पेरिसलाई विश्वको रोमान्सको राजधानी भनिन्छ । तर प्रेम र खुसीको हिसाबले विश्वमा कुन देशका जनता एक नम्बरमा होलान् ? एक अध्ययनले प्रेम र खुसीको मामिलामा स्पेन सबैभन्दा अगाडि रहेको देखाएको छ ।
स्पेनीहरुले भाइबरमार्फत सबैभन्दा धेरै प्रेम सम्बन्धि सन्देश पठाउने गरेका छन् । भाइबरमा प्रेम सन्देश पठाउने मामिलामा स्पेनिस पछाडि फ्रेन्चहरु दोश्रो स्थानमा रहेका छन् । इटालियनहरु तेश्रो र जापानीहरु चौथो स्थानमा रहेको देखिएको छ ।
साथै एक छुट्टै अध्ययनले स्पेनिस भाषा सबैभन्दा बढि खुसीपूर्ण तथा सकारात्मक भाषा रहेको देखाएको छ ।
भाइबरका अनुसार गएको वर्ष सन् २०१४ मा स्पेनिसहरुले प्रेमसँग सम्बन्धित स्टिकरहरु भाइबरमार्फत सबैभन्दा धेरै पठाए । यस्ता स्टिकरमध्ये चुम्बन गरिरहेका जोडीको स्टिकर सबैभन्दा धेरै लोकपि्रय बन्यो ।

शोधकर्ताहरुले विश्वका सबैभन्दा लोकपि्रय १० भाषाहरुका अरबौँ भाषाहरुको डाटावेसका आधारमा अध्ययन गरेका थिए । त्यसक्रममा हरेक भाषाका सबैभन्दा बढि प्रयोग गरिने सकारात्मक र नकारात्मक शव्दहरुको सूचि तयार गरियो । उक्त सूचिबाट के तथ्य पत्ता लाग्यो भने स्पेनिस भाषामा सबैभन्दा बढि सकारात्मक तथा खुसी सूचक शव्दहरुको प्रयोग हुने गरेको छ ।
स्पेनिस पछि सबैभन्दा खुसी भाषाको दोश्रो स्थानमा पोर्चुगिज भाषा परेको छ । अंग्रेजी तेश्रो, इण्डोनेसियाली भाषा चौथो, प|mेन्च पाँचौ, जर्मन छैटौँ स्थानमा छन् । त्यसपछि अरेबिक, रुसी, कोरियन र चिनिया भाषा रहेका छन् ।