उपयोगी नबन्ने १६ जीबीको आइफोन

यदि तपाईं १६ जीवी क्षमताको आइफोन किन्ने धुनमा हुनुहुन्छ भने तपाईँलाई दुखद् खवर छ । मूल्य सस्तो पर्ने भएका कारण धेरैजसो कम बजेटवाला प्रयोगकर्ताले १६ जीबीको आइफोन ६ वा ६ प्लस किन्न खोज्छन् । तर, एप्पललको पछिल्लो नीतिगत परिर्वतनका कारण अब १६ जीबीको आइफोन किन्नु मुर्खतामात्र हुने छ ।
हालै एप्पलले एप्स स्टोरमा अपलोड गर्ने एपको साइज २ जीवीबाट बढाएर ४ जीबी पुर्‍याएको छ । यसको मतलव अब तपाईले आइफोनमा डाउनलोड गर्ने एपको साइज अधिकतम ४ जीबीसम्मका हुनेछन् ।
यसै त १६ जीबी क्षमताको भनिएको आइफोनमा १२ जीबीभन्दा धेरै साइजका फाइल स्टोर गर्न सकिन्न । त्यसमाथि एपको साइज बढ्ने भएपछि अब तपाईले धेरै ग्राफिक प्रयोग भएका गेम एपहरु आइफोनमा डाउनलोड गर्न सक्नुहुन्न ।
सन् २००७ मा एप स्टोर सार्वजनिक हुँदादेखि नै एपको साइज अधिकतम २ जीवीमात्र तोकिएको थियो । तर, पछिल्लोपटक धेरै रिजुलेसन भएका आइफोन सिक्स र सिक्स प्लस सार्वजनिक भएपछि एप बिकाशकर्ताले एपसाइज बढाउन सुझाव दिइरहेका थिए । एन्ड्रोइडले सन् २०१२ मै एपको साइज क्षमता ४ जीवी पुर्‍याइसकेको थियो, जसले गर्दा धेरै ग्राफिक हुने गेम एपहरु एन्ड्रोइडमा केन्द्रीत थिए ।
आफ्नो बजार रक्षाका लागि एप्पलको पछिल्लो कदम समायअनुकल नै भए पनि १६ जीवीको आइफोन किन्ने प्रयोगकर्ता भने मारमा पर्नेछन् । त्यसैले अब १३ जीवीको आइफोन किन्न प्रयोगकर्ताहरु अब ६४ जीवी क्षमतातिर लाग्नु उचित हुनेछ । जसले गर्दा तपाईं उच्च क्षमताका गेम खेल्न, आइफोनमा फिल्म स्टोर गर्न र आफैले खिचेका भिडियो स्टोर गर्न सक्नुहुन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.