सालीसँग सल्किने लार्इ श्रीमतीले यसरी बनाइन् नांगेझार

आफुलाई धोका दिएर आफ्नै जुम्ल्याहा बहिनी अर्थात् सालीसँग रोमान्स गरिरहेका लोग्नेमाथि एक महिलाले अनौठो तथा भयानक तरिकाले बदला लिएकी छिन् । आफ्नो धोकेबाज लोग्ने र भिनाजुसँग सल्किएकी जुम्ल्याहा बहिनीलाई उनले कार पार्किङमा सर्वांग नांगेझार पारेर सजाय दिएकी छिन् ।
घटना चीनको सुझोउ सहरको हो । २९ वर्षकी टिंग सु नामकी युवतीले आफ्नो लोग्ने र बहिनी अर्थात् सालिभेना कहाँ छन् भन्ने कुरा पत्ता लगाउन मोबाइल फोन ट्रयाकरको प्रयोग गरिन् । त्यसपछि उनले आफ्नो ३० वर्षीय लोग्ने चेंग र बहिनीलाई भूमिगत कार पार्कमा यौनकार्यमा व्यस्त रहेको अवस्थामा रंगेहात फेला पारिन् ।
लुगा फुकालेर कारभित्रै सेक्समा व्यस्त सालिभेना टिंगलाई देख्ने बित्तिकै अताल्लिए । टिंग चिच्याएर गाली गर्न थालेपछि दुबैजना नांगै गाडिबाट निस्किएर दौडिएर लुक्न थाले । केही छिनपछि टिंग फर्किने र आफुहरुले कारभित्र रहेका कपडा लगाएर निस्कन पाउने आशामा रहेका सालीभेनालाई बित्यासै पर्यो जब टिंगले लुगाफाटो भएको कार भित्र छिरेर ढोका लगाइन् र कार कुँदाउन थालिन् ।
कारको ढोकामा मुड्की बजारेर चेंगले श्रीमतीलाई ढोका खोल्न भने । तर धोकेवाज श्रीमानसँग रिसले आगो भएकी टिंगले कारको ढोका खोलिनन् । वरपर जम्मा भएका धेरैले यो दृश्यलार्य रोचक मानेर हेरे र आफ्नो फोनमा दृश्य समेत कैद गरे ।  लुगाफाटो नभएर नांगै भएका साली भेनाको निर्वस्त्र तस्वीर अनलाइनमा भाइरल बनेको छ ।
समाचार अनुसार सालिसँग सल्किएको आफ्नो लोग्ने विरुद्ध टिंगले सम्बन्ध विच्छेदको मुद्दा हालेकी छिन् । श्रीमती टिंगले जुम्ल्याहा बच्चा जन्माएदेखिन् लोग्ने चेंग श्रीमतीकी जुम्ल्याहा बहिनीसँग सल्किएको बताइएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.