साढे ९६ लाख नेपाली मोबाइलबाटै इन्टरनेट प्रयोग

नेपालमा कति मानिसले मोबाइल फोन बोक्छन् ? तीमध्ये कतिले इन्टरनेट चलाउँछन् ? यसबारे पाँच वर्षको तथ्यांक हेर्दा इन्टरनेट प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको देखिन्छ ।
तथ्यांक अनुसार मोबाइल फोन बोक्ने नेपालीहरुको संख्या बोक्ने २ करोड ३० लाख छ । यीमध्ये ९६ लाख ४९ हजार नेपालीले मोबाइलको माध्यमबाटै इन्टरनेट सेवा प्रयोग गर्न थालेका छन् । मोबाइल र अन्य माध्यमबाट १ करोड ९३ हजार जनता इन्टरनेट सेवाको पहुँचमा पुगिसकेका छन् ।
मोबाइलबाटै इन्टरनेट चलाउनेहरुको संख्या बढेपछि अन्य इन्टरनेट सेवा प्रदायकहरुको व्यवसाय धरापमा पर्न थालेको छ ।
१६ लाखबाट ह्वात्तै ९६ लाख
पाँच वर्ष पहिले अर्थात् ०६७ सालमा करिब १६ लाख नेपालीले मोबाइलबाट इन्टरनेट चलाउँथे । ०६८ मा यो संख्या ३५ लाख भन्दा माथि पुगेको थियो । ०६९ सालमा ५२ लाख नेपालीले मोबाइलबाट इन्टरनेट प्रयोग गर्न थाले । ०७० सालमा ७१ लाख भन्दा बढीले मोबाइलबाट इन्टरनेट हेर्ने गरेकोमा ०७१ मा यो संख्या ह्वात्तै बढेर ९६ लाख ४९ हजार ६ सय ८१ पुगेको छ ।
कुल इन्टरनेट प्रयोगकर्तामध्ये करिव ९६ प्रतिशत मोबाइलबाट इन्टरनेट सञ्जालमा जोडिएका छन् । मंसिर मसान्तसम्म इन्टरनेट सञ्जालमा आवद्ध भएका एक करोड मानिसमध्ये र ४ लाख ४३ हजारले मोबाइल बाहेक अन्य माध्यमबाट इन्टरनेट चलाउँछन् ।
मोबाइल बोक्ने २ करोड ३० लाख ग्राहकमध्ये करिव आधाले इन्टरनेट सेवा पनि लिइरहेका छन् । स्मार्टफोनको प्रयोग बढेसँगै मोबाइलमा इन्टरनेट चलाउने ग्राहकको संख्या बढ्न थालेको हो ।
मोबाइलबाहेक अन्य इन्टरनेट सेवा लिने घटे
मोबाइलमा मज्जाले इन्टरनेट चलाउन सकिने भएपछि टेलिकमको एडीएसएल सेवासहित अन्य इन्टरनेट सेवा प्रदायकहरुका ग्राहकहरु विस्तारै घट्दै गइरहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
मोबाइलबाहेक अन्य सेवा प्रदायक (एडीएसएल, वाइम्याक्स, वल्र्डलिंक आदि) माध्यमबाट इन्टरनेट प्रयोग गर्नेहरुको पनि संख्या बढेको छ । तर, मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेहरुको तुलनामा यो संख्या निकै सानो छ ।
यसरी इन्टरनेट सेवा प्रयोग गर्नेहरुको संख्या ०७१ साल मंसिरसम्म ४४ लाख नाघेको छ । जवकि ०६७ सालमा २ लाख ३७ लाखले मात्रै इन्टरनेट प्रयोग गर्थे । ०६८ सालमा यो संख्या ३ लाख पुग्यो भने ०६९ सालमा ४ लाख ८ हजार र ०७० सालमा ४ लाख ६५ हजार पुग्यो ।
मोबाइलबाटै इन्टरनेट चलाउने ग्राहक बढेपछि यसवर्ष अन्य इन्टरनेट सेवा लिनेहरु घटेका छन् ।
अन्य माध्यम भन्नाले एडीएसएल, इभिडियो, वाइम्याक्स, भिस्याट बेष्ड इन्टरनेट, केबल मोडियम, डायलअप, वायरलेस मोडियम, अप्टिकल फाइवर इथरनेट लगायतको इन्टरनेट सेवालाई बुझिन्छ ।
टेलिकमले मोबाइल इन्टरनेटसहित वाइम्याक्स, सिडिएमए एक्स, इभिडियो र डायलअप इन्टरनेट सेवा प्रदान गर्दै आएको छ भने एनसेलले मोबाइल डेटा उपलब्ध गराउँदै आएको छ ।
यसका साथै युटिएल, स्याटेलाइट टेलिकम, एसटीएम टेलिकम सञ्चार तथा अन्य इन्टरनेट सर्भिस प्रोभाइडर (वल्र्डलिंक, वेभ सर्फर, केबल जुम, स्काई नेट, क्लासिक टेक) लगायतले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् ।
तीव्र गतिमा बढ्दो इन्टरनेट क्रान्ति
मुलुकमा उद्योग धन्दा फस्टाउन नसके पनि दूरसञ्चार क्षेत्रले भने ठूलो फड्को मारेको छ । छोटो अवधिमै कुल जनसंख्याको ९८ प्रतिशत भ्वाइस सेवा र ३८ प्रतिशत इन्टरनेट सेवाको पहुँचमा पुगिसकेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म टेलिकमबाट दुई करोड ५८ लाख ७३ हजार जनताले फोन सेवा लिइसकेका छन् । देशमा निजी क्षेत्रमा मोवाइल सेवा प्रदायक पनि छन् ।
केही वर्ष अगाडि इन्टरनेट सेवा सिमित व्यक्तिहरुको पहुँचमा मात्र थियो । अत्यधिक महंगो भएको हुँदा कम आम्दानी हुनेहरु इन्टरनेटको पहुँचमा पुग्नु धेरै टाढाको कुरा थियो । तर, अहिले समय धेरै परिवर्तन भइसकेको छ ।
पछिल्लो समय इन्टरनेट सेवा अत्यावश्यक भइसकेको छ । यतिसम्म कि, केही मिनेटमात्र इन्टरनेट नभएमा सम्पूर्ण कामहरु ठप्प हुन्छन, संसार अँध्यारो भएको महशुस हुन्छ । कतिपयको काम त दिनभरि इन्टरनेटमा हुने गर्छ ।
निजीदेखि सरकारी कार्यालयसम्म धेरै कामहरु इन्टरनेटबाटै हुन थालेका छन् । विदेशमा बसेको आफन्तलाई होस् वा सोसल मिडिया चलाउने होस्, इन्टरनेट मानिसको जीवनशैली बन्न थालेको छ ।
अहिले गाउँ-गाउँमा मोबाइलबाट फेसबुक चलाउने, विदेशमा भएका आफन्तसँग इन्टरनेटबाट कुराकानी गर्ने गरेको देखिन्छ । मानौं, मोबाइल इन्टरनेटमा नेपालमा क्रान्ति नै भएको छ ।
आजभन्दा पाँच वर्ष अगाडि ०६७ मंसिर मसान्तमा १९ लाख ३ हजार जनसंख्या इन्टरनेटको पहुँचमा पुगेकोमा पाँच वर्ष पछाडि अर्थात ०७१ मंसिर मसान्तसम्म आइपुग्दा इन्टरनेट चलाउने मानिस एक करोड नाघिसकेका छन् ।
पाँच वर्ष अगाडि कुल जनसंख्याको ६.७८ प्रतिशत मानिस इन्टरनेटको सञ्जालमा आवद्ध थिए भने पाँच वर्ष पछाडि त्यो हिस्सा बढेर ३८.०९ प्रतिशत पुगिसकेको छ ।
पछिल्लो समय इन्टरनेट सेवा प्रदायकहरु हृवात्तै बढ्नु, उनीहरुबीच कडा प्रतिस्र्पाध हुनु, जसले गर्दा सेवा शुल्क घट्नु नै प्रयोगकर्ता बढ्नुको मुख्य कारण हो । प्राधिकरणका अनुसार अहिले सबैभन्दा बढी इन्टरनेटका ग्राहक नेपाल टेलिकम र एनसेलका रहेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार पछिल्ला वर्षमा मोबाइलबाट इन्टरनेट चलाउनेहरु बढेको देखिन्छ भने फिक्स्ड इन्टरनेट सेवा चलाउने ग्राहकहरु घट्दै गइरहेका छन् । यसले के देखाउँछ भने मोबाइल इन्टरनेट सेवा अन्य सेवाका लागि चुनौती बनिरहेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.