सेक्सका १० फाइदा

१. तनाब कम, सही रक्तचाप सेक्सले तपाईंलाई कम तनाब महसुस हुन्छ र रक्तचापलाई पनि सही ठाँउमा राख्न मद्दत गर्छ । स्कटल्यान्डमा २२ पुरुष र २२ जना महिलामा गरिएको अध्ययनले देखाएअनुसार जसले यौन सम्पर्क गरेका थिए उनीहरूले तनावलाई सहजै सामना गरेका थिए । यौन सम्पर्क नगरेकाहरूलाई भने रक्तचाप र तनाबको समस्या देखिएको थियो । २. रोगसँग लड्ने क्षमता वृद्धि हप्ताको एक पटक वा दुई पटक यौन सम्पर्क गर्दा एक प्रकारको एन्टिबडी उत्पादन हुने गरेको पाइएको छ । सेक्स गर्नाले ‘इम्युनोग्लोबिन–ए’ नामक उक्त एन्टिबडीको उत्पादन बढी मात्रामा हुने गरेको पाइएको हो । यसले रुघाखोकी र अरू संक्रमणबाट बचाउँछ । ३. क्यालोरी जलाउन मद्दत तीस मिनेटको सेक्सले ८५ क्यालोरी जलाउन मद्दत गर्दछ । तसर्थ सेक्सलाई राम्रो व्यायामका रूपमा पनि लिने गरिएको छ । ४. मुटु स्वस्थ राख्न बेलायतमा गरिएको २० वर्षे लामो अध्ययनले हप्ताको दुई वा सोभन्दा बढी सेक्स गर्ने मान्छेलाई हृदयघात हुने सम्भावना कम हुने देखाएको छ । अध्ययनले भन्छ, महिना वा त्यो भन्दा नि लामो समयमा सेक्स गर्नेको भन्दा हप्तामा दुई वा सोभन्दा बढी सेक्स गर्नेलाई हृदयघातको सम्भावना आधा कम हुन्छ । ५. आत्मसम्मानमा वृद्धि सेक्सले व्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सेक्स गर्ने दुई सय ३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो । ६.गहिरो प्रेम सेक्स र चरमोत्कर्सले माया र सद्भावमा वृद्धि गराउँछ । यसको कारण भनेको सेक्सका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ । ७. दुखाइ कम गर्न मद्दत अक्सिटोसिनले शरीरमा इन्डोमोर्फिन नामक हर्मोन निकाल्न मद्दत गर्छ । इन्डोमोर्फिनलाई प्राकृतिक ‘पेन किलर’ पनि भनिन्छ । टाउको दुखाइ, हड्डी वा घँुडा दुखाइ कम गर्न पनि यौन सम्पर्कले मद्दत गर्दछ । ८. धेरै स्खलनबाट प्रोस्टेट क्यान्सर हुने सम्भावना कम अनुसन्धानहरूले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको छ । ९. दह्रो पेल्भिक फ्लोर मसल महिलाहरूका लागि पेल्भिक फ्लोर मसल मजबुत बनाउन पनि सेक्सले मद्दत गर्छ । १०. राम्रो निद्रा चरमोत्कर्समा पुगेका बेला उत्पादन हुने हर्मोन अक्सिटोसिनले राम्रो निद्रा लगाउन मद्दत गर्दछ । राम्रो निन्द्राका फाइदाहरू पनि उत्तिकै हुन्छन् । 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.