सीमाको अनुगमन

नेपाल र भारतका सीमावर्ती जिल्लाका अधिकारीले आगामी महिनामा दुई देशबीचको सीमा क्षेत्र अनुगमन गर्ने भएका छन् ।
संयुक्त टोलीले सीमाको अनुगमन गर्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिए । सीमाको विषयमा केही दिनअघि सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाका अधिकारीको बैठकले सो निर्णय गरेको प्रजिअ विकेले बताए ।
चितवनको वाल्मिकीमा रहेको ४८५ नम्बरको सीमास्तम्भबाट उक्त अभियानको सुरुआत गर्न लागिएको हो । उक्त टोलीले सीमा स्तम्भको अध्ययन, पुनःनिर्माण र दशगजा क्षेत्रको अतिक्रमणको समेत अध्ययन गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
चितवनको वाल्मिकी आश्रम, माडीको, सोमेश्वर क्षेत्र चितवनको सीमा क्षेत्र हो । वीरगन्ज, नवलपरासी, पूर्वी नेपाल र पश्चिम नेपालका विभिन्न क्षेत्र भारतसँग सिमाना जोडिएका छन् ।
उक्त क्षेत्रमा पटकपटक सीमा मिचिएको र भारतीय सुरक्षा अधिकारीहरूबाट ज्यादती भएको भन्ने समाचार बेलाबेलामा बाहिर आइरहेको छ । त्यसैले वास्तविक अवस्था पत्ता लगाउन अनुगमन गर्ने निर्णय भएको प्रजिअ डा विकेले बताए ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.