इमेल सेवामा एकछत्र राज गरिरहेको गुगलको ‘जीमेल’लाई चुनौती दिनेगरी यसैसाता एमेजन र माइक्रोसफ्टले बेग्लाबेग्लै घोषणा गरेका छन् ।
अमेजनले कर्पोरेट क्षेत्रका ग्राहकलाई लक्षित गर्दै इमेल सेवा थाल्ने घोषणा गरेको छ । ‘वर्कमेल’ नाम दिइएको यो इमेल सेवामा आफ्ना सहकर्मीवीच क्यालेन्डर सेयर गर्न तथा सुरक्षित मेल आदानप्रदानका लागि निकै उपयोगी हुने छ ।
अमेजनको क्लाउड कम्प्युटिङ युनिटले ल्याउन लागेको यो सेवाका लागि मासिक ४ अमेरिकी डलरबाट मूल्य सुरु हुने छ ।
यसैगरी माइक्रोसफ्टले शुक्रबारमात्रै आउटलुक मोबाइल एप्स सार्वजनिक गरेको छ । एन्ड्रोइड र एप्पल स्टोरमा उपलब्ध यो एप्सले गुगल मेललाई सिधा चुनौती दिने छ ।

आउटलुक एप्समा अन्य प्रतिस्पर्धी इमेल सेवाको एप्समा भन्दा केही रोचक र नयाँ बिशेषताहरु थपिएका छन् । ‘माइक्रोसफ्ट आउटलुक प्रिभ्यु‘ नाम दिइएको यो एप्समा फोकस्ड इमेल सेवा, क्यालेन्डर सेयर, ड्रपबक्स, वन ड्राइभ र गुगल ड्राइभबाट सहज अट्याचमेन्ट लगायतका सुबिधा रहेका छन् ।