११ वर्षीया बालिकाद्वारा झुण्डिएर आत्महत्या


तेह्रथुममा एक ११ वर्षीया बालिकाले आत्महत्या गरेकी छिन् । चुहानडाँडा गाविस बस्ने धर्मराज आचार्यकी छोरी रिचा आचार्यले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका इन्स्पेक्टर कुलप्रसाद चौधरीले जानकारी दिए । चौधरीकाअनुसार बुधबार स्कुल गएकी बालिकाले घर फर्किएपछि घरमा कोही नभएको मौका छोपी सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी हुन् । मृतक बालिकाको शवलाई अहिले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमको तयारी भइरहेको छ । बालिका स्थानीय आठराई इङ्लिस बोर्डिङ स्कूलमा कक्षा ६ मा पढ्दै आएकी थिइन् । बालिकाकी आमा पाँचथर सदरमुकाम फिदिम र बाबु हिजो मात्रै विर्तामोड गएका थिए । कक्षा ७ मा पढ्ने दाजु स्कुलबाटसँगै घर फर्किएर खाजा खान गएका बखत उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ .
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.