सेक्सका भ्रम

सामान्यतः सेक्सका तीन रुप हुन्छन् : पार्टनरसंग सेक्स, हस्तमैथुन र नाइट फल । यदि पार्टनरसंग सेक्स गरिएको छ भने वीर्य बाहिर निस्कन्छ । सेक्स भएको छैन भने हस्तमैथुनको माध्यमबाट वीर्य बाहिर निस्कन्छ । यदि कुनै मानिस यी दुवै तरिका अपनाउँदैन भने नाइटफलका माध्यमबाट वीर्य बाहिर आउँछ । वीर्य सात दिन, चौबिसै घण्टा निर्माण हुन्छ । वीर्य निर्माण हुने र निस्कने क्रम चलिरहन्छ । हस्तमैथुन गर्दा कुनै पनि शारीरिक या मानसिक कमजोरी हुँदैंन । लिंग जतिपटक उत्तेजित हुन्छ, उतिपटक हस्तमैथुन गर्न सकिन्छ । यसको कुनै सीमा हुँदैंन । हस्तमैथुन र कपाल झर्नु, आँखा कमजोर हुनु, तौल कम हुनु तथा नपुंसकताजस्ता कुरा बीच कुनै सम्बन्ध हुँदैंन । हस्तमैथुनबाट वीर्यको गुणस्तरमा कुनै असर पर्दैन, यसको रंग परिवर्तन हुँदैंन र पातलो पनि हुँदैंन । हस्तमैथुनबाट लिंगको आकारमा कुनै परिवर्तन हुँदैंन । यसबाट लिंग टेढो हुने, पातलो हुने र नसा देखिने भन्ने जस्ता कुराहरु भ्रम हुन् । केही मानिसहरु हस्तमैथुन गर्नेबित्तिकै कमजोरी महसुस भएको बताउने गर्छन्, तर, यो मात्र मनको भ्रम हो । हस्तमैथुन एड्स तथा बलात्कार रोक्ने राम्रो तरिका हो । कामसूत्र या आयुर्वेदमा कतै पनि हस्तमैथुन रोग हो भनेर लेखिएको छैन । 
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.