CCTV को काम अब iphone ले गर्ने


आजकल चोरीका घटना दिउँसै हुन थालेका छन् । खासगरी कामकाजी मानिसहरु कार्यालय गएको मौका छोपेर चोरले दिउँसै धनमाल लट्टीपट्टी पारिदिने गरेको छ । जब बेलुकी घर पुग्दा चोरीबारे थाहा हुन्छ तव, पुर्पुरोमा हात राख्नुको बिकल्प हुँदैन ।
तर, प्रबिधिको जमानामा अब तपाईले आफ्नै मोबाइलबाट निरन्तर घरको निगरानी राख्न सक्नुहुन्छ र चोरी छिर्नासाथ प्रहरीलाई खवर गरेर ठाउँको ठाउँ पक्राउ गराउन पनि सक्नुहुन्छ ।
आखिर कसरी ? मानिसका दैनिकीलाई सहज बनाउने गरी बिकाश भएका स्मार्टफोन एप्सले अब तपाईको घरलाई चौविसै घण्टा निगरानीमा राख्ने छ र तपाई जुनसुकै ठाउँमा भएपनि घरको लाइभ मोनिटरिङ गर्न सक्नुहुन्छ ।
हालै सार्वजनिक भएको ‘मेनीथिङ‘ एपले आफ्नो आइफोनमा डाउनलोड गरेर यस्तो सुबिधा लिन सकिन्छ ।

यसका लागि तपाईसँग दुईवटा आइफोन हुनु जरुरी हुन्छ । एउटा आइफोन घरमा निगरानीका लागि राख्ने जसले सीसीटीभीको काम गर्ने छ । र, अर्को आइफोन आफैसँग बोक्ने जसमा तपाईले घरको दृष्य हेर्न पाउनुहुनेछ ।
तपाईले घरमा सुरक्षा चाहेको बहुमूल्य बस्तु खिचिने गरी क्यामेरा कुनै ठाउँमा राख्न सक्नुहुन्छ । जब क्यामेरामा कुनै वस्तुको हलचल गरेको देखिन्छ, तव यो एपले तुरुन्तै तपाईको मोबाइलमा नोटिफिकेसन पठाउँछ र लाइभ भिडियो हेर्न सकिन्छ ।
यदि सीसीटीभी क्यामेरा बनाइएको आइफोन नै चोरले चोरिदियो भने पनि चिन्ता लिनु पर्दैन । किनकी खिचिएका तस्वीर एपले सर्भरमा स्टोर गर्छ र तपाईंले सजिलै चोरको पहिचान गर्न सक्नुहुन्छ ।
यो एप एउटामात्र क्यामेरा प्रयोगको प्रयोजनलाई निःशुल्क उपलब्ध हुन्छ । यदि तपाईले एकभन्दा बढि क्यामेरा प्रयोग गर्नुहुन्छ र १२ घण्टाभन्दा बढिको भिडियो रेकर्ड स्टोर गर्न चाहानुहुन्छ भने पैसा तिर्नुपर्ने छ ।
एप तत्कालका लागि आइफोनमा मात्र चल्छ । तर, निर्माता कम्पनीले एन्ड्रोइडका लागि पनि काम भइरहेको निकट भबिष्यमै सार्वजनिक गरिने बताएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.