मान्छेको जस्तै अनुहार भएको सुँगुर

चीनको नानिंगस्थित यानान क्षेत्रका बासिन्दा ताओ लु ले आफ्नो घरमा पालेको सुँगुरले मान्छेको जस्तै अनुहार भएको पाठो जन्माएको छ । अझ अनौठो कुरा त के भने उक्त सुँगुरको बच्चाको मान्छेको जस्तै अनुहारको माथिल्लो भागमा पुरुषको गुप्तांग जस्तै आकार पलाएको मिरर अनलाइनले जनाएको छ ।
सुँगुरले पछिल्लो बेतमा पाएका १९ जना बच्चा मध्ये १८ वटा सामान्य थिए । तर जब अन्तिममा १९ औँ बच्चा जन्मियो, तब ताओ आश्चर्यमा परे । उक्त सुँगरको अनुहार मान्छेको जस्तो मात्र थिएन निधारमा लिंग समेत पलाएको थियो ।
मान्छेजस्तै अनुहारको भएपछि किसान ताओको घरमा सुँगुरको बच्चा हेर्नेको भिड लागेको छ । उक्त विचित्र सुँगरलाई किन्नको लागि मानिसहरुले मोटो रकमको प्रस्ताव गरेको ताओले बताएका छन् ।
जन्मिँदा जिउँदै रहेको उक्त पाठोलाई उसको आमाले स्याहार गरेन । उक्त बच्चाले बोतलको दुध पनि नखाएपछि केही समयमै सुँगरको अनौठो पाठो मरेको थियो ।
सुँगरको त्यो अनौठो पाठो मरेपछि किसान ताओलाई चिन्ता लागेको छ । आफुलाई उक्त सुँगुर किन्नेहरुले राखेका प्रस्तावहरु सम्झिदा उनलाई ठूलै मौका गुमेजस्तो लाग्छ । यदि उक्त सुँगुर जिउँदै रहेको भए र आफुले त्यसलाई बेच्न पाएको भए जिन्दगीभर सुँगुर पालेर कमाउने रकम सोही सुँगुरको एउटा पाठोबाटै एक झट्कामा कमाउन सक्ने सपना तुहिएको छ उनको ।
तर उनको आशा अझै मरेको छैन । उक्त अनौठो सुँगुरको बच्चालाई प्रदर्शनीमा राखेर पर्यटक आकषिर्त गरी धन कमाउने लक्ष्य उनको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.