चिकित्सा विज्ञानलाई आधुनिक सूचना प्रविधिसँग आबद्ध गर्न सकियो भने यसले आम मानिसलाई ठूलो फाइदा पूराउँछ भन्ने तथ्य पछिल्लो आविष्कारबाट प्रष्ट भएको छ ।
अमेरिकी वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसको माध्यमबाट अब मोबाइल फोनले नै एच आइ भीको परीक्षण गर्नेछ ।

यो चामत्कारिक डिभाइसको एउटा अर्को विशेषता के हो भने यसलाई कुनै संग्रहित उर्जा विनै पनि प्रयोग गर्न सकिन्छ, किनकी यो डिभाइस चल्नका लागि आवश्यक उर्जा स्मार्टफोनबाटै समेत प्राप्त हुन्छ । यो डिभाइस्लाई अडियो ज्याक जस्तै गरी स्मार्टफोनमा जोड्न सकिन्छ ।
यो डिभाइसको पहिलो परीक्षणका रुपमा रुवान्डाका ९६ जना एड्सरोगीको रगत परीक्षण गरिएको थियो । यो डिभाइसको माध्यमबाट घरमै बसीबसी अब आफ्नो रक्त परीक्षण गरी एचआइभी संक्रमण भए नभएको थाहा पाउन सकिने शोधकर्ताहरु बताउँछन् । यो उपकरणको मूल्य ३४ डलर तोकिएको छ ।