नेपाल वायुसेवा निगमद्वारा पुनः भारतको नयाँ दिल्ली उडान सुरु

नेपाल वायुसेवा निगमले फागुन 13 गतेदेखि भारतको राजधानी नयाँ दिल्लीमा उडान पुनः सुरू गर्ने भएको छ। विमानको कमीले नयाँ दिल्ली उडान स्थगित गरिएको थियो। हाललाई नया दिल्लीको उडान हप्ताको चारदिन सोमबार, बुधवार, शुक्रबार र शनिवार हुने निगमले जनाएको छ।
उक्त उडान बिहान 8 बजे काठमाडौंबाट नयाँ दिल्लीका लागि र 10:40 बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि हुनेछ। एयर बस 320 नयाँ विमानबाट उक्त उडान गरिने निगमले जनाएको छ। विमानमा 158 सीट मध्ये 8 सीट विजिनेश क्लास र 150 सीट इकोनोमी क्लास हुनेछन्।
सेतोपाटी अनलाईनका अनुसार हाल नेपालीहरुका लागि कर सहितको एकतर्फी भाडा 7 हजार 84 रुपैयाँ र दुईतर्फी भाडा रु 15 हजार 1 सय 77 रुपैया निर्धारण गरिएको निगमले जनाएको छ। यसैगरी बैंकक र हङ्गकङ्गमा पनि एयरबस 320 बाट सेवा सुरू गर्ने निगमले जनाएको छ। यसबाट उडानको नियमितता हुनुका साथै विश्वसनीयता समेत बढ्ने छ।
यसैवीच निगमले यात्रुहरुको सुविधालाई ध्यानमा राखी काठमाडौं क्वालालम्पुर उडानको एकतर्फी नयाँ भाडा (कर वाहेक) रु 14 हजार कायम गरेको छ।  
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.