मानव लिंगबाट भव्य स्वागत

मानव समाजमा अचम्मका प्रचलन हुँदारहेछन् । भुटानको पुनाखा गाउँमा पुग्दा यो साता अनौठो दृश्य देखियो । यो गाउँमा प्रत्येक घरका भित्तामा मानव लिंगको आकृति देख्न पाइयो ।
बाटैदेखि लिंगबाटै स्वागत गरिने यो गाउँमा मानव लिंगको पूजा गर्नका लागि मन्दिरसमेत बनेको छ । छिमिलाखाङ मन्दिरमा बुद्धको मूर्तिसँगै मावल लिंगको प्रतिमा राखिएको छ ।
भुटानको सोप्सोखा गाउँका सबै घरमा लिंगको चित्र बनाएको देखिन्थ्यो । परापूर्वकालमा लिंगबाट पिच्किरी हानेर राक्षसहरु भगाएको किम्बदन्ती स्थानीय सुनाए ।
घरघरमा लिंगको चित्र बनाएको देख्दा बाहिरबाट जानेहरुलाई केही असहज र लाज लागेजस्तो महसुस हुन्छ । होटल तथा पसलको काउन्टरमा समेत लिंगै लिंग राखेको देखिन्छ । यहाँका स्थानीयलाई भने यो सामान्यजस्तै भइसकेको छ ।
यहाँका पसलमा काठबाट बनाएका लिंग बिक्री गर्न राखिएको थियो । त्यहाँ पुग्नेहरुले लिंग किनेर घर लैजाने गरेको गाइड दोर्जीले बताए । स्थानीय एक पसलेका अनुसार उनको पसलबाट दैनिक २०/२५ वटासम्म लिंग बिक्री हुने गरेको छ ।
न्यूनतम दुई सयदेखि दुई हजार गुल्टनसम्मका लिंगहरु बिक्रीमा राखिएको थिए । कतिपय लिंगलाई चाबी राख्ने झुत्तोसमेत बनाएर बिक्री गरेको देखिन्थ्यो । नेपालीहरु लिंग देख्दै लजाउने गरे पनि विदेशीहरुले चाहिँ लाज नमानी लिंग किनेर लैजाने गरेको देखियो ।
छिमिलाखाङ मन्दिर पुनखा बजारबाट १० किलोमिटरको दुरीमा रहेको भने सोप्सोखा गाउँबाट १५ मिनेट हिँड्नुपर्छ ।
निसन्तानलाई सन्तान लाभ विश्वास
भुटानकै मानिने चर्चित यस मन्दिरमा गएर पुजा गरेमा छोराछोरी हुने विश्वास गरिन्छ । यहाँ पुरुषको लिंगलाई भगवानसरह पूजा गरिन्छ । बिधिपूर्वक लिंग पुजा गरेपछि छोराछोरी प्राप्त हुने भिक्षुहरु दाबी गर्छन् ।
बुद्धिष्ट संस्कृतिअनुसार लिंगको पूजा गर्न लामा डुक्पा किन्लेले सुरु गरेको नोर्बु भुटान ट्राभलका गाइड तेन्दिन दोर्जीले जानकारी दिए । पछि १५औं शताब्दीमा यहाँ न्गाङ चोयग्येलले मन्दिर बनाएका थिए ।
छोराछोरी नहुनेहरुको यस मन्दिरमा भिड लाग्ने गरेको पूजारीले बताए । नेपाली पत्रकारको टोली मन्दिरमा पुग्दा भुटानी र विदेशीहरु धमाधम लिंगको पूजा गरिरहेका थिए ।
एक जापानी दम्पत्तीले यहाँ पूजा गरेपछि पुत्रलाभ भएको बताए । उनीहरुले लामो समय सन्तान नभएपछि यहाँ आएर पुजा गरेपछि सन्तान प्राप्त गरेको बताए ।
गाइड दर्जीका अनुसार स्वदेशबाट मात्र नभई विदेशबाट समेत उत्तिकै संख्यामा दशनार्थी लागि आउने गर्छन् । दोर्जीले नेपाली पत्रकारको टोलीलाई समेत सन्तान नभए छिमिलाखाङ आउन सल्लाह दिए ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.