पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
क्राइस्ट चर्चमा पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले दिनेश रामदीन र लिन्डल सिमोन्सको अर्धशतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।
वेष्टइण्डिजले अन्तिम १० ओभरमा मात्र ११५ रन जोडेको थियो । आन्द्रे रुसेलले मात्र १२ बलमा तीन चौका र चार छक्काको मदतमा ४० रन बनाए ।

डरेन ब्राभो ४९ रनमा रिटायर्ड हट भए भने मार्लोन श्यामुअलले ३८ रन जोडे । पाकिस्तानले पाँच क्याच छाडेको थियो, जसको वेष्टइण्डिजका ब्याट्सम्यानहरुले भरपुर फाइदा उठाए ।
ऐले छ ओभरको समाप्तिमा चार विकेट गुमाएर आठ रन लिदै पखिस्तान ब्याटिंग गर्दै।