चेल्सीको सात अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सात अंकको अग्रता कायम गरेको छ ।
शनिबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटी हल सिटीसँग १–१ को बराबरीमा रोकिँदा चेल्सीले एस्टनभिल्लाई २–१ ले पराजित गर्यो  ।
जितसँगै लिग लिडर चेल्सी २४ खेलबाट ५६ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको सिटीको ४९ अंक छ ।
भिल्ला पार्कमा भएको खेलमा चेल्सीले आठौं मिनेटमा इडेन हजार्डको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै एस्टनभिल्लाले बराबरी गोल फर्कायो ।
तर, ६६ औं मिनेटमा इभानोभिचले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र चेल्सी २–१ ले विजयी भयो ।
अर्को खेलमा सिटी भने अन्तिम मिनेटमा मिल्नरले गरेको गोलको मदतमा हलसँग हारबाट जोगिएको थियो । ३५ औं मिनेटमा गोल खाएको सिटीका लागि मिल्नरले अतिरिक्त समयमा बराबरी गोल गरे ।
शनिबार राति नै भएको खेलमा साउथह्याम्पटनले क्यूपीआरलाई १० ले पराजित गरेको छ । जितपछि  साउथह्याम्पटन ४५ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.