
सायद यहीँ अप्ठेरोलाई देखेर होला एउटा कम्पनीले झरी नै रोकिदिने सेवा सुरु गर्न लागेको हो । कुनै त्रिपालले छोपेर विवाह मण्डपलाई मात्र पानीमुक्त बनाउने होइन, यो कम्पनीले त आकाशबाटै पानी पर्न दिँदैन त्यो पनि एक किलोमिटर वरपरको क्षेत्रसम्मै ।
चीनमा सरकारले नै खडेरीको बेला समुद्रको पानीलाई बाफ बनाई त्यस पछि चिस्याएर कृत्रिम वर्षा गराउने गरेको समाचार त सुनिएकै थियो । बेइजिङमा भएको ओलम्पिक खेलको उद्घाटनका दौरान चीनले प्राकृतिक वषर्ालाई रोकेर सबैलाई चकित बनाइदिएको थियो । तर अब एउटा कम्पनीले भने पानी रोक्ने सेवालाई व्यवसायिक रुपमा संचालन गर्न लागेको हो ।
यो अद्भुत तथा सुन्दैमा अपत्यारिलो लाग्ने काम एउटा बेलायती कम्पनीले गर्न लागेको हो । लण्डनका ओलिभर ट्राभल्स कम्पनीले विवाह समारोहमा वर्षा रोकिदिने दाबी गर्दै आफ्नो सेवा सुरु गर्न लागेको छ । अब छिटै प|mान्सको केही इलाकाबाट यो सेवाको सुरुवात गरिनेछ ।

यो एउटा मौसमलाई बदल्ने कृत्रिम प्रक्रिया हो । जसमा पानी पार्ने बादलमा विभिन्न खाले रसायनहरु मिसाइदिएर वर्षा हुनबाट रोक्ने काम गरिन्छ । यसमा सिल्भर आयोडाइड,पोटासियम आयोडाइड तथा ठोस कार्वनडाइअक्साड जस्ता रसायन प्रयोग गरिन्छ । यो विधिको प्रयोगले कम्तीमा २४ घण्टासम्म वर्षात् रोक्न सकिने कम्पनीले जनाएको छ । विमानस्थलको ३० किलोमिटर आसपासको क्षेत्रमा मात्र यस्तो सुविधा प्रदान गर्न सकिने कम्पनीले जनाएको छ ।