आइफोनयी निः शुल्क एप चलाउनुस्, अनि दंग पर्नुस्


आइफोनले सामान्यतयाः दैनिक जिवनलाई आबश्यक पर्ने केही महत्वपूर्ण एप पहिले नै इन्स्टल गरिदिएको हुन्छ जसलाई आधिकारिक वा फस्ट पार्टी एप पनि भनिन्छ ।
तर, आइफोनले जुनजुन एप इन्स्टल गरेको हुन्छ ती सवैभन्दा उत्कृष्ट र प्रयोगमैत्री हुन्छन भन्ने छैन् । कन्ट्याक्ट, फोटो, क्यालेन्डर, म्याप, म्युजिक आदि आधिकारिक एपमा कतिधेरै सुधार जरुरी छ भन्ने तपाईले त्यस्तै अन्य एप चलाएपछि मात्र पत्तो पाउनुहुनेछ । एपस्टोरमा यस्ता दर्जनौं एप छन जो आइफोनमा इन्स्टल गरिएका भन्दा निकै उत्कृष्ट छन र निःशुल्क डाउनलोड गर्न पाइन्छ ।
आज हामी तपाईलाई यस्ता १० महत्वपूर्ण एपबारे जानकारी दिँदैछौं जसले तपाईको आइफोन प्रयोगको अनुभवलाई अझै आनन्दमयी बनाइदिने छ ।
१. मेलको सट्टा माइक्रोसफ्ट आउटलुक चलाउनुहोस्
इमेल प्राप्त गर्न वा पठाउन तपाईको आइफोनमा ‘मेल’ एप इन्स्टल गरिएको हुन्छ । तर, मेल एपभन्दा धेरै सुबिधा सहज तरिकाले प्रयोग गर्न चाहानुहुन्छ भने हालैमात्र सार्वजनिक भएको माइक्रोसफ्टको आउटलुक एप इन्स्टल गर्नुहोस् । यो नै अहिलेसम्मको सवैभन्दा अत्याधुनिक, प्रयोग गर्न सजिलो र धेरै सुबिधा भएको इमेल एप हो ।

२. क्यालेन्डरको सट्टा सनराइज चलाउनुहोस्
हुन त आइफोनमा पहिले नै क्यालेण्डर एप इन्स्टल हुन्छ । तर, तपाईँ त्योभन्दा उन्नत क्यालेन्डर एपको खोजीमा हुनुहुन्छ भने सनराइज एप चलाउनुहोस् । तपाईं यसमै रिमान्डर राख्न सक्नुहुन्छ, तपाईको लोकेसनअनुसार मौसम पूर्वानुमानको सूचना पाउन सक्नुहुन्छ र बिभिन्न कार्यक्रमका आयोजकहरुलाई प्रत्युत्तर पठाउन सक्नुहुन्छ । यो एप हालैमात्र माइक्रोसफ्टले खरिद गरिसकेको छ ।

३. नोट्सको सट्टा इभरनोट चलाउनुहोस्
एप्पलमा पि्रइन्स्टल भएको नोट निकै साधारण छ । यसमा बिभिन्न प्रकारका नोट सिर्जना गर्न र ट्याग गर्न सकिन्न । तर, इभरनोटमा तपाईले ट्यागको प्रयोग गरी सवैखाले नोटलाई बिषयवस्तुअनुसार एकतृत गर्न सक्नुहुन्छ, तस्वीर वा अक्षर कुनै पनि माध्यमबाट नोट सिर्जना गर्न सक्नुहुन्छ । यदि तपाईले कुनै डकुमेन्टको तस्वीर खिच्नुभयो र नोटमा अपलोड गर्नुभयो भने पीडीएफ फम्र्याटमा पनि सर्च गर्न सक्छ ।

४. म्यापको सट्टा गुगल म्याप चलाउनुहोस्
हुन त एप्पल यतिखेर म्याप एपमा भएका कमजोरी सुधार गर्ने अभियानमा लागिरहेको छ । तर पनि नयाँ भर्सनको म्याप एप नआउन्जेल तपाईले गुगल म्यापबाट राम्रो सेवा लिन सक्नुहुन्छ । संसारका जुनसुकै स्थानको सवैभन्दा डिटेल र सही डाटा पस्किने भएकाले गुगलको म्याप एप अन्य कुनै पनि म्याप एपसँग तुलनै हुन सक्दैन् ।

५. कन्ट्याक्ट्सको सट्टा हुमिन चलाउनुहोस्
एप्पलको कन्ट्याक्ट एपमा निकै बर्षदेखि कुनै परिवर्तन भएको छैन् । जसले गर्दा एन्ड्रोइड वा विन्डोज अपरेटिङ सिस्टमको कन्ट्याक्टका तुलनामा निकै साधारण र पुरानो लाग्छ । तपाईको फोनमा सेभ भएका मानिसको नाम त हुन्छ तर त्यो केसँग सम्बन्धित छ, तपाईले त्यसलाई कसरी भेटनुभयो लगायतका सूचना एप्पल कन्ट्याक्टमा पाइन्न । तपाईले ढिला नगरी हुमिन एप इन्स्टल गर्नुहोस् र कन्ट्याक्ट एपमा कति सुबिधा लिन पाइन्छ भन्ने कुराको आनन्द लिनुहोस् ।

६. म्युजिकको सट्टा स्पोटिफाइ चलाउनुहोस्
आइफोन प्रयोगकर्ताले सवैभन्दा धेरै चलाउने एप हो म्युजिक एप । यो एप कति रुख्खासुख्खा छ भन्ने कुरा तपाईले स्पोटीफाई एप प्रयोग गर्नुभयो भने थाहा पाउनुहुने छ । तपाईले म्युजिक एपमार्फत कलाकार, बिधा, गीत र एल्बमअनुसार सर्च त गर्न सक्नुहुन्छ तर आइट्युन्सको सिमितताभित्र । यसको ठिक बिपरित स्पोटीफाइमा भने तपाईले कल्पना गर्ने धेरैजसो म्युजिकमा पहुँच दिन्छ, कुनकुन गीत चलिरहेका छन भन्ने गीतबारे पनि जानकारी दिन्छ । यस्तै अफलाइन सुन्नका लागि गीत डाउनलोड पनि गर्न सक्नुहुन्छ ।

७. वेदरको सट्टा याहु वेदर चलाउनुहोस्
आइफोनमा पि्र इन्स्टल भएको मौसम बताउने एप निकै साधारण छ । तर, तपाईले याहु वेदर एप ट्राइ गर्नुभयो भने बेग्लै अनुभुति गर्नुहुनेछ । हेर्दा निकै आर्कषक यो एपमा प्रयोगकर्तालाई सजिलो हुने बिभिन्न सुबिधा राखिएको छ ।
८. सफारीको सट्टा मर्करी चलाउनुहोस्
सफारी एप्पललको डिफल्ट ब्राउजर हो । पछिल्लो समयमा आइफोनको बिक्रि बढेसँगै सफारी ब्राउजरको लोकप्रियता पनि बढ्दै छ । तर, सफारीका सिमितता त्यतिबेला थाहा पाउनुहुन्छ जब तपाईले मर्करी ब्राउजर एप चलाउनुहुन्छ । मर्करीले फायरफक्स र क्रोममा बुकमार्क गरिएका डाटा एकतृत मात्र गर्दैन ब्याकग्राउन्ड थिमको छनौट र स्त्रिmनसट गर्ने सुबिधा पनि छन् । यसले बिज्ञापन ब्लक गर्नुका साथै प्राइभेट ब्राउजिङ सुबिधा पनि उपलब्ध छ ।
९. हेल्थको सट्टा माइ फिटनेस पल चलाउनुहोस्
एप्पलको हेल्थ एपभन्दा धेरै अर्थमा उपयोगी छ माइफिटनेस पल एप । यसले अन्य ६० वटाभन्दा बढी फिटनेस ट्रयाकिङ डिभाइससँग काम गर्न सक्छ, तपाईको डाइटको मात्रा बताइदिन सक्छ । तपाईका उपलब्धि तत्कालै सामाजिक संजालमा सेयर गर्ने सुबिधा पनि छ । समग्रमा यो एप हेल्थ एपको सवैभन्दा उत्कृष्ट स्वरुप हो ।

१०. पेजेजको सट्टा माइक्रोसफ्ट वर्ड चलाउनुहोस्
कुनै पनि डकुमेन्ट पढ्न तपाईले माइक्रोसफ्ट वर्ड प्रयोग गर्नुहुन्छ । तर आइफोनमा वर्ड फाइल पढ्न त्यति सजिलो थिएन जतिबेलासम्म माइक्रोसफ्टले एप्पलका लागि फ्रि भर्सन ल्याएको थिएन् ।  हुन त एप्पलको पेजेज एपले पनि वर्डले जस्तै काम गर्छ । तर, माइक्रोसफ्टले ल्याएको वर्ड एपले आफ्नो लामो समयदेखिको बिज्ञता सानो साइजको मोबाइलमा पनि पुष्टी गरेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.