवासीले आज जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् ।

मंसिर २  । छठ पर्वको अन्तिम  दिन आज उदाउँदै गरेको सूर्य तथा सुर्य भगवानलाई  अर्घ अर्पण गरि छठ पर्व सम्पन्न भएको  छ ।
सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइ सहितका प्रसादहरु अर्पण गरिन्छ।  पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । इटहरी इस्थित बुढी गंगा तट मा हिजो बेलुलाई देखि लाम बढ्द लगेर भक्तजन हरुले बेहुली झैँ सिगारेर खोलालाई झकिझकाउ पारिएको थियो बेलुका सूर्यलाई अर्ग दिएर रातभर भजन कृतन गरि बहन सूर्यलाई अर्ग अर्पण सगै छैठ सम्पन्न भएको हो।  

स्मार्टफोनमा मोबाइल डाटाबाट इन्टरनेट चलाउँदा निकै धेरै डाटा खर्च भएको र रकम धेरै खर्च भैरहेको अनुभव गर्नुभएको छ ? यदि त्यसो हो भने तपाइँले आजै एउटा काम गरिहाल्नुस् । मोबाइलमा तपाइँले इन्टरनेट चलाउनका लागि सायद ओपेरा मिनी ब्राउजर प्रयोग गर्नुभएकै छ होला । ओपेरा मिनीले आफ्नो सबैभन्दा पछिल्लो तथा निकै उपयोगी संस्करण जारी गरेको छ । ओपेरा मिनी ११ नामको यो ब्राउजर एप एन्ड्रोइड डिभाइसमा प्रयोग गर्न सकिन्छ ।
यो ओपेरा मिनी ११ ब्राउजरमा हाइ र एक्सटि्रम गरी दुइ प्रकारका कम्प्रेसन मोड दिइएको हुन्छ । जसको माध्यमबाट तपाइँ वेब सफिर्ंग मज्जाले गर्न सक्नुहुन्छ कम खर्चमै ।
हाइ कम्प्रेसन मोडले वेबसाइटको कन्टेन्टलाई त्यसको ओरिजिनल गुणस्तरमा निकै तिव्र गतिमा देखाइदिन्छ । यसले थ्री जी तथा वाइफाइ दुबै इन्टरनेटमा काम गर्दछ । जबकी एक्सट्रीम मोडलमा यसले वेब पेजहरुलाई निकै नै बढि स्तरमा कम्प्रेस्ड गर्दछ । यद्यपि यसमा वेबपेजको क्वालिटीमा भने फरक पर्दछ तर मोबाइल डाटा भने निकै कम खर्च हुन्छ र ब्राउजिंगको गति पनि निकै तिव्र हुन्छ ।
ओपेरा मिनी ११ मा अब पहिले नै सेभ वा बुकमार्क गरिएका वेबपेजका लागि पनि राम्रा गुणस्तरको युजर इन्टरफेस दिइएको छ । त्यस्ता पेजलाई स्पीड डायलको माध्यमबाट पनि खोल्न सकिन्छ । त्यसका अलावा यी पेजहरुले फुल स्त्रिmन लिस्टको साथ युआरएल तथा टाइटल समेत देखाइदिन्छन् ।
इन्टरनेट डाटा बचाउनुका साथै वेबपेज छिटो खुल्न तथा विभिन्न नयाँ फिचर्सको अनुभव लिनका लागि ओपेरा मिनी ११ डाउनलोड गर्न सक्नुहुन्छ । यो एप गुगल प्ले स्टोरमा उपलब्ध छ । यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

मंगसिर १।  आगामी मंसिरमा आयोजना हुने भनिएको सातौं रष्ट्रिय खेलकुद प्रतियोगिता फागुनका लागि सारिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को सोमबार बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।

समयमा बजेट निकासा नहुँदा मंसिर ११ गतेदेखि १८ गतेसम्मका लागि तय गरिएको प्रतियोगिता फागुन१८ देअि २३ गतेसम्म पूर्वाञ्चलमा गर्ने निर्णय गरिएको हो ।

राखेपले बोर्ड बैठकमार्फत् सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि युवा तथा खेलकुद मन्त्रालयसमक्ष ३२ करोड मागेकोमा २३ करोड स्वीकृत भइसकेको छ ।

पूर्वाञ्चलमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताअन्तर्गतको स्वीमिङ र म्याराथन दसैंअघि नै भइसकेका छन् ।

मंसिर १ । छठ पर्वको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्टी मातालाई अर्घ अर्पण गरि छठ पर्व मनाईंदै छ ।
सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइ सहितका प्रसादहरु अर्पण गरिन्छ भने भोलि चोथौ तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीहरुलाई दुलही झैं सिंगारेर छठ पर्व मनाईंदै छ ।
उता, सप्तरीस्थित सप्तकोसी व्यारेजसहितका पोखरी र जलाशयहरुमा पनि छठको भव्य तयारी गरिएको छ । सदरमुकाम राजविराजस्थित भगवती, कल्टुदास, तुरन्ती लगायतका पोखरीमा छठको रमझम छाएको छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको रमझम छाएको छ । छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाईदैछ ।
मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा समेत धुमधामका साथ मनाईंदै छ । काठमाडौंमा रानीपोखरी, कमलपोखरी, गौरीघाट, टेकु दोभानलगायतका स्थानमा छठ मनाईंदैछ ।
आदिकालमा सति अनुसूयाले रोगग्रस्त पतिलाई निको हुनका लागि भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग जोडिएको छ ।
त्यसैगरी महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठ मनाउँदा दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने विश्वास छ । छठ मनाउन सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

कार्तिक ३०।  रोस टेलरको दोहोरो शतकसँगै पाहुना टोली न्यूजिल्याण्ड अष्ट्रेलियाविरुद्धको पर्थ टेष्टमा फर्किएको छ ।
तेस्रो दिनको खेल सकिँदासम्म न्यूजिल्याण्डले ६ विकेट गुमाएर ५१० रन बनाएको छ र मात्र ४९ रनले पछाडि छ । शानदार प्रदर्शन गरिरहेका टेलर २३५ र मार्क क्रिग ७ रनमा क्रिजमा छन् ।
केन विलियम्सनले ७० र टेलरले २६ रनबाट अघि खेल्दै तेस्रो दिनको खेल थालेका थिए । विलियम्सनको शतक अष्ट्रेलियाका लागि नौलो थिएन । तर, पर्थमा टेलर असाधारण लय घरेलु टोलीका लागि आश्चर्यजनक नै रहृयो ।
तेस्रो दिनको टीपछि टोलरले मिचेल स्टारको बलमा चौका हान्दै दोहोरो शतक पुरा गरेका हुन् ।  दोहोरो शतक बनाउने क्रममा २५४ बलको सामना गरेका उनले ३० चौका र दुई छक्का हानेका छन् । यससँगै उनी टेष्टमा अष्ट्रेलियाविरुद्ध दोहोरो शतक बनाउने पहिलो विकिज ब्याट्सम्यान बनेका छन् ।
टेलरको २३५ रन करियरकै उच्च स्कोर हो । तर, चौथो दिनको खेल सुरु गर्दा उनीसँग अष्ट्रेलियाका डेभिड वार्नरले पहिलो इनिङमा बनाएको २५३ रनलाई पार गर्ने मौका हुनेछ ।
टेलरले तेस्रो विकेटका लागि विलियम्सनसँग २६५ रनको साझेदारी गरे । यो आफैंमा एक कीर्तिमान थियो । विलियम्सन १६६ रनमा आउट भए ।
पर्थमा अष्ट्रेलियाका मिलेच स्टार्कले पनि नयाँ कीर्तिमान बनाएका छन् । स्टार्कले २१ औं ओभरको चौथो बलमा १६०.४ किलोमिटर प्रतिघन्टाको गतिले बल फ्याँक्दै टेष्ट इतिहासकै तीव्र गतिमा बलिङको रेकर्ड राखे ।
अहिलेसम्म १६० किलोमिटरको तीव्र गतिमा चार बलरले मात्र बलिङ गरेमन छन् । तर, यसअघिका तीन रेकर्ड टेष्टमा थिएनन् ।
पाकिस्तानका शोएब अख्तरले २००३ मा इंग्ल्याण्डविरुद्ध वन डेमा १६१.३ किलोमिटर प्रतिघन्टाको गतिले बलिङ गरेका छन् । ब्रेट ली र जेस थमसनले पनि १६० भन्दा बढी किलोमिटर प्रतिघन्टाको गतिले बलिङ गरेका छन् ।
पहिलो इनिङमा अष्ट्रेलियाले डेभिड वार्नरको दोहोरो शतकको मदतमा ५५९ रन बनाएको थियो ।

बाच्नु पर्छ जे पनि देख्न पाहिन्छ भनेझै एकातिर विश्वमा जनसंख्या नियन्त्रणको लागि काम भैरहेको छ भने अर्कोतर्फ केही देशहरु भने कसरी जनसंख्या बढाउने भन्ने विषयमा लागिरहेका छन् ।
डेनमार्कमा पनि सरकारले नै देशको जनसंख्या बढाउने विभिन्न उपाय अपनाउँदैछ र मानिसहरुलाई सन्तान पैदा गर्न प्रोत्साहन गरिरहेको छ ।
समाचार अनुसार देशको घट्दो जनसंख्याबाट चिन्तित बनेको सरकारले मानिसहरुलाई सन्तान प्राप्तिको ध्येयले यौन सम्पर्क गर्न उत्प्रेरित गर्दैछ । सरकारले मानिसहरुलाई यौन सम्पर्कका लागि सरकारी विदा दिने योजना समेत बनाएको छ ।
डेनमार्कको जन्मदर घटेर १.७ मा झरिसकेको छ । जन्मदर बढाउनका लागि त्यहाँका टेलिभिजनमा विभिन्न खालका विज्ञापन समेत देखाइन्छ । जसमा मानिसहरुलाई भावनात्मक अपिल गरिएको हुन्छ । एउटा विज्ञापनमा महिला पुरुषहरुलाई बच्चा जन्माउनका लागि प्रोत्साहित गर्दै आफ्नी आमाका लागि वा देशका लागि बच्चा जन्माइदिन आग्रह गरिएको छ । एजेन्सीको सहयोगमा

कार्तिक २९ । मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व आज(आइतबार)बाट सुरु भएको छ ।
चार दिनसम्म मनाइने पर्वका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई सजाइएका छन् । छठको पहिलो दिन आज अरबा अरबाइन मनाइन्छ ।
ब्रतका क्रममा माछा, मासु, लसुन,प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा त्याग्ने गरिन्छ । छठको दोस्रो दिनलाई खरना भनिन्छ ।
गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।
छठको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चोथौं तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।
महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ । काठमाडौंमा कमलपोखरी, वाग्मती किनारलगायतका स्थानमा छठ मनाइन्छ ।

कार्तिक २७।  मोहमद हाफिजको शतकसँगै पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।
अबुधावीमा भएको खेलमा इंग्ल्याण्डले २१७ रनको लक्ष्य दिएको थियो । जसलाई पाकिस्तानले ४३.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
पाकिस्तानको सुरुवात खराव थियो । उसले १५ रन जोड्दा ओपनरद्वय अजहर अली र बिलाल आसिफको विकेट गुमाइसकेको थियो ।
थप २१ रन जोड्दा युनुस खान पनि आउट भए, जतिबेला टीमको स्कोर ४१ रन थियो । तर, मोहम्मद हाफिजले शोएब मल्लिकसँग ७० रनको साझेदारी गरे । मल्लिक २६ रनमा आउट भए ।
हाफिजले बाबर आजमसँग अविजित १०६ रनको शाझेदारी गर्दै पाकिस्तानलाई जित दिलाए । हाफिज १०२ र आजम ६२ रनमा अविजित रहे । रइस टोपलीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको पनि सुरुवात खराव थियो । १४ रन जोड्दा सुरुवाति तीन विकेट गुमाइसकको थियो । ओपनर जेसन रोए र  जोए रुटले खाता खोल्न सकेनन् भने एलेक्स हल १० रनमा आउट भए ।
तर, इयान मोर्गान र जेम्स टेलरले १३३ रनको साझेदारी गर्दै पारी सम्हाले । मोर्गान ७६ रनमा आउट भए । मोर्गान र टेलरको साझेदारी टुटेपछि इंग्ल्याण्डले थप ३३ रन जोड्दा बाँकी ५ विकेट गुमाएको थियो ।
टेलर ६० रन बनाए । जोस बटलर १, मोइन अली ७, आदिल रसिद ७ र डेभिड विले १३ रनमा आउट भए । वेक्स ३३ रनमा अविजित रहे ।
पाकिस्तानका लागि मोहम्मद इर्फानले ३ तथा अनवर अली र शोएब मल्लिकले २–२ विकेट लिए ।

कार्तिक २७।   नेपाली हरुको दोश्रो महान चाड यमपन्चक को आज अन्तिम दिन अर्थात् भाइ टिका।  आज देश तथा बिदेशमा रहेका दिदीबहिनीले दाजुभाईलाई सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलको माला लगाई दीर्घायूको कामना गर्दछन्।  द्जुभाइले पनि आफ्ना दिदीबहिनीलाई  सक्दो दक्षिना तथा उपहार प्रदान गर्ने गर्दछन। 

तिहारको मुख्य दिन आज  ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको  छ ।

‘यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभबेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ । 
यम द्वितीयासमेत भनिने भाई टीकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ । भाइटीकाको अवसरमा दिदी बहिनीले दाजुभाईलाई कहिल्यै नओइलाउने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायूको कामना गर्ने गर्दछन् । भाई टीकाको दिन दिदीबहिनीले आफ्ना दाजूभाइलाई कालको मुखबाट समेत बचाइदिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा टीका लगाउन जाने पौराणिक विश्वास छ । दिदीबहिनीले लगाईदिने सप्तरङमध्ये सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो आरोग्यताको प्रतीक मानिन्छ । दाजुभाईले पनि टीका लगाईसकेपछि दिदिबहिनीलाई गच्छेअनुसार उपहार तथा दक्षिणा दिने गर्दछन् । दाजुभाई तथा दिदीबहिनीलाई एक ठाउँ गराउने यो पर्व भ्रातृत्व प्रेमको अपूर्व पर्व समेत हो । 

कार्तिक २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतको केरलामा हुने ‘साफ च्याम्पियनसिप २०१५’ फुटबलका लागि २७ खेलाडी छानेको छ ।

एन्फाले मुख्य प्रशिक्षक प्याट्रिक एजुम्सको निगरानीमा रहेका प्रारम्भिक ३९ खेलाडी मध्येबाट २७ खेलाडी छानिएको जनाएको छ ।


प्रारम्भिक टोलीमा रहेका चार खेलाडी चोटका कारण अभ्यासमा सहभागी भएनन्भने ८ जना छनोट हुन सकेनन् । २७ खेलाडी मध्येबाट अभ्यासका आधारमा अन्तिम टोली घोषणा गरिने बताइएको छ ।

छनोट हुने २७ जनामा किरण चेम्जोङ, विकेश कुथु, अमृत चौधरी, रञ्जित धिमाल, रविन श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, अनन्त तामाङ, अदित्य चौधरी, विराज महर्जन, अजित भण्डारी, जगजित श्रेष्ठ छन् ।

यस्तै, रोहित चन्द, हेमन गुरुङ, राजेन्द्र रावल, शिव श्रेष्ठ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ, टंक बस्नेत पनि २७ जनाभित्र परेका छन् ।

यसैगरी, नवीन लामा, अन्जन विष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, विमलघर्ती मगर, किरण लिम्बु र भरत खवास पनि अभ्यास टोलीमा परेका टिम व्यवस्थापक रमेश रायमाझीले बताए ।

‘म्याच फिक्सिङ’ प्रकरणपछि नेपाली फुटबल आलोचित बनिरहेका बेला यो टिम घोषणालाई निकै महत्वका साथ हेरएको छ ।

साफ च्याम्पियनसिप आउँदो डिसेम्बर २३ देखि भारतको केरलामा हुँदैछ । 

कार्तिक २३। जर्गेन क्लोपले लिभरपुलको म्यानेजरका रुपमा पहिलो हार व्यहारेका छन् । इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग २-१ ले पराजित भएको हो ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा प्यालेसले २१ औं मिनेटमा यानिक बोलासीले गोल गरे । पहिलो हाफ सकिन केही मिनेट बाँकी छँदा काउटिन्होले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
प्यालेससँगको खेल हेर्न लिभरपुलका पूर्व कप्तान स्टफेन जेरार्ड समेत एन्फिल्ड पुगेका थिए । तर, ८२ औैं मिनेटमा प्यालेसका स्टक डानले गोल गरे ।
डानको गोलपछि लिभरपुलका स्ट्राइकर क्रिष्टियन बेन्टेकेको हेडर पोष्ट नजिकैबाट बाहिरियो भने काउटिन्होको प्रयास प्यालेस गोलरक्षकले असफल पारे ।
खेलमा लिभरपुलले बल पोजिसन ६५ प्रतिशतसम्म बनाएको थियो । तर, गोलका लागि गरेको २२ प्रयासमा उसको चार प्रहासमा मात्र सही दिशामा थियो ।
हारपछि लिभरपुलका प्रशिक्षक क्लोपले यो खेल गुमाउनु नपर्ने बताएका छन् । सुरुवाती १५ मिनेट आफ्ना खेलाडीहरु मैदानमा नभए झै भएको र गोल खाएपछि मात्र विउँझिएको र अबसर सृजना गरेको उनले बताए ।
तर, दोस्रो हाफमा फेरि टीममा समस्या आएको र विपक्षीले मौका पाएको उनले बताएका छन् । 

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.