सुँगुरको आन्द्रा गुप्तांगमा प्रत्यारोपण

निकै साँघुरो गुप्तांगका कारण सम्भोग कार्यमा असमर्थ हुँदै आएकी एक महिलाले नयाँ जिवन पाएकी छिन् । सुँगुरको आन्द्राबाट बनाइएको कृत्रिम मानव योनी ती महिलाको गुप्तांग क्षेत्रमा प्रत्यारोपण गर्न डाक्टरहरु सफल भएका छन् ।
चेक गणतन्त्रको लजेनस्थित युनिभर्सिटी हस्पिटलका डाक्टरहरुले ती महिलामा सुँगरको आन्द्राबाट तयार गरिएको योनी प्रत्यारोपण गरेका हुन् ।
साँघुरो मुत्रथैली भएका मानिसहरुको उपचारमा सुँगुरको आन्द्राको प्रयोग गरिँदै आएको दृष्टान्तलाई पक्रिँदै डाक्टरहरुले गुप्तांगमा समेत सुँगुरको आन्द्रा प्रयोग गरे ।
नाम नखुलाइएकी ती महिलामा स्क्लेरोडर्मा नामक रोगका कारण योनीको बाहिरी पत्रको छाला तथा मासु निकै कडा भएर योनीको प्वाल नै लगभग थुनिएजस्तै भएको थियो ।
त्यसपछि डाक्टरहरुले सुँगुरको आन्द्राबाट झिकिएका तन्तुहरुलाई ती महिलाको गुप्तांग क्षेत्रमा प्रत्यारोपण गरे र त्यस क्रममा गुप्तांगका कडा तन्तुहरुलाई हटाए । सुँगुरको आन्द्रँबाट लिइएको तन्तुको जालोले गुप्तांगको आकारलाई चौडा बनाएको छ । सुँगुरको आन्द्रा प्रत्यारोपित योनीक्षेत्रमा विस्तारै ती महिलाकै मानव तन्तुको विकाश हुने र सुँगुरको सरीरबाट ल्याइएका तन्तुहरु नष्ट हुने बताइएको छ । तत् पश्चात उनको योनी सामान्य अवस्थामा फर्किनेछ ।
यो विधिलाई मेस अग्मेन्टेड भ्याजिनल रिकन्स्ट्रक्सन भनिन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.