चीनको होलसेल बजारमा भएको आगलागीमा १७ जनाको मृत्यु भएको छ । चीनको दक्षिणी क्षेत्रको ग्वाङडोङ प्रान्तमा रहेको बजारमा शुक्रबार लागेको आगो ६ घन्टापछि नियन्त्रणमा लिइएको थियो ।
आगलागी नियन्त्रणका लागि ८ सय अग्नि नियन्त्रक खटिएका थिए । आगलागीमा करोडौंको धनमाल जलेर नष्ट भएको थियो । आगलागीको कारणबारे अनुसन्धान जारी छ । आगलागीमा २५ भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।