माइक्रोम्याक्स बन्यो भारतमा नम्बर एक


चिनिया बजारमा आफ्नो प्रभुत्व गुमाएको एक वर्ष नपुग्दै स्मार्टफोन निर्माता सामसुङले अर्को ठूलो एसियाली बजार तथा विश्वको तेश्रो ठूलो स्मार्टफोन बजार भारतमा समेत धक्का खानु परेको छ । भारतीय बजारमा सबैभन्दा धेरै स्मार्टफोन बिक्रि गर्न सफल हुँदै आएको सामसुङलाई स्थानीय स्र्माटफोन निर्माता माइक्रोम्याक्सले पछाडि पारेको छ ।
बजार अनुसन्धान संस्था क्यानालिसका अनुसार भारतीय बजारमा स्मार्टफोन बिक्रिको हिसाबले पहिलोपटक सस्तो मूल्यको स्थानीय ब्राण्ड माइक्रोम्याक्सले सामसुङलाई उछिनेर पहिलो स्थानमा उक्लिएको हो ।
सन् २०१४ को अन्तिम तिन महिनाको तथ्यांक अनुसार भारतीय स्मार्टफोन बजारमा माइक्रोम्याक्सले २२ प्रतिशत हिस्सा ओगटेको छ । सामसुङको बजार हिस्सा २० प्रतिशतमा झरेको छ ।
भारत विश्वको तेश्रो ठूलो स्मार्टफोन बजार हो र धेरै मोबाइल फोन प्रयोगकर्ताले सामान्य खालका फिचर फोन छाडेर पहिलोपटक स्मार्टफोन प्रयोग गर्दैछन् । भारतमा बिक्रि हुने स्मार्टफोन मध्ये चौथाइ भन्दा बढि स्मार्टफोन १ सय डलर भन्दा कम मूल्यका हुने गरेका छन् ।
फलस्वरुप फोन निर्माताहरु विभिन्न आयस्तर भएका उपभोक्तालाई सुहाउने खालका आधारभुत र सुपथ मुल्यका फोन उत्पादन गर्न तछाडमछाड गरिरहेका छन् ।
क्यानालिसका विश्लेषक रुशाभ दोषीका अनुसार स्थानीय बजारको रुचीलाई पछ्याउनु निकै महत्वपूर्ण बन्दै गएको छ । यो मामिलामा प्रतिस्पर्धी कम्पनीहरु भन्दा माइक्रोम्याक्स अगाडि देखिएको छ ।
आफ्ना फोनलाई सस्तो मूल्यका बनाउनु तथा विभिन्न खाले स्थानीय भाषाहरु समेत फोन सेटमा उपलब्ध गराउने चतुराइँ माइक्रोम्याक्सले गरेको छ । जसका कारण मध्यमवर्गीय उपभोक्ताको बाहुल्य रहेको भारतीय मोबाइल बजारमा माइक्रोम्याक्सले सफलता हात पारेको उनी बताउँछन् ।
राजधानी दिल्लीमा मुख्यालय रहेको माइक्रोम्याक्सले आफ्ना ध्वजाबाहक स्मार्टफोनहरु, क्यानभास नाइट्रो र क्यानभास ह्यु को उल्लेखनीय व्यापार गर्न सफल भएको छ । गत वर्षको अन्तिम ३ महिनामा मात्रै माइक्रोम्याक्सले भारतमा २ करोड २० लाख स्मार्टफोन बिक्रि गर्न सफल भएकेा छ । भारतीय स्मार्टफोन बजारमा माइक्रोम्याक्स र सामसुङ पछि कार्बोन र लाभा जस्तै स्थानीय ब्राण्डको दबदबा रहेको बीबीसीले उल्लेख गरेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.