यौन इच्छा दबाउँदा यस्तो असर

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । हस्तमैथुन यस्तो अवस्थामा उपयुक्त माध्यम हुन्छ ।
पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा पत्नीलाइ हस्तमैथुन गर्न लगाउने वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ ।

यौन सम्पर्क नराख्दा यौन इच्छा घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि
सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ । पुरुषका लागि सम्भोग र चरम आनन्द यौन अनुभवसँग पनि जोडिएको हुन्छ । ज्यादै कम पुरुषले मात्र सम्भोगबाट चरम आनन्द प्राप्त गर्न सक्दैनन् । तर महिलाको हकमा भने २५ प्रतिशतले चरम आनन्द लिन सक्दैनन् ।

बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउने चिकित्सकको भनाइ छ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ । चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।

धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।

अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन । स्त्रीलाई चरम आनन्द भयो वा भएन भन्ने विशेष विचार पु¥याउनु पर्छ । कुनै स्त्रीलाई एक पटकभन्दा बढी चरम आनन्दको चाहना पनि हुनसक्छ । तुलनात्मक रुपमा पुरुषलाई भन्दा स्त्रीलाई चरम आनन्दमा पुग्न धेरै समय लाग्छ ।

तर स्त्रीलाई एक पल्टको सम्भोगमै चरम आनन्द प्राप्त हुनसक्छ । त्यसैले सम्भोग क्रियामा स्त्री भन्दा पुरुष विशेष चनाखो भएर दुबैलाई मजा आउने आसन र क्रियाकलाप गर्नुपर्छ ।
सभोगमा स्त्रीले पनि पुरुषलाई हौसला दिनुपर्छ । आज मलाई खुब मज्जा भयो भन्ने शब्दले पुरुषलाई खुसी तुल्याउँछ । स्त्री पनि त्यस्तै कुरा सुन्न चाहेकी हुन्छिन् । कामुक आमा बाबुका सन्तान पनि कामुक हुन्छन् भन्ने बिभिन्न अध्ययनहरुले देखाएको छ । अर्को कुरा वातावरण र खानपानमा पनि यौन इच्छा ३३ प्रतिशत निर्भर गर्छ भनिन्छ । बाँकी दुई तिहाइ प्राकृतिक रूपमा प्राप्त हुन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.