
यसपालीको कार्यक्रममा नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा, मुकेश ढकाल र मेलिना मानन्धर, निता ढुंगाना र आमेश भण्डारी, दीलीप रायमाझी र उनकी श्रीमति मञ्जु रायमाझीले क्याटवाक गर्ने भएका छन् ।
भ्यालेन्टाईन अर्थात प्रेमदिवसको अवसरमा गरिने कार्यक्रममा प्रेममा सफल भएका जोडीलाई र्याम्पमा प्रस्तुत गर्न लागेको आयोजक संस्थाको भनाई छ ।कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर, नन्दिता केसी, सञ्चिता लुईटेल, फोटोग्राफर राजभाई सुवाल र मोडल प्रशान्त ताम्राकार विषेश अतिथिका रुपमा सहभागी हुनेछन् ।
कायरा बुटिकको प्रस्तुति रहेको कार्यक्रमको कोरीयोग्राफी धिरज तण्डुकारले गर्ने छन् । कार्यक्रममा रोजिना श्रेष्ठको फेशन डिजाईन समावेश हुनेछ । उक्त संस्थाले बिगत १२ वर्षदेखि भ्यालेन्टाईनको अवसरमा कार्यक्रम गर्दै आएको छ । यो वर्ष केही चर्चित जोडीहरुलाई सहभागी गराएर कार्यक्रमलाई विषेश बनाउन खोजेको तण्डुकारले बताए ।

फेशन शोहरुमा सेलीब्रेटीलाई विषेश स्थान दिंदै आएको कायरा बुटिकले नेपालमा विभिन्न समयमा फेशन शो गर्दै आएको छ । केही महिना अघि पोखरामा बृद्धाश्रमको सहयोगार्थ हङकङमा फेशन शो गरेको थियो । फेशन शो कै लागि अव युके जाने तयारीमा रहेको रोजिनाले बताईन् ।