जुम्ल्याहा बच्चा जन्माए पुरुषले

चिकित्सा विज्ञानमा एक नयाँ चमत्कार भएको छ र नयाँ इतिहास रचिएको छ । एक जना पुरुषले जुम्ल्याहा बच्चा जन्माएपछि चिकित्सा जगतमा नयाँ किर्तिमान बनेको हो । टेष्टट्युब प्रविधिबाट पुरुषले जुम्ल्याहा बच्चा जन्माउन सफल भएका हुन् ।
भारतमा एकजना पुरुषले जुम्ल्याहा बच्चा जन्माएका हुन् । नाम तथा अन्य शारीरिक अवस्थाको आधारमा महिला जस्तै भएपछि पुरुषको जस्तै एक्स वाइ क्रोमोजोम भएका ती व्यक्तिले जुम्ल्याहा बच्चा जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
भारतको गुडगाउँका बासिन्दा ती व्यक्तिको नाम खुलाइएको छैन । पुरुषको जस्तै क्रोमोजोम भएको तर शारीरिक अवस्था तथा अंगहरु महिलाको जस्तै भएको कारण ती व्यक्तिले गर्भाधारण गर्न सकेका थिएनन् । पुरुषको जस्तै एक्स वाइ सेक्स क्रोमोजोम भएका कारण उनको सरीरमा यौन हर्मोन तथा डिम्ब समेत विकशित हुँदैनन् ।
त्यसैले उनी मेरठको जिन्दल टेष्टट्युब बेबी केन्द्रमा पुगे । उक्त केन्द्रका डाक्टरहरुले अथक प्रयास गर्दै टेष्टट्युब विधिबाट गर्भाधारण गराए । अन्ततः उनले जुम्ल्याहा बच्चा पाए ।
डाक्टरका अनुसार उनको अभिकशित पाठेघरलाई विकशित बनाउनका लागि हर्मोन तथा इन्डोक्राइनल उपचार गरियो । तत् पश्चात उनको पाठेघर बच्चा हुर्किन लायक भयो र जिन्दगीमा पूरै ३२ वर्षपछि उनको पहिलोपटक महिनावारी समेत गराउन डाक्टरहरु सफल भए । तत् पश्चात उनका श्रीमानको शुक्राणुबाट ह्युमन टिस्यु कल्चर प्रविधिको सहायताले भ्रुण तयार गरियो र उक्त भ्रुण उनको गर्भाशयमा प्रत्यारोपण गरियो ।
अन्ततः उनले फेब्रुअरी ६ का दिन जुम्ल्याहा बच्चा जन्माए जसमध्ये एउटा छोरा र अर्को छोरी छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.