सँगै खाउ अनि आ-आफ्नो घर जाउ , कण्डम बाँडेर सरकारले भन्यो

थाइल्याण्डका धेरै नवयौवना जोडीहरुको लागि भ्यालेन्टाइन डे सेक्सको पहिलो अनुभव गर्ने दिनको रुपमा रहँदै आएको छ । तर यो पटक भने यौनको स्वाद चाख्ने तयारीमा रहेका युवा युवतीहरुलाई मन्दिर दर्शन गर्न जान अपिल गरियो ।
यसका साथै राजधानी बैंककमा स्वास्थ्यकर्मीहरुले अस्पताल तथा क्लिनिकहरुमा सित्तैमा कण्डम वितरण गरे । भ्यालेन्टाइन डे बाट सुरु भएको निशुल्क कण्डम वितरणको यो अभियान अन्तरगत थाइल्याण्डमा यो वर्ष निशुल्क रुपमा ३५ लाख गोटा कण्डम वितरण गरिनेछ । त्यो परिमाणका कण्डमको मुल्य झण्डै डेढ करोड रुपैयाँ पर्छ ।
किशोरावस्थाको गर्भाधारण निकै उच्च दरमा वृद्धि हुन थालेपछि यस्तो निशुल्क कण्डम वितरणको उपाय अपनाइएको हो, त्यो पनि भ्यालेन्टाइन डे जस्तो रंगिलो दिनको अवसर पारेर ।
किशोरावस्थाको गर्भाधारणको मामिलामा विश्वका अन्य देशभन्दा अगाडि रहेको थाइल्याण्डमा वर्षेनी हरेक १ हजार जनामा ५४ जना युवतीहरु १५ देखि १९ वर्षको उमेरमा आमा बन्दछन् । सन् २०१४ मा बैंककमा देखिएका १ हजार ८२४ जना एचआइभी संक्रमित मध्ये ५५.४ प्रतिशत मानिस २५ वर्षभन्दा कम उमेरका थिए ।
सेक्स पर्यटनका लागि समेत कुख्यात रहेको थाइल्याण्डमा किशोर किशोरीहरुमा सानै उमेरदेखि नै असुरक्षित यौन क्रियाकलापमा सहभागी हुने तथा किशोरीहरुले गर्भाधारण गरी बच्चा जन्माउने दर बढिरहेको र भ्यालेन्टाइन डे का अवसरमा यस्तो कार्य झनै चरम सीमामा पुग्ने देखिएपछि त्यहाँको संस्कृति मन्त्रालयले एक नाराको प्रतिपादन गरेर अभियान नै चलायो । त्यो नारा थियो, भ्यालेन्टाइनको दिन केवल भोजन मात्रै ।
प्रेमजोडीहरुका लागि सरकारको आग्रह थियो, भ्यालेन्टाइन डे का दिन सँगै भोजन गर अनि सुरुक्क आफ्नो घरतिर जाउ । तर जसले यहीँ दिन विवाह बन्धनमा बाँधिन चाहन्छन् उनीहरु भने भोजनपछि यौनकार्यमा सहभागी हुन कुनै निरुत्साहन गरिएन ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.