निर्दोषलार्इ जेल चलान

हत्याका अभियुक्तसँग नाम मिल्दा इलामका एक ब्यक्तिले अनाहकमा ५० दिन जेलसजायँ काट्नु परेको छ । जिल्ला अदालत, इलामले हत्या अभियोगमा १० वर्ष जेल सजायँ फैसला सुनाएका श्रीअन्तु-८ तीनब्लकका मणिकुमार राई पुनरावेदन अदालत, इलामबाट बुधबार निर्दोष रहेको फैसलापछि जेलमुक्त भएको नागरिक दैनिकमा खबर छ ।
२०३७ चैत्रमा चियाबगानमा काम गर्ने साथी हर्कप्रसा गुरुङको हत्या गरेर फरार अभियोगमा सचेन राईलाई खोज्ने क्रममा प्रहरीले पुस २१ गते मणिकुमारलाई पक्राउ गरेको थियो । स्थानीयका अनुसार मणिकुमार गाउँमा सचेन नामले पनि बोलाइन्थे ।
‘मान्छे मारेर भाग्ने ब्यक्ति तपाई नै हो भन्दै प्रहरी आएर घरबाटै समातेका थिए,’ खेतीकिसानीबाट जीविकोपार्जन गर्ने राईले छुटेपछि भने, ‘त्यसपछि राम्रोसँग कुरा गर्नै नपाई सदरमुकाम ल्याएर थुने ।’
२०३८ चेत्रको उक्त फैसलाबमोजिम १० वर्ष कैद तोकिएका वास्तविक अपराधी सचेन भने अझै फरार छन् । तत्कालनी अदालती फैसलाको मिसिलमा श्रीअन्तु-८ नै ठेगाना भए पनि सचेनबारे गाउँले अन्जान रहेको स्थानीय बताउँछन् । यद्यपि, मणिकुमार पनि पत्नी अनुकाको अत्या अभियोगमा कैद सजायँ भुक्तान गरिसकेका ब्यक्ति हुन् । २०५७ साउन २० गते पत्नीको हत्या गरेका उनी त्यही वर्ष मंसिर १३ मा पक्राउ परी २०६३ असोज ७ गते जेलबाट छुटेका थिए ।
पुनरावेदन अदालतका न्यायाधीसद्वय रमेशकुमार पोखरेल र माधव पोखरेलको संयुक्त इजलासले बुधबार मणिकुमारलाई जेलमुक्त गर्न आदेश दिएको हो । जिल्ला अदालतले कारागारलाई थमाएको कैदी पुर्जामा मणिकुमारलाई २०८१ पुस २१ सम्म जेलमा राख्ने आदेश थियो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.