१६ सय हिउँमान्छे बनाएर विश्वकिर्तिमान

दुनियामा किर्तिमान राख्ने तरिका पनि फरक फरक हुन्छन् । जापानीहरुले हालै एक अनौठो किर्तिमान कायम गरेका छन्, सबैभन्दा धेरै हिउँमान्छे बनाएर ।
उत्तरपश्चिमी जापानको लियामा सहरमा स्थानीय मानिसहरुले एक घण्टामा १५ सय ८५ वटा हिउँमान्छे बनाएर नयाँ विश्वकिर्तिमान दर्ज गरेका क्योदो न्युज एजेन्सीले जनाएको छ ।
झण्डै १६ सय हिउँमान्छे बनाउन ६ सय ३० जना मानिसहरु खटिएका थिए ।
सहरमा परेको व्यापक हिमपातको मौका छोपेर स्थानीय मानिसहरुले हातैले हिउँका मानव आकृति बनाएर किर्तिमान कायम गरेका हुन् । उनीहरुले निर्माण गरेका ती हिममानव हरेकको उचाइ कम्तिमा ३ फिट थियो भने अनुहारको प्रष्ट आकृतिका साथै गहनायुक्त पाखुराहरु थिए ।
यो सँगै केही दिन अघि मात्र हिउँमान्छे निर्माणमा क्यानडाले कायम गरेको किर्तिमान भंग भएको छ । यो महिनाको सुरुमा क्यानाडाको ओटावामा मानिसहरुले एक घण्टामा १२ सय ९९ वटा हिउँमान्छे बनाएका थिए ।
त्यसअघि सन् २०११ मा अमेरिकामा एक घण्टामा १२ सय ७९ वटा हिउँमान्छे बनाइएको थियो । क्यानडामा बनाइएका हिउँमान्छेको किर्तिमानलाई गिनिज बुकले औपचारिक मान्यता नदिइसकेको हुँदा अहिलेसम्म गिनिज बुकमा उक्त किर्तिमान अमेरिकाकै नाममा थियो । तर अब भने जापानले उक्त किर्तिमानको ताज पहिरिएको छ ।
जापानको लियामा सहरमा हरेक वर्ष हुने हिमपातको मौसममा हिउँ महोत्सव नै हुने गर्छ ।
उक्त अवसरमा हिउँका ठूला ठूला मूर्ति नै बनाउने गरिन्छ । यो पटक भने हिउँ महोत्सवकै अवसर पारेर सहरवासीहरुले किर्तिमानी काम गरे ।
हिउँमान्छे बनाउने कार्यक्रममा आफ्ना अभिभावक सँगै सहभागी भएका ८ वषर्ीय इचिगा ओगुचीले भने, ‘हिउँ खेलाउँदा जिउ कठ्यांगि्रएर निकै गाह्रो त भएको थियो तर निकै रमाइलो भयो । हामीले विश्वकिर्तिमान कायम गर्न सकेकोमा म निकै खुसी छु ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.